२०७८ जेठ ३ सोमबार, वीरगञ्ज महानगरपालिका (पर्सा)पर्साको वीरगञ्ज महानगरपालिकालाई माइती नेपालले ५० हजार मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । वीरगञ्जका नगर प्रमुख विजयकुमार सरावगीलाई आइतबार माइती नेपाल वीरगञ्ज शाखाकी प्रमुख संगीता पुरीले सामग्री हस्तान्तरण गर्नुभएको नगरप्रमुख सरावगीले जानकारी दिनुभयो ।उहाँका अनुसार हस्तान्तरण गरिएका सामाग्रीमा मेडिकल मास्क ४ सय थान, पीपीई सेट २५ थान, पञ्जा १ सय थान, फेसशिल्ड २५ थान र अक्सिमिटर २ थान छन् ।कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री महानगरपालिकालाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको माइती नेपाल वीरगञ्ज शाखा प्रमुख पुरीले बताउँनुभयो ।