समाचार

प्रकाशमानले फोन नम्बर दिँदै भने, ‘समस्या परे मलाई फोन गर्नु’

चैत १६, काठमाडौं - नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । नेता सिंहले आज एक विज्ञप्तिमार्फत लकडाउनको समयमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीले कुनै गम्भीर समस्या आइपरेमा सचिवालयका श्रीराम लामिछाने (९८५१००८८५७) र युपी लामिछाने (९८५१०८३४४०) लाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।


नेपाल एयरलाइन्समार्फत् चीनबाट ल्याइयो स्वास्थ्य सामग्री

चैत १६, काठमाडौं - कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।


अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, विश्वभर एकै दिन ३ हजारको मृत्यु

चैत १५,एजेन्सी - विश्व्यापी महामारी कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनबाट शुक्रबार दिन ६२ हजार बढी संक्रमित भेटिएका छन् । सबैभन्दा बढी अमेरिकामा हिजो झण्डै १७ हजार नयाँ संक्रमित भेटिए ।


क्वारेन्टाइनमा बस्दा ध्यान दिनुपर्ने कुराहरु

गर्न नहुने काम/कस्तो खाना खाने ? चैत १५, काठमाडौँ - कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न यतिबेला नेपालमा साताव्यापी एकान्त बास चलिरहेको छ । शङ्कास्पद बिरामी भने छुट्टै क्वारेन्टाइनमा चिकित्सकको निगरानीमा छन् ।


सिन्धुलीको कमलामाईमा अत्यावश्यक बाहेकका सबै पसल बन्द गर्ने निर्णय

चैत १०, सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रभित्रका अत्यावश्यक बाहेकका सबै पसलहरू बन्द गर्ने निर्णय गरेको छ । सोमबार विहान नगरपालिकामा नगरप्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन यस्तो निर्णय गरेको हो ।


इटलीमा स्थिति झन् भयावह, एकै दिन गयो ७९३ को ज्यान

भक्तपुर, ९ चैत -चीनपछिको कोरोनाको इपिसेन्टर इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ ।


कोरोना कहर : अर्थतन्त्रमा संकुचन आउन नदिन विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

भक्तपुर, ९ चैत -सरकारले अर्थतन्त्रमा संकुचन आउन नदिन उपयुक्त कार्यक्रम ल्याउने भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीको जोखिमले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ ।


अदालत बन्द गर्ने कि नगर्ने निर्णय लिन सर्वोच्चमा फूलकोर्ट

भक्तपुर, ७ चैत्र- विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण फैलिएका बेला अदालतहरूले कसरी काम गर्ने भन्नेबारे निर्णय लिन भन्दै सर्वोच्च अदालतमा फूलकोर्ट बसेको छ । सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठकलाई फूलकोर्ट भनिन्छ ।


‘कोरोना’ले अर्थतन्त्र धेरै प्रभावित हुँदैन : अर्थमन्त्री

भक्तपुर, ७ चैत -अर्थमन्त्री एवं सरकार प्रवक्ता डा. युवराज खतिवडाले ‘कोरोना’का कारण अर्थतन्त्र त्यति प्रभावित नहुने बताउँदै नआत्तिन निजी क्षेत्रलाई आग्रह गरेका छन् । सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कोरोनाका कारण विप्रेषण आप्रवाहमा केही समस्या भएपनि वित्तीय प्रणालीमा समस्या नपर्ने भएकाले अर्थतन्त्र उतिसारो प्रभावित नहुने बताएका हुन् ।


बागमती प्रदेशले पाँचसय शैय्याको निगरानी कक्ष बनाउने

भक्तपुर, ७ चैत -कोभिड–१९को जोखिमलाई ध्यान दिँदै वाग्मती प्रदेश सरकारले ५०० शैय्याको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण गर्ने भएको छ । प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी, वन विज्ञान अध्ययन संस्थान, गौरीटार खेलकूद एकेडेमी र सशस्त्र प्रहरीको हेटौँडा क्याम्पमा सो कक्ष निर्माण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।


