सायल गाउँपालिकामा एकल पुरुष र टुहुरा बालबालिका मासिक भत्ता

१ वर्ष अगाडि ७६१ खबर डटकम

डोटी, १६ असोज । डोटीको सायल गाउँपालिकाले एकल पूरुष र टुहुरा बालबालिकालाई मासिक भत्ता दिने निर्णाय गरेको छ । गाउँसभाबाट एकल पुरुषलाई मासिक पाँच सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

तेजबहादुर डुम्रेका अनुसार सामाजिक सुरक्षा भत्ता स्वरूप ५ सय रुपैयाँ दिने निर्णय भएको बताए । गैरदलितलाई ६० वर्ष र दलितलाई ५० वर्ष पूरा भएपछि सामाजिक सुरक्षा भत्ता स्वरुपमा प्रत्येक महिना पाँच सय दिने सायल गाउँपालिकाले निर्णय गरेको हो ।

एकल महिला मात्र नभएर एकल पुरुषलाई पनि समस्या हुने भन्दै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले टुहुरा बालबालिकालाई पढाइ खर्च स्वरुप प्रत्येक महिना एक हजार पाँच सय रुपँयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ ।