समाचार

व्यास नगरपालिकाको समन्वयमा ४ हजार पशुको कृत्रिम गर्भाधान

तनहुँ, ३२ साउन -भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७५/७६ मा ३४ हजार पशुको कृत्रिम गर्भाधान गरेको छ । तनहुँर नवलपुर जिल्लाका १४ कृत्रिम गर्भाधान केन्द्रबाट ३४ हजार छ पशुको कृत्रिम गर्भाधान गरिएको विज्ञ केन्द्र तनहुँले जनाएको छ ।


गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा बाघको मूर्ति निर्माण

नवलपरासी, ३० साउन -पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले नवलपरासीको कावासोतीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा बाघको मूर्ति निर्माण गरिएको छ । कावासोती नगरपालिका–१५ स्थित अमलटारी घरवास क्षेत्रमा निर्माण गरिएको सो मूर्ति नेपालकै सबैभन्दा ठूलो बाघको मूर्ति भएको घरवासका व्यवस्थापक धनीराम गुरौले बताउनुभयो ।


सङ्घ र प्रदेश कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित

स्याङ्जा, २८ साउन -जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।


विविधतायुक्त सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता : मुख्यमन्त्री गुरुङ

कास्की, २८ साउन -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको सांस्कृतिक एवं परम्परागत पर्व ट्होटेंको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । सोमबार साँझ शुभकामना सन्देश प्रकाशित गरी उहाँले ट्होटेंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका गुरुङ समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।


‘लोकल’ कुखुराको व्यावसायिकपालन

बागलुङ, २७ साउन - उन्नत जातका कुखुरापालन बढेको बेला यहाँका एक किसानले भने स्थानीय जातको कुखुराको व्यावसायिकपालन गरिरहनुभएको छ । बागलुङ नगरपालिका–३ रातामाटाका बैकुण्ठ सापकोटाले ‘साकिने’ जातको कुखुरापालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।


एम्बुलेन्स खरीदका लागि महायज्ञबाट ३५ लाख सङ्कलन

दमौली, २६ साउन - एम्बुलेन्स खरीद गरी सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा आयोजना गरिएको महायज्ञमा रु ३५ लाख सङ्कलन भएको छ । ग्रामीण भेगका जनतालाई स्वास्थ्य संस्थासम्म जान सहज पहुँचको व्यवस्था गर्ने उद्देश्यसहित एम्बुलेन्स खरीदका लागि साउन २० गतेदेखि सञ्चालित हप्ताहव्यापी महायज्ञमा रु ३५ लाखभन्दा बढी दान सङ्कलन भएको हो ।


एक वडा : एक पोखरी निर्माणलाई प्राथमिकता

तनहुँ, २४ साउन -तनहुँको भानु नगरपालिकाले एक वडा स् एक पोखरी निर्माणलाई प्राथमिकता दिएको छ । पानीका मुहानहरु विस्तारै सुक्ने क्रम बढ्दै जाँदा स्थानीयवासी समस्यामा परेकाले वातावरणीय अनुकूलता कायम राख्न हरेक वडामा एक पोखरी निर्माणको अभियान थालनी गर्न लागिएको हो ।


जनप्रतिनिधिको पारिश्रमिक सामाजिक कार्यमा

पोखरा, २४ साउन -जनप्रतिनिधिहरु सुविधाभोगी भएको यदाकदा चर्चा सुनिने गरिएको वर्तमान अवस्थामा यहाँका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाउनुभएको छ । कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५/७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको एक लाख ५० हजार समाजको शैक्षिक, सामाजिक, धार्मिक एवं विकास निर्माणमा लगानी गर्नुभएको हो ।


गल्याङ नगरपालिका : कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिदै

स्याङ्जा, २३ साउन - स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ । गल्याङ नगरपालिकालाई सेतो शहर ९दूधको शहर०का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताउनुभयो ।


महानगरपालिकाद्धारा बाख्रापालक कृषकलाई अनुदान

भक्तपुर, २३ साउन -पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालनका लागि अनुदान रकम वितरण गरेको छ । पोखरा–२८ का ५० जना कृषकलाई जनही रु ४० हजारका दरले २० लाख रुपैयाँ वितरण गरेको महानगरपालिकाले जनाएको छ ।


नगरपालिकाद्धारा परिचय पत्रको आधारमा कृषकलाई अनुदान

भक्तपुर, २२ साउन -स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई परिचयपत्रका आधारमा अनुदान दिने भएको छ । “व्यावसायीक, व्यावसायीक उन्मुख, साना र निर्वाहमुखी किसान गरी चार तहमा वर्गीकरण गर्ने र सोही आधारमा परिचयपत्र वितरण गरेर अनुदान वितरण गर्ने नीति लिइएको छ”, नगरपालिकाका प्रमुख भूपराज अधिकारीका अनुसार, “व्यावसायिक कृषकले कम्तीमा ५० वटा दूधालु माउ पशु, ५० वटा बाख्रा, १० रोपनी जमीनमा व्यावसायिक उत्पादन गर्ने वा १० वटा टनेलमा व्यावसायिक कृषिखेतीमध्ये कम्तीमा कुनै एक व्यवसाय गर्नुपर्ने हुन्छ ।


नगरपालिकाको सहकार्यमा गौ संरक्षण केन्द्रमा सोलार जडान

तनहुँ, २१ साउन -चितुवाको आक्रमणबाट जोगाउन तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रमा सोलार जडान गरिएको छ । गौ संरक्षण केन्द्रमा रातिको समयमा अन्धकार हुँदा गाईलाई चितुवाले आक्रमण गर्न थालेपछि शुक्लागण्डकी नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा सोलार जडान गरिएको हो ।


पोखरा महानगरपालिका : भदौदेखि ‘ई–टिकेटिङ’

पोखरा , २० साउन - पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताउनुभयो ।


गण्डकी प्रदेश सरकार : पर्यटन मजदुरलाई निःशुल्क चिनियाँ भाषा तालिम

पोखरा, १९ साउन - पोखरामा पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालिम शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु भएको सो तालीम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ ।


चामे गाउँपालिकाको प्राथमिकता : पूर्वाधार, स्वास्थ्य र शिक्षा

भक्तपुर, १८ साउन – गण्डकी प्रदेशको मनाङस्थित चामे गाउँपालिकाले चालु आर्थिक बर्ष २०७६ /०७७ मा भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा योजना निमार्ण गरेको छ । गाउँपालिकाले समग्र विकासको आधारनै भौतिक पूर्वाधार भएकाले पनि यसलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।


दलित घरवास अनुसन्धानको केन्द्र बन्दै

असार ३०, तनहुँ - तनहुँको व्यासनगरपालिका–१४ स्थित आँपस्वाँरामा सञ्चालित दलित घरवास(होमस्टे) आन्तरिक एवं बाह्य पर्यटकको अनुसन्धानको केन्द्र बन्दै गएको छ । नेपालकै पहिलो दाबी गरिएको उक्त होमस्टेमा अनुसन्धानको लागि जापान, अमेरिका, जर्मनी, चीनलगायतबाट बाह्य र काठमाडाँै, पोखरा, चितवनलगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेको आँपस्वाँरा सामुदायिक दलित होमस्टेका अध्यक्ष रेशम विश्वकर्माले बताउनुभयो ।


व्यास नगरपालिकामा दुई वडा भवन निर्माण

दमौली, २९ असार – तनहुँको व्यास नगरपालिकाका सबै वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने नीतिअनुरुप चालू आर्थिक वर्षमा दुई वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ भने दुई वडा कार्यालयको भवन निर्माण भइरहेको छ । नगरपालिकाले गत वर्षमा प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रममा सबै वडामा सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्य रहेको थियो ।


बिजुली पुग्दा ११५ घरपरिवारमा खुसीयाली

असार २८,बागलुङ - “अँध्यारो गाउँ, उज्यालो भयो,” ताराखोला गाउँपालिका–३ हिल, काँक्राखोरका कर्णबहादुर भण्डारीले भन्नुभयो, “यतिपछि बल्ल बिजुली आयो, हामी खुशी छौँ । ” काँक्राखोरमा शुक्रबार पहिलोपटक बिजुली पुग्यो ।


गाउँपालिकाको निर्णय अटेर गर्दै कालीगण्डकी दोहन

असार २८,पर्वत - जलजला गाउँपालिकाले नदीजन्य वस्तुको अव्यवस्थित र अवैध दोहान नियन्त्रणका लागि गरेको निर्णय कार्यान्वयनमा क्रसर व्यवसायीले अटेरी गरेका छन् । प्रदेश सरकारको नीति, अदालत र अख्यितारको निर्देशन, सरोकारवालाको सुझाव, माग र दबाब आएपछि जलजला गाउँपालिका क्षेत्रमा पर्ने कालीगण्डकी नदीमा असारदेखि भदौ १५ गतेसम्म ढुङ्गा, गिट्टी र बालुवा उत्खनन रोक्ने निर्णय गरिएको थियो ।


लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला

असार २७,म्याग्दी - आर्थिक वर्षको अन्त्यमा सयौँ योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ । एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई साउन ५ गतेसम्मको बिदा लेखेर भागेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौँ उपभोक्ता समितिले नगरपालिकाबाट पाउनुपर्ने भुक्तानी रोकिएको छ ।


सामूहिक टिमुरखेती

असार २७, स्याङजा - गल्याङ नगरपालिका– १० भिरालेका किसानले घरबारीको पाखो बारीमा रहेको झाडी फाँडेर सामूहिक टिमुरखेतीको शुरुआत गरेका छन् । बाँदर, मृगलगायतका जङ्गली जनावरले लगाएको खेतीबाली आएर हैरान बनेका किसानले बारीमा खेती नै लगाउन छाडेका थिए ।


साउनदेखी गण्डकी प्रदेशमा विषादी परीक्षण सञ्चालनमा आउने : उपभोक्ता उत्साहित

भक्तपुर, २५ असार -केही दिनअघि विषादी परीक्षण गर्ने कुराहरुबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयको प्रस्तावमा नेपाल सरकारले भारतबाट आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णय गरेता पनि गण्डकी प्रदेशले भने विषादी अवशेष परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । भारतीय नाकासँग गण्डकी प्रदेश नजोडिएको भए पनि विभिन्न दुई स्थानमा विषादी अवशेष परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।


बागलुङका अधिकाशं स्थानीय तह गोरेटो मर्मतमा केन्द्रित

बलेवा, २४ असार - बागलुङ नगरपालिका–१४ को कैयादेखि जैमिनी नगरपालिका–१ कुश्मीशेरासम्म केही वर्ष अघिसम्म ठूलो गोरेटो थियो । बागलुङको दक्षिणमा रहेका साविकको २० गाउँ विकास समितिका मानिसहरुको ओहोरदोहोर गर्ने मुख्य मार्ग नै त्यही हो ।


गण्डकी प्रदेश सरकारको ३२ अर्ब १३ करोडको बजेट यसरी भयो पारित

पोखरा, २४ असार - गण्डकी प्रदेश सरकारले गत असार १ गते जारी गरेको आगामी आर्थिक बर्षको बजेट प्रदेश सभावाट बहुमतले पारित भइसकेको छ । शुक्रबार नै बसेको प्रदेश सभावाट पारित भएको यो बजेटमा विपक्षी दल भने कमजोर देखिएका छन् ।


भानुभक्त प्राणी उद्यानमा १३ वन क्षेत्र समावेश

असार २३,तनहुँ- तनहुँको व्यासनगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको हो ।


डाइभर्सन बाढीले बगाउँदा मालवाहक गाडी ठप्प

असार २३,कास्की - पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ । पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो ।


डाइभर्सन बाढीले बगाउँदा मालवाहक गाडी ठप्प

असार २३,कास्की - पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ । पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो ।


विद्यार्थीलाई रु दुई लाखका दरले छात्रवृत्ति प्रदान

असार २२,कास्की - कास्कीको मादी गाउँपालिकाले उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी विभिन्न माध्यमबाट गाउँपालिकाको विकास तथा इज्जत राख्न सफल भई देशकै प्रतिष्ठा राख्ने सङ्घसंस्था तथा व्यक्तिलाई पनि नगदसहित पुरस्कृत गरेको छ ।


६२९ स्थानीय तहको बजेट पारित, १२४ तहको आउनै बाँकी

भक्तपुर - कानुनी प्रावधान अनुसार स्थानीय तहले १० असारसम्म बजेट ल्याइसक्नुपर्ने भए तापनि १२४ स्थानीय तहले अझै आफ्नो गाउँ तथा नगरसभामा बजेट पेस गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन २०७४ को व्यवस्थाअनुसार मुलुककभर स्थानीय तहले १० असारभित्र बजेट पेस गरिसक्नुपर्ने थियो ।


ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना

असार २१, म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना हुने भएको छ । बेनी बजार क्षेत्रमा बसोवास गर्ने तथा ग्रामीण क्षेत्रबाट समेत विभिन्न कामले आएका ज्येष्ठ नागरिकलाई दैनिक भेटघाट तथा अनुभव साटासाट गर्नका लागि बेनी नगरपालिकाले विनियोजन गरेको बजेटमा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले समेत सघाउने भएपछि बेनीको गणेश टोलमा केन्द्र स्थापना गरिने भएको हो ।


७२ घरधुरीलाई स्वरोजगार

असार २१, तनहुँ - तनहुँको व्यास नगरपालिका– १४ स्थित कुलुङमा रहेका ७२ घरधुरीलाई स्वरोजगारको व्यवस्था गरिएको छ । उक्त गाउँका बासिन्दालाई स्वरोजगार बनाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले स्वरोजगार कार्यक्रमको व्यवस्था मिलाइएको व्यास १४ नं वडाका वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो ।


सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’

असार २०, पर्वत - पर्वत महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको छ । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढङ्गबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको हो ।


आगलागीबाट २८ वस्तु मरे

असार २०, तनहुँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गए राति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् । कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचना जल्दा करीब रु २० देखि २२ लाखसम्म क्षति भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक सरोज गिरीले बताउनुभयो ।


अनुगमन, म्याद नाघेका खाद्यवस्तु साथै औषधि फेला

असार १९,स्याङ्जा - कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ । गाउँपालिकाको वडा नं ७ स्थित मिर्मीबजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधिसमेत भटिएको गाउँपालिकाका प्रशासकीय प्रमुख गणेश खनालले बताए ।


म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता

असार १८, म्याग्दी - पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


चेपाङ बस्तीको मुहार फेर्दै जनप्रतिनिधि

असार १७,तनहुँ - तनहुँ बन्दीपुर गाउँपालिकामा रहेका सीमान्तकृत चेपाङ जातिको आर्थिक तथा सामाजिक जनजीवनमा परिवर्तन ल्याउनका लागि यहाँका जनप्रतिनिधिहरू सक्रिय भएर लागेका छन् । बन्दीपुर गाउँपालिका–१, २ र ३ मा बसोबास गर्ने सीमान्तकृत चेपाङ जातिको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउनका लागि यहाँका जनप्रतिनिधि रनबहादुर भुजेल सक्रिय भएर लागेका हुन् ।


कृषि उत्पादन वृद्धि गर्न आधुनिक सामग्री वितरण

असार १६, पोखरा - व्यावसायिक कृषि एवं पशुपालनको प्रचुर सम्भावना रहेको पोखरा महानगरपालिका–२० भलाम र मौजाका एक सय ३४ कृषकलाई विभिन्न कृषि सामग्री सहयोग गरिएको छ । उर्वर भूमि भलामलाई कृषि तथा मौजालाई पशुपालनको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यका साथ कृषकहरुलाई रु १० लाख मूल्य बराबरका आधुनिक कृषि तथा पशुपालनका लागि आवश्यक सामग्री वितरण गरिएको हो ।


मिर्गौलापीडितको आत्मविश्वास जगाउन अभियान सञ्चालन

असार, १६ म्याग्दी - ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखान नै छ । जसलाई पीडा परेको हुन्छ, उसैले मात्र भोगेको हुन्छ ।


नगरपालिकाद्वारा चार सय धारा जडान

तनहुँ, १६ असार – तनहुँको ब्यास नगरपालिका–१४ ले वडाका ३९१ घरधुरीमा धारा जडान गरेको छ । आर्थिक वर्ष २०७४/७५ देखि चालु आव सम्ममा ती धाराहरु जडान गरिएको हो ।


म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण

असार१५,म्याग्दी Mहिमाली जिल्ला म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण भएको छ । म्याग्दीका छ वटा स्थानीय तहका ४५ वडामध्ये ३३ वडामा हेलिप्याड निर्माण भएको हो ।


तेत्तीस लाखको अक्षयकोष स्थापना

असार १५, तनहुँ (सहयोग)- तनहुँको आँबुखैरेनी निवासी समाजसेवी ईश्वर मल्ल र उहाँकी श्रीमती नीलकुमारी मल्लले गोरखा र तनहुँका विद्यालय र मन्दिर गरी नौ संस्थामा रु ३३ लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । गरीब तथा विपन्न वर्गका बालबालिकालाई पठनपाठनतर्फ अभिप्रेरित गर्ने र भक्तजनलाई मन्दिरको उचित संरक्षण गर्ने उद्देश्यले समाजसेवी मल्ल दम्पतीले ती सङ्घसंस्थामा अक्षयकोष स्थापना गरिदिनुभएको हो ।


तनहुँका दश स्थानीय तह : ८ हजार ८९२ भूकम्प पीडितद्वारा गुनासो दर्ता

तनहुँ, १४ असार - भूकम्प पीडितको लाभग्राहीमा नपरेका तनहुँका दश स्थानीय तहका आठ हजार ८९२ परिवारले गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराएका मध्ये हालसम्म चार हजार ४६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ ।


पुतलीबजार नगरपालिकाकाे बजेट ६२ करोड

भक्तपुर, १३ असार -स्याङजाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेको छ । हाल १४ वटा वडा रहेको उक्त नगरपालिकाद्धारा ६२ करोड ३१ लाख ५१ हजारको बजेट सार्वजनिक गरेको हो ।


पोखरा महानगरपालिकाको बजेटप्रति बडाध्यक्ष नै असन्तुष्ट : महानगरको मुल गेटमा लाग्यो ताला

भक्तपुर, १२ असार ( विवाद) -पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०७६/२०७७ का लागि प्रस्तुत गरेको वार्षिक बजेटमा महानगरकै जनप्रतिनिधिले असन्तुष्टी जनाएपछि विवाद चुलिएर गएको छ । बार्षिक बजेटमा नगरप्रमुखको एकाधिकार रहेको तथा अन्य पार्टीका जनप्रतिनिधिलाई वास्ता नगरेको भन्दै आक्रोशित बनेका महानगरका वडाध्यक्षहरुले बिहीबार यहि बिषयलाई लिएर महानगर कार्यालयको मुल गेटमा ताला लगाएका छन् ।


बागलुङ नगरपालिकाको बजेट एक अर्ब

भक्तपुर,१२ असार (बजेट)-जिल्लाको बागलुङ नगरपालिकाको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब एक करोड ५७ लाख ५४ हजार १५४ अनुमानित बजेट सार्वजनिक गरेको छ । बागलुङ नगरपालिकाको पाँचौँनगरसभाको बैठकमानगर उपप्रमुख सुरेन्द्र खड्काले कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो ।


दुई दाजुबहिनीको पाँच वर्षदेखि गोठमा बास

असार १२, म्याग्दी - म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी चाउनेकी ७० वर्षीया घमिष्टा भण्डारी र उनका दाजु चन्द्रबहादुर भण्डारीको जीवनकथा,साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको कवितांशसँग ठ्याक्कै मेल खान्छ,“दुःखीको घरमा मात्र तेरो बास हुने भएहे ईश्वर दया राखी मलाई अझ दुःख दे । ” कविताको हरफले त मुकुन्द इन्दिराको घर त रहेछ भन्ने अर्थ दिएको छ, तर भण्डारी दाजुबहिनीको त घरसमेत नहुँदा अर्काको गोठमा दाउराको सिरानी र परालको सिरक ओडेर बाँच्नुपर्ने बाध्यता छ ।


सवारीसाधनलाई म्यार्दीखोला बाधक बन्यो

असार १२, लमजुङ - लमजुङ–मनाङ आवतजावत गर्ने एक मात्र बेँसीशहर चामे सडकखण्डमा पर्ने म्यार्दीखोलामा रहेको मोटरेवल पुल बगाएपछि सवारीसाधनलाई म्यार्दीखोला बाधक बनेको छ । लमजुङ–मनाङको सिमानामा रहेको सो पुल आइतबारको बाढीले बगाउनुका साथै खोलामा गहिरो गल्छी बनाइदिएपछि सवारीसाधन तर्नसक्ने अवस्था छैन ।


व्यास नगरपालिकाको बजेट एक अर्ब ३८ करोड

भक्तपुर, ११ असार-तनहुँको व्यास नगरपालिकाले एक अर्ब ३८ करोड तीन लाख २५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । मंगलबारदेखि शुरु भएको नगरसभामा नगरउपप्रमुख मीरा जोशीले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।


व्यास नगरपालिकाद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

तनहुँ, १० असार– तनहुँको व्यास नगरपालिकाले ‘विविधतायुक्त गाउँ शहर : समृद्ध मेरो व्यास नगर’ निर्माण गर्ने दीर्घकालीन सोचबाट निर्देशित भई आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आजदेखि शुरु भएको नगरपालिकाको नगरसभामा आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मीरा जोशीले नगरपालिकाको समतामूलक विकास र समृद्धि हासिल गर्न पन्ध्रौँ योजनाको आधारपत्र, नेपाल सरकार, गण्डकी प्रदेश सरकारको समष्टिगत आर्थिक नीति, दिगो विकास लक्ष्य प्राप्तिका अन्तर्राष्ट्रिय मान्यता र विषयगत गुरुयोजनाका प्रस्तावलाई मार्गदर्शनको रुपमा लिइएको बताउनुभयो ।


गाउँपालिकाले बसपार्क निर्माण

असार ९,तनहुँ, (निर्माण) - तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारमा बसपार्क निर्माण गरेको छ । पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुरमा पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गदै गाउँपालिकाले सार्वजनिक जग्गाको अभाव भएकाले मासिक रु तीन हजार बुझाउने गरी १५ वर्षको लागि पाँच रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण गरेको हो ।


खानेपानीको समस्याले धारामा ताल्चा

असार ८, तनहुँ (समस्या) - पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् ।


बेनी नगरपालिकामा विवादले नगरसभा प्रभावित

काठमाडौं, ६ असार (विवाद)-म्याग्दीको बेनी नगरपालिकामा नगर प्रमुख र कार्यपालिका सदस्यको विवादका कारण नगरसभा प्रभावित भएको छ । सबै स्थानीय तहले असार १० गतेभित्र सभा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि विवादका कारण नगरपालिकाले तयारी गर्न सकेको छैन ।


गुजारेमा लिफ्टिङ गरी घरघरमा खानेपानी

असार ७,स्याङ्जा (व्यावस्थापन)- खानेपानीको जोहो गर्दैमा दैनिकी गुजारेका यहाँका ५४ घरपरिवारमा पानीसँगै खुशियाली छाएको छ । स्याङ्जाको वालिङ–७ हिलेपानीस्थित गुजारेमा लिफ्टिङ गरी खानेपानी गाउँमा पु¥याइएको हो ।


मर्स्याङ्दी गाउँपालिकामा बजेट निर्माणका लागि सरोकारवालासँग सुझाव सङ्कालन

काठमाडौं, ६ असार ( नीति तथा योजना) - लमजुङको मर्स्याङ्दी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट निर्माण लागि बिभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया तथा सुझाव सङ्कालन कार्यक्रम गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा गरिइएको यस कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य मा ।