मध्यपुर थिमि नगरपालिकामा आइसोलेसन वार्डसहिको अस्पताल तयार

भक्तपुर, ७ चैत्र -विश्वव्यापी रुपमा महामारीको रुप लिँदै गएको कोरोना संक्रमणविरुद्धको तयारीका लागि भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले पनि सक्रियता देखाएको छ । कोरोनाको संक्रमण देखिए उपचार गर्ने व्यवस्था मिलाउन नगरपालिकाले नेपाल कोरिया मैत्री अस्पतालमा आइसोलेसन वार्डहरु राख्ने तयारी गरेको हो ।


सिन्धुलीमा एक वृद्धलाई १०४ डिग्री ज्वरो, आइसोलेसनमा भर्ना

चैत ६,सिन्धुली - सिन्धुलीमा एक जनालाई १०४ डिग्रीमाथि ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार सिन्धुली अस्पतालमा उपचारका लागि आएका एक जना बिरामीलाई उच्च ज्वरो देखिएपछि आइसोलेशन वार्डमा राखेर उपचार सुरू गरिएको हो ।


कृषि विकास बैंक र काठमाडौ र महानगरपालिकाबीच सम्झौता

कृषि विकास बैंक र काठमाडौं महानगरपालिकाबीच माइतीघर मण्डला सुधारका लागि सम्झौता भयो । बैंकका कामु उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम र काठमाडौं महानगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।


जनप्रतिनिधिबाटै बन्द आह्वान

भक्तपुर, ६ चैत -बागमती गाउँपालिका–३ का अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले प्रहरीले ज्यादती गरेको भन्दै अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले राजनीतिक आडमा प्रशासनले आफूमाथि दमन गरेको बताए ।


जोखिमको अवस्था विश्लेषणपछि सबै परीक्षा स्थगित, त्रिविको परीक्षा पनि सर्ने

भक्तपुर, ६ चैत-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड– १९ को सङ्क्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर माध्यमिक शिक्षा परीक्षा (एसइई) र विभिन्न विश्वविद्यालयका पूर्व्निर्धा्रित परीक्षा स्थगनको निर्णय भएको जनाउनुभएको छ । विश्वस्वास्थ्य सङ्गठनको विश्वव्यापी मूल्याङ्कन र नेपालको स्थितिलाई हेरेर स्थगन परीक्षाको नयाँ कार्यतालिका चाँडै सार्वजनिक हुने उल्लेख गर्दै उहाँले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सो निर्णय गरेको उल्लेख गर्नुभयो ।


महानगरका सबै पालिकामा - यापिड रेस्पोन्स टिम

भक्तपुर, ५ चैत्र -काठमाडौं महानगरपालिका र सबै १० वटै पालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित हुने बिरामीका लागि तत्काल उद्धार गर्न आरआरटी ((यापिड रेस्पोन्स टिम) र इमरजेन्सी मेडिकल टिम गठन गर्ने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले महानगर र अन्य १० वटा नगरपालिकामा सम्भावित जोखिमबाट बच्न सबै उपाय अपनाउने निर्णय गरेको छ ।


मृतकका आफन्त र प्रशासनविच सहमती भएपछि पनौतीमा लगाइएको कफ्र्यु बेलुका ८ बजेदेखी हटाइयो

चैत्र ०५, काठमाडौं - मंगलबार विहान ९ बजेदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारका केही क्षेत्रमा जारी गरेको अनिश्चितकालीन कफ्र्यू बेलुका ८ बजे सम्म जारी थियो । कफ्र्युपश्चात दिनभर पनौती बजार सुनसान रहेको थियो ।


पनौतीमा कर्फ्यु

चैत्र ४,काभ्रे — टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको विषयलाई लिएर भएको प्रदर्शनले उग्र रुप लिनसक्ने आँकलन गर्दै प्रशासनले पनौतीमा कर्फ्यु जारी गरेको छ । सोमबार प्रदर्शनले उग्र रुप लिएको र बिहानबाटै प्रदर्शन भएको भन्दै अर्को सूचना जारी नभएसम्मको लागि पनौती बसपार्क आसपासको क्षेत्रमा ९ बजेबाट कर्फ्यु जारी गरको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।


