पर्यटन खबर

सरकारले भ्रमण वर्ष २०२० रद्द गर्दै

भक्तपुर, २ चैत्र -सरकारले नेपाल भ्रमण वर्ष २०२० रद्द गर्ने भएको छ । भ्रमण वर्ष स्थगित गरेको सरकारले रद्द नै गर्ने टुंगो लगाइसकेको छ ।


मध्यपुरथिमि नगरपालिकाद्धारा पर्यटन प्रवद्र्धन गर्न ‘सम्पदा पदयात्रा २०२०’ आयोजना

भक्तपुर, १८ फागुन -नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले ‘हाम्रो सम्पदा, हाम्रो पहिचान’ भन्ने नाराका साथ पहिलोपटक ‘सम्पदा पदयात्रा २०२०’ को आयोजना गरिने भएको छ । नगरपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको सहकार्यमा मध्यपुरथिमिमा सञ्चालित ओस्ला नेपालले आगामी चैत १ गते सम्पदा पदयात्राको आयोजना गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।


भ्रमण वर्ष घुमौं कर्णाली

भक्तपुर, १७ फागुन -नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीमा पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिले बसमा स्टिकर टाँस्न थालेको हो ।