समाचार

चन्दननाथ नगरपालिकाद्वारा दुई विद्यालयमा तलब रोक्का

सिञ्जा, २९ असोज – चन्दननाथ नगरपालिका जुम्लाले दुई विद्यालयको खाता रोक्का गरेको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुई विद्यालयको खाता रोक्का गरेको हो ।


मराङमा सामुदायिक होमस्टे संञ्चालनमा

मुस्ताङ असोज २८ , दामोदरकुण्ड गाउँपालिका १ मराङमा पर्यटक लक्षित होमस्टे संञ्चालनमा आएको छ । सामान्यतया कृषि र पशुपालन व्यवसायमा आश्रित स्थानीयवासी होमस्टे संञ्चालनसँगै पर्यटन व्यवसायमा जोडिएका हुन् ।


सामाजिक सुरक्षा भत्ता निकासामा ढिलाई ,चिन्तित बृद्धबृद्धा तथा एकल महिला

दैलेख १७ असोज, नगरपालिकाको ढिला सुस्ती र चरम लापरवाहीका कारण वृद्धवृद्धा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता रोकिएको छ । नारायण नगरपालिका वडा नं ९ का वृद्धवृद्धा एकल महिला ज्येष्ठ नागरिकको पहिलो चौमासिक अन्तरगतको सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन ।


सुदूरपश्चिममा प्रदेश प्रहरीद्धारा चाडपर्व लक्षित सुरक्षा योजना

भक्तपुर, १६ असोज -चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । चाडपर्वका बेला विभिन्न वाहानामा हुने लुटपाट, चोरी डकैती लगायतका घटना हुन नदिन प्रदेशभरी नै विशेष खालको सुरक्षा योजना बनाइएको हो ।


कर्णालीमा कर्मचारी अभाव कायमै, बजेट कार्यन्वयनमा समस्या

भक्तपुर, १६ असोज -सङ्घीय सरकारले समायोजन टुङ्ग्याए पनि कर्णालीमा भने कर्मचारी अभाव समस्या कायमै रहेको छ । सङ्घबाट एक हजार ९९२ कर्मचारी दरबन्दी स्वीकृत भएकोमा हाल एक हजार ३२४ जना कर्मचारी मात्र समायोजन भएर आएका छन् ।


विप्लव कार्यकर्ताको कुटपिटबाट सोरु गाउँपालिकाका अधिकृत घाइते

मुगु, १३ असोजविप्लव समूह कार्यकर्ताको कुटपिटबाट सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घाइते भएका छन् । सदरमुकाम गमगढीबाट कार्यक्षेत्र जाँदै गर्दा विप्लव समूहका कार्यकर्ताको कुटपिटबाट उनी घाइते भएका हुन् ।


जनप्रतिनिधि नै ठेकेदारः दुई वर्षसम्म पाएनन् मजदूरले ज्याला

जाजरकोट, असोज ११जाजरकोट नलगाड नगरपालिका १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उनले काम गरेबापतको पारिश्रमिक पाएका छैनन् ।


२४ गाईगोरु मारिएको घटनाः सिडिओदेखि मेयरसम्मलाई कारबाही सिफारिस

नेपालगन्जबाट दैलेख लैजानेक्रममा २४ गाईगोरु मारिएको घटनामा लापरबाही गरेको भन्दै सिडिओ, नगरपालिकाका मेयर र कार्यकारी अधिकृतमाथि कारबाही गर्न सिफारिस गरिएको छ  । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले यो घटना नियोजित हत्या नभई लापरबाहीको उपज भएको बताएको छ  ।


रुकुम पश्चिमका स्थानीय सरकारले घटाए बेरुजु

भक्तपुर, ९ असोज -रुकुम पश्चिमका स्थानीय सरकारले गत आर्थिक वर्षमा बेरुजु घटाएका छन्  । अघिल्लो आवको तुलतामा गत आवमा झण्डै ७० प्रतिशत कम रकम बेरुजु देखिएको हो  ।


तातोपानी गाउँपालिका : खर्च रकम लुकाएको आरोप

भक्तपुर, ८ असोज -तातोपानी गाउँपालिका जुम्लाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा योजनामा भएको खर्च रकम स्थानीय सरकारले लुकाएको आरोप लगाइएको छ । आर्थिक वर्ष २०७५/०७६ को गतिविधिबारे मङ्गलबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधिले आफन्त र कार्यकर्तालाई उपभोक्ता समितिमा नेतृत्व दिएको आरोप लगाउँदै जनताले योजना फरफारक गर्दा तलमाथि भएकाले सच्याउन आग्रह गरे ।


विरेन्द्र चोकको नामाकरण बारे आश्चर्यमा नगरपालिका

सुर्खेतको विरेन्द्रनगर वडा नं ६ स्थित निर्माण गरिएको स्मारकमा चोकको नाम नै नाम विरेन्द्र चोक नामाकरण गरिएपछि नगरपालिका आश्चर्यमा परेको छ । जनआन्दोलनको बेला राजा वीरेन्द्रको शालिकसहितको वीरेन्द्र चोक भत्काएपछि पुनर्निर्माण गरिएको चोकको नाम फेरि वीरेन्द्र चोक रहेपछि नगरपालिका आश्चार्यमा परेको हो ।


दैलेखका अधिकांश स्थानीय तह भाडाकै भवनमा

दैलेख, असोज ६स्थानीय सरकार बनेको करीब ३ वर्ष पुग्दा समेत दैलेखका अधिकांश स्थानीय तह भाडाकै भवनबाट सञ्चालित छन् । जिल्लाका ११ स्थानीय तहमध्ये तीनओटाले मात्र आफ्नै भवनबाट कार्यसम्पादन गर्दै आएका छन् ।


प्रदेश सरकारका योजनाबारे मुगुका स्थानीय तह अनविज्ञ

मुगु, असोज ३मुगु जिल्लाका स्थानीय सरकार प्रतिनिधिहरुले कणाली प्रदेश सरकारबाट जिल्लामा सञ्चालन भएका आयोजनबारे आफूहरुलाई जानकारी नभएको गुनासो गरेका छन् । जिल्ला समन्वय समितिको कार्यालय मुगुले आर्थिक वर्ष २०७५÷०७६ सालमा सञ्चालन भएका आयोजनाको प्रगतीबारे सञ्चालन गरिएको वार्षिक समीक्षा गोष्ठिका सहभागीले जिल्लामा सञ्चालन भएका योजनाबारे अनविज्ञता जनाएका हुन् ।


कर्णालीवासीलाई विपद् बिमा : एक परिवारले ३० लाखसम्म पाउने

भक्तपुर, २ असोज -विपद् व्यवस्थापन तथा विपद्‌मा हुने धनजनको क्षतिमा राहत दिने काम सरकारको हो  । अब कर्णाली प्रदेश सरकारले भने यस्ता विपद्को राहत रकम बिमा कम्पनीबाट लिएर जनतालाई दिने भएको छ  ।


जुम्लाका २१ प्रतिशत घर शौचालयविहीन

जुम्ला, भदौ ३१आगामी १३ असोजमा खुला दिसामुक्त देश घोषणा गर्ने तयारी भइरहेको छ, तर जुम्लाका २१ प्रतिशत घरमा शौचालय नै छैन  । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय जुम्लाको तथ्यांकअनुसार, १९ हजार एक सय ६७ मध्ये १५ हजार एक सय ५४ घरमा मात्रै शौचालय छ  ।


जुम्लाका २१ प्रतिशत घर शौचालयविहीन

जुम्ला, भदौ ३१आगामी १३ असोजमा खुला दिसामुक्त देश घोषणा गर्ने तयारी भइरहेको छ, तर जुम्लाका २१ प्रतिशत घरमा शौचालय नै छैन  । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय जुम्लाको तथ्यांकअनुसार, १९ हजार एक सय ६७ मध्ये १५ हजार एक सय ५४ घरमा मात्रै शौचालय छ  ।


स्थानिय तहका जनप्रतिनिधिहरुले बाल शिक्षा सुधार गर्न ७ बुँधे घोषणपत्र जारी

स्थानिय तहका जनप्रतिनिधिहरुले बाल शिक्षा सुधार गर्न ७ बुँधे घोषणपत्र जारीविश्वनाथ सिम्खाडाकालिकोट । कालिकोट जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुले तल्लो तहको शिक्षामा सुधार गरी बाल शिक्षामा लगानी गर्न ७ बुँधे घोषणपत्र जारि गरेको छ ।


जनप्रतिनिधिको जन्मदिनमा विद्यार्थीलाई फिल्टर उपहार

जुम्ला, भदौ ३१तातोपानी गाउँपालिकाका गाउँकार्यपालिका सदस्य, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य आदीप्रसाद न्यौपानेले जन्मदिनको अवसरमा दुई विद्यालयमा फिल्टर प्रदान गर्नु भएको छ । तातोपानी गाउँपालिका – ६ का वडा सदस्यसमेत रहेका न्यौपानले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई फिल्टर वितरण गर्नु भएको छ ।


जनप्रतिनिधि र प्राविधिकलाई घुस नदिने घोषणा

मुगु भदौ ३० । स्थानीय तहमा सञ्चालित विकास आयोजनाका उपभोक्ता समितिले जनप्रतिनिधि र प्राविधिकलाई घुस नदिने घोषणा गरेका छन् ।


कर्णालीमा गरिबीले लिँदै ज्यान

भाद्र २८ सुर्खेत - कर्णालीमा पछिल्ला ३ वर्षमा ७ सय २८ जनामध्ये २ सय ५५ जनाले गरिबीका कारण आत्महत्या गरेका छन्वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा  । साथमा श्रीमती र दुई छोरी  ।


पाँच वर्षदेखि पुल निर्माण अलपत्र

जाजरकोट, २२ भदौ - सदरमुकाम खलङ्गाबाट आधा घण्टाको दूरीमा रहेको पासागाड खोलामा दैनिक यात्रा गर्ने जनसाधारणले दुःख कष्ट भोग्दै आएका छन् । पाँच वर्षअघि यो खोलामा पुल निर्माणको ठेक्का लागे पनि काम भने अहिलेसम्म अगाडि बढेको छैन ।


कर्णाली विकासको डिजिटल नक्सा तयार हुँदै

जुम्ला, २० भदौ – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको डिजिटल नक्सा तयारबिना कर्णालीको विकास नहुने बताउनुभयो ।


भेरी नगरपालिकाको काम : पोषण एप्सदेखि माटो जाँचसम्म

जाजरकोट, १९ भदौ -भेरी नगरपालिकाले किसानको घर आँगनमै गएर माटो जाँच गरी सुहाउँदो बाली लगाउन प्रत्साहन गर्ने नीतिलाई यो वर्ष पनि निरन्तरता दिएको छ । जिल्लाकै सबैभन्दा बढी खेतीयोग्य जमीन र सम्भावना भएको यो नगरपालिकाको समुचित विकास तथा किसानको जीवनस्तरमा सुधार गर्न गुरुयोजना निर्माण गरी कामको थालनी गरिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो ।


बाह्र सय कर तिर्न हजारौं खर्च

जाजरकोट, १८ भदौ - खुद्रा पसल दर्ता गरेर रु पाँच लाख पूँजीबाट व्यवसाय शुरु गरेकी भेरी नगरपालिका–४ की पशुपति शाहीको कमाइ ठिकै छ । पसलबाट घरव्यवहार चल्छ ।


एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

जाजरकोट, १७ भदौ -वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर/स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।


छ हजार मेट्रिक टन स्याउ उत्पादन

खलङ्गा, १३ भदौ - जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ  । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ  ।


कर्णाली प्रदेशमा ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभारम्भ

सुर्खेत , २ भदौ -कर्णाली प्रदेशमा ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभारम्भ गरिएको छ । प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आईतबार कालिकोटमा सो कार्यक्रमको सुरुवात गर्नुभएको हो ।


कालिकोटको लाफामा विद्युत पुग्यो, गाउँ झिलिमिली

कालिकोट, १ भदौ -कालिकोटको लाफामा तल्लो लाफागाड खोलाबाट ८५ किलोवाट क्षमताको विद्युत निकाली गाउँमा बत्ती बाली झिलिमिली भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सो विद्युत आयोजनाको उद्घाटन गर्नुभएको छ ।


कर्णाली प्रदेशका मुख्यमन्त्री : खोलाको बगरमै पिर्के सलामी

सुर्खेत, ३२ साउन -प्रदेश तथा स्थानीय सरकार प्रमुखहरुले पिर्के सलामी लिएको फोटो तथा समाचार सामाजिक सञ्जालमा भाईरल भइरहेका वेला फेरी त्यसको पुनरावृत्ति देखिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खोलाको बगरमा पिर्कामा उभिएर सलामी लिएपछि यतिवेला उहाँ चर्चामा हुनुहुन्छ ।


भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

सुर्खेत, ३१ साउन -कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारले बिहीबार उहाँलाई पदमुक्त गरेको हो ।


कर्णाली प्रदेश अस्पताल सेवा विस्तार गर्दै

वीरेन्द्रनगर , २९ साउन -वीरेन्द्रनगर कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल एक वर्षअघिसम्म मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा सञ्चालित थियो । ५० श्ययाको क्षेत्रीय अस्पतालमा न पर्याप्त विशेषज्ञ चिकित्सक थिए, न त आवश्यक भौतिक संरचना ।


कर्णाली प्रदेश सरकारले सञ्चालन गरेका योजनामा अनियमितता

कालिकोट, २८ साउन - कर्णाली प्रदेश सरकारले सञ्चालन गरेका योजनामा अनियमितता भएको पाइएको छ । प्रदेशअन्तर्गतका जिल्ला घरेलु तथा साना उद्योग विकास समिति कालिकोटले असार मसान्तमा बाँडेको अनुदानका योजनामा व्यापक दुरुपयोग भएको खुलासा भएको हो ।


‘एक घर, एक रोजगार’ कार्यक्रम

वीरेन्द्रनगर, २७ साउन - सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ ।


ऐनको पर्खाइमा प्रदेश सरकार

भक्तपुर, २५ साउन-सङ्घीय निजामती ऐन निर्माण र प्रदेश लोकसेवा आयोग गठनमा भइरहेको ढिलाइका कारण यस वर्ष पनि कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै हुने भएको छ । सङ्घीय निजामती ऐन नबन्दा प्रदेश लोकसेवा आयोगलाई आवश्यक कर्मचारीको पदपूर्ति, बढुवालगायत सार्वजनिक प्रशासनसँग सम्बन्धित काम गर्न समस्या भएको छ ।


सूचना अधिकारी विहीन सरकारी कार्यालय

जाजरकोट, २४ साउन -यहाँका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । विहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो ।


प्रदेश सरकारद्धारा जिल्ला अस्पतालमा हेलिप्याड निर्माण

भक्तपुर २४ साउन -हुम्लाजिल्ला अस्पतालमा हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणका लागि कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरेको हो ।


छायानाथ रारा नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मुगु, २३ साउन - मुगु जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेको छ । गत असार १० गते उद्घाटन भई ३१ गते समापन भएको छायानाथ रारा नगरपालिकाको पाँचौँ नगरसभाले सर्वसम्मत पारित गरेको नीति, कार्यक्रम तथा बजेट बुधबार नगरपालिकाले सार्वजनिक गरेको हो ।


तिलागुफा नगरपालिकाद्वारा एम्बुलेन्स खरिद

कालीकोट, २२ साउन -तिलागुफा नगरपालिकाले बिरामीको सेवाका लागि एम्बुलेन्स खरिद गरेको छ । नगरपालिकाले जिल्लामै पहिलोपटक एम्बुलेन्स खरिद गरेको हो ।


नगरपालिकाले मदिरा सेवन गर्ने समय तोक्यो

भक्तपुर, २२ साउन -मदिरा सेवनबाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै जाजरकोटकाे नलगाड नगरपालिकाले यसको सेवन गर्ने समय तोकेको छ । नगरपालिकाका १३ नमूना बस्तीमा छ महीनाभित्र पूर्णरूपमा मदिरा निषेध गर्ने र अन्य ठाउँमा नगरपालिकाले तोकेको समयमा मात्र सेवन गर्न उर्दी जारी गरेको छ ।