गण्डकी प्रदेशमा नयाँ सोचका साथ बजेट आएको छ – मन्त्री गुरुङ

काठमाडौं ६ असार -गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७६/७७ को बजेट नयाँ सोचका साथ आएको बताउनुभएको छ । गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा आव २०७६/०७७ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट)माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रदेशको समृद्धि र विकासको लक्ष्यलाई पूरा गर्ने गरी बजेट ल्याइएको बताउनुभयो ।


विपत् व्यवस्थापनको पूर्वतयारी शुरु

असार ५,तनहुँ - जिल्ला विपत् व्यवस्थापन समिति तनहुँले मनसुनको समयमा हुनसक्ने सम्भावित विपत् व्यवस्थापनका लागि तयारी शुरु गरेको छ । मनसुन शुरु हुन थालिसकेकाले बाढीपहिरोबाट पूर्वाधार तथा भौतिक सम्पत्तिमा क्षति हुनसक्ने भएकाले समितिले विपत् व्यवस्थापनका लागि पूर्वतयारी शुरु गरेको हो ।


गण्डकी प्रदेश : एक निर्वाचन क्षेत्र एक सडक निर्माण शुरु

पोखरा, ३ असार - गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ को नीति कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राखेको ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ अन्तर्गत कास्कीमा योजना कार्यान्वयन शुरु भएको छ । आगामी पाँच वर्षभित्र प्रदेश राजधानी र स्थानीय तहको केन्द्र जोड्ने गरी स्तरीय कालोपत्र सडक निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सो कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको थियो ।


गण्डकी प्रदेश सरकारको बजेट ३२ अर्ब १३ करोड, अर्थमन्त्रीनै बजेटप्रति असन्तुष्ट

कास्की, २ असार - गण्डकी प्रदेश सरकारले पनि आइतबार ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सरकारको बार्षिक बजेट सार्वजनिक गर्नुभएको हो ।


बजेटको कार्यान्वयन प्रभावकारी हुन्छ– मन्त्री गुरुङ

असार २ पोखरा (प्रतीवद्धता) – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशको आर्थिक वर्ष २०७६/७७ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुने बताउनुभएको छ । आइतबार प्रदेशसभामा प्रस्तुत बजेट सम्बन्धमा नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले आवश्यक कानूनमध्ये कतिपय बनिसकेको तथा केही बन्ने क्रममा रहेका कारण बजेट कार्यान्वयन सहजरूपमा गर्न सकिने बताउनुभयो ।


भानु नगरपालिकामा भानुभक्तीय टोपी लगाउन शुरु

असार २, तनहुँ(नितिनियम) -तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे टोपी लगाउन शुरु गरेका हुन् ।


३२ अर्बको बजेट ल्याउँदै : गण्डकी प्रदेश

पोखरा, १ असार – जेठ मसान्तसम्म गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको जम्मा २५ प्रतिशतमात्र बजेट खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले महत्वकांक्षी योजनासहित २४ अर्बमाथिको बजेट ल्याएको थियो जसमा अहिलेसम्म ६ अर्ब २४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको हो ।


असार १० गतेभित्रै सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने

३२ जेठ, पर्वत - आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नका लागि पर्वतका वडाध्यक्षहरूलाई योजना छनोटमा यतिबेला भ्याइनभ्याइ भएको छ । आगामी असार १० गतेभित्रै सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने भएकाले उक्त बजेटमा समावेश गर्न गाउँ, टोल र बस्तीमा पुगेर योजना छनोट तथा सङ्कलन र छलफल शुरु गरेका हुन् ।


मानहुँ पुग्ने बाटो कालोपत्रे हुँदै

३२ जेठ, तनहुँ - तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँडाँडा पुग्ने बाटो कालोपत्रे शुरु गरिएको छ । सरकारको रु सात करोड बजेटबाट सडक कालोपत्रेका लागि नाला निर्माणको काम शुरु गरिएको हो ।


माछापुच्छ्रे गाउँपालिकाले शुरु गर्यो मगर भाषामा पढाई

कास्की, ३२ जेठ - जिल्लाकोमाछापुच्छ्रेगाउँपालिकाले मगर जातिको बाहुल्य रहेको वडा नं ५ रिभान मोहरास्थित माछापुच्छ्रेआधारभूत विद्यालयमा मगर भाषाको पढाइ शुरु गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजी बराल र गाउँपालिका प्रमुख कर्ण गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबहादुर रानालाई मगर भाषाको पाठ्यपुस्तक हस्तान्तरण गरेर पठनपाठन शुरु भएको घोषणा गर्नुभयो ।


नगरपालिकाद्वारा कृषकलाई आधुनिक मौरी घार वितरण

स्याङ्जा, ३१ जेठ – स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ । नगरपालिका १, २, ३ र ४ का ४५ जना मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो ।


बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

पोखरा, ३१ जेठ – बौद्धिक अपाङ्गता भएका बालबालिकालाई मन्टेश्वरी एशोसिएसन कास्कीको चौथो वार्षिकोत्सवको अवसरमा विभिन्न बन्दोबस्तीका सामग्री वितरण गरिएको छ । पोखरा–३३ बागमारास्थित टीका माध्यमिक विद्यालय बौद्धिक अपाङ्गता केन्द्रका २४ बालबालिकालाई एक कार्यक्रमका बीच बिहीबार दुई/दुई जोर पोशाक, बल्याङ्केट, सिरानी, तन्नालगायत बिस्कुट विरतण गरिएको हो ।


मर्स्याङदी गाउँपालिकाद्वारा शिक्षक ,विद्यार्थी एव‌ं अभिभावकका लागि उत्प्रेरणा कार्यक्रम सम्पन्न

लमजुङ, ३० जेठ - लमजुङको मर्स्याङदी गाउँपालिकाले शिक्षक ,विद्यार्थी एव‌ं अभिभावकका लागि उत्प्रेरणा कार्यक्रम हालै सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना भएको यो कायक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभागको उत्साहपूर्ण सहभागिता रहेको जनाइएको छ ।


हरिनाश गाउँपालिका : घरघरमा खानेपानीको धारा

स्याङ्जा, २९ जेठ – हरिनाश गाउँपालिका ३ चिसापानीका बासिन्दाललाई कुनै बेला खानेपानीको खोजीमा घण्टौँसम्म बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्या थियो । अब भने उक्त गाउँपालिकाका बासिन्दाहरुले यस समस्याबाट मुक्ति पाएका छन् ।


गण्डकी प्रदेश सरकारको अनुदानमा लमजुङमा पर्यटकीय पदमार्गको निर्माण शुरु

लमजुङ, २९ जेठ – लमजुङमा एक पर्यटकीय पदमार्गको निर्माणकार्य शुरु भएको छ । बेँसीशहर नगरपालिका–६ पुमागाउँ घरबासदेखि सोही क्षेत्रमा रहेको ऐतिहासिक कन्यादेवी मन्दिर जाने बाटोमा सिँढी निर्माणको काम भइरहेको हो ।


रघुगङ्गा गाउँपालिकाः सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी, २९ जेठ – म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । स्वास्थ्य एकाइ स्थापना भएपछि रघुगङ्गा गाउँपालिकाका स्थानीयवासी सामान्य बिरामी पर्दासमेत औषधि उपचारका लागि पूरै एक दिन हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।


चामे गाउँपालिकाले वहुउद्देश्यीय भवन र बसपार्क निमार्णका लागि जग्गा खरिद गर्दै

मनाङ, २८ जेठ - मनाङको चामे गाउँपालिकाले वहुउद्देश्यीय भवन निमार्ण गर्न तथा बसपार्क निमार्णका लागि १० रोपनी जग्गा खरिद प्रक्रिया अघि वढाएको छ । प्रदेश सरकारको सहयोगमा निमार्ण हुने वहुउद्देश्यीय भवनका लागि ३ रोपनी र बसपार्कका लागि ७ रोपनी जग्गा खरिद प्रक्रिया गाउँपालिकाले अघि वढाएको हो ।


स्थानीय सरकारद्वारा मोटरेवल पुल निर्माण

लमजुङ, २६ जेठ – बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियान अन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको छ । गण्डकी प्रदेश अन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको हो ।


प्रदेश सरकारद्धारा पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने

काठमाडौं, २५ जेठ -गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेशलाई पर्यटनको केन्द्र र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा पर्यटकीय गन्तव्यको छवि स्थापित गर्ने बताउनुभयो ।


घरपझोङ गाउँपालिकाद्वारा स्याउ कृषकका लागि लक्षित कार्यक्रम सुरु

मुस्ताङ, २४ जेठ - मुस्ताङको घरपझोङ गाउँपालिकाले गानउँपालिकामा स्याउ उत्पादन हुने क्षेत्रमा व्यवसायीक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन सुरु गरेको छ । स्याउ कृषकलाई उत्पादन तथा उत्पादकत्व बढाउने र उनीहरुलाई व्यवसायीक रुपमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले यो बार्यक्रम सुरु गरेको हो ।


गण्डकी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

काठमाडौं, २३ जेठ - गण्डकी प्रदेश सभामा बुधबार प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम आगामी जेठ २४ गते शुक्रबार हुने भएको छ । गण्डकी प्रदेशसभामा बसधबार दिनको ३ बजे प्रदेश प्रमुख बाबुराम कुँवरबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो ।


प्रदेश सरकारको आर्थिक सहयोगमा पोखरा–याङ्जाकोट सडक पक्की हुँदै

पोखरा, २२ जेठ – गण्डकी प्रदेश सरकारको रु ३२ करोडको लागतमा कास्की जिल्लाको पूर्वी भेगमा अवस्थित मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटलाई पोखरा जोड्ने सडक पक्की गरिने भएको छ । पोखरा महानगरपालिका–१३ को विजयपुर खोलादेखि भैँसे, तारकाङ हुँदै याङ्जाकोटसम्म सो सडक निर्माण गरिने भएको हो ।


अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा घोडेपानी–घान्द्रुक पदमार्ग निर्माण

म्याग्दी, २२ जेठ – अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । स्थानीयवासीद्वारा ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग निर्माण गरिएको हो ।


व्यास नगरपालिकामा एक वडा, एक स्वास्थ्य केन्द्र

तनहुँ, २१ जेठ - तनहुँको व्यास नगरपालिकाको छ वडामा स्वास्थ्य केन्द्र स्थापना हुने भएको छ । यसअघि स्वास्थ्य संस्था नभएका ठाउँमा नयाँ सो केन्द्र स्थापना हुन लागेको हो ।


ताराखोला गाउँपालिकाद्वारा ९५ युवालाई एकैसाथ रोजगारी

बाग्लुङ, २१ जेठ - बागलुङको ताराखोला गाउँपालिकाले ९५ जना युवालाई एकैसाथ रोजगारी दिएको छ । गाउँपालिकाले उनीहरुलाई सडक मर्मत कार्यमा लगाउने गरि रोजगारी दिएको हो ।


प्रदेश,जिल्ला र स्थानीय तहको सिमाना अद्यावधिक गरिँदै

२१ जेठ,पोखरा -नापी विभागबाट तयार गरिएको स्थलरुप(टोपोग्राफिकल)नक्सामा प्रदेशको प्रशासनिक सिमाना तत्कालीन गाउँ विकाससमितिसम्मको मात्र रहेको छ । प्रादेशिक संरचना अनुसार स्थानीय तहको वडासम्मका सिमाना नक्सामा अङ्कित गर्ने उद्देश्यले स्थानीय तहको सिमाना अद्यावधिक गर्न शुरु गरिएको हो ।


नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु

गोरखा, २० जेठ – पालुङटार नगरपालिकाले हेलो मेयर सेवा शुरु गरेको छ । सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु श्रेष्ठले नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधैँ नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको जानकारी दिनुभयो ।


बाग्लुङका चार स्थानीय तहद्धारा विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

काठमाडौं, २० जेठ -बाग्लुङका चार स्थानीय तहले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाईमा स्थानीय तहले योजना बनाएका हुन् ।


पर्यटकीय गाउँ घान्द्रुकसम्मको सडक कालोपत्रे गरिने

कास्की, २० जेठ - विश्व चर्चित अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय घान्द्रुक गाउँसम्मको सडक कालोपत्रे गरिने भएको छ । विसं २०५८ मा नयाँपुलबाट घान्द्रुकसम्म सडकको ट्रयाक खोलिएकोमा चालू वर्षबाट बाटो कालोपत्रे गरी पक्की बनाउन शुरु गरिएको छ ।


स्वर्गद्धारीको शाखा मन्दिरको संरक्षण शुरु

म्याग्दी, २० जेठ - म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ र मङ्गला गाउँपालिका–१ को सिमानामा रहेको धार्मिकस्थल स्वर्गद्धारी शाखा मन्दिरको संरक्षण शुरु भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वर्गद्धारीको शिव मन्दिर, तीर्थयात्री निवास र गौशालाको संरक्षणका लागि तारबार गर्न थालेको छ ।


स्वास्थ्य संस्थामा जीवनजललगायत अत्यावश्यक औषधिको अभाव

गलेश्वर, २० जेठ - उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीमा जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको छ । १५ दिनदेखि गाउँपालिकाका छवटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोललगायतका अत्यावश्यक औषधिको अभाव भएपछि जनताले सास्ती व्यहोर्न बाध्य भएका छन् ।


अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

म्याग्दी, १९ जेठ – अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो ।


वरपिपल, चौतारी र कुवा संरक्षणमा गाउँपालिका

गलेश्वर, १९ जेठ - म्याग्दीको बेनी नगरपालिका–६ ले वडाभित्र रहेका वरपिपल, चौतारी, धारा र कुवा संरक्षण अभियान शुरु गरेको छ । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौ पहिले रोपिएका वरपिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतसम्हारका लागि बजेट नै विनियोजन गरेर संरक्षण अभियानको कामसमेत शुरु गरेको छ ।


गाउँपालिकाको सहयोगमा अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

म्याग्दी, १९ जेठ - म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो ।


गण्डकी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा कृषकलाई मौरीघार वितरण

तनहुँ, १८ जेठ - मुख्यमन्त्री नमूना कृषि गाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका–११ बाँसखर्कका बासिन्दालाई मौरीसहित घार वितरण गरिएको छ । गण्डकी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १५ घरधुरीलाई ६० घार वितरण गरेको हो ।


राजनीतिक आडमा अवैध काम गर्नेलाई नछोड्नुहोस् – मुख्यमन्त्री गुरुङ

पोखरा,१७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक आडमा अवैध काम गर्नेहरूलाई निगरानीमा राख्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा निर्मित व्यायामशालाको बिहीबार उद्घाटन गर्दै उहाँले अवैध काम गर्नेलाई नछोड्न प्रहरीलाई आग्रह गर्नुभएको हो  ।


प्रहरीको कार्यशैली बदल्नु आवश्यक : मुख्यमन्त्री गुरुङ

काठमाडौं, १६ जेठ -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुदलीय व्यवस्थामा सबैभन्दा बढी राजनीतिकीकरण भएको नेपाल प्रहरीको कार्यशैलीमा परिवर्तत गरिनुपर्नेमा जोड दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्मित व्यायामशाला आज उद्घाटन गर्दै उहाँले सम्पूर्ण पुरानो संरचना भत्काएर सङ्घीय शासन प्रणालीसहित नयाँ व्यवस्था, संरचनामा संस्थालाई ल्याउनाका साथै प्रहरीको कार्यशैलीमा सुधार हुनुपर्ने उहाँको भनाइ थियो ।


गण्डकी प्रदेशका जनप्रतिनिधि महिलाको संक्षिप्त जीवनी विमोचन

१६ जेठ – गण्डकी प्रदेशमा स्थानीय निर्वाचनबाट निर्वाचित महिला प्रतिनिधिको संक्षिप्त जीवनी (प्रोफाइल) ‘हाम्रा महिला प्रतिनिधि’ सार्वजनिक भएको छ । ‘सङ्कल्प’नामक संस्थाले प्रकाशन गरेको उक्त जीवनी समेटिएको पुस्तकको गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले आज यहाँ आयोजित एक कार्यक्रममा विमोचन गर्नुहुँदै जनप्रतिनिधिको संक्षिप्त जीवनीले महिलाको योगदानलाई लिपिबद्ध गरेको बताउनुभयो ।


विपन्न बाख्रापालक कृषकलाई नगरपालिकाद्धारा अनुदान वितरण

दमौली, १६ जेठ -तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाभित्रका विपन्न बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । पचास कृषकलाई जनही २० हजारदेखि एक लाखसम्म अनुदान वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।


अबको आवश्यकता आर्थिक क्रान्ति– मुख्यमन्त्री गुरुङ

काठमाडौं, १५ जेठ :गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको अबको आवश्यकता आर्थिक क्रान्ति भएको बताउनुभएको छ । गण्डकी प्रदेश मूल समितिद्वारा आज पोखरामा आयोजित गणतन्त्र दिवस समारोहमा उहाँले राजनीतिक क्रान्ति सम्पन्न भएकाले नेपाली जनताको समृद्धि र विकासको चाहना पूरा गर्न अब आर्थिक क्रान्तिको विकल्प नभएको बताउनुभयो ।


सीपलाई व्यवहारमा उतार्ने उदेश्यले सहकारीमार्फत सामूहिक तरकारी खेती

वालिङ, १४ जेठ – वालिङ नगरपालिका–१४ को डुम्रेभञ्ज्याङमा १०० जना स्थानीयहरु सङ्गठित भएर आधुनिक कृषि सहकारी संस्था दर्ता गरी सामूहिक तरकारी खेती थालेका छन् । यहाँका स्थानीयले सहकारीमार्फत सामूहिक तरकारी खेतीको थालनी गरेका हुन् ।


ब्यास नगरपालिकाद्वारा पदमार्गको सम्भाव्यता अध्ययन

तनहुँ - आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले तनहुँको ब्यास नगरपालिकाले पदमार्गको सम्भाव्यता अध्ययन गरेको छ । साबिक क्यामिन, सतिस्वाँरा, मिर्लुङ र रिस्ती गाविसलाई समेटेर बनाइएको ‘क्यासमिरी’ पदमार्गको नगरपालिकाले सम्भाव्यता अध्ययन गरेको हो ।


गण्डकी प्रदेशमा तीन दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस मनाइने

कास्की, १४ जेठ - गण्डकी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस २०७६ मनाउने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा प्रदेशमा गठन गरिएको मूल समारोह समितिले जेठ १४, १५ र १६ गते तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।


आर्च ब्रिज सञ्चालनमा आउने

चितवन, १३ जेठ – पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने पुल (आर्च ब्रिज) यही असार पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । पुलको रङगरोगनको काम र तनहुँतर्फ राजमार्गसँग जोड्नका लागि बाटो बनाउने काम बाँकी रहेको छ ।


पर्वत जिल्ला अस्पतालमा जनशक्ति अभावले उपचारमा समस्या

पर्वत,१३ जेठ – पर्वत जिल्ला अस्पतालमा जटिल सुत्केरी,एपेन्डीसाइटिस,हाइड्रोसिललगायत सामान्य शल्यक्रिया सेवा शुरु भएको दुई वर्ष भइसक्यो । उच्च प्रविधिको डिजिटल एक्सरे सेवा शुरु भएको अस्पताल विकास समितिको दाबी छ ।


गाउँपालिका भवन निर्माणमा जग्गादान

काठमाडौं, तनहुँको बन्दीपुर गाउँपालिका–१ को कार्यालय भवन निर्माणका लागि सर्वसाधारणले रु पाँच करोड ६० लाख मूल्य बराबरको जग्गादान गरेका छन् । वडा कार्यालयको भवन निर्माणका लागि बन्दीपुर गाउँपालिका र कास्की जिल्ला निवासी सर्वसाधारणले चार रोपनी जग्गादान गरेका हुन् ।


गण्डकी प्रदेशद्धारा शालग्राम सङ्ग्रहालय निर्माणका लागि ८० लाख बजेट विानियोजन

काठमाडौं, शालग्राम संरक्षणका बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन भूमिगत शालग्राम सङ्ग्रहालयका लागि गण्डकी प्रदेश सरकारले रु ८० लाख बजेट विनियोजन गरेको छ । शालिग्राम सङ्ग्रहालयको विस्तृत योजना प्रतिवेदन ९डिपिआर० कार्यान्वयनका लागि बागलुङ नगरपालिकाको पहलमा प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले हालै उक्त रकम विनियोजन गरेको हो ।


गण्डकी प्रदेशलाई प्राथमिकता, आवश्यकता र औचित्यताका आधारमा बजेट विनियोजन गर्न सुझाव

काठमाडौं, ११ जेठ : गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले आगामी वर्षको बजेट सरकारको प्राथमिकता, आवश्यकता र औचित्यताका आधारमा विनियोजन गर्न सरकारलाई सुझाव दिएको छ । चालू आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी वर्षको बजेट निर्माणका सन्दर्भमा शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयसँगको छलफलमा समितिले सरकारको प्राथमिकता र प्रदेश नीति तथा योजना आयोगले सार्वजनिक गरेको स्थिति पत्रको आधारमा बजेट तथा कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।


मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने

११ जेठ तनहुँ - मापदण्ड नपुगी सञ्चालन गरिएका जिल्लाका क्रसर उद्योग बन्द गरिने भएको छ । जिल्लास्तरीय अनुगमन तथा समन्वय समिति तनहुँको निर्णयअनुसार नियमानुसार मापदण्ड नपु¥याउने तथा नपुगेका उद्योग आगामी साउन एक गतेदेखि पूर्णरुपमा बन्द गर्न लागिएको हो ।


११ जेठ तनहुँ-मापदण्ड नपुगी सञ्चालन गरिएका जिल्लाका क्रसर उद्योग बन्द गरिने भएको छ । जिल्लास्तरीय अनुगमन तथा समन्वय समिति तनहुँको निर्णयअनुसार नियमानुसार मापदण्ड नपु¥याउने तथा नपुगेका उद्योग आगामी साउन एक गतेदेखि पूर्णरुपमा बन्द गर्न लागिएको हो ।


पर्वतका सबै स्थानीय तहमा उद्यमीको खोजी

११ जेठ, पर्वत - हातमा सीप र मनमा जाँगर हुनेलाई घरमै बसेर आम्दानी गर्न सक्ने बनाउन जिल्लाका सबै स्थानीय तहमा उद्यमीको खोजी शुरु गरिएको छ । जिल्लाका सातै स्थानीय तहमा न्यून आय भएका युवायुवतीलाई उनीहरूको सीप र क्षमतामा आधारित उद्यमसम्बन्धी प्रशिक्षण दिन थालिएको हो ।


गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उत्पादनका आधारमा अनुदान दिन निर्देशन

जेठ, १० काठमाडौं -गण्डकी प्रदेश सरकारको अर्थ तथा विकास समितिले उत्पादनका आधारमा मात्र कृषकलाई अनुदान दिन निर्देशन दिएको छ । जसले कृषकहरुमा उत्पादन गर्ने क्षमता वृद्धि होस ।


हावाहुरीपीडितलाई चौधरी फाउण्डेशनको सहयोग

नवलपरासी,१० जेठ – नेपाली काङ्ग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले नवलपरासी,नवलपुरको देवचुली नगरपालिकाका हावाहुरीपीडितलाई चौधरी फाउण्डेशनमार्फत १०० बण्डल जस्तापाता सहयोग उपलब्ध गराउनुभएको छ । नवलपुरमा हावाहुरी र असिना पानीले व्यापक क्षति पु¥याएलगत्तै सांसद चौधरीले सो सहयोग उपलब्ध गराउनुभएको हो ।


रुपा गाउँपालिकाद्वारा विभिन्न जातका फलफूलका बिरुवा वितरण गर्ने योजना

लेखनाथ,१० जेठ – बढ्दो बसाइँसराइको क्रमले खाली देखिएको गाउँमा नै रोजगारीका अवसर र आयआर्जनमा सहयोग पुग्ने गरी कास्कीको रुपा गाउँपालिकाले जनतालाई फलफूलका बिरुवा वितरण गर्ने योजना बनाएको छ । गाउँका बाँझो जग्गालाई सदुपयोग गरी किसानको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न जातका फलफूलका बिरुवा लगाउने योजना बनाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो ।


खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित

९ जेठ – पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको पहिलो र दोस्रो चरणमा गरी पिउनेपानीबाट बञ्चित १५ जिल्लाका तीन लाख ३३ हजार ५५० बासिन्दा लाभान्वित भएका छन् । सन् २००८ देखि २०१३ सम्मको पहिलो चरण र सन् २०१४ देखि सन् २०१९ को हालसम्म दोस्रो चरणमा सो परियोजना सञ्चालनमा ल्याइएको हो ।


विशाल महादेव मूर्तिसहितका संरचना निर्माण कार्य तीव्र

पोखरा,८ जेठ – सरकारले गन्तव्यमा सूचीकृत गरेको पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिसहितका संरचना निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको पुम्दीकोटको पर्यटकीय आकर्षण उजागर गर्दै उक्त क्षेत्रलाई विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ विशाल महादेव मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको हो ।


निःशुल्क स्वास्थ्य उपचार पाएपछि ज्येष्ठ नागरिक खुशी

गोरखा,७ जेठ – गोरखा नगरपालिका–१ ताप्लमा निःशुल्क स्वास्थ्य उपचार सेवा गाउँमै पाउन थालेपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् । गण्डकी प्रदेश सरकारद्वारा लागू गरिएको ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमअन्र्तगत गोरखामा सञ्चालित सो शिविरबाट निःशुल्क उपचार पाएपछि त्यहाँका ज्येष्ठ नागरिक खुशी भएका हुन् ।


दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण

७ जेठ – बागलुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यापारका लागि बागलुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो ।


प्रदेशसँग साझेदारीका लागि नगरपालिकालेद्धारा पाँच योजना छनोट

दमौली, ७ जेठ -लगानी साझेदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले ल्याएको योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाले पाँच योजना छनोट गरेको छ । ६० प्रतिशत प्रदेश र ४० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी बजेट छुट्याइएका साझेदारी योजनाका लागि शुक्लागण्डकीले विभिन्न पाँच योजना छनोट गरेको हो ।


गाउँपालिकाद्वारा एभोकाडाका एक हजार बिरुवा निःशुल्क वितरण

गलेश्वर,६ जेठ – पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा पहिलोपटक एभोकाडाको व्यावसायिक खेती शुरु भएको छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडाको खेतीमा किसानलाई आर्कषित गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक तथा मञ्जुश्री नर्सरी हाउसको व्यवस्थापनमा बाबियाचौरमा तीन दिने एभोकाडाखेती सम्बन्धी तालीमपछि किसानले यसको खेती शुरु गरेका हुन् ।


गाउँमा बिजुली पुगेपछि ३५ घरधुरीमा खुशियाली

वालिङ,६ जेठ – स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको छ । लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको हो ।


गण्डकी प्रदेशको अनुदानमा घुम्टेको काखमा घरबास शुरु

गलकोट,५ जेठ – बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा सामुदायिक घरबास (होमस्टे) शुभारम्भ गरिएको छ । कला संस्कृतिले भरिपूर्ण पाण्डवखानी हुँदै जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धूरी पुग्ने पर्यटकलाई लक्षित गरी ‘सिद्धथान सामुदायिक घरबास’ सञ्चालनमा ल्याइएको हो ।


सभ्यताको जगेर्ना गर्दै कालीगण्डकीलाई आयआर्जनसँग जोड्ने प्रयास

३ जेठ – मुक्तिनाथदेखि प्राकृतिक बहावमा बगिरहेको कालीगण्डकीको महिमा अपार छ । शालिग्राम पाइने नदीका नामले समेत परिचित कालीगण्डकीका किनारमा मुक्तिनाथ, ऋषिकेश, देवघाटधाम जस्ता तीर्थस्थल हुनुले यसको महिमा र गरिमा उत्तिकै बढाएको हो ।


गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १५ देखि

काठमाडौं, प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वानका लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६र७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराउनुभएको छ ।


गाउँपालिकाको आर्थिक सहयोगमा मराङमा सडक निर्माण

म्याग्दी, ३ जेठ – म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको कुम्री गाउँमा सडक पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत बेशीदेखि कुम्री जोड्ने सडक निर्माण भएको हो ।


गण्डकी प्रदेशमा स्वरोजगार तालीमको ४० प्रतिशत मात्र खर्च

१ जेठ, काठमाडाैं- सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको स्वरोजगार कार्यक्रमका लागि विनियोजित रकम जम्मा ४० प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा बेरोजगारलाई स्वरोजगार बनाउने र आयआर्जनका लागि सक्षम बनाउने उद्देश्यले करीब रु १० करोड ६ लाख उक्त शीर्षकमा छुट्टाइएको थियो ।


गाउँपलिकाद्धारा ६५ हजार फलफूलका बिरुवा वितरण गरिँदै

कास्कीको अन्नपूर्णगाउँपलिकाले यहाँका ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो ।


गण्डकी प्रदेशमा बजेटको पूर्वतयारी

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटको पूर्वतयारी थालेको छ । प्रदेशका विभिन्न स्थानीय तहसँग छलफल तथा अन्तक्र्रिया गर्दै बजेटका आधार र प्राथमिकताको निर्धारण गर्न शुरु गरेको हो ।


गाउँपालिकाद्धारा स्थानीयलाई व्यावसायिक बनाउन होमस्टे तालीम

गलेश्वर, ३१ वैशाख -पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा उद्यमशीलता विकास एवं होमस्टे ९घरबास० तालीम शुरु भएको छ । मङ्गला गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको समन्वयमा शनिबारदेखि पूर्णगाउँमा १० दिने तालीम सञ्चालन गरिएको हो ।


मुस्ताङमा पर्यटकको चाप बढ्दै

मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् ।


बागलुङ नगरपालिकाको पहलमा कृषि हाट बजारको निर्माण शुरु

गलकोट, २९ वैशाख – स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले बागलुङ बजारमा कृषि हाट बजारको निर्माण शुरु भएको छ । आम उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक कृषि उपजहरु उपलब्ध गराउने र किसानको खेतबारीबाट खरिद गरेर सोझै बजारसम्म पु¥याउने लक्ष्यले बागलुङ नगरपालिकाको पहलमा सो हाट बजार निर्माण गर्न लागिएको हो ।


लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग निर्माण

म्याग्दी,म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले रू एक लाख ५० हाजारमा सो काम पूरा गरेका हुन् ।


ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्धार गर्ने बनायो नीति

बागलुङ, ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्धार गर्ने नीति बनाएको छ । यो नीतिलाई पनि हवाईमैदान उपयोगी हुने स्थानीयवासीको मत छ ।


चिया खेती गर्दै काठेखोला गाउँपालिका

बलेवा, २६ वैशाख – जिल्लाको काठेखोला गाउँपालिकाका दुई वडामा यसै वर्ष व्यावसायिक चिया खेती शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत काठेखोला गाउँपालिका–७ रेश र वडा नं ३ धम्जाको माथिल्लो भागमा चिया खेती गर्न थालिएको हो ।


गाउँपालिकाको आर्थिक सहयोगमा आलु भण्डारण गृह बन्दै

बागलुङ, २६ वैशाख – काठेखोला गाउँपालिका–३ स्थित धम्जा, असौजेमा ‘आलु भण्डारण गृह’ निर्माण गर्न थालिएको छ । यसका लागि गाउँपालिकाले चालू आवमा रु.आठ लाख बजेट छुट्टाएको थियो ।


वडाध्यक्षको तलब शिक्षामा

दमौली, बैशाख २६ – तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गर्नुभएको छ । सोही वडाको उपल्लो फाँटको जनता प्राथमिक विद्यालयमा शिक्षक राख्न पोखरेलले आफ्नो तलब मध्येबाट ७८ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।


व्यास नगर साइनिङ स्टार हुने

२५ वैशाख – जेसीआई व्यास नगरको आयोजनामा व्यास नगर साइनिङ स्टारको साताँै संस्करण हुने भएको छ । बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यसहित जेसीआई व्यास नगरले यस वर्षसमेत साइनिङ स्टार आयोजना गर्न लागेको हो ।


तनहुँ र नवलपुरका पशु सेवा प्राविधिकलाई विभिन्न उपकरण प्रदान

दमौली, २५ वैशाख – गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ लाई सेवा सञ्चालनका लागि उपकरण प्रदान गरेको छ । पशुपालक कृषकको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यले मन्त्रालयले तनहुँ र नवलपुरका पशु सेवा प्राविधिकलाई विभिन्न उपकरण प्रदान गरेको हो ।


प्राकृतिक पुलको दृष्यावलोकन गर्न झोलङ्गे पुल निर्माण

पोखरा,२५ वैशाख – पोखरा महानगरपालिका महतगौडा र टुटुङ्गाबीच सेतीनदी माथिको प्राकृतिक पुलको दृष्यावलोकन गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिने भएको छ । ढुङ्गा र माटोबाट निर्मित प्राकृतिक पुलबाट यातायातका साधन निर्वाधरुपमा ओहोरदोहोर गर्नुका साथै भूवनोटबारे अध्ययन अवलोकन गर्न सकिने सो पुल रु २७ लाख ५२ हजार ११९ को लागतमा निर्माण गरिने भएको हो ।


‘अहेव’को भरमा वडा कार्यालयहरु

बलेवा, २५ वैशाख-बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको स्वास्थ्यचौकीका अहेव सुनिल गुप्ता अहिले बिरामीको जाँच र उपचार मात्रै गर्नुहुन्न नजिकै रहेको वडा कार्यालयमा आउने सबै सेवाग्राहीको कामसमेत गर्नुहुन्छ । उहाँको काम बिरामी जाँच्ने, औषधि दिने र सल्लाह दिने हो तर गाउँपालिकाको कार्यालयले उहाँलाई वडाका कामको समेत जिम्मेवारी दिएको छ ।


माछापुच्छ«े हिमालको पानी गाउँपालिकाभित्र ल्याउने बृहत् योजना

पोखरा, २४ वैशाख – कास्कीको अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ«े हिमालको पानी गाउँपालिकाभित्र ल्याउने गरी बृहत् योजना अघि सारेको छ । यसका लागि गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियानलाई अगाडि बढाएको हो ।


घाँटीछिना सडकखण्डमा मोटरेवल पुल बन्ने

कास्की, २४ वैशाख – पोखराको हल्लनचोकदेखि घाँटीछिना सडकखण्डअन्तर्गत महानगरको वडा नं २३ र २४ जोड्ने गरी ठूलाखेतको खहरेखोलामा गाडी हिँड्ने पक्की पुल निर्माण गरिने भएको छ । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल धार्मिक पर्यटनको गन्तव्य पञ्चासेसम्म पुग्ने सो सडकमा निर्माण गरिने पुलको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभयो ।


तनहुँमा-पाँच विद्यालय समायोजन,ज्येष्ठ नागरिक परिचयपत्र वितरण,राष्ट्रपति रनिङशिल्ड

दमौली, २४ वैशाख - विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नं ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण प्राथमिक विद्यालय समायोजन गरिएको हो ।


कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र गतिमा

बागलुङ, २३ वैशाख – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो ।


फेरियो गाउँको मुहार

गलेश्वर, २२ वैशाख – करीव एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण भेगमा खरले छाएका घर झुरुम्म देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई/तीन दिन लगाएर पैदल यात्रा गर्नुपर्दथ्यो ।


पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री

पोखरा, २२ वैशाख – बाबा फाउण्डेशन नेपालले यस वर्ष सामुदायिक विद्यालयका करीब पाँच सय गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउण्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको शुरुमा नै गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिकासहित कास्की र अन्य जिल्लामा उक्त सहयोग उपलब्ध गराउन लागिएको हो ।


सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा

गोरखा, २२ वैशाख – गोरखा सिरानचोक गाउँपालिका–७ स्थित आरुबोटेमा क्होला सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको छ । आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन शुरु गरिएकोे होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिनुभयो ।


वालिङ नगरपालिकालाई सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउन २६ बुँदे प्रतिबद्धता

वैशाख २२, वालिङ - स्याङ्जाको वालिङ नगरपालिकालाई सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउनका लागि २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । वालिङ नगर कार्यपालिकाको आयोजनामा स्थानीय सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापनसँगै २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको हो ।


शिक्षक अभावमा विद्यालय बन्द हुने अवस्थामा

दमौली, २२ वैशाख - तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।


राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने अनुमति

गलेश्वर, २० वैशाख – पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले गरेका विभिन्न नौ निर्णयमध्ये दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।


गाउँपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण

पोखरा, वैशाख १९ – तनहुँको ऋषिङगाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको छ । कृषिलाई गरी व्यावसायीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले १० कृषक समूहलाई ट्र्याक्टर वितरण गरेको हो ।


गाउँपालिकाको अनुदानमा पाउद्वार–किन्दु सडक निर्माण

म्याग्दी, १९ वैशाख – अन्नपूर्ण गाउँपालिकाको वडा नं. ५ स्थित पाउद्वारदेखि किन्दुसम्म सडक निर्माण गरिएको छ । उक्त गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्वारदेखि शुरु गरिएको सडक यसपालि झारवाङ हँुदै किन्दुसम्म पु¥याइएको हो ।


बजेट बनाउन पालिकाले थाले छलफल

९ बैशाख बागलुङ - जिल्लाका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेका छन् । असार १० गतेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी पहिलो चरणको छलफल थालिएको हो ।


प्रविधि र पूर्वाधारको प्रयोगले फेरियो गाउँको मुहार

१९ बैशाख म्याग्दी -करीब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर गुजुमुज्ज देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई–तीन दिन लगाएर पैदलयात्रा गर्नुपर्दथ्यो ।


पहिलो पटक बिजुली बल्यो

१९ बैशाख ,तनहुँ-हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो ।


नगर प्रमुखद्वारा तलब भत्ता विपन्न परिवारको स्वास्थ्य बीमामा खर्च

गोरखा,गोरखाको पालुङटार नगरपालिकाका प्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले तलब भत्ताबापतको रकमबाट विपन्न परिवारको स्वास्थ्य बीमा गराउन शुरु गर्नुभएको छ । नगर प्रमुख कँडेलले यसअघि गरेको घोषणाबमोजिम सेवासुविधाको रकमबाट असहाय तथा विपन्न परिवारका व्यक्तिको स्वास्थ्य बीमा गराउन शुरु गर्नुभएको हो ।


गण्डकी प्रदेशमा एक स्थानीय तह, एक उद्योग ग्राम

वैशाख १७, पोखरा -गण्डकी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले एक स्थानीय तह एक उद्योग ग्रामको योजनालाई प्राथमिकतामा राखेको बताएका छन् । प्रदेश मन्त्रालयले आयोजना गरेको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले प्रदेशका ८५ वटै स्थानीय तहमा उद्योग ग्राम सञ्चालन गरिने जानकारी दिए ।


नगरपालिकाले मुद्दा मिलाउन मेलमिलापकर्तालाई सक्रिय बनाउदै

वालिङ, १६ वैशाख – न्यायिक समितिमा दर्ता भएका मुद्दाको छिनोफानो गर्न वालिङ नगरपालिकाले मेलमिलापकर्तालाई सक्रिय बनाउन थालेका छन् । स्थानीयस्तरमा देखिएका विवादलाई छिटो छरितो समाधान गर्नका लागि मेलमिलापकर्तालाई सक्रिय बनाइएको वालिङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक कल्पना तिवारीले बताउनुभयो ।


सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि गाउँमा रौनक बढ्यो

गलेश्वर, मुलुक सङ्घीयतामा गएसँगै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँमा रौनक बढ्न थालेको छ । स्थानीय निकाय बलियो बन्दै जानु, बैंक तथा वित्तीय संस्थाले ग्रामीण बस्तीमा सेवा विस्तार गर्नु, सञ्चार, स्वास्थ्य, बजार र ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार भएपछि छोराछोरीलाई पढाउन, ब्यापार व्यवसाय गर्न वा सुविधाको खोजीमा शहर झरेका मानिस पनि गाउँ फर्कन थालेका छन् ।


गाउँपालिकाद्धारा विपन्न महिलालाई अनुदान

गोरखा, १६ वैशाख-शहीद लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ । गाउँपालिकाले नौवटै वडाका ६३ विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख सुदिप विकले जानकारी दिनुभयो ।


उत्पादनमुखी बजेटमा जोड

पोखरा, १५ वैशाख – प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिद्वारा आज यहाँ आयोजित पूर्व बजेट छलफलमा उत्पादनमुखी बजेट वर्तमानको आवश्यकता भएकोमा जोड दिइएको छ । बजेट उत्पादनमुखी हुन नसक्दा त्यसको प्रतिफल अपेक्षा अनुरुप हुन नसक्ने बताउँदै कार्यक्रमका वक्ताले ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य प्राप्त गर्न पनि उत्पादनलाई जोड दिनुपर्ने धारणा राख्नुभयो ।


सरकारी विद्यालयमा भर्ना गराउँदै जनप्रतिनिधि

पर्वत, १५ वैशाख – पर्वतमा निजी विद्यालय छाडेर सरकारी विद्यालयमा भर्ना गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक, अभिभावक र विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पनि निजीबाट बालबालिकालाई छुटाएर सरकारी विद्यालयमा भर्ना गराउन थालेका हुन् ।


बागलुङमा सडक स्तरोन्नति गर्ने कार्य शुरु

बलेवा, १५ वैशाख – बागलुङका विभिन्न गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनामा यो सडक स्तरोन्नति गर्न लागिएको हो ।


गण्डकी प्रदेशद्धारा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि एक करोड रकम विनियोजन

कावासोती, १५ वैशाख -गण्डकी प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि अध्यन शुरु गर्न लागिएको प्रादेशिक सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताउनु भएको छ । नवलपरासीस्थित पूर्व नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक भवन शिलान्यासका क्रममा यस प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि बजेटसमेत विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।


विद्यार्थी कम हुँदै गएपछि विद्यालय समायोजन

दमौली, १५ वैशाख - विद्यार्थी कम हुँदै गएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित तीन वटा सामुदायिक विद्यालयलाई समायोजन गरिएको छ । वडा नं ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नं ५ को गणेशमान स्मृति आधारभूत विद्यालय र वडा नं ८ को जनशक्ति आधारभूत विद्यालयलाई क्रमशः भैरव आधारभूत विद्यालयमा, दीपक माविमा र जय नेपाल आधारभूत विद्यालयमा समायोजन गरिएको उक्त नगरपालिकाका शिक्षा शाखाप्रमुख नगेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।


गाई व्यवस्थापनमा समस्या उत्पन्न

दमौली, १४ वैशाख - तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा निर्माण हुँदै गरेको गौसंरक्षण केन्द्रका गाई व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । दिनदिनै छाडा गाई थपिने क्रम बढेसँगै संरक्षण केन्द्रलाई नै गाई व्यवस्थापनमा समस्या उत्पन्न भएको हो ।


नगर सङ्घको पहिलो ‘लबिङ सेन्टर’ पोखरा महानगरपालिका

चिप्लेढुङ्गा, १३ वैशाख -पोखरा महानगरपालिका नगरपालिकाहरुको पहिलो ‘लबिङ सेन्टर’ भएको छ । प्रमुखहरु पोखराका मानबहादुर जिसी र धुलिखेलका अशोककुमार ब्यञ्जुबीच भिडियो कन्फ्रेन्स भई ‘कन्फ्रेन्स टेक्नोलोजी’ शुरुआत गरिएको हो ।


गण्डकी प्रदेशमा ४७ थान हतियार बुझाइए

पोखरा, १३ वैशाख -गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिले बुझाएका छन् । यस प्रदेशका ११ जिल्लामध्ये छ जिल्लाबाट सो सङ्ख्याका हतियार सङ्कलन भएको हो ।


गाउँपालिकाद्वारा तीन सय विपन्न परिवारको बीमा

दमौली, १३ वैशाख - तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३०० घरपरिवारको बीमा गराएको हो ।


गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा ‘एक घर एक धारा’ आयोजना सञ्चालन

बेनी, १२ वैशाख - म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाइएको हो ।


गाउँपालिकाद्धारा दुर्गम गाउँमा ‘एक घर एक धारा’

गलकोट, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ स्थित नर्जा गाउँमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको चरम सङ्कटमा रहेको विकट गाउँमा गाउँपालिकाले दुई वर्ष लगाएर एक घर एक धारा निर्माण गरिदिएको हो ।


गुफाभित्र गाउँकार्यपालिकाको बैठक

दमौली, ११ वैशाख -तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।


प्रवासीद्वारा विद्यालयलाई पाँच लाख सहयोग

बेनी, ११ वैशाख - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रहेको देउराली आधारभूत विद्यालयलाई प्रवासी एक परिवारले रु पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नका लागि राम्चे घर भई हाल बेलायतमा रहनुभएका स्व मोहनबहादुर पुर्जाका श्रीमती र भाइहरूले मङ्गलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजालाई रकम हस्तान्तरण गर्नुभयो ।


सामुदायिकमा पढे मासिक भत्ता

१० बैशाख लमजुङ - सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन लमजुङको एक विद्यालयले मासिक रूपमा प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ  । दोर्दी गाउँपालिका–१ भारतेस्थित महादेव आधारभूत विद्यालयले विद्यार्थीलाई मासिक पाँच सय भत्ता दिने निर्णय गरेको हो  ।


गण्डकी प्रदेशकाे संसदीय टोलीद्वारा गुठी समस्याको अध्ययन

म्याग्दी, १० वैशाख-गण्डकी प्रदेशको अर्थ विकास समितिको टोलीले म्याग्दीको पिप्ले, भगवती र दोवाको गुठी जग्गाको समस्याको बारेमा स्थलगत अध्ययन गरेको छ । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले सोमबार गुठीसम्बन्धी समस्या भएको दोवा, भगवती र पिप्लेका बासिन्दा र सरोकारवालासँग भगवतीमा अन्तरक्रिया गरी समस्याको बारेमा जानकारी लिएको हो ।


नगरप्रमुखद्धारा कुमालको अभिभावकत्व ग्रहण

दमौली, तनहुँको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अभिभावक विहीन एक बालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराउनुभएको छ । नगरप्रमुख न्यौपानेले व्यास नगरपालिका–७ कलेस्ती निवासी झरना कुमालको अभिभावक बन्दै सोही ठाउँको क्यामिन माध्यमिक विद्यालयमा भर्ना गराउनुभएको हो ।


प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा बजारीकरण गर्न कोसेली घर

पर्वत, ९ वैशाख -स्थानीय लघु तथा घरेलु उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको छ । जिल्लाको मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमी तथा कृषकद्वारा उत्पादित उपभोग्य वस्तुको एकीकृतरुपमा बजारीकरण गर्नका लागि कोसेली घरअर्थात् सौगातगृह सञ्चालनमा ल्याइएको हो ।


गण्डकी प्रदेशको हिउँदे अधिवेशन सकियो

९ बैशाख गण्डकी प्रदेश - गण्डकी प्रदेश सभाको चालू हिउँदे अधिवेशन आइतबारबाट अन्त्य भएको छ  । २३ पुसदेखि सुरु भएको अधिवेशन करिब साढे तीन महिना चलेको थियो  ।


वालिङ नपा र क्लियरिङ हाउसबीच सम्झौता

वालिङ, ७ वैशाख - सेवाग्राहीले नगरपालिकालाई वा नगरपालिकाले सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम अब चेकबाट नभई अनलाइनबाट भुक्तानी गर्ने कार्यका लागि वालिङ नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच शुक्रबार सम्झौता भएको छ । नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानबीच सम्झौता भएको हो ।


