भक्तपुरभक्तपुरको च्याम्हासिंह-ताथली–नाला सडकमा गरिएको कालोपत्र एक महिनामै बिग्रन थालेपछि स्थानीय आक्रोशित भएका छन् । सरकारी उदासिनता र ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक निर्माण सम्पन्न भएको एक महिनामै बिग्रिन शुरु भएको बताउँदै स्थानीय आक्रोशित भएका हुन् ।
भक्तपुर, ९ साउन २०८० । भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ मा जनसहभागिता बढ्दै गएको छ ।
भक्तपुर । चाँगुनारायण नगपालिकाले स्यानिटरी ल्याण्डफिल्ड साईटको ब्यवस्था गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने नीति लिएको छ ।
भक्तपुर । चाँगुनारायण नगपालिकाले स्यानिटरी ल्याण्डफिल्ड साईटको ब्यवस्था गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने नीति लिएको छ ।
२०८० जेठ ३२ बिहीबार सुनकोशी गाउँपालिका(सिन्धुपाल्चोक) सुनकोशी गाउँपालिकाले कृषि उत्पादन बढाउनर मौसमी र बेमौसमी तरकारी खेती तर्फ आर्कर्षित गर्ने उदेश्यले कृषकहरूलाई प्लाष्टिक टनेल वितरण गरेको छ । कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ कृषकहरूको मागका आधारमा ७५ प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गरिएको हो ।
२०८० जेठ २३ मंगलबार पाणिनी गाउँपालिका(अर्घाखाँची) पाल्पामा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाले शोक बिदा दिने भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची पाणिनीतर्फ आउँदै गरेको जीप लु १ च ९०२४ नम्बरको जिप पाल्पामा दुर्घटनामा परी पाणिनीका ५ जनाको मृत्यु भएको थियो ।
२०८० जेठ २१ आइतबार(काठमाडौं) प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको छ ।
२०८० जेठ २१ आइतबार राजविराज नगरपालिका(सप्तरी) सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ ।
२०८० जेठ २० शनिबार (काठमाडौं महानगरपालिका) काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमिकता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छिन् । शनिबार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
२०८० जेठ २० शनिबार (गोलन्जोर गाउँपालिका)सिन्धुली — सुनकोशीमा शुक्रबार दुर्घटना भएको जिप र त्यसमा सवार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का अधिकारीहरूको खोजी आज पनि जारी छ । शनिबार बिहानैदेखि खोजी जारी भए पनि हालसम्म मानिस र गाडी भेटिएको छैन ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।
काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ ।
काठमाडौँ, १६ जेठ । सरकारले गत वर्षको विनियोजित बजेटभन्दा कम र संशोधितभन्दा बढी हुनेगरी साढे ४ खर्बको घाटा बजेट ल्याएको छ ।
२०७९ मङ्सिर १ बिहीबार,काठमाण्डौं महानगरपालिका(काठमाण्डौ)जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ््गेलले जानकारी दिनुभयो ।
२०७९ मङ्सिर १ बिहीबार,पनौती नगरपालिका (काभ्रेपलाञ्चोक)पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो ।
विराटनगर महानगरपालिका(मोरङ)आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ धेरैको चासो र चर्चाको विषय बनेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लोकतान्त्रिक–वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार हुनुहुन्छ भने उहाँका प्रमुख प्रतिस्पर्धीका रुपमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य लालबाबु पण्डित हुनुहुन्छ ।
२०७९ कार्तिक २९ मंगलबार,राप्ती गाउँपालिका (दाङ) लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थान्तरण लागि संरचना तयारी गर्ने काम भइरहेको छ । राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई एक महिनाअघि सरस्वती माविमा स्थानन्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना मर्मत गर्ने कार्य भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले बताउनुभयो ।
२०७९ कार्तिक २९ मंगलबार,भद्रपुर नगरपालिका(झापा) ‘मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा (कट्टेल)लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ । विद्यमान शिक्षा प्रणालीले बालबालिकालाई पढ्न असाध्यै कठिनाइ भएको र परीक्षामा पास गर्नका लागि मात्र उनीहरुलाई पढाउने खालको शिक्षा प्रणालीमा परिर्वतन ल्याउनमा आफू लाग्ने योजना उहाँको छ ।
२०७९ कार्तिक २९ मंगलबार,मध्यपुरथिमि नगरपालिका(भक्तपुर) भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
२०७९ कार्तिक २८ सोमबार,धनगढी उपमहानगरपालिका(कैलाली) कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पति उद्यान आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्न थालेको छ । वनस्पति अनुसन्धान केन्द्रका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्रै २६ हजार ६० जनाले उद्यान अवलोकन गरेका छन् ।
२०७९ कार्तिक २८ सोमबार,भेरी नगरपालिका(जाजरकोट) भेरी नगरपालिका–२ रिसाङकी काली कार्कीलाई मतदान गर्ने बारेमा केही जानकारी नै छैन । बिहानदेखि बेलुकीसम्म काममा व्यस्त हुने कार्कीलाई भोट खसाल्ने विधि र प्रक्रियाका विषयमा आफू पहिलो मतदाता भएकाले अनविज्ञ रहेको बताउनुभयो ।
२०७९ कार्तिक २८ सोमबार,पासाङल्हामु गाउँपालिका(सोलुखुम्बु) चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँँमा राजनीतिक गतिविधि अत्यधिक भएका छन् ।
२०७९ कार्तिक २७ आइतबार,भरतपुर महानगरपालिका(चितवन) मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् । जिल्लाका तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचनका लागि एक सय १४ जना उम्मेदवार मैदानमा छन् ।
२०७९ कार्तिक २७ आइतबार,काठमाण्डौं महानगरपालिका(काठमाडौँ)काठमाडौँ निर्वाचन क्षेत्र नं ६अन्तर्गत उत्तरतर्फको झोर र साङ्ला क्षेत्रका जनता प्रभावशाली नेतृत्व नपाउँदा राणाकालमै लरी चलेको काँठक्षेत्र आजसम्म पनि उपेक्षित हुन पुगेको गुनासो गर्छन् । यसपटकको संसदीय निर्वाचनमा काँठ क्षेत्रलाई साँच्चिकै माया गर्ने जनप्रतिनिधि छनोट गर्ने पक्षमा आफूहरुबीच कुराकानी भइरहेको जानकारी दिँदै उत्सुकताका साथ मङ्सिर ४ गतेको निर्वाचन पर्खिरहेको उनीहरु बताउँछन् ।
२०७९ कार्तिक २३ बुधबार,नमोबुद्ध नगरपालिका(काभ्रेपलाञ्चोक)काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी काम अघि बढाइएको हो ।
२०७९ कार्तिक २१ सोमबार,रूरू गाउँपालिका (गुल्मी) नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ ।
२०७९ जेठ १० मंगलबा, धनगढी महानगरपालिका(कैलाली)कैलालीका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । जनप्रतिनिधिले पदभार ग्रहणसँगै पालिका विकासका लागि महत्वपूर्ण निर्णय गरेका छन् ।
२०७९ जेठ १० मंगलबार (काठमाडौँ)आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुने भएको छ । नीति तथा कार्यक्रम पेश गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
२०७९ जेठ १० मंगलबार,याङवरक गाउँपालिका(पाँचथर)स्थानीय तहको निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व साँगुरीएको छ । राजनीतिक दलहरुले गठबन्धन गरी मुख्य पदमा पुरुषहरुलाई उम्मेदवारी दिँदा अन्यत्र जस्तै पाँचथरमा जिल्लामा महिला प्रतिनिधित्व कमजोर भएको हो ।
२०७९ जेठ ९ सोमबार,मिक्लाजुङ गाउँपालिका(पाँचथर)जिल्लामा एक जना गाउँपालिका अध्यक्ष र एक जना उपाध्यक्ष मात्रै दोश्रो कार्यकालका लागि विजयी भएका छन् । जिल्लामा तीन जना गाउँपालिका अध्यक्ष र दुई जना उपाध्यक्ष गरी पाँच जना दोश्रो कार्यकालका लागि उम्मेदवार बनेका थिए ।
२०७९ जेठ ९ सोमबार, प्रदेश नम्वर १प्रदेश नम्वर १ का १४ वटा जिल्लाका १३७ पालिका मध्धे उदयपुरको त्रिगुगा नगरपालिका वाहेक १३६ पालिका वाट १०० भन्दा कम मत फरकमा हारजीत भएका प्रमुख हरु को विवरणमिक्वाखोला गाउँपालिका, ताप्लेजुंगभक्त बहादुर कार्की(५३) नेपाली काँग्रेस २०२३ निर्वाचित, दिवस लुङखिम्वा लिम्बू(४०) नेपाल कम्युनिष्ट पार्टी (एमाले) १९६४ फरक ५९मेरिङदेन गाउँपालिका, ताप्लेजुंगयुक हां विर हांगाम(३८) नेपाली काँग्रेस २८६९ निर्वाचित, केदार जङ्ग लिम्बु(५०) नेपाल कम्युनिष्ट पार्टी (एमाले) २७७० फरक ९९पाथीभरा याङवरक गाउँपालिका, ताप्लेजुंगकेशर कुमार सुब्बा(५७) नेपाल कम्युनिष्ट पार्टी (एमाले) २८९८ निर्वाचित, राम कुमार थेवे(४८) नेपाली काँग्रेस २८७४ फरक २४सिरीजङ्घा गाउँपालिका, ताप्लेजुंगलाल कृष्ण चौहान(४८) नेपाली काँग्रेस ३३४३ निर्वाचित, सन्तोष कुमार चाम्लीङ्ग(४०) नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३२७५ फरक ६४याङवरक गाउँपालिका, पाँचथरभीम बहादुर योङया(५५) नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४११८ निर्वाचित, मविन्द्र योङया(३५) नेपाली काँग्रेस ४०३८ फरक ८०धर्मदेवी नगरपालिका, संखुवासभाउदय चन्द्र पौडेल(५९) नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४२८२ निर्वाचित, थल कुमार लिंखा(५४) नेपाली काँग्रेस ४१९३ फरक ८९मेन्छयायेम गाउँपालिका, तेर्हथुमयादव बहादुर खापुङ्ग(६३) नेपाल कम्युनिष्ट पार्टी (एमाले) २०५५ निर्वाचित, धन कुमार लिम्बू(५०) नेपाली काँग्रेस २०२१ फरक ३४साल्पासिलिछो गाउँपालिका, भोजपुरदौलथ कुमार कुलुङ(राई)(४२) स्वतन्त्र १८१४ निर्वाचित,महेश राई(४८) नेपाली काँग्रेस १७८६ फरक २८धनकुटा नगरपालिका, धनकुटाचिन्तन तामाङ्ग(५५) नेपाल कम्युनिष्ट पार्टी (एमाले) ७६६६ निर्वाचित, दिनेश राई(४१) नेपाली काँग्रेस ७६५२ फरक १४खोटेहाङ गाउँपालिका, खोटाङ्गउदिम बहादुर राई(५५) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ३७२८ निर्वाचित, कविता राई(४५) नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३६९० फरक ३८साकेला गाउँपालिका, खोटाङ्गरवि प्रकाश राई(४६) नेपाली काँग्रेस १८५० निर्वाचित, अर्जुन कुमार खड्का(३४) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १७७२ फरक ७८ताप्ली गाउँपालिका, उदयपुरढुङ्ग राज विश्वकर्मा(४७) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १७८७ निर्वाचित, बाबु राम राई(५१) नेपाल कम्युनिष्ट पार्टी (एमाले) १७४९ फरक ३८ ।
वाग्मती प्रदेशशैलुङ गाउँपालिका, दोलखा रिमल बाबु श्रेष्ठ(४३),नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)४९१८ निर्वाचित,धन बहादुर तामाङ(६०) नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४८६० फरक ५८फिक्कल गाउँपालिका, सिन्धुली पार्वती सुनुवार(३७) नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४०६२ निर्वाचित नृप बहादुर भुजेल(४८)नेपाली काँग्रेस ४०१७फरक ४५मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक आइत मान तामाङ(४७)नेपाली काँग्रेस,११२५८ निर्वाचित बाल कृष्ण देउजा(५४) नेपाल कम्युनिष्ट पार्टी (एमाले)१११६५फरक ९३सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक टपिन्द्र प्रसाद तिमल्सिना(४९) नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५९३२निर्वाचित श्रवण कुमार घ.क्षे.(४६) नेपाली काँग्रेस ५८९१फरक ४१ ।
२०७९ बैशाख ३ शनिबार, भक्तपुर नगरपालिका(भक्तपुर)नयाँ वर्ष २०७९ को आगमनसँगै सुरु भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा अहिलेसम्म करिब ३ लाख दर्शक तथा उपभोक्ताले सहभागीता जनाएका छन् । सो मेला आइतबार भोलीबाट सकिदैं छ ।
२०७९ बैशाख ३ शनिबार, ताराखोला गाउँपालिका(बागलुङ)स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप कालोपत्रका लागि छनोट भएको सडक योजना अलपत्र परेको छ । ताराखोला गाउँपालिकाको केन्द्र अर्गललाई जोड्ने रिजालचोक–अमरभूमि–अर्गल सडक खण्ड कालोपत्र हुने छाँटकाट देखिएको छैन ।
२०७९ बैशाख २ शुक्रबार, वीरगञ्ज महानगरपालिका(पर्सा)वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा पछिल्लो पटक विद्यार्थीको रोजाइ बन्दै गएका छ । मधेस प्रदेशको एकमात्र महानगरपालिकामा जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै यस्ता विद्यालयको शैक्षिक गुणस्तर माथि उठेको हो ।
२०७९ बैशाख २ शुक्रबार, रघुगङ्गा गाउँपालिका(म्याग्दी)म्याग्दीको दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । रघुगङ्गा गाउँपालिका–६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहरदोहर गर्न बाध्य छन् ।
२०७९ बैशाख २ शुक्रबार, धुलिखेल नगरपालिका(काभ्रेपलाञ्चोक)धुलिखेल नगरपालिकाले शहस्राब्दी दीगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको जनाइएको छ । दीगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
२०७९ बैशाख २ शुक्रबार, चाँगुनारायण नगरपालिका(भक्तपुर)चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा ।
२०७८ चैत २८ सोमबार, बेनी नगरपालिका(म्याग्दी)गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र पाइपलाइनमा क्षति पुग्दा तीन दिनदेखि खानेपानीको समस्या भएको छ । दग्नाममा हावाहुरीसहितको असिना पानीले विद्युत् पोलमा क्षति प¥याएपछि तीन दिनदेखि गाउँ अन्धकारमय बनेको स्थानीय गुन पुनले जानकारी दिनुभयो ।
२०७८ चैत २८ सोमबार, काठेखोला गाउँपालिका(बागलुङ)बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाउनुहुन्छ । उहाँको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ ।
२०७८ चैत २८ सोमबार, कुम्मायक गाउँपालिका(पाँचथर)त्रिशाली मेला तथा पूजाको अवसरमा पाँचथरको कुम्मायक गाउँपालिकामा आज बाट कुम्मायक कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता आयोजना गरिएको छ । प्रत्येक तीन वर्षमा आयोजना हुने ऐतिहासिक त्रिशाली मेला तथा पूजाको अवसरमा सयपत्री क्लब यासोकको आयोजना तथा कुम्मायक गाउँपालिकाको प्रवद्र्धनमा प्रतियोगिता आयोजना गरिएको हो ।
२०७८ चैत २७ आइतबार, फलेबास नगरपालिका(पर्वत)पर्वतको फलेबास नगरपालिकाले पाँचवर्षे उपलब्धिको विवरण सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित जग्गादाता सम्मान कार्यक्रममा पाँच वर्षमा सम्पन्न १०० उपलब्धिका विवरण सार्वजनिक गरिएको हो ।
२०७८ चैत २७ आइतबार, काठेखोला गाउँपालिका(बाग्लुंग)हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफूल खेती थालेको छ । काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती थालेको हो ।
२०७८ चैत २७ आइतबार, भक्तपुर नगरपालिका(भक्तपुर)भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ ।
२०७८ चैत २५ शुक्रबार, मिक्लाजुङ गाउँपालिका(पाँचथर)निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नियुक्त गरेको निर्वाचन अधिकृतलाई हटाएको छ । आयोगले अधिकृत पुजा खत्रिलाई १० दिन नबित्दै हटाएको हो ।
२०७८ चैत २३ बुधबार, कुपिन्डे नगरपालिका(सल्यान)प्राकृतिक सुन्दरता भएर पनि ओझेलमा परेको सल्यानको कुपिण्डे तालमा यतिवेला पर्यटकको भीड लाग्न थालेको छ । डुङ्गा सञ्चालन र तालको प्रचारप्रसार बढेपछि हिजोआज ताल हेर्न पुग्नेको भीड लाग्ने गरेको हो ।
२०७८ चैत २३ बुधबार, शिवनाथ गाउँपालिका(बैतडी)बैतडीको दुर्गम तल्लोस्वराडका दुई गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन् । पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन् ।
२०७८ चैत २३ बुधबार, धवलागिरि गाउँपालिका(म्याग्दी)म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो ।
२०७८ चैत २३ बुधबार, चाँगुनारायण नगरपालिका(भक्तपुर)चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु भएको छ । झण्डै १३५ रोपनी जग्गामा रु ५५ करोडको लागतमा सो रङ्गशाला निर्माण गर्न लागिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालय(काठमाण्डौ)सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गर्नुभएको छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथा कूटनीतिक पहलले सार्थकता पाएको ऊर्जा क्षेत्रमा चर्चा भइरहेको छ ।
२०७८ चैत २२ मंगलबार, बन्दीपुर गाउँपालिका(तनहुँ)तनहुँको बन्दीपुर गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले सोमबारदेखि निस्सा वितरण सुरु गरेको हो ।
२०७८ चैत २१ सोमबार, भङ्गाहा नगरपालिक(महोत्तरी)चैतेबाली धमाधम काटिन थालेपछि जिल्लाको भङ्गाहा नगरपालिका–४ पलार बस्तीका चौठी बाँतर बाली थन्क्याउने चिन्ताले पिरोलिनुभएको छ । गहुँ, रहर, चना, मसुरोसहितका चैते बाली धमाधम काटिन थालिएसँगै यी बाली कसरी सुरक्षित राख्ने कुराले उहाँलाई पिरलेको हो ।
२०७८ चैत २१ सोमबार, बेनी नगरपालिका(म्याग्दी)आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरूले सक्रीयता बढाएका छन् । ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो ।
२०७८ चैत २१ सोमबार,फक्ताङलुङ गाउँपालिका(ताप्लेजुङ)ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो ।
२०७८ चैत २१ सोमबार, फिदिम नगरपालिका(पाँचथर)पाँचथर उद्योग वाणिज्य संघ को अधिवेशनबाट फिदिम नगरपालिका ८ लुम्फावुङका एमाले निकट व्यवसायी नवराज घिमिरे निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी काँग्रेस निकट नरेन्द्रप्रसाद अधिकारीलाई ७९ मतले पछि पार्दै घिमिरे निर्वाचित बनेका हुन् ।
२०७८ चैत २१ सोमबार, जानकी गाउँपालिका(कैलाली)कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी – ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त हुनुहुन्छ । व्यावसायिक मौरीपालन गर्दै आएका उहाँ मौरीका घार बोकेर सो वनमा जानुभएको हो ।
२०७८ चैत २० आइतबार, शिवसताक्षी नगरपालिका(झापा)शिवसताक्षी नगरपालिकाको नगर गौरवको योजनाअनुरुपको चक्रपथ निर्माण सकिएको छ । चक्रपथ निर्माण भएसँगै स्थानीयवासीसमेत खुसी भएका छन् ।
२०७८ चैत १९ शनिबार, खजुरा गाउँपालिका(बाँके)बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधीमा सडकको पूर्वाधार विकासमा फड्को मारेको छ । वर्षाद्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक कालोपत्र, पीसीसी र ग्राभेल भएको गाउँपालिकाले जनाएको छ ।
२०७८ चैत १९ शनिबार, घोराही उपमहानगरपालिका(दाङ)घरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ । जैविक (गल्ने) फोहोरबाट व्यावसायिक प्रयोजनमा ल्याउने गरी ठूला क्षमताका बायोग्यास प्लान्टले विदेशबाट आयोजित एलपी ग्यास र रासायनिक मलको निर्भरतालाई कम गर्न सकिने भएको छ ।
२०७८ चैत १९ शनिबार, धुलिखेल नगरपालिका(काभ्रेपलाञ्चोक)आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७८ चैत १८ शुक्रबार, कोहलपुर नगरपालिका(बाँके)जनप्रतिनिधि निर्वाचित भएर आएको पाँच वर्षमा बाँकेको कोहलपुर नगरपालिकाले पूर्वाधार विकासमा ठूलो फड्को मारेको छ । नगरपालिकाका प्रत्येक वडामा कालोपत्र सडक, अत्याधुनिक नमूना बसपार्क, नगरस्तरीय अस्पताल, भ्यू टावरलगायत पूर्वाधार विकासका संरचनाले पूर्णता पाउन थालेको हो ।
२०७८ चैत १८ शुक्रबार, गैँडाकोट नगरपालिका, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडा नं ३ मा बाख्रा वितरण गरेको छ । नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो ।
२०७८ चैत १८ शुक्रबार, सैनामैना नगरपालिका(रूपन्देही)रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी बिहीबार नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो ।
२०७८ चैत १८ शुक्रबार, फालेलुङ गाउँपालिका(पाँचथर)पाँचथरको फालेलुङ गाउँपालिकामा पाँचौँ फालेलुङ चौँरी पर्यटन महोत्सव हुने भएको छ । महोत्सव चैत ३० देखी बैशाख ५ गते हुने भएको छ ।
२०७८ चैत १७ बिहीबार, टोखा नगरपालिका(काठमाडौँ)काठमाडौँको टोखा नगरपालिकामा ‘जनप्रतिनिधीसँग विद्यार्थी कार्यक्रम’ सम्पन्न भएको छ । विद्यार्थीलाई जनप्रतिनिधिले गरेको कामका बारेमा जानकारी गराउनका साथै सङ्घीयताको प्रवद्र्धन गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
२०७८ चैत १७ बिहीबार, पोखरा महानगर नगरपालिका(कास्की)लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराकोे फेवाताललगायत नौ तालको मापदण्ड अन्ततः पोखरा महानगरले टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै तालको मापदण्ड निर्धारण गरेको हो ।
२०७८ चैत १७ बिहीबार, निर्वाचन आयोग(प्रदेश नं १)निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् ।
२०७८ चैत १७ बिहीबार, याङवरक गाँउपालिका(पाँचथर)राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पाँचथरको थर्पू मावि ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनौट भएको छ । देशका १४० विद्यालय छनोट भए सँगै पाँचथर जिल्लाको याङवरक स्थित थर्पु मावि पनि छनौटमा परेको हो ।
२०७८ चैत १६ बुधबार, हतुवागढी गाउँपालिका(भोजपुर)भोजपुरलाई तराईसँग जोड्ने दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने छ ।
२०७८ चैत १६ बुधबार, टोखा नगरपालिका(काठमाण्डौ)टोखा नगरपालिका वडा नं ११ को प्रशासनिक भवन उद्घाटन गरिएको छ । नगरपालिकाको रु चार करोड लागतमा निर्माण गरिएको उक्त भवनको मङ्लबार नगर प्रमुख प्रकाश अधिकारी र वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।
२०७८ चैत १६ बुधबार, सूर्यविनायक नगरपालिका(भक्तपुर)भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो ।
२०७८ चैत १६ बुधबार, विराटनगर महानगरपालिका(मोरङ)स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ ।
फिदिम नगरपालिका, जिल्ला सुरक्षा समिति (पांचथर)पाँचथर जिल्लाका २७ मतदान केन्द्र अति संवेदनशिलको सूचिमा परेका छन् । जिल्ला सुरक्षा समिति पॉचथरले सुरक्षा संवेदनशीलताको दृष्टिकोणबाट मतदान केन्द्रहरूको वर्गीकरण गरेको हो ।
२०७८ चैत १५ मंगलबार, फिदिम नगरपालिका(पाँचथर)आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाँचथरमा ८ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ दलबाहेक ८ दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।
२०७८ चैत १४ सोमबार, महालक्ष्मी नगरपालिका(ललितपुर)ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । रु ७० लाखको लागतमा निर्माण सम्पन्न हुन गइरहेको उक्त विद्यालय भवन आगामी एक वर्षभित्रमा तयार गरिने भएको छ ।
२०७८ चैत १४ सोमबार, हलेसी तुवाचुङ नगरपालिका(खोटाङ)हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिकाभरिका १२९ बालिकाको नाममा बचत गर्ने काम भइसकेको छ ।
२०७८ चैत १४ सोमबार, बेनी नगरपालिका(म्याग्दी)गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् । वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ ।
२०७८ चैत १३ आइतबार, निर्वाचन आयोग(कान्तिपथ, काठमाण्डौ)निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय सङ्घसंस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण गराउन निवेदनका लागि आयोगले आजदेखि लागू हुने गरी १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।