कर्णाली प्रदेशमा अझै ६ सय भन्दाबढी कर्मचारी अपुग

सुर्खेत, २१ साउन -कर्णाली प्रदेश सरकारले ६ सय भन्दाबढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो ।


गाउँपालिकाको पुल बगाउँदा स्थानीय समस्यामा

सुर्खेत, १९ साउन -तिला गाउँपालिका–३ जुम्लाको लुम्सेरा गाउँस्थित काठेपुल बगाउँदा आवतजावत गर्न स्थानीयवासीलाई समस्या भएको छ । तिलानदीमा शनिबार आएको बाढीले ४० वर्षअघि बनाएको काठेपुल बगाएको हो ।


तातोपानी गाउँपालिकाको सर्मी गाउँमा एक घर एक धारा

जुम्ला, १८ साउन - जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मी गाउँमा एक घर एक धारा विस्तार भएको छ । कूल ३५ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भएपछि सर्मीका सबै घरमा धाराको पहुँच पुगेको हो ।


जनप्रतिनिधिको तलब भत्ता काटेर विद्यार्थीलाई पोशाक वितरण

रुकुम, ३० असार - रुकुम पश्चिमको एउटा स्थानीय तहले जनप्रतिनिधिको तलवभत्ता काटेर विद्यार्थीलाई पोशाक वितरण गरेको छ । चौरजहारी नगरपालिकाको एक वडाले जनप्रतिनिधिको तलब भत्ताबाट विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।


सिम्ता र शिवालय गाउँपालिकाबीच सिमा विवाद

जाजरकोट, २८ असार - जाजरकोट र सुर्खेतको सीमा क्षेत्रमा पर्ने छेडाचौरमा सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाबीच सिमा विवाद बढेको छ । सिम्ता गाउँपालिकाका अध्यक्ष कवेन्द्रकुमार केसी लगायतको टोली आएर शुक्रबार छेडाचौरमा आफ्नो बोर्ड टाँसेर गएलगत्तै जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीको टोली आएर सिम्ता गाउँपालिकाले राखेको साईन बोर्ड पालेर आफ्नो वोर्ड राखेपछि विवाद देखिएको हो ।


दुई गाउँपालिकाबीच सीमा विवाद

असार २८, जाजरकोट - जाजरकोट र सुर्खेतको सीमा क्षेत्रमा पर्ने छेडाचौरमा सीमा विवाद उत्पन्न भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाबीच सीमा विवाद देखिएको हो ।


कुशे गाउँपालिकाका सबै वडामा सडक सञ्जाल

असार २७,जाजरकोट - कुशे गाउँपालिकाको सबै वडा सडक सञ्जालसँग जोडिएका छन् । गाउँपालिकाले सडक निर्माण र विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको हो ।


अन्तरजातीय विवाह गर्ने जोडी विस्थापित

असार २६,जाजरकोट - अन्तरजातीय विवाह गरेका जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन् । ठकुरीकी छोरी, दलितसँग विवाह गरेको भन्दै माइतीपक्षको धम्कीले उनीहरु विवाह गरेको चार वर्षसम्म पनि आफ्नो घरमा जान पाएका छैनन् ।


चार सय मुक्त हलिया आफ्नै घरमा बस्न पाउँदा खुशी

असार २६, जाजरकोट - आफ्नो घर नभएर अर्काको शरणमा बस्दै आएका छेडागाड नगरपालिका–१३ का प्रसाद बादी अहिले घर निर्माणपछि आफ्नै घरमा बस्न थाल्नुभएको छ । आफ्नो घर नहुँदा अर्काको घरमा हलिया भएर बस्दा सधैँ हेलाको पात्र हुनुपरेको र शरीर ढिलो, थिलो हुनेगरी कामसमेत गर्नुपरेको उहाँले बताउनुभयो ।


कर्णाली सरकारले स्थानीय पाठ्यक्रम बनाउने

सुर्खेत, २४ असार - कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीमैत्री पाठ्यक्रम निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा स्थानीय पाठ्यक्रम निर्माणका लागि मन्त्रालयले रु ५० लाख बजेट विनियोजन गरेको छ ।


खत्याड गाउँपालिकाको मुल गेटमा शंकास्पद वस्तु फेला पर्यो

मुगु, २४ असार - खत्याड गाउँपालिकाको मुल गेटमा मंगलबार शंकास्पद वस्तु फेला परेको छ । गेटमै शंकास्पद वस्तु फेला परेपछि स्थानीय भने त्रसिद बनेका छन् ।


नारायण नगरपालिकाले बाढ्यो अतिअशक्तलाई ह्विलचियर र बैशाखी

दैलेख, २३ असार - जिल्लाको नारायण नगरपालिकाले अतिअशक्तलाई ह्विलचियर र बैशाखी वितरण गरेको छ । कर्णाली प्रदेशको सहयोगमा नगरपालिकाभित्र रहेका अतिअशक्त ३० जनालाई ह्विलचियर र बैशाखी वितरण गरिएको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिनुभएको छ ।


टाइफाइडको प्रकोप बढ्दै - प्रशासनले बोलायो आकस्मिक बैठक

असार २३,डोल्पा - हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।


धमिलो पानी पिउन बाध्य दलित समुदाय

असार २१, दैलेख - नारायण नगरपालिका–४ मा रहेका २५ घरका सार्की समुदाय फोहर कुवाबाट पानी खान बाध्य बनेका छन् । दलित समुदाय मात्र होइनन् गैर दलित समुदायका २० घरले पनि अहिले यही पानी प्रयोग गर्न बाध्य छन् ।


प्राङ्गारिक खाना खुवाउन नगरपालिकाको अनुदान

असार २०, रुकुम (पश्चिम भाग)- आठबीसकोट नगरपालिकाले प्राङ्गारिक खाना खुवाउनका लागि एक होटललाई अनुदान उपलब्ध गराएको छ । वडा नं ९ स्थित चित्रीपाटन अग्र्यानिक होटलले सर्वसाधारणलाई प्राङ्गारिक खाना खुवाऊन् भन्ने उद्देश्यले रू तीन लाख ७५ हजार अनुदान दिइएको हो ।


शुभकालिकाका युवा उद्यमीलाई दुई हजार भत्ता, २१ वर्ष पुगेर विवाह गर्ने युवतीले ५ हजार पाउने

कालिकोट, २० असार - कालिकोटको शुभकालिका गाउँपालिकाले कृषि कार्यक्रमलाई लाक्षित गरी आफ्नो आगामी आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा युवा कृषि उद्यमीलाई मासिक दुई हजार भत्ता दिने र २१ वर्ष उमेर पुगेर विवाह गर्ने युवतीले ५ हजार पुरस्कारस्वरूप पाउने व्यवस्था गरेको छ ।


सिञ्जाका बन्द विद्यालय सुचारु

असार १८,जुम्ला (पीडा)- आइतबारदेखि अनिश्चिितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय आजदेखि खुलेका छन । गाउँपालिका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख नवीन शर्माले निजी शिक्षकहरुको समस्या समाधान गर्ने आश्वासन दिएपछि ती सबै विद्यालयका तालाहरु खोलिएको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लो गोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताउनुभयो ।


पश्चिम रुकुमको मुसिकाेट नगरपालिकाकाे बजेट ६१ करोड

भक्तपुर, १८ असार - पश्चिम रुकुमको मुसिकाेट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि ६१ करोड २७ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका नगर प्रमुख देवीलाल गौतमले पाचौँ नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।


चन्दननाथका चोरिएका मूर्ति अझ भेटिएनन्

असार १८, जुम्ला - जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएको छैन । विसं २०७३ मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट ऐतिहासिक महत्वका मूर्ति चोरी भएका थिए ।


हिमाली जिल्लाका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा

असार १७, जुम्ला - जुम्लाका तीन विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ । किर्डाक नेपाल जुम्लाको सहजीकरण, प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय सरकारको आयोजनामा तीन विद्यालयलाई बालबालिकामुक्त समुदाय घोषणा गरिएको हो ।


कुशे गाउँपालिकाद्धारा तीन सय दलित परिवारलाई सौर्य उपकरण वितरण

भक्तपुर, १५ असार -जाजरकोटको कुशे गाउँपालिकाले ३०० दलित परिवारलाई निःशुल्क सौर्य उपकरण (सोलार) वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पूर्ण अनुदानमा सौर्य उपकरण प्रदान गरेपछि दलित समुदायका घर झिलीमिली हुने भएका छन् ।


एक भोट, एक बोट’ बृहत् वृक्षरोपण अभियान शुभारम्भ

असार १४,सुर्खेत (अभियान)- कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको ‘एक भोट, एक बोट’ बृहत् वृक्षरोपण अभियानको शुभारम्भ गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको आव २०७६/७७ को नीति तथा कार्यक्रमअन्तर्गत आज सुर्खेतमा ‘एक भोट, एक बोट’ बृहत् वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभएको हो ।


सान्नी त्रिवेणी गाउँपालिकाको बजेट २९ करोड ४८ लाख : ५० बर्ष नाघेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता दिने

कालिकोट, १४ असार, (नीति कार्यक्रम)-कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि २९ करोड ४८ लाख ७५ हजार बजेट सार्वजनिक गरेको छ । कृषि, यातायात, स्वास्थ्य, शिक्षा, लक्षित समूह र बेरोजगार युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकता दिएको छ ।


गाउँपालिकाका सबै विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार सामग्री प्रदान

सल्यान, १३ असार – छत्रेश्वरी गाउँपालिकाद्वारा गाउँपालिकाका सबै विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार सामग्री प्रदान गरिएको छ । सो गाउँपालिकाभित्रका ४० विद्यालयमा विभिन्न उपचार सामग्री राखेर एकएक थान उपचार सामग्रीसहितको बाकस र स्टेचर वितरण गरिएको हो ।


सुर्खेतका स्थानीय तहको बजेट : प्राथमिकतामा स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार

भक्तपुर १३ असार -सुर्खेतका ९ वटा स्थानीय तहमध्ये ८ वटाले आगामी आर्थिक बर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेका छन् । गुर्भाकोट नगरपालिकाबाहेक अन्य स्थानीय तहले तोकिएको समयमै बजेट प्रस्तुत गरेका हुन् ।


सल्यानका ३ नगरपालिकाको बजेट १ अर्ब भन्दाबढी

सल्यान, १२ असार - सल्यानका ३ नगरपालिकाले १ अर्ब भन्दाबढीको बजेट सार्वजनिक गरेका छन् । सबैभन्दा धेरै बागचौर नगरपालिकाले बजेट सार्वजनिक गरेको हो ।


वीरेन्द्रनगरको बजेट एक अर्ब २० करोड

भक्तपुर, ११ असार -सुखर्तेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब १९ करोड ८२ लाख ५० हजार ४०० बजेट सार्वजनिक गरेको छ । बजेट, नीति तथा योजना तर्जुमा समितिका संयोजक उपप्रमुख मोहनमाया ढकालले आज पाँचौँ नगरसभामा चालूतर्फ ७४ करोड ७९ लाख ३८ हजार ४०० तथा पूँजीगततर्फ ४५ करोड तीन लाख १२ हजारको उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।


भेरी नगरपालिकाको बजेट ४४ करोड ५९ लाख

भक्तपुर, ११ असार -जाजरकोटको भेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ४४ करोड ५९ लाखको बजेट पारित गरेको छ । सदरमुकाम खलङ्गामा भएको पाँचाैँ नगरसभाको बैठकमा उपप्रमुख भावना भण्डारीले आव २०७६/७७ को बजेट पेश गर्नुभयो ।


चार स्थानीय तहमा अझै पुगेनन् बैंक

डोल्पा, १० असार– डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ । स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिका गरी चार वटा गाउँपालिकामा तोकिएका बैंकले अझै आफ्ना शाखा स्थापना नगर्दा दैनिक कारोवारका लागि सदरमुकाम बस्नुपरेको हो ।


जुम्लाका स्थानीय तहमा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौ १० असार - असार १० भित्र बजेट ल्याउने नियमअनुसार जुम्लाका तीनवटा स्थानीय तहले सोमबार आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गत वर्ष असार ९ मा नै आठवटै स्थानीय तहले एकैसाथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


आठबीसकोट बन्यो मदिरामुक्त नगरपालिका

असार १० रुकुम - आठबीसकोट नगरपालिका मदिरामुक्त घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज जिल्लाको पहिलो स्थानीय तहका रुपमा नगरपालिकालाई मदिरामुक्त घोषणा गरे ।


खत्याड गाउँपालिकाद्वारा कर्मचारीलाई कार्यालय सञ्चालन तालिम प्रदान

मुगु, ८ असार ( तालिम) - जिल्लाको दुर्गम गाउँपालिका खत्याड गाउँपालिकाले आफ्ना कर्मचारीलाई कार्यालय सञ्चालन सम्वन्धि तालिम प्रदान गरेको छ । गाउँपालिका र वडा कार्यालयका कर्मचारीहरूलाइ कार्यालय संचालन सम्बन्धि तालिम दिएको हो ।


सदरमुकाम बसेर गाउँको बजेट सक्दै स्थानीय सरकार

असार ८ जाजरकोट(बेथिती)- कुशेगाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया कुमारी शाहीले आ–आफ्नो घरमा कार्यालय सञ्चालन गरेर बजेट सक्दै र घरभाडा बुझ्दै आएका छन् ।


कानून पढाउँदै कर्णाली सरकार

असार ७,बिरेन्द्रनगर (अभियान) - यतिबेला कर्णाली प्रदेशका स्थानीय तह, विद्यालय र क्याम्पसमा कानून सिक्ने र सिकाउने काम भइरहेको छ । मुलुकमा लागू भएका विभिन्न कानून जनस्तरसम्म जानकारी दिएर तिनको कार्यान्वयनमा सहयोग पु¥याउन कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानूनी सचेतना कार्यक्रम अघि बढाएको छ ।


छायाँनाथ रारा नगरपालिकाद्धारा सडकमा बत्ती जडान

काठमाडौं, ६ असार -मुगु जिल्ला सदरमुकाम गमगढीको पुरानो तथा मूल बजारका सडकमा सडक बत्ती जडान गरिएको छ । छायाँनाथ रारा नगरपालिकाले जिल्ला सदरमुकाम गमगढी बजारका ५ वटा चोकहरुमा सडक बत्ती जडान गरेको हो ।


कर्णाली प्रदेश सरकारले ३ लाख खरका छानामा जस्तापाता लगाइदिने

सुर्खेत , ५ असार( समाज)- कर्णाली प्रदेश सरकारले ३ लाख खरका छानामा जस्तापाता लगाइदिने भएको छ । प्रदेश सरकारको आर्थिक बर्ष २०७६/०७७ को बजेटमा कर्णालीमा रहेका जनताका खरका छानालाई टिनका छानामा परिणत गर्ने योजना समावेश छ ।


कर्णाली नदीमा भएको जिप दुर्घटना : उपाध्यक्ष शाहीसहित बेपत्ता यात्रुको शव र जिप अझै भेटिएन

हुम्ला, ५ असार ( दुर्घटना ) - खार्पुनाथ गाउँपालिका ५ को बेडुविसौना नजिकै रहेको कच्ची सडकबाट मंगलबार कर्णाली नदीमा खसेको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित सवार लु १ ज ७१६६ नम्बरको जिप र जिप सवार बेपत्ताको शव अझै फेला परेको छैन । कुरिनटारबाट गोताखोरको टोली घटनास्थलमा पुगी खोजी जारी राखे पनि बेपत्ताहरूको शव भेट्टाउन नसकेको जनाइएको छ ।


अपाङ्गताभएका छात्र - छात्रा लाई शैक्षिक सामग्री

असार ५, जुम्ला(सहयोग) - जनता नमूना प्राविधिक विद्यालय महतगाउँका ६१ शारीरिक अपाङ्गता भएका बालबालिकाले शैक्षिक सामग्री पाएका छन् । कक्षा १ देखि कक्षा १० सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाले शौक्षिक सामग्री पाएका हुन् ।