प्रभावकारी बनदै तनहुँमा होमस्टे

बैशाख, तनहुँमा होमस्टे (घरबास) सञ्चालन गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तेत्तीस होमस्टे सञ्चालनमा रहेको यस जिल्लामा अहिले थप छ नयाँ होमस्टे थपिने अवस्थामा छन् ।


नगरपालिकाले दियो अनुदानमा हाते ट्र्याक्टर

दमौली, २ वैशाख – तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीकी कल्पना थापाले हाते ट्र्याक्टरले खेतबारी जोत्न थालेको तीन वर्ष पुग्यो । पहिला खेताला खोजेर गोरु लगाएर बारी जोत्ने उहाँ अहिले आफैले सजिलै ट्र्याक्टर चलाएर खेतबारी जोत्न सक्नुहुन्छ ।


मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र

म्याग्दी,२ वैशाख–स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालित म्याग्दीको मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र बनेको छ । गत भदौमा शिलान्यास भएर चार महीनापछि पुस पहिलो हप्तादेखि निर्माण शुरु भएको बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महीनादेखि रोकिएको छ ।


सांसद द्धारा पारिश्रमिक सामाजिक काममा खर्च

गण्डकी प्रदेश - गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले आफ्नो पारिश्रमिक सामाजिक काममा खर्च गरेका छन् । एक वर्षको पारिश्रमिकबापत प्राप्त ७ लाख ९ हजार १ सय ३५ रुपैयाँमा ३ लाख ५४ हजार ५ सय २७ रुपैयाँ थप गरेर सामाजिक काममा खर्च गरेको थापाले जानकारी दिए ।


जोमसोम–लोमान्थाङ सडक पुनः सञ्चालनमा

ठिनी,२९ चैत – मुस्ताङको जोमसोम–लोमान्थाङ सडक करीब चार महीनापछि सञ्चालनमा आएको छ । जोमसोमदेखि कागबेनी छुसाङ हुँदै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका जोड्ने सडकमा गत पुसदेखि हिउँ जमेर यातायात सेवा अवरुद्ध भएको थियो ।


ठूलाकोटलाई धार्मिक पर्यटनको गन्तव्यमा विकास गरिने

कास्की,२९ चैत – धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको पोखरा महानगरपालिका २८ मा अवस्थित ठूलाकोटमा पर्यटन प्रवर्द्धनको अवधारणा अघि सारिएको छ । यहाँ रहेको कालभैरव र चण्डी देवीको मन्दिरमा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासले चैतेदशैँ तथा बडादशैँको अवसरमा टाढाटाढाबाट पनि दर्शनार्थीको घुइँचो लाग्न थालेपछि धार्मिक पर्यटनलाई अघि बढाउन सकिने सोचका साथ योजना अघि सारिएको बताइन्छ ।


अख्तियारको उच्च निगरानीमा स्थानीय तहका जनप्रतिनिधि

चैत २९, पर्वत -अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै बेला पनि कारवाही हुनसक्ने स्पष्ट गर्नुभयो ।


हावाहुरी प्रभावीतलाई गण्डकी प्रदेश सरकारको १ करोड सहयोग गर्ने निर्णय

पोखरा : बारा र पर्सा जिल्लामा हावाहुरी प्रभावीतलाई गण्डकी प्रदेश सरकारले १ करोड सहयोग गर्ने निर्णय गरेको छ । गण्डकी सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बारा पर्साका हावाहुरीपीडित जनताको आवास निर्माणको लागि एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।


नगरपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री

बागलुङ, २७ चैत – गलकोट नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री प्रदान गरेको छ । व्यावसायिक कृषि गर्ने किसानलाई प्लाष्टिक घर (टनेल), मौरीघार र बिउ राख्ने भकारी अनुदानमा वितरण गरेको हो ।


सिद्धार्थ राजमार्ग चौडा गर्दै वालिङ नगरपालिका

स्याङ्जा, २४ चैत – वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्गको आफ्नो सिमानाभित्र पर्ने सडक चौडा गरेको छ । जिल्लाकै मध्य भागमास्थित वालिङ नगरपालिकाले भिरको नगरपालिकाको सिमाना र गल्याङ नगरपालिकाको सिमानासम्म पर्ने सिद्धार्थ राजमार्गलाई चौडा गर्ने कार्यको शुरुवात गरेको हो ।


कालीगण्डकीमा पक्की पुल निर्माण शुरु

कावासोती,२४ चैत – नवलपुरको बौदीकाली गाउँपालिका ३ रकुवाको साँघुरीघाटदेखि तनहुँको घिरिङ सुन्धारा गाउँपालिका १ जगौली जोड्ने कालीगण्डकी नदीमा पक्की पुल निर्माण हुने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् । नदी वारपार गर्न पुरानो झोलुङ्गे पुलको भर पर्दै आएका यहाँका बासिन्दा पुल निर्माणपछि सहज हुने भएपछि खुशी भएका हुन् ।


अधुरा योजना पूर्णताको लागि बजेट ब्यवस्थापन गर्न माग

म्याग्दी : सङ्घीय सरकारलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अधुरा योजनालाई पूर्णता दिन बजेट व्यवस्थापन गर्न म्याग्दीका सरोकारवालाले सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट निर्माणका लागि शनिबार बेनीमा राष्ट्रियसभाका सदस्य तथा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माको उपस्थितिमा सुझाव सङ्कलन गरिएको थियो ।


महाशिला गाउँपालिकाका सबै वडामा तालाबन्दी

पर्वत: पर्वतको महाशिला गाउँपालिकामा रहेका ६ वटै वडा कार्यालयहरूमा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेसले गाउँपालिकाले गर्दै आएका कामहरूप्रति असन्तुष्टि जनाएर तालाबन्दी गरेको हो ।


जनताको आवश्यकतानुसार योजना : मुख्यमन्त्री गुरुङ

दमौली - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको आवश्यकताअनुसार योजना र कार्यक्रम बनाइने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–७ वसन्तपुर र वडा नं ८ स्थित पुर्कोट स्वास्थ्यचौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकार जनताको सबैभन्दा नजीकको सरकार भएकाले जनताको आवश्यकताअनुसार नै योजना र कार्यक्रम तय गरिने बताउनुभयो ।


जिल्ला प्रशासन कार्यालयद्वारा स्तनपान कक्ष सञ्चालन

पर्वत, १८ चैत – जिल्ला प्रशासन कार्यालयले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेका बेला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।


प्रवासीको सहयोगमा खेलमैदान निर्माण

म्याग्दी, १७ चैत – रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ । कतारमा रहेका काफलडाँडाका युवाको सहयोगमा जग्गा खरीद गरेर देवी देउराली युवा क्लबको खेलमैदान निर्माण भएको हो ।


बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प

गलेश्वर, १७ चैत – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका अन्तर्गत विभिन्न वडामा बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प शुरु भएको छ । गाउँपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखा सम्बन्धी क्याम्प सञ्चालन गरिएको हो ।


खानेपानीमा साढे पाँच करोड

बलेवा, १६ चैत - जिल्लाका दशवटै स्थानीय तहमा खानेपानी योजना सञ्चालनका लागि चालू आर्थिक वर्षमा झण्डै रु साढे पाँच करोड खर्च हुने भएको छ । यो रकम केन्द्र सरकार र स्थानीय तहले सञ्चालन गर्ने योजनाबाहेकको रकम हो ।


व्यावसायिक एवं गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी र अभिभावकको मन जित्दै

पोखरा, १६ चैत - देशका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दैै गइरहेका समयमा पोखरा महानगरपालिका–८ स्थित जनप्रिय माध्यमिक विद्यालयले भने व्यावसायिक एवं गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी तथा अभिभावकको मन जित्दै गएको छ । साधारण शिक्षाले मात्र समयको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने ठम्याइसँगै विद्यालयले विसं २०७३ बाट कक्षा ९ देखि १२ सम्मको प्राविधिक धार सिभिल इञ्जिनीयरिङको कक्षा सञ्चालनमा ल्याएको हो ।


प्रदेश सरकार र नगरपालिकाबीच ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का लागि भयो सम्झौता

वालिङ, १५ चैत – गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र वालिङ नगरपालिकाबीच बिहीबार ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालनका लागि सम्झौता भएको छ । वालिङमा रहेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ को रुपमा विकास गर्ने गरी मन्त्रालयका तर्फबाट सचिव दीर्घनारायण पौडेल र नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।


भूकम्पीय जोखिम न्यूनीकरण गर्न तालीम दिदैं नगरपालिका

गलकोट, जिल्लाको बागलुङ नगरपालिकाले भूकम्पीय जोखिम न्यूनीकरण गर्न घरधनी र डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालीम गराउन थालेको छ । भूकम्पबाट हुनसक्ने सम्भाव्य जोखिमबाट बच्न नगरपालिकाले नगरक्षेत्रभित्र भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सचेतनामूलक तालीमको समेत आयोजना गर्दै आएको हो ।


म्याग्दीका पाँच स्थानीय तहमा बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु

म्याग्दी १४ चैत - म्याग्दीका पाँच स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका कूल ३८ वडाबाट बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु गरिएको हो ।


योजना ढिलो हुन दिइन्न : मुख्यमन्त्री गुरुङ

बागलुङ -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकास निर्माणमा ढिलासुस्ती हुन नदिइने बताउनुभएको छ । यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले मुख्य योजनाको अनुगमन तथा निरीक्षणमा आफँै सहभागी हुने बताउनुभयो ।


सिङ्गो गाउँ बाख्रापालनमा एकजनाकै रु दश लाखभन्दा बढी आम्दानी

दमौली, १३ चैत - तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले ७० वटा बाख्रा पाल्नुभएको छ । उहाँले बाख्रापालनबाट वार्षिक रु दश लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।


कृषिमा लगानी बढाउँदै गाउँपालिका

बागलुङ, १२ चैत – कृषिमा आत्भनिर्भर बन्ने लक्ष्यसहित बडिगाड गाउँपालिकाले ‘अध्यक्ष विशेष कृषि तथा पशु विकास कार्यक्रम’ शुरु गरेको छ । कार्यक्रममार्फत् ठूला तथा व्यावसायिक कृषि तथा पशुपाल ‘फार्म’ सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको हो ।


कृषि महाशाखाले गर्यो कृषकलाई हातेट्र्याक्टर वितरण

कास्की, १३ चैत – पोखरा महानगरपालिका कृषि महाशाखाले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर वितरण गरेको छ । महाशाखाको चालू आर्थिक वर्षको कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गत विनियोजित रु २५ लाख बजेटबाट ६२ कृषि समूह तथा सहकारीलाई हातेट्र्याक्टर वितरण गर्ने योजनाअनुसार मङ्गलबार ३० समूह, सहकारी तथा कृषि फार्मलाई ट्र्याक्टरवितरण गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।


प्रदेशको स्वास्थ्य जीवन अभियानअन्तर्गत निःशुल्क बृहत् योग शिविर शुरु

म्याग्दी, १३ चैत -गण्डकी प्रदेशको स्वास्थ्य जीवन अभियानअन्तर्गत बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा निःशुल्क बृहत् योग शिविर शुरु भएको छ । सामाजिक विकास मन्त्रालय र नवीन आनन्द योग केन्द्रको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने शिविरमा योगाभ्यास, विशेषज्ञ आयुर्वेद स्वास्थ्य उपचार, मधुमेह, बाथ, मुटु, मिर्गौला र मोटोपनासम्बन्धी रक्त परीक्षण सेवा पनि दिइने भएको छ ।


‘काम सकिन भन्ने छुट छैन’ मुख्यमन्त्री गुरुङ

गलकोट, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्न सकिन भन्ने छुट कसैलाई नभएको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना गरेको कार्यालय प्रमुखबीचकोएकअन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेश सरकारले काम गर्ने वातावरण तयार गरेपनि बजेट खर्च सन्तोषजनक नभएको भन्दै कार्यालय प्रमुखलाई द्रुत गतिमा काम गर्न निर्देशन दिनुभयो ।


समृद्धिको योजनामा समावेश हुन मुख्यमन्त्री गुरुङको आह्वान

दमौली, ११ चैत :गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको योजनामा सबै नेपाली समावेश हुनुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हिजो तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा आयोजना गरेको थियो ।


गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव

पोखरा, १० चैत – उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आज एमआरआई सेवाको उद्घाटन गर्दै उहाँले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताउनुभयो ।


सामाजिक विकासमन्त्री पुनद्वारा अस्पतालमा छड्के

गलकोट, १० चैत -गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गर्नुभएको छ । ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल अस्पतालभित्र पस्दा अस्पताल प्रशासनले पत्तै पाएन ।


मगर भाषा संरक्षणमा गाउँपालिका, युवाको आर्कषण बढ्दैं

बाग्लुङ,पुस्तान्तरण नहुँदा लोप हुने खतरा बढेपछि मगर भाषा संरक्षण प्रयास अघि बढाइएको छ । बडिगाड गाउँपालिकाले युवापुस्तालाई लक्षित गरेर निःशुल्क मगर भाषा कक्षा सञ्चालन गरेको हो ।


वडा कार्यालय भवन निर्माण

म्याग्दी ७ चैत – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा वडा कार्यालय भवन निर्माण भएको छ । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले जिल्ला प्राविधिक कार्यालयमार्फत आर्थिक वर्ष २०७३/७४ मा निर्माण शुरु गरेको भवन मन्त्रालय खारेज भएपछि बजेट अभावमा अलपत्र थियो ।


देवघाटका सबै वडा पूर्ण सरसफाइयुक्त

दमौली, ५ चैत :हिन्दूहरुको आस्थाका केन्द्र तनहुँको देवघाट गाउँपालिकाका सबै वडा पूर्ण सरसफाइयुक्त घोषणा भएसँगै यहाँको सुन्दरता र पवित्रतालाई उजागर गरेको छ । यस गाउँपालिकालाई पूर्ण सरसफाइ घोषणा भएपछि देवघाटमा धार्मिक पर्यटकको पनि चहलपहल बढ्ने विश्वास गरिएको छ ।


स्थानीय तहमा अझै कानून बन्न सकेन

पर्वत, ४ चैत :स्थानीय तह कार्यान्वयनमा आएको दुई वर्ष वितिसक्दा पनि स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने कानून अझै बन्न सकेको छैन । नेपालको संविधान २०७२ को अनुसूची ८ ले स्थानीय तहलाई २२ वटा एकल अधिकार प्रदान गरिएको छ ।


‘कृषि र पर्यटनबाट समृद्धि सम्भव’ मन्त्री गुरुङ

दमौली, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कृषि र पर्यटनबाट आर्थिक समृद्धि सम्भव रहेको बताउनुभएको छ । मुख्यमन्त्री नमूना कृषि गाउँ घोषणाका लागि तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा ३ गते आयोजना गरिएको तयारी भेलामा उहाँले कृषि क्षेत्रको व्यावसायीकरणसँगै पर्यटन प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेको बताउनुभयो ।


गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयद्धारा प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड

गलेश्वर, ३ चैत -म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ ९एसइई०मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएकोे हो ।


वडा कार्यलयद्धारा १८० महिलालाई अण्डा वितरण

वालिङ, ३ चैत -वालिङ नगरपालिका–१ ले वडाभित्रका सुनौलो हजार दिनका १८० महिलालाई शनिबार अण्डा वितरण गरेको छ । वडा नं १ कार्यालयको आयोजना र दियालो गैरसरकारी संस्थाको सहकार्यमा वडाभित्र रहेका सुनौलो हजार दिनका महिलालाई एक÷एक क्यारेट अण्डा वितरण गर्नुका साथै क्षमता अभिवृद्धि र पोषणसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो ।


संसद थापाद्धारा दश लाखको अक्षयकोष

दमौली, १ चैत- नेपाल कम्युनिष्ट पार्टी नेकपा की नेतृ एवं प्रतिनिधिसभा सदस्य तुलसा थापाले आफ्नो माइतीगाउँको विद्यालयमा रु दश लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसँग विवाह गरेपछि दोस्रोपटक माइतीगाउँ तनहुँको देवघाट गाउँपालिका–२ बैदी आउनुभएकी उहाँले कालीगङ्गा माध्यमिक विद्यालयमा रु दश लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।


बाँदर समाउन महाशिला गाउँपालिकाको नयाँ प्रविधि

पर्वत - पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनाँैको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो ।


जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

गलेश्वर, ३० फागुन -जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफैँ अगुवा बनेर उदाहरणीय काम गरेका छन् । आफ्नो पेशा व्यावसाय र घरायसी कामलाई समेत त्यागेर अनरवत जनताको काममा लाग्ने र आफैँ ज्यामी मजदुर बनेर जनतासँगै काममा खटिने जनप्रतिनिधि पनि म्याग्दीमा छन् ।


गोरखाका तीन वटा स्थानीय तहद्धारा हिंसा न्यूनीकरण गर्न सात बुँदे संयुक्त घोषणापत्र जारी

गोरखा,गोरखाका तीन वटा स्थानीय तहहरुले सबै खालका हिंसा न्यूनीकरणका लागि संयुक्तरुपमा सात बुँदे घोषणापत्र जारी गरेका छन् । जिल्लाको पालुङटार नगरपालिका, बारपाक सुलीकोट गाउँपालिका र सिरानचोक गाउँपालिकाले एक कार्यक्रमका बीच हिंसा न्यूनीकरणका लागि प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेका हुन् ।


प्रदेश सरकारद्धारा एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण

पर्वत, २९ फागुन -एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो ।


‘गण्डकी प्रदेशमा विकासको जागरण’

पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा विकासको जागरण आएको बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मला कोटमा सञ्चालित घरबास कार्यक्रमको आज शुभारम्भ गर्दै उहाँले घरबासले गरीबी निवारण र स्वरोजगार बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने मुख्यमन्त्री गुरुङको घोषणा

कावासोती -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने बताउनुभएको छ । नवलपुरको कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालयको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नवलपुर गण्डकी प्रदेशको समृद्धिका लागि एउटा महत्वपूर्ण जिल्ला हो, यहाँ उद्योग, कलकारखानालाई प्राथमिकता दिएर योजना बनाउने काम शुरु गरिसकेका छौँ ।


‘सबैको सहकार्यले सुखी नेपाली, समृद्ध नेपाल’ अभियान सफल हुने : मुख्यमन्त्री गुरुङ

दमौली, २८ फागुन :गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनवटै तहका सरकारको सहकार्यले मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान सफल हुने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले सबैको लक्ष्य समृद्ध नेपाल निर्माण गर्नु रहेकाले त्यसतर्फ अगाडि बढ्न सबै तहका सरकारबीच हातेमालो हुनु आवश्यक रहेको बताउनुभयो ।


गण्डकी प्रदेश : ताल संरक्षणसम्बन्धी विधेयक पारित

पोखरा - गण्डकी प्रदेशसभाको आज बसेको बैठकले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ पारित गरियोस भन्दै गर्नुभएको विधायन समितिको प्रस्तावसहितको प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको हो ।


रवीन्द्रका गाउँवासी भन्छन् “शून्य भयो गाउँ ”

चिप्लेढुङ्गा - “बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँनै शून्य भएको छ ।


दुई वडाबीच भगिनी सम्बन्ध

दमौली, २७ फागुन -हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–४ र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बीच भगिनी सम्बन्ध कायम भएको छ । आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधि सञ्चालनका लागि दुई वडाबीच भगिनी सम्बन्ध कायम भएको हो ।


गाउँपालिकाद्धारा पहिलोपटक खानेपानी परीक्षण

पर्वत, २६ फागुन - जिल्लामै पहिलोपटक पर्वतको ग्रामीण क्षेत्रमा वितरण गरिएको पिउने पानीको गुणस्तर परीक्षण गरिएको छ । महाशीला गाउँपालिकाले विभिन्न वडा र बस्तीमा वितरण भइरहेको पानीको परीक्षण गरेको हो ।


‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन’

पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा पर्यटन समृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस्९नाट्टा० गण्डकी प्रदेशको २४ औं वार्षिक साधारणसभामा उहाँले पर्यटन व्यवसाय सम्भ्रान्त वर्गले गर्ने व्यवसायका रुपमा मात्र नभई आम मानिसले गर्ने व्यवसायका रुपमा विकास हुनुपर्ने बताउनुभयो ।


गरीबी रहिरहे प्रदेश सरकारको औचित्य समाप्त : मुख्यमन्त्री गुरुङ

कास्की -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरीबी र बेरोजगारीको समस्या रहिरहे सङ्घीयता र प्रदेश सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आन्तरिक पर्यटन वर्षको सन्दर्भमा आज होमस्टे व्यवस्थापनसम्बन्धी कार्यक्रममा उहाँले गरीबीको अन्त्य गरी जनताको जीवनस्तर सुधार गर्नु प्रदेश सरकारको मुख्य दायित्व भएको बताउनुभयो ।


गाउँविकास र समाज सेवामा बाबियाचौरका महिला

ध्रुवसागर शर्मा /गलेश्वरम्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौरका महिला समाज सेवा र गाउँ निर्माणमा जुटेका छन् । मालिका जागरण महिला समूह सहश्रधारा बाबियाचौरका महिला आफ्नो गाउँलाई आफैँ बनाउने अभियानमा जुटेका हुन् ।


खानेपानी योजनाका लागि गण्डकी प्रदेशद्धारा कुश्मा १२ मा दुई करोड बजेट विनियोजन

पर्वत, खानेपानीको अभावमा वर्षौंदेखि काकाकुलको नियति भोग्दै आएका कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका बासिन्दाका लागि खानेपानी योजना सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले रु दुई करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ । बजेट विनियोजन भएसँगै तत्काल खानेपानी आयोजनाको निर्माण कार्य शुरु हुनेछ ।


प्रदेश समृद्धिका लागि उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, २३ फागुन -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि उत्पादनसँग जोडिनु आवश्यक रहेको बताउनु भएको छ । मदन भण्डारी फाउण्डेशन जिल्ला कार्यसमिति कास्कीद्वारा आज यहाँ आयोजित ‘गण्डकी प्रदेशको समृद्धिका आधार’ विषयको प्राज्ञिक बहसमा उहाँले उत्पादन बिनाको विकास असम्भव रहेको बताउनुभयो ।


हिमपातले विकास निर्माणका काम प्रभावित

मुस्ताङ - हिमालपारिको जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण प्रभावित भएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् ।


उत्पादन वृद्धि गर्न जमीन चक्लाबन्दी कार्यक्रम

कास्की, २२ फागुन - गण्डकी प्रदेश सरकारले कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेती गर्ने कार्यक्रम अघि बढाएको छ । एक बाली मात्र खेती गरिने जमीनमा चक्लाबन्दीको माध्यमबाट आवश्यक सिँचाइ, मल तथा बीउको व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली खेती गरी उत्पादन वृद्धि गर्ने योजना सरकारको ल्याएको छ ।


विकास निर्माणका काम प्रभावित

ठिनी, २१ पल्गुण - प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रभावित भएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् ।


मुलुकलाई समृद्ध बनाउन युवावर्गको महत्वपूर्ण भूमिका– उपसभामुख शर्मा

पोखरा, २१ फागुन - गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समाजका विकृति विसङ्गतिको अन्त्य गर्दै मुलुकलाई समृद्ध बनाउन युवावर्गको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । शिवरात्रि पर्वको अवसरमा अरुणोदय युथ क्लब पोखरा–७ द्वारा सोमबार आयोजित छैटौँ महाशिवरात्रि घारीपाटन साँझको उद्घाटन कार्यक्रममा उहाँले शिवरात्रि कुलत, हिंसा र अहङ्काररहित पर्वको रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।


मनाङका सबै स्थानीय तह प्रविधिमैत्री

मनाङ - भौगोलिक विकटको मनाङ प्रविधिमैत्री बनेको छ । मनाङका सबै स्थानीय तह प्रविधिमैत्री बनेका हुन ।


