यो प्रदेश ७ वटा प्रदेशहरु मध्ये आकारमा सबैभन्दा सानो प्रदेश हो तर जनसङ्ख्याको हिसावले दोश्रो ठूलो प्रदेश हो । यस प्रदेशको पूर्वमा प्रदेश नम्बर १ को सुनसरी जिल्ला तथा कोशी नदी र कोशी टप्पु वन्यजन्तु आरक्षण, पश्चिममा प्रदेश नम्बर ३ को चितवन जिल्ला तथा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज, उत्तरमा प्रदेश नम्बर ३ को मकवानपुर जिल्ला र सिन्धुली जिल्ला तथा चुरे पर्वत श्रृङ्खला र प्रदेश नम्बर १ को उदयपुर जिल्ला र दक्षिणमा भारत पर्दछ । यो प्रदेश धार्मिक र सांस्कृतिक पर्यटनको लागि अत्यन्तै महत्वपूर्ण केन्द्रको रुपमा मानिन्छ। यो मिथिला क्षेत्रको रुपमामा पनि परिचित मानिन्छ । यस प्रदेशका प्रमुख नदीहरुमा कोशी, बागमती, कमला, लखान्दी हुन् । यस प्रदेशका मानिसहरुले बोल्ने मूख्य भाषा मैथिली, भेजपुरी, अवधि र नेपाली हो । यस प्रदेशमा रहेको विरगञ्ज भन्सार नेपालकै आर्थिक मेरूदन्डको रुपमा रहेको भन्सार हो । अव हेर्नुहोस तथ्याङ्क (Data)
प्रदेश नं. २, क्षेत्रफल : ९६६१ वर्ग कि.मि., राजधानी : जनकपुर (अस्थायी ), प्रदेश प्रमुख : तिलक परियार, मुख्यमन्त्री : मोहम्मद लालबाबु राउत
जनसंख्या : ४५९२४३४, जनघनत्व : ५५९.३८, परिवार संख्या : ९३२३०८, साक्षरता प्रतिशत : ४९.५१%, जिल्ला संख्या : ८, स्थानीयतह संख्या : १३६, वडा संख्या : १२७१
जनसंख्याको अवस्था : महिला : २६८६२०७, पुरुष : २७१७९३८, महिला (अपाङ्ग): ३०४५६, पुरुष (अपाङ्ग): ४०९७८, महिला (विदेश गएका): ६१७८, पुरुष (विदेश गएका) : २१८२६२
वाली उत्पादन क्षमता (मेट्रिक टन) : धान : ६१२६७१, गहुँ : ४५६९४६, मकै : ७५३२९, कोदो : ६७२८
वित्तीय संस्था : बैंक : ५०८, सहकारी : ६०५०
सुरक्षा युनिट : नेपाल प्रहरी युनिट : ४९३, ससस्त्र प्रहरी युनिट : ६५
परिवारमा महिलाको नाममा घर जग्गा : घर जग्गा दुबै भएका : ८६८१७, जग्गा मात्रै भएका : १००३५८, घर जग्गा दुबै नभएका : ७३०६९५, उल्लेख नभएका : १४२१७
शिक्षण संस्था : विश्व विधालय : ०, क्याम्पस : १३६, विधालय : ३५८६
जलविद्युत केन्द्र : चालु/क्षमता : ०, दर्ता/क्षमता : ०
श्रोत : केन्द्रीय तथ्याङ्क विभाग,शिक्षा विभाग,विश्वविद्यालय अनुदान आयोग स्वास्थ्य विभाग,विद्युत विकास विभाग,सहकारी विभाग,सडक विभाग । (हाम्रो वारेमा : यस पोर्टलमा यस प्रकारका तथ्याङ्क संधै हेर्न पोर्टल पुरै भिजिट गर्न सक्नुहुनेछ । )