२०७८ चैत १२ शनिबार, बर्दिबास नगरपालिका(महोत्तरी)महोत्तरीको बर्दिबास नगरपालिका स्थानीय पाठ्यक्रम लागू गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ । आज महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले नगरका सबै विद्यालयमा शैक्षिक सत्र २०७९ देखि लागू गरिएको स्थानीय पाठ्यक्रमको ‘बर्दिबास ज्ञानमाला’ नाउँको पुस्तक एक समारोहबीच विमोचन गर्नुभएको हो ।
२०७८ चैत ११ शुक्रबार, बर्दिवास नगरपालिका(महोत्तरी)बर्दिवास नगरपालिका–१० र ११ मा पर्ने खयरमाराको चुरे काछका बासिन्दा त्रासमा छन् । बुधबार राति चुरे काछको तीनतले बस्ती नजिकै पाखामा ठूलो पहिरो गएपछि यहाँका १० भन्दा बढी बस्तीका बासिन्दा निदाउन सकेका छैनन् ।
२०७८ चैत ११ शुक्रबार, मेचीनगर नगरपालिका(झापा)मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता हुनुभएको छ । आमा बेपत्ता भएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय(प्रदेश नंं. १ (विराटनगर)प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले वुधवार बसेको मन्त्रिपरिषद् बैठकमा विभिन्न सात वटा विषयमा महत्वपूर्ण निर्णयहरू भएको जानकारी दिनुभएको छ ।
२०७८ चैत ९ बुधबार, रामपुर नगरपालिका(पाल्पा)नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालीका सञ्चालक नरनारायण अर्यालले ३६ वटा भैँसी सुत्केरी भएवापत रु ३६ हजार रकम बुझ्नुभयो । सो रकम पशु सुत्केरी पोषण खर्चका निम्ति अर्याललाई उपलब्ध गराइएको हो ।
२०७८ चैत ९ बुधबार, भरतपुर महानगरपालिका (चितवन)आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।
२०७८ चैत ९ बुधबार, काठमाण्डौं महानगरपालिका(काठमाडौं)निर्वाचन आयोगले आज (बुधबार) देखि निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन सात वटै प्रदेशमा अन्तरक्रिया गर्दैछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सात वटै प्रदेशका १५ जिल्लामा आजदेखि गतेदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया गर्न लागेको जानकारी दिए ।
२०७८ चैत ८ मंगलबार, रघुगङ्गा गाउँपालिका(म्याग्दी)म्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’को उपलब्धता गराइएको छ । गाउँपालिकाभित्र रहेका ३३ सामुदायिक विद्यालयका आधारभूत तहको पठनपाठनलाई प्रविधिमैत्री बनाउनका लागि बोल्ने किताबलाई प्रयोगमा ल्याइएको हो ।
२०७८ चैत ८ मंगलबार, शहिद लखन गाउँपालिका(गोरखा)गण्डकी प्रदेश सरकारको ‘एक पालिका एक पर्यटकीय गन्तव्य’ कार्यक्रमअन्र्तगत गोरखाको शहिद लखन गाउँपालिकामा रु ५१ लाखभन्दा बढीको लागतमा सुन्दर भ्यूटावर निर्माण सम्पन्न भएको छ । प्रदेश सरकार आर्थिक सहयोग र स्थानीयवासीसमेतको जनश्रमदानबाट भ्यूटावर निर्माण भएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो ।
२०७८ चैत ८ मंगलबार, फिदिम नगरपालिका(पाँचथर)नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय प्रचार विभाग सदस्यमा लेखनाथ शिकारु चयन हुनुभएको छ । समाजावदी प्रेस संगठनको केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष समेत रहनु भएका उहाँ २ दशक अघि देखि पत्रकारितामा सम्लग्न रहनु भएको छ ।
२०७८ चैत ८ मंगलबार, तुम्बेवा गाउँपालिका(पॉचथर)पॉचथरको तुम्बेवामा सञ्चालित बृहत पम्पिङ खानेपानी आयोजनाको सोमवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नभएको छ । तुम्बेवा गाउँपालिका-३ मौवा बजार स्थित इन्द्रेणी माध्यमिक विद्यालयमा निर्माण गरिएको धाराको टुटी खोल्दै प्रधानमन्त्री देउवाले आयोजनाको उद्घाटन गर्नुभएको हो ।
२०७८ चैत ७ सोमबार, मिक्लाजुङ गाउँपालिका(पाँचथर)पाँचथरको मिक्लाजुङ वडा नम्बर २ ले आफ्ना वडा भित्रका १५० जना नागरिकहरुको स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक अवस्था कम्जोर भएका तथा दिर्धरोग भएका परिवारका सदस्यहरूलाई निशुल्क स्वास्थ विमा गरिएको मिक्लाजुङ २ का वडाध्यक्ष सन्तकुमार सेर्माले जानकारी दिनुभयो ।
२०७८ चैत ५ शनिबार, भरतपुर महानगरपालिका(चितवन)भरतपुर महानगरपालिकामा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । महानगरपालिकाले जोखिममा परेका ‘महिलासँग मेयर’ कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।
२०७८ चैत ५ शनिबार, मेलम्ची नगरपालिका(सिन्धुपाल्चोक)मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नगर प्रमुख डम्बर अर्याल, उपप्रमुुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गर्नुभएको हो ।
२०७८ चैत ४ शुक्रबार, रघुगङ्गा गाउँपालिका(म्याग्दी)म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमङ्गलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलुखेती विस्तार गरिएको छ ।
२०७८ चैत ४ शुक्रबार, कुम्मायक गाउँपालिका(पाँचथर)कुम्मायक गाउँपालिकाको यासोक (कुम्मायक–कुस्सायक) मा लाग्ने पूर्वको ऐतिहासिक तङ्सुम तङ्नाम, त्रिशाली पूजा तथा मेला यसपल्ट आगामी बैशाख २ गतेदेखि सञ्चालन हुने भएको छ । प्रत्येक तीन–तीन वर्षमा लाग्ने त्रिशाली पूजा तथा मेला कोभिड–१९, को महामारीका कारण अघिल्लोबर्ष स्थगित गरिएको थियो ।
२०७८ चैत ४ शुक्रबार, फुङलिङ नगरपालिका(ताप्लेजुङ)ताप्लेजुङ जिल्ला अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परेका छन् । आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका साथै छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।
२०७८ चैत ३ बिहीबार, घोराही उपमहानगरपालिका(दाङ)दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका बताएको हो ।
२०७८ चैत ३ बिहीबार, भरतपुर महानगरपालिका(चितवन)भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहकारी सङ्घ संस्थालाई अनुदानस्वरुप विभिन्न सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
२०७८ चैत ३ बिहीबार, जनकपुरधाम उपमहानगरपालिका(धनुषा)मिथिला नाट्यकला परिषद् (मिनाप)द्वारा हरेक वर्ष धुमधामसँग मनाइने होरी(होली) महोत्सव आज यहाँ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । होरीका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन आयोजना गर्ने गरिन्छ ।
२०७८ चैत ३ बिहीबार, सुदूरपश्चिम प्रदेश(कञ्चनपुर)स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् ।
२०७८ चैत ३ बिहीबार, खोटेहाङ गाउँपालिका(खोटाङ)दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो ।
२०७८ चैत ३ बिहीबार, भक्तपुर नगरपालिका (भक्तपुर)जिल्ला प्रशासन कार्यालय भक्तपुरले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक अपिल जारी गर्दै कसैको इच्छाविपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे कारबाही गर्ने भनेको छ ।
२०७८ चैत २ बुधबार, शुक्लागण्डकी नगरपालिका(तनहुँ)तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु गरेको छ । सर्वसाधारणको सहजताका लागि स्थानीय तहका वडाबाटै दर्ता थालिएकोे हो ।
२०७८ चैत २ बुधबार, जीतपुर सिमरा उपमहानगरपालिका(वारा)ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताउनुभएको छ । आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उहाँले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वनको चरणमा पु¥याइएको जानकारी दिनुभयो ।
२०७८ चैत २ बुधबार, चन्द्रागिरि नगरपालिका(काठमाडौँ)स्थानीय सरकार सञ्चालनमा राजनीतिक दलका प्रतिनिधिबीचमा सहकार्य, सहमति र एकता भएमा स्थानीय विकासमा फड्को मार्न सकिँदोरहेछ भन्ने उदाहरण चन्द्रागिरि नगरपालिकाले प्रस्तुत गरिरहेको छ । ‘स्थानीय सरकार’ गठनपश्चात पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धनलगायतका संरचनागत विकासका क्षेत्रमा नगरपालिकाले उल्लेख्य सफलता हासिल गरेको छ ।
२०७८ चैत २ बुधबार, मध्यपुरथिमि नगरपालिका(भक्तपुर)मध्यपुरथिमि नगरपालिकाले यहाँको दुई पोखरीमा आयोजना गरेको कौशीखेती मेलामा १० हजार बढीले अवालकेन गरेका छन् । स्थानीयस्तरमा कौशीखेतीको प्रवद्र्धन गर्ने उद्देश्यले वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा युएन ह्याविटेडको समन्वयमा नगरपालिकाको आयोजनामा मङ्गलबार सम्पन्न मेलाको समाजसेवी राधिका शाक्यले शुभारम्भ गर्नुभएको थियो ।
२०७८ चैत २ बुधबार, रिब्दीकोट गाउँपालिका(पाल्पा)पाल्पाको रिब्दीकोट गाउँपालिका–८ फेकमा रु ४८ लाख लागतमा एकतले सुविधासम्पन्न वडा भवन निर्माण भएको छ । भवन निर्माण सम्पन्न भएपछि कार्यसम्पादन तथा सेवा प्रवाहमा सहजता भएको जनाइएको छ ।
२०७८ फाल्गुण २९ आइतबार, भोटखोला गाउँपालिका(सङ्खुवासभा)सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ ।
२०७८ फाल्गुण २९ आइतबार, चिसंखुगढी गाउँपालिका(ओखलढुङ्गा)फाल्गुन २९ प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीलेहुँदा खाने र हुनेखानेको शिक्षा फरक हुँदै गएकोले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका ४ स्थित जाल्पा माविको पूननिर्र्मित भवनको उद्घाटन समारोहमा बोल्दै मन्त्री कार्कीले भाषा जुन भए पनि विद्यार्थीले लिने ज्ञान समान हुनुपर्ने बताउनु भयो ।
२०७८ फाल्गुण २८ शनिबार, लुम्बिनी सांस्कृतिक नगरपालिका (रुपन्देही)सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ ।
२०७८ फाल्गुण २८ शनिबार, याङवरक गाँउपालीका(पाँचथर)पाँचथरको उत्तरी याङवरक गाँउपालीकामा निशान कालिका धाम तथा याङवरक पोखरी संरक्षण योजनाको शिलान्यास भएको छ । ६ करोड ४४ लाख २४ हजार रुपैँया बजेटमा विभिन्न संरचना निर्माण गर्ने गरि ठेक्का लगाईएको उक्त योजनाको प्रतिनिधि सभा सदस्य तथा पूर्व पर्यटन मन्त्री योगेश भटर्राईले शिलान्यास गरे ।
२०७८ फाल्गुण २८ शनिबार, धौलागिरि गाउँपालिका(म्याग्दी)म्याग्दीका जनप्रतिनिधिले बेमौसमी वर्षा भएको, गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका फरक विधि अपनाउनुपर्ने बताएका हुन् ।
२०७८ फाल्गुण २८ शनिबार, फाल्गुनन्द गाउँपालिका(पाँचथर)आयुर्वेद शाखाको आयोजनामा फाल्गुनन्द गाउँपालिका भित्रका जडिबुटी कृषि सहकारी र सामुदायिक बन उपभोक्ता समिति सदस्यलाई जडिबुटी परिचयात्मक तालिम गराइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाले लोपोन्मुख जडिबुटी,खेति योग्य जडिबुटी र स्थानीय स्तरमा उपलब्ध जडिबुटीको संरक्षण,लगत संकलन,सम्बर्द्धन साथै उपयोगिता सम्बन्धि जानकारी दिने उदेश्यले प्रशिक्षण गराइएको शाखाले जनाएको छ ।
२०७८ फाल्गुण २७ शुक्रबार, मदाने गाउँपालिका(गुल्मी)“निर्वाचनमा भोट माग्न आउँदा अनेक थरिका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन । अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ ।
२०७८ फाल्गुण २७ शुक्रबार, बबई गाउँपालिका(दाङ)दाङको बबई गाउँपालिकाले पूर्वजनप्रतिनिधिलाई सम्मान गरेको छ । गाउँपालिकाले बिहीबार साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
२०७८ फाल्गुण २५ बुधबार, कमल गाउँपालिका(झापा)प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुआत गरेको छ । कमल गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आयोजक समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुआत गरेको हो ।
२०७८ फाल्गुण २५ बुधबार, नमोबुद्ध नगरपालिका(काभ्रेपलाञ्चोक)राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा काभ्रेपलाञ्चोकको नगरपालिकामध्ये नमोबुद्ध र गाउँपालिकामध्ये रोशी उत्कृष्ट भएका छन् । आयोगले गत आर्थिक वर्ष २०७७/७८ को स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेअनुसार जिल्लामा नमोबुद्ध र रोशी उत्कृष्ट भएका हुन् ।