काठेखोला गाउँपालिकामा ‘एक वडा एक पहिचान’ कार्यक्रम

गलकोट, १९ फागुन -बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी पाँच बर्षभित्र‘एक वडा एक पहिचान’ स्थापित गर्ने भएको छ । गाउँपालिकाका सबै वडामा छुट्टाछुट्टै पहिचान स्थापित गरेर नमूना गाउँपालिकाका रुपमा विकास गर्न ‘एक वडा एक पहिचान’ कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाको सहयोगमा दुर्गम गाउँको घरघरमा खानेपानी धारा

म्याग्दी,१९ फागुन :म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमापर्ने मालिका गाउँपालिका– ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुविधा पुगेको छ । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत बन्दरमूल खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेर स्थानीयवासीलाई निजी धारामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो ।


म्याग्दीलाई हिमाली जिल्लाको मान्यता दिने प्रस्ताव स्वीकृत

म्याग्दी -म्याग्दीलाई हिमाली जिल्लाको मान्यता दिने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५’ सङ्घीय संसद्को दुवै सदनबाट स्वीकृत भएको छ । जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै शनिबार राष्ट्रियसभाबाट प्रस्ताव स्वीकृत भएको हो ।


जलविद्युत आयोजनामा लगानी गर्न स्थानीयवासी उत्साहीत

गलेश्वर - पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीलाई लगानीमा पहिलो प्राथमिकता दिइने भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा स्थानीयवासीलाई नै लगानीको अवसर दिइने हाइड्रोका अध्यक्ष विनोद कुँवरले बताउनुभयो ।


महागनरपालिकामा तल्लोस्तरबाटै विवाद समाधान गर्न मेलमिलाप केन्द्र

पोखरा, पोखरा महागनरपालिकाले न्यायिक समितिद्वारा वडा तहमा विवाद समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापनामा तीव्रता दिँदै आएको छ । नेपालको संविधानले स्थानीय तहका विवाद समाधान गर्न न्यायिक समितिको परिकल्पना गरेअनुसार पोखराका विभिन्न दश वडामा मेलमिलाप केन्द्र स्थापना गरी सञ्चालनमा आएका छन् ।


सांसद श्रेष्ठको तलब खानेपानी आयोजनालाई

तनहुँ, निर्वाचन क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रु ५० हजार खानेपानी आयोजनालाई हस्तान्तरण गर्नु भएको छ । व्यास नगरपालिका–९ छापस्थित झारलेङ्दी खानेपानी आयोजनालाई मोटर खरीद गर्न सांसद श्रेष्ठले रकम उपलब्ध गराउन् भएको हो ।


पर्वतको महाशीलमा पन्ध्र श्ययाको अस्पताल निर्माण हुँदै

पर्वत, १५ फागुन -यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो ।


गण्डकी प्रदेशका सबै वडामा बर्थिङ सेन्टर स्थापना हुने

पोखरा १४ फागुन -गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई प्राथमिकता दिएको छ । यस क्रममा सामाजिक विकास मन्त्रालयले कार्यविधि स्वीकृत गरी त्यसका लागि आर्थिक वर्ष २०७५÷०७६ रु २० लाख विनियोजनसमेत गरेको छ ।


महिलालाई रोग नलुकाउन आग्रह

चिप्लेढुङ्गा, १३ फागुन - पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई रोग नलुकाई स्वस्थ्य जीवनयापनमा सजग हुन आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका शहरी स्वाथ्य केन्द्रद्वारा आयोजित महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सरसम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम गुरुङले महिलाले आफ्नो रोग लुकाउने र खुलेर आफ्नो समस्या नराख्दा स्वास्थ्य जोखिममा हुने गरेको र ज्यान गुमाउनुपरेको बताउँदै नेपालमा दुई लाख महिलाको मृत्यु पाठेघरको अर्बुदरोगबाट हुने गरेको तथा यसमा विश्वमा नेपाल दोस्रो स्थानमा रहेकाले यसबाट बच्न खानपान र स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो ।


‘गण्डकी प्रदेश बालमैत्री हुन्छ’

चिप्लेढुङ्गा, १३ फागुन - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश बालमैत्री प्रदेश हुने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय दुईदिने बालभेला एवं बालपरिषद् गठन कार्यक्रममा मुख्यमन्त्रीले अब प्रदेशका हरेक संरचना बालमैत्री हुने बताउनुभएको हो ।


निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित

गलेश्वर, १२ फागुन - म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ र बेनपा–२ को सहआयोजनामा सञ्चालन गरिएको एकदिने शिविरमा पोखराका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गर्नुभएको थियो ।


गण्डकी प्रदेशमा मुख्ममन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ छनोट

दमौली, ११ फागुन -गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि तनहुँका चार गाउँ छनोट गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम तनहुँको भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार गाउँलाई नमूना कृषिगाउँका रुपमा छनोट गरिएको गण्डकी प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।


‘तहगत समन्वय नहुनु सङ्घीयताको मुख्य चुनौती’ राष्ट्रियसभा अध्यक्ष तिमिल्सिन

चिप्लेढुङ्गा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राज्य संरचनाका तीन तहका अधिकारका साझा सूची कार्यान्वयन गर्न सहज वातावरण निर्माण गर्नुपर्ने औंँल्याउनुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा तिमिल्सिनाले सङ्घीय शासन व्यवस्थामा सरकारको तहगत संरचनामा उचित समन्वय हुन सके मात्र संविधानप्रदत्त सङ्घीयता सार्थक हुने बताउनुभयो ।


गण्डकी प्रदेश र कृषि विकास बैंकको सम्झौतामा गरीयो विनाधितो सहूलितयपूर्ण कर्जा

कास्की, १० फागुन -कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ ।


‘पर्यटन प्रवद्र्धनको मुख्य आधार खेलकूद’ पर्यटनमन्त्री अधिकारी

पोखरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन प्रवद्र्धनको मुख्य आधार खेलकूद भएको बताउनुभएको छ । सहारा क्लबद्वारा पोखरा रङ्गशालामा आयोजित १७औँ संस्करणको आहा रारा गोल्ड कपको आज उद्घाटन गर्दै उहाँले पोखरा पर्यटनमात्र नभई खेलकूदको समेत राजधानी भएको उल्लेख गर्नुभयो ।


सर्जक र सिर्जनाको खोजीका लागि गाउँपालिकाले गरे अक्षरयात्रा अभियान शुरु

कावासोती, ९ फागुन -नवलपरासी पूर्व नवलपुरको पहाडी गाउँपालिका बौदिकाली गाउँपालिकाले साहित्यिक सर्जक र सिर्जनाको खोजीका लागि ‘अक्षर यात्रा’ अभियान शुरु गरेको छ । पहाडी विकट क्षेत्रमा साहित्यिक सर्जकको खोजीका लागि अभियान शुरु गरिएको बौदिकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताउनुभयो ।


विकास समावेशी हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको विकास समावेशी हुनुपर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिद्वारा कास्कीको माछापुच्छ«े गाउँपालिकामा आयोजित राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै उहाँले विकास गर्दा आदिवासी जनजाति, महिला एवम् पिछडिएको समुदायलाई समेटेर गरिनुपर्ने बताउनुभयो ।


पाँच वर्षमा देखिने गरी विकास

पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ वर्षभित्रमा देखिने गरी विकास गर्ने लक्ष्यका साथ सरकार क्रियाशील भएको बताउनुभएको छ । ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पोखरा–२२ पुम्दीभुम्दीस्थित फुस्रेखोलामाथि निर्माणाधीन पुलको आज शिलान्यास गर्दै उहाँले परिवर्तित संरचनानुसार सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट हुनुपर्ने बताउनुभयो ।


कावासोती नगरपालिकाले २७ विपन्न परिवारलाई बनाइदिने भयो घर

कावासोती, ७ फागुन -नवलपरासी पूर्वको कावासोती नगरपालिकाले नगरपालिका भित्रका विपन्न २७ परिवारलाई घर निर्माण गरिदिने भएको छ । विपन्न आवास कार्यक्रममार्फत नगरपालिका भित्रका २७ परिवारका लागि घर निर्माण गर्न लागेको हो ।


गाउँपालिकाद्वारा छात्रालाई सेनेटरी प्याड

तनहुँ, ७ फागुन -रजस्वला भएको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । रजस्वला हुँदा विद्यालयमा गयल हुने प्रवृत्ति बढेपछि गाउँपालिकाले म्याग्देका नौ वटा विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो ।


प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँ : मुख्यमन्त्री गुरुङ

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै यसलाई जीवनपद्धति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।


व्यास नगरले जित्यो मेयर कप ब्याडमिन्टनको उपाधि

दमौली - व्यास नगर ब्याडमिन्टन क्लबले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । आज भएको सिनियरतर्फको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकाको टिमलाई पराजित गर्दै आयोजकले प्रतियोगिताको उपाधि जितेको हो ।


गण्डकी नीति तथा योजना आयोगका सदस्य ढुङ्गानाको शपथ

कास्की - गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा नियुक्त डा भीमा ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले उहाँलाई शपथ गराउनुभएको हो ।


गाउँपालिकाको अनुदानमा खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित

म्याग्दी, ६ फागुन - म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङ र २ तल्लो डडुवामा निर्माण भएको खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएका दुई वटै आयोजनाबाट १३२ घरधुरी लाभान्वित भएका हुन् ।


गोरखा नगरपालिकाले बाँढ्यो कृषकलाई हाते ट्याक्टर

गोरखा - गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका १३ वटा वडाका २८ जना कृषकलाई ट्याक्टर वितरण गरेको हो ।


सरकारको योजना एकै दिशातर्फ केन्द्रित: मुख्यमन्त्री गुरुङ

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारको लक्ष्य र योजना एकै दिशातर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको जिल्लास्तरीय समन्वय तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारका प्राथमिकता र स्रोतसाधन भूगोलअनुसार विविध भए पनि समृद्धिका लागि लक्ष्य र योजना भने एउटै हुनुपर्छ भन्नुभयो ।


पोखरा पर्यटकीय राजधानी घोषणा गर्न माग

जमुना शर्मा /चिप्लेढुङ्गागण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकार गठनको एक वर्ष नीति, ऐन, कार्यविधि निर्माण, सङ्गठन संरचना तथा कर्मचारी व्यवस्थापनलगायत कार्यलाई आफ्नो प्रगतिका रुपमा लिएको छ । नौलो अभ्यासका रुपमा रहेको सङ्घीयतालाई कार्यान्वयन गर्न नीति, ऐन र कार्यविधि निर्माण नै महत्वपूर्ण भएकाले यसमा नै बढी केन्द्रित हुनुपरेको मन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।


गण्डकी प्रदेश सरकारको वर्षदिन – कानून निर्माणमा उपलव्धि

कास्की, ५ फागुन – गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा कार्यप्रगति समेटिएको पुस्तक ‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ मा पहिलो कार्यप्रगतिको रुपमा कानून तथा कार्यविधि निर्माणलाई उल्लेख गरेको छ । आवश्यक ऐन, कानून तथा कार्यविधि निर्माण प्राथमिकतामा राखेको सरकारले चालू आर्थिक वर्षलाई नीति तथा संरचना निर्माण वर्षको रुपमा वार्षिक नीति तथा कार्यक्रममा घोषणा गरेको थियो ।


गाउँपालिका अध्यक्ष भण्डारीद्धारा दृष्टिविहीन स्रोत कक्षालाई सहयोग

गलेश्वर, ३ फागुन -उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका विद्यार्थीलाई रु २१ हजार बराबरका सामग्री सहयोग गर्नुभएको छ । अध्यक्ष भण्डारीले कापी, कलम, मादल, सारङ्गी, पेनड्राइभ, स्पिकर, कम्प्युटरको किबोर्डलगायतका शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो ।


वडा अध्यक्ष पाण्डेद्धारा तीस लाख सहयोग

कावासोती, ३ फागुन - विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले नवलपरासीको कावासोतीस्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन गरिएको महायज्ञमा कावासोती नगरपालिका–६ का वडाध्यक्ष हेमप्रसाद पाण्डेले ३० लाख ५१ हजार १५१ सहयोग प्रदान गर्नुभएको छ । विद्यालयको शैक्षिक गुणस्तर विकास र प्राविधिक शिक्षा प्रदान गर्ने योजनालाई सार्थकता दिनका लागि आफूले सहयोग प्रदान गरको वडाध्यक्ष पाण्डेको भनाइ छ ।


गण्डकी प्रदेशले ‘वार रुम’ बनाउने

पोखरा -गण्डकी प्रदेश सरकारले सरकार गठनको एक वर्ष पूरा भएका अवसरमा ‘वार रुम’ खडा गर्ने भएको छ । मुख्यमन्त्रीले शपथ लिएको यही फागुन ४ गते एक वर्ष पुग्न लागेका अवसरमा वार रुम स्थापना गरी प्रदेशका ११ जिल्लामा भइरहेको विकास निर्माणका स्थिति, भूकम्प र बाढीपहिरो पीडितको अवस्थालगायत विकास निर्माण र शान्ति सुरक्षाको अवस्था अनुगमन गरिने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिनुभयो ।


जनताका आधारभूत आवश्यकता पूरा गरिन्छ : मुख्यमन्त्री गुरुङ

दमौली -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वाधीन अर्थतन्त्रको निर्माण गरी जनताको आधारभूत आवश्यकताहरु पूरा गरिने बताउनुभएको छ । चौबिसौँ जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० तनहुँले आज दमौलीमा आयोजना गरेको ‘जनआन्दोलन, जनयुद्ध र वर्तमान परिस्थिति’ विषयको अन्तरक्रियामा मुख्यमन्त्री गुरुङले जनताको आधारभूत आवश्यकतासँगै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार लाग्नुपर्ने बताउनुभयो ।


जनप्रतिनिधिको पारिश्रमिक शिक्षा क्षेत्रमा

गलकोट, १ फागुन -जननिर्वा्चित प्रतिनिधिले पनि पारिश्रमिक पाउने व्यवस्थाको आलोचना भइरहेकै बेला यहाँका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिक शिक्षा क्षेत्रमा खर्चन थाल्नुभएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका वडाध्यक्ष अर्जुनप्रसाद खरेलले आफ्नो पारिश्रमिकवापतको रकम वडाको शिक्षा क्षेत्रको विकासका लागि खर्चने भन्दै विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।


नगरपालिकाले दियो सुत्केरी आमालाई भत्ता

भरतपुर, १ फागुन -नवलपुरको गैँडाकोट नगरपालिकाले छ महीनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजारका दरले भत्ता प्रदान गरेको हो ।


घिरिङ गाउँपालिकाका वडाध्यक्ष कुमाल थुनामा

दमौली, २९ माघ -बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।


प्रदेशसभा सदस्य गुरुङद्वारा अक्षयकोष स्थापना

कास्की, २८ माघ - गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले गरीब तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि पोखरा महानगरपालिका–९ स्थित पोखरा बहुमुखी क्याम्पसमा लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँ सोही क्याम्पसको स्तातक तहको विद्यार्थीसमेत हुनुहुन्छ ।


स्थानीय तहको पाठ्यक्रम निर्माणमा नगरपालिका

गलेश्वर, २८ माघ - म्याग्दीको बेनी नगरपालिकाले आगामी शैक्षिक वर्ष २०७६ देखि बेनी नगरपालिका क्षेत्रका विद्यालयमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने भएको छ । आगामी शैक्षिक वर्षदेखि नै स्थानीय तहका विषयवस्तु राखिएको पाठ्यक्रम निर्माणका लागि नगरकार्यपालिकाले पाठ्यक्रम निर्माण गर्न शुरु गरेको हो ।


पर्वतका छ स्थानीय तह दमकल विहीन

पर्वत, २७ माघ -गर्मी मौसममा हावाहुरी, आगलागी र डढेलोका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि यहाँ दमकलको अभाव रहेको छ । जिल्लाका ६ स्थानीय तह दमकलविहीन छन् ।


गाउँपालिकाको सहयोगमा एचआइभी एड्सको परीक्षण

गलकोट, २७ माघ -धौलागिरि अञ्चल अस्पताल र बडिगाड गाउँपालिका बागलुङको आयोजनामा शनिबार एकदिने एचआइभी एड्स परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको ग्वालिचौरमा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क शिविरमा ४०० जनाले एचआइभी एड्स परीक्षण गराएको अञ्चल अस्पतालले जनाएको छ ।


नेपालको हिमाली क्षेत्र जैविक विविधाको खानी

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको हिमाली क्षेत्र जैविक विविधाको खानी भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद् तथा अन्तर्गतका विभिन्न सदस्य संस्थाद्वारा आयोजित ‘ताप्लेजुङ्ग–दार्चुला ग्रेट हिमालयन केबुलकार’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा उहाँले प्राकृतिक स्रोतसाधनको संरक्षणसँगै भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


आवधिक योजना बनाएर काम गर्नुपर्दछ : मुख्यमन्त्री गुरुङ

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई आवधिक योजना निर्माण गरेर अगाडि बढ्न सुझाव दिनुभएको छ । राष्ट्रिय योजना आयोगद्वारा नेपालको दीर्घकालीन सोचसहितको पञ्चवर्षीय पन्ध्रौँ योजनाको आधारपत्र ९प्रारम्भिक मस्यौदा०माथि सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजित गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उहाँले हचुवाको भरमा डोजर लगाउने कार्य नगरी योजना बनाएर विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।


नगरपालिकाको आयोजनामा कैदीबन्दीलाई तालीम

दमौली, २५ माघ - तनहुँ जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले सिलाइकटाइ तालीम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति, व्यास नगरपालिका र जिल्ला कारागारको संयुक्त आयोजनामा बिहीबाररदेखि कारागारभित्रै तीनमहिने सो तालीम शुरु गरिएको हो ।


नमूना कृषि गाउँका लागि सम्भाव्यता अध्ययन

दमौली, २४ माघ - गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’का लागि तनहुँका चार गाउँको सम्भाव्यता अध्ययन गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम जिल्लाको भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार वटा गाउँलाई नमूना कृषि गाउँका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिएको हो ।


सात पालिका भाडाकै घरमा

बलेवा, २४ माघ - बागलुङ जिल्लामा रहेका १० स्थानीय तहमध्ये सातले भाडाका घरमा सञ्चालित छन् । तीमध्ये बागलुङ नगरपालिका, ताराखोला र तमानखोला गाउँपालिकाले मात्रै आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्दै आएका छन् ।


वडा कार्यलयको आयोजनमा विपन्नका घरको छानो छाइने

कास्की, २४ माघ :माछापुच्छ«े गाउँपालिका–८ भित्र जीर्ण भएका गरीब तथा विपन्न परिवारको घर जस्तापाताले छाउन अभियान शुरु गरिएको छ । वडा कार्यालयले विपन्न वर्ग आवास कार्यक्रम सञ्चालन गरी बस्न नमिल्ने गरी जीर्ण भएकाको घर नयाँ बनाइदिने र छानो फेरेर बस्न मिल्नेको हकमा जस्तापाताको छानो हाल्ने कार्यक्रम शुरु गरेको हो ।


तनहुँ जिल्लाको पूँजीगत खर्च १५ प्रतिशत

दमौली, २३ माघ - तनहुँ जिल्लाका लागि आर्थिक वर्ष २०७५÷७६ मा पूँजीगततर्फ विनियोजित रकममध्ये छ महिनामा १५ । ४६ प्रतिशत मात्रै खर्च भएको छ ।


स्थानीय सरकारको साझेदारीमा बागलुङमा कृषि विज्ञान क्याम्पस

गलकोट, २३ माघ :स्थानीय सरकारको साझेदारीमा बागलुङमा कृषि विज्ञान क्याम्पस सञ्चालन हुने भएको छ । बागलुङ नगरपालिकाको साझेदारीमा पोखरा विश्व विद्यालयको सम्बन्धनमा क्याम्पस सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।


वडा कार्यालय बनाउन जग्गा

गलकोट, २२ माघ -बागलुङको गलकोट नगरपालिका–४ नं वडा कार्यालय भवन बनाउन स्थानीय ज्ञानकुमारी न्यौपानेले १२ आना जग्गा प्रदान गर्नुभएको छ । रु पाँच लाख मूल्यको जग्गा जनताको सेवा प्रदान गर्न सहज होस् भभनेर वडा कार्यालयका नाममा नामसारी गरिदिएको न्यौपानेले बताउनुभयो ।


नगरपालिकाको सहयोगमा खानेपानी योजना सम्पन्न

दमौली, २१ माघ :तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा ३७ लाख ७७ हजारको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । स्थानीयवासीलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ २०७३ असारदेखि सो योजना निर्माण थालिएको हो ।


आयोजना समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध

कास्की -ण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेतीयोग्य भूमिमा सिँचाइ सुविधाको राम्रो प्रबन्ध हुनुपर्ने बताउनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलसाधन योजना तयारी सुविधा आयोजनाले आज यहाँ आयोजना गरेको सिँचाइ गुरुयोजना ९मस्यौदा०सम्बन्धी प्रादेशिक परामर्श गोष्ठीमा मन्त्री गुरुङले कालीगण्डकी नदीलाई डाइभर्सन गरी प्रदेश नम्बर ५ को तिनाउ नदीमा लैजाने परियोजनाको प्रदेश सरकारको सहमति बिना अगाडि बढाउन नहुने भनाइ राख्नुभयो ।


गाउँपालिका र वडा कार्यालयको समन्वयमा घुम्ती शिविरबाट चार सय जना लाभान्वित

म्याग्दी, २० माघ : म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरबाट करीब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ लाई नागरिकता र ज्येष्ठ नागरिक परिचयपत्र वितरण, तस्वीरसहितको मतदाता नामावली दर्तालगायतका सेवा प्रवाह गरेको छ ।


नेविसंघले जलायो पोखरा महानगरपालिकाको गाडी

कास्की– सरकारविरुद्ध आन्दोलनरत नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिक पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको छ । उक्त गाडी पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन उहाँको डेरा मासबार गएको थियो ।


गण्डकी प्रदेशको आयोजनामा एभोकाडोसम्बन्धी व्यावसायिक तालीम

चिप्लेढुङ्गा, १८ माघ - देशभित्रै स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यले ‘एभोकाडोको व्यावसायिक खेती तथा नर्सरी व्यवस्थापन’ विषयक तालीम शुरु भयो । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो तालीममा प्रदेशका आठ जिल्लाका ३५ जना सहभागी रहेको छ ।


गाउँपालिकाको समन्वयमा कृत्रिम ताल निर्माण हुने

दमौली, १८ माघ - तनहुँ घिरिङमा तीन करोडको लागतमा कृत्रिम तालको निर्माण हुने भएको छ । पचास रोपनी क्षेत्रफलमा निर्माण हुने सो तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ ।


मिर्गाैला उपचारमा गाउँपालिकाको सहयोग

गलेश्वर, १७ माघ :म्याग्दीको मालिका गाउँपालिकाले मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाभित्रका मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग पु¥याउने उद्देश्यले रु २० हजार सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष टङ्कप्रसाद पुनमगरले जानकारी दिनुभयो ।


गण्डकी प्रदेशका मन्त्रीलाई औपचारिक कार्यक्रममा लगाइयो रोक : दिए मुख्यमन्त्रीले कडा निर्देशन

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृश्वीसुब्बा गूरुङले मन्त्रीहरुलाई औपचारिक उद्घाटन सभा समारोहमा गएर समय बर्बाद नगर्न निर्देशन दिनुभएको छ । मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्र नै लेखेर कडा निर्देशन दिएको हो ।


मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना

चिप्लेढुङ्गा, १६ माघ :गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद दिवसको अवसरमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमार्फत देश र जनताका लागि आफ्नो अमूल्य जीवन बलिदानी गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।