योजनाका लागि सुझाव सङ्कलन

असार ४, जुम्ला - हिमा गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा योजना निर्माण गर्न विभिन्न सरोकारवाला निकायसँग सरोकार राख्ने व्यक्तिसँग सुझाव सङ्कलन कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाले गाउँसभामा केही उत्कृष्ट योजना तथा नीतिका लागि शिक्षा, स्वास्थ्य, कृषि, गैरसरकारी क्षेत्र, सूचना तथा सञ्चार क्षेत्रसँग भिन्नाभिन्नै बैठक राखेर सुझाव सङ्कलन शुरु गरेको होे ।


जुम्ली घोडाको व्यापार घट्दो

असार ४, जुम्ला - सडक यातायातको आगमनसँगै जुम्लाका अधिकांश गाउँमा केही वर्ष अगाडिसम्म सवारी साधनको रुपमा निकै प्रयोगमा ल्याइने गरेको घोडाको व्यापारमा कमी आएको छ । जुम्लामा पहिले भरपर्दो ग्रामीण यातायातका रुपमा प्रयोग गरिने घोडा अहिले ५० प्रतिशतले विस्थापित हुन थालेको तलिउम घोडापालन समूहका अध्यक्ष जयकृष्ण धरलाले बताउनुभयो ।


खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शाहीसहित १६ जना सवार जीपको खोजीमा गोताखोर परिचालन हुदै

हुम्ला -हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १६ जना सवार लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ । मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो ।


अनलाइन सेवाबाट मालपोतको काम शुरु

असार ४,जाजरकोट(प्रबिधि)- मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन गरेको थियो ।


कर्णाली नदीमा जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शाही सहित १६ जना वेपत्ता

हुम्ला, ३ असार - हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्वर ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाही सहित १६ जनावेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे जीप खसेको र उपाध्यक्ष सहित वेपत्ता भएको याक्चु प्रहरीलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल जानकारी दिनुभएको छ ।


छत्रेश्वरी गाउँपालिकाको वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

सल्यान, ३ असार - जिल्लाको छत्रेश्वरी गाउँपालिका–३नम्वर वडाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । मुलखोलामा रहेको वडा कार्यालयमा सोमबार राति करिब २ बजे आगजनी भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।


कर्णाली सरकार : छोरी जन्मिए खातामै एक हजार

वीरेन्द्रनगर, २ असार – कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने निर्णय गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो ।


मुसीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

जेठ ३२, रुकुमपश्चिम - रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । दुई सय १० जना बेरोजगारलाई एक महीनाका लागि रोजगारी दिने उद्देश्यले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको हो ।


रास्कोट नगरपालिकाद्वारा सामाजिक सुरक्षाको रकम बैंकमार्फत दिदैँ

कालिकोट, ३१ जेठ - कालिकोटको रास्कोट नगरपालिकाले सामाजिक सुरक्षाको रकम अनिवार्य बैंकमार्फत भुक्तानी दिने भएको छ । सामाजिक सुरक्षाको रकम कसैले पाउने र कसैले नपाउने भएपछि अनिवार्य बैंकमार्फत भुक्तानी दिने भएको हो ।


जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प

३० जेठ, डोल्पा - स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् ।


डोल्पामा टेलिफोन सेवा अवरुद्ध

काठमाडौं, २९ जेठ - गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो ।


कुशे गाउँपालिकामा एक बर्षमा ३ हजार ६१ वटा व्यक्तिगत घटना दर्ता

जाजरकोट, २८ जेठ – कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पर्ने कुशे गाउँपालिकामा एक बर्ष अवधिमा ३ हजार ६१ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । गाउँपालिकामा गत ०७५ वैशाखदेखि चैत्रसम्मको अवधिमा यो घटना दर्ता भएका हुन् ।


मुसीकोट छाउपडी प्रथा नभएको र पूर्ण खोप सुनिश्चित नगर घोषित

रुकुमपश्चिम, २७ जेठ -मुसीकोट नगरपालिकालाई छाउपडी प्रथा नभएको नगर घोषणा गरिएको छ । नगरमा छाउपडी प्रथाको कुनै अवशेष नरहेको भन्दै नगरलाई छाउपडी प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्न पाँच बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।


कनकासुन्दरी गाउँपालिकाको स्वास्थ्यचौकीमा औषधि अभाव

जेठ २६, जुम्ला – गाउँपालिकाले समयमा औषधि उपलब्ध नगराउँदा जुम्लाको कनकासुन्दरी गाउँपालिका ३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजल समेतको अभाव रहेको छ । स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन भएतापनि स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा स्थानीयहरु समस्यामा परेका छन् ।


कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत, २६ जेठ - कर्णाली प्रदेशसभाले कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।


सिमकोट गाउँपालिका मातृ शिशु, बाल तथा किशोर किशोरी स्वास्थ्य सेवामा जोड दिदैँ

हुम्ला, २४ जेठ - कर्णाली प्रदेशको हुम्लाको स्थानीय तह सिमकोट गाउँपालिकाले मातृ शिशु बाल तथा किशोर किशोरी स्वास्थ्य सेवामा जोड दिएको छ । गाउँपालिका भित्र सो सम्वन्धी जानकारी प्रदान गर्ने र किशोर किशोरीमा स्वास्थ्य सेवाको पहुँचका साथै उनीहरुमा स्वस्थ रहने अभियान सञ्चालन गरेको हो ।


कर्णाली सरकारको नीति तथा कार्यक्रम : करोड बढीका आयोजनालाई बजेट

काठमाडौं २३ जेठ -कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा एक करोड बढी लागत अनुमान भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले बुधबार कर्णाली प्रदेशसभामा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ को बजेटमा ठूला आयोजनालाई मात्र प्राथमिकतामा राख्ने नीति लिएको हो ।


नगरपालिकाको सहयोगमा अस्पतालमा सफ्टवेयर जडान

जाजरकोट, २२ जेठ – भेरी नगरपालिकाको रु छ लाखको सहयोगमा जाजरकोटको जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएमआइएस) जडान गरिएको छ । नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्नुभयो ।


अनुकरणीय काम - सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध

२१ जेठ, रुकुम (पश्चिम) - आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको छ  । नगरपालिकाले सार्वजनिक कार्यक्रम सञ्चालनका लागि आचारसंहिता निर्माण गर्दै नगरपालिका कार्यालय, वडा तथा नगरपालिकामातहतका विषयगत कार्यालय र शाखाबाट आयोजना हुने कार्यक्रममा मासु प्रतिबन्ध लगाएको हो  ।


कार्मारोङ गाउँपालिकाले यार्सा संकलकबाट उठायो ९० लाख

रारा,२० जेठ – मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेको भिड बढ्दो छ । यार्सा संकलकमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० लाख शुल्क उठाएको छ ।


अनुदान दुरुपयोग गर्नेलाई कारवाही गरिने चेतावनी

सुर्खेत,१९ जेठ – कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको रकम दुरुपयोग गर्ने कृषकलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरणका क्रममा सो कुरा बताउँदै उहाँले अनुदान सदुपयोग भए/नभएको निरन्तर अनुगमन गरिने जानकारी दिनुभयो ।


सिँचाइ कुलो निर्माण - एक सय ८० परिवार लाभान्वित

१९ जेठ,मुगु - मुगुम कार्मारोङ गाउँपालिका–८ मांग्रीमा नमुना बहुउद्देशीय सिँचाइ कुलोको निर्माण गरिएको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको ३५ लाख र गाउँपालिकाको २० लाख गरी ५५ लाखमा कुलो निर्माण गरिएको हो ।


प्रदेश सरकारको पहलमा असार १५ देखि विभिन्न जिल्लामा हवाई सेवा शुरु हुने

सुर्खेत, १८ जेठ - कर्णाली प्रदेशको राजधानी सुर्खेतवाट सीता एयरले असार १५ देखि विभिन्न जिल्लामा हवाई सेवा शुरु गर्ने प्रतिबद्धता जनाएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा मंगलवार मुख्यमन्त्री कार्यालयमा भएको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले हवाईसेवा सञ्चालन सम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।


चौरजहारी पूर्ण खोप सुनिश्चित नगरपालिका

काठमाडौं, १७ जेठ - पश्चिम रुकमको चौरजहारी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिइउको छ । नगरपालिकाभित्रका १२ देखि २३ महीनासम्मका सबै बालबालिकाले एक वर्षको उमेरभित्र पाउनुपर्ने सबै खोप पाएपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।


भेरी नगरपालिकालाई भौतिक संरचना हस्तान्तरण

काठमाडौं, १७ जेठ -जाजरकोट जिल्लाको भेरी नगरपालिकालाई नेपाली सेनाको ज्वाला दल गणले निर्माण गरेको ट्रष्ट घर, शौचालय र पानी धारा हस्तान्तरण गरिएको छ । शिघ्र प्रभाव परियोजनाअन्तर्गत नेपाली सेनाले भेरी नगरपालिका– ४ बिपी पाटीकामा निर्माण गरिएको संरचना भेरी नगरपालिकालाई आज हस्तान्तरण गरिएको हो ।


‘इतिहासमै कर्णालीमैत्री बजेट’

काठमनडौं - अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सघीय संसदमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटबारे कर्णालीवासीले सकारात्मक प्रतिक्रिया दिएका छन् । अघिल्ला वर्षहरुभन्दा यसपटक धेरै योजना समेटिएको भन्दै सरोकारवालाले यसको सफल कार्यान्वयनमा जोड दिनुभएको छ ।


बजेटप्रति डोल्पाली असन्तुष्ट

काठमाडौं, १६ जेठ - सरकारले ल्याएको आर्थिक बर्ष २०७६/०७७ को बजेटले डोल्पाको सडक पूर्वाधार निर्माणलाई भरपर्दो तरिकाले नसमेटेको भन्दै असन्तुष्टि जनाइएको छ । बुधबार संसद्मा प्रस्तुत बजेटमा दुनैसम्म सडक सञ्जाल बिस्तारगर्ने कुरा समेटेर डोल्पालीलाई झुक्याउने काम भएको भन्दै डोल्पालीले असन्तुष्टि जनाएका हुन् ।


बजेटप्रति डोल्पाली असन्तुष्ट

काठमाडौं, १६ जेठ -सरकारले ल्याएको आर्थिक बर्ष २०७६/०७७ को बजेटले डोल्पाको सडक पूर्वाधार निर्माणलाई भरपर्दो तरिकाले नसमेटेको भन्दै असन्तुष्टि जनाइएको छ । बुधबार संसद्मा प्रस्तुत बजेटमा दुनैसम्म सडक सञ्जाल बिस्तारगर्ने कुरा समेटेर डोल्पालीलाई झुक्याउने काम भएको भन्दै डोल्पालीले असन्तुष्टि जनाएका हुन् ।


मितेरी बर्थिङ्ग सेन्टरले काम थाल्यो

जुम्ला, १६ जेठ – सिञ्जा गाउँपालिका–६ मा स्थापना भएको मितेरी बर्थिङ्ग सेन्टर हाल सञ्चालनमा आएको छ । उक्त गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल,६ नं वडाका अध्यक्ष कालीबहादुर बुढा र २ नं वडाका अध्यक्ष नवीन शर्माले बुधबार संयुक्त रुपमा उक्त सेन्टर शुभारम्भ गर्नुभएको थियो ।


बजेट कार्यान्वयन नहुँदा विकासमा बाधा : मन्त्री ज्वाला

काठमाडौं, १६ जेठ -कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेट कार्यान्वयन नहुँदा विकासमा बाधा पुगेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको बुधबार बसेको चौँथो बैठकमा ‘आर्थिक विनियोजन विधेयक, २०७६’ माथि प्रदेशसभा सदस्यहरुले राखेका प्रश्न तथा सुझावको जवाफ दिँदै योजनामन्त्री ज्वालाले बजेट कार्यान्वयन हुन नसक्दा जनअपेक्षा पूरा नभएको बताउनुभयो ।


हुम्लाको हिल्सा नाकामा चिकित्सकको टोली

१५ जेठ,सिञ्जा – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले भारतीय पर्यटकको स्वास्थ्य समस्या दृष्टिगत गरी हुम्लाको हिल्सा नाकामा चिकित्सकको टोली खटाएको छ । मानसरोवर जाने पर्यटकको चाप बढेसँगै स्वास्थ्य समस्या न्यूनीकरण गर्न अस्पतालले सो नाकामा चिकित्सक खटाएको हो ।


जनताका अपेक्षा पूरा गर्नुको विकल्प छैन – प्रदेश प्रमुख खनाल

१५ जेठ – कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले नेपाली जनताका आशा अपेक्षा पूरा गर्न सबै मिल्नुको विकल्प नभएको बताउनुभएको छ । कर्णाली सरकारद्वारा आयोजित १२ औँ गणतन्त्र दिवसलाई सम्बोधन गर्दै उहाँले सबै पक्ष मिलेर अघि बढे निकट भविष्यमै जनताका अपेक्षाले पूर्णता पाउने बताउनुभएको हो ।


कर्णाली सरकार र संसद्बीच भलिबल प्रतियोगिता

१४ जेठ – कर्णाली प्रदेश सरकार र संसद्बीच भएको आजको भलिबल प्रतियोगितामा संसद् टोली विजयी भएको छ । गणतन्त्र दिवस २०७६ को उपलक्ष्यमा भएको सो प्रतियोगितामा सोझो दुई सेट लिएर संसद् टोली विजयी भएको हो ।


आठबीसकोट नगरपालिकाले गर्‍यो लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

काठमाडौं, १४ जेठ - पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाले आर्थिक वर्ष नसकिँदै लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालू आव २०७५/७६ मा नगरपालिकाले एक करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।


कर्णालीका ७३ प्रतिशत जनसङ्ख्यामा अझै पुगेन विद्युत्

काठमाडौँ, १३ जेठ – कर्णाली प्रदेशका ७३ प्रतिशत जनसङ्ख्याले अझै पनि विद्युत् सेवा प्राप्त गर्न सकेका छैनन् । जलविद्युत्को अपार सम्भावना भए पनि सो प्रदेशका नागरिकले सहजरूपमा विद्युत् सेवा पाउन नसकेको पाइएको छ ।


‘भेरी बबई आयोजना कर्णालीको हितमा छैन’ : मन्त्री प्रकाश ज्वाला

काठमाडौं, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन आयोजना कर्णाली प्रदेशको हितमा नभएको बताउनुभएको छ । उहाँले यस आयोजनाबाट कर्णालीलाई लाभ नहुने भन्दै आयोजनाबाट निकालिने विद्युत्मा कर्णाली प्रदेशको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।


सङ्घीय सरकारसँग स्थानीय तहका माग

जाजरकोट,१० जेठ – जिल्लाका स्थानीय तहहरूले केन्द्र सरकारसँग थुप्रै योजनाका माग गरेका छन् । जिल्लाका सात स्थानीय तहलेथुप्रैयोजनाका लागि बजेट उपलब्ध गराउन राखेर केन्द्र सरकारलाई अनुरोध गरी पठाएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताउनुभयो ।


मुसीकोट नगरपालिकाको आर्थिक सहयोगमा युवालाई बोल्ने कला सिकाइँदै

रुकुम,१० जेठ – युवामा बोल्ने कलाको विकास गर्ने उद्देश्यले उद्घोषणसम्बन्धी तालीम आयोजना गरिएको छ । मुसीकोट नगरपालिकाको आर्थिक सहयोगमा मुसीकोट–२ को दियो सांस्कृतिक युवा क्लब र सिर्जनशील युवा क्लबले युवाका लागि तालीम आयोजना गरेका हुन् ।


