माघ २, अमरगढी नगरपालिका(डडेल्धुरा)डडेल्धुरा जिल्ला साविकको सुदूरपश्चिम विकास क्षेत्रको मध्यबिन्दु रहेपनि अहिलेसम्म यहाँ एउटै विमानस्थल छैन । विभिन्न समयमा विमानस्थल निर्माणका लागि अध्ययनहरु भएपनि कुनै ठोस पहल नहुँदा यस क्षेत्रको पर्यटीय सम्पदाहरु ओझेलमा परेका छन् ।
पौष २८, जानकी गाउँपालिका(कैलाली)कैलालीका स्थानीय तहले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको प्रक्रिया शुरु गरेका छन् । भूमिसम्बन्धी समस्या समाधान आयोगले सम्झौता गरेपछि यहाँका स्थानीय तहले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको प्रक्रिया शुरु गरेका हुन् ।
पौष २५, बडीकेदार गाउँपालिका(डोटी)पछिल्लो समय जिल्लामा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ । यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तहका सबै स्वास्थ्य संस्थाले बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
पौष २४, जयपृथ्वी नगरपालिका(बझाङ)पछिल्लो समय स्थानीय तहले खेती प्रणालीलाई प्राङ्गारिक बनाउन लागेका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो बिगार्ने बुझेपछि स्थानीय तहले प्राङ्गारिक खेतीतर्फ उन्मुख भएका हुन् ।
पौष १८, कृष्णपुर नगरपालिका(कञ्चनपुर)सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन कञ्चनपुरको कृष्णपुरमा स्थानीय नागरिकले वडाका गतिविधिमाथि निगरानी राख्न थालेका छन् । यहाँको कृष्णपुर नगरपालिका–१ का स्थानीय वडा कार्यालयलको हरेक गतिविधिमा निगरानी गर्दै आएका हुन् ।
पौष १७, भजनी नगरपालिका(कैलाली)कैलालीको भजनी नगरपालिका–३ स्थित कन्द्रा नदीमा पुल निर्माण शुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
पौष १३, लालझाँडी गाउँपालिका(कञ्चनपुर)विसं २०६५ मा कञ्चनपुरको दोदा नदीमा आएको बाढीले लालझाडी गाउँपालिकाका अधिकांश वडामा क्षति पु¥यायो । विस्थापितहरुले बाढीको त्रासले बस्ती छाडेको १२ वर्ष बितिसक्दा पनि यहाँका सयौँ परिवारलाई पुनःस्थापनाको अहिलेसम्म कुनै पहल भएको छैन ।
पौष १२,अमरगढी नगरपालिका(डडेल्धुरा)डडेल्धुराका ग्रामीण भेगका महिला अहिले आफ्नो र शिशुको सचेत हुँदै गएका छन् । नवदुर्गा–४ की डम्बरी कैनी अहिले आफ्नो स्वास्थ्य र शिशुको स्वास्थ्यप्रति सचेत बन्नुभएको छ ।
पौष १२,स्वामीकार्तिक गाउँपालिका(बाजुरा)जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो ।
पञ्चदेवल विनायक नगरपालिका(अछाम)अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिनुभयो ।
पौष ६,पञ्चदेवल विनायक नगरपालिका(अछाम)समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान शुरु गरिएको हो ।
पौष २, मेलौली नगरपालिका(बैतडी)बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढाइएको छ । औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाको काम पुस महिनाभित्रै शुरु हुने भएको छ ।
पौष १,वेदकोट नगरपालिका(कञ्चनपुर)सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याइने बताउनुभएको छ । मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत भूमिहीनहरुका लागि निर्माण हुने आवासको शिलान्यास कार्यक्रममा उहाँले प्रदेशका सुकुम्बासी, भूमिहीन, विपन्न परिवारका लागि नौवटै जिल्लामा सुरक्षित आवास निर्माण गरिने बताउनुभयो ।
मङ्सिर ३०,जानकी गाउँपालिका(कैलाली)जानकी गाउँपालिका(जानकी गाउँपालिका–४ की सरस्वती शर्माको पेटमा बच्चा हुर्किरहेको छ । पहिलो सन्तानको सरस्वतीले खासै स्याहार गर्नुभएन ।
मङ्सिर २९, वेदकोट नगरपालिका(कञ्चनपुर)कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा पर्नुभयो । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा पर्नुभयो ।
मङ्सिर २५,लालझाडी गाउँपालिका(कञ्चनपुर)सुक्खा सहने, धेरै पानीमा पनि हुर्कन सक्ने, रोग कीराको प्रकोप नहुने रैथाने (स्थानीय) जातका धानका प्रजाति अहिले गाउँघरतिर पनि पाउनै मुस्किल हुँदै गएको छ । फेरि कतै पाइयो भने पनि किसानले खेतमा रोप्न मान्दैनन्, बढी उत्पादन हुने र आधुनिक जातको बीउ नै खोज्छन् ।
मङ्सिर २३, बडिकेदार गाउँपालिका(डोटी)डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गर्नुभएको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले हरेक वर्ष सरकारबाट आफूले पाउने सेवासुविधाको रकमबाट त्यहाँका विपन्न तथा आर्थिक स्थिति कमजोर भएका परिवारलाई निःशुल्क सहयोग गर्दै आउनुभएको छ ।
मङ्सिर २०, कृष्णपुर नगरपालिका(कञ्चनपुर)वन पैदावारमा हानी नोक्सानी हुन नदिनका लागि कञ्चनपुरको झिलमिली सामुदायिक वनले उपभोक्ताको मागअनुरूप दाउरा घरघरमै पुर्याउने काम गर्दै आएको छ । शुक्लाफाँटा नगरपालिका–१ गणेशपुर र कृष्णपुर नगरपालिका–२ बङ्कसम्म फैलिएको सामुदायिक वनले वन संरक्षणका लागि कार्यान्वयनमा ल्याएको नयाँ कार्ययोजनाअनुसार दुवै नगरपालिकाका उपभोक्ताको घरघरमै दाउरा पुर्याउँदै आएको हो ।
मङ्सिर २०, पुर्चौंडी नगरपालिका(बैतडी)सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ । कोरोनाका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो ।
मङ्सिर १७, शुक्लाफाँटा नगरपालिका(कञ्चनपुर)शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छाड्नुभएको छ । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उहाँले खेतमा क्यामोमाइल खेती गर्नुभएको छैन ।
मङ्सिर १५, सिगास गाउँपालिका(बैतडी)लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिनुभयो ।
मङ्सिर १४,दशरथचन्द नगरपालिका(बैतडी)सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभएको छ । शनिबार मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) को आयोजनामा ‘सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उहाँले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताउनुभयो ।
मङ्सिर ३, (कैलाली) - कैलालीको खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ । खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो ।
कार्तिक २७, दिपायल सिलगढी नगरपालिका(डोटी) उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिनुभएकी उहाँको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको थियो ।
कार्तिक २६, सुदूरपश्चिम प्रदेश - सुदूरपश्चिम प्रदेशमा कोभिड—१९ बाट प्रभावितलाई लक्षित गरी कार्यान्वयन गर्न लागिएको कृषि तथा पशुपक्षी विशेष कार्यक्रममा अपेक्षाभन्दा बढी निवेदन परेपछि सबैलाई सम्बोधन गर्न सकस भएको छ । कोभिड—१९ बाट प्रभावित तथा विदेशबाट फर्किएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले प्रकाशित गरिएको सूचनाबमोजिम झण्डै ८२ हजार व्यक्तिले इच्छापत्र पेश गरेपछि कार्यक्रममा सबैलाई सम्बोधन गर्न कठिन हुने देखिएको हो ।
कार्तिक २१, गौरीगंगा नगरपालिकाका(कैलाली) कैलालीमा कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
कार्तिक २१, महाकाली नगरपालिका(कञ्चनपुर) कञ्चनपुरको मझगाउँ विमानस्थलका पूर्वाधार निर्माण शुरु गर्न बजेट जुटाउने कार्यलाई अगाडि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरण आगामी फागुनदेखि विमानस्थलको पूर्वाधार निर्माणका लागि बजेट जुटाउने कार्यमा लागेको छ ।
कार्तिक २०, बान्निगढी जयगड गाउँपालिका(अछाम) अछामको बान्निगढी जयगड गाउँपालिका वडा नं ६ का चक्रबहादुर थापाको गत भाद्र २ गते आएको कैलाश खोलाको बाढीले पुरै खेत बगायो । करिब २० मुरीभन्दा बढी धान फल्ने खेत बाढीले बगाएपछि अहिले के खाने भन्ने चिन्तामा उहाँको परिवार रहेको छ ।
कार्तिक २०, केआइसिंह गाउँपालिका(डोटी) कानूनी अड्चनका कारण जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिन आएका सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै आएको छ । नेपाली नागरिकता लिनका लागि आफ्नो आमा, बुबाको नागरिकता अनिर्वायसहित सनाखत बस्ने व्यक्तिसमेत आफ्नै नातेदार हुनुपर्नेलगायतका कानूनी प्रावधान भएका कारण जिल्लामा नागरिकता बनाउन आउने सेवाग्राही रित्तो हात फर्किन थालेका छन् ।
कात्तिक १९, कञ्चनपुर-भीमदत्त नगरपालिकाको गड्डाचौकीबाट ब्रह्मदेव महाकाली करिडोरलाई जोड्न सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । गड्डाचौकीबाट जिमुवा हुँदै तुमडानी भएर ब्रह्मदेव करिडोरसम्म सडक निर्माण गर्न लागिएको हो ।
कात्तिक १९, कैलाली - कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् । किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका किसान भने बढी मूल्य पाएर खुशी भएका छन् ।
कार्तिक १४, मेलौली नगरपालिका(बैतडी)कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन । तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार हुन लागेको थियो ।
कार्तिक १३, सुदूरपश्चिम प्रदेश - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कामनै नगरी योजना अलपत्र पार्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिनुभएको हो ।
कार्तिक १२,कैलाली -सशस्त्र द्वन्द्वताका भएका बलात्कार तथा यौनजन्य हिंसापीडित महिलाका प्रतीनिधिमुलक कारुणीक ब्याथा जिम्मालीने कोकार्तिक १२, नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार तथा यौजजन्य हिंसा भोगेका महिलाको जीवन अहिले पनि सुखद् छैन ।
कार्तिक १२, पूर्वीचौँकी गाउँपालिका(डोटी) जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ । यहाँका स्थानीय तहले आफ्ना वडाहरुमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै चल्न थालेको छ ।
कार्तिक १२, टीकापुर नगरपालिका(कैलाली) टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ ।
कार्तिक ११, दिपायल सिलगढी नगरपालिकाका(डोटी) जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान आयोग (युजिसी) पूर्व प्रमुख प्रा डा त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ ।
कार्तिक ११, गन्यापधुरा गाउँपालिका(डडेल्धुरा) कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका किनारहरुमा बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च चलाइरहेका छन् ।
टीकापुर नगरपालिका(कैलाली)टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी माग्नुभयो र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कनुभयो ।
कार्तिक ७, सुर्नया गाउँपालिका(बैतडी) गाउँपालिका केन्द्रका विषयमा विवादपछि बैतडीको सुर्नया गाउँपालिकामा १२ दिनअघि लगाइएको ताला अझै खुल्न सकेको छैन । गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो ।
शुक्लाफाँटा नगरपालिका(कञ्चनपुर)कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ ।
कार्तिक १ , टीकापुर नगरपालिका(कैलाली)देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले दिएको निर्देशनपछि कैलालीको टीकापुरका सबै विद्यालयमा रङ्गरोगन गरिएको छ । टीकापुर नगरपालिकाले पहिलो चरणमा १८ विद्यालयमा रङ्गरोगन गरेको हो ।