सांसद श्रेष्ठको तलब विभिन्न सङ्घसंस्थालाई हस्तान्तरण

दमौली, १५ माघ :प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रकम जिल्लाका दुई सङ्घ संस्थालाई हस्तान्तरण गर्नुभएको छ । तनहँु क्षेत्र नम्बर १ बाट सांसदमा निर्वा्चित भएपछि आफूले प्राप्त गर्ने तलब जिल्लाका विभिन्न सङ्घसंस्थालाई उपलब्ध गराउने प्रतिबद्धताबमोजिम श्रेष्ठले दुई महीनाको तलबवापतको रु ५०÷५० हजार भानु नगरपालिका–१३ ठूल्ढुङ्गास्थित सिद्धबाबा युवा क्लब र तमु ह्योला छोंज धी गुरुङ राष्ट्रिय परिषद् तनहँुलाई प्रदान गर्नुभएको हो ।


गलकोट नगरपालिकाकाका योजनाले गति लिँदै

बागलुङ, १५ माघ :गलकोट नगरपालिकाले नगर सभाहल निर्माण थालेको छ । वडा नं २ नरेठाँटीमा बन्ने सो सभाकक्ष आगामी वैशाखभित्र सक्ने लक्ष्य छ ।


दीपक मनाङेलाई खुवाइयो सपथ

कास्की - गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङलाई सपथ ग्रहण गराएको छ । दीपक मनाङेका उपनाम बाट चिनिएका राजिवलाई शपथ खुवाइएको हो ।


दीपक मनाङेले लिए प्रदेश सांसदको सपथ

काठमाडौं- दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराए ।


गाउँपालिकाद्धारा गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न घरबास कार्यक्रम

बागलुङ, १४ माघ :काठेखोला गाउँपालिकाका आठ स्थानमा सामुदायिक घरबास (होमस्टे) कार्यक्रम शुरु भएको छ । गाउँमा पर्यटक भित्र्याउने लक्ष्यसहित घरबास चलाउन गाउँले कस्सिएका हुन् ।


केन्द्र र प्रदेश सरकारको लगानीमा जडीबुटी खेती विस्तार गरिँदै

पर्वत, १३ माघ - वन क्षेत्रको विकास, संरक्षण र पर्यापर्यटनको क्षेत्रमा यस वर्ष प्रदेश सरकारबाट दुई करोड १० लाख र सङ्घीय सरकारबाट एक करोड ५५ लाख विनियोजन भएको छ । कूल तीन करोड ६५ लाख विनियोजन भएको रकमले वन, पर्यापर्यटन र जडीबुटीको क्षेत्रमा कार्यक्रम सञ्चालन हुने पनि डिभिजनल अधिकृत कँडेलले जानकारी दिनुभयो ।


गाउँपालिकाद्धारा सडक स्तरोन्नतिको काम शुरु

म्याग्दी, १३ माघ :म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नति शुरु भएको छ । मङ्गला गाउँपालिकाले सिमदेखि कोत्रवाङ, खुम्ल्याह, पैयुँपाटा, कुहूँ, पूर्णगाउँ हुँदै समुन्द्रि सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित टोड्के जोड्ने सडक स्तरोन्नतिको काम शुरु गरेको हो ।


मनकारी नगर प्रमुुख जसले गरे आफ्नै तलबबाट अक्षयकोष स्थापना

पर्वत - आफू जनप्रतिनिधि भएबापत राज्यबाट पाउने सेवा सुविधा नगरवासीकै प्रयोजनका लागि खर्च गर्ने प्रतिबद्धता जनाउनुभएका कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले फेरि अर्को सराहनीय काम गर्नुभएको छ । उहाँले जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा रहेको शुभकल्याण आधारभूत विद्यालयको शैक्षिक विकासका लागि आफ्नो दुई महीना बराबरको तलब रु ७० हजारबाट अक्षयकोष स्थापना गर्नुभएको हो ।


व्यास नगरपालिकामा महर्षि वेदव्यासबारे पढाइ शुरु

दमौली, १२ माघ - चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले तनहुँको व्यास नगरपालिकाभित्र ‘महर्षि वेदव्यास’ सम्बन्धी पढाइ शुरु भएको छ । व्यास नगरपालिकाभित्रका सामुदायिक, संस्थागत विद्यालय, कलेज तथा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई महर्षि वेदव्यास र पराशरको बारेमा जानकारी दिने उद्देश्यले उक्त पुस्तकको पढाइ शुरु गरिएको व्यास नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख अम्बिका आचार्यले जानकारी दिनुभयो ।


'प्रदेशमा खेलकूदको विकास हाम्रो लक्ष्य'

पोखरा - हिमालयन कम्प्युटर गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता पोखरामा आजदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाका करीब ७० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन् ।


प्राकृतिक स्रोतको उत्खनन गर्दै गाउँपालिका

दमौली, ११ माघ -तनहुँको म्याग्दे गाउँपालिका–५ ले कच्ची बाटो खन्ने नाममा प्राकृतिक स्रोतको अवैध उत्खनन गरेको छ । सोही वडाको धुरपुरेटार भन्ने स्थानमा कच्ची सडक खन्ने भन्दै वडा कार्यालयले अवैधरूपमा प्राकृतिक स्रोतको उत्खनन गरी सङ्कलन गरेको हो ।


पर्यटन विकासका लागि साझा कार्यसूची बनाउँदै १९ पालिका

बलेवा -पर्यटन क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि १९ पालिकाको बीचमा सहकार्य हुने भएको छ । पूर्वमा पोखरा, पश्चिममा ढोरपाटन, दक्षिणमा लुम्बिनी र उत्तरमा मुक्तिनाथलाई आधार मानेर पर्यटकीय क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि १९ पालिकाको बीचमा सहकार्य हुने भएको छ ।


गाउँपालिकाले ल्यायो विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम

कास्की, १० माघ : माछापुच्छ«े गाउँपालिकाले आर्थिक रुपमा विपन्न र गरीब नागरिकको स्वास्थ्य सेवासम्म पहुँच पु¥याउने उद्देश्यले ‘स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गरेको छ । पैसाको अभावमा स्वास्थ्य सेवा पाउनबाट नागरिक वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकम भुक्तानीमा अनुदान दिने कार्यक्रम शुरुआत गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताउनुभयो ।


जथाभावी फोहर फाल्नेप्रति व्यास नगरपालिका कठोर फोहर फाल्नेलाइ पाँच हजारसम्म जरिवाना

मौली, १० माघ -तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रभित्र जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने भएको छ । स्वच्छ र हराभरा नगरपालिका बनाउने उद्देश्यसहित नगरपालिकाले जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने जनाएको हो ।


गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक : पोखरा उपत्यकाभित्र चक्रपथ निर्माण एवम् मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने निर्णय

पोखरा- गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णयका साथै पोखरा उपत्यकाभित्र चक्रपथ निर्माण एवम् मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।


गैँडाकोट नगरपालिकामा ३८ उजुरी

रत्ननगर, १० माघ - पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो छ महीनामा ३८ उजुरीहरु परेका छन् । तीमध्ये अधिकांश उजुरी मेलमिलाम गराएर टुङ्ग्याइएको न्यायिक समिति संयोजक विष्णुकुमारी कँडेलले बताउनुभयो ।


उपप्रमुख गुरुङद्वारा विद्यालयमा अक्षय कोष स्थापना

कास्की, ९ माघ -पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा–८ स्थित जनप्रिय माध्यमिक विद्यालयमा रु एक लाखको अक्षय कोष स्थापना गर्नुभएको छ । विद्यालयको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना गर्नुहुँदै उहाँले सोबाट विद्यालयमा अध्ययनरत एकल महिलाका छोराछोरीलाई वर्षेनी छात्रवृत्ति प्रदान गर्ने बताउनुभयो ।


आलेख : किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्दै बाग्लुङ नपा

बाग्लुङ, ९ माघ - बाँझो र कम खेतीयोग्य जमीनको उपयोग गर्दै स्थानीय कृषकलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्न बाग्लुङ नगरपालिका कस्सिएको छ । नगरपालिकाले ‘एक वडा तीन उत्पादन’ को लक्ष्यसहित व्यावसायिक चिया, सुन्तला र कागती खेतीको थालनी गराएको हो ।


नगरपालिकाले दियो तिम्ल्याहा बच्चा जन्माउनेलाई ३० हजार

गलेश्वर, ९ माघ -बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही ३० हजारका दरले रकम प्रदान गरेको छ । नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र वडा नं ४ राक्सेका केदार आचार्यलाई उक्त रकम हस्तान्तरण गरेको हो ।


गण्डकी प्रदेशसभा सदस्य दवाडीले खर्चिए सम्पूर्ण सरकारी सुविधा जनसेवामा

पोखरा, ९ माघ -गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशसभा सदस्य भएवापत पाउने सम्पूर्ण सुविधा जनसेवामा खर्चिएको बताउनुभएको छ । गोरखा क्षेत्र नं २९ख० बाट निर्वाचित दवाडीले प्रदेशसभा सदस्यको शपथ लिएको एक वर्षपछि मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गर्दै यस अवधिमा सचिवालयबाट सुविधा, भत्ता आदि वापत खातामा प्राप्त रु सात लाख ३० हजारसहित कूल रु १२ लाख २१ हजार जनसेवामा खर्चिएको जानकारी दिनुभयो ।


म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड

म्याग्दी, ८ माघ : भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान (हेलिप्याड) निर्माण भएको छ । गाउँपालिकाले सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवा क्लब र आमा समूहको सहयोगमा सातै वडामा हेलिप्याड बनाएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।


फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

दमौली - जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।


हचुवाको भरमा विकास निर्माण नगर्न मुख्यमन्त्री गुरुङको आग्रह

कास्की -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणका काम अघि बढाउँदा हचुवा र लहडको भरमा नगर्न आग्रह गर्नुभएको छ । कास्कीको माछापुच्र्छे गाउँपालिकाको चौथो गाउँसभामा आज उहाँले भन्नुभयो, “अबको विकास संरचना एक पटक बनाएपछि कम्तीमा ५०÷१०० वर्ष चल्ने बनाउनु आवश्यक छ ।


तीन जनप्रतिनिधिको सराहनीय कार्य

धु्रवसागर शर्मा /गलेश्वरविलासी साधन र सुविधाको दुरुपयोगका कारण आलोचित बन्दै गएका जनप्रतिनिधिका बीच म्याग्दीका तीन जनप्रतिनिधिले आफूले पाएको सुविधा पनि जनताको सेवाका लागि खर्च गरेर उदाहरणीय बनेका छन् । म्याग्दीको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफूले पाउने सुविधा जनताको सेवाका लागि खर्च गर्ने गरेका हुन् ।


नगरपालिकाद्धारा शान्ति सङ्ग्रहालय निर्माण गर्ने निर्णय

गलेश्वर, ६ माघ - म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले बेनी बजारलाई सुरक्षित बनाउन बाढीको निकासका लागि व्यवधान बनेका दुई घरलाई खरीद गरेर बाढीको सहज निकास दिने र पिपलडाँडामा ‘शान्ति सङ्ग्रहालय’ बनाउने निर्णय गरेको छ । बेनी नगर कार्यपालिकाको बैठकले बर्खामा बजारमाथिको पाखोबाट आउने बाढीलाई सहजरुपमा निकास दिन र व्यवस्थापन गरी बेनी बजारको क्याम्पस चोकलाई सुरक्षित गर्न बाढीको निकासका लागि व्यवधान बनेका स्थानीय मीन सापकोटा र विष्णु शर्माको घरलाई किनेर बाढीको सहज निकास गराउने निर्णय गरेको हो ।


जहाँ सरकार, त्यहाँ बैंक पुग्नुपर्दछः मुख्यमन्त्री गुरुङ

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक तथा वित्तीय संस्थालाई कृषि, पर्यटन, ऊर्जालगायत उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आज आयोजना गरेको समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि सम्बन्धमा सरोकारवालासँगको अन्तरर्किया कार्यक्रममा उहाँले उत्पादनको क्षेत्रमा लगानी गर्दा रोजगारी सृजना भई गरीबी निवारण हुने हुँदा त्यसतर्फ ध्यान दिन सबैमा आग्रह गर्नुभयो ।


गाउँपालिका भवन निर्माण गर्न निःशुल्क जग्गा

गलकोट, ४ माघ - बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकालाई का बासिन्दाले भवन निर्माणका लागि बडिगाड–५ मोहन जिसीसहित ७६ जग्गाधनीले थोरै धेरै गरी ग्वालीचौरको खारबजारमा मध्यपहाडी लोकमार्गसँग नजिक रहेको झण्डै रु चार करोड बढी मूल्य बराबरको साढे नौ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताउनुभयो ।


बागलुङ नगरपालिकाको हिउँदे नगरसभाद्वारा ऐन पारित

बागलुङ, ३ माघ - बागलुङ नगरपालिकाको हिउँदे नगरसभाले तीन नयाँ ऐन पारित गरेको छ । सार्वजनिक निजी साझेदारी ऐन–२०७५, फोहरमैला व्यवस्थापन कार्यविधि ऐन–२०७५ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यविधि ऐन–२०७५ लाई नगरसभाले सर्वसम्मत स्वीकृत गरेको हो ।


मोटरबाटो स्तरोन्नतिका लागि श्रमदानमा जुटे स्थानीय : श्रमदानका लागि ‘एक घर, एक व्यक्ति’

दमौली, ३ माघ - तनहुँको भानु नगरपालिका–९ पुर्कोटका बासिन्दा मोटरबाटो स्तरोन्नतिका लागि श्रमदानमा खटिएका छन् । सोही ठाउँको फलेदे लौडारीभञ्ज्याङको बाटो स्तरोन्नतिका लागि प्रत्येक घरबाट एकजना खटिएको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष बासुराज कडरियाले जानकारी दिनुभयो ।


सङ्घीय सरकारद्वारा तीन सडकलाई तीन करोड विनियोजन

गलकोट, २ माघ - बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।


बन्दीपुर म्याराथनको उपाधि पुनलाई

दमौली - तनहुँको बन्दीपुर गाउँपालिकाले आज आयोजना गरेको मिनी म्याराथनको उपाधि सुजन पुनले जित्नुभएको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको मिनी म्याराथनमा ५२ प्रतियोगीलाई पछि पार्दै बन्दीपुर–२ का पुनले उपाधि जित्नुभएको हो ।


व्यास नगरपालिकामा टर्मिनल भवन शिलान्यास

काठमाडौ, १ माघ - तनहुँको व्यास नगरपालिका–१ करङकाठस्थित बसपार्कमा टर्मिनल भवन निर्माण हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको तीन करोड १५ लाखको लागतमा निर्माण हुनलागेको टर्मिनल भवन मंगलबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले शिलान्यास गर्नुभयो ।


गण्डकी प्रदेशमा शिक्षा ऐन र नियमावली बन्दै

दमौली- गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने जिम्मेवारी सरकारको रहेको बताउनुभएको छ । नारी जागरण अभियान पोखराको समन्वयमा तनहुँ देवघाट गाउँपालिका–२ खानीभित्तास्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई आज न्यानो कपडा वितरण गर्दै उहाँले भन्नुभयो, “ हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने दिशातर्फ सरकार अगाडि बढिरहेको छ ।


व्यास नगरपालिकाद्धारा मानुङकोटमा दृश्यावलोकन स्तम्भ बनाइने

तनहुँ, २९ पुस -व्यासनगरपालिका कार्यालयले मानुङकोटको विकासको लागि गुरुयोजना थालेको छ । बसाइँसराइले रित्तो बन्दै गएको वडा नं ५ मा रहेको मानुङकोटको आकर्षण बढाउन नगरपालिकाले रु ३० लाख खर्चेर भ्यूटावर बनाउने भएको छ ।


पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता

म्याग्दी, २९ पुस -राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइ म्याग्दीले जिल्लामा पुनःनिर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि स्थानीय तहसँग सम्झौता गरेको छ । शनिबार जिल्लाका छवटै स्थानीयतहका प्रमुख र राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख शिवराम गेलालले १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर पुनःनिर्माण कार्यलाई छिटो अघि बढाउने सम्झौता गरेका हुन् ।


सबै वडामा हेलिप्याड निर्माण गर्ने नेपालकै पहिलो स्थानीय तह बन्यो मालिका गाउँपालिका

पर्वत - म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण गर्न सफल भएको छ । गाउँपालिकाले वडा नम्बर ४ ओखरबोटमा हेलिप्याड निर्माण सम्पन्न गरेसँगै सबै वडामा हेलिप्याण्ड निर्माण गर्न सफल भएको हो ।


मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण

म्याग्दी - गण्डकी प्रदेशको म्याग्दी जिल्लाको मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण भएका छन् । शुक्रवार वडा नम्बर ४ ओखरबोटमा हेलिप्याड निर्माण सम्पन्न भएसँगै गाउँपालिकाको सात वटै वडामा हेलिप्याड निर्माण सम्पन्न भएको हो ।


घुम्ती शिविरमार्फत वडामै सेवा

म्याग्दी -रघुगङ्गा गाउँपालिकाले दुर्गम र विकट क्षेत्रका बासिन्दाको सुविधाका लागि घुम्ती टोलीमार्फत गाउँपालिकाको सेवा वडास्तरमै दिन थालेको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई सहज, सरल र बिना झन्झट सेवासुविधा उपलब्ध गराउने उद्देश्यले पाखापानीस्थित ६ नं वडा कार्यालयमा बिहीबार घुम्ती शिविर सञ्चालन गरेको छ ।


पोखरा महानगर : सडकमा फोहर फाल्नेलाई जरिवाना

कास्की -पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक फोहरसहित फिर्ता पठाउने छ भने दोस्रोपटक पनि फेला परे जरिवाना गराउने छ ।


गण्डकी प्रदेश ;दुई विधेयक प्रस्तुत

पोखरा, २६ पुस - गण्डकी प्रदेशसभाको बिहिबारको बैठकमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत भएको छ । सभामा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।


प्रदेशका हरेक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा केन्द्र

काठमाडौं, २६ पुस - प्रदेश सरकारको निर्णय अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै स्थानीय तहमा ज्येष्ठ नागरिक दिवासेवा केन्द्र स्थापना र सञ्चालन गर्ने निर्णय पनि गरेको छ  । स्थानीय तहसँगको सहकार्यमा केन्द्रहरू सञ्चालन गर्ने प्रवक्ता बस्नेतले बताए  ।


अब गण्डकी प्रदेशबाट पनि श्रम स्वीकृति : आजदेखि सेवा शूरु

पोखरा - वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले गण्डकी प्रदेशको पोखराबाट पनि श्रम स्वीकृति प्रदान गर्न शूरु गरेको छ । आजबाट गण्डकी प्रदेशमा पनि यो सेवा शूरु भएको हो ।


गण्डकी प्रदेश सरकारद्वारा वन तथा जलाधार व्यवस्थापन नीति पारित

पोखरा, २५ पुस - गण्डकी प्रदेश सरकारको बुधबार पोखरामा बसेको मन्त्रिपरिषद् बैठकले वन तथा जलाधार नीति २०७५ पारित गरेको छ । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले वन संरक्षणका साथै वातावरणीय स्वच्छता कायम गर्न, पहिरो नियन्त्रणलगायतका विषयलाई लक्षित गरी नीति तयार भएको जानकारी दिनुभएको छ ।


गण्डकीमा नमस्ते अभियान

पोखरा, २५पुस - सन् २०१९ लाई प्रदेश आन्तरिक भ्रमण वर्षका रुपमा मनाउन लागेको गण्डकी प्रदेश सरकारले प्रदेशभित्र नमस्ते अभियान थाल्ने भएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा प्रदेश सरकारले सन् २०२२ मा प्रदेशभित्रै २० लाख पर्यटक पु¥याउने योजना अघि सारेको छ ।


मापदण्ड विपरीतका घर भत्काउँदै पोखरा महानगरपालिका

पोखरा, २४ पुष -पोखरा महानगरपालिकाले सार्वजनिक जमीनमा मापदण्ड मिचेर निर्माण गरिएका घर तथा संरचना भत्काउन शुरु गरेको छ । महानगरले सार्वजनिक जमीन मिचेर निर्माण गरिएका तथा फिर्के, बुलौँदी खोलाको मापदण्डभित्रका संरचना भत्काउन थालेको महानगरका प्रवक्ता एवं वडाध्यक्ष धनबहादुर नेपालीले बताउनुभयो ।


गण्डकी प्रदेश : तीन स्थानीय तहमा अझै पुग्न सकेन बैकिङ सेवा

पोखरा -गण्डकी प्रदेशका तीन स्थानीय तहमा अझैं पनि बाणिज्य र्बैकको पहुच पुग्न सकेको छैन । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका निर्देशक हिमप्रसाद न्यौपानेले गण्डकी प्रदेशका अझै पनि ३ वटा स्थानिय तहमा बाणिज्य बैंकको स्थापना गर्न नसकिएको जानकारी दिनुभयो ।


नगरकै पहिलो सडक कालोपत्रे सम्पन्न

पर्वत, २३ पुस -पर्वतको फलेबास नगरपालिकामा पर्ने मुडिकुवा–झकलक–कुर्घा–लुङ्खु सडकको मुडिकुला–लमायखोला सडकखण्ड कालोपत्रे भएको छ । ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरएसडिपी)ले फलेवास नगरपालिका–४ मुडिकुवादेखि फलेवास नगरपालिका–५ मा पर्ने लमायखोलासम्म सात किलोमिटर सडक कालोपत्रे गरेको हो ।


प्रदेशसभा सदस्य पहारीको तलबभत्ता सङ्घसंस्थालाई

कास्की, २२ पुस-गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद् सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्नुभएको छ । प्रदेशसभा सदस्यमा निर्वा्चित भएर २०७४ माघ ७ गते शपथ लिएसँगै त्यसबेलादेखि मङ्सिर मसान्तसम्मको तलबभत्तावापतको रु चार लाख ५० हजार विभिन्न सङ्घसंस्था, विद्यालय, क्लब तथा आमा समूहलाई प्रदान गरेको सांसद पहारीले बताउनुभयो ।


गाउँपालिकाको पहलमा सडक स्तरोन्नति शुरु

म्याग्दी, २२ पुस -जलजला गाउँपालिका–४ मोहनचोकदेखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक ट्र्याक खुलेको दुई दशकपछि स्तरोन्नति शुरु भएको छ । जलजला गाउँपालिकाले बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फड्केढुङ्गा हँुदै मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नति शुरु गरेको हो ।


म्याग्दीका स्थानीय तहमा बर्थिङ सेन्टर सञ्चालन, सुत्केरी स्याहारमा सुधार

गलेश्वर, २१ पुस - परम्परागत रूपमा गाउँघरतिर चल्दै आएको सुत्केरी अवस्थाका महिलालाई भुइँमा सुत्नुपर्ने बाध्यकारी चलन पछिल्लो समयमा आएर हट्दै गएको छ । बेनी नगरपालिकासहित म्याग्दीका छवटै स्थानीय तहमा बर्थिङ सेन्टर सञ्चालन र विभिन्न सङ्घसंस्थाले नवजात शिशु, सुत्केरी महिला र सुरक्षित मातृत्वसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेपछि सुत्केरी स्याहार गर्ने चलनमा सुधार आएकोे हो ।


गण्डकी प्रदेश सरकारले थाल्यो योजना निर्माणका लागि जिल्ल्ला स्तरमा सुझाव संकलन

बेनी - गण्डकी प्रदेश सरकारले नीति तथा योजना निर्माणका लागि जिल्ल्ला स्तरमा सुझाव संकलन सुरु गरेको छ । जिल्लास्तरिय सुझाव संकलन अभियान अन्तर्गत शुक्रबार सुझाव संकलन गरेको छ ।