बाहिरी चक्रपथ आयोजना, चिनियाँ कम्पनीसँग प्रस्ताव माग्ने तयारी

चैत ४,काठमाडौँ - काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न प्रस्तावित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यकावासीको दुई दशकदेखिको प्रतीक्षित आयोजनाको रूपमा रहेको बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्नका लागि सहरी विकास मन्त्रालय, लगानी बोर्डको कार्यालय र उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा तयारी गरिरहेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।


मेलम्ची खानेपानी आयोजना पीडितद्धारा पुनः आन्दोलनको चेतावनी

चैत्र ०४,मेलम्ची - बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने रकम नपाएका कामदार, आपूर्ति र ढुवानीकर्ताहरुले सरकारले १० दिनभित्र भुक्तानी नदिएमा काम ठप्प पार्ने चेतावनी दिएका छन् । मेलम्ची खानेपानी आयोजना पीडित संर्घर्ष समितिका संयोजक बिष्णुमणि आचार्यले छिटोभन्दा छिटो भुक्तानी नगरिए आन्दोलन जान बाध्य हुने र यसबाट मेलम्चीको बाँकी काम ठप्प पार्ने बताउँनुभयो ।


कोरोनाको त्रास– सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न सरकारको निर्देशन

भक्तपुर, २ चैत -स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, आइतबार राष्ट्रिय सभा बैठकमा कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्धको तयारी बारे जानकारी गराउँदै काठमाडौं– सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन भन्दै सरकारले सीडीओ र जिल्लामा रहेका स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको हो ।


कोरोना भाइरस रोकथामको छलफल गर्न प्रधानमन्त्रीद्धारा सबै मुख्यमन्त्रीहरुलाई काठमाडौंमा बोलावट

भक्तपुर, २ चैत्र -प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाईएको छ । विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपाल भित्रिन नदिन र भित्रिहाले कसरी रोकथाम गर्ने भन्नेबारे छलफल गर्न मुख्यमन्त्रीहरुलाई आज काठमाडौं बोलाईएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।


विश्वभरि करिब एक लाख ४० हजारमा कोरोना भाइरस संक्रमण

भक्तपुर, १ चैत्र -विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण शुक्रबारसम्म एक लाख ३९ हजार ६६८ जनामा भएको छ । यसबाट पाँच हजार १२२ जनाको मृत्यु भएको छ ।


अनिश्चितकालका लागि श्रम स्वीकृति स्थगित

भक्तपुर, ३० फागुन-उच्च स्तरीय समन्वय समितिको बैठक । नेपाल सरकारले वैदेशिक रोजगारका लागि दिइएने श्रम स्वीकृति अनिश्चित कालका लागि स्थगित गरेको छ ।


कालापानीमा रहेका भारतीय सेना हटाउने संकल्प प्रस्ताव प्रतिनिधिसभामा पेश हुँदै

भक्तपुर, २९ फागुन -कालापानी क्षेत्रलाई नेपालकै कायम गराउने र त्यहाँ रहेका भारतीय सैनिकलाई फिर्ता गराउन नेपाल सरकारले पहलकदमी लिनुपर्ने विषय समेटिएको संकल्प प्रस्ताव प्रतिनिधिसभामा पेश हुने भएको छ । झण्डै साढे चार महिनाअघि भारतले प्रकाशित गरेको नक्सामा नेपाली भूभाग परेपछि भन्दै त्यसलाई फिर्ता गराउन कूटनीतिक पहल गर्न माग गर्दै उक्त प्रस्ताव प्रतिनिधिसभामा पेश हुन लागेको हो ।


दुुई राप्रपाबीच एकता घोषणा

भक्तपुर, २८ फागुन-राप्रपा र राप्रपा संयुत्तबीच आज एकताको घोषणा भएको छ । राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर एकता घोषणा गरिएको हो ।


पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

भक्तपुर, २८ फागुन -पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो ।


कोरोना प्रकोपबारे छलफल गर्न ३ बजे सर्वदलीय बैठक बस्दै

भक्तपुर, २८ फागुन – कोरोना भाइरस प्रकोपबारे छलफल गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (बुधबार) दिउँसो ३ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेतालाई बोलाइएको छ ।


