कर्पोरेट

उदाहरणीय वडाध्यक्षः मोटरसाइकल किन्ने पैसा जनताको स्वास्थ्यमा

सर्लाही १६ मंसिर : जनप्रतिनिधिहरु सेवा सुविधामा आलोचित भइरहेकाबेला सर्लाहीका एकजना वडाध्यक्षले उदाहरणीय कार्य गर्नुभएको छ । सर्लाहीको हरिवन नगरपालिका वडा न ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगानाले आफूलाई मोटरसाइकल किन्न भनेर नगरपालिकाले छुट्याएको पैसाबाट वडाबासीको उपचारका लागि खर्च गर्नुभएको छ ।


गाउँपालिकाका अध्यक्षले तलबवाट एम्बुलेन्स खरिद गर्ने

कालीकोट, ८ कार्तिक । जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आफ्नो एक वर्षको तलबवाट गाउँपालिकाका लागि आवश्यक एम्बुलेन्स खरिद गर्ने घोषणा गरेका छन् ।


गाडी किन्न छुट्याएको पैसाबाट मेयरले जनतालाई किनिदिए पानी ट्यांकर

सर्लाही- आफ्नो लागी गाडी किन्न नगरपालिकाबाट छुट्याएको पैसाबाट बागमती नगरपालिकाका मेयरले जनतालाई पानी ट्यांकी किनेर स्वच्छ पानीको व्यवस्था गरेका छन् । मेयर भरत कुमार थापाले आफु चड्ने गाडी खरिद गर्न छुट्याएको ३० लाख रुपैँयाले जनतालाई पानी ढुवानी गर्ने ट्यांकर खरिद गरेका हुन् ।


ख्वप कलेज : नगरपालिकाले सञ्चालन गरेको नमूना कलेज

भक्तपुर, १८ असोज - भक्तपुर नगरपालिकाद्धारा सञ्चालित भक्तपुरको एउटै कलेज हो, ख्वप कलेज । नयाँ समयसँगै नयाँ विषयहरुलाई ठाउँ दिंदै आएको यस कलेजले यस वर्षदेखि बी.बी.एम. (ब्याचलर अफ बिजनेश म्यानेजमेन्ट) विषयको पनि सुरुवाट गर्न लागिएको छ ।


२९३ मध्ये अव्वल दर्जामा भक्तपुर नगरपालिका

भक्तपुर, भदौ २२ गते । २००८ सालमा सफाई कार्यालयको नामबाट सुरु भएको भक्तपुर नगरपालिकाको ६५ वर्षको इतिहासमा दक्षिण एशियामै नमूना योग्य नगर बन्न सफल भएको छ ।