योजना निर्माणमा सुझाव सङ्कलन

बलेवा, २० पुस -गण्डकी प्रदेशयोजना आयोगले निर्माण गर्न लागेको प्रथम पञ्चवर्षीय योजना तर्जुमाका लागि जिल्लास्तरीय छलफल तथा सुझाव सङ्कलन अभियान थालेको छ । आयोगले पहिलो पटक बागलुङबाट सुझाव थालेको हो ।


पोखरा महानगरको वडा नम्वर २१ मा मेलमिलाप केन्द्र

पोखरा, १९ पुस । कास्कीको पोखरा महानगरपालिकाको न्यायिक समितिको कामले तिव्रता पाएको छ ।


भानु नगरपालिका एक वर्ष देखि टेलिफोन सेवाविहिन : सेवाग्राही सास्ती भोग्न बाध्य

तनहुँ - जिल्लाको फुस्रेटारमा रहेको भानु नगरपालिका कार्यालय टेलिफोनविहिन भन्दा आश्चर्य लाग्न सक्छ । तर वास्तावीक यही हो ।


गण्डकी प्रदेश ‘हेलो सीएम डेस्क'मा गुनासो आउँनै छाड्यो

पोखरा - गण्डकी प्रदेशको ‘हेलो सीएम’मा गुनासो नै आउन छाडेको छ । कुनै गुनासो भए तत्काल सम्बोधन गर्न र समस्या सुन्नका लागि भन्दै सञ्चालनमा ल्याएको 'हेलो सीएम' मा गुनासो आउँन छाडेको हो ।


नगरपालिका कार्यालयमै छैन टेलिफोन

तनहुँ, १८ पुस । तनहुँको फुस्रेटारमा रहेको भानु नगरपालिकाको कार्यालयमा टेलिफोन लाइन नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका छन्  ।


पुराना कुवा संरक्षण गर्दै गाउँपालिका

पोखरा, १८ पुस । अन्नपूर्ण गाउँपालिका कास्कीले सयौंँ वर्ष पुराना कुवा संरक्षण गर्ने भएको छ ।


उदाहरणीय नगरप्रमुख नेपाली जसले तलबभक्ता लिदैनन गर्छन उल्टै लाखौ ब्यक्तीगत सहयोग

बलेवा -मुलुक पहिलो पटक संघीयतामा गयो । मुलुकमा राज्य पुनर्सरचनापछि सात प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तह बने ।


नगरपालिकाका दुई वडा कार्यालय एउटै कोठामा

काठमाडौं १६ पुस । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष पूरा भैसकेको छ  ।


प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरिने

दमौली, १५ पुस । तनहुँको शुक्लागण्डकी नगरपालिकामा–५ बेलचौतारामा गण्डकी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरिने भएको छ ।


नगरप्रमुखको तलबबाट विद्यार्थीलाई न्यानो कपडा

पर्वत, १५ पुस - आफूले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवासुविधावापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रबार फेरि अर्को सहयोग हस्तान्तरण गर्नुभएको छ । नगरप्रमुख जोशीले सिटी एक्सप्रेससँगको सहकार्यमा कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको जगदम्बा आधारभूत विद्यालय र कुश्मा नगरपालिका–५ मा रहेको बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।


महानगरद्धारा मेलमिलापमार्फत विवाद समाधान गर्न केन्द्र स्थापना

पोखरा, १४ पुस -पोखरा महानगरपालिकाले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यका साथ मेलमिलाप केन्द्र स्थापना गर्ने कार्यलाई तदारुकता दिएको छ । अदालतको झन्झटिलो प्रक्रिया र आर्थिक रूपमा समेत पर्ने व्ययभारलाई कम गर्दै स्थानीय तहबाटै विवादको निरुपण गरी मेलमिलाप गर्ने लक्ष्यका साथ न्यायिक समितिको परिकल्पना गरिएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।


चैतभित्र गण्डकी प्रदेशको योजना तर्जुमा

पोखरा -गण्डकी प्रदेश नीति तथा योजना अयोगले योजना तर्जुमाको आधार तयार भएको छ । गत साउनमा गठन भएको आयोगले आधार बनेसँगै चैत महिनाभित्रै गण्डकीको प्रदेश योजना तयार पार्ने भएको हो ।


टोलटोलमै पुगेर योजना सम्झौता

बलेवा, १३ पुस -बागलुङको वडिगाड गाउँपालिकाले गाउँगाउँमै पुगेर योजना सम्झौताको काम थालेको छ । गाउँपालिकाबाट खटाइएका कर्मचारी टोलीले समयमै काम सक्न सम्बन्धित योजना सञ्चालन हुने क्षेत्रमा टोल भेला गरेर उपभोक्ता समिति गठन र योजना सम्झौता गर्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताउनुभयो ।


सरकारले गरिदियो साना किसानको ऋण मिनाहा

पर्वत, १२ पुस । सरकारले हालै गरेको साना किसानको ऋण मिनाहा गर्ने घोषणाबाट पर्वतका सयौँ कृषकले राहत पाएका छन् ।


म्याग्दीको प्रत्येक वडामा हेलिप्याड निर्माण हुदैं

गलेश्वर, १२ पुस । आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियानले तीव्रता पाएको छ ।


जनप्रतिनिधिको तलब विपन्नको शिक्षामा

म्याग्दी, १२ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ ।


ताराखोला गाउँपालिका रासायनिक मलरहित बनाइने

तारानाथ आचार्य/बागलुङगाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको जगेर्ना गर्न लागेको अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।


ढुंगागिट्टी बेचेर अस्पताल चलाउँदै मोदी गाउँपालिका

पर्वत - मोदी गाउँपालिकाले नदीजन्य वस्तुको बिक्रीबाट सामुदायिक अस्पताल बनाउने तयारी थालेको छ । गाउँ कार्यपालिकाको बैठकले नदीजन्य वस्तुको बिक्री गरी सामुदायिक अस्पताल बनाउने निर्णय गरेको हो ।


केन्द्र सरकारको सहयोगमा सौर्य ऊर्जा जडान

काठमाडौं, १० पुस - केन्द्र सरकारको सहयोगमा म्याग्दीको मालिका गाउँपालिकाको दुर्गम तथा विकट क्षेत्रका तीन सामुदायिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ । विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा जडान गरिएको हो ।


म्याग्दीको मंगला गाउँपालिकाले वितरण गर्यो घरमै अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

गलेश्वर, ९ पुस । म्याग्दीको मङ्गला गाउँपालिका– १ कुहूँ पूर्णगाउँमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ ।


विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी गर्दै

गलकोट– बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करिब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।


सङ्घीय सरकारको पाँच करोड लागतमा मर्दीखोलामा पक्की पुल बन्दै

कास्की, पुस ८ - कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थित मर्दीखोलामा मोटरेवल पक्की पुल बन्ने भएको छ । सङ्घीय सरकारकोे रु पाँच करोड चार लाख २४ हजार १७३ लागतमा निर्माण गर्न लागिएको सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटर हुने बताइएको छ ।


बागलुङ नगरपालिकाको पूर्वाधार सुधारमा विश्व बैंकको लगानी

बागलुङ - गण्डकी प्रदेशको बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करिब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।


वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

गलेश्वर, ६ पुस - म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो ।


कृषिको विकास बिना देशको विकास असम्भव कृषिमन्त्री थापा

स्याङ्जा, ५ पुस । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताउनुभएको छ ।


गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी

पर्वत, ४ पुस -महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो ।


गाउँपालिका भवन निर्माणमा स्थानीयबासीले जुटाए करोडौ मूल्य बराबरको जग्गा र नगद

पर्वत - जिल्लाको मोदी गाउँपालिकाका करिब दुई सय परिवारले गाउँपालिकाका भवनका लागि करोडौं मूल्य बराबरको जग्गा र नगद जुटाएका छन् । स्थानीयको अगुवाइमा गत वैशाखदेखि नगद संकलन सुरु गरिएको थियो ।


समाज परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण

पोखरा, १ पुस - गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनैतिक परिवर्तनमा सञ्चारजगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । क्रियाशील पत्रकार महिलाको छाता सङ्गठन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको पाँचाँै अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले अबको पत्रकारिता समाजको समृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।


नगरपालिकाले गर्‍यो तीन सरकारी भवन ‘कब्जा’

बागलुङ - बागलुङ नगरपालिकाले जिल्लाका तीन सरकारी कार्यालय जबरजस्ती ओगटेर सेवा सुरु गर्न थालेको छ । बजारभन्दा केहीमाथि रात्माटामा आफ्नै भवनमा रहेको कार्यालयबाट सेवा सञ्चालन गरिरहेको नगरपालिकाले बजारबाटै सेवा प्रवाह गर्न कृषि ज्ञान केन्द्र, महिला तथा बालबालिका कार्यालय र भू–संरक्षण कार्यालयमा बिहीबार बोर्ड टाँगेको छ ।


गैरआवासीय नेपालीको लगानीमा म्याग्दीको मालिका गाउँपालिकामा जलविद्युत् आयोजना

काठमाडौँ - म्याग्दीको मालिका गाउँपालिकामा प्रवासी नेपालीको अगुवाइमा दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको सो आयोजनामा प्रवासमा रहेका म्याग्देली र गैरआवासीय नेपालीसँगै स्थानीयवासीको समेत लगानी हुनेछ ।


प्रदेश योजना आयोगका सदस्य बरालको शपथ

कास्की - गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा विष्णुराज बरालले पद तथा गोपनियताको शपथ लिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।


गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको निधन

पोखरा– गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको निधन भएको छ । नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत घर्तीको बिहीबार निधन भएको हो ।


स्थानीय तहकाे पहलमा सार्वजनिक जग्गामा रहेको पेट्रोलपम्प बन्द

दमौली, २७ मङ्सिर । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सार्वजनिक जग्गामा सञ्चालित छाब्दी आयल स्टोर्स गाउँपालिकाले बन्द गराएको छ ।


पोखरा महानगरले अव्यस्थित तार व्यवस्थापन गर्ने

चिप्लेढुङ्गा, २६ मङ्सिर । पोखरा महानगरले अव्यवस्थित बिजुली, इन्टरनेट एवं केबुलका तारलाई व्यवस्थित गर्ने भएको छ ।


आम सञ्चार विधेयक बनाउँदै गण्डकी प्रदेश

पोखरा, २६ मङ्सिर (रासस) : गण्डकी प्रदेश सरकारले सञ्चारलाई व्यवस्थित र मर्यादित बनाउन आम सञ्चार विधेयक बनाउने निर्णय गरेको छ । प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको विधेयकको मस्यौदा बनाउने प्रस्तावलाई बैठकले सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।


नगरपालिकाको पहलमा मुलुककै लामाे पुल बनाउन स्वीकृति

बलेवा, २५ मङ्सिर - लामो समयदेखि चर्चामा रहेपनि प्राविधिक कारणले निर्माण हुन नसकेको बागलुङ सदरमुकामको बाङ्गेचौरदेखि पर्वतको पाङ जोड्ने अग्लो झोलुङ्गे पुल बनाइने भएको छ । अर्थ मन्त्रालयले पुल निर्माणका लागि बजेट दिने सहमति दिएपछि बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिका जोड्ने गरी मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माण हुने निश्चित भएको हो ।


गाउँपालिकाद्धारा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

बेनी, २५ मङ्सिर - विकट म्याग्दीको रघुगङ्गा गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि र गुणस्तर सुधार गर्नका लागि गाउँपालिकाले पहल थालेको छ । दुर्गम बस्ती भएका कारण गाउँवासीलाई प्राथमिक स्वास्थ्य सेवा पाउन कठिन भएकाले उक्त गाउँपालिकाले वडा नम्बर ४ दर्मीजामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको हो ।


उत्पादनसँग जोड्दै पर्यटन विकासका लागि घरबास

पोखरा, २४ मङ्सिर - बढ्दो शहरमुखी बसाइसराइ रोकी बाँझो जग्गामा उत्पादन गर्दै आय आर्जन गर्ने सोचका साथ कास्कीको पोखरा महानगरपालिका–२० मौजामा घरबास कार्यक्रम सञ्चालन गरिने भएको छ । नेपाल सरकारले नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूचीमा मौजालाई सूचीकृत गरेसँगै उत्साहित बनेका यहाँका स्थानीयवासीले यतिखेर चारवटा गाउँमा (साबिक मौजा गाविसका चार ठाउँ) घरबास कार्यक्रम चलाउने तयारी गरेका छन् ।


स्वास्थ्यसेवा सरकारको प्राथमिकतामा : मन्त्री गुरुङ

कास्की, २३ मङ्सिर - गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारले जनतालाई सहज रुपमा स्वास्थ्यसेवा प्रवाह गर्न लागेको बताउनुभएको छ । सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना गरेपनि सम्पूर्ण नेपालीले स्वास्थ्य सेवा पाएर स्वस्थ नभएसम्म समृद्धि प्राप्त नहुने भएकाले सरकारले स्वास्थ्य क्षेत्रलाई महत्व दिएको भनाइ मन्त्री गुरुङको छ ।


गण्डकी प्रदेश सरकारको लागतमा भलाम खोलामा पक्की पुल

पोखरा, २३ मङसिर । पोखरा महानगरपालिका–२० स्थित भलामखोलामा रु एक करोड ९२ लाख ६८ हजार ९४७ लागतमा पक्की पुल निर्माण गरिएको छ ।


गाउँपालिकालाई पशु अस्पताल बनाउनको लागि ७० लाख बराबरको जग्गा दान्

तनहुँ, २१ मङिसर । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान दिएकी छिन् ।


गाउँपालिकालाई जग्गा दान

दमौली, २० मङ्सिर - तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान दिनुभएको छ । गाउँपालिकाको पशुपछी शाखाको नाममा करीब रु ७० लाख मूल्य बराबरको जग्गा दान गर्नुभएकी उहाँले मङ्गलबार उक्त जग्गा मालपोत कार्यालयबाट शाखाको नाममा नामसारी गरिदिनुभएको थियो ।


पोखराको शौन्दर्यतामा ध्यान दिन मुख्यमन्त्री गुरुङको आग्रह

पोखरा, १९ मङसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखराको शौन्दर्यतामा बिशेष ध्यान दिन आग्रह गरेका छन् ।


जाडो छल्न बाहिरिँदै मनाङवासी

मनाङ, १९ मङ्सिर- मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् ।


गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चित : सांसद बने फुर्सदिला

पोखरा - गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चित बनेको छ । प्रदेशसभा कहिले बस्ने हो भन्ने यकिन नहुँदा कर्मचारी फुर्सदिला बनेका छन् ।


पोखरा महानगरका सबै शैक्षिक संस्था प्याडयुक्त बनाइने

चिप्लेढुङ्गा, १८ मङ्सिर - पोखरा महानगरपालिकाले किशोरीको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला अधिकारको कुरा चलिरहँदा प्रजनन स्वास्थ्य अधिकारलाई जोड दिँदै महानगरका प्रवक्ता एवं वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताउनुभएको हो ।


व्यास नगरपालिकाको सहकार्यमा अस्थायी प्रहरी पोष्ट स्थापना

दमौली, १८ मङ्सिर - व्यास नगरपालिकाको सहकार्यमा तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । विगतको घटनाको विश्लेषण, व्यास नगरपालिकाको अनुरोध र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम कलेस्ती बजारमा प्रहरी पोष्टको स्थापना गरिएको हो ।


अग्निपीडितलाई प्रदेश सरकारको राहत

गलकोट, १७ मङ्सिर - बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँका अग्निपीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ । राहत रकम वितरण गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अग्निपीडितको उचित व्यवस्थापनका लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।


क्यानोनिङको व्यावसायिक सञ्चालनका लागि ; मन्त्री गुरुङकाे चासो

दमौली, १६ मङ्सिर । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीमा रहेको इन्द्र झरनालाई व्यावसायिक रुपमा सञ्चालन गर्नका लागि चासो देखाउनुभएको छ ।


'गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र ऊर्जा प्रमुख आधार'

बेनी -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।


बिजुली बलेपछि लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा खुशीयाली

ठिनी (मुस्ताङ), १५ मङ्सिर : हिमालपारिको जिल्ला मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा केन्द्रीय प्रसारणलाइनको बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । लो घ्येकर दामोदर कुण्ड गाउँपालिकाको २ र ३ नं वडामा पर्ने घमी, साङ्बोचे, घिलिङ र ढाकमरका २०० घरमा उपल्लो मुस्ताङमै पहिलो पटक केन्द्रीय प्रसारणलाइनको विद्युत् सुविधा पुगेको हो ।


पोखरा महानगर प्रमुख शान्तिदूतमा मनोनयन

पोखरा– पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीलाई नेपाल युनेस्को सङ्घ संस्था तथा क्लबहरुको राष्ट्रिय महासङ्घले शान्तिदूतमा मनोनयन गरेको छ । महासङ्घको वार्षिक साधारणसभाका अवसरमा जीसीलाई शान्तिदूत घोषित गरिएको महासङ्घका अध्यक्ष आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।


समृद्धिका लागि सहकार्यः मुख्यमन्त्री गुरुङ

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सफल पोखरा एक्स्पो एवं तेस्रो मोबाइल मेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले अधिकतम् लगानी भित्र्याउने गरी सरकारले तयारी गरिरहेको बताउनुभयो ।


पूर्व गाविस उपाध्यक्ष मृत फेला

दमौली, १३ मङ्सिर -तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला पर्नुभएको छ । एक हप्तादेखि बेपत्ता रहनुभएका उहाँ बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको हो ।


गण्डकी प्रदेश : सन् २०२२ सम्म २० लाख पर्यटन भित्र्याउने महत्त्वकांक्षी योजना

पोखरा -गण्डकी प्रदेशले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना ल्याएको छ । साथै प्रदेशले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रूपमा मनाउने निर्णय गरेको छ ।


प्रदेश र स्थानीय सरकारका लागि कानून तर्जुमा माग

पोखरा– गण्डकी प्रदेश समन्वय परिषद्को बैठक विभिन्न २६ बुँदे निर्णय गर्दै बुधबार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पोखरामा आयोजित बैठकले प्रदेश र स्थानीय सरकारका लागि आवश्यक कानून यथाशीघ्र तर्जुमा गर्न सङ्घीय सरकारसँग माग गरेको छ ।


पोखरा महानगरपालिकाका विज्ञ इन्जिनियर पहारीविरुद्ध एक करोडसहित १० महिना कैद सजाय

पोखरा- पोखरा महानगरपालिकाका विज्ञ इन्जिनियर भरत पहारीविरुद्ध एक करोड रुपैँया जरिवानाको सजाय फैसला भएको छ । पुल्चोक इन्जिनियर कलेजका तत्कालीन प्राध्यापक रहेका उनीविरुद्ध सोमबार विशेष अदालतले एक करोडसहित १० महिनाको कैद सजायसमेत फैसला दिएको हो ।


पोखरा महानगरका सात वडाको भवन बनाइने

कास्की, ११ मङ्सिर -पोखरा महानगरपालिकाले वडा कार्यालय भवन नभएका वडामा चालू आर्थिक वर्षमै भवन निर्माण गर्ने भएको छ । विसं २०७३ फागुन २७ गते महानगर घोषणा भएको यहाँको ३३ वटा वडामध्ये अझै पनि सातवटा वडाका आफ्नै भवन नहुँदा सेवा प्रवाह प्रभावकारी बन्न नसकेको गुनासो बढेको छ ।


रघुगंगा गाउँपालिकाका पीडितलाई ६ लाख सहयोग

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रघुगंगा नदीको कटानले घरवारविहीन भएका दुई परिवारलाई आर्थिक सहयोग गरिएको छ । बेलायतमा रहेका मिमप्रसाद छन्त्यालको अगुवाईमा ६ लाख बाढीपीडित यामबहादुर चन्दलाई र अर्का पीडित चन्द्रबहादुर चन्दको रकम रिखार आमा समूह खरिबोटका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो ।


म्याग्दीको मङ्गला गाउँपालिकामा बन्यो नमुना प्राङ्गारिक मल उद्योग

गलेश्वर, १० मङ्सिर - म्याग्दीको मङ्गला गाउँपालिकाले शुरु गरेको प्राङ्गारिक मल उद्योग नमुना बनेपछि यसको आर्कषण बढ्दै गएको छ । कृषि क्षेत्रमा प्राङ्गारिक क्रान्ति ल्याउने उद्देश्यका साथ परीक्षण उत्पादन सफल भएपछि नेपालका विभिन्न जिल्लाबाट अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको हो ।


गण्डकी प्रदेशका उपाध्यक्षहरुको न्यायिक अनुभवः जटिल काम, निष्पक्ष निर्णय

स्थानीय तहको न्यायिक समितिको नेतृत्व उपप्रमुख/उपाध्यक्षले गरिरहेका छन् । अझ स्थानीय निर्वाचनबाट उपप्रमुखमा ९० प्रतिशत महिला प्रतिनिधित्व भएकाले स्थानीय न्यायिक समिति महिलाको नेतृत्वमा पुगेको भने पनि हुन्छ ।


‘आर्थिक परनिर्भरताका कारण महिला हिंसा’

कास्की, ९ मङ्सिर - गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताउनु भएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने बताउनुभएको हो ।


कालीगण्डकीमा पुल निर्माण शुरु

बेझाड, ९ मङ्सिर - कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहुँको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो ।


बाग्लुङ नगरपालिकाद्वारा पानीपुरी र चटपट व्यापार गर्न प्रतिबन्ध

बागलुङ, ८ मंसिर - बाग्लुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठहर्याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो ।


वडाध्यक्ष रेग्मीविरुद्ध बलात्कार मुद्दा दर्ता

तनहुँ, ८ मंसिर - तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कार मुद्दा दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराउनुभएको हो ।


गण्डकी प्रदेशका सबै मन्त्रालय रित्तै

पोखरा, ६ मंसिर-गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ । चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन् ।


पोखराका विद्यालयमा भारतीय सहयोग

पोखरा, ५ मसिर-पोखरा महानगरपालिकाकाविभिन्न विद्यालयमा भारतको सहयोग उपलब्ध भएको छ । भारतीय सहयोगमा नगरपालिकास्थित श्री सरस्वती टिका उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ ।


फस्टाउँदो छ अल्लोको उद्यम

बागलुङ, ४ मङ्सिर - वनमा खेर गइरहेको अल्लो कमाइको स्रोत बनेको छ । ताराखोला गाउँपालिका–४ को ‘लावाङ जुनतारा साना लघु उद्यम समूह’ अल्लो प्रबद्र्धनमा लागेको हो ।


अवैध इँटा उद्योग सञ्चालन

कुश्मा, ३ मङ्सिर -पर्वत जिल्लामा मापदण्ड पूरा नगरी इँटा उद्योग सञ्चालन भइरहेको पाइएको छ । ।


म्याग्दीमा सांसद कोषका १८ योजनासहित ४ करोड बजेट विनियोजन

म्याग्दी, ३ मंसिर - म्याग्दीमा सांसद कोषका १८ योजनासहित ४ करोड रकम विनियोजना गरिएको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि १८ वटा योजनासहित तीन करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गर्नुभएको हो ।


प्रदेशको समृद्धिको आधार पर्यटन : मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा, २ मङ्सिर - पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका छन् ।


गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगेनी सम्बन्ध

पोखरा, १ मङ्सिर । गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगेनी सम्बन्ध स्थापित भएको छ ।


‘एक सहकारी एक नमूना उत्पादन’

