प्रदेश नं ७ को नाम सुदूरपश्चिम

१ वर्ष अगाडि ७६१ खबर डटकम

काठमाडौं, १८ असोज । प्रदेश नं ७ को नाम सुदूरपश्चिम रहने भएको छ । प्रदेश सभावाट यो नाम पारित भएको हो । यस्तै, यो प्रदेशको राजधानी भने गोदावरी नगरपालिकाको तेघरीमा रहने छ ।

असोज १२ गते बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने उक्त स्थान र नामाङ्कनसम्बन्धी प्रस्तुत प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको हो ।