पर्यटन खबर

‘नेचर, कल्चर र एडभेन्चर’को सङ्गम गण्डकी प्रदेश

गण्डकी प्रदेशसबै प्रदेशहरू सुन्दर छन् । तर, गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यको हिसाबले उत्कृष्ट गन्तव्य स्थल हो ।


भ्रमण वर्ष २०२० मा नेपाल आउँदै ह्यारी

अमेरिका, असोज ७नेपाली मुलका अमेरिकी सांसद एवम् राज्य सञ्चालन समितिका सदस्य ह्यारी भण्डारीले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा नेपालको भ्रमण गर्ने बताएका छन् । नेपाली मुलका अमेरिकी सांसद ह्यरीले नेपालमा लागानी र विकासको प्रशस्त सम्भावना रहेको बताउँदै आफूले त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।


घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

वालिङ, १८ भदौ - स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । वालिङ नगरपालिकाअन्तर्गत ८ र १० नम्बरमा अवस्थित घ्वाङखोलालाई आवश्यक भौतिक पूर्वाधार निर्माण गरेसँगै आन्तरिक तथा बाह्य धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र वनदै गएको हो ।


पर्यटकको रोजाइमा शालग्राम सङ्ग्रहालय

गलकोट, १७ भदौ - बागलुङमा निर्माणधीन अवस्थामा रहेको भूमिगत सङ्ग्राहलय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरी सङ्ग्रहालय निर्माण गर्न थालिएको थियो ।


पर्यटन वर्ष २०२० को प्रचार–प्रसारका लागि साइकलयात्रा

गोरखा, २९ साउन -सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुग्नुभएको छ । सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्कनुभएका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मङ्गलबार गोरखा आइपुग्नुभएको हो ।