धनगढी २३ चैत्र – सरकारी डाक्टरहरू सङ्घीय सरकारमै समायोजन भएसँगै सुदूरपश्चिम प्रदेश डाक्टर विहीन हुने भएको छ । प्रदेश भरी रहेका झन्डै ९० प्रतिशत डाक्टरको सङ्घीय सरकारमा समायोजन भएको छ ।सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालका रूपमा रहेको सेती अञ्चल अस्पतालमा हाल कार्यरत १५ सरकारी डाक्टर मध्ये १३ जना सङ्घमै समायोजन भएका छन् । दुई जनाले मात्रै प्रदेश रोजेका छन् । डा। खगेन्द्र भट्ट र जगदीश जोशी दुई जनाले मात्रै प्रदेश रोजेका छन् ।हाल सम्म दरबन्दी अनुसार डाक्टर नपाइरहेको अस्पतालबाट भएका चिकित्सक पनि समायोजन भए सँगै झनै लथालिङ्ग हुने भएको छ । सङ्घीय सरकारले गरेको समायोजन अनुसार सुदूरपश्चिम डाक्टर विहीन बन्ने सेती अञ्चल अस्पतालमा कार्यरत डाक्टर कपिल गौतमले बताए । सरकारले हतारमा सहमति विपरीतको निर्णय गरेको उनले बताए ।उनले भने, ‘प्रदेश र स्थानीय तहमा समायोजन हुने चिकित्सकले एउटै ठाउँमा सेवा गर्नु पर्ने, सरुवा हुन नपाउने र पढ्न पनि नपाउने गरी प्रदेश र स्थानीय तहमा समायोजन चिकित्सकमाथि समायोजन नीतिले विभेद गरेको छ ।’ तर सङ्घमा समायोजन हुने चिकित्सकहरू मुलुकभरि नै सरुवा हुन पाउने र उनीहरू स्वास्थ्य सचिव, उपकुलपतिम्म बन्न पाउने व्यवस्था गरिएको छ । समायोजन नीति स्पष्ट नभएको उनको तर्क छ ।सरकारी चिकित्सक सङ्घ र नेपाल चिकित्सक सङ्घले भने मुलुकको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूलाई सङ्घले नै चलाउने पर्ने मागसहित आन्दोलन थालेका छन् ।नेपाल चिकित्सक सङ्घ सुदूरपश्चिम प्रदेश संयोजक डाक्टर प्रमोद जोशीले मुलुकको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूलाई सङ्घले नै चलाउने पर्ने बताए ।उनले सरकारले ल्याएको समायोजन नीति दुर्गममा बसेका चिकित्सकलाई दुर्गममा राखी राख्ने र सुगममा बसेका चिकित्सकलाई सुगम राखी राख्ने विभेदकारी नीति रहेको दाबी गरे ।विभेदकारी सरकारी नीति विरुद्ध आज सेती अञ्चल अस्पतालमा साङ्केतिक रूपमा विरोध जनाइएको उनले बताए । आइतबारबाट अस्पतालको सबै सेवा ठप्प गरेर आफूहरू आन्दोलनमा उत्रिने उनले बताए ।हाल सम्म दरबन्दी अनुसार डाक्टर नपाइरहेको सेती अञ्चल अस्पतालबाट भएका चिकित्सक पनि समायोजन भए सँगै झनै लथालिङ्ग हुने धेरैको बुझाई छ ।तर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भने अर्को विकल्प नभए सम्म डाक्टरहरूले सेतीमै सेवा प्रदान गर्ने बताए । अञ्चल अस्पतालको कुनै सेवा प्रभावित नबन्ने उनको भनाई छ ।उनले भने, समायोजन भएको आधिकारिक पत्र हामी समक्ष पुगेको छैन । समायोजन जहाँ भए पनि हाल कार्यरत डाक्टर अर्को विकल्प नभए सम्म कहीँ जानु हुन्न । सेवा प्रवाहमा कुनै समस्या नहुने उनले दाबी गरे ।के भन्छ प्रदेश सरकार रुप्रदेश मातहत रहेका सरकारी अस्पतालका डाक्टरहरूलाई सङ्घीय सरकारले आफुमातहत राखेको छ । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह डाक्टर विहीन जस्तै वनेका छन् ।तर सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोगन बहादुर हमालले डाक्टर समायोजनका कारण प्रदेशको स्वास्थ्य संस्थामा कुनै समस्या नआउने दाबी गरे ।प्रदेशमा डाक्टर व्यवस्थापनका लागी मन्त्रालयले तयारी थालेको उनले बताए । उनले भने सङ्घमा समायोजन भएका डाक्टरहरू तत्काल जानु हुन्न त्यसमा अस्पताल विकास समितिबाट राखिएका डाक्टरहरू छन् त्यस कारण प्रदेशको स्वास्थ्य क्षेत्रमा कुनै समस्या आउँदैन उनले दाबी गरे । दरबन्दी अनुसार डाक्टर र्पुयाउन अभ्यास थालिरहेको उनले बताए ।चिकित्सक फेरी किन आन्दोलित रु के छ माग रुप्रदेश र स्थानीय तहमा समायोजन हुने चिकित्सकले जीवनभरि एउटै ठाउँमा सेवा गर्नु पर्ने, सरुवा हुन नपाउने र पढ्न पनि नपाउने गरी प्रदेश र स्थानीय तहमा समायोजन चिकित्सकमाथि समायोजन नीतिले विभेद गरेको छ ।सुदूरपश्चिम डेलिले लेखेकोछ यसको ठिक विपरीत सङ्घमा समायोजन हुने चिकित्सकहरू मुलुकभरि नै सरुवा हुन पाउने व्यवस्था गरिएको छ । समायोजन नीति स्पष्ट रूपमा विभेदकारी देखिएकाले चिकित्सकहरूलाई पहिलाकै अनुसार सङ्घमार्फत नै चलाउनु पर्ने आन्दोलनरत सरकारी चिकित्सकहरूको माग छ ।