वाग्मती प्रदेशद्धारा पर्यटकीय गन्तव्य विकास गर्न तीन अर्ब

भक्तपुर, २५ फागुन -वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि करिब तीन अर्ब खर्च गर्ने योजना निर्माण गरेको छ । प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकास निर्माण, प्रचारप्रसारलगायतका कार्यमा उक्त रकम खर्च गर्ने योजना बनाएको हो ।


भौतिक मन्त्रालयद्धारा १५ सय ठेक्काको म्याद थपियो

भक्तपुर, २५ फागुन -सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीलाई अन्तिम पटकका लागि काम गर्ने अवसर प्रदान गरेको छ । ती म्याद थपिएका निर्माण कम्पनीले तोकिएको अवधिभित्र आफ्नो काम सम्पन्न गरिसक्नुपर्नेछ ।


नीति तथा कार्यक्रम बनाउन प्रदेशसँग समन्वय गदैं कृषि मन्त्रालय

भक्तपुर, २५ फागुन - प्रदेशसँगको समन्वयमा कृषि मन्त्रालयले नीति तथा कार्यक्रम बनाउने कृषि तथा पशुपंक्षी मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने भएको छ । मन्त्रालयले सातै प्रदेश सरकार सरकारसँग एकीकृत नीति तथा कार्यक्रम तय गरी बजेट बनाउने भएको हो ।


महानगरले बजेट खर्च गर्न सकेन

फागुन,२४ काठमाडौं महानगरपालिका - काठमाडौं महानगरपालिकाले ६ महिनाको अवधिमा विकासका लागि छुट्ट्याएको बजेट खर्च गर्न सकेको छैन । यस आर्थिक वर्षमा महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत ५४ करोड ७९ लाख ६७ हजार रुपैयाँ छुट्याएको थियो ।


हात नमिलाउन बागमती प्रदेश सरकारको आग्रह

भक्तपुर, २३ फागुन - हात नमिलाउन बागमती प्रदेश सरकारको आग्रह । बागमती प्रदेश सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन हात नमिलाउने निर्णय गरेको छ ।


कोरोनाभाइरस आशंकामा विद्यालय स्तरका परीक्षा चैत्र ५ भित्र सक्काउन सरकारको निर्देशन,एसईई भने नसर्ने

भक्तपुर, २२ फागुन- कोरोनाभाइरस’को संक्रमण फैलिने आशंकाले सरकारले विद्यालयहरुलाई चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । शिक्षा मन्त्रालयको निर्देशनपछि विद्यालयहरु आफ्नो शैक्षिक क्यालेन्डर हेरफेरमा जुटेका छन् ।


प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर, खानेकुरा खुवाउने तयारी

भक्तपुर, २२ फागुन -प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएपछिको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । बुधबार मिर्गौला प्रत्यारोपणपछि आईसीयूमा सारिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सूचक राम्रो रहेको हो ।


कोरोनाभाइरस आशंकामा विद्यालय स्तरका परीक्षा चैत्र ५ भित्र सक्काउन सरकारको निर्देशन,एसईई भने नसर्ने

भक्तपुर, २२ फागुन-कोरोनाभाइरस’को संक्रमण फैलिने आशंकाले सरकारले विद्यालयहरुलाई चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । शिक्षा मन्त्रालयको निर्देशनपछि विद्यालयहरु आफ्नो शैक्षिक क्यालेन्डर हेरफेरमा जुटेका छन् ।


राष्ट्रिय सभामा नवनियुक्त सदस्यले लिए शपथ

भक्तपुर, २१ फागुन -राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यले आजदेखि औपचारिक जिम्मेवारी पाएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ सदस्यलाई शपथ खुवाएसँगै राष्ट्रियसभाका नवनियुक्त सदस्यले औपचारिक जिम्मेवारी भएका हुन् ।


खतिवडा अर्थ र सञ्चार मन्त्री पुन: नियुक्त, चार बजे सपथ

भक्तपुर, २१ फागुन -युवराज खतिवडा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका छन् । मंगलबारमात्र अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मन्त्रालय हेर्ने गरी फेरि मन्त्री नियुक्त गरेका हुन् ।


प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा पूजा

भक्तपुर, २१ फागुन – शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला प्