असोज २९ , शुक्लाफाँटा नगरपालिका(कञ्चनपुर)शुक्लाफाँटा नगरपालिकाले पाँच वटा नगर गौरवका योजना चालू आवमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । नगरसभाबाट छनोट गरिएका नगर गौरवका योजना कार्यान्वयनका लागि भौतिक पूर्वाधार निर्माणका कार्य शुरु गर्न लागेको हो ।
असोज २९ ,डोटी - गएको असार साउन महिनामा आएको अभिरल वर्षात्का कारण बिग्रेका जिल्लाका ग्रामीण क्षेत्रका सडक सुचारु गर्न थालिएको छ । दशैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिसँगै वर्षात्ले बन्द भएका स्थानीय तहका दजनौँ सडक अहिले धमाधम खोलिन थालिएको छ ।
असोज २७ , कैलाली - सशस्त्र द्वन्द्वपछि चहलपहल सेलाएको सयौँ वर्ष पुरानो सत्ती बजारले आफ्नो मुहार फेर्न सकेको छैन । विगतमा कैलालीकै चर्चित बजारका रूपमा स्थापित सत्ती बजारले शान्ति स्थापनापछि पनि मुहार फेर्न सकेन ।
असोज २५, टीकापुर नगरपालिका (कैलाली)कैलालीको टीकापुर नगरपालिका–३ पशुपति टोलकी लिलावती चौधरीको छोरा आठ महिनाको भए । लिलावतीले बच्चालाई छ महिनादेखि नियमित रुपमा खानासँगै अण्डा पनि खुवाउँदै आएको बताउनुहुन्छ ।
असोज २५, पूर्वीचौकी गाउँपालिका (डोटी)जिल्लाको पूर्वीचौँकी गाँउपालिकाको सात वटै वडाहरुमा बिजुली बत्ती बलेको छ । सबै वडामा विद्युत् बलेपछि उक्त गाउँपालिका जिल्लाकै पहिलो उज्यालो गाउँपालिका भएको छ ।
असोज २५, नवदुर्गा गाउँपालिका (डडेलधुरा)डडेल्धुराको नवदुर्गा गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा डडेल्धुराको नवदुर्गा गाउँपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो ।
असोज २५,नवदुर्गा गाउँपालिका (डडेल्धुरा)डडेल्धुराको नवदुर्गा गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा डडेल्धुराको नवदुर्गा गाउँपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो ।
असोज २५,नवदुर्गा गाउँपालिका (डडेल्धुरा)डडेल्धुराको नवदुर्गा गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा डडेल्धुराको नवदुर्गा गाउँपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो ।
असोज २३, बैतडीकोरोना भाइरस सङ्क्रमितको उपचारका लागि बैतडीका नौवटा स्थानीय तहमा पाँच श्ययाको ‘कोभिड–१९ अस्थायी अस्पताल’ निर्माण हुने भएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच श्ययाको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि बैतडीका नौवटा स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माण हुने भएको हो ।
असोज २३, भजनी नगरपालिका (कैलाली)कैलालीको भजनी नगरपालिका–८ स्थित पथरैया नदीको बेलुवाघाटमा पुल नहुँदा नागरिकलाई निकै सास्ती पर्ने गरेको छ । भजनी–८ स्थित दैलेखीटोल, जनकपुर, झवहीबाट जनकपुरसम्मका नागरिकको किनमेल गर्ने बजार टीकापुरको सत्ती, बेलुवा, भजनी र टीकापुर रहेकाले यी बजार आउजाउ गर्न बेलुवाघाटमा पुल नहुँदा हजारौँ नागरिकलाई समस्या हुने गरेको छ ।
असोज २२, टीकापुर नगरपालिका (कैलाली)कैलालीको टीकापुर नगरपालिकाले सञ्चालन गरेको ‘होम टु हस्पिटल’ कार्यक्रमबाट ९२ सुत्केरीले सेवा लिएका छन् । होम टु हस्पिटल अर्थात् घरदेखि अस्पतालसम्म कार्यक्रमबाट निःशुल्क एम्बुलेन्स सेवा पाएपछि सुत्केरलाई सहज भएको छ ।
असोज २२, बेदकोट नगरपालिका (कञ्चनपुर)प्रायः धेरैको सपना र योजना हुन्छ, सरकारी सेवाबाट सेवानिवृत्त भएपछि घरपरिवारसित आरामको ‘रिटायर्ड लाइफ’ बिताउने । तर कञ्चनपुरको बेदकोट नगरपालिका–७ गाउँजीका बहादुरसिंह विष्ट भने सेनाको जागिर सकेर घर आएको तीन दिनमै यहाँको वद्धाश्रममा ज्येष्ठ नागरिकको सेवामा सर्मपित हुनुभएको छ ।
असोज २२ दिपायल सिलगढी नगरपालिका(डोटी)जिल्लाका अधिकांश मुक्त हलियाले मुक्त भएको वर्षौ बितिसक्दासमेत आफूहरुले हलिया परिचयपत्र नपाएको गुनासो गरेका छन् । केही पहुँच भएकाले परिचयपत्र पाए पनि अधिकांशले परिचयपत्र नपाएको भन्दै उनीहरुले यथार्थ विवरण सङ्कलन गरिनुपर्ने माग गरेका छन् ।
असोज २१, टीकापुर नगरपालिका (कैलाली)टीकापुर नगरपालिका–६ का बासिन्दा तथा समाजसेवी कुमारराज शाहीले एक बिघा भन्दा बढी जग्गादान गर्नुभएको छ । रानी–जमरा कुलरिया सिँचाइ आयोजना मूल समितिका अध्यक्ष शाहीले टीकापुर नगरपालिका वडा नं ६, विभिन्न विद्यालयलाई गरी एक बिघा बढी जग्गादान गर्नुभएको हो ।
असोज १६, शुक्लाफाँटा नगरपालिका (कञ्चनपुर)शुक्लाफाँटा नगरपालिकाका चार सामुदायिक विद्यालयमा आधुनिक प्रयोगशाला स्थापना गरिएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी जानकारी लिन प्रयोगशाला स्थापना गरीएका हुन् ।
असोज १६टीकापुर नगरपालिका (भजनी)स्थानीय तहले छ महिना लामो बन्दाबन्दीले थला परेको पर्यटन क्षेत्रलाई सञ्चालन गर्ने काम थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेदेखि गरेको बन्दाबन्दीका कारण बन्द पर्यटन क्षेत्रमा स्थानीय तहले आन्तरिक पर्यटकका लागि आवश्यक पूर्वाधारको मर्मतसम्भारसहितका काम शुरु गरेका हुन् ।
असोज १५, मेलौली नगरपालिका (बैतडी)कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।
असोज १५, डोटीजिल्लामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९५२ जना निको भएर घर फर्किसकेका छन् ।
असोज १४, मोहन्याल गाउँपालिका (कैलाली)कैलालीको मोहन्याल गाउँपालिका– ३ ताम्जा, बारजेना, रागामलेखा र सावावासीले आफ्नै गाउँपालिकाको वडा कार्यालय आउजाउ गर्न दुइ दिन हिंड्नुपर्ने बाध्यता छ । सामान्य सरकारी कामकाजका लागि दुई दिन खर्चिनुपर्दा उनीहरूलाई निकै सकस भइरहेको छ ।
