समाचार

कोरोना संक्रमितको उपचारका लागि थप सेवा विस्तार गरिने

असोज ९, काठमाडौँ – प्रदेश नं ५ सरकारले कोरोना संक्रमण भई लक्षण देखिएका बिरामीको उपचारका लागि अक्सिजन प्लान्ट सुविधायुक्त अर्धसघन कक्ष सेवा विस्तार गर्ने भएको छ । प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशका लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पताल र दाङ बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको उपचारका लागि यस्तो सेवा विस्तार गर्ने निर्णय गरेको हो ।


तत्कालका लागि गौतमलाई थप संवैधानिक जिम्मेवारीे दिन रोक

असोज ७, काठमाडौँ - सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी दिन र लिन नपाउने गरी अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज जारी गरेको आदेशमा विषयवस्तुको गाम्भीर्य एवम् संवैधानिक महत्वलाई दृष्टिगत गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यथास्थितिमा राख्नू भनिएको छ ।


पाल्पा क्याम्पसका विद्यार्थी– ‘बुहारी–आमा’

भदौ ३१, रामपुर नगरपालिका (पाल्पा) पूर्वी पाल्पाको पहिलो क्याम्पस शहीद बहुमुखी क्याम्पसले ‘बुहारी–आमा’ क्याम्पसको पहिचान बनाएको छ । विद्यालयको पढाइ सकेका अधिकांश छोरी–बुहारी तथा आमा यसै क्याम्पसमा अध्ययन गर्ने भएका कारण यसले ‘बुहारी–आमा’ क्याम्पसका रूपमा आफ्नो चिनारी बनाएको हो ।


कृषिजन्य सामग्री गाउँपालिकाले खरिद गरिदिने

भदौ २७, धुर्कोट गाउँपालिका (गुल्मी)गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो ।


बाँकेमा कोरोनाबाट एकको मृत्यु

भदौ २२, नेपालगञ्ज उपमहानगरपालिका,बाँकेबाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।


पाल्पा अस्पताल सिल

भदौ २२, पाल्पा - पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताउनुभयो ।


डायलसिस गराउने बिरामीको निःशुल्क पिसिआर परीक्षण

भदौ २१, बुटवल - बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड सङ्क्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ ।


कृषिमा दोब्बर वृद्धि गर्ने खालका कार्यक्रम ल्याउन सुझाव

भदौ १३,काठमाडौँ - सरकार र विभिन्न संस्थाहरुले नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान प्रदान गरे पनि प्रक्रियागत झन्झट, कम्पनीहरुले सामग्रीको मूल्यको लागत बढाउँदा उपभोक्ताहरुले राहत पाउन नसकेको अध्ययनले देखाएको छ । हरित समावेशी ऊर्जा र महिलाको आर्थिक सशक्तीकरण कार्यक्रमको सहयोग तथा नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको संयोजनमा वाग्मती प्रदेश र प्रदेश नै ५ का प्रदेशसभा सदस्य, नीति आयोगका पदाधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँग गरिएको बेभिनार सम्मेलनमा सहभागी वक्ताहरुले विदेशबाट आयातीत ऊर्जाको निर्भरताको अन्त्य गर्न स्थानीयस्तरमा उपलब्ध ऊर्जाका स्रोतहरुको विकास र प्रवद्र्धनमा जोड दिनुपर्ने तथा कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि ऊर्जाको उपयोगमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।


पिसिआर मेसिन जडानका लागि एक करोड निकासा

भदौ ८ , पाल्पा - कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पिसिआर मेसिन जडानका लागि रु एक करोड रकम निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ ।


बुटवल लकडाउन : सङ्क्रमितको मनोबल बढाउन घरदैलो

भदौ ४, बुटवल - कोरोना भाइरस सङ्क्रमितको मनोवल बढाउन बुटवल उपमहानगरपालिकाले घरदैलो कार्यक्रम थालनि गरेको छ । भाइरसको सङ्क्रमण समुदायमा बढदो अवस्थामा रहेको जनाइएको छ ।


समयमै विकास निर्माण गर्न योजना ‘क्यालेन्डर’

