पर्यटन खबर

भ्रमण वर्ष सफल पार्न रेस्टुरेन्ट तथा बारको भूमिकामा जोड

मंसिर २८, भक्तपुर-नेपाल भ्रमण वर्षलाई सफल पार्न ठूला तारे होटलसँगै साना रेस्टुरेन्ट तथा बारहरुले पनि महत्वपूर्ण योगदान दिनसक्ने सम्बन्धित व्यवसायी तथा विज्ञहरुले बताएका छन् । रेस्टुरेन्ट तथा बार एशोसिएशन नेपाल रेवान र सेफ एशोसिएशनको संयुक्त आयोजनामा भएको आतिथित्यता९हस्पिटालिटी तथा खाद्य सुरक्षासम्बन्धी कार्यशालाका सहभागी वक्ताहरुले भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राखेका थिए ।


भ्रमण वर्षको सारः तिलौराकोटको भएन प्रचार

मंसिर १८, कपिलवस्तु (पर्यटन) — नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा सरकार जुटिरहेपनि कतिपय महत्वपुर्ण स्थल भने ओझेलमा नै छन् । प्रचार प्रसारको अभावका कारण तिलौराकोटले पनि पर्यटक भित्राउन सकिरहेको छैन ।


पाल्पाः १३ स्थान पर्यटकीय गन्तव्य बन्दै

पाल्पा, १७ असोज -पाल्पाका ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सामाजिक–सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा पाल्पा सांस्कृतिक डबली, वनस्पति उद्यान, पर्यटकीय उद्यान, धार्मिक, सांस्कृतिक महत्व झल्कने गरी ऐतिहासिक तथा पर्यटकीय क्षेत्र प्रवर्द्धन तथा पूर्वाधार विकास निर्माणका कार्यक्रम ल्याएको छ ।


रामपुरको पर्यटकीय ‘घट्टार क्षेत्र’ओझेलमा

पाल्पा ,भदौ २९कालीगण्डकीको तटमा रहेको पाल्पा रामपुर नगरपालिका–३ को पर्यटकीय तथा ऐतिहासिक घट्टार क्षेत्र भौतिक पूर्वाधार विकासको कमी तथा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । समथर मैदानमा रहेको घट्टार क्षेत्रलाई उत्तर–पश्चिम कालीगण्डकी र पूर्व–दक्षिण भाग निस्दीखोलाले घेरेको छ ।


'किसानका समस्या समाधानमा केन्द्रित छौ'

सुस्ता -सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे किसानहरूको समस्या समाधानमा केन्द्रित रहेको बताउनुभएको छ । गाउँपालिकाभित्र उखु र केरा किसानहरूको समस्या प्रशस्त रहेकाले सो समस्या समाधानमा आफू लागिपरेको बताउनुभएको हो ।


‘बजेट बाँडफाँड नै तानाशाही छ’

शंकर पोखरेलस्थानीय तहकाबारेमा कुरा गर्दा सबैको साझा सोच छ, यस अर्थमा पनि तपाईंहरु सम्पन्नशाली हुनुहुन्छ । जुन तपाईंहरुको सामर्थ्यको विकास हुनु भनेको राष्ट्रको आवाश्यकता हो ।