असोज १४, डोटीदुई महिनाअघिसम्म विस्फोटक रुपमा कोरोना सङ्क्रमणमा वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सङ्क्रमित छिट्टै निको पनि हुन थालेका छन् । यहाँका नौवटै जिल्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ ।
असोज १४, डोटीदुई महिनाअघिसम्म विस्फोटक रुपमा कोरोना सङ्क्रमणमा वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सङ्क्रमित छिट्टै निको पनि हुन थालेका छन् । यहाँका नौवटै जिल्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ ।
असोज १३, पाटन नगरपालिका (बैतडी)बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको बताउनुुभयो ।
असोज १२, लालझाडी गाउँपालिका (कञ्चनपुर)लालझाडी गाउँपालिका–४ देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाले सञ्चालन गरेको काठ चिरान गर्ने मिलबाट अवैधरूपमा लुकाईछिपाई राखेको ६० घनफिट काठ प्रहरीले आइतबार साँझ बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्र्तगतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा काठ चिरान गर्ने मिलमा छापा मारी ठूलो परिमाणको अवैध काठ बरामद गरेको हो ।
असोज ११, जानकी गाउँपालिका (कैलाली)कैलालीमा धान बीजवृद्धि खेती गरेका कृषि सहकारी धान खेतमा रगिन गरिरहेका छन् । बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रहेको तयारी धान बालीमा रगिन गर्न थालेका हुन् ।
असोज ९, बैतडी – दशरथचन्द नगरपालिका– १० सत्पालीका एकै घरका छ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको छ । तीन वर्षअघि बुबा गुमाएका र आमा पनि बेपत्ता भएपछि टुहुरा भएका ती बालिकाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो ।
असोज ९, कञ्चनपुर – कञ्चनपुरको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक हजार ५०० बढी व्यवसायीले आयमूलक कामका लागि आवेदन दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित व्यक्तिलाई आयमूलक काममा लगाएर स्वरोजगार बनाउने भनेपछि सो आवेदन परेको हो ।
असोज ९, डोटी – नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो ।
असोज ९, महेन्द«नगर – कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु अभिलेखीकरणमा खटिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ ।
असोज ८, काठमाडौँ – दार्चुलाको अपि हिमाल गाउँपालिकाले नेपालकै लामो खुट्किलासहितको पदमार्ग निर्माणको काम गरिरहेको छ । पर्यटकलाई लक्षित गर्दै आठ हजारभन्दा बढी खुट्किला निर्माण गर्ने गरी पदमार्ग निर्माण कार्य भइरहेको हो ।
भदौ २०, कैलाली - बाढीका कारण खानेपानीका धारा डुबानमा परेपछि कैलालीको भजनीमा युवा धारा निर्माणमा जुटेका छन् । साउन १४ गते आएको बाढीले भजनीमा पानीका मुहानलगायत डुबानमा पर्दा पिउने पानीको समस्या टार्न युवा आफैँले रकम ङ्ंकलन गरी धारा निर्माण थालेका हुन् ।
भदौ १५, टीकापुर - नदी कटानका कारण कर्णाली नदी फुट्ने खतरा बढेको छ । टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनको मूलपानीमा कर्णाली नदीले तटबन्ध कटान गर्दा टीकापुरमा जोखिम बढेको हो ।
भदौ १४ डोटी - जिल्लामा सञ्चालन भइरहेको आवास कार्यक्रमले जिल्लाका ३३३ दलित तथा विपन्न परिवारका नयाँ घर निर्माण गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा सञ्चालन हुँदै आएको उक्त कार्यक्रमले घरबार नभएका सयौँ दलित समुदायका घर निर्माण गर्न थालेपछि यहाँका दलित समुदाय निकै खुशी भएका छन् ।
भदौ ११, कैलाली - कैलालीको जोशीपुरकी रामप्यारी चौधरी आजभोलि निकै व्यस्त हुनुहुन्छ । रामप्यारीको दैनिकी आजभोलि ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैन बनाउनमा व्यस्त छ ।
भदौ ६ ,दार्चुला - निर्माणाधीन दार्चुला–तिङ्कर सडक खण्डको ट्र्याक खुलेको ४० किलोमिटर सडकखण्ड डेढ महिनादेखि अवरुद्ध भएको छ । १२ वर्ष अघिबाट निर्माण शुरु भएको सो सडकखण्डको खलङ्गादेखि व्यास गाउँपालिकाको सुनसेरा तुसरपानीसम्म सडकको ट्र्याक खुलेको थियो तर बर्खा शुरु भएसँगै यो क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
भदौ ५, दार्चुला - “जिल्ला अस्पताल दार्चुलाको वहिरङ्ग सेवा (ओपिडी) कक्ष बाहिर टाँसिएको ‘नेम प्लेट’ मा लेखिएको छ– मेडिकल अधिकृत डा पूजा बम । बम थर देखेपछि अधिकांशले सोधखोज गरिहाल्छन् उहाँ कतै यही दार्चुलाकै हो कि भनेर ।
भदौ ३, जिल्ला संस्करण (अछाम) - अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् ।
भदौ १, बैतडी - आज भदौ १ गते, ओल्के सङ्क्रान्ति । बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ ।
साउन ३२, कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । घरआँगनमै बसिरहेका बेला स्थानीय दीपक ओड र कालु ओडलगायतले वडा सदस्य ताम्राकारलाई शुक्रबार राति ११ बजे अपशब्द बोल्दै हातपात गर्ने प्रयास गरेका थिए ।
साउन ३०, काठमाडौँ – स्वदेशमा रोजगारी नपाएर युवा विदेशिनु परिरहेको स्थितिमा युवाको समग्र क्षमता अभिवृद्धिका लागि सातै प्रदेशमा नवप्रद्र्धन केन्द्र स्थापना शुरु भएको छ । कोभिड– १९ का कारण श्रमका लागि विदेश गएका युवाहरु स्वदेश फर्कन थालेका बेला सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा राष्ट्रिय युवा परिषद्बाट उक्त कार्य अघि बढेको हो ।
साउन ३०, बाजुरा – साउन २५ गते अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएका बाढीका कारण जिल्लाको गौमूल गाउँपालिका–२ सिम गाउँको सिङ्गो बस्ती नै विस्थापित बनेको छ । बूढीगङ्गा नदीको मुहान गौमूल नजिकै पर्ने कुहुनाको पहिरोले नदी थुनिएर आएको बाढीका कारण सिमको सिङ्गो गाउँ नै विस्थापित बनेको हो ।