भदौ ३, जिल्ला संस्करण (दाङ) - दाङको तुलसीपुर उपमहानगरपालिकाले समयमै विकास निर्माणको काम पूरा गर्न योजना क्यालेन्डर निर्माण गर्ने भएको छ । चालू आर्थिक वर्षभित्र सञ्चालन हुने योजनालाई समेटेर क्यालेन्डर निर्माण गर्ने भएको हो ।


‘लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन’

साउन ३२, काठमाडौँ - “लुम्बिनी एक दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्र घुमेको सुनाउँछन्, मलाई अचम्म लाग्छ ।


अपाङ्गता भएका महिलालाई घरमै नागरिकता

साउन ३०, अर्घाखाँची – बर्खामासको समय, झमझम परिरहेको झरी । पहिरोको जोखिम, ठाउँठाउँमा अवरुद्ध बाटो छिचोल्दै पाल्पाको सिमाना नजिक पुग्न निकै कष्टकर र जोखिम छ ।


प्रदेश नं ५ समाचार – समुदायमा बढ्दै कोरोना सङ्क्रमण

साउन ३०, रुपन्देही – प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । आज रुपन्देहीमा पाँच जना सङ्क्रमित थपिएका छन् ।


ज्यामिरेमा अस्थायी प्रहरीचौकी स्थापना

साउन२९, परासी – सवारी दुर्घटना न्यूनीकरण, शान्तिसुरक्षा कायम तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम), सुनवल नगरपालिका–७ ज्यामिरेमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय तथा प्रहरी प्रधान कार्यालयको स्वीकृतिमा जिल्ला प्रहरी कार्यालय परासीले सुनवल नगरपालिकाको सहयोगमा प्रहरीचौकी स्थापना गरेको हो ।


कार्यालय प्रमुख जानकारीविना राजधानी हिँडिदिँदा

साउन २९, काठमाडौँ – शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ । प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित भएको छ ।


शिक्षा समाचार : विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन सामग्री

साउन २८, नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिकाले विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन (स्वःसिकाइ) सामग्री तयार गर्न लागिएको छ । कोरोना महामारीका कारण विद्यालयहरु बन्द भएकाले विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न सहजता पु¥याउने उद्देश्यले स्वःअध्ययन सामग्री तयार गर्न लागिएको हो ।


जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौँ : मुख्यमन्त्री पोखरेल

साउन २८, रुपन्देही – प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गर्नुभएको छ । विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै उहाँले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरी मनाउन अपिल गर्नुभयो ।


७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै

साउन २८, दाङ – दाङ जिल्लामा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन् । बन्दाबन्दीको चार महिनापछि होटेल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन ।


प्रदेश नं ५ : सीमामा कडाइ

साउन २७, बुटवल – प्रदेश सरकारले प्रदेश नं ५ मा कोभिड–१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्रको आवागमनलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।


नाइट भिजन हेलिप्याड निर्माण

साउन २७, रोल्पा – यहाँ नाइट भिजन हेलिप्याड निर्माण गरिएको छ । आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको बताइएको छ ।


राजी समुदायलाई सामूहिक घर

साउन २७, बर्दिया – लोपोन्मुख राजी समुदायलाई बर्दियाको बारबर्दिया नगपालिकाले सामूहिक घर हस्तान्तरण गरेको छ । विसं २०६३ देखि बारबर्दिया नगरपालिका–३ को खुरखुरे बस्तीमा साँघुरो, होचो, रूखको बुटामुनि सानो सानो फुसको छानो भएको घरमा बस्दै आएका विपन्न राजी समुदायका नागरिक अहिले चिटिक्क परेको घरमा बस्न पाउँदा खुशी भएका छन् ।


कोरोनाको जोखिमका कारण कृष्णमन्दिर खोलिएन

साउन २७, बाँके – यस वर्ष कोरोनाको जोखिमका कारण बाँके र बर्दियाका कृष्णमन्दिरमा रथयात्रा एवं शोभायात्रा नहुने भएको छ । बाँके र बर्दिया कोरोनाको रेडजोन एरियामा भएकाले दुवै जिल्लामा निषेधाज्ञा जारी गरिएका कारण सबैले आआफ्ना घरघरमा पूजाआजा गरिरहेका छन् ।


रोल्पाको लेकमा रमाउँदै भेडी गोठाला

साउन २६, रोल्पा – रोल्पा नगरपालिका–९ चोयबाङ निवासी मइमन पुन विगत सात वर्षदेखि भेडी गोठालो हुनुहुन्छ । वर्षले ५१ पुगेका पुनको दैनिकी करीब ५०० भेडा र बाख्राको हेरचाहमै बित्छ ।