२०७८ फाल्गुण २५ बुधबार, चाँगुनारायण नगरपालिका(भक्तपुर)चाँगुनारायण नगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न रत्न एवं गौरव सम्मानबाट विभूषित गर्ने भएको छ । नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै नगरप्रमुख सोमप्रसाद मिश्रले सरकारले आफ्ना नागरिकलाई दिने विभिन्न विभूषणजस्तै नगरपालिकाले पनि आफ्ना नगरवासीका लागि रत्न, गौरव, ओजस्वीलगायतका विभूषणहरु प्रदान गर्ने निर्णय भएको बताउनुभयो ।
२०७८ फाल्गुण २५ बुधबार,खुम्बु पासाङल्हामु गाउँपालिका(सोलुखुम्बु)सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार दिउँसोबाट लागेको डढेलो चार दिनपछि नियन्त्रणमा आएको वडा नं २ का वडाध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिनुभयोहेलिकप्टर, स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा चार दिनपछि उक्त डढेलो नियन्त्रणमा लिन सफल भएको गाउँपालिकाले जनाएको छ ।
२०७८ फाल्गुण २५ बुधबार, फिदिम नगरपालिका(पाँचथर)फिदिम नगरपालिका ६ सीवामा अर्थे मेला २०७८ को अवसरमा आयोजित द्रोस्रो पालिका स्तरिय नकआउट पुरुष भलिबल प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा पाँचथरको फाल्गुनन्द गाउपालिका र ताप्लेजुङ याङवरक गाउपालिका विजयि भएका छन् । स्थानिय भगवति मा ।
२०७८ फाल्गुण २५ बुधबार, सन्दकपुर गाउँपालिका(इलाम)इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा किसान सुचिकरण कार्यक्रम शुरु गरिएको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजना तथा कृषि ज्ञान केन्द्र इलामको प्राविधिक सहयोग तथा समन्वयमा किसान सूचीकरणको सफ्टवेयर सन्चालनका लागि गणकहरुलाइ तालिम दिईएको छ ।
२०७८ फाल्गुण २४ मंगलबार, याङवरक गाउँपालिका(पाँचथर)पाँचथरको याङवरक गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश १ मा पहिलो बनेको छ । गाउँपालिका तर्फ सबैभन्दा बढीअंक पाँचथरको याङ्बरक गाउँपालिकाले पाएको छ ।
२०७८ फाल्गुण २४ मंगलबार, विराटनगर महानगरपालिका(मोरङ)एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ ।
२०७८ फाल्गुण २४ मंगलबार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(खोटाङ)राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको छ । आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी ७५.१८ अङ्क ल्याएर दिक्तेल रुपाकोट पहिलो भएको हो ।
२०७८ फाल्गुण २४ मंगलबार, तुलसीपुर उपमहानगरपालिका(दाङ)जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ । यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ ।
२०७८ फाल्गुण २४ मंगलबार, बेनी नगरपालिका(म्याग्दी)म्याग्दीका राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायतका दल आसन्न निर्वाचन तयारीमा जुटेका हुन् ।
२०७८ फाल्गुण २३ सोमबार,चाँगुनारायण नगरपालिका(भक्तपुर)चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आजदेखि यातायात सेवा सुरु भएको छ । सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौँं हुँदै थानकोटसम्म ऋषिसिद्धि यातायातका २२ वटा सार्वजनिक बस सञ्चालनमा आएका हुन् ।
२०७८ फाल्गुण २३ सोमबार, सिमकोट गाउँपालिका(हुम्ला)राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका पहिलो भएको छ । आयोगले आव २०७९/०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबापत प्राप्त गरेको अङ्कसहितको प्रतिवेदन यही फागुन १८ गते सार्वजनिक गरेको थियो ।
२०७८ फाल्गुण २३ सोमबार, पाथीभराङवरक गाउँपालिका(ताप्लेजुङ)ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
२०७८ फाल्गुण २३ सोमबार, भरतपुर महानगरपालिका(चितवन)भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो ।
२०७८ फाल्गुण २३ सोमबार, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं १ (विराटनगर)राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ को आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी २ दिने प्रादेशिक सम्मेलन सकिएको छ । मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती, समस्याहरुलाई छलफल गरी १५ बुँदे एउटा घोषणापत्र तयार जारी गरीएको छ ।
२०७८ फाल्गुण २२ आइतबार, कावासोती नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
२०७८ फाल्गुण २२ आइतबार मिक्लाजुङ गाउँपालिका(पाँचथर)पाँचथर जिल्लाका स्थानीयतह मध्ये दक्षिणी भेगमा रहेको मिक्लाजुङ गाउँपालिका विकास निर्माणका कार्यमा उदाहरणिय बन्दै गएको छ । स्थानिय निर्वाचन पछिका जनप्रतिनिधिहरुले जनअपेक्षित काम गरेपछि जिल्लाको दोस्रो ठुलो रवि बजार सहित पालिकाको विकास आयोजनाहरु निकै प्रभावकारी भएका छन ।
२०७८ फाल्गुण १८ बुधबार, चाँगुनारायण नगरपालिका(भक्तपुर)नेदरल्यान्डस्थित स्टिचिङ नेपाल नामक संस्थाको समन्वयमा प्लान्ट स्थापना गर्न सफल भएसंगै चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका–४ हुचीढुंगामा रहेको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरे ।
२०७८ फाल्गुण १६ सोमबार, माईजोगमाई गाउँपालिका(इलाम)इलामको माईजोगमाई गाउँपालिकामा रेडपान्डा र किराँतको प्रथम राजा यलम्बरको प्रतिमाको अनावरण गरिएको छ । गाउँपालिकाको केन्द्र मानिएको नयाँ बजारमा एक कार्यक्रमबीच रेडपान्डा र यलम्बरको प्रतिमाको अनावरण गरिएको हो ।
२०७८ फाल्गुण १६ सोमबार, काठमाण्डौं महानगरपालिका(काठमाण्डौ)निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
२०७८ फाल्गुण १६ सोमबार, भरतपुर महानगरपालिका(चितवन)जिल्लामा मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ । दाबी विरोधको क्रममा केही सङ्ख्या घट्ने छ ।
२०७८ फाल्गुण १६ सोमबार, तिलोत्तमा नगरपालिका(रुपन्देही)रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन् ।
२०७८ फाल्गुण १३ शुक्रबार,मेलम्ची नगरपालिका(सिन्धुपाल्चोक)मेलम्ची नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । नगरपालिकाले अनुदानमा वडा नं ७ र ८ का किसानका लागि कृषि औजार वितरण गरेको हो ।
२०७८ फाल्गुण १३ शुक्रबार,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिनुभयो ।
पाथीभरा याङ्वरक गाउँपालिका(ताप्लेजुङ)ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी भएको छ । गाउँपालिकाले गत वर्षदेखि गर्भवती तथा सुत्केरीलाई लक्षित गरेर ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
फाल्गुण १३ शुक्रबार, बेँसीसहर नगरपालिका(लमजुङ)आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ मतदानस्थल तय गरिएको छ । चार नगरपालिका र चार गाउँपालिकामा उक्त सङ्ख्यामा मतदानस्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७८ फाल्गुण १३ शुक्रबार, टीकापुर नगरपालिका(कैलाली)बच्चाको पोषण सुधारका लागि कैलालीको टीकापुर नगरपालिकाले बुवा र हजुरबुवा समूह गठन थालेको छ । नगरपालिकाले पोषण सुधारका लागि पुरुषलाई जिम्मेवार बनाउन बुवा समूह गठन थालेको हो ।
२०७८ फाल्गुण १२ बिहीबार, कनकासुन्दरी गाउँपालिका(जुम्ला)जुम्लाको कनकासुन्दरी गाउँपालिकाले ‘बालविवाह मुक्त गाउँ बनाउने अभियान’ सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सचेतनाका कार्यक्रमका साथ परामर्श तथा छलफल सञ्चालन गर्दै दण्डित गरेर भए पनि बालविवाह रोक्ने अभियान चलाएको छ ।
२०७८ फाल्गुण १२ बिहीबार, काठमाडौं महानगरपालिका(काठमाडौं)अढाई वर्षअघि काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले माइतीघरदेखि कोटेश्वर रुटमा साइकल लेनको थ्रीडी डिजाइन सार्वजनिक गर्यो । प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले ‘साइकलमैत्री सहरउन्मुख काठमाडौं महानगर’ को नारासहित माइतीघरमा साइकल र्यालीसमेत आयोजना गरे ।
२०७८ फाल्गुण १२ बिहीबार, बर्दिबास नगरपालिका(महोत्तरी)बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागु गर्ने भएको छ । बौद्ध शिक्षा प्रारम्भ गर्न चाँडै कलेज स्थापनाको प्रक्रिया अघि बढाइने नगर कार्यपालिकाको कार्यालयले जनाएको हो ।
२०७८ फाल्गुण १२ बिहीबार,खजुरा गाउँपालिका(बाँके)बाँकेको खजुरा गाउँपालिकाले सुरक्षित आवास बनाइदिएपछि विपन्न तथा मजदुरी गरी जीविकोपार्जन गर्दै आएका सर्वसाधारणको मुहारमा खुसी छाएको छ । “घर पाइएला भन्ने सोचेका पनि थिएनौँ, पक्की घरमा बस्न पाइयो, दिनभर मजदुरी गरे पनि साँझ आफ्नै घरमा सुत्न पाइने भयो”, गाउँपालिकाले बनाइदिएको घरमा बस्दै आएका प्रेम चौधरीले भन्नुभयो, “अब आफ्नै घरमा बसेर दुःख सुखको जीवन बिताउन पाइने भयो ।
२०७८ फाल्गुण ११ बुधबार,जानकी गाउँपालिका(बाँके) बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो ।
फिदिम नगरपालिका(पाँचथर)स्थानीय तहको निर्वाचन २०७४ मा पाँचथरको सदरमुकाम समेत रहेको एक मात्र नगरपालिका फिदिम नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसका तर्फबाट नगर प्रमुख ओनाहाङ नेम्बाङ ६ हजार ९ सय ६ मत ल्याएर विजयी भएका थिए ।
२०७८ माघ ३ सोमबार,जैमिनी नगरपालिका–८ (बागलुङ) छिस्तीको केवै कटेरमाथि लागेपछि ‘पुरानो गाउँ’ आइपुग्छ । प्रकृतिले सिगारेको पुरानो गाउँ अहिले मान्छेविहीन छ ।
२०७८ माघ ३ सोमबार,रामप्रसादराई गाउँपालिका– ४(भोजपुर)भोजपुरको दक्षिणी क्षेत्रमा रामप्रसादराई गाउँपालिका– ४ दलगाउँमा रहेको धार्मिक तथा पर्यटकीयस्थल चुलाचुली गुफा ओझेलमा परेको छ । यहाँका ढुङगामा रहेका देवीदेवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौंठो लाग्छ ।
२०७८ असोज ८, काठमाडौं -नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ स्४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
२०७८ असोज ७, काठमाडौं -आज देशभर १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ । ।
२०७८ असोज ७, काठमाडौं -वर्तमान सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् ।
२०७८ असोज ७, काठमाडौं -सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रु एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ ।
२०७८ असोज ७, काठमाडौं -नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
२०७८ असोज ७ काठमाडौं – चालु आर्थिक वर्ष २०७८/७९ को नगर परिषद् हालसम्म पनि सम्पन्न गर्न नसक्दा पर्साको पोखरिया नगरपालिकामा विकास निमार्णका काम प्रभावित भएका छन् । गत वर्ष २०७७ असार १० गते नगरसभामा आव २०७८/७९ का लागि पेश गरिएको अनुमानित बजेट हालसम्म पनि परिषद् सम्पन्न हुन नसक्दा विकास निमार्णका काम पूर्णरूपमा प्रभावित भएका हुन् ।
२०७८ असोज, ७ काठमाडौं -प्रतिनिधिसभा बैठक आज बिहीबार बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ ।
२०७८ असोज ६ काठमाडौ -सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ को वडा कार्यालयमा आगलागी भएको छ । आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ ।
२०७८ असोज ६, काठमाडौ -गुल्मी तम्घासका पहिरो पीडित परिवारलाई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले ३० हजार आर्थिक सहयोग गरेका छन् । मंगलवार राति जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर(८ खानिगाउँ थुम्का लाइन व्यवसायी तिलक परियारका ३ छोरीको पहिरोमा परेर मृत्यु भएको थियो ।
२०७८ असोज ६, काठमाडौं -अमेरिकाको न्यूयोर्क विश्वविद्यालयले सञ्चालन गरेको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र परेको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए ।