साउन २९ , डोटी - जिल्लाका नौवटा स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारमा रु ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको यहाँका स्थानीय तहले जनाएका छन् ।
साउन २९ , बाजुरा - बाजुराको बूढीगङ्गा नदीमा आएको बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन पनि मुस्किल परेको छ । घरको घर बाढीले बगाएर खुला ठाउँ र बीच सडक तथा छेउमा बसेकालाई चारैतिर पहिरोको डरका कारण ज्यान जोगाउन मुस्किल परेको छ ।
साउन २७, डोटी - डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय पारस, छोरी सात वर्षीया सिरु, अर्की छोरी चार वर्षीया जेनिसा रहेका छन् ।
साउन २६, कैलाली - कैलालीको भजनी नगरपालिकाले बाढीले प्रभावित भएका ४२५ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरेको छ । नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य किट वितरण गरेको हो ।
साउन २३, टीकापुर – कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ ।
साउन २१, काठमाडौँ – सरकारले संयुक्त राष्ट्र,विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा सुदूरपश्चिम र कर्णाली प्रदेशका ग्रामीण क्षेत्रका बालबालिकालाई चामल, दाल र वनस्पति तेल वितरण गरेको छ । कक्षा १ देखि ८ सम्मका बालबालिकाहरुलाई अमेरिकन सरकार प्राप्त करिव एकहजार ५०० मेक्ट्रिक टन ती खाद्य सामग्री वितरण गरिएको हो ।
साउन २१, कैलाली – कैलालीको पथरैया नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको लापरवाहीका कारण सो पुल अलपत्र परेको हो ।
साउन २१, कैलाली – कैलालीको पथरैया नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको लापरवाहीका कारण सो पुल अलपत्र परेको हो ।
साउन २१, कैलाली – कैलालीको पथरैया नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको लापरवाहीका कारण सो पुल अलपत्र परेको हो ।
साउन २० , कञ्चनपुर – सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत रहेको कञ्चनपुरको छेला लिप्ना सडक निर्माणको कार्य दु्रतगतिमा अगाडि बढाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १८ करोड ४९ लाखको लागतमा सडक कालोपत्र गर्ने कार्य अगाडि बढाइएको हो ।
साउन २०, टीकापुर– विश्वभरि कोरोना भाइरस सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् । सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका छन् ।
साउन १९, डोटी – डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिनुभएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश जोशीको शव डोटीको केआइसिंह गाउँपालिका–५ को बुवातडा भन्ने स्थानमा फेला परेको हो ।
साउन १६, दार्चुला – व्यास गाउँपालिका–१ छाङ्गरुमा सीमा प्रशासन कार्यालयको बोर्ड टाँसिएको छ । यो कार्यालयमा २०७२ सालयता छाङ्गरुमा सीमा प्रशासनका कर्मचारी पुगेका छैनन् ।
साउन १५, टीकापुर – अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् ।
श्रावण १२, दार्चुला — हिउँदका ६ महिना सुनसान हुने व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँमा यतिबेला निकै चहलपहल बढेको छ । पोहोर परार यतिबेला खेतीपाती सकेर व्यापार र रोजगारीका लागि भारत र चीनको नजिकका बजारमा जाने यहाँका सौका समुदायलाई योपल्ट लकडाउनले छेकेको कारण घर र खेतको काम सकेर सबैजना टोलमा भेला भई गफिइरहेका भेटिन्छन् ।
साउन १०, सुदुपश्चिम प्रदेश - जनता आवास कार्यक्रमअन्तर्गत सुदुपश्चिम प्रदेशका तीन जिल्लामा घर नभएर त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाएका छन् । सङ्घीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर नभएर त्रिपालमुनि बस्दै आइरहेका अति विपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो ।
साउन १०, बैतडी - बैतडीको सदरमुकाम खलङ्गा जोड्ने सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि जिल्लाको मुख्य सदरमुकाम तथा मुख्य प्रशासनिक निकाय गढी खलङ्गा जोड्ने सडकमा वर्षेनी बजेट छुट्याइने भए पनि सडकको अवस्था भने दयनीय भएको छ ।
साउन ८, कैलाली - भारी वर्षा भइरहँदा कैलालीको कैलारी गाउँपालिका बिसनपुर गाउँका मानबहादुर चौधरीलाई मोहना नदीमा पानीको बहाव मापन गर्न भ्याइनभ्याइ हुन्छ । जिल्लामा विपद् व्यवस्थापनका लागि सञ्चालनमा रहेको पूर्वसूचना प्रणालीअन्तर्गत ‘गेज रिडर’को जिम्मेवारीमा रहेका चौधरीलाई बाढी डुबानको सम्भावित जोखिम अवस्थाको जानकारी लिई त्यसको सूचना दिनुपर्दा भ्याइनभ्याइ हुने गरेको हो ।
साउन ६, धनगढी - सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका तीन मन्त्रालय र प्रदेश भवन अगाडि शंकास्पद वस्तु फेला परेको छन् । प्रदेश सरकारका ती मन्त्रालय र प्रदेशसभा भवन नजिक कुकुरबम जस्तै देखिने वस्तु फेला परेका हुन् ।
साउन ४,दार्चुला - व्यास गाउँपालिका–१ छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ । छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरु गरिएको हो ।
श्रावण ३, डोटी - वर्षेनी सेती नदीको कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेको छ । नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ ।
आषाढ ३१ ,व्यास गाउँपालिका (दार्चुला) - दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन ।
असार २९,बाजुरा - जिल्लास्तरीय सरोकारवाला निकाय सम्मिलित टोलीले साँफे मार्तडी सडकको अवस्था र नयाँ मार्गका लागि विकल्पबारे अध्ययन गरेको छ । जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले द्वारी, अम्कोट बल्दे सडकको विकल्पबारे जानकारी लिएको छ ।