नेपालगञ्ज सेनाको निगरानीमा सिल

साउन २५, कोहलपुर – जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन ।


नरैनापुरका गाउँ डुबानमा

साउन २३, बाँके – एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् ।


चार सय घरमा बिजुली बल्दै

साउन २१, रुकुमपश्चिम – मुसीकोट नगरपालिका वडा नं ७ र ८ का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन् । हालसम्म विद्युत्को पहुँच पुग्न नसकेका दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको छ ।


घोराहीमा थारूभाषामा पठनपाठन हुने

साउन २०, नारायणपुर – दाङको घोराही उपमहानगरपालिका भित्रका विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि उपमहानगरपालिकाले थारू कल्याणकारिणी सभाको सहयोगमा पाठ्यक्रम तयार समेत गरेको जनाएको छ ।


क्वारेन्टिनमा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाए

साउन २०, रुपन्देही - रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाएका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन् ।


बाँकेमा निषेधाज्ञा जारी

साउन १८, बाँके – कोरोनाको जोखिम बढेसँगै बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।


प्रदेश नं ५ मा कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन हुँदै

साउन १५, परासी – कृषि क्षेत्रमा जनशक्तिको अभाव हुन नदिन प्रदेश नं ५ सरकारले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्याप्त जनशक्ति परिचालन गरी कृषि व्यवसाय विस्तार र व्यवस्थित गर्न तथा आफ्नै ठाउँमा रोजगारीको सुरक्षा सुनिश्चित गर्न सो कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बताउनुभयो ।


बाँकेमा ११४ गाउँ बाढीको उच्च जोखिममा

साउन १५, बाँके – राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा परेका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति गौरीलाल बुढाथोकीले आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरिएको जानकारी दिनुभयो ।


पानी उद्योग कारवाहीमा

साउन १०, बाँके - बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो ।


कोहोला अब बाख्रा स्मार्ट गाउँ

साउन ८, बर्दिया - बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाँके र बर्दियाका बाख्रापालक किसान उत्साहित भएका छन् । दुई÷चारवटा बाख्रा पाल्दै आएका किसानले बाख्रा स्मार्ट गाउँ कार्यक्रममा आबद्ध भएपछि बाख्राको सङ्ख्या थप्दै गएका छन् ।


प्युठानमा व्यावसायिक नेपाली कागज उत्पादन

साउन ८, प्युठान - प्युठानमा व्यावसायिकरूपमा नेपाली कागज उत्पादन शुरु गरिएको छ । विगत दुई वर्षदेखि प्युठान नगरपालिका–१० सारीबाङमा गौमुखी नेपाली कागज उद्योग सञ्चालन गरी व्यावसायिक उत्पादन शुरु गरिएको हो ।


प्रदेश नं ५ को उद्योग व्यवसायमा कारोनाको प्रभाव

असार ३०, रुपन्देही - कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पु¥याएको गम्भीर क्षतिको प्रभाव नेपालमा पनि परेको छ । यस महामारीका कारण नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्र धराशयी बन्दै गएको देखिएको छ ।


स्थानीय तहका न्यायिक समिति ओझेलमा

असार २५,तम्घास - नेपालको संविधानले स्थानीय तहका उपप्रमुखहरुलाई स्थानीयस्तरमा हुने विवादित विषयमा न्याय निरुपण गर्ने अधिकारको व्यवस्था गरेको छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा न्यायिक समिति गठन पनि भएका छन् ।


बन्दाबन्दी खुकुलो भएसँगै पाल्पामा पर्यटकीय चहलपह बढ्दै

असार २४, पाल्पा - कोरोनाको कहरले सुनसान बनेका पाल्पाका पर्यटकीय तथा धार्मिक स्थलमा विस्तारै चहलपहल बढ्न थालेको छ । बन्दाबन्दी खुकुलो भएसँगै पर्यटकीय तथा धार्मिक क्षेत्रमा अवलोकन तथा दर्शन गर्न जाने आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।