सामाजिक विकृतिमुक्त स्थानीय तहलाई प्रोत्साहन

सुर्खेत, १० जेठ – कर्णाली प्रदेश सरकारले सामाजिक विकृतिमुक्त घोषणा गर्ने स्थानीय तहलाई रु एक लाख प्रोत्साहन दिने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका कुरीतिका रुपमा रहेको छाउपडी, जातीय छुवाछूत, बोक्सी, बालविवाह न्यूनीकरणमा स्थानीय तहलाई थप उत्पे्ररणा मिलोस् भन्ने उद्देश्यले प्रोत्साहन रकम वितरण गर्न थालेको हो ।


कर्णाली प्रदेश सरकारद्धारा सामाजिक विकृतिमुक्त स्थानीय तहलाई प्रोत्साहन बापत एक लाख

सुर्खेत, १० जेठ -कर्णाली प्रदेश सरकारले सामाजिक विकृतिमुक्त घोषणा गर्ने स्थानीय तहलाई एक लाख प्रोत्साहन दिने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका कुरीतिका रुपमा रहेको छाउपडी, जातीय छुवाछूत, बोक्सी, बालविवाह न्यूनीकरणमा स्थानीय तहलाई थप उत्पे्ररणा मिलोस् भन्ने उद्देश्यले प्रोत्साहन रकम वितरण गर्न थालेको हो ।


गरीबमुखी नीति तथा कार्यक्रम बनाउँदैछौ – मन्त्री केसी

९ जेठ – कर्णाली प्रदेश सरकार आागामी आव २०७६/७७ को नीति तथा कार्यक्रम निर्माणको व्यापक तयारीमा जुटेको छ । आगामी आवमा यहाँका जनताको वास्तविक आवश्यकतालाई सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउने उद्देश्यले दुर्गम जिल्लामा पुगेर जनताको सुझाव लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले राससलाई जानकारी दिनुभयो ।


विपन्न बिरामीलाई गाउँपालिकाद्धारा पन्ध्र लाख

काठमाडौं, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले चालू आर्थिक वर्षमा प्राकृतिक प्रकोपपीडित र विपन्न बिरामीलाई रु १५ लाख वितरण गरेको छ । गाउँपालिकाको नीतिअनुसार चालू आवको अहिलेसम्ममा ७१ प्राकृतिक प्रकोपपीडित तथा ३८ विपन्न परिवारका बिरामीलाई उक्त रकम वितरण गरिएको हो ।


७२ वर्षमा नागरिकता

रुकुमपश्चिम,७ जेठ – रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


डोल्पा जिल्लामा घरबास सञ्चालन हुने

जाजरकोट, ७ जेठ – हालसम्म घरबास (होमस्टे) सञ्चालन हुन नसकेको तर प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पा जिल्लाका विभिन्न ठाउँमा होमस्टे सञ्चालन हुने भएको छ । नेपालकै सबैभन्दा बढी पर्यटकीयस्थलको भण्डारका रुपमा रहेको डोल्पा जिल्लाका छार्का गाउँपालिकाको कागकोट र त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरमा होमस्टे सञ्चालनका लागि केन्द्र सरकार र कर्णाली प्रदेश सरकारको योजनाबमोजिम डिभिजन वन कार्यालय डोल्पाले कार्य शुरु गरेको छ ।


कर्णालीमा दलित अधिकारसम्बन्धी ‘सत्र बुँदे घोषणापत्र’ जारी

सुर्खेत, ७ जेठ - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही जेठ ५–६ सम्म सञ्चालित जातीय भेदभाव तथा छुवाछूत विरुद्धको अधिकारसम्बन्धी ‘प्रादेशिक सम्मेलन’ले सोमबार ‘सत्र बुँदे घोषणापत्र’ जारी गरेको छ । सम्मेलनले खासगरी दलित र सामाजिक बहुआयमिक विभेद, उत्पीडत र बहष्किरणमा परेका सबै वर्गको मानवअधिकारको सम्मान, सुरक्षा र सुनिश्चितताका लागि ‘सत्र बुँदे घोषणापत्र’ जारी गरेको हो ।


किशोरीलाई महिनावारी सुरक्षा र प्याड बनाउने तालीम

हुम्ला,५ जेठ – नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वास्थ्य रहनुपर्ने तरिका तथा प्याड बनाउन एकदिने तालीम दिइएको छ । महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलोपटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्यायनरत माविस्तरका किशोरी र अन्य किशोरीलाई महिनावारीमा सुरक्षित रहन र प्याड बनाउने तालीम दिएको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले जानकारी दिनुभयो ।


कर्णालीमा खस भाषाको तथ्याङ्क सङ्कलन गरिँदै

काठमाडौं, भाषा आयोग कर्णालीमा बोलिने खस भाषाको तथ्याङ्क सङ्कलन गर्न जुम्लामा आइपुगेको छ । उक्त आयोगले भाषाविद्को परामर्श लिएर देशभरका भाषाको स्थलगत अध्ययन तथा तथ्याङ्क सङ्कलन जारी राखेको हो ।


स्थानीय निकायका उपप्रमुखको सहभागितामा इजलास सञ्चालन

दैलेख, ३ जेठ-स्थानीय सरकार गठन भएको दुई वर्षपछि नारायण नगरपालिकाले इजलास निर्माण गरेर न्यायिक समितिको काम औपचारिकरूपमा थालनी गरेको छ । दैलेखका ११ स्थानीय तहमध्ये पहिलोपटक नारायण नगरपालिकाले इजलास निर्माण गरेर औपचारिकरूपमा शुरु गरेको छ ।


कर्णाली प्रदेशद्वारा बेरोजगार युवालाई सुरक्षागार्ड तालीम

जुम्ला,२ जेष्ठ – जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सुरक्षा तालीम दिन शुरु गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहीने तालीम शुरु भएको हो ।


कर्णाली सरकारको राजश्व सङ्कलन न्यून

सुर्खेत, २ जेठ- कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महीनाको अवधिसम्म रु १३ करोड मात्र राजश्व सङ्कलन गरेको छ । आन्तरिक आम्दानीको स्रोतमा कमी, स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने राजश्व नबुझाएका कारण प्रदेशले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको हो ।


कम्युन बस्तीमा पहिलो पटक सरकारी सेवा र अधिकारी

जाजरकोट, १ जेठ- कम्युनको अभ्यास गरेर दुनियाँलाई सन्देश दिएको जुनिचाँदे गाउँपालिकामा पहिलो पटक सरकारी अधिकारी गएर बृहत् शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र लुहादह र जुनी बस्तीमा पहिलो पटक बृहत् शिविर सञ्चालन गरिएको हो ।


कर्णाली सरकारद्धारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सुर्खेत, ३० वैशाख - कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो ।


सिञ्जा गाउँपालिकाद्वारा गाउँसभाबाट २१ वटा कानून अनुमोदन

खलङ्गा, २९ वैशाख – जुम्लाको सिञ्जा गाउँपालिकाले दोस्रो गाउँसभाबाट २१ वटा कानून अनुमोदन गरेको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउन स्थानीय सरकारले ऐन, नियम र निर्देशिका निर्माण गरी अनुमोदन गरेको हो ।


७५ वर्षीया वृद्धालाई नागरिकता

जुम्ला,२९ वैशाख – जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उहाँले सो प्रमाणपत्र बनाउनुभएको हो ।


जुम्लाका स्थानीय तहमा बनेन न्याय सम्पादन इजलास

जुम्ला, २७ वैशाख -जुम्लाका स्थानीय तहमा न्याय सम्पादन गर्ने इजलास नभएका कारण समस्या हुने गरेको छ । उपप्रमुखको संयोजकत्वमा गठन भएका न्यायिक समिति गठन भएको दुइ वर्ष बिते पनि यहाँका स्थानीय तहमा इजलास बनेका छैनन् ।


प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयको सहयोगमा दलित जनप्रतिनिधिलाई तालीम

दुल्लु,२५ वैशाख –दैलेखमादलित समुदायबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तालीम लिएका छन् । कर्णाली प्रदेश सरकार,सामाजिक विकास मन्त्रालयको सहयोग,जिसस दैलेखको आयोजना र दलित जागरण केन्द्रको सहकार्यमा दैलेखका ११ वटै स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिलाई तीन दिने क्षमता विकास तालीम दिइएको हो ।


सिमकोटलाई पर्यटकीय गन्तव्य बनाइने

हुम्ला, २४ वैशाख – कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र नभई कर्णालीका दश जिल्ला नै पर्यटनको प्रचुर सम्भावना बोकेका स्थान हुन् । सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाका अनुसार हुम्ला कैलाश मानसरोवर दर्शन मार्ग भएकाले सिमकोट गाउँपालिकालाई मुख्य पर्यटकीय गन्तव्य बनाइने उदेश्य रहेको छ ।


‘जिससलाई शक्तिशाली बनाउन आवश्यक’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला समन्वय समिति (जिसस) लाई शक्तिशाली बनाउन आवश्यक रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिल्ला समन्वय समिति महासङ्घ कर्णाली प्रदेशका नवनिर्वाचित अध्यक्ष राजकुमार शर्मासहित पदाधिकारीसँगको आज भएको भेटमा उहाँले जिससलाई सक्रिय बनाउने कानून जरुरी रहेको बताउनुभयो ।


तातोपानी गाउँपालिकाः अज्ञात रोगले सिङ्गो गाउँनै प्रभावित

वैशाख २३, खलङ्गा – जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताउनुभयो ।


गाउँपालिकाद्वारा खसभाषाको पाठ्यपुस्तक छपाइ शुरु

खलङ्गा, २२ वैशाख - जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो ।


कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने

काठमाडौँ, २० वैशाख – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभयो ।


कर्णालीको पहिलो आधार प्राङ्गारिक कृषि – मन्त्री केसी

सुर्खेत, २० वैशाख – कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका केसीले प्राङ्गारिक कृषिका माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताउनुभयो ।


कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि - मन्त्री केसी

सुर्खेत, २० वैशाख - कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन कार्य क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका केसीले प्राङ्गारिक कृषिका माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताउनुभयो ।


कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि - मन्त्री केसी

सुर्खेत, २० वैशाख - कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन कार्य क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका केसीले प्राङ्गारिक कृषिका माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताउनुभयो ।


नगरपालिकाले गर्यो सुत्केरी अभियान सुरु

जुम्ला, १९ वैशाख – चन्दननाथ नगरपालिकाले सुरक्षित रुपमा सुत्केरी गराउन जनचेतना अभियान सुरु गरेकोे छ । नगरपालिकाले अस्पतालमै सुत्केरी गराउनुपर्ने, चार पटक गर्भजाँच गर्ने र संस्थागत स्वास्थ्यकर्मीको सल्लाह सुझावका लागि जनचेतना अभियान शुरु गरेको हो ।


सरकारले उपलब्ध गराएको अनुदानको चामल बाटोमै बिक्री

जाजरकोट, १९ वैशाख – नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो ।


नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्दा ज्येष्ठ नागरिक प्रभावित

सल्यान, १९ वैशाख – सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहँुदा समस्या भएको छ । नगरपालिकाले छ महीनादेखि सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेपछि सामाजिक सुरक्षाभत्तामा आश्रित ज्येष्ठ नागरिक प्रभावित हुन थालेका छन् ।


प्रदेश सरकारद्वारा रोग प्रभावितमा क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयोे

हुम्ला, १५ वैशाख – पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताँजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्नेछ ।


प्रदेश सरकारले टुक्रे योजना नियन्त्रण गर्ने

रारा (मुगु), १५ वैशाख - चालू आर्थिक वर्षमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा टुक्रे योजना दिएको आलोचना भएपछि आगामी आर्थिक वर्षमा प्रदेश सरकारले यस्ता योजनालाई नियन्त्रण गर्ने जनाएको छ । मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालू आवमा विविध समस्या र अड्चनबीच प्रदेश सरकारले काम गर्नु परेकाले केही कमजोरी देखिए पनि आगामी आवमा तिनलाई सच्याउँदै एक करोडभन्दा मुनिका टुक्रे योजना नबनाउने बताउनु भएको हो ।


घुम्ती शिविरमा १५१ जनालाई नागरिकता

दुल्लु, १५ वैशाख - दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ डाँडापराजुलमा सञ्चालित दुईदिने नागरिकता वितरणसम्बन्धी घुम्ती शिविरमा शनिबार १५१ जनाले नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सो शिविरमा शिविरमा ७२ महिला र ७९ पुरुष गरी १५१ जनाले नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।


गाउँपालिकाको आयोजनमा निःशुल्क स्वास्थ्य परीक्षण

हुम्ला, १३ वैशाख -जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ७२० ले उक्त सेवा लिएका छन् । वैशाख १० गतेबाट सर्केगाडमा रहेको आयुर्वेद शाखाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा त्यस क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् ।


३० अर्बको बजेट ल्याउने तयारीमा कर्णाली प्रदेश

वैशाख १३, सुर्खेत -कर्णाली प्रदेश सरकारले आव २०७६÷७७ का लागि ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि उक्त आकारको बजेट ल्याउने तयारी गरेको हो ।


गाउँमै नुन पाउँनथालेपछी स्थानीय खुसी

बैशाख हुम्ला - गाउँमै नुन पुग्न थालेपछि अदानचुलीका बासिन्दा दंग भएका छन । नुनकै लागि भारी बोकेर दुई दिन पैदल हिडेर सदरमुकाम सिमकोट र बाजुराको कोल्टी पुग्न नपर्ने भएपछि स्थानीयहरु दंग भएका हुन ।


गाउँमै पुगेर गर्भवतीको भिडियो एक्स–रे

हुम्ला, १२ वैशाख - स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका लागि सिमकोट गाउँपालिकाको आयोजनामा जिल्ला अस्पतालका डा टसी लामाको टोलीसहित सवास्थ्यकर्मी गाउँमा पुगेका छन् । आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि जिल्लामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भए पनि अस्पतालमा गर्भ जाँच गराउन पहुँच नपुगेका महिलाको गर्भ जाँच भिडियो एक्स–रे मार्फत गर्न गाउँमा पुगेको डा लामाले जानकारी दिनुभयो ।


गाउँपालिकाद्धारा मार्सी धान जोगाउन डिपिआर तयार

खलङ्गा, ११ वैशाख - विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिएको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो ।


नीतिविपरीत जनप्रतिनिधिले कार्य गरेको भन्दै निर्माण व्यवसायीद्धारा असन्तुष्ट व्यक्त

वीरेन्द्रनगर, ११ वैशाख- हरेक विकास निर्माणका आयोजनामा स्थानीय तथा प्रदेश सरकारले नीतिविपरीत कार्य गरेको भन्दै निर्माण व्यवसायीले असन्तुष्ट व्यक्त गरेका छन् । जनताको अपनत्व जगाउने कार्यप्रति बेवास्था गरेको उनीहरुको आरोप छ ।


कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तै

सुर्खेत, १० वैशाख -कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको छैन । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो ।


कर्णालीका ४ वटा स्थानीय तहमा मात्र पूर्ण विद्युतीकरण

१० बैशाख - कर्णालीका १० जिल्लाका ७९ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा मात्र पूर्ण विद्युतीकरण भएको छ  । अन्य स्थानीय तह भने वैकल्पिक व्यवस्था अपनाउन बाध्य रहेको एक अध्ययनले देखाएको छ  ।


१ सय १ पर्यटकीय गन्तव्य पहिचान गर्दै कर्णाली सरकार

९ बैशाख, सुर्खेत - कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न जिल्लाका १ सय १ पर्यटकीय क्षेत्रहरू पहिचान गरी पर्यटन गन्तव्यका रूपमा घोषणा गर्ने तयारी गरेको छ  । कर्णालीमा पर्यटक आकर्षित गर्न संघीय सरकारले पर्यटकीय गन्तव्यमा छुटाएका पर्यटकीय क्षेत्रहरूलाई प्रदेश सरकारले समेट्ने गरी तयारी गरिएको कर्णाली प्रदेश सरकारको पर्यटनमन्त्री नन्दसिंह बुढाले बताए  ।


अबको मिसन विकास र समृद्धि : मुख्यमन्त्री शाही

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको मिसन विकास र समृद्धि हुनुपर्ने बताए । गोरखापत्रको कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको बिहीबार सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले अबको मिसन विकास, समृद्धि र सुशासन हुनुपर्ने बताए ।