असार २७,घोडाघोडी - स्थायित्व एकता कायम गर्दै समृद्धितर्फ अघि बढ्न नेकपा सुदूरपश्चिमका नेता तथा सांसदले नेतृत्वलाई आग्रह गरेका छन् । पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधानमा दुवै अध्यक्षले आवश्यक छलफल गरेर समाधान निकाल्नुपर्ने नेकपाका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले बताउनुभएको छ ।
असार १९,(धनगढी) - बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४ पुगेको छ ।
असार १९, (डोटी) - पछिल्ला केही दिन यता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कारोवारका लागि सदरमुकामका बैंकमा चाप परेको हो ।
असार १८ , आदर्श गाउँपालिका (डोटी) - सुन्दा पनि अचम्म लाग्न सक्छ, जिल्लाको आदर्श गाउँपालिका–२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना’मा उपभोक्ता समिति नै नक्कली बनाइएको खबर बाहिर आएको छ । सो वडामा सञ्चालन भइरहेको खानेपानी योजनाको नक्कली उपभोक्ता समिति गठन गरेर रकम झ्वाम पार्ने योजना बनाएको स्थानीयवासीको आरोप छ ।
असार १७, डोटी - सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।
असार ७ , कैलाली - कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन ।
शुक्लाफाँटा नगरपालिका (कञ्चनपुर) - शुक्लाफाँटा नगरपालिका–३ का किसान भरत चौधरीले पुर्खौंदेखि खेत जोत्न प्रयोग हुँदै आएको ‘गोरु जोत्न’ छोडनुभएको छ । उहाँले जोत्नका लागि गोरुका ठाउँमा ‘पावर टिलर’ खरिद गर्नुभएको छ ।
असार ५, शिखर नगरपालिका (डोटी) - जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँ स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले निगरानीमा राखेको छ । ‘गाउँमा खुलेआम घुम्दै कोरोना सङ्क्रमित’ भन्ने समाचार राष्ट्रिय समाचार समिति (रासस) मा केहीदिन पहिले प्रकासित भएपछि प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षमा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले उक्त गाउँमा उपचारका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
असार ५,भीमदत्तनगरपालिका (कञ्चनपुर)- कञ्चनपुरको भीमदत्तनगरपालिकाले बिहीबार सातौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ४६ करोड ७५ हजारको बजेट ल्याएको छ । नगरप्रमुख सुरेन्द्र विष्टका अनुसार,नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो ।
असार ४,दार्चुला- राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै सांसदले दलीय स्वार्थमाथि उठेर राष्ट्रियता एवम् सार्वभौमसत्ताको पक्षमा एकै स्थानमा उभिएर नेपाली एक मत छन् भन्ने सन्देश दिएका हुन् ।
असार १, टीकापुर नगरपालिका (कैलाली) - वर्षायाम शुरु भएसँगै धान खेतीका लागि रासायनिक मल नपाउँदा मलको खोजीमै किसानको दैनिकी बित्न थालेको छ । उत्पादन बढाउन किसानलाई धान रोप्ने जग्गा तयारीदेखि उत्पादन नहुँदासम्म बोटबिरुवालाई आवश्यक मात्रामा मल आवश्यक पर्छ तर यो वर्ष मलको चरम अभाव देखिएपछि किसान स्थानीय सहकारी, भेटेरिनरीलगायत मल बिक्री गर्ने केन्द्रमा मलको खोजीमा दैनिकी बिताउन थालेका हुन् ।
जेष्ठ ३२, शुक्लाफाँटा नगरपालिका (कञ्चनपुर) - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सुनवोरा नदीमा रु एक करोडको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ । नगरपालिकको वडा नं २, ३ र ४ मा गरी नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको हो ।
जेष्ठ ३१, काठमाडौं -नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय दलका नेता देउवाले संविधान संशोधनमा सबै दलको समर्थन देखिनाले नेपालीबीचको राष्ट्रिय एकता झल्किएको बताउनुभयो ।
जेठ २८, पुर्नवास नगरपालिका (कञ्चनपुर) - कञ्चनपुरको पुर्नवास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो ।
जेठ २८, घोडाघोडी नगरपालिका (कैलाली) - कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
जेठ २४,काठमाडौँ - आधुनिक र नवीकरणीय ऊर्जा मुलुकको दिगो आर्थिक विकाससँगै सामाजिक आर्थिक रूपान्तरणको माध्यम रहेको र ऊर्जाको ठूलो स्रोत नै जलस्रोत भएकाले यस क्षेत्रलाई हाम्रो समृद्धिको सम्वाहक क्षेत्र बनाउने गरी बजेट विनियोजन गरेको छु । सबै प्रदेशमा कम्तीमा दुई ठूला जलविद्युत तथा सौर्य आयोजनाहरूको विकास गर्दै सबै नेपालीको घरमा आधुनिक ऊर्जा पु¥याई उज्यालो नेपाल बनाउने गरी जलविद्युत र नवीकरणीय ऊर्जाको विकास तथा विस्तार गरिनेछ ।
जेठ २०, काठमाडौं - नेपालीहरूको जीवनपद्धति र समृद्धिको आधारको रूपमा रहेको वन सम्पदाको सन्तुलित रूपमा संरक्षण र उपयोग हुने गरी कार्यक्रम तय गरेको छु । वन क्षेत्रको संवद्र्धनमार्फत वातावरणीय सन्तुलन कायम गर्दै वनजन्य क्षेत्रको बहुउपयोग गरी आय र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छु ।
जेष्ठ ९,काठमाडौँ - नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दिउँसो सम्ममा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जेठ ३,काठमाडौँ - भारतका स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपालमा ‘अरू कसैका लागि’ लिपुलेक क्षेत्रमा निर्माण गरिएको भारतीय सडकको विरोध भएको टिप्पणी गरेका छन् । गत शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुलाबाट लिपुलेक जोड्ने ८० किलोमिटर सडक उद्घाटन गरेसँगै नेपालले विरोध जनाएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