खोला र जङ्गलका भरमा जीवीकोपार्जन

आषाढ २३, बगनासकाली गाउँपालिका (पाल्पा) - आर्थिक रुपमा अतिविपन्न परिवारमा जीवीकोपार्जनमा समस्या देखिएको छ । बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदाय घरमा नुनतेललगायत खाद्य पदार्थको अभाव भएपछि खोला र जङ्गलका भरमा जीवीकोपार्जन गर्न बाध्य छ ।


तुलसीपुरका ३२ सामुदायिक विद्यालय समायोजित

असार १८,तुलसीपुर उपमहानगरपालिका (दाङ) - दाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन् । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र दुई विद्यालयबीच आधा घण्टाको दूरी भएका विद्यालय गाभिएको हो ।


कृषिमा यान्त्रीकरण : आधुनिक बन्दै किसान

असार २ , प्युठान नगरपालिका (प्युठान)- प्युठान नगरपालिका–४ गाजुरीका विष्णु पोखरेलले कृषियन्त्र प्रयोग गरी खेती गर्न थालेको चार वर्ष भयो । गाउँमा पहिलोपटक ट्र्याक्टरमार्फत खेती गर्दा कम उब्जनी हुन्छ भन्ने सुनेका छिमेकीले पोखरेलको अग्रसरतालाई खुबै ख्याल गरे ।


खेतीपातीबाट सुध्रिँदै विपन्नको जीवनस्तर

जेष्ठ ३१,रिब्दीकोट गाउँपालिका (पाल्पा) - रिब्दीकोट गाउँपालिका–५ ठिमरेका तेजबहादुर बगालेसँग पेशा–व्यवसाय सञ्चालन गर्न हातमा पैसा थिएन । पर्याप्त पैसाको अभावमा कुनै व्यवसाय सञ्चालन गर्न पनि नसकिँदो रहेछ ।


खेर गएको पाखोमा अलैँची खेती

जेष्ठ ३१,निस्दी गाउँपालिका (पाल्पा) - निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग हुनुहुन्छ । उहाँले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाउनुभएको छ ।


सन्धिखर्क नगरपालिका कार्यालय बन्द

जेठ २७,काठमाडौँ - सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय आजदेखि बन्द हुने भएको छ । नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाब संकलन गरी परिक्षणका लागि पठाइने र पिसिआर रिपोर्ट नआउँदासम्म सेवा सञ्चालन बन्द गरिने भएको छ ।


संस्कृति : पशुपति क्षेत्र विकासका लागि ३५ करोड विनियोजन

जेठ २६,काठमाडौँ - मुलुकको विशिष्ट संस्कृतिको संरक्षणमा ध्यान दिदै विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरूको संरक्षण र विकासमा विशेष जोड दिइनेछ । लोपोन्मुख भाषा, कला र संस्कृतिको संरक्षण गरिनेछ ।


सामाजिक सुरक्षा र नागरिक संरक्षण : ६४ अर्ब ५० करोड रुपैयाँ विनियोजन

जेठ १९, काठमाडौं - लोककल्याणकारी राज्यव्यवस्था निर्माण गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न सबै नागरिकलाई गर्भावस्थादेखि वृद्धावस्थासम्मको जीवनचक्रलाई समाजिक सुरक्षामा आबद्ध गरिनेछ । गर्भावस्थामा स्वास्थ्य जाँच र पोषण, वाल्यावस्थामा खोप, पोषणयुक्त आहार र वाल संरक्षण अनुदान, विद्यार्थी अवस्थामा निःशुल्क शिक्षा र छात्रवृत्ति, वयस्क अवस्थामा रोजगारी सुरक्षा र वृद्धावस्थामा सामाजिक सुरक्षा भत्ता एवं निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने गरी सामाजिक सुरक्षाका कार्यक्रम अगाडि बढाईने छ ।


नेपाल–भारत सीमाबारे परराष्ट्रमन्त्रीले देखेका मुख्य ३ समस्या

जेठ १७ , काठमाडौं - शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत सीमा समस्या र भारतले सीमा क्षेत्रमा निर्माण गरेका भौत्तिक संरचनाहरुका कारण नेपाललाई परेको समस्याबारेको छलफलमा सहभागी भए । लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई लिएर नेपाल–भारतबीच विवाद चलिरहेका बेला संसदको राज्य व्यवस्था समितिलाई परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग तीबाहेक अन्य भूभागमा रहेका गम्भीर समस्या पनि सुनाए ।