२०७८ असोज ६, काठमाडौं –धरान उपमहानगरपालिकाको निर्देशन उल्लंघन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरुले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाईएको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरुमा अनुगमन गर्दा उपमहानगरपालिकाको निदेर्शन विपरित भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको हो ।
२०७८ असोज ६, काठमाडौं -सरकारले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा नारायण खड्कालाई नियुक्त गरेको छ । राष्ट्रपति समक्ष खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
२०७८ असोज ५, काठमाडौं -सरकारले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यका सम्बन्धमा कुनै पनि प्रकारको छुट नहुने स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले आर्थिक विधेयक, २०७८ बाट आयकर ऐन, २०५८ को दफा ११ गत थप गरी राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना र उद्योगमा २०८० साल चैतसम्म गरेको लगानीको आयस्रोत नखोजिने उल्लेख गरेको थियो ।
काठमाडौं, ५ असोज -बडादसैँ नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध सुरु भएको छ । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ कार्य अति पवित्र मानिन्छ ।
काठमाडौं, ४ असोज -बुटवलमा पहिरो अवलोकन गर्न गएका मेयरमाथि आज स्थानीयको मुक्का प्रहार भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन् ।
काठमाडौँ, ४ असोज -सरकारले आर्थिक बर्ष २०७८/०७९ को बजेट पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटचार दिनसम्म सरकार सट डाउनको अवस्थामा रहँदा सार्वजनिक खर्च गर्ने समय स्वतः घटेको अवस्था थियो ।
२०७८ भदौ १३ आइतबार, अन्नपूर्ण गाउँपालिका(म्याग्दी)कार्यतालिकाअनुसार काम भएको भए यहाँको अन्नपूर्ण गाउँपालिका–५ र ६ नं वडाको सिमाना घारखोलामा एक महिनाअघि नै मोटर चल्ने पुल निर्माण सकिएर गाडी गुडेका हुन्थे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत २०७८ साउन २४ गते सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७६ माघ १७ गते रु दुई करोड ८१ लाख ७८ हजार ६४६ मा फेवा–बिएम जेभीले ठेक्का लिएको २५ मिटर लामो पुलको हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको छ ।
२०७८ भदौ १३ आइतबार, मेलम्ची नगरपालिका(सिन्धुपाल्चोक)लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
२०७८ भदौ १३ आइतबार, भीमदत्त नगरपालिका(कञ्चनपुर)सशक्तीकरण र जीविकोपार्जनका लागि आवश्यक बजेटको खोजी गर्दै कञ्चनपुरका मुक्त कमैँया स्थानीय तहमा पुग्न थालेका छन् । जीवनस्तर उकास्नका ती निकायबाट कार्यक्रम सञ्चालन हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् ।
२०७८ भदौ १३ आइतबार, हिलिहाङ गाउँपालिका(पाँचथर)कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्पप्रायः थियो ।
२०७८ भदौ १३ आइतबार, व्यास नगरपालिका(तनहुँ)‘स्वदेशमै केही गरौँ’ भन्ने सोचका साथ जिल्लाका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । उनीहरुले व्यास गण्डकी मल्टिप्रर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् ।
२०७८ भदौ २ बुधबार, भक्तपुर नगरपालिका(भक्तपुर)काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणमा विभेद गर्दा वर्षायाममा पनि भक्तपुर नगरपालिकाका केही स्थानमा खानेपानीको चरम अभाव देखिएको छ । केयुकेएलले नगरका केही स्थानमा दिन बिराएर पानी वितरण गर्दै आए पनि केही स्थानमा पाँच दिनको एकपटक, कतै हप्तामा एक दिन र कतै तीन हप्तामा एक दिन पानी वितरण गर्दै आइरहेको छ ।
२०७८ भदौ २ बुधबार, मेलम्ची नगरपालिका(सिन्धुपाल्चोक)अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो ।
२०७८ भदौ २ बुधबार, भीमदत्त नगरपालिका(कञ्चनपुर)भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले रोजगारी पाएका छन् । रोजगार संयोजक केशव विष्टका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाका विभिन्न छ वडामा सो कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।
२०७८ श्रावण २३ शनिबार, ऋषिङ गाउँपालिका(तनहुँ)तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिराबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ । वडा नं ७ की ५० वर्षीया देवीसरा थापा र वडा नं ८ का ४२ वर्षीय खुमबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो ।
२०७८ श्रावण २३ शनिबार, मेलम्ची नगरपालिका(सिन्धुपाल्चोक)मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको रु छ लाख ५० हजार बजेटबाट शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो ।
२०७८ श्रावण २३ शनिबार, गण्डकी प्रदेश(म्याग्दी)भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको हो ।
२०७८ श्रावण २३ शनिबार, टीकापुर नगरपालिका(कैलाली)कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ ।
२०७८ श्रावण ९ शनिबार, वाग्मती प्रदेश(चितवन)जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् ।
२०७८ श्रावण ९ शनिबार, बेनी नगरपालिका(म्याग्दी)विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ । जिल्लाको नयाँ पर्यटकीयस्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका कार्कीले यसअघि कहिल्यै पनि अग्र्यानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाउनुभएको थिएन ।
२०७८ श्रावण ९ शनिबार, व्यास नगरपालिका(तनहुँ)घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँले पर्यटन प्रवद्र्धनार्थ दमौलीमा ‘व्यास कोशेली घर’ सञ्चालनमा ल्याउने तयारी गरेका छन् । स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहजरुपमा बिक्री गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कोशेली घर’ सञ्चालनको अवधारणा ल्याइएको हो ।
२०७८ असार ३० बुधबार, टोखा नगरपालिका(काठमाण्डौ)टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउनका लागि ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द रहेको अवस्थामा इन्टरनेटको माध्यमबाट पठनपाठन गराउनका लागि टोखाले ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको हो ।
२०७८ असार ३० बुधबार, खैरहनी नगरपालिका(चितवन)पूर्वी चितवनको खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन् । बीमा गरेवापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई उपलब्ध गराएको हो ।
२०७८ असार ३० बुधबार, दमक नगरपालिका (झापा)समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबारदेखि सरकारको नेतृत्वबाट बाहिरिनुभएको छ । कोभिड–१९ को महामारी रोकथामसँगै आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, हिंसात्मक राजनीतिमा रहेका समूहसँग वार्ता गरी मूल प्रवाहमा ल्याउने सहमति तथा राष्ट्रियताको थप सबलीकरणका क्षेत्रमा ओलीको कार्यकाल सम्झनलायक देखिन्छ ।
२०७८ असार २९ मंगलबार, बूढानीलकण्ठ नगरपालिका(काठमाण्डौ)नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनःस्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।
२०७८ असार २९ मंगलबार, निस्दी गाउँपालिका(पाल्पा)पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहनुभएका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ ।
२०७८ असार २९ मंगलबार, सिरीजङ्घा गाउँपालिका(ताप्लेजुङ)आवाससहित एमबिबिएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत छात्रवृत्ति दिनेलगायतका ४३ बुँदे नीति तथा कार्यक्रमलाई सोमबार बैठक बसी स्वीकृत गरेको हो ।
२०७८ असार २९ मंगलबार, नमोबुद्ध नगरपालिका(काभ्रेपलाञ्चोक)यही असार १० गते शुरु गरेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको १० औँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै सोमबार बैठक समापन गरेको छ । नगरको १०औँ सभाको पहिलो बैठकमा प्रस्तुत बजेटमा केही फेरबदल गरी नगरपालिकाले रु ६९ करोड तीन लाख २७ हजार ९२३ बराबरको बजेट पारित गरेको हो ।
२०७८ असार २९ मंगलबार, खार्पुनाथ गाउँपालिका(हुम्ला)हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीको झोबन्ना र भात्खानका गरी १० घरधुरी पहिरो खस्ने डरको उच्च जोखिममा छन् । दुई दिनको लगातारको वर्षाले झोबन्नाका छ र भात्खानका चार वटा घर उच्च जोखिममा रहेको स्थानीयवासी हरिबहादुर रावलले बताउनुभयो ।
२०७८ असार २५ शुक्रबार, बाजुरा (सुदुरपश्चिम प्रदेश)वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष धनलाल रोकायाले बताउँनुभयो ।
२०७८ असार २५ शुक्रबार, खत्याड गाउँपालिका (मुगु)मुगुको खत्याड गाउँपालिकाका नागरिकले एक वर्ष बित्दा पनि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । चार–चार महिनामा वितरण गरिनुपर्ने सामाजिक सुरक्षा भत्ता विभिन्न कारण देखाउँदै एक वर्षसम्म वितरण नहुँदा ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला र फरक क्षमताका भएका नागरिक समस्यामा परेका छन् ।
२०७८ असार २५ शुक्रबार, काठमाडौं (बाग्मती प्रदेश)कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र नराम्रोसँग थलिएको छ । वैदेशिक व्यापारमा समेत समस्या भइरहेका वेला कृषिजन्य उत्पादनको निर्यातमा भने उत्साहजनक प्रगति भएको छ ।
२०७८ असार २५ शुक्रबार, कुश्मा नगरपालिका (पर्वत)पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो ।
२०७८ असार २५ शुक्रबार, सिमकोट गाउँपालिका (हुम्ला)हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका हुन् ।
२०७८ असार २५ शुक्रबार, फिदिम नगरपालिका (पाँचथर)पाँचथर समाज काठमाडौँले पाँचथरका आठै पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । गत मंगलबार फिदिममा कार्यक्रम आयोजना गरि समाजले पाँचथरका सबै पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
२०७८ असार २० आईतबार, माङसेबुङ गाउँपालिका (इलाम)माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा पूर्वाधार विकासलाई पहिलो प्राथकितामा राखेको छ । गाउँपालिकाले पूर्वाधार विकासमा ४ करोड ८६ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ ।
२०७८ असार २० आईतबार, कृष्णपुर नगरपालिका (कञ्चनपुर)कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गरेको छ । आव २०७८र७९ को नीति, कार्यक्रमा तथा बजेटमा ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई नगरपालिकाबाट भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको हो ।
२०७८ असार २० आईतबार, मनाङ (गण्डकी प्रदेश)बाढीपहिरोको कारण विद्युत् सेवाबाट विच्छेद भएको मनाङको सदरमुकाम चामेका सरकारी कार्यालयमा आजदेखि सोलार जडान गरिने भएको छ । बयालीस किलोवाटको लघु जलविद्युत् आयोजना बाढीले बगाएपछि गत जेठ ३० गतेदेखि चामेका सरकारी कार्यालयमा विद्युत् सुविधा विच्छेद भएको थियो ।
२०७८ असार २० आईतबार, बागलुङ नगरपालिका (बागलुङ)कुनै पूर्वयोजना, त्यसको प्रभाव र आवश्यकताको विश्लेषण नगरी योजना छनोट गर्दा कार्यान्वयनमा समस्या भएको छ । सङ्घीय सरकारबाट सःशर्त अनुदानअन्तर्गत हस्तान्तरण भएर जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङअन्तर्गत चालु आर्थिक वर्षमा योजनामा समावेश भएको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित नारायण लिफ्ट सिँचाइ आयोजना आव सकिनै लाग्दासमेत काम शुरु हुनसकेको छैन ।