गाउँपालिका कार्यालय रित्तो पारेर जनप्रतिनिधि दार्जिलिङ भ्रमणमा

रुकुम : रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका–३ की लीला गुरुङ अपांगता भएका दुई नाति–नातिना लिएर अपांग परिचयपत्र बनाउन मंगलबार बिहान १० बजे नै गाउँपालिका कार्यालय पुगिन्  । तर, ३० चैतदेखि जनप्रतिनिधि र कर्मचारीविहीन कार्यालयबाट लीलाको काम सम्भव भएन  ।


भेरी–बबई डाइभर्सन सुरुङको ‘बे्रक थु्र’

सुर्खेत, ३ वैशाख -प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘बे्रक थु्र’ भएको छ । टनेल बोरिङ मेशिन ९टिबिएम० प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो ।


बाँकी कामको स्तरोन्नतिका कारण जुम्ला विमानस्थल २० दिन बन्द हुने

जुम्ला, जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो ।


स्थानीय तहमा जथाभावी खर्च

सुर्खेत ,२ वैशाख — जनप्रतिनिधि चुनिएर आएको पहिलो वर्ष कर्णाली प्रदेशका स्थानीय तहमा चरम आर्थिक अनियमितता भएको छ  । महालेखा परीक्षकको कार्यालयले शुक्रबार कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई बुझाएको प्रतिवेदनमा प्रदेश सरकार र स्थानीय तहमा भएका अनियमितताबारे औंल्याइएको छ  ।


तुइनमा झुन्डिएर नदी वारपार गर्नुपर्ने बाध्यता

जाजरकोट, २ बैशाख – दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । नलगाड नगरपालिका–१ ठुलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी बिक्री गर्न रिम्नाबजार जानुहुन्छ ।


चार स्थानीय तहद्वारा मेलमिलापकर्ता जनशक्ति उत्पादन

जाजरकोट, समुदायका मनमुटाव, वैमनस्यता र झगडालगायत विवाद समाधान गर्न यहाँका चार स्थानीय सरकारले मेलमिलापकर्ता तयार गरेका छन् । जिल्लाका नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाले झण्डै १४० भन्दा बढी मेलमिलापकर्ता जनशक्ति उत्पादन गरेका हुन् ।


चार स्थानीय तहद्वारा मेलमिलापकर्ता तयार

जाजरकोट,१ वैशाख – समुदायका मनमुटाव, वैमनस्यता र झगडालगायत विवाद समाधान गर्न जाजरकोटका चार स्थानीय सरकारले मेलमिलापकर्ता तयार गरेका छन् । जिल्लाका नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाले झण्डै १४० भन्दा बढी मेलमिलापकर्ता जनशक्ति उत्पादन गरेका हुन् ।


गाउँपालिकाद्बारा विमानस्थलमा डिजिटल डिस्प्ले जडान

हुम्ला,२८चैत – सिमकोट गाउँपालिकाद्बारा हुम्लामै पहिलो पटक विमानस्थलकै प्रतीक्षालयमै डिजिटल डिस्प्पे जडान गरेको छ । हुम्लाको वास्तविक भौगोलिक रुपले सूचना प्रचार प्रसार गर्नको लागि विधिवतरुपमा पहिलोपटक विद्युतीय तरङद्बारा डिजिटल डिस्पे जडान गरिएको हो ।


नयाँ शैक्षिक सत्रदेखि स्थानीय पाठ्यपुस्तक सञ्चालनमा ल्याउँदै त्रिवेणी गाउँपालिका

सल्यान : नयाँ शैक्षिक सत्रदेखि त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक सञ्चालनमा ल्याउने भएको छ । स्थानीय पाठ्यक्रम निर्माण गर्दै गाउँपालिकलो मेरो त्रिवेणी नामक स्थानीय पाठ्यपुस्तक नयाँ शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउने भएको हो ।


सेरीघाटको जीर्ण पुलमा सरोकारवाला निकायको ध्यान गएन

सिञ्जा ,२८ चैत – कर्णाली राजमार्ग सुर्खेत–जुम्ला जोड्ने सडकअन्तर्गत सेरीघाटको पुल जीर्ण भए पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । बेलिब्रिज पुलको म्याद सात महीना बाँकी रहेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसी पाण्डेले बताउनुभयो ।


कर्णाली प्रदेश सहकारी विधेयक पारित

सुर्खेत : कर्णाली प्रदेश सहकारी विधेयक २०७५ प्रदेश सभाबाट पारित भएको छ । प्रदेश सभाको आज मंगलबार बसेको बैठकले सो विधेयक पारित गरेको हो ।


गाउँपालिकामा घुम्ती शिविर, सत्तरी वर्षको उमेरमा नागरिकता

जाजरकोट, २५ चैत – शिवालय गाउँपालिका ४ की ७० वर्षीया देउमती बुढाले नातिको सहारामा लौरी टेक्दै गाउँपालिकाको प्रशासकीय केन्द्र एैरेलीबाट नागरिकता पाउनुभएको छ । जिन्दगीका सात दशक पुगेपछि नागरिकता पाएर उहाँले अब भोट हाल्ने चाहना पूरा भएको बताउनुभयो ।


जुम्लाको हिमा गाउँपालिका उद्यम विकास समिति गठन

विजय रावत /खलङ्गाजुम्लाको हिमा गाउँपालिकामा उपाध्यक्ष हिमाली रोकायाको अध्यक्षतामा पाँच सदस्यीय गाउँ उद्यम विकास समिति गठन गरिएको छ । गाउँपालिकामा आज भएको लघुउद्यम विकास कार्यक्रम अन्तर्गत बस्ती छनोट कार्यक्रमका अवसरमा सो समिति गठन गरिएको छ ।


गाउँपालिकामा एम्बुलेन्स सेवा विस्तार

जुम्ला,२४ चैत – सिञ्जा गाउँपालिकाले यसै हप्ताबाट एम्बुलेन्स सेवा विस्तार गरेको छ । गाउँपालिकाले स्थानीयवासी बिरामी भएको अवस्थामा समयमा सुविधा सम्पन्न अस्पतालमा लैजानका लागि एम्बुलेन्स सेवा विस्तार गरेको हो ।


कर्णाली प्रदेशमा लगानी गर्न मुख्यमन्त्री शाहीको आग्रह

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा ढुक्क भएर लगानी गर्न ब्यवसायीलाई आग्रह गर्नुभएको छ । लगानी गर्ने पूर्ण वातावरण रहेको र लगानीको लागि सुरक्षाको पूर्ण ग्यारेन्टी गर्ने भन्दै मुख्यमन्त्री शाहीले सुरक्षाको कुनै चिन्ता नगर्न आग्रह गर्नुभएको हो ।


स्थानीय सरकारले मदिरा उत्पादन गर्ने भाँडा किन्दै

सुर्खेत २१ चैत – पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरीद गर्न थालेका छन् । मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन नरोकिएपछि स्थानीय तहले सम्बन्धित घरधनीबाट भाँडाकुँडा खरीद गर्ने योजना ल्याएका हुन् ।


प्रदेशस्तरीय प्राङ्गारिक कृषि उपज प्रदर्शनी शुरु

सुर्खेत, २१ चैत्र – कर्णाली प्रदेशस्तरीय प्राङ्गारिक कृषि उपज प्रदर्शनी मेला पहिलोपटक शुरु भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारासहित ६२औँ राष्ट्रिय सहकारी दिवस एवं प्रथम कर्णाली प्रदेशस्तरीय प्राङ्गारिक कृषि उपज प्रदर्शनी मेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबारदेखि शुरु भएको हो ।


भेरी नगरपालिकाद्धारा किसानको खेतबारीको माटो जाँच गर्दै

चैत २१, जाजरकोट :कृषिजन्य वस्तुको उत्पादन वर्षेनी घटेको भन्दै माटो परीक्षण शुरु भएको छ । जिल्लाको भेरी नगरपालिकाले यहाँका किसानको कृषिजन्य वस्तुमा गरेको लगानी अनुसारको प्रतिफल पाऊन् भन्ने उद्देश्यले माटो जाँच गर्न लागिएको बताएको छ ।


सञ्चारबिहीन सिमकोट -अझैसम्म पाठ्यपुस्तक पनी पुगेन

हुम्ला, १६ पुस - जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव देखिएको बताउनुभयो ।


सरकारद्वारा आयोजित २० किलो चामल कार्यक्रम प्रभावकारी बन्दै

जुम्ला, १८ चैत – सरकारले कर्णालीवासीलाई जन्म र मरणमा निःशुल्क वितरण गर्दै आएको २० किलो चामल कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सेवाग्राहीले चामल लिन आएवापत ज्यालासमेत पाउने गरेका छन् ।


क्षमता अनुसारको सीप सिकेर कारागारभित्र कमाई

जाजरकोट, १७ चैत – कारागारमा जेल जीवन बिताइरहेका दर्जनाँै कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् ।


उपमेयरद्वारा नगरपालिकामा तालाबन्दी

मुगु- छायानाथ रारा नगरपालिकामा ६ दिनदेखि जारी तालाबन्दीका कारण प्रशासनिक र विकास निर्माणका कामकाज ठप्प भएका छन्  । घन्टौं हिंडेर सरकारी सेवा लिन आएका सेवाग्राही तालाबन्दीका कारण रित्तो हात फर्कन बाध्य छन्  ।


कर्णालीका लक्षित परिवारलाई निःशुल्क खाद्य सहायता

सुर्खेत, १६ चैत - कर्णाली प्रदेश सरकारले लक्षित घर–परिवारलाई निःशुल्क खाद्य सहायता उपलब्ध गराउने गरी कानून ल्याएको छ । स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्दै कर्णालीका प्रत्येक नागरिकलाई गुणस्तरीय खाद्यान्नमा सहज उपलब्धता एवं पहुँच स्थापित गरी खाद्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विधेयक ल्याएको हो ।


मुख्यमन्त्री शाहीद्वारा राष्ट्रिय नदी शिखर सम्मेलन उद्घाटन

सुर्खेत, १४ चैत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एतिहासिक कर्णाली नदीलाई महत्व दिएर यसै प्रदेशमा आयोजित ‘तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन २०१९’ ले यो प्रदेशको साथै सिङ्गो नेपालको विकास र पर्यावरण संरक्षणमा सघाउ पुग्ने बताउनुभएको छ । आज यहाँ उक्त सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नदीको बहुउपयोगका लागि सबैले ध्यान दिनुपर्दछ, यसमा प्रादेशिक सरकारले पनि योजना निर्माणपनि गर्दैछ ।


'मानवीय विकासले शान्ति मिल्छ'

बाँके - कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले मानवीय विकासले मात्रमा समाजमा सुख शान्ति मिल्ने बताउनुभएको छ । सिद्धबाबा नागरिक अभिनन्दन मूल समारोह समिति कर्णाली प्रदेश सुर्खेतद्वारा यहाँ आयोजित ‘नागरिक अभिनन्दन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खनालले सबैलाई सत्ज्ञानी, सत्गुणी भएर सत्मार्गमा लाग्न आग्रह गर्नुभयो ।


मेयरको विरोधमा उपमेयरको तालाबन्दी

मुगु, मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाको कार्यालयमामेयरको विरोध गर्दै उपमेयरको नेतृत्वमा जनप्रतिनिधिले तालाबन्दी लगाएका छन्  । तालाबन्दीका कारण दुई दिनदेखि नगरको कामकाज ठप्प भएको छ  ।


गाउँपालिकाको न्यायिक समितिमा मुद्दाको चाप

खलङ्गा, बिहान १० देखि ११ बजेसम्म गाउँपालिकामा पुगिसक्दा त्यहाँ विभिन्न काम लिएर स्थानीयवासी पुगिसकेका हुन्छन् । अन्य कामका अलावा विभिन्न किसिमका विवाद र झगडाको बारेमा अहिले न्यायिक समितिले धमाधम काम अघि बढाएपछि गाउँपालिकामा भीड लाग्न थालेको हो ।


हुम्लामा नौ वटा झोलुङ्गे पुल अलपत्र

हुम्ला, ११ चैत -जिल्लाका निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन ।


कर्णाली प्रदेशले लोकसेवा आयोगसम्बन्धी ऐन ल्याउँदै

चैत १०, सुर्खेत :कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको ३८औँ बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐन ल्याउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा आयोग सम्बन्धी ऐन ल्याउन लागिएको हो ।


सिंहदरबारको अधिकार गाउँमा पुर्याउँदै स्थानीय तह

जाजरकोट -स्थानीय तहले सिंहदरबारको अधिकार गाउँ, गाउँमा पु¥याउने लक्ष्यअनुसार घरदैलोमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । यसै क्रममा भेरी नगरपालिकाले सबै वडामा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।


कर्णाली प्रदेशका जनप्रतिनिधिले मागे योजना

दुल्लु, ९ चैत - कर्णाली प्रदेश योजना आयोगद्वारा शुक्रबार आयोजित प्रथम आवधिक योजनाको आधारपत्र तर्जुमाका लागि सुझाव सङ्कलन गोष्ठीमा यहाँका जनप्रतिनिधिले सुझावसँगै योजना माग गरेका छन् । स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले आयोगसँग आ–आफ्नो स्थानीय तहका योजना समेट्न आग्रह गरेका छन् ।


दुई स्थानीय तह आफ्नै भवनमा

खलङ्गा, ८ चैत – यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएका जुम्ला जिल्लाका दुई वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन शुरु गरेका छन् । साठी वडासहित आठ स्थानीय तहका ६८ वटा सरकारी कार्यालयमध्ये तिला गाउँपालिका– ४ र तातोपानी गाउँपालिका– ४ नं वडा कार्यालय आफ्नै भवनमा सरेका हुन् ।


गाउँपालिकाले दियो किसानलाई बोका अनुदान

हुम्ला,जिल्लाको नाम्खा गाउँपालिकाले पशु सेवा शाखाद्वारा सिंहाल जातका चार बोका किसानलाई अनुदान दिएको छ । गाउँपालिका पशु सेवा शाखा संयोजक पठाने बुढाका अनुसार नाम्खा गाउँपालिकाभित्रका छ वडामध्ये चार वडापालिकाका चार किसानलाई वितरण गरिएको छ ।


मन्त्रालयले दियो स्थानीय तहलाई २४ सै घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन

काठमाडौँ, ७ चैत -सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले हावाहुरीको मौसम शुरु भइसकेकाले सबै स्थानीय तहलाई छबुँदे निर्देशन जारी गर्दै बारुणयन्त्र सञ्चालनको लागि चौबिसे घण्टा जनशक्तिको उचित व्यवस्थापन गरी तयारीको अवस्थामा राख्न निर्देशन दिइएको जानकारी गराउनुभयो ।


कर्णाली प्रदेश : विधेयक पारित

सुर्खेत -कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको छैटौँ बैठकले ‘कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ पारित भएको छ । ‘कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का सम्बन्धमा विधायन तथा प्रदेश मामिला समितिको संशोधन गर्ने निर्णय र प्रस्तुत प्रतिवेदन समितिका अध्यक्ष पदमबहादुर रोकायाले सभामा पेश गर्नुभएको थियो ।


कर्णाली प्रदेशसभामा पहिलो पटक ‘ढ्याप्ढ्यापे’ समय प्रयोगमा

सुर्खेत - कर्णाली प्रदेशसभामा पहिलोपटक ‘ढ्याप्ढ्यापे समय’ प्रयोगमा ल्याइएको छ । आज अपराह्न १ बजे शुरु भएको बैठकमा सभामुखले सभाको काम–कारवाही शुरु भएको घोषणा गरेलगत्तै प्रतिपक्षी नेपाली काङ्गे्रसका सांसदहरुले टेबुल ढ्याप्ढ्याप गर्दै बोल्न समय माग्नुभयो ।


‘दाङ–सुर्खेत सडक निमार्णकार्यले पायो तीव्रता ’