कास्की, १ मङ्सिर :गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले प्रत्येक सहकारी संस्थाले एउटा-एउटा नमूना कृषि उत्पादन गर्नुपर्ने नीति सरकारले ल्याउन लागेको बताउनुभएको छ । प्रदेशसभामा पेश भएको प्रादेशिक सहकारी विधेयकमा प्रत्येक सहकारी संस्थाले एक नमूना कृषि उत्पादन गर्नुपर्ने प्रावधान रहेको जानकारी गराउँदै उहाँले सहकारीलाई उत्पादनमा केन्द्रित गर्ने सरकारको योजना रहेको छ भन्नुभयो ।


राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहको अनुगमन आवश्यक

बागलुङ, ३० कात्तिक । राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहको अनुमगन तथा समन्यात्मक भूमिका आवश्यक रहेको सरोकारवालाले वताउनुभएको छ ।


३ सय गाउँलाई होमस्टे सञ्चालन अनुदान लिन गण्डकी सरकारको आब्ह्वान

पोखरा, २९ कार्तिक - गण्डकी प्रदेश सरकारले होमस्टे सञ्चालन कार्यविधी तयार गरी आवश्यक अनुदान लिन आब्ह्वान गरेको छ । प्रदेश सरकारले तीन सय गाउँमा होमस्टे सञ्चालन गर्ने नीति लिएअनुरुप अनुदान उपलब्ध गराउन प्रस्ताव आब्ह्वान गरेको हो ।


पर्यटकीय गाउँ भुजुङको चिया विदेशसम्म

लमजुङ, २९ कात्तिक - लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ । यहाँको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको हो ।


जिल्ला प्रशासनमै स्वास्थ्य परीक्षण सेवा-देउसीभैलोको रकमले सडकवत्ती

पर्वत, २९ कात्तिक - जिल्ला प्रशासन कार्यालय, पर्वतमा सेवाग्राहीको स्वास्थ्य परीक्षण सेवा शुरु गरिएको छ । नागरिकता, राहदानी, भारतीय पेन्सन सुविधा, नाता प्रमाणित र विभिन्न सार्वजनिक अपराधका मुद्दालगायतका कामले कार्यालयमा आउने सेवाग्राहीलाई आकस्मिकरूपमा आइपर्ने स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न यो सेवा शुरु गरिएको हो ।


गड्यौली टारमा दुई वर्षभित्र विद्युत्– मन्त्री गुरुङ

पोखरा, २८ कात्तिक - गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारलाई दुई वर्षभित्र विद्युतीकरण गरिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घिसिङ गाउँपालिका–४ गड्यौली तनहुँद्वारा बुधबार आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उहाँले वर्षौंदेखि नवलपुरको डेढ गाउँ र आसपासमा बत्ती बलेको टुलुटुलु हेरेर बस्न बाध्य स्थानीय बासिन्दाले छिट्टै विद्युत् सेवा उपयोग गर्न पाउने बताउनुभयो ।


म्याग्दे गाउँपालिकाद्वारा विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

दमौली, २८ कात्तिक । विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ ।


पर्यटकीय गन्तव्यमा सूचीकृतसँगै पुम्दीकोटवासी उत्साहित

पोखरा, २८ कात्तिक- पोखरा महानगरपालिका–२२ पुम्दीकोटलाई सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै यस क्षेत्रको विकास हुने आशा जगाएको छ । पर्यटकीय गन्तव्य बनाउन पुम्दीकोटमा शिव भगवान्को १०८ फिट अग्लो मूर्तिसहितका संरचना बनाउन थालिएको छ ।


लमजुङका ८ स्थानीय तहमा वाँडियो ४ करोड

लमजुङ, २७ कार्तिक । लमजुङ जिल्लामा रहेका चार नगरपालिका र चार गाउँपालिकाका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम वाँडफाँड भएको छ ।


कोमागाने मितेरीकक्ष सञ्चालन

पोखरा, २७ कात्तिक - पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा कोमागाने मितेरीकक्ष सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले पहिलो पटक अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जापानको कोमागाने शहरको नाममा ‘कोमागाने मितेरीकक्ष’ स्थापना गरिएको हो ।


देउसीभैलोबाटै जुटाए विद्यार्थीले शिक्षकको तलब

गलेश्वर, २७ कात्तिक - देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला यहाँको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेस्थित रितुङ माविका विद्यार्थीले देउसीभैलो खेलेर रु ६ लाख ५० जुटाएका छन् ।


बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली, २६ कात्तिक - तनहँुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।


विदेशमा पुगेका युवाहरूले घरमा रूपैयाँका साथै गाउँमा विकासका पूर्वाधारहरू पनि भित्र्याए

गलेश्वर, २५ कात्तिक - म्याग्दीका विभिन्न गाउँबाट रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका युवाहरूले गाउँगाउँमा विप्रेषणसँगै विकास पनि भित्र्याएका छन् । जिल्लाको बेनी नगरपालिका–३ भकिम्ली, रघुगङ्गा गाउँपालिका–१ बेग र अन्नपूर्ण गाउँपालिका–५ किन्दुबाट रोजगारी र पेशा व्यवसायका लागि विभिन्न देशमा पुगेका युवाहरूले घरमा रूपैयाँका साथै गाउँमा विकासका पूर्वाधारहरू पनि भित्र्याएका हुन् ।


विप्रेषणसँगै म्याग्दीका गाउँ गाउँमा विकास भित्रियो

गलेश्वर, २५ कात्तिक - म्याग्दीका विभिन्न गाउँबाट रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका युवाहरूले गाउँगाउँमा विप्रेषणसँगै विकास पनि भित्र्याएका छन् । जिल्लाको बेनी नगरपालिका–३ भकिम्ली, रघुगङ्गा गाउँपालिका–१ बेग र अन्नपूर्ण गाउँपालिका–५ किन्दुबाट रोजगारी र पेशा व्यवसायका लागि विभिन्न देशमा पुगेका युवाहरूले घरमा रूपैयाँका साथै गाउँमा विकासका पूर्वाधारहरू पनि भित्र्याएका हुन् ।


पहिरो पीडितलाई आवास बनाउन आर्थिक सहयोग

पर्वत, २४ कात्तिक - पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी र पहिरोबाट बिस्थापितका आवास बनाउन अन्तरराष्ट्रिय पर्वत सेवा समाजले आर्थिक सहयोग गरेको छ । समाजले जलजला गाउँपालिका–७ र ८ का पहिरो पीडितलाई आवास बनाउन गाउँपालिकालाई सहयोग गर्ने भएको हो ।


विदेशबाट फर्किएर कृषि र पशुपालनमा

दमौली, २४ कात्तिक - विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किनुभयो । छ वर्ष नौ महीना कतार बस्नुभएका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आबद्ध हुनुभएको छ ।


व्यावसायिक फूलखेती गर्दै सहकारी

वालिङ, २३ कात्तिक - स्याङ्जाको वालिङ–८ कटौँजेस्थित मेलमिलाप बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक फूलखेती शुरु गरेको छ । बचत तथा ऋणको कारोवार गरिरहेका बेला सो सहकारीले व्यावसायिक रुपमा फूलखेतीतर्फ अग्रसरता देखाएको संस्थाका अध्यक्ष टङ्कप्रसाद तिवारीले बताउनुभयो ।


ठिनी–तिलिचो पदमार्ग निर्माण

ठिनी, मुस्ताङ, २२ कात्तिक - मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एकयाप०को सहयोगमा स्थानीयवासीले ठिनीदेखि नमखुलेक हुँदै नीलगिरि हिमालको फेदीमा पाँच हजार १२० मिटरको उचाइमा रहेको मेसोकोन्दो पार गरेर तिलिचो ताल पुग्ने करीब १५ किलोमिटर लामो पदमार्ग निर्माण गरेका हुन् ।


पोखरा महानगरका जनप्रतिनिधि जनताले तिरेको करबाट विदेश भ्रमण नगर्ने

पोखरा, २१ कार्तिक - पोखरा महानगरपालिकाका जनप्रतिनिधिले जनताले तिरेको करबाट विदेश भ्रमण नगर्ने प्रतिबद्धता जनाएका छन्  । स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिले आधा दर्जनभन्दा बढी देश भ्रमण गरे पनि महानगरपालिकाको रकम खर्च नगरको जनाएका छन् ।


गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

दमौली, २० कात्तिक - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको हो ।


बेंसीशहर नगरपालिकाको मोबाइल एप्स

लमजुङ, १९ कात्तिक । बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।


गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेश : अधिवेशन सकियो, कार्यसमिति चयन भएन

ताङतिङ, १७ कार्तिक - गाउँपालिका राष्ट्रिय महासंघको गण्डकी प्रदेश अधिवेशन शनिबार सकिएको छ । तर, अधिवेशनले प्रदेश समितिको नयाँ कार्यसमिति भने चयन गर्न सकेन ।


गाउँपालिका राष्ट्रिय महासंघको गण्डकी अधिवेशनको दोस्रो दिन बन्द सत्र जारी

ताङतिङ (कास्की)– गाउँपालिका राष्ट्रिय महासंघको गण्डकी प्रदेश अधिवेशनको दोस्रो दिन शनिबार बिहानैदेखि बन्द सत्र जारी छ । कास्कीको मादी गाउँपालिका– २ स्थित पर्यटकीय ताङतिङमा दोस्रो दिन समूहगत छलफलको प्रतिवेदन पेस भइरहेको छ ।


समृद्धिका लागि उत्पादनमा जोड दिनुपर्छ ः मुख्यमन्त्री गुरुङ

पोखरा, १७ कात्तिक - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिका लागि स्थानीय सरकारले उत्पादनमुखी कार्यक्रममा जोड दिनुपर्ने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको प्रथम अधिवेशनको कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा बिहिबार उद्घाटन गर्दै उनले उत्पादनका माध्यमबाट रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।


गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेश अधिवेशन उदघाटनमा कसले के भने ?

काठमाडौं-गाउँपालिका राष्टिय महासंघ गण्डकी प्रदेशको पहिलो अधिवेशन शुक्रबारदेखि कास्कीको पर्यटकीय मादी गाउँपालिका २ तागतिगमा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गर्नुभएको अधिवेशनलाई संघीय संसदमा सांसद, प्रदेशसभा सांसद, संविधानसभाका पूर्वसदस्य, गाउँपालिका महासंघका पदाधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।


पशु वधशाला निर्माणका लागि कार्यदल

कास्की, १५ कात्तिक - गण्डकी प्रदेशको राजधानी पोखरामा पशु वधशाला निर्माणका लागि कार्यदल गठन गरिएको छ । वधशाला निर्माणका सम्बन्धमा बिहिबार पोखरा महानगरपालिका कार्यालयलको आयोजना तथा हेफर इन्टरनेशनलको समन्वयमा प्रदेश तथा महानगरस्तरीय प्रारम्भिक छलफलबाट महानगरका प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा पशुवधशाला निर्माण कार्यदल गठन गरिएको हो ।


गाउँपालिका राष्ट्रिय महासंघको गण्डकी अधिवेशनको तयारी पूरा, के-के छन् कार्यक्रम ?

ताङतिङ (कास्की)– गाउँपालिका राष्ट्रिय महासंघको गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । कास्कीको मादी गाउँपालिका– २ स्थित पर्यटकीय ताङतिङ गाउँमा आजदेखि हुने अधिवेशनको सबै तयारी पूरा भएको महासंघका गण्डकी प्रदेश संयोजक ईश्वर पाण्डेले जानकारी दिनुभयो ।


सरकारी कार्यालय खोज्दै नगरपालिका

कुश्मा, १५ कात्तिक - कुश्मा नगरपालिकाको कार्यालय अझैसम्म भाडाकै घरमा सञ्चालित छ । कुश्मामा विभिन्न सरकारी कार्यालय रहे भए पनि नगरपालिकालाई भवन अभाव भएपछि नगर कार्यपालिका सदस्यले बुधबार सदरमुकाम कुश्माबजारमा रहेका सरकारी कार्यालयमा नगरपालिकाको बोर्ड झुण्ड्याएका छन् ।


३२ अर्बको लगानीमा गाई फार्म स्थापनाको तयारी

कार्तिक १४, २०७५पोखरा — गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ  । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा फार्म खोल्न लागिएको हो  ।


सडक फराकिलो बनाउदै कुश्मा नगरपालिका

पर्वत,१३ कात्तिक - कुश्मा नगरपालिकाले नगरभित्रका सडक फराकिलो बनाउन अभियान थालेको छ । सडक फराकिलो बनाउन आसपासका घरटहरा भत्काउन शुरु गरिएको छ ।


गण्डकीमा कृषिका चार सय नमूना फार्म

कास्की, १२ कात्तिक - किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ ।


गण्डकीका मुख्यमन्त्री भन्छन् - ‘प्रदेशको सुरक्षा व्यवस्था प्रदेशको मातहतमा आउनुपर्छ’

पोखरा, १२ कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीय व्यवस्थाअनुरुप प्रदेशको सुरक्षा व्यवस्था प्रदेशको मातहतमा आउनुपर्नेमा जोड दिँदै यसका लागि साबिकको प्रहरी ऐन चाँडो संशोधन हुनुपर्ने बताएका छन् ।


अन्तरप्रदेश स्तरीय हितका सवालमा दुई मुख्यमन्त्रीको छलफल

काठमाडौं, ११ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबीच अन्तरप्रदेश स्तरीय हितका सवालमा छलफल भएको छ ।


जग्गा हडपेको आरोपमा वडाध्यक्षविरुद्ध उजुरी

पर्वत, १० कात्तिक । पर्वतको महाशीला गाउँपालिकाका–४ पाखापानीका वडाध्यक्ष पूर्णबहादुर मल्लसहितको समूहले गाउँका निजी जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी परेको छ ।


ठेकी बनाउने पेशा सङ्कटमा

बलेवा, ९ कात्तिक - काठको ठेकी बनाउने पेशा सङ्कटमा परेको छ । बागलुङको अमलाचौरका चुँदार समुदायले गर्दै आएको ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो ।


वडाध्यक्ष थापाको चार महिनाको पारिश्रमिक विद्यालयलाई

बागलुङ, ९ कार्तिक । बागलुङ काठेखोला गाउँपालिका–१ का वडाध्यक्ष खड्क थापाले आफ्नो चार महिनाको पारिश्रमिक विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गर्ने घोषणा गरेका छन् ।


व्यास नगरपालिकाद्वारा पर्यटन प्रबद्र्धन समिति गठन

तनहुँ, ९ कात्तिक- व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको पहिचान एवं प्रबद्र्धनका लागि पर्यटन प्रबद्र्धन समिति गठन गरेको छ । नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले व्यास नगरपालिका–२ का अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा सो समिति गठन गरेको हो ।


आँप बगैंँचा संरक्षणमा युवा

बेँसीशहर, ९ कात्तिक- मासिन लागेको आँपको बगैँचा संरक्षणमा राइनास नगरपालिका–३ टिमुरेका युवा लागेका छन् । टिमुरे गाउँका पन्थी बाजे र धर्म सार्कीलगायतले २०० वर्षअघि स्थानीय प्रजातिका आँपका बिरुवा रोपेकामा यसको संरक्षणमा जुटेको आँप बगैँचा संरक्षण समितिका अध्यक्ष विष्णु पन्थीले बताए ।


नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित

दमौली, ८ कात्तिक - व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित भएका हुन ।


गण्डकी प्रदेश सरकारद्वारा नेपालमै पहिलो पटक कृषकको वर्गिकरण

पोखरा, ७ कार्तिक - नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले कृषकको वर्गिकरण गरेको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको वर्गिकरण गर्न लागेको हो ।


जैमिनी नगरपालिकाद्वारा एप्समार्फत जनगुनासो सम्बोधन

बलेवा, ६ कात्तिक (रासस) : बागलुङको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फतसर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालनी गरेको छ । नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका विषयमा उठेका प्रश्नको जवाफ मोबाइल एप्समार्फत नै दिने कार्यको थालनी गरेको हो ।


एप्समार्फत जनगुनासो सम्बोधन

बलेवा, ६ कात्तिक - बागलुङको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फतसर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालनी गरेको छ । नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका विषयमा उठेका प्रश्नको जवाफ मोबाइल एप्समार्फत नै दिने कार्यको थालनी गरेको हो ।


व्यास नगरपालिकाले एक बर्षमा २० वटा ऐन बनायो

दमौली, ५ कात्तिक । तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा २० वटा ऐन सहित कार्यविधि बनाएको छ ।


नगरपालिकालाई चार रोपनी जग्गादान

वालिङ, ४ कात्तिक । स्याङ्जाको भिरकोट नगरपालिकाका स्थानीयवासीले भिरकोट नगरपालिकालाई चार रोपनी जग्गा निःशुल्क दिएका छन् ।


विद्यालय भवन पुनःनिर्माण

म्याग्दी, ४ कात्तिक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले समुदाय स्तरबाट करोडौँ रुपैयाँ सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण गरेका छन् । सरकारी निकाय, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा पुगेका शिखका बासिन्दाको रु तीन करोड २८ लाखको लागतमा १७ कोठे दुई वटा भवन पुनःनिर्माण भएको हो ।


बडादशैँले छुँदैन–मालढुङ्गाका माझी परिवारलाई

पर्वत, २ कात्तिक- नेपालीहरुको महान् पर्व बडादशैँ घर आँगनमै भित्रिइसकेको छ । शहर बजार जताततै बडादशैँले छपक्कै छोपेको छ ।


दशैँमा सशस्त्रको निःशुल्क बस सेवा

पोखरा, ३१ असोज - नेपालीको महान चाड बडादशँैको अवसरमा सशस्त्र प्रहरी बल तालीम केन्द्र लामापाटनले मङ्गलबारदेखि पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । दशैँको अवसरमा बजारमा सार्वजनिक यातायातका साधान न्यून भएका कारण सर्वसाधारणलाई सुविधा पु¥याउने उद्देश्यका साथ फूलपातीका दिनदेखि कात्तिक २ गते टीकाका दिनसम्म बस सञ्चालन गरिने तालीम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।


नयाँ पदमार्गको खोजीमा राष्ट्रियसभा अध्यक्ष र पर्यटनमन्त्री

पर्वत, २९ असोज - पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुगे । भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सिनासहित पर्यटनमन्त्रीले रात काटे ।


गलकोट नगरपालिले गौरवका योजना अघि बढायो

बागलुङ, २८ असोज । गलकोट नगरपालिकाले वडा तहमा नगर गौरवका योजना अघि बढाएको छ ।


गण्डकी प्रदेश सरकारको वजेट २४ अर्ब २ करोड

पोखरा, २७ असोज – गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७५/०७६ कालागि विनियोजित गरेको वजेट २४ अर्ब २ करोड ३३ लाख रुपैयाँ छ भनेयो वजेटमा चालुतर्फ ६ अर्ब ९१ करोड ५५ लाख र पूँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ रकम छुट्याइएको छ । त्यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब २० करोड विनियोजन गरिएको छ ।


छिमेकीको दयामायाँ ले वन्यो नयाँघर

पर्वत, २७ असोज - आगलागीबाट घरबारविहीन भएका पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर पाएका छन् । महाशिला गाउँपालिका–१ होस्राङ्दीका आगलागी पीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आउनुभएका उहाँका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर र दक्षिण कोरियामा बस्दै आएकी दीपा रानाले गोठ निर्माणमा गरिदिएकी हुन ।


ज्येष्ठ नागरिकलाई पर्व भत्ता

बागलुङ, २५ असोज (रासस) : गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पर्व भत्ता दिने भएको छ । पचासी वर्ष पुगेका ज्येष्ठ नागरिकले वर्षेनी रु तीन हजार पाउनेछन् ।


यस्तो छ गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम

काठमाडौं, २५ असोज । गण्डकी प्रदेश सरकारले ऐतिहासिक नीति तथा कार्यक्रममा सरकारले विभिन्न १०० बुँदे महत्वाकांक्षी योजना समावेश गरेको छ ।


गण्डकी प्रदेशको प्राथमिकता कृषि, एक अर्ब ९ करोड वजेट

पोखरा, २३ असोज - गण्डकी प्रदेश सरकारले कृषितर्फ एक अर्ब आठ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ कोे बजेट वक्तव्यमा सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणको माध्यमबाट प्रदेशलाई पाँच वर्ष्भित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले सो रकम बिनियोजन गरेका हुन् ।


घरघरमा खानेपानी

बेनी, २३ असोज - म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँको घरघरमा खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’अन्तर्गत घरघरमा खानेपानी उपलब्ध भएपछि स्थानीयवासी हर्षित भएका छन् ।


गण्डकी प्रदेशको प्राथमिकता : पर्यटन, जलस्रोत र कृषि

पोखरा, २२ असोज । गण्डकी प्रदेशले प्रदेशको विकासका लागि पर्यटन, जलस्रोत, कृषि लगायतका विषयलाई प्राथमिकता दिने भएको छ ।


विद्यालय भवन बनाउन बहत्तर लाख सहयोग

म्याग्दी, २० असोज ः अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित ज्ञानप्रकाश माविको भवन निर्माणमा पूर्वगोर्खा सैनिकले सघाएका छन् । बेलायती पूर्वगोर्खा सैनिकको पहलमा स्थापित पहार कोषले उपलब्ध गराएको रु ७२ लाख ११ हजार २१७ र विद्यालयको रु २५ लाख १० हजार ६६ गरी कूल रु ९७ लाख २१ हजार ३०४ को लगानीमा दुई तले आठ कोठे पक्की भवनको निर्माण ८५ प्रतिशत सकिएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिनुभयो ।


तीन करोडको लागतमा तीन आकाशे पुल

बागलुङ/११ असोज । गण्डकी प्रदेशका तीन जिल्लामा र तीन करोडको लागतमा तीन आकाशे पुल निर्माण शुरु गरिएको छ ।


गण्डकीका मुख्यमन्त्री चीन जाँदै

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मंगलबार चीन भ्रमणमा जाने भएका छन् । मुख्यमन्त्रीसँगै प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरे, प्रदेश नीति तथा योजना आयोगका गिरिधारी पौडेल, मुख्य सचिव लक्ष्मीराज शर्मा लगायत केही व्यवसायीसमेत भ्रमणमा सहभागी हुने छन् ।


कुश्मा नगरपालिकाको एकीकृत सहरी विकास गोष्ठी सम्पन्न

पर्वत, ३ असोज । कुश्मा नगरपालिकाले एकीकृत सहरी बिकास योजना (इन्टरग्रेटेड अर्वन डेव्लोप्मेन्ट प्लानीङ मोडेल) अबलम्बन गर्ने भएको छ ।


कर्मचारी अभावमा काम गर्न समस्या भएको मन्त्री पुनको गुनासो

म्याग्दी, ३० भदौ । गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेश सरकारसँग कर्मचारी नहुँदा काम गर्न समस्या भएको बताएकी छिन ।


विद्यालय भवन बगायो, बेनीबजार जोखिममा

म्याग्दी, २८ भदौ । रघुगङ्गा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ ।


खानी बन्द हुँदा रोजगारी गुम्यो

म्याग्दी, २७ भदौ । म्याग्दीको मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा रहेका स्लेट खानी बन्द हुँदा स्थानीयको रोजगारी र आम्दानीको अवसर गुमेको छ ।


अधिकारको खोजी गर्न मुख्यमन्त्रीको भेला - मुख्यमन्त्री गुरुङ

पर्वत, २६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय सरकारसँग अधिकार माग्नका लागि मुख्यमन्त्रीहरू एकजुट भएको बताए ।


गाउँपालिकामा पहिलो पटक विद्युतीकरण

म्याग्दी, १७ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ ।


बागलुङका सबै स्थानीय तहमा बैङ्कका शाखा

बागलुङ, १५ भदौ । स्थानीय तहमा बैङ्क पुर्याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् ।


बागलुङ नगरपालिकाले १५ प्रकारका व्यवसाय कर घटायो

बाग्लुङ, ९ भदौ । बागलुङ नगरपालिकाले १५ प्रकारका व्यवसायमा लाग्ने कर घटाएको छ ।