२०७८ असार २० आईतबार, मलङ्गवा नगरपालिका (सर्लाही)सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका क्षेत्रमा झण्डै दुई दशकपछि पक्की सडकको निर्माण शुरु भएको छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने मलङ्गवा–१० स्थित जिल्ला विकास चोकबाट वडा नं ८ राजश्री सिनेमा हलचोकसम्म बजार क्षेत्रको भित्री सडक निर्माण शुरु भएको हो ।
२०७८ असार २० आईतबार, दुल्लु नगरपालिका (दैलेख)दैलेखका स्थानीय तहहरुले कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिएका छन् । दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको हो ।
२०७८ असार १९ शनिबार, सुर्खेत ( कर्णाली प्रदेश)कर्णाली प्रदेशको राजधानी बनेसँगै सुर्खेतमा अपराधका घटनाहरु समेत बढ्न थालेको पाइएको छ । शहरीकरण र मानिसको आवत–जावतमा वृद्धि हुन थालेपछि यहाँ अपराधका घटनाहरु समेत बढ्न थालेको अनुसन्धानवाट देखिएको हो ।
२०७८ असार १९ शनिबार, काठमाडौं (बागमती प्रदेश)नागरिक लगानी कोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु एक खर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ । यस्तै सो अवधिसम्म रु एक खर्ब ७१ अर्ब ९७ करोड बराबरको लगानी गरेको छ ।
२०७८ असार १९ शनिबार, मेचीनगर नगरपालिका (झापा)झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले सडकमा ढल निमार्णका विषयमा भएको विवादमा इटा प्रहार गर्दा नेपाली काँग्रस मेचीनगरका सचिव अर्जुन थेवे घाइते हुनुभएको छ । वडाध्यक्ष सिग्देलले शुक्रबार अपरान्ह चारआलीस्थित थेवेको घर अगाडि सडकमा ढल निर्माण गर्ने बिषयमा विवाद हुँदा थेवेको टाउकोमा ईटा प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
२०७८ असार १९ शनिबार, जनकपुरधाम उपमहानगरपालिका (धनुषा)अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ ।
२०७८ असार १९ शनिबार, टीकापुर नगरपालिका (कैलाली)कैलालीको टीकापुर नगरपालिका वडा नंं १ को वडा विभाजनका लागि राजनीतिक दलबीच भएको सहमती विवादमा तानिँदै गएको छ । स्थानीय राजनीतिक दलले दुई दिन अघि ५ वटा वडा बनाउने निर्णय गरे पनि त्यो तीन दिन टिकेन ।
२०७८ असार १९ शनिबार, टोखा नगरपालिका (काठमाडौं)टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८/०७९ का लागि प्रस्तुत गरेको एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको बजेट शुक्रबारको दोस्रो बैठकमार्फत पास गरेको हो ।
२०७८ असार १८ शुक्रबार, शुक्लागण्डकी नगरपालिका (तनहुँ)लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ जोड्ने गुबेखोलामाथिको फलामे पुल बगाएपछि स्थानीयवासीले उक्त स्थानमा काठे साँघु निर्माण गरेका छन् । पुल अभावसँगै शुक्लागण्डकी नगरपालिका–२ का साथै पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानबाट शुक्लागण्डकी–१ मा पर्ने सेराबेँसी, पोखरा महानगरपालिकाको मालेपाटनलगायतका स्थानमा आवतजावत गर्न असहज भएपछि स्थानीयवासीको सक्रियतामा काठे साँघु बनाइएको हो ।
२०७८ असार १८ शुक्रबार, काठमाडौं (बागमती प्रदेश)बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर सो पुरस्कार प्रदान गरेको हो ।
२०७८ असार १८ शुक्रबार, कानेपोखरी गाउँपालिका (मोरङ)मोरङको कानेपोखरी गाउँपालिकाले छोरी जन्माउने परिवारलाई पुरस्कृत गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत दुई वा सो भन्दा बढी छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीका छोरीलाई जनही पाँच हजार पुरस्कार दिने पालिकाले जनाएको छ ।
२०७८ असार १८ शुक्रबार, इन्द्रावती गाउँपालिका(सिन्धुपाल्चोक)सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि बुधबारदेखि यो बडापत्र सञ्चालनमा ल्याइएको हो ।
२०७८ असार १८ शुक्रबार, इच्छाकामना गाउँपालिका (चितवन)नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
२०७८ असार १८ शुक्रबार, प्रदेश समाचार (बागमती प्रदेश)बागमती प्रदेश सरकारको विकास निर्माणका योजनाअन्तर्गत मध्यपुरथिमिमा विभिन्न योजना सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा छ । प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माणकार्यअन्तर्गत मध्यपुरथिमि–४ स्थित बालकुमारी उकालोबाट इकुडोल वप्पामार्गको सुधारकार्य सम्पन्न भएको छ ।
२०७८ असार १५ मंगलबार, विराटनगर (मोरङ)प्रदेश नं १ को मोरङका १७ स्थानीय तहले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरिसकेका छन् । एक महानगरपालिका, आठ÷आठ नगरपालिकारगाउँपालिका रहेको यो जिल्लाका सबै स्थानीय तहले आर्थिक वर्ष २०७८/७९का लागि सार्बजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
२०७८ असार १५ मंगलबार, काठमाडौं (बाग्मती प्रदेश)मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
२०७८ असार १५ मंगलबार, धनुषा (प्रदेश नं. २)प्रदेश नं २ मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो ।
२०७८ असार १५ मंगलबार, काठमाडौं (बाग्मती प्रदेश)बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा युनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ ।
२०७८ असार १४ सोमबार, झापा गाउँपालिका (झापा)झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।
२०७८ असार १४ सोमबार, काठमाडौं महानगरपालिका ( बाग्मती प्रदेश)काठमाडौं उपत्यकामा विगतको भन्दा केही खुकुलो वनाउँदै थप एक साता निषेधाज्ञा लम्बाइएको छ । सोमबार बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
२०७८ असार १४ सोमबार, (काठमाडौं महानगरपालिका)काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न पार्किङ शुल्क छुट दिने भएको छ । आगामी वर्ष २०७८/७९ भरि महानगरपालिकाको पार्किङ स्थलमा विद्युतीय सवारी साधनमा पूरै छुट दिन लागेको जनाएको छ ।
२०७८ असार १४ सोमबार, काठमाडौं (बाग्मती प्रदेश)कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने तयारी भएको छ । यसबारे निर्णय गर्न काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख अधिकारीहरुको बैठक सोमबार (आज) बस्ने भएको हो ।
२०७८ असार १४ सोमबार, धनुषा ( प्रदेश नं. २)स्थानीय सरकार सञ्चालन ऐन अनुसार सबै स्थानीय तहले असार १० भित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर, स्थानीय तहमा देखिएको राजनीतिक कलहका कारण थुप्रै स्थानीय तहले तोकिएको समय सिमाभित्र बजेट सार्बजनिक गर्न सकेनन् ।
२०७८ असार १४ सोमबार, काठमाडौं (बाग्मती प्रदेश)देशका कूल ७५३ स्थानीय तह मध्ये ७१ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न नसकेको देखिएको छ । कोरोना प्रभाव, प्राकृतिक प्रकोप र अन्य कारणले बजेट ल्याउन नसकेको जनाएका ती स्थानीय तहमा खासगरि, राजनीतिक विवादकै कारण बजेट सार्वजनिक गर्न नसकेको देखिएको छ ।
रामग्राम नगरपालिका.नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सिधै पीडितको बैंक खातामा आउन थालेको छ । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आफन्त वा अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति रकम सिधै पीडितको खातामा पठाउन थालेपछि सेवाग्राहीलाई सहज भएको छ ।
२०७८ असार १३ आईतबार, मिथिला नगरपालिका (जनकपुर)धनुषाका स्थानीय तहले पूर्वाधार विकास, कृषि र शिक्षा लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् । धनुषाको १८ वटा मध्ये ५ वटा स्थानीय तहको बजेट भने आएको छैन ।
२०७८ असार १३ आईतबार, तुलसीपुर उपमहानगरपालिका (दाङ)तुलसीपुर उपमहानगरपालिकाले ३ अर्ब ३९ करोड ९६ लाख १५ हजारको बजेट ल्याएको छ । आर्थिक वर्ष ०७८/०७९ का लागि उपमहानगरको नवौँ नगरसभामा उपप्रमुख माया शर्माले कोभिड–१९ ले अति प्रभावित आर्थिक तथा सामाजिक क्षेत्रको पुनर्उत्थानमा आधारित रहेर आगामी वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।
२०७८ असार १३ आईतबार, मकवानपुर (बागमती प्रदेश)मकवानपुरका दश वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ८ अर्ब २३ करोड ४२ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । मकवानपुरका स्थानीय तह मध्ये हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
२०७८ असार १२ शनिबार, धुलिखेल नगरपालिका(काभ्रेपलाञ्चोक)काभ्रेपलाञ्चोकका सबैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाएका छन् । पालिकाहरुले आर्थिक समृद्धिको आधार त्यसैलाई बनाएर आगामी आवकोे योजना तय गरेको पाइएको छ ।
२०७८ असार १२ शनिबार, महालक्ष्मी नगरपालिका(ललितपुर)महालक्ष्मी नगरपालिकाले ‘नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत यहाँका उद्यमीलाई रु ३५ लाख सहयोग गरेको छ । नगरपालिकामा कृषि, पशुपालन, पर्यटन, सिलाइ–कटाइ, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकुद जस्ता क्षेत्रमा उद्यम गर्दै आएका व्यक्तिको व्यवसाय बढाउन महालक्ष्मीले सो मूल्य बराबरको रकम सहयोग गरेको हो ।
२०७८ असार १२ शनिबार,नासों गाउँपालिका(मनाङ)अविरल वर्षापछि आएको बाढीले जिल्लाका मनाङका विभिन्न विद्यालय बगाएपछि अभिभावक, शिक्षक र विद्यार्थी अन्यौल बनेका छन् । जिल्लामा रहेका चार माध्यमिक विद्यालयमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित भएको छ ।
२०७८ असार ११ शुक्रबार, घोराही उपमहानगरपालिका (दाङ )दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नवौँ नगरसभावाट २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुभएको हो ।
२०७८ असार ११ शुक्रबार, जनकपुरधाम उपमहानगरपालिका (धनुषा)जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष ०७८/०७९ का लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाको बिहीबार नगरसभामा उपप्रमुख रीताकुमारी मिश्रले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।
२०७८ असार ११ शुक्रबार, काठमाडौं महानगरपालिका (काठमाडौंं)देशकै सबैभन्दा जेठो महानगर काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको नवौं नगरसभामा बिहीवार उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले महानगरको आगामी आवको बजेट प्रस्तुत गर्नुभएको हो ।
२०७८ असार ११ शुक्रबार, पोखरा महानगरपालिका (गण्डकी प्रदेश)पोखरा महानगरपालिकाले पनि आर्थिक वर्ष २०७८/०७९ का लागि अनुमानित आय व्ययसहित कुल ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरा महानगरले बिहीबार नगरसभा मार्फत कुल बजेट ६ अर्ब २७ करोड ७५ लाखको बजेट ल्याएको हो ।
२०७८ असार ११ शुक्रबार, विराटनगर महानगरपालिका (प्रदेश नं. १)प्रदेश नं. १ स्थित विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/0७९ का लागि कुल ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको आठौं नगरसभा मार्फत बिहीबार उपप्रमुख इन्दिरा कार्कीले चालु आवको बजेट सार्वजनिक गर्नु भएको हो ।
२०७८ असार १० बिहीवार, भरतपुर महानगरपालिका (चितवन)भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर सभा मार्फत बिहीबार महानगरपालिकाका उप–मेयर पार्वती शाह ठकुरीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरि महानगरको आर्थिक वर्षको बजेट विनियोजन गर्नुभएको हो ।