दाङ, ४ चैत -कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ–सुर्खेत सडकखण्डको निर्माणकार्य छिटो सम्पन्न गर्न आफूले विशेष चासोका साथ लिइरहेको बताउनुभएको छ । आज सल्यान जाने क्रममा तुलसीपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले दाङ खण्डको काम भइरहेको बताउनुभयो ।


कर्णालीमा आवधिक योजनाका लागि सुझाव सङ्कलन

सुर्खेत, ३ चैत -कर्णाली प्रदेशको योजना आयोगले प्रथम आवधिक योजनाको आधारपत्र तर्जुमाका लागि सुझाव सङ्कलन शुरु गरेको छ । कर्णाली प्रदेशका जिल्लास्तरीय कार्यक्रमको आयोजना गरी प्रथम आवधिक योजनाको आधारपत्र तर्जुमा गर्न सुझाव सङ्कलन गरिएको हो ।


गाउँपालिकाकोले आयोजना गरेको शिविरबाट वृद्धादेखि सुत्केरीलाई नागरिकता

जाजरकोट, १ चैत - जाजरकोटको दुर्गम बारेकोटमा सञ्चालित घुम्ती शिविरमा ७२ वर्षीया एक ज्येष्ठ महिलादेखि तीन दिने सुत्केरी समेतले नागरिकता लिने अवसर पाएका छन् । बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय जाजरकोट समन्वयमा बुधबारदेखि बारेकोटको लिम्सामा भएको शिविरमा बारेकोट गाउँपालिका–४ गोठगाउँकी ७२ वर्षीया धनसरी सिंहले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।


‘प्राङ्गारिक कृषि अभियान’ कर्णालीबाट शुरु हुन्छ : मन्त्री खनाल

सुर्खेत, ३० फागुन -कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकको ‘प्राङ्गारिक कृषि अभियान’ कर्णाली प्रदेशबाट शुरु हुने बताउनुभएको छ । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्राङ्गारिक कृषि’ सम्बन्धी विषयको अन्तरक्रियामा कृषिमन्त्री खनालले कर्णाली प्रदेशले प्राङ्गारिक कृषिमा जोड दिएकाले यसको अभियान पनि कर्णालीबाटै थालिनेमा जोड दिनुभयो ।


गाउँपालिकाले भवन निर्माण गरेपछि भयो शैक्षिक अवस्थामा सुधार

जाजरकोट, ३० फागुन -विद्यार्थीलाई बस्ने ठाउँको अभाव हुँदा समस्या भोग्दै आएका यहाँका सयौँ विद्यार्थीले सुविधा साथ बस्ने कक्षा कोठा पाएका छन् । कुशे गाउँपालिकाले २६ विद्यालयको भवन निर्माण गरेपछि यहाँका विद्यार्थी खुशी भएका हुन् ।


कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णय

सुर्खेत - कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुईवटा विधेयकलाई कर्णाली प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ ।


कार्यालय बन्द गरेर विवाह भोजमा गाउँपालिका कर्मचारीे

जुम्ला, २७ फागुन - जिल्लाको गुठीचौर गाउँपालिकाका कर्मचारीहरू विवाहमा जाँदा कार्यालय बन्द भएको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका छोरी तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका बहिनीको विवाह भोजमा आइतबार बिहान ११ बजे नै कार्यालय बन्द गरेर कर्मचारीहरु गएका थिए ।


स्थानीय तहद्धारा गाउँगाउँमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

जुम्ला २६ फागुन - जुम्लाका स्थानीय तहले ग्रामीण भेगमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले ग्रामीण भेगमा धुम्ती निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ज्येष्ठ नागरिक तथा महिला र बालबालिकालाई घरआँगनमै पुगी स्वास्थ्य सेवा दिँदै आएको छ ।


‘संघीयता टिक्न नदिन नियोजित प्रचारबाजी’

दुल्लु - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश नयाँ संरचनामा गइसके पनि संघीयता टिक्न नदिने तत्वहरुले नियोजित रुपमा प्रचारबाजी गरी जनतालाई तर्साउनु गलत भएको बताउनुभएको छ । दैलेख उद्योग बाणिज्य संघद्धारा आयोजित ‘दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेशस्तरिय उद्यम, कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला’को आज उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो, “संघियता असफल पार्ने केहि तत्वहरुले नियोजित रुपमा गलत प्रचारबाजी गरिरहेकाले त्यस्ता तत्वहरु माथी जनताले निगरानी राख्नुपर्छ ।


प्रविधिमैत्री र पर्यटकीय केन्द्रका रूपमा विकास गर्न कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’मेला’ को आयोजना

सुर्खेत, २३ फागुन - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन नेपाल क्यान महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो ।


‘आर्थिक समृद्धिको सम्भावना खोजी हुँदैछ’

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिगो आर्थिक समृद्धिका लागि सम्भावनाको खोजी गर्नु अहिलेको आवश्यकता रहेको औँल्याउनुभएको छ । सल्यानको बनगाड–कुपिण्डे नगरपालिकामा आयोजित कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले दिगो आर्थिक समृद्धि गर्न आयस्रोत वृद्धिका आधारहरु तयार गर्नुपर्नेमा जोड दिनुभयो ।


जहाँ १५ वर्षमाथि र २० वर्षमुनिका ४० प्रतिशत कलिलै उमेरमा बुहारी (बालिका) आमा बन्नेगर्दछन

दुल्लु, २१ फागुन - कलिलै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी छ भनेर विगतमा धेरै चर्चा हुन्थ्यो । हरेक सार्वजनिक कार्यक्रममा बहस हुन्थ्यो ।


हुम्लाका तीन गाउँपालिकामा पाठ्यपुस्तक अभाव नहुने

हुम्ला, १९ फागुन - हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीनापछि पाठ्यपुस्तक पुग्ने समस्या यो वर्ष हटेको छ । जिल्लाका तीन गाउँपालिकाले यो वर्ष आफ्ना गाउँपालिकाभित्र पर्ने विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि समयमा नै पाठ्यपुस्तक भित्रिएका छन् ।


कर्णालीका एक लाख नागरिक स्वास्थ्य बीमामा

सुर्खेत - कर्णालीका एक लाख नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । कार्यक्रम लागू भएको १९ महीनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० ले स्वास्थ्य बीमा गरेका हुन् ।


कर्णालीको प्राथमिकतामा विकास साझेदारले काम गर्नुपर्छ – मन्त्री रावल

सुर्खेत, १५ फागुन - कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री दल रावलले विकास साझेदार निकायले कर्णालीको प्राथमिकतामा काम गर्नुपर्नेमा जोड दिनुभएको छ । गैरसरकारी संस्था महासङ्घ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय बहुपक्षीय नीतिगत छलफल’ कार्यक्रममा उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा साझेदार निकायले लगानी गर्नुपर्दछ ।


गाउँपालिकाले गर्यो जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान

खलङ्गा– जुम्ला र तातोपानी गाउँपालिकाले प्याराग्लाइडिङ परीक्षण उडान शुरु गरेको छ । न्यूपारा वल्र्ड प्राइभेट लिमिटेड पोखरा, कर्णाली एरोडाइनामिक रिसर्च सेन्टरले सम्भाव्यता स्थानका लागि परीक्षण उडान शुरु गरेको हो ।


कर्णाली प्रदेशमा निगरानी समूह गठन

दैलेख, १४ फागुन -कर्णाली प्रदेशका १० जिल्लामा उजूरीको सङ्ख्या हेर्ने हो भने सुर्खेत र दैलेखमा धेरै उजूरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारी अनुसार आव २०७५÷७६ को माघ मसान्तसम्म सुर्खेतमा परेका १४७ उजूरीमध्ये ५० फछर्यौट भएका छन् ।


'जनताले महसुस गर्ने गरी काम गर्न सकिएको छैन'

रुकुम पश्चिमको जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका जिल्लाकै चासोको नगरपालिका हो । यहाँको विकास निर्माण र शान्ति सुरक्षाले समेत समग्र जिल्लामा प्रभाव पार्ने गरेको छ ।


कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी

सुर्खेत, १३ फागुन - कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी रहेको छ । प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन ११ गतेदेखि सञ्चालन गरेको ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ अन्तर्गत सुर्खेतमा आठ खेलमा प्रतिस्पर्धा भइरहेको प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशका प्रचारप्रसार समिति संयोजक अर्जुनजङ्ग शाहीले जानकारी दिनुभयो ।


कर्णालीलाई अन्तर्रा्ष्ट्रियस्तरको खेल क्षेत्र बनाउनुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत, १२ फागुन -कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई अन्तर्रा्ष्ट्रियस्तरको खेल क्षेत्र बनाइने बताउनुभएको छ । प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशद्वारा राजधानी वीरेन्द्रनगरमा आज आयोजित ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले अन्तर्रा्ष्ट्रियस्तरको खेल क्षेत्र निर्माणका लागि खेल क्षेत्रको सम्भावना खोज्ने बताउनुभएको हो ।


राउटे समुदायलाई जागिर

वीरेन्द्रनगर, १२ फागुन - फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् ।


डोल्पाको सदरमुकाम एक सातादेखि अन्धकारमा

डोल्पा, ११ फागुन - जिल्ला सदरमुकाम दुनै एक सातादेखि अन्धकार भएको छ । दुनैमा पर्ने जैरीगाड जलविद्युत् आयोजनाको नहरमा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको हो ।


सिमकोट गाउँपालिकामा बिरुवा वितरणमा अनियमितता

हुम्ला, ९ फागुन - सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको छ । गाउँपालिकाले निवेदनका आधारमा स्याउ र ओखर वितरणको प्रावधान राखेपनि त्यसो नभएको कृषकले गुनासो गरेका हुन् ।


कर्णाली प्रदेश सरकारको एक वर्ष : समृद्ध प्रदेश निर्माणमा उल्लेखनीय प्रगती

सुर्खेत - कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।


रुकुम पश्चिम र कालीकोटले जित्यो ‘मुख्यमन्त्री रनिङ शिल्ड’को उपाधि

सुर्खेत - यही फागुन १ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित ‘प्रथम मुख्यमन्त्री रनिङ शिल्ड’ पुरुष तथा महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ रुकुम पश्चिम र महिलातर्फ कालीकोटले उपाधि जितेका छन् ।


दुई सातादेखि नगरपालिका अन्धकारमा

डोल्पा, ५ फागुन -यहाँको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा रहेको छ । छलगाड लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा प्रयोग हुने लेदरफिता चुँडिएपछि नगरपालिकामा दुई सातादेखि विद्युत् आपूर्ति ठप्प भएको हो ।


'खेलकूदका माध्यमबाट कर्णाली चिनाउँछौँ'

सुर्खेत -कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलकूदका माध्यमबाट कर्णाली प्रदेशलाई विश्वमाझ चिनाउने अभियान थाल्ने बताउनुभएको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘प्रथम मुख्यमन्त्री रनिङ शिल्ड’ पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली खेल क्षेत्रको सम्भाव्य भूमि भएको बताउनुभयो ।


कर्णाली प्रदेश सरकारले किसानलाई निवृत्तिभरण भत्ता दिदैं

सुर्खेत, १ फागुन - कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ ।


गाउँपालिकाद्धारा कृषकलाई दश हजार बोट स्याउ निःशुल्क

हुम्ला, १ फागुन -सिमकोट गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा स्याउ र ओखरका बोट वितरण गरेको छ । जिल्ला सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले मङ्गलबार कृषकलाई स्याउ बोट वितरण गरेको छ ।


जुम्लाका स्थानीय तह भवनविहीन

खलङ्गा, २८ माघ - जुम्लाको एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्नो भवन नहँुदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता रहेको छ । जुम्लाको एक मात्र नगरपालिका चन्दनानाथ नगरपालिकाको आफ्नो भवन सञ्चालनमा आए पनि वडापालिकाका भवनहरु छैनन् ।


प्रदेशको आवश्यकता सङ्घले बुझेन

सुर्खेत - स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादवले प्रदेशका अवस्था सङ्घले बुझ्न नसक्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित चार दिने ‘विपद् पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीको समापन कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा यादवले प्रदेशको आवश्यकता प्रदेश स्वयंले बुझ्न सक्ने जनाउनुभयो ।


कर्णाली प्रदेशका मुख्य मन्त्री शाही सहभागी कार्यक्रममा ढुंगा प्रहार

सुर्खेत-कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रममा ढुंगा प्रहार गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा गृष्मा व्रोडकास्टिङ प्रालीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी मुख्यमन्त्री शाही बसेको स्टेजमा ढुंगा प्रहार भएको हो ।


तीन तहका सरकारबीच द्वन्द्व होइन, सहकार्य आवश्यक

सुर्खेत- कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन तहका सरकारहरुबीच द्वन्द्व नभई आपसी समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ, कर्णाली प्रदेशको प्रथम अधिवेशनको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य हुननसके सङ्घीयता संस्थागत हुन नसक्ने बताउनुभएको हो ।


कर्णाली प्रदेश विपतकाे उच्च जोखिममा

सुर्खेत, २५ माघ - मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपतका हिसाबले उच्च जोखिममा रहेको बताइएको छ । यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपतकालीन तथा विपत् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले भूकम्पसहित अन्य प्राकृतिक विपत्मा कर्णाली उच्च जोखिम रहेको बताउनुभयो ।


भारी हिमपातले हवाई सेवा बन्द

हुम्ला, २५ माघ -आठ दिनपछि खुलेको विमानस्थल भारी हिमपातले दुई दिनदेखि पुनः बन्द भएको छ । जिल्लाको एक मात्र यातायातको साधन हवाईजहाज विहीबारदेखि उडान बन्द भएको छ ।


कर्णालीवासी अब रोगले मर्नु पर्दैन – मन्त्री रावल

सुर्खेत, २४ माघ - कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशवासीले अब रोग र भोकले मर्नु नपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य आपत्कालीन तथा विपद् इकाई तथा विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा बिहिबारदेखि सञ्चालित चारदिने ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीको उद्घाटन गर्दै मन्त्रीले रावलले कर्णालीका नागरिकको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।


कचहरीमार्फत कर्णालीको सांस्कृतिक यथार्थ

उपेन्द्र न्यौपाने /सिञ्जाजुम्लामा कचहरी चलचित्र उद्घाटन गरिएको छ । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल र पूर्वसांसद डिल्लीप्रसाद काफ्लले कर्णालीका पर्यटकीय र ऐतिहासिक मठमन्दिर, तालतलैया र यहाँको परम्परामा आधारित रहेर चलचित्र निर्माण गरिएको जानकारी दिनुभयो ।


गाउँपालिकाको समन्वयमा प्रत्येक घरमा धारा

जुम्ला, २२ माघ :सिँजा उपत्यकामा पर्ने हिमा गाउँपालिकाको दुई गाउँमा घरैपिच्छे एक धारा निर्माण गरिएको छ । किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण गरिएको हो ।


कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’

सुर्खेत - कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो ।


कर्णाली प्रदेशमा एक वर्षको अवधिमा १७ कानून निर्माण

सुर्खेत, २० माघ : कर्णाली प्रदेशसभाले एक वर्षको अवधिमा १७ वटा कानून निर्माण गरेको छ । प्रदेशसभा सचिवालयले अर्थसँग सम्बन्धित विधेयकका अतिरिक्त अन्य १७ वटा कानून पारित गरिसकेको जनाएको छ ।


नगरपालिकाद्धारा सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि

सुर्खेत, १८ माघ - पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि गरेको छ । सुरक्षित सुत्केरी सेवामार्फत आमा तथा नवजात शिशुको स्वास्थ्य जोगाउन नगरपालिकाले भत्ता बढाउने निर्णय कार्यान्वयनमा ल्याएको हो ।


‘कर्णाली प्रदेश परामर्श बैठक’ सम्पन्न

सुर्खेत, १८ माघ :राष्ट्रिय योजना आयोगले २५ वर्षे दीर्घकालीन सोचसहितको पन्ध्रौँ योजनाको आधारपत्र सम्बन्धी ‘कर्णाली प्रदेश परामर्श बैठक’ सम्पन्न गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधबारदेखि आजसम्म सञ्चालन भएको परामर्श बैठकमा आव २०७६÷०७७–०८०÷०८१ को आधारपत्र माथि व्यापक छलफल भएको हो ।


