सिन्धुपाल्चोक, ११ असार – प्रदेश नं. ३ अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले अर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेको छ। हाल १४ वटा वडा रहेको उक्त नगरपालिकाद्वारा अर्थिक वर्ष २०७६/७७ को १ अर्ब २३ करोड ८७ लाख १५ हजार र संघ–संस्थाको १२ करोड १ लाख ८९ हजार ६ सय ७९ गरी १ अर्ब ३५ करोड ८९ लाख ४ हजार ६ सय ७९ रूपैयाको योजना तथा कार्यक्रम समेटिएको वजेट नगर सभामा प्रस्तुत गरिएको हो ।