२०७८ असार १० बिहीवार, सूर्यविनायक नगरपालिका (भक्तपुर)सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बिहीबार नगरपालिकाको नवौं नगरसभावाट १ अर्ब ५७ करोड ६३ लाख रुपैंया कुल बजेट विनियोजन गरेको छ । नगर उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/०७९ का लागि चालुतर्फ शाखागत कार्यक्रम १८ करोड ८६ लाख ७६ हजार, सामाजिक सुरक्षा १४ करोड, वडागत चालू कार्यक्रम २ करोड १५ लाख रूपैँया बजेट प्रस्तुत गर्नु भएको हो ।
२०७८ असार १० बिहीवार, थाहा नगरपालिका (मकवानपुर)मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ९५ करोड ६४ लाख ३२ हजारको बजेट विनियोजन गरेको छ । नगरपालिकाको ९ औं नगरसभामा उपमेयर खडेगबहादुर गोपालीले आगामी आर्थिक वर्षको लागि अन्तरिक स्रोततर्फ ११ करोड ८८ लाख ४५ हजार रुपैयाँ, राजश्व बाँडफाँड १६ करोड ५३ लाख ४५ हजार रुपैयाँ, संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख रुपैयाँ र प्रदेश सरकारबाट अनुदान ५ करोड ६७ लाख ३४ हजार रुपैयाँबाट उक्त बजेट विनियोजन भएको वताउँनुभयो ।
२०७८ असार १० बिहीवार, वीरगन्ज महानगरपालिका (पर्सा)देशका ६ महानगर मध्ये प्रदेश २ को पर्सास्थित वीरगन्ज महानगरपालिकाले ९ औँ नगर सभाबाट आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट विनियोजन भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि चालूतर्फ १ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ, पुँजीगत १ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ६ करोड ७० लाख रुपैयाँको बजेट विनियोजन गरेको हो ।
२०७८ असार १० बिहीवार, जुगल गाउँपालिका (सिन्धुपाल्चोक)सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले १० औँ गाउँसभा बुधबार सम्पन्न गरेको छ । जुगल गाउँपालिकाले १० औँ गाउँसभाले विपदको पुर्व तयारी देखि पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, सूचना प्रविधि, उद्यम विकास र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।
२०७८ असार १० बिहीवार, बाह्रबिसे नगरपालिका (सिन्धुपाल्चोक)बाह्रबिसे नगरपालिकाको ९ औँ नगरसभा मंगलबार सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिकाको गुरु योजना सहितको नीति तथा कार्यक्रम पारित गर्दै नगरसभा सम्पन्न भएको हो ।
२०७८ असार १० विहीवार, बलेफी गाउँपालिका (सिन्धुपाल्चोक)बलेफी गाउँपालिकाको ९ औँ गाउँसभा बुधवार सम्पन्न भएको छ । गुरु योजना सहितको नीति तथा कार्यक्रम पारित गर्दै गाउँसभा सम्पन्न भएको थियो ।
२०७८ असार ९ बुधवार, घिरिङ गाउँपालिका (तनहुँ)तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख छ ।
२०७८ असार ९ बुधवार, विराटनगर (प्रदेश नं. १ )प्रदेश १ सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा ९ अर्ब ८१ करोड ९२ लाख मात्र विकासतर्फ (पूँजीगत खर्च) गरेको छ । यो लक्ष्यको ४३ प्रतिशतमात्रै हो ।
२०७८ असार ९ बुधवार, रोल्पा नगरपालिका (लुम्बिनी प्रदेश)रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो ।
२०७८ असार ९ बुधवार, भेरी नगरपालिका (जाजरकोट)भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उहाँ लडेर घाइते भएको जनाइएको छ ।
२०७८ असार ९ बुधवार, जनकपुरधाम ( प्रदेश नं. २ )चालु आर्थिक वर्षको ११ महिनामा प्रदेश नम्वर २ सरकारले आफ्नो चालु वजेटको ३१.४७ प्रतिशत रकम मात्रै खर्च गरेको छ । गत साउनदेखि जेठ महिनासम्ममा चालुतर्फ ३४.९ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको छ ।
२०७८ असार ९ बुधवार, नवलपरासी पश्चिम (लुम्विनी प्रदेश)कृषि ज्ञान केन्द्र नवलपरासी पश्चिमले ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि यन्त्र वितरण गरेको छ । कृषिको पकेट क्षेत्र रहेको नवलपरासीका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा पम्पिङ सेट बोर्डिङ्ग लगायतका कृषि यन्त्रहरू वितरण भएको हो ।
२०७८ असार ८ मंगलवार, काठमाडौं (बागमती प्रदेश)मुलुकका दुई ठूला जलविद्युत आयोजना निर्माणका लागि ९७ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको ४७ औं बैठकले तमोर र मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि उक्त लगानी स्वीकृति दिने निर्णय गरेको हो ।
२०७८ असार ८ मंगलवार, सुर्खेत (कर्णाली प्रदेश)कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको ११ औँ बैठक लगातार तेस्रो पटक पनि स्थगित भएको छ । यसअघि शुक्रबार र आइतबार बोलाइएको बैठक बस्दै नवसी स्थगित भएकोमा मंगलबारका लागि आह्वान गरिएको बैठक पनि सुरु नै नभएर स्थगित भएको हो ।
२०७८ असार ८ मंगलवार, हेटौडा (बागमती प्रदेश)बागमती प्रदेश सरकारले बाढी पहिरो पीडित परिवारहरुलाई राहत स्वरुप आर्थिक सहायता प्रदान गर्ने भएको छ । प्रदेशका सिन्धुपाल्चोक, चितवन लगायतका विभिन्न जिल्लाहरुका बाढी पहिरो प्रभावित घर परिवारलाई राहत स्वरुप आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।
२०७८ असार ४ शुक्रवार, काठमाडौँ महानगरपालिका (काठमाडौं)देशका बाणिज्य बैंकहरुले निषेधाज्ञाकै अवधिमा निक्षेप संकलन वढाएका छन् । वैंकहरुले जेठ महिना ३६ अर्ब निक्षेप संकलन गरेका छन् ।
२०७८ असार ४ शुक्रवार, काठमाडौँ महानगरपालिका (काठमाडौं)काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
२०७८ असार ४ शुक्रवार, छेडेदह गाउँपालिका (बाजुरा)लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन् ।
२०७८ असार ४ शुक्रवार, कुशे गाउँपालिका (जाजरकोट)भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुनसकेको छैन । मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका–८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय अझै सम्पर्कमा आउन सक्नुभएको छेन ।
२०७८ असार ४ शुक्रवार, भुम्लु गाउँपालिका (काभ्रेपलाञ्चोक)काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेको हो ।
२०७८ असार ४ शुक्रवार, पोखरा (गण्डकी प्रदेश)गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । गण्डकी सरकारका प्रवक्ता कुमार खड्काका अनुसार शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लाग्नु भएको हो ।
२०७८ असार ३ बिहिवार, धनगढी (सुदरपश्चिम प्रदेश)सुदरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहले प्रस्तुत गरेको बजेटमा प्रदेश सरकारले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकता दिइएको छ ।
२०७८ असार ३ बिहिवार, शिवराज नगरपालिका (कपिलवस्तु )कपिलवस्तुस्थित शिवराज नगरपालिकालाई आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले सुविधासम्पन बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ । नेसनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई बारुणयन्त्र हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
२०७८ असार ३ बिहिवार, धनुषा (प्रदेश नं. २)प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट विनियोजन गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ ।
२०७८ असार ३ बिहिवार, बागलुङ (गण्डकी प्रदेश)गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङमार्ग, अर्नाकोट विमानस्थल र धौलागिरि अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि गर्ने योजना बजेटमा परे ।
२०७८ असार ३ बिहिवार, काठमाडौं (वाग्मती प्रदेश)नेपाललाई विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड दिने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो ।
२०७८ असार ३ बिहिवार, विराटनगर (प्रदेश नं. १)प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । वार्षिक बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याइएको छ ।
२०७८ असार ३ बिहिवार, काठमाडौं (वाग्मती प्रदेश)संघीय सरकारले नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहेका पाँचवटा मुलुकमा नियमित उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रिय तर्फ युएइ, कुवेत, साउदी अरेबिया, मलेसिया, दमाम लगायत पाँच गन्तब्यमा नियमित उडान सुरु गर्ने छलफल भएको हो ।
२०७८ असार ३ बिहिवार, काठमाडौं (वाग्मती प्रदेश)संघीय सरकारका मन्त्रीको उपस्थितीमा विद्युत प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्ने समस्या समाधान गर्न संघ र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय भएको छ । प्रसाररण लाइनलाई विस्तारलाई तीब्रता दिन कार्यदल निमार्णको निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले वताउँनुभयो ।
२०७८ असार १ मंगलवार, काठमाडौं (वाग्मती प्रदेश)संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार जनताको पक्षमा भन्दा कुर्सिको मोहमा लिप्त भएको भन्दै सोमबार नेविसंघले सडकमा सांकेतिक रुपमा कुर्सी फालेको छ । नोवेल कलेज नेविसंघ इकाईको संयोजनमा सिनामंगलमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी सडकमा फालेको बिद्यार्थी नेता तथा नेपाली काँग्रेस महासमिति सदस्य राज भक्त योङया (मिधुङ)ले बताउनुभयो ।
२०७८ जेठ ३१ सोमवार, बडिगाड गाउँपालिका (बागलुङ)अविरल वर्षापछि आएको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका -७ स्थित टुनिबोटमा पहिरोसहितको बाढीले आठ घरपरिवार विस्थापित भएपछि अहिले आफन्त र गोठमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।
२०७८ जेठ ३१ सोमवार, काठमाडौं (वाग्मती प्रदेश)कोरोना महामारीको अवस्थामा पनि संघीय सरकारको राजस्व लक्ष्य प्राप्ति नजिक पुगेको छ । महालेखा नियन्त्रकको कार्यालय अनुसार सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सरकार अधिकतम ८ खर्ब ९४ करोड माथिको राजस्व उठाउन सफल भएको छ ।
२०७८ जेठ ३१ सोमवार, काठमाडौं (वाग्मती प्रदेश)भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खुल्नेबित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिनुभएको छ । मन्त्री नेम्वाङले पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न वित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिनुभएको हो ।
२०७८ जेठ ३१ सोमवार, तनहुँ (गण्डकी प्रदेश)प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ । व्यास नगरपालिका–१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे पनि बत्तीमुनिको अँध्यारो जस्तै बन्दै आएको थियो ।
२०७८ जेठ ३१ सोमवार, पोखरा (गण्डकी प्रदेश)गण्डकी प्रदेशमा नयाँ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । असार १ गते भित्र बजेट ल्याइसक्नु पर्ने कानुनी ब्यवस्था भएपनि अन्तिम समयमा आएर नयाँ सरकार गठन भएकोले हतारमा सरकारले नीति तथा कार्यक्रम सहित बजेटको तयारी गरेको जनाइएको छ ।
२०७८ जेठ ३० आइतवार, काठमाडौं (वाग्मती प्रदेश)जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ ।
२०७८ जेठ ३० आइतवार, घोडाघोडी नगरपालिका (कैलाली)कैलालीको घोडाघोडी नगरपालिकाले कोरोना महामारीमा जनताको स्वास्थ्यमा गम्भीरताका साथ चासो दिएर काम गरेको भन्दै नागरिकले खुशी व्यक्त गर्नुका साथै स्थानीय सरकारको कामलाई स्याबासी दिएका छन् । कोरोना महामारी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मी परिचालनलगायत अन्य पाटोमा सक्रियतापूर्वक लागेको घोडाघोडी नगरपालिका अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न एमबिबीएस चिकित्सक नहुँदा समस्यामा परेको थियो तर अहिले पालिकामा सो समस्या समाधान भएपछि आइसोलेशन मात्र नभई पालिकाले अस्थायी कोरोना अस्पताल नै सञ्चालन गरेपछि नागरिकले स्थानीय सरकार जनताको भएको महसुस गरेको बताएका छन् ।