जेठ १,काठमाडौँ - भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र नेपालको भूभाग भएको र त्यसलाई वार्ता र कूटनीतिक पहलबाट फिर्ता ल्याउनुपर्नेमा राजनीतिक दलहरूले दृढ अभिमत प्रकट गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजना गर्नुभएको पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
वैशाख ३१ ,दार्चुला - भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न आज बिहान सशस्त्र प्रहरीको टोली काठमान्डौँबाट दार्चुला प्रस्थान गरेको छ । बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी दार्चुला प्रस्थान गरेका हुन् ।
बैशाख २७,दार्चुला — भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीयस्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रबार भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि यहाँका सरकारी निकायलगायत स्थानीय चकित भएका हुन् ।
बैशाख १८, काठमाडौं - एक महिनाभन्दा लामो समयदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका १८ सय जना भन्दा धेरै नेपालीहरुलाई आज स्वदेश ल्याइँदै छ । भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइमा बसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
वैशाख १५ काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा ४९ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार बेलायतमा ३३ जना, अमेरिकामा १० जना, सयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीको ज्यान गएको छ ।
वैशाख १२ , काठमाडौं - वैशाख ४ गते स्वास्थ्य मन्त्रालय र कोभिड-१९ सँग सम्बन्धित विज्ञहरूले निष्कर्ष निकालेका थिए, अब लकडाउनको मोडल फेर्नुपर्छ, आशंकित समुदाय सिल हुन सक्छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै अगुवाइमा भएको त्यो छलफलले तत्काल गर्नुपर्ने दुई कामको सूची पनि बनाएको थियो ।
वैशाख ९ , काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको छ ।
बैशाख ८, एजेन्सी - अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगको छ । ।
बैशाख ०७ धनगढी - लकडाउनको मौका छोपेर महंगोमा खाना पकाउने एलपी ग्यास बिक्री गर्दै आएका धनगढीका एक ग्यास सप्लायर्सलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । धनगढी उपमहानगरपालिका–६, मटियारीस्थित कुमारी हेमन्ती पालद्वारा सञ्चालित शुभ समैजी ग्यास सप्लायर्सलाई कालोबजारी गरेको अभियोगमा तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।
भाइरोलोजीमा पिएचडी गरेका डाक्टर १८ वर्षदेखि करारमावैशाख ७,काठमाडौँ - डा. शेरबहादुर पुन जसले भाइरोलोजीमा जापानबाट पिएचडी गरे, जसले टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका छन्, सुन्दा धेरैलाई आश्चर्य लाग्ला– उनी त्यहाँका स्थायी कर्मचारी होइनन् । हो, उनी १८ वर्षदेखि करारमा छन् ।
बैशाख ५, काठमाडौं एजेन्सी/ - कोरोना भाइरस संक्रमणबाट अमेरिकामा ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या १६ हजार नाघेको छ ।
बैशाख ३, अमेरिका - कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २४ सय भन्दा बढीको ज्यान गएको छ । पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघेको छ ।
चैत २८, काठमाडौँ - नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ । त्यस्तै लकडाउन पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले सङ्केत गरेको छ ।
चैत २८,काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ ।
चैत २७,काठमाडौं - अमेरिकामा तीव्र रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय मानिसले ज्यान गुमाएका छन । अमेरिककाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ९७ को मृत्यु भएको हो ।
चैत २५,एजेन्सी - अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको मंगलबार बिहानको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ ।
क्वारेन्टाइनमा थप एक साता राख्ने प्रदेश सरकारको निर्णय चैत्र २४,धनगढी — कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन् तर १४ दिन बित्दा पनि उनीहरूको परीक्षण भएको छैन । मुलुकभर हालसम्म भेटिएका ९ संक्रमितमध्ये चार जना सुदूरपश्चिमकै छन् र दोस्रो चरणको संक्रमण पनि यहीँ सुरु भएको छ ।
चैत २४, काठमाडौँ - सरकारले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको क्रममा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको कोरोना परीक्षण तत्काल गर्र्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरस्थित क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्ने जानकारी दिनुभयो ।
चैत्र २३,काठमाडौं - सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा हुने र्यापिड डाइग्नोस्टिक टेष्टमा क–कसलाई सहभागी गराउने भन्ने टुंगो लगाएको छ । कैलालीमा स्थानीय संक्रमण देखिएपछि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले तीन जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय गरेको थियो ।
चैत्र २३,काठमाडौं - भारतबाट महाकाली नदीमा हाम फालेर आएका कञ्चनपुरका एक युवालाई शनिबार कोरोना भाइरसको पुष्टि भयो । ती युवा उत्तराखण्डबाट आएका थिए ।
चैत २२, काठमाडौं - सरकारले एउटा गाउँपालिकाबाट अर्को गाउँपालिकाको आवागमन नियन्त्रित रुपमा मात्र गर्न पाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
