चैत ४,इटहरी - निर्माणाधीन सडक रानी–विराटनगर–इटहरी–धरानको निर्माणाधीन ६ लेन सडक निर्माणमा सरकारी कार्यालय नै बाधक देखिएका छन् । सडक निर्माण विस्तार सुस्त हुनुमा सरकारी कार्यालय नै बाधक भएको सरकारी निकाय नै स्वीकार गर्छ । ६ लेन सडक विस्तार इटहरी क्षेत्रमा विद्युत्को पोल र खानेपानीकै कारण निर्माण कार्य सुस्त भएको ठेकेदार कम्पनीले बताएको छ । ठेकेदारहरूले सडक निर्माण विस्तारमा सरकारी कार्यालयहरूले नै समस्या ल्याएको बताए । डिक निर्माणको कार्यमा सरकारी निकाय गम्भीर हुनुपर्ने उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले बताए । अहिले सडक निर्माणमा खानेपानी र विद्युत् पोलको समस्या भएको भन्दै निर्माण सुस्त हँुदा व्यापारीहरू मारमा परेको बताए । आशिष निर्माण सेवाका इञ्जिनियर सागर बडालले बताए । अहिले तरहरा क्षेत्रमा ठूला हाईटेन्सनका पोलहरू सार्ने काम भएको इञ्जिनियर वडालको भनाइ थियो । ‘सडकभित्र पर्ने ११ वटा हाईटेन्सनको पोल सार्ने काम भइरहेको छ’ –उनले भने । तरहराका व्यापारी सन्तोष श्रेष्ठले सरकारी कार्यालयहरूले पनि सडक विस्तारमा खेलाची गरिरहेको बताए । ६ लेन सडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्माले भने निर्माण कार्यमा केही असहजता आएको बताए । अहिले विद्युत्को पोल हटाउने काम ठेकेदार कम्पनीले नै गरिरहेको बताउँदै टेलिकमले आफ्नै खर्चमा सार्ने सहमति भएको बताए । प्रदेश १ को मेरुदण्डको रुपमा विकास गर्न खोजिएको भारत र चीन जोड्ने कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक योजना विस्तारको काम सरकारी बेवास्ताका कारण सुस्त गतिमा छ । ०६९/०७० बाट विराटनगरको रानीहुदै इटहरी र धरान जोड्ने मार्ग ६ लेनमा विस्तार गर्ने काम थालनी भएको थियो । सम्झौताअनुसार आयोजनाले यो आर्थिक वर्षमा सडक विस्तारको काम सक्नु पर्ने थियो । कुल ४९ कि.मी. लामो सडकको लागत १० अर्ब ९८ करोड सो सडक विस्तारको ठेक्का लागेको थियो । आजको ब्लाष्ट खवरमा खबर रहेको छ ।