डडेल्धुरा जिल्ला मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार सुदूरपश्चिम प्रदेशमा पर्ने नौ जिल्ला मध्ये एक जिल्ला हो । यस जिल्लाको पूर्वमा डोटी जिल्ला, पश्चिममा भारतको उत्तराञ्चल प्रदेश, उत्तरमा बैतडी जिल्ला र दक्षिणमा कञ्चनपुर र कैलाली जिल्ला पर्दछ । यस जिल्लाको क्षेत्रफल १६१० बर्ग किलोमिटर रहेको छ । विश्वमान चित्रमा यो जिल्ला २८ डिग्री ५९ मिनेट देखि २९ डिग्री २६ मिनेट उत्तरी अक्षांश र ८० डिग्री १२ मिनेट देखि ८० डिग्री ४७ मिनेट पूर्वी देशान्तरमा अवस्थित छ । यो जिल्लालाई ५ गाउँपालिका र २ नगरपालिका गरी जम्मा ७ स्थानीय तहमा विभाजन गरिएको छ । २०६८ सालको जनगणना अनुसार यस जिल्लाका कुल जनसंख्या १४२,०९४ मध्ये पुरुष ६६,५५६ र महिला ७५,५३८ जना छन् । यस जिल्लाको सदरमुकाम अमरगढी नगरपालिका हो । डडेल्धुरा नामाकरण कहिले देखि गरियो भन्ने ऐतिहासिक प्रमाण नपाईएता पनि यसको नाम डडेल्धुरा कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरु पाईन्छ । यस सन्दर्भमा यस जिल्लाको नाम यसको भौगोलिक वनावटको आधारमा गरिएको हो भन्ने भनाई केही व्यक्तिहरुको रहेको छ । यहाँको स्थानीय भाषामा मेरुदण्डलाई डडाल्नो र अग्लो चूचूरोलाई धूरो भनिने हुँदा डडाल्नु जस्तो धुराबाट कालान्तरमा अपभ्रंश भई जनजिब्रोमा डडेल्धुरा भनिन थालिएको हो । यस जिल्लामा रहेका दलिन जस्ता डाँडा, घना जंगल र जाडो भएको कारणले डडेल्धुरा नाम रहन गएको भन्ने अर्को भनाई पनि रहेको छ । यस जिल्लाका मूख्य नदीहरुमा सेती र महाकाली यो जिल्लाका हुन । यो जिल्ला भित्र बहने सेतीका सहायक खोलाहरुमा चामागाड, भुङरा खोला, सकायल गाड र खोची गाड मूख्य हुन । रंगुन खोला, साधनी खोला, डोटेली गाड, रडुवा खोला, रुपाली गाड, शिर्षगाड, पुन्तुरा गाड, आदी माहाकाली नदीका सहायक खोलाहरु हुन । तालहरुमा आलीताल र वोडापाथी रहेका छन भने झरनाहरुमा रुपाल रसाइलको झरना र गांखेतको कुमडगाउ झरना उल्लेखनिय छन् । यहाँ उष्ण हावापानी, समशितोष्ण हावापानी र शितोष्ण हावापानी पाइन्छ । वनस्पतीमा साल, असना, कर्मा, हर्राे, बर्रो, खयर, सिसौ, सिमल, सादन, जामुन, सल्ला, लालीगुँरास, फलाँट, काफल, ओखर, देबदारु आदि जातका प्रजातीहरु पाईन्छन् । लघु वन पैदावारहरुमा भयाउ, सुगन्धवाल, कुरिलो, पाषाणबेद, रिठा, अमला, काउलो, तेजपात, बोझो, कचुर, टिमुर, बिषजरा, अल्लो, लोक्ता, लौठसल्ला, चुत्रो, निगालो, चिउरी पाइन्छन । वन्यजन्तुहरुमा स्याल, लोखर्के, बांदर, खरायो, फयाउरो, चितुवा, मलसाप्रो, दूम्सी, न्याउरीमूसा, घोरल, रतुवा, लंगुर बाँदर, चमेरा आदि हुन भने पंक्षी प्रजातीहरुमा कालो चील, सेतो गिद्ध, कालो तित्रा, न्याउली चरा, थोप्ले ढुकुर, कुथुर्के, काग, जुल्फे जूरेली, फिस्टोे, रानी चरी, च्याखुरा, चिचिल्कोटे आदि पाईन्छन । यो जिल्लामा क्षेत्री, ठकुरी, ब्राह्मण, मगर, कामी, सार्की, नेपाली, टमाटा, दमाई, तामाङ, गुरुङ, राउटे, आदी जातीहरु बस्दछन् । यो जिल्लामा धर्मको हिसावले हिन्दूहरुको वाहुल्यता रहेको भएता पनि बौद्ध, इर्साई तथा मुसलमानहरुको समेत नगन्यरुपमा वसोवास रहेको पाइन्छ । जिल्लाका अधिकांस मानिसहरु डोटेली भाषा मातृभाषाको रुपमा प्रयोग गर्दछन भने नेपाली, मैथिली, भोटेली, मगर तथा हिन्दी भाषाको पनि प्रयोग गरेको पाइन्छ । यस जिल्लामा रहेका ऐंतिहासिक स्थलहरु अजयमेरु कोट र अमरगडी किल्ला, धार्मिक स्थलहरुमा परशुराम मन्दिर, उग्रतारा मन्दिर, भागेश्वर मन्दिर, घटाल थान र प्राकृतिक स्थलहरुमा आलिताल, साइलको झरना, कुयलगाडको झरना आदि छन् ।
धर्म अनुसार जनसंख्या
हिन्दु
१४०५०३
बौद्घ
१००८
इस्लाम
३७
किराँत
३
क्रिलश्चियन
४७३
प्रकृति
४६
बोन
०
जैन
०
बहाई
१
शिख
०
उल्लेख नभएको
१०९
परिवारमा महिलाको नाममा घर जग्गा
घर जग्गा दुबै भएका
५५२
जग्गा मात्रै भएका
४२०
घर जग्गा दुबै नभएका
२५९४२
उल्लेख नभएका
१०९
वित्तीय संस्था
बैंक
२३
सहकारी
१८८
सुरक्षा युनिट
नेपाल प्रहरी युनिट
२०
ससस्त्र प्रहरी युनिट
०