सङ्घीयता कार्यान्वयनले शहीदका सपना पूरा हुन्छ

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शहीदको रगतले लेखेको इतिहासको सम्मान उहाँहरुका सपना पूरा गरेर मात्र हुने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित शहीद दिवस कार्यक्रममा मुख्यमन्त्री शाहीले विसं २००७ को जहानियाँ राणा शासन अन्त्यका लागि हाँसीहाँसी जीवन बलिदान दिने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठजस्ता वीर शहीदले नेपालमा प्रजातन्त्र ल्याएको जनाउनुभयो ।


प्रदेश सरकारद्धारा ‘कर्णाली विकास मोडेल’ निर्माण गर्ने

सुर्खेत, १५ माघ :कर्णाली प्रदेश सरकारले ‘समृद्ध कर्णाली र खुशी कर्णालीवासी’को लक्ष्य हासिल गर्न आफ्नै मौलिकतामा आधारित ‘कर्णाली विकास मोडल’ निर्माण गर्ने सोच बनाएको छ । प्रदेश सरकारले निर्माण गर्ने विकास मोडलअनुसार २५ वर्षे कर्णाली सोच सन् २१००, प्रथम पञ्चवर्षीय योजना र वार्षिक योजना तय गर्न वितरणमुखी नभई नतिजामुखी योजनाको तर्जुमा गरी समग्र आवधिक योजनामार्फत कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने सङ्कल्प गरेको छ ।


विषयगत छलफलमा प्रदेश समन्वय परिषद् बैठक

सुर्खेत, १५ माघ - कर्णाली प्रदेश, प्रदेश समन्वय परिषद्को पहिलो बैठक आज विषयगत छलफलमा केन्द्रित भएको छ । आर्थिक समृद्धि, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासन तथा सेवा प्रवाह, कानून निर्माण, योजना निर्माण र कार्यान्वयन, अन्तर समन्वय र सहकार्यलगायतका विषयमा छलफल केन्द्रित भएको कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले बताउनुभयो ।


नगरपालिकाद्धारा जन्मदर्ता अभियान घरघरमा

जाजरकोट, १५ माघ :जन्मदर्ता गराउन छेडागाड नगरपालिकाले गाउँगाउँमा घुम्ती शिविर गरेर अभियान थालेको छ । जन्मदर्ता नगर्नेको सङ्ख्या अत्यधिक भेटिएपछि नगरपालिकाले घरघरमा गई तथ्याङ्क सङ्कलन गर्न सो अभियान थालेको हो ।


कर्णाली प्रदेश समन्वय परिषद् बैठकको तयारी पूरा

सुर्खेत, १३ माघ :कर्णाली प्रदेश सरकारले माघ १४ देखि १५ गतेसम्म सञ्चालन हुने प्रदेश समन्वय परिषद्को पहिलो बैठकको तयारी पूरा भएको जनाएको छ । प्रदेश सरकारले माघ १४ र १५ गते बिहानदेखि शुरु हुने परिषद् बैठकको कार्यतालिका सार्वजनिक गरेको हो ।


कर्णाली प्रदेशका जिल्लाहरुमा अस्थायी साधनको प्रयोगमा वृद्धि

जाजरकोट, १३ माघ - कर्णाली प्रदेशका जिल्लाहरुमा जनसंख्या वृद्धि नियन्त्रण सम्बन्धी सचेतना विकास हुदै गएको छ । दुई वर्षअघि कण्डमको नाम सुन्ने बित्तिकै मुख छोपेर भाग्ने जाजरकोटका ग्रामीण क्षेत्रका महिला तथा पुरुषमा अहिले प्रयोग दर बढेको छ ।


नगरपालिकाले बनाएको शौचालय अपुग, साठी घरधुरीको एउटै शौचालय

जुम्ला, १२ माघ - चन्दननाथ नगरपालिका–५ कामीटोलका ६० घरधुरीले एउटै शौचालय प्रयोग गर्ने गरेका छन् । नगरपालिकाले निर्माण गरेको शौचालयले मात्र उनीहरुलाई पर्याप्त भएको छैन् ।


जनप्रतिनिधिको तलबबाट असहायका लागि कोष स्थापना

जाजरकोट, १२ माघ - बालबालिकाको उद्धार, राहत, अशक्त, अपाङ्ग र असहाय बालबालिकाको संरक्षण गर्न जनप्रतिनिधिले तलबबाट बाल अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको छेडागाड नगरपालिकाका जनप्रतिनिधिले कोही पनि नागरिक समस्याकै कारण आधारभूत आवश्यकताबाट वञ्चित हुनु नपरोस् भन्दै तलबबाट भए पनि बाल अक्षयकोष स्थापना गरेको बताएका हुन् ।


कर्णाली प्रदेशको विकासका लागि भूगोललाई प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव

सुर्खेत - कर्णाली प्रदेशको विकासका लागि भूगोललाई प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिइएको छ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया नेतृत्वको टोलीले प्रस्तुत गरेको ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको अवधारणपत्रमा’ प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले सो सुझाव दिनुभएको हो ।


प्रदेश अनुसन्धान ब्यूरोसम्बन्धी विधेयकलाई सहमति प्रदान

सुर्खेत, १० माघ - कर्णाली प्रदेश सरकारले प्रदेश अनुसन्धान व्यूरोसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको ३४ औँ मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा उक्त विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।


जीर्ण बन्दै सुर्खेत–दैलेख सडकखण्ड

दुल्लु, १० माघ :सुर्खेत हुँदै दैलेख जाने मुख्य सडकखण्ड जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले विसं २०४९ फागुन ७ गते सुर्खेतको कपासे ब्यारेक नजिकै शिल्यान्यास गर्नुभएको यो सडकको अधिकांश स्थानमा खाल्डाखुल्डी परेको छ ।


बजेट कार्यान्वयनलाई तीव्रता दिन कर्णालीका मुख्यमन्त्रीको निर्देशन

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वजेट कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिनु भएको हो ।


नगरपालिकाद्धारा अपाङ्गता परिचयपत्र वितरण

मुसिकोट, ९ माघ -रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण शुरु गरेको छ । साविकको महिला तथा बालबालिका कार्यालय खारेज भई स्थानीय तहलाई उक्त अधिकार प्राप्त भएपछि नगरपालिकाले पहिलोपटक अपाङ्गता परिचयपत्र वितरण कार्य शुरु गरेको हो ।


कालीमाटी गाउँपालिकाले नियुक्त गर्यो ५४ शिक्षक

सल्यान -स्थानीय तहको अधिकार उपयोग गर्दै कालीमाटी गाउँपालिकाले यहाँ रहेका सामुदायिक विद्यालयमा ५४ जना शिक्षक नियुक्ति गरेको छ । शिक्षकको अभावमा विद्यालय अस्तब्यस्त भइरहेको बेला गाउँपालिकाले अधिकार उपयोग गर्दै शिक्षक नियुक्त गरेको हो ।


कर्णालीमा ‘अर्गानिक कृषि मोडल कार्यक्रम’ लागू

सुर्खेत - कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘अर्गानिक कृषि मोडल कार्यक्रम’ लागू गरेको छ । अर्गानिक कृषि प्रविधिको विस्तार एवं विषादीरहित कृषि उत्पादन वृद्धिमा टेवा पुग्ने उद्देश्यले मन्त्रालयले कार्यविधि बनाइ कार्यक्रम थालेको हो ।


नमूनाबस्ती बनाउँदै नलगाड नगरपालिका

जाजरकोट, ८ माघ - समृद्ध समाज निर्माणका लागि नलगाड नगरपालिकाले नमूनाबस्ती निर्माण गर्ने भएको छ । खानेपानी, विद्युत्, खोपयुक्त खाना, सरसफाइ, सञ्चार सेवालगायत सुविधा उपलब्ध गराउन नमूनाबस्ती निर्माण अभियान ल्याउन लागिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।


कर्णाली प्रदेश समन्वय परिषद् बैठक : माघको दोस्रो साता

सुर्खेत - कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक यही माघ दोस्रो साता हुने भएको छ । कर्णाली प्रदेश समन्वय परिषद्का संयोजक तथा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा आज बसेको बैठकले माघ १४ र १५ गते परिषद्को पहिलो बैठक गर्ने निर्णय गरेको हो ।


कर्णाली प्रदेश निर्माणको डिजाइन दिनुहोस् ः मुख्यमन्त्री शाही

सुर्खेत, ६ माघ - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना आधारपत्र’ निर्माणसम्बन्धी पूर्वतयारी कार्यशाला गोष्ठीको समापनमा मुख्यमन्त्री शाहीले कर्णालीको विकास मोडेल पृथक स्वरुपमा तयार गर्न विज्ञहरुलाई आग्रह गर्नुभएको हो ।


आजदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति

काठमाडौँ, ६ माघ : वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


'कृषिका माध्यमबाट कर्णालीको गरीबीलाई अन्त्य गर्न सकिन्छ'

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रासायनिक विषादी संसारकै डरलाग्दो बम भएको बताउनुभएको छ । साना किसान विकास लघुवित्त संस्था लि इलाका कार्यालय वीरेन्द्रनगर सुर्खेतको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “रासायिनक विषादी मानव स्वास्थ्य समाप्त पार्ने बम हो, यस्ता विषादी मिश्रित खाद्यान्न आयात प्रतिस्थापन गर्न यहाँको जैविक कृषि उत्पादनमा जोड दिनुपर्दछ ।


स्याउ बगैँचा व्यवस्थापनमा कृषक

जुम्ला, ४ माघ - जिल्लामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्न थालिएको छ । यहाँ हिउ परेपछि पुस अन्तिम सातादेखि स्याउका बिरुवा काँटछाँट शुरु भएको हो ।


कर्णालीका तीन जिल्लाको सङ्गम : सडक पुगेपछि चहलपहल

जाजरकोट - कर्णालीका तीन जिल्लाको सङ्गम स्थल त्रिवेणी बजारमा सडक पुगेपछि चहलपहल बढेको छ । सडक सञ्जालले जाजरकोट, रुकुम र डोल्पाका बिभिन्न ठाउँबाट आएका सवारी साधन त्रिवेणीमा रोकिने र ठुलो मात्रामा व्यापार हुन थालेपछि चहलपहल बढेको हो ।


वीरेन्द्रनगर नगरपालिकको न्यायिक समिति सक्रिय : गर्यो ४८ मुद्दाको छिनोफानो

सुर्खेत, ३ माघ - वीरेन्द्रनगर नगरपालिकाले दर्ता भएकामध्ये ४८ मुद्दा छिनोफानो गरेको छ । नगरपालिकाकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मोहनमाया ढकालले चैत महीनादेखि दर्ता भएका ती मुद्दाहरु कानूनसम्मत टुङ्गो लगाएइएको जानकारी दिनुभयो ।


भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता

कालीकोट -पचालझरना गाउँपालिकाले भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले न्युनतम ६० वटा भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता दिने भएको हो ।


प्रदेश सरकारको निर्णय अवज्ञा

कालिकोट -कर्णाली प्रदेश सरकारले माघे स‌ंक्रान्तिका अवसरमा सार्वजनिक बिदा दिने निर्णयको कार्यान्वयन भएन । कर्णाली प्रदेश सरकारले माघे स‌ंक्रान्ति पर्वका अवसरमा बिदा दिने निर्णय विपरित कालिकोटका सरकारी कार्यालय खुल्लै रहे ।


कर्णालीमा बढ्दै मातृ मृत्युदर, सुत्केरी बचाउन हेलिकप्टर चार्टर

लक्ष्मी भण्डारी /वीरेन्द्रनगरगुर्भाक–९ की ३३ वर्षीया फम्फा परियारको सुत्केरी अवस्थामा ज्यान गयो । सुत्केरी हुन प्रदेश अस्पताल कालागाउँ आउनुभएकी उहाँको सुत्केरी भएको नौ दिनमा ज्यान गयो ।


जुम्लाका स्थानीय तह अन्र्तगतका शिक्षकले तलव नपाएपछि ........

जुम्ला -कर्णाली प्रदेशअनर्तगको जुम्लाका स्थानीय तहअन्र्तगतकार्यरत शिक्षकले लामो समयसम्म पनि नियमित तलव नपाएको भन्दै विद्यार्थी सहित आन्दोलन गर्ने चेतावनी दिएका छन् । जिल्लामा आठ स्थानीय तह छन् ।


कर्णाली प्रदेश सरकारको सहयोगमा अस्पताल निमार्ण हुँदै

सुर्खेत - कर्णाली प्रदेशको कालीकोटस्थित रास्कोट नगरपालिकामा १५ शैयाको सामुदायिक अस्पताल निर्माण हुने भएको छ । रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुन लागेको हो ।


रास्कोटमा सामुदायिक अस्पताल निर्माण हुने

सुर्खेत, २९ पुस - कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ । रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो ।


'प्रदेश सरकारले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ'

रुकुम पश्चिम - कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बजेट कार्यान्वयन प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ । सदरमुकाम मुसिकोटमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री केसीले प्रदेश सरकारको ध्यान बजेट कार्यान्वयनमा रहेको बताउनुभयो ।


कर्णाली प्रदेशमा ‘जडीबुटी क्षेत्र निर्धारण’को तयारी

काठमाडौँ, २८ पुस - वन तथा वातावरण मन्त्रालयले जडीबुटीको सबैभन्दा ठूलो सम्भावना रहेको ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ गर्न प्रक्रिया अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वनस्पति विभागले जडीबुटीको उत्पादन, विकास र व्यवस्थापनको लागि खास क्षेत्र तोकी उत्पादन÷उत्पादकत्व वृद्धि, दिगो सङ्कलन र स्थानीय जनताको आय आर्जन वृद्धिसम्बन्धी एकीकृत कार्य गर्न जडीबुटी क्षेत्र निर्धारणको प्रस्ताव तयार गरेको हो ।


कर्णलीमा शैक्षिक लगानीकर्ता र सरकारसँगसँगै अगाडि बढिरहेको छ : मन्त्री रावल

सुर्खेत - कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुनाफा आर्जन मात्र नभई निःशुल्क शिक्षामा समेत जोड दिन निजी स्कूल सञ्चालकहरुसँग आग्रह गर्नुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन एनप्याब्सनको २१औँ वार्षिकोत्सवका अवसरमा संविधानको भावनाअनुसार निःशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्दै उहाँले शैक्षिक लगानीकर्ता र सरकारसँगसँगै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


कर्णाली प्रदेशले माघ १ गते बिदा दिने

सुर्खेत, २७ पुस - कर्णाली प्रदेश सरकारको ३३औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भन्नुभयो, “मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।


मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

डोल्पा - हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो ।


पृथ्वीनारायण शाहको योगदानको विश्लेषण हुनुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पृथ्वीनारायण शाहको योगदानको विश्लेषण गरिनुपर्ने बताउनुभएको छ । पुस २७ गते अर्थात् पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने माग राख्दै राप्रपा ९प्रजातान्त्रिक० ले हस्तान्तरण गरेको ज्ञापन पत्र बुझ्दै आज मुख्यमन्त्री शाहीले पृथ्वीनारायण शाहले गरेका राम्रा÷नराम्रा कामको विश्लेषण हुनुपर्ने बताउनुभयो ।


माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गर्नुभएको छ । नेपाल मगर सङ्घद्वारा आयोजित पाँचदिने मकर सकराती मेलालाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले अधिकारका नाउँमा आन्दोलन गर्न जरुरी नभएको बताउनुभएको हो ।


प्रदेश सरकारद्धारा बाढीपीडितलाई अनुदान रकममा थप गर्ने निर्णय

सुर्खेत, २५ पुस - कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बाढी पहिरोपीडितलाई अग्रसूचीमा राखेर काम गर्न आग्रह गर्नुभएको छ । आज सुर्खेत जिल्लास्थित सात स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र बाढीपीडित समस्या समाधान समितिका सदस्यसँगको बैठकमा कानूनमन्त्री भण्डारीले लामो समयदेखि पीडा खेप्दै आएका बाढीपीडितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।