कोरोना संक्रमित ६ सय ८२ पुगे, संक्रमणबाट हालसम्म चारजनाको निधन

देशभर कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । जेठ १२,काठमाडौँ - पछिल्लोपटक थप भएका सातजनासँगै कुल संक्रमितको संख्या बढेको हो ।


कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ३ पुग्यो

जेठ ७ , बुटवल - कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।


कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २७६ पुग्यो

जेठ ३,काठमाडौँ - पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


कोरोना फैलिँनुको कारण : हेलचेक्र्याइँ

जेठ २,बुटवल - कोरोना भाइरस संक्रमण रोक्न पर्याप्त तयारी नहुँदा अवस्था जटिल बन्दै गएको छ । कपिलवस्तुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीदेखि स्थानीयसम्म ३० जना संक्रमित फेला परेपछि भयावह अवस्था देखिएको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह बताउँछन् ।


वढ्दै कोरोना संक्रमीत कुल २५८ : बाँके प्रभावीत

जेठ २ काठमाडौं - पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ ।


थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

बैशाख २९, काठमाडौ‌ं - नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


कोरोनाको असर जटिल

वैशाख २८, काठमाडौँ - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक यति बेला यस युगकै कठिन लडाइँमा रहेको बताउनुभएको छ । ब्रेनगेन सेन्टरले शनिबार ‘स्वास्थ्य अनुसन्धान, अवसर र चुनौती : कोभिड–१९ र यसको भूमिका’ विषयमा आयोजना गरेको अनलाइन छलफल कार्यक्रममा उहाँले कोरोना भाइरसविरुद्ध यो लडाइँको असर दीर्घकालीन रूपमा पर्ने प्रस्ट्याउनुभयो ।


नेपालगन्जमा किट अभाव

शुक्रबार थप नआए परीक्षण रोकिने, संक्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ अझै भएन वैशाख २६,नेपालगन्‍ज — समुदायमा कोभिड–१९ संक्रमण फैलिएको नेपालगन्जमा पीसीआर परीक्षणका लागि किट अभाव भएको छ । स्वास्थ्यकर्मीले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ, स्वाब संकलन र परीक्षण एकैसाथ गरिरहेका छन् ।


कपिलवस्तुका संक्रमित दाजुभाइ मुम्बइबाट आएका

वैशाख २६,कपिलवस्तु - मायादेवी गाउँपालिका वडा नं. २ अभिरावका २ जनामा कोरोना संक्रमण भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिकाको वडा नं. २ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।


लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

बैशाख २४, काठमाडौं - सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले फेरि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।


नेपालगञ्जका संक्रमितको स्वास्थ्य सामान्य, सम्पर्कमा रहेकाको रातीसम्म स्वाब संकलन

वैशाख २४, कोहलपुर - बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।


नेपालगञ्‍जका ७ नयाँ थपिए पछी कोरोना संक्रमितको संख्या ८२ पुग्यो

बैशाख २३,काठमाडौं - कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।


विदेशमा रहेका नेपाली ल्याउने तयारी

वैशाख २३,काठमाडौँ - वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ । नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना’ विषयमा आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा अप्ठेरोमा परेका नेपालीको पहिचान गरेर प्राथमिकताका आधारमा स्वदेश ल्याइने बताउनुभयो ।


बर्दियामा वडा अध्यक्षको निधन

बैशाख १८, गुलरिया - बर्दियाको गेरुवा गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्षको निधन भएको छ । गेरुवा गाउँपालिका नौरा निवासी ४४ वर्षीय टेकबहादुर चौधरीको उच्च रक्तचापका कारण निधन भएको हो ।


वामदेवको स्पष्टीकरण : प्रधानमन्त्रीसँग पार्टीलाई बाइपास नगर्नु भनेको हुँ

अध्यादेशले पार्टीमा अनेक समस्या उत्पन्‍न भए वैशाख १४,काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिवार भएको भनिएको विवादबारे मुख खोलेका छन् । उनले आइतवार एक प्रेस नोट जारी गर्दै प्रधानमन्त्री ओली र आफूबीच बालुवाटारमा भएको भनिएको विवादबारे स्पष्टीकरण दिएका हुन् ।


