इलाम जिल्ला मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये एक हो । मुलुकको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको पहाडी जिल्ला इलामको उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल्लाहरु अनि पूर्वमा भारतको पश्चिम बंगाल अन्तर्गत दार्जिलिङ जिल्ला पर्दछ । विभिन्न नगदे वालिकालागि चर्चित इलाम जिल्ला नेपालमा चियाको आदि थलोको रुपमा चिनिन्छ । नेपालको मानचित्रमा इलाम जिल्लाको फैलावट अक्षांश उत्तरी २६ डिग्री ४० मिनेट देखि उत्तरी २७ डिग्री ८ मिनेट सम्म र देशान्तर पूर्वी ८७ डिग्री ४० मिनेट देखि पूर्वी ८७ डिग्री १० मिनेट सम्म फैलिएको छ । इलाम जिल्लाको क्षेत्रफल १७०३ वर्ग किलोमिटर र जनसङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार २९०,२५४ जना रहेको छ। यो जिल्लालाई ६ गाउँपालिका र ४ नगरपालिका गरी जम्मा १० स्थानीय तहमा विभाजन गरिएको छ । यस जिल्लाको सदरमुकाम इलाम नगरपालिकामा रहेको छ । यस जिल्लाका सिमाना पूर्वमा भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्ला, पश्चिममा मोरङ र पाँचथर जिल्ला, उत्तरमा पाँचथर जिल्ला र दक्षिणमा झापा जिल्ला पर्दछ । इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कमान नेपालको पहिलो संगठित कृषि उद्योग हो । यहाँ रहेको चिया कारखाना नेपालको जेठो औद्योगिक कारखाना हो जसबाट बि. सं. १९३५ मा नै प्रशोधित चिया बजारमा ल्याइएको थियो । अलैंची, आलु, अम्लिसो, अदुवा, दूध, किबी फल र विभिन्न प्रकारका जडिबुटी उत्पादनकालागि कहलिएको इलाम हरित कृषिको जिल्ला पनि हो । अत्यन्त आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ । विविध जात जातिको बसोबास रहेको इलाममा प्राचिन मठ मन्दिर र गुम्बाहरु सांस्कृतिक धरोहरका रुपमा रहेका छन् । लेप्चा जातिको बसोबासो नेपालमा इलाम जिल्लामा मात्रै छ । बिभिन्न प्रजातिका चराहरु, विभिन्न किसिमका पुतली र रेड पाण्डाको वासस्थान रहेको इलाममा प्राकृतिक पोखरी पनि उल्लेख्य मात्रामा छन् । इलामको हाँसपोखरी क्षेत्रलाई सुनगाभाको स्वर्ग भनेर चिनिन्छ । साँस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध रहेको यो जिल्ला “पहाडकी रानी, नगदेबालीकी खानी“ जस्ता उपनामले चिनिन्छ। इलाम जिल्लालाई विभिन्न ’अ’को जिल्ला भनेर पनि चिनिन्छ। यसै क्रममा यसलाई हाल ८ ’अ’को जिल्ला भनेर चिनिन्छ। जसमा ’अ’को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कार मानिन्छ । इलामको नामाकरणका सम्बन्धमा केही किम्वदन्तिहरु छन् । जस्तै, प्राचिन समयमा लिम्बु जातिहरुकै वाहुल्यता रहेको इलामको नामाकरण लिम्बु भाषाबाट हुन गएको हो । लिम्बु भाषामा ‘इ’ र ‘लाम’ दुई शब्दको अर्थ क्रमशः घुमाउरो र बाटो हुन्छ । डाँडैडाँडाले भरिएको इलामको एक डाँडोबाट अर्को डाँडो नजिकै देखिए पनि त्यहाँ पुग्न खोला झरेर उकालो घुम्दै पुग्नु पर्ने हुन्छ । अर्को अर्थमा श्रीमद्भागवतको नवौं स्कन्धमा वर्णन भए अनुसार इला भन्ने राजाले यस क्षेत्रमा राज्य गरेकाले उनकै नामबाट इलाम नाम रहन गएको हो भन्नेपनि रहेको छ ।
धर्म अनुसार जनसंख्या
हिन्दु
१२९१४१
बौद्घ
४४३६६
इस्लाम
२२९
किराँत
१०३३५०
क्रिलश्चियन
७२५२
प्रकृति
३८९६
बोन
२९
जैन
६
बहाई
४४
शिख
२
उल्लेख नभएको
१९३९
परिवारमा महिलाको नाममा घर जग्गा
घर जग्गा दुबै भएका
२५०३
जग्गा मात्रै भएका
२७१०
घर जग्गा दुबै नभएका
२११७५
उल्लेख नभएका
८३
वित्तीय संस्था
बैंक
४२
सहकारी
५१९
सुरक्षा युनिट
नेपाल प्रहरी युनिट
११
ससस्त्र प्रहरी युनिट
१