२०७८ जेठ ३० आइतवार, म्याग्दी (गण्डकी प्रदेश)प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले पहिरो पीडितको आवास पुनःनिर्माण गरेको हो ।
२०७८ जेठ ३० आइतवार, जाजरकोट (कर्णाली प्रदेश)जनयुद्ध, जनआन्दोलन तथा प्रदेश स्थापना आन्दोलनका घाइते अपाङ्ग, शहीद परिवारका सदस्यका लागि आयआर्जन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउन जिल्लामा दुई करोड ३७ लाख बजेट वितरण गर्न लागिएको छ । उक्त रकम लिनका लागि जाजरकोटमा शुक्रबारसम्म करिब ४०० व्यक्तिको सिफारिस आएको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विकले जानकारी दिनुभयो ।
२०७८ जेठ ३० आइतवार, सुन्दरबजार नगरपालिका (लमजुङ)“उमेर भइसक्यो असी, झन् ठूलो दुःखले घेरेको,सिमली छायाँमा बसी भरिया लामो सास फेरेको । ।
२०७८ जेठ ३० आइतवार, धनुषा (प्रदेश नं. २)धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप एक/ एक लाख दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो ।
२०७८ जेठ ३० आइतवार, लालबन्दी नगरपालिका (सर्लाही) जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो ।
२०७८ जेठ २९ शनिवार, मेचीनगर नगरपालिका (झापा)झापाका स्थानीय तहमा निषेधाज्ञा जारी भएको पाँच हप्ता पुगेको छ । निषेधाज्ञा लागू भएको पाँच हप्ता भइ सक्दा पनि संक्रमण भने नियन्त्रणमा आएको छैन ।
२०७८ जेठ २९ शनिवार, वालिङ नगरपालिका (स्याङ्जा)विपद्का कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । विश्वव्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड १९ को नयाँ भेरियन्टसहितको दोस्रो लहरको व्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले जलवायु परिवर्तनका कारण हुनसक्ने संभावित क्षतिको न्यूनिकरणका लागि आवश्यक तयारीमा जुटेको हो ।
२०७८ जेठ २९ शनिवार, बारबर्दिया नगरपालिका (बर्दिया)बर्दियाको बारबर्दिया नगरपालिका वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत वडा नम्वर १ र २ मा सय जना गर्भवतीलाई नगरउपप्रमुख अञ्जु दहिले पोषणयुक्त सामग्री वितरण गर्नु भएको छ । नगपालिकाले गर्भवतीहरुलाई पोसिलो खाना र सुरक्षा सामाग्री सहितको उपहार प्रदान गर्न शुरु गरेको छ ।
२०७८ जेठ २९ शनिवार, चन्दननाथ नगरपालिका (जुम्ला)जुम्लाको चन्दननाथ नगरपालिका – ७ खलङ्गा बजारसँग जोडिएको मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सील गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णय अनुसार शुक्रबार बेलुका देखि सील गरेको हो ।
२०७८ जेठ २९ शनिवार, बेनी नगरपालिका (म्याग्दी)म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाट स्थित सरकारी कर्मचारी आवास क्षेत्रमा शनिबार बिहान बाढी पसेको छ । शुक्रबार साँझदेखि परेको बर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको छ ।
२०७८ जेठ २९ शनिवार, दिपायल सिलगढी नगरपालिका (डोटी)कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण समस्यामा परेका यहाँका २७ विपन्न घरपरिवारलाई राहतका लागि खाद्यान्न वितरण गरेको छ । दिपायल सिलगढी नगरपालिकाको समन्वयमा गैरसरकारी संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले निषेधाज्ञाका समयमा हातमुख जोर्न समस्यामा परेका घरपरिवारलाई खाद्यान्नलगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो ।
२०७८ जेठ २९ शनिवार, खानीखोला गाउँपालिका (काभ्रेपलाञ्चोक)काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिकालाई आहाना नेपाल फाउण्डेशनको तर्फबाट कोरोना महामारी सङ्क्रमण नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको छ । फाउण्डेशनको अगुवाइमा पालिकाका सबै वडामा सो सामग्री उपलब्ध गराउने गरी पालिका अध्यक्ष कृष्णबहादुर खुलाललाई हस्तान्तरण गरिएको हो ।
२०७८ जेठ २८ शुक्रवार, काठमाडौं (वाग्मती प्रदेश)गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उहाँकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र आवश्यक योजना निर्माण गरी सुरक्षास्थितिलाई मजबुत बनाउन निर्देश गरेको हो ।
२०७८ जेठ २८ शुक्रवार, ताप्लेजुङ (प्रदेशनं.१)संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ । छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ ।
२०७८ जेठ २८ शुक्रवार, विराटनगर (प्रदेश नं. १ )प्रदेश नं. १ सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल शुरु भएको छ । प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको आजको बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिसैद्धान्तिक छलफल शुरु भएको हो ।
२०७८ जेठ २८ शुक्रवार, पोखरा (गण्डकी प्रदेश)गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम गत वैशाख २९ गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सो आह्वान गरिएको हो ।
२०७८ जेठ २८ शुक्रवार, बुटवल (लुम्बिनी प्रदेश)लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ नीति कार्यक्रममाथि आजदेखि छलफल शुरु भएको छ । नीति कार्यक्रमका विषयमा मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाभित्रको राजनीतिक गणितलाई विश्वास गर्ने र अराजनीतिक गणितमा विश्वास नगर्ने बताउनुभयो ।
२०७८ जेठ २८ शुक्रवार, मेरिङ्देन गाउँपालिका (ताप्लेजुङ)ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । तीन महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाहरुको पुनर्निर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो ।
२०७८ जेठ २५ मंगलवार, कैलाली (सुदूरपश्चिम प्रदेश)सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार विश्वासको मत प्राप्त गरेको छ । सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेयशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा मन्त्री भट्टको पक्षमा बहुमत पुगेसँगै सुदूरपश्चिम प्रदेश सरकार कायम रहेको छ ।
२०७८ जेठ २५ मंगलवार, नाम्खा गाउँपालिका (कर्णाली प्रदेश)शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार नेपालले जिल्लाका दुई स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना कहरमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सिमकोट र नाम्खा गाउँपालिकालाई सहयोग गरेको संस्थाका संयोजक कञ्जोक लामाले जानकारी दिनुभयो ।
२०७८ जेठ २५ मंगलवार, जोरायल गाउँपालिका (डोटी)जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सम विकास केन्द्र (इडिसी)ले यहाँको जोरायल गाउँपालिकालाई आज रु पाँच लाख १६ हजार ५०० बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पछिल्लो समय उक्त गाउँपालिकामा रहेका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेका कारण स्वास्थ्य सामग्री उपलब्ध गराएको संस्थाका वित्तीय अधिकृत कृष्णसुन्दर श्रेष्ठ जानकारी दिनुभयो ।
२०७८ जेठ २५ मंगलवार, टोखा नगरपालिका (वाग्मती प्रदेश)टोखा नगरपालिकाले दुई अस्पतालबाट कोभिड–१९ विरुद्धको चिनियाँ भेरोसेल खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा चीन सरकारले उपलब्ध गराएको १० लाख डोज कोरोना खोप ६० वर्षदेखि ६४ वर्ष उमेर समूहलाई लगाउने सरकारले घोषणा गरेसँगै टोखाले पनि दुई अस्पतालबाट खोप उपलब्ध गराउन लागेको हो ।
२०७८ जेठ २५ मंगलवार, काठमाडौं (वाग्मती प्रदेश)चीन सरकारबाट अनुदानाम प्राप्त भएको चिनियाँ खोप आजबाट देशका सातै प्रदेशमा लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई सरकारले परिपत्र गर्दै चीनसँग सीमा जोडिएका पालिकाका १८ वर्षमाथिका र उपत्यकामा ६०देखि ६४ वर्ष तथा वाहिर ६२ देखि ६४ उमेर समूहलाई खोप लगाउने कार्यक्रम छ ।
२०७८ जेठ २५ मंगलवार, देवघाट गाउँपालिका (तनहुँ) जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी औजार प्रयोगमा रोक लगाउन गाउँपालिकालाई निर्देशन दिएको हो ।
२०७८ जेठ २५ मंगलवार, बागलुङ नगरपालिका (बागलुङ)कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा लिन सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा नागरिकहरु घरभित्रै सीमित रहेको समयमा बागलुङ नगरपालिकाले भने नगरभित्रका भित्री र ग्रामीण सडक धमाधम कालोपत्र र मर्मत गरिरहेको छ ।
२०७८ जेठ २५ मंगलवार, काठमाडौँ महानगरपालिका (काठमाडौँ)काठमाडौँ महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र तयार गरिएको छ ।
२०७८ जेठ २५, मंगलवार कचनकवल गाउँपालिका (झापा)झापाको कचनकवल गाउँपालिकामा बसोबास गर्दै आएका अल्पसङ्ख्यक गन्धर्व समुदायको बस्तीमा खाद्य सङ्कट भएको समाचार प्रकाशित भएपछि पर्याप्त राहत सहयोग जुटेको छ । राहत आएपछि बस्तीमा खुशीयाली छाएको छ ।
२०७८ जेठ २४ सोमवार, अपिहिमाल गाउँपालिका (दार्चुला)अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको हो ।
२०७८ जेठ २४ सोमवार, (प्रदेश नं. २ )प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।
२०७८ जेठ २४ सोमवार, मङ्गला गाउँपालिका (म्याग्दी)म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना निर्माण शुरु भएको थियो ।
२०७८ जेठ २४ सोमबार, पैंयु गाउँपालिका (पर्वत)काभिड–१९ को सङ्क्रमणकै बीच दक्षिण पर्वतका चार पालिकालाई जोड्ने पर्वतको मुडिकुवा–कुर्घा–लुंखु सडकखण्डअन्तर्गत लमायदेखि लुंखुसम्मको खण्डमा कालोपत्रेको काम शुरु भएको छ । उक्त सडकखण्डको लमायखोलादेखि चिर्दीखोलाको सडक पिचको काम अहिले धमाधम भइरहेको छ ।
२०७८ जेठ २४ सोमबार, बागलुङ नगरपालिका (बागलुङ)कोरोना कहरका बीच पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा भने निर्माणको धमाधम काम भइरहेको छ । पाँच वर्षअघि कालोपत्रे गर्ने भनिएको बागलुङ जिल्ला सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक खण्डमा केही दिनयता परिणाम देखिने गरी धमाधम काम भइरहेको छ ।
२०७८ जेठ २४ सोमबार, मकवानपुर (वाग्मती प्रदेश)वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८/७९ का लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ वटै जिल्लाका कोभिड–१९ सङ्क्रमणका बिरामीको उपचार सेवा र नियन्त्रणलाई अवलम्बन गर्ने नीति उच्च प्राथमिकतामा राखेर सरकार अघि बढ्ने दृढता व्यक्त गुर्नभयो । मन्त्री ढुङ्गेलले आज आफ्नो कार्यकक्षमा रासससँग सङ्क्षिप्त कुराकानी गर्दै यही जेठ २६ वा २७ गतेभित्र प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा कोभिडबाट पीडित भई पीडा भोगेका परिवारलाई सरकारले उत्पादनतर्फ जोडेर आयआर्जनका लागि आर्थिक प्याकेज कार्यक्रम ल्याउन लागिएको बताउनुभयो ।
२०७८ जेठ २४ सोमबार, सुर्खेत (कर्णाली प्रदेश)कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अपराह्न २ः०० बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका साथै कोरोना महामारी नियन्त्रणलगायतका विषयमा केन्द्रित हुनेछ ।
२०७८ जेठ २३ आईतबार, काठमाडौं (वाग्मती प्रदेश)एनआरएनए कोरियाको विशेष पहलमा दक्षिण कोरियामा रहेका विभिन्न सङ्घसंस्था र नेपालीबाट सङ्कलित रकमबाट करीब ५० लाख कोरियन वन बराबरको कोरोना स्वास्थ्य सामग्री नेपाल पठाई हस्तान्तरण गरिएको छ । दक्षिण कोरियाबाट उद्धार उडानका लागि नेपाल पुगेको कोरियन एयर ११२ यात्रुसहित कोरोनाको राहत सामग्री लिएर जुन ४ तारिख काठमाडाँै पुगेको हो ।
२०७८ जेठ २३ आईतबार, राक्सिराङ गाउँपालिका (मकवानपुर)जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका करीब ७०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।