स्थानीयको धम्कीपछि नगरपालिकाका कर्मचारी आन्दोलीत

जुम्ला -चन्दननाथ नगरपालिका–३ का २६ जना कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । स्थानीयले दुव्र्यवहार सहित धम्की दिएपछि असुरक्षित रहेको भन्दै नारावाजी सहित कर्मचारी आन्दोलनमा उत्रिएका हुन ।


स्थानीय तहलाई कानूनी अड्चन कायमै

सुर्खेत, २३ पुस - सुर्खेतको सिम्ता गाउँपालिकाले २८ वटा कानून र त्यसका लागि आवश्यक कार्यविधि बनाइसक्यो । तर, कर्णाली प्रदेश सरकारले राजस्व बाँडफाँडसम्बन्धी कानून बनाउन ढिलाइ गर्दा अनुदान वितरण गर्न नीतिगत अड्चन देखिएको छ ।


स्थानीय तहलाई कानूनी अड्चन कायमै

सुर्खेत, २३ पुस - सुर्खेतको सिम्ता गाउँपालिकाले २८ वटा कानून र त्यसका लागि आवश्यक कार्यविधि बनाइसक्यो । तर, कर्णाली प्रदेश सरकारले राजस्व बाँडफाँडसम्बन्धी कानून बनाउन ढिलाइ गर्दा अनुदान वितरण गर्न नीतिगत अड्चन देखिएको छ ।


जाजरकोटको जुनिचाँदे गाउँपालिका केन्द्र विवाद मिलाउन जनप्रतिनिधिको टिम काठमाडौंमा

जाजरकोट -जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्रको सहमतिका लागि जनप्रतिनिधिको टिम काठमाडौं आएको छ । लुहादह र सानाखोला कुन ठाउँ प्रशासकीय केन्द्र राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएपछि जनप्रतिनिधिको टोली सहमति जुटाउन काठमाण्डौ पुगेको हो ।


कर्णालीका सबै जिल्लाको स्वास्थ्य सेवाको अवस्था तयार गरेर प्रतिवेदन दिन निर्देशन

सुर्खेत -कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका सबै जिल्लाको स्वास्थ्य सेवाको अवस्ता तयार गरेर प्रतिवेदन दिन निर्देशन दिनुभएको छ । सबै जिल्लाका सूक्ष्म समस्या थाहा पाउन सो निर्देशन दिनुभएको हो ।


जनप्रतिनिधिलाई अग्नी नियन्त्रण सम्बन्धी जनचेतना तालिम प्रदान

गुल्मी - सशस्त्र प्रहरी बल गुल्मले मुसिकोट नगरपालिकामा जनप्रतिनिधि र स्थानीयलाई अग्नी नियन्त्रण सम्बन्धी जनचेतना दिएको छ । नगरपालिकाका जनप्रतिनिधि, आमा समूह, स्थानीय अगुवालाई राखेर बिपद् ब्यवस्थानसँगै अग्नी नियन्त्रण सम्बन्धी अभ्याससहित सचेतना कार्यक्रम गरेको हो ।


कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन

सुर्खेत - कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र सुर्खेतद्वारा दैलेख र सुर्खेतमा कार्यरत पशु स्वास्थ्य प्राविधिकसँग आज आयोजित जुनोसिस रोगसम्बन्धी जनचेतनामुक गोष्ठीमा उहाँले कर्णालीमा बसेर राम्रो काम गर्ने कर्मचारी, समूह सहकारी, कृषकलगायतलाई सम्बन्धीत काममा प्रोत्साहन गर्न प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजित गरेको जानकारी दिनुभयो ।


बाढीपीडित पुनस्र्थापनासम्बन्धी प्रतिवेदन अन्तिम चरणमा

सुर्खेत, १९ पुस - कर्णाली प्रदेश सरकारद्वारा गठित उच्चस्तरीय बाढीपीडित समस्या समाधान समितिले पुनःस्थापनासम्बन्धी प्रतिवेदन अन्तिम चरणमा पुगेको जनाएको छ । समितिले पाँच महिनाको अवधिमा पीडितको वास्तविक तथ्याङ्क सङ्कलन, जग्गाको पहिचान र पुनःस्थापनासम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको जनाएको हो ।


बागचौर नगरपालिकाले दियो सुत्केरी भैँसीलाई तीन हजार भत्ता

सल्यान, १८ पुस । बागचौर नगरपालिकाले नगर क्षेत्रका सुत्केरी भैँसीलाई तीन हजार रुपैयाँका दरले भत्ता दिन थालेको छ ।


कर्णाली प्रदेश कपको उपाधि सुर्खेतलाई

रुकुम पश्चिम - कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित नाखिरा खेलमैदानमा भएको फाइनलमा जाजरकोटलाई पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो ।


कर्णालीका ६२ वटा स्थानीय तहमा पुग्यो बैंकिङ सेवा

सुर्खेत - कर्णाली प्रदेशका ६२ स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । प्रदेशभित्र नगरपालिका र गाउँपालिका गरी ७९ वटा स्थानीय तह छन् ।


सरसफाइ अभियानमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही

कालिकोट -कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरसफाइ अभियानमा जुट्नु भएको छ । कालिकोटको सदरमुकाम मान्ममा पुगेर झाडु लगाउँदै मुख्यमन्त्री शाहीले सरसफाइ अभियान थाल्नुभएको हो ।


अग्निपीडितका घर प्रदेश सकारले बनाइदिने : मुख्यमन्त्री शाही

कालीकोट, १५ पुस - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको, पलाता गाउँपालिका खाडागाउँका अग्निपीडितको घर प्रदेश सरकारले बनाइदिने बताउनुभएकोे छ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटको पार्टी कार्यालय उद्घाटन गर्न कालिकोट पुग्नु भएका मन्त्री शाहीले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यस्तो बताउनुभएकोे हो ।


कर्णाली प्रदेश सरकारको निर्णय : अग्नीपिडितलाई २० हजार नगद दिइने

काठमाडौं– कणाली प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कालीकोटको पलाता गाँउपालिका वडा नंं. १ न्यौपानेखाडामा पुस ८ गते राती भएको आगजनीको घटना र त्यसवाट भएको ठूलो आर्थिक तथा भौतिक क्षतिप्रति दुःख प्रकट गर्दै घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस्तै, बैठकले पिडितहरुका लागि प्रदेश सरकारको तर्फवाट प्रति परिवार २० हजार नगदविभिन्न ५ निर्णय पनि गरेको छ ।


‘परियोजना बैंक’ बनाउँदै कर्णाली सरकार

सुर्खेत, १४ पुस - कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो ।


गाउँपालिकाद्धारा कृषकलाई चौरी वितरण

डोल्पा- जगदुल्ला गाउँपालिकाले स्थानीय पशुपालक कृषकलाई चौरी वितरण गरेको छ । एक घर एक ब्यवसाय कार्यक्रमअनुसार पशुपालक कृषकलाई चौरी वितरण गरिएको हो ।


हुम्लाका सात गाउँपालिकामा २९ वडाहरु सचिवबिहिन

हुम्ला - हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यलय सचिवबिहीन भएका हुन् ।


देश समृद्धिको दिशामा अगाडि बढिरहेकोे छ : मन्त्री बस्नेत

जाजरकोट, ११ पुस - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देश समृद्धिको दिशामा अगाडि बढिरहेको बताउनुभएको छ । सदरमुकाममा तेस्रो जाजरकोट महोत्सव उद्घाटन गर्दै उहाँले सरकारले गरेका कामको समीक्षा गर्ने समय बल्ल हुन थालेको जानकारी गराउनुभयो ।


कर्णाली प्रदेश : न काम न तलब

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एक चार तले घरको भूइँतलामा प्रदेशस्तरको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र छ । तीन वटा कोठामा तीन वटा कुर्सी छन् ।


कर्णालीलाई नमुना प्रदेश बनाउने लागि परेको छौं ; मुख्यमन्त्री शाही

रुकुम, ११ पुस । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशलाई विश्वकै नमुना बनाउने गरी काम भइरहेको बताएका छन ।


प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता शुरु

सिञ्जा -रुकुम पश्चिमको चौरजहारीमा कर्णाली प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ । जिल्ला क्रिकेट सङ्घको आयोजनामा ‘राष्ट्रका लागि खेलकूद र स्वास्थ्यका लागि खेलकूद’ भन्ने मूल नाराका साथ टी–२० प्रतियोगिता शुरु भएको हो ।


भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न कर्णाली प्रदेशका मन्त्री ज्वालाको आग्रह

सुर्खेत, १० पुस - कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारले मर्यादा र अनुशासनमा बसी कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित ‘कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’मा सहभागी पत्रकारलाई प्रमाणपत्र वितरणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।


कर्णाली प्रदेशकाद्धारा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सम्झौता

सिञ्जा, ९ पुस । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच कर्णाली प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी रुपमा विकास र विस्तार गर्न आइतबार सम्झौता गरिएको छ ।


कानुन अभावमा प्रदेशले गति लिन सकेन : मन्त्री ज्वाला

सल्यान - कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघले संविधानमा रहेका साझा सूचिका विषयमा कानुन बनाउन ढिलाई गरेकोे बताउनुभएको छ । संघले साझा सूचीभित्र प्राथमिक सूचीका कानुन बनाउन ढिलाई गर्दा संघ प्रदेश तथा प्रदेश र स्थानीय सरकार बीच समन्वय तथा सहकार्यमा बाधा आएको बताउनुभयो ।


कर्णाली प्रदेशका कानूनमन्त्री भन्नुहुन्छ : पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ

सुर्खेत ८, पुस - कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको समृद्धिका लागि कर्णालीका पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेश सरकारको सहयोग र नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको समन्वयमा राष्ट्रिय समाचार समिति ९रासस० द्वारा आज आयोजित ‘प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’को आज यहाँ उद्घाटन गर्दै उहाँले पत्रकारले रचनात्मकरूपले कलम चलाउनुपर्ने तथा आफ्ना समाचारमाथि अनुसन्धान तथा आत्ममूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।


बजेट कार्यान्वयनमा प्रदेश सरकारको जोड

सुर्खेत – कर्णाली प्रदेश सरकारले चालु आवमा विनियोजन गरेको बजेट कार्यान्वयनलाई विषेश जोड दिएको छ । प्रदेश सरकारले संरचना विस्तारसँगै प्रदेशको विकासका लागि समयमै बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो ।


कर्णालीका १७ स्थानीय तह बैंकविहीन

सुर्खेत, ६ पुस । नेपाल राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्न निर्देशन दिएको एक वर्ष बितिसक्दासमेत कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन छन् ।


कर्णाली प्रदेशको सुर्खेतबाटै अनुमतिपत्र नवीकरण

वीरेन्द्रनगर, ५ पुस - यातायात व्यवस्था कार्यालय सुर्खेतले पहिलोपटक सवारी चालक अनुमतिपत्रको नवीकरण सेवा शुरु भएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गर्नुभएको हो ।


दुई नगरपालिका र सात गाउँपालिका काठका टहरामा

जुम्ला ४ पुस - स्थानीय तहमा कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए पनि दुई नगरपालिका र सात गाउँपालिका भाडाको घर वा काठका टहरा निर्माण गरेर भए पनि सेवा प्रवाह गरिरहेका छन् । भौतिक संरचना अभावका कारण एउटै भवनबाट दुई वा दुईभन्दा बढी कार्यालय राखी सेवा दिँदा प्रभावकारी नहुने सेवाग्राही पनि द्विविधामा पर्ने कर्मचारीको भनाइ रहेको छ ।


तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती

सिंजा, जुम्ला, ४ पुस - तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ ।


कर्णालीको अवस्था परीक्षण गरिदिन आग्रह

सुर्खेत -कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको वास्तविक अवस्था परीक्षण गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजना गरिएको ७०औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा पेरिस सिद्धान्तको २५औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले सो परीक्षण गरिए समस्या समाधानको खोजी आफैँे हुने बताउनुभयो ।


नगरपालिकाले खोल्यो रक्सी उद्योग

रुकुम - रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले रक्सी उद्योग सञ्चालन गरेको छ । संघीय सरकारले मदिराजन्य वस्तु उत्पादन, बिक्रीवितरण र सेवनलाई कडाइ गर्ने तयारी गरिरहेको बेला आठबिसकोट नगरपालिकाले भने वडा नं १२ सिमचौरमा उद्योग नै सञ्चालनमा ल्याएको हो ।


सिमकोट गाउँपालिकाको पहलमा अल्पकालीन महिला सेवा केन्द्र स्थापना

हुम्ला, १ पुस - सिमकोट गाउँपालिकाको पहलमा हिंसापीडित महिला तथा बालबालिकाको उद्धार तथा संरक्षणका लागि हुम्लामा पहिलोपटक अल्पकालीन महिला सेवा केन्द्र सञ्चालनमा आएको छ । केन्द्रमा युनिसेफ नेपालको आर्थिक सहयोग रहेको छ ।


कर्णाली प्रदेश सरकार : द्धन्द्ध पीडितलाई राहत दिनका लागि कार्यविधि स्वीकृत

सुर्खेत -कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्वका पीडितहरुलाई राहत दिनका लागि कार्यविधि स्वीकृत गरेको छ । तत्कालिन नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा घाइते भई राज्यबाट अहिलेसम्म राहत नपाएका पीडितहरु, अपाङ्ग भएकाहरुलाई राहत प्रदान गर्ने उद्देश्यले ‘द्वन्द्वपीडित राहत वितरण कार्यविधि ल्याइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।


अध्यक्षले घरपायक पर्ने गरि केन्द्र राखेपछि विवाद

सुर्खेत — जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्षले घरपायक पर्ने गरी आफ्नै गाउँमा केन्द्र राखेपछि विवाद बढेको छ । विरोधमा गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दा प्रदेश राजधानी सुर्खेत आइपुगेका छन् ।


कर्णली प्रदेश सरकारका आठ निर्णय : राजपत्र प्रदेशबाटै प्रकाशित गर्ने

सुर्खेत -कर्णाली प्रदेश सरकारले राजपत्र प्रदेशबाटै प्रकाशित गर्नेलगायतका आठ निर्णय गरेको छ । शनिबार बेलुका बसेको कर्णाली प्रदेश मन्त्रीपरिषदको बैठकले कर्णाली उज्यालो र एकीकृत वस्ती विकास कार्यक्रम कार्यविधि २०७५ स्वीकृत समेत गरेको छ ।


प्रहरी चौकी बनाउन प्रदेश सरकारको २ करोड सहयोग

दुनै डोल्पा, २९ मङ्सिर - उपल्लो डोल्पाका प्रहरीचौकी निर्माणका लागि कर्णाली प्रदेश सरकारले दुई करोड विनियोजन गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले यस आर्थिक वर्षभित्रै धो मा प्रहरीको लागि अत्याधुनिक भवन निर्माण गर्ने गरी रु दुई करोड बजेट विनियोजन गरिसकेको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।


गाउँपालिका अध्यक्ष कुटपीट गर्ने तीन प्रक्राउ

रुकुम - रुकुम पश्चिम बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गर्ने ३ जनालाई पक्राउ गरिएको छ । कुटपीटमा संलग्न तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याइएको छ ।


सुर्खेतमा बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

सुर्खेत - कर्णाली -प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो ।


प्रदेश कार्यालयमा पुल माग्दै पुगे जनप्रतिनिधि

जाजरकोट, २६ मङ्सिर । पुल निर्माणका लागि बजेट माग्दै नलगाड नगरपालिकाका जनप्रतिनिधि प्रदेश कार्यालयमा पुगेका छन् ।


मदिरा सेवन गरेको समूहद्धारा गाउँपालिका अध्यक्षमाथि कुटपिट

रुकुम पश्चिम, २६ मङ्सिर । मदिरा सेवन गरेको समूहले रुक