तुलसीपुरमा श्रम बैंक,राहत लिनेलाई काम अनिवार्य

वैशाख १०, तुलसीपुर - दाङको तुलसीपुर उपमहानगरपालिकाले राहत लिनेलाई श्रममा लगाउने गरी श्रम बैंक स्थापना गर्ने निर्णय गरेको छ । सामाजिक दुरी कायम गर्दै बसेको नगर कार्यपालिकाको ८४ औं बैठकले यस्तो निर्णय गरेको हो ।


सीमामा दिनरात निगरानी

बैशाख ४,भैरहवा - भारतमा कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश ५ का नाकाहरुबाट नागरिक भित्रिन नदिन कडा निगरानी गरिएको छ । दुई सुरक्षाकर्मीको दिनरात परिचालनपछि मानवीय आवतजावत ठप्प भएको छ ।


एसइईदेखि १२ कक्षासम्मका परीक्षा ‘होम सेन्टर’मा गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष पौडेल भन्छन्– होम सेन्टर होइन, घरबाट आउन–जान सक्ने गरी फरक विद्यालयमा केन्द्र बनाउनुपर्छ बैशाख ३,काठमाडौं - स्थगित भएका माध्यमिक शिक्षा परीक्षा (एसइई)देखि १२ कक्षासम्मको परीक्षामा होम सेन्टर दिने तयारी भएको छ । असहज परिस्थिति र विद्यार्थीलाई टाढा गएर परीक्षा दिने मनस्थिति नहुने भन्दै शिक्षा मन्त्रालयले लकडाउन सकिएपछि होम सेन्टरमा परीक्षा लिने तयारी गरेको हो ।


औषधि, उपकरण खरिदमा सघाउन चीनसँग आग्रह

वैशाख २, काठमाडौँ - सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


भारतमा नेपाली मजदुरको पीडा : कोरोनाले होइन, खान नपाएर मर्ने भयौँ

चैत ३०,बाँके - कोरोना भाइरस भित्रिन सक्ने आशंकामा नेपाल-भारत सीमा नाका सिल गरिएको छ । दुवै देशबाट मानिस ओहोर दोहोर गर्न नदिन दुवै देशको सहमतिमा नाका सिल गरिएपछि भारतमा रहेका नेपाली भारतमै अड्किएका छन् भने कामका शिलशिलामा नेपालमा रहेका भारतीय यतै रोकिएका छन् ।


गरिबलाई गन्हाउने चामल : नगरको गेटमै पोखे

चैत २८,परासी - राहतका नाममा गरिबलाई गन्हाउनेको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न समुदायले नगरपालिका अगाडी शुक्रबार खाद्यान्न फ्याँकेका छन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्यांक संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको थियो ।


विपन्‍नमाथि नै बढी मार

कोरोना भाइरसले भारतलाई गाँज्दा धेरै नेपालीको आम्दानी गुम्ने र नेपालमा थप खाद्यान्न चाहिने डर बढ्दैछ । चैत २५,जुम्ला, वीरेन्द्रनगर, दाङ, अर्घाखाँची — दाङको बंगलाचुली गाउँपालिका, बचनीका ऋषिराम विश्वकर्मा उत्तरप्रदेशको सराबस्तीस्थित होटलमा सेफको काम गर्थे ।


डाक्टरले हेर्न नमानेपछी, एम्बुलेन्समै बिरामीको मृत्यु

चैत २५,बुटवल - सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो ।


गाउँपालिकाको लगानीमाा विद्युत् विस्तार शुरू

बाँकेको राप्ती सोनारी गाउँपालिकाको लगानीमा विद्युत् विस्तारको काम शुरू भएको छ । विद्युत् सेवा पुग्न नसकेको वडा नम्बर ३ र ४ बैजापुर क्षेत्रमा विद्युतीकरण गर्न खम्बा गाड्ने काम शुरू भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।


सिद्धार्थ राजमार्ग चैत १ देखि दैनिक आठ घण्टा बन्द हुने

भक्तपुर, २९ फागुन – बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिँदैछ ।


स्थानीय तहमा भ्रष्टाचारको मार

भक्तपु्र, २८ फागुन -लेखा परीक्षण प्रतिवेदनहरूलाई प्रतिनिधि घटना मान्ने हो भने नेपालका सबै स्थानीय तहलाई भ्रष्टाचारको नमुना मान्नुपर्ने हुन्छ । स्थानीय तहहरूले सञ्चालन गरेका शिक्षादेखि सडक निर्माणसम्मका सबैजसो कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले कमिसन लिएको वा कामै नगरी बलिभर्पाइ मिलाएर भ्रष्टाचार गरेका अनेकौं उदाहरण महालेखा परीक्षकको विभागले दिएको छ ।


