फिचर

कर्मचारीमा पनि कोरोनाको मनोवैज्ञानिक असर देखिन थाल्यो

साउन २६, काठमाडौं - उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर अत्यावश्यक सेवाबाहेकका अरु सेवा बन्द गरिएसँगै यसको प्रभाव सेवाग्राही र अन्य सरकारी कार्यालयका कर्मचारीहरुमा आइतबार मनोवैज्ञानिक रुपमा परेको देखियो । उपत्यकामा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछि आइतबारदेखि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरेको हो ।


कोभीड–१९ महामारी वारे इटालीबाट सिक्नुपर्ने पाठ

इटालीमा कसरी नियन्त्रणमा आयो कोभीड–१९ महामारी ?साउन १८, एजेन्सी/काठमाडौं - जब पश्चिमा देशमा कोरोनाभाइरस फैलियो, इटाली सबैभन्दा खराब इपिसेन्टर बनेको थियोे । इटाली अन्य देशहरुका लागि उदाहरण नै बनेको थियो, कुनै मूल्य चुकाएर पनि अमेरिका र युरोपका धेरैजसो क्षेत्र इटाली जस्तो अनियन्त्रित महामारीको स्थितिबाट बच्नुपर्ने बताउँथे ।