चैत २२,काठमाडौं– नेपालमा एकैपटक तीन जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीका ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
महामारीबाट जोगिन स्वदेश फर्किंदा भित्रियो कोरोना चैत १६,काठमाडौं - शनिबार कोरोना संक्रमण भेटिएकी बागलुङकी किशोरी गत पुस १२ गते बेल्जियम गएकी थिइन् । त्यतै बस्दै आएका बुवाआमा भेट्न उनी पर्यटक भिसामा गएको पाइएको छ ।
चैत १६,धनगढी- शुक्रबार कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण भएको पुष्टि भएका धनगढीका ३४ वर्षीय युवकले आफ्नो उपचारमा विशेष ख्याल गरिदिन आग्रह गर्नुभएको छ । शुक्रबार दिउँसो सङ्क्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको छुट्टै आइसोलेसन वार्डमा राखिएका युवकले आफूलाई बेलाबेलामा आएर स्वास्थ्यकर्मीले परामर्श अनुरोध गर्नुभएको छ ।
भक्तपुर, ३० फागुन -कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् ।
भक्तपुर, २७ फागुन -कोरोना भाइरसबारे कञ्चनपुरका स्थानीय तहले सचेतना अभियान सञ्चालन गरेका छन् । सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहले मेला, महोत्सव, सभा, गोष्ठी, दिवसलगायत कार्यक्रम स्थगत गरेका छन् ।
धनगढी, २५ फागुन–कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाले आइतवारदेखि सबै विद्यालय बन्द गर्ने भनेर गरेको निर्णय शनिवार फिर्ता लिएको छ । उपमहानगरपालिकाले शिक्षा सरोकारवालासँग बैठक गरेर विद्यालय बन्द गर्ने निर्णय लिएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार १–९ कक्षाको वार्षिक परीक्षा चैत ५ गतेभित्र सक्नुपर्ने भएकाले सोही अनुसार गर्न धनगढी उपमहानगरले मातहतका विद्यालयलाई अर्काे निर्देशन दिएको छ ।
भक्तपुर, २५ फागुन–मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ ।
भक्तपुर, २३ फागुन-कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको बेला कैलालीको धनगढी उपमहानगरपालिकाले त्योभन्दा अगावै विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ । धनगढी उपमहानगरपालिकाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नगर क्षेत्रका सबै माध्यमिक तहसम्मको शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो ।
भक्तपुर, २२ फागुन -सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारसँगै स्थानीय तह र संघ संस्थाले कोरोना भाइरस (कोविड–१९) संक्रमण रोक्न सचेतनासँगै बिभिन्न तयारी सुरु गरेका छन् । सदूरपश्चिम प्रदेश सरकारले प्रतिकार्य पूर्ब तयारीका लागि अवलम्बन गर्नुपर्ने कार्यको व्यवस्थापन मार्ययोजना तयार गरि कार्य गर्ने, प्रदेश स्तरका सबै निकाय, पालिका, संघसंस्थाहरुलाई सचेतना कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
भक्तपुर, १६ फागुन -आपसी समन्वय नहुँदा आयोजनाहरू दोहोरिने, आवश्यकताको प्राथमिकिकरण हुन नसक्ने र कार्यान्वयनमा अलमलको अवस्था आउने जस्ता समस्याहरू देखिएको छ । तहगत सरकारहरूबीच समन्वय नहुँदा कैलालीमा विकास निर्माणका काममा नै प्रभाव हुँदै आएको छ ।
भक्त्पुर, १५ फागुन -राष्ट्रपति विद्यादेवी भण्डारी दार्चुलाको मालिकार्जुनमा आइपुगेकी छन् । राष्ट्रपतिले केही समय मालिकार्जुन मन्दिरमा पूजा गरेकी छन् ।
भक्तपुर, १४ फागुन-राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा गर्ने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ ।
फागुन १२,बुढीगङ्गा नगरपालिका (बाजुरा) स्थानीय सरकार गठन भए सँगै तरकारी खेती पेशा अँगाल्दै आएका बुढीगङ्गा नगरपालिका –१० का वडा सदस्य भोलाराम जैशी अहिले वडा कै एक सफल उत्कृष्ट कृषकको रुपमा चिरपरिचित हुनुहुन्छ । जनप्रतिनिधि सदस्य जैशीले व्यवसायिकरुपमा बुढीगङ्गा नगरपालिका –१० को फुलोटमा कृषि व्यवासय सुरु गर्दै आउनु भएको छ ।
फाल्गुण १२, तुर्माखाँद गाउँपालिका (अछाम ) ‘अध्यक्षज्यू, दारु बन्द गरिदिनुपर्यो । यसले त हाम्रो घरबार नै सिध्याउन थालिसक्यो ।
भक्तपुर, ११ फागुन (बिमा)सरकारले निरपेक्ष गरिबीको रेखा मुनि रहेका साढे १६ लाख गरिब परिवारको बिमा गरिदिने भएकोछ । बिमाको दायरा बढाउन सरकारले ती परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बताउनुभयो ।
भक्तपुर, ९ फागुन- धम्की (बुंगल नगरपालिका, बझाङ ) बुंगल नगरपालिकाकी उपप्रमुख मीना जागरीले गरेको गालीगलौज र धम्कीका कारण बझाङको कफलसेरी स्वास्थ्य चौकीमा कार्यरत अनमी नीरुपति चौधरी जागिर छाड्न बाध्य भएकी छन । घरमै सुत्केरी भएकी स्थानीय एक महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी भएको अभिलेख राखेर भत्ता दिनुपर्ने उपप्रमुखको दबाब थियो ।
फागुन ८,धनगढी – सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले युवाहरूका समस्या समाधान गर्ने गरी मन्त्रालयले युवा ऐन ल्याउन लागेको बताएका छन् । सो ऐन निर्माणका लागी प्रदेशका युवाहरूका समस्यालाई समेटेर निर्माण गरिने उनले बताएका हुन् ।
डडेल्धुरा: डडेल्धुरामा रहेका कतिपय स्थानीयतहहरुले ग्रामीण भेगमा रहेका प्रचार प्रसारको अभावमा रहेका पर्यटकीय स्थलहरुको खोजी गरि प्रचार प्रसार गरे । तर सदरमुकमै रहेको अमरगढी नगरपालिकाले प्रचार प्रसारको अभावमा ओझेलमा परेका क्षेत्रहरुको खोजी कार्यलाई निरन्तरता दिन सकेनको छैन ।
धनगढी:कैलालीमा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ६ बनभेडा स्थित पूर्वपश्चिम राजमार्गमा टिप्परले ठक्कर दिदा मोटरसाईकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर ४ रामशिखरझाला बस्ने २८ बर्षीय भुवन चन्दको मृत्यु भएको हो ।