कति जनसङ्ख्या छ ? उपमहानगरपालिकासँग छैन जानकारी

भक्तपुर, २७ फागुन -बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासँग नगर क्षेत्रमा कति घर छन् ? कस्ता छन् ? जनसङ्ख्या कति छ ? ठ्याक्कै तथ्याङ्क छैन । वडा कार्यालयसँग रहेका वर्षौँ पुराना ‘रफ रेकर्ड’लाई आधार बनाएर उपमहानगरपालिकाले मागेको अवस्थामा काम चलाउ तथ्याङ्क दिने गरेको छ ।


सरकारले सुरु गर्‍यो कोरोना प्रभावको मूल्याङ्कन

भक्तपुर, २५ फागुन- सरकारले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावको मूल्यांकन सुरू गरेको छ । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंक सम्मिलित एक टोलीले प्रभाव मूल्यांकन सुरू गरेका हुन् ।


रुकुम पूर्वका सबै गाउँपालिकामा १५ श्ययाका अस्पताल बन्दै

भक्तपुर, २३ फागुन-रुकुम पूर्वका सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।


कोरोना संक्रमण रोक्न सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन

भक्तपुर, १९ फागुन -सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत तीन महिनामा हासिल गरेका उपलब्धि सार्वजनिक गर्न आइतबार गरेको पत्रकार सम्मेलनमा कोरोना अर्थात कोभिड–१९ महामारी व्यवस्थापनसम्बन्धी कार्ययोजनाबारे जानकारी दिइएको हो ।


दुई स्थानीय तह सडक मानवमुक्त घोषणा

भक्तपुर, १८ फागुन - जिल्लाका २ स्थानीय तहलाई सडक मानवमुक्त घोषणा गरिएको छ । राप्ती गाउँपालिकालाई सडक मानवमुक्त गाउँपालिका घोषणा भएको हो ।


प्रदेश नं ५ : प्रदेश राजधानी छिटो टुङ्गो लगाउन ध्यानाकर्षण

भक्तपुर, १८ फागुन - प्रदेश नं ५ का प्रदेशसभा सदस्यले राजधानी र नामकरणको विषय छिटो टुङ्गो लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार बसेको प्रदेशसभाको विशेष समयमा बोल्दै सदस्यले अस्थायी राजधानीलाई स्थायी राजधानी घोषणा गर्न माग गरेका हुन् ।


विज्ञान र प्राविधिको शिक्षा प्राथमिकतामा : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विज्ञान र प्रविधिको शिक्षाविना प्रदेश समृद्ध बन्न नसक्ने बताएका छन् । उनले जुनसुकै क्षेत्रमा फड्को मार्ने गरी काम हुनका लागि विज्ञान र प्रविधि आवश्यक हुने भएकाले शिक्षामा लगानी गर्न प्रदेश सरकार तयार रहेको बताए ।


नेपालगञ्‍ज उपमहानगरलाई : प्रदेश ५ सरकारबाट न्यून बजेट

भक्तपुर, १६ फागुन - प्रदेश सरकारले नेपालगञ्‍ज उपमहानगरपालिकालाई गाउँपालिकालाई भन्दा पनि कम बजेट दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका अनुसार, यो वर्ष एक करोड ६० लाख रुपैया पठाएको छ ।


जनप्रतिनिधिले अनियमितता गरेको स्थानीयको आरोप ‘वडा अध्यक्षले सडक विगारे’

भक्तपुर, १६ फागुन -कपिलवस्तुको यशोधरा गाँउपालिकाका स्थानीयले जनप्रतिनिधिले नै विकासको नाममा सडक बिगारेको गुनासो गरेका छन् । वडा नम्बर–५ का वडा अध्यक्ष लइस पठानले ग्राभेल सडकलाई मर्मत गर्ने भन्दै बिगारेर अलपत्र छाडेपछि आफूहरु समस्यामा परेको स्थानीयको गुनासो छ ।


नदीजन्य पदार्थ संकलन : स्थनीय तहले तोके आफूखुसी मूल्य

भक्तपुर, १५ फागुन -प्रदेश सरकारले नदीजन्य पदार्थ संकलन, घाटगद्दी र विक्री वितरणसम्मको प्रक्रिया र दररेट तय गरेको छ  । यसको बेवास्ता गर्दै स्थानीय तहले आफूखुसी रकम तोकेर संकलन र बिक्री गर्न थालेका छन ।


५ नम्बर प्रदेशद्धारा कृषकलाई लक्षित गरेर बाँकेबाट थालियो ब्याजमा अनुदान

भक्तपुर, १४ फागुन-५ नम्बर प्रदेश सरकारले सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम शुरु गरेको छ । कृषकलाई लक्षित गरेर यो कार्यक्रमको शुरुवात गरिएको हो ।


प्रदीप ज्ञवालीको प्रश्न : नेकपा स्थिरता दिन असक्षम छ भन्ने सन्देश दिन खोजिएको हो

भक्तपुर, १४ फागुन -परराष्ट्र मन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने प्रयास बेमौसमी बहस भएको बताएका छन् । एक कार्यक्रममा सहभागी हुन स्विट्जरल्यान्ड पुगेका मन्त्री ज्ञवालीले मंगलबार ट्वीट गर्दै के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको होरु भन्ने प्रश्न गरेका छन् ।


बुटवल उपमहानगरले कक्षा ८ सम्म ल्यापटपमा पढाउने

भक्तपुर, १३ फागुन -प्रारम्भिक बालविकास केन्द्रलाई मन्टेसोरी मोडलमा सञ्चालन गर्ने गरी बुटवल उपमहानगरले पाँचवर्षे शैक्षिक योजना सार्वजनिक गरेको छ  । बालबालिकालाई खेल्दै सिक्दै शैक्षिक अभ्यासमा लाग्ने बानी पार्न भन्दै नगरभित्रका सबै विद्यालयका बालविकास केन्द्रलाई मन्टेसोरी मोडलमा लैजान लागेको हो  ।


स्थनीय तहमा विप्लवको चन्दा आतंक, जनप्रतिनिधि थर्कमान

भक्तपुर, १२ फागुन – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपालगञ्जमा चन्दा आतंक तीव्र पारेको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयसहित २३ वटै वडामा विप्लव नेकपाले पत्र पठाएर चन्दा माग गरेपछि जनप्रतिनिधि थर्कमान भएका छन् ।


बाँस्कोटा प्रकरणमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कोइराला

फाल्गुन १०,नेपालगन्जकांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताएका छन् । प्रेस युनियनले शनिबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा कोइरालाले सुशासनका कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले आफैले बनाएका मन्त्रीको कमिसन बार्गेनिङको अडियो सार्वजनिक भएपछि नैतिकता देखाउनु पर्ने बताए ।


तिलोत्तमा र मुसीकोटबीच भगिनी सम्बन्ध कायम

भक्तपुर, ९ फागुन - भगिनी सम्बन्ध (तिलोत्तमा नगरपालिका र मुसीकोट नगरपालिका) रूपन्देहीको तिलोत्तमा नगरपालिका र गुल्मीको मुसीकोट नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । सामाजिक तथा आर्थिक विकास–निर्माणका असल अभ्यास र सामाजिक, सांस्कृतिक अनुभवको आदानप्रदान गर्नेगरी दुई नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको हो ।


बिचौलिया लगाए मात्रै काम चाँडो

फागुन ९, नरैनापुर गाउँपालिका (नेपालगन्ज)बाँकेको नरैनापुर गाउँपालिकाका खलिल बेहना जग्गा बिक्री गर्न नेपालगन्ज मालपोत कार्यालय धाउन थालेको बिहीबार चार दिन भयो । तर उहाँको जग्गा अझै पनि किन्ने मानिसको नाममा रजिस्ट्रेसन पास हुन सकेको छैन ।


प्रदेश नं ५ सरकारकाे दुई वर्ष : समृद्ध प्रदेश निर्माणको आधार तयार

भक्तपुर, ३ फागुन - विकास निर्माण (प्रदेश नं ५)प्रदेश नं ५ सरकार गठन भएको दुई वर्ष पुगेको छ । दुई वर्षको अवधिमा सरकारले समृद्ध प्रदेश निर्माणका लागि आधार तयार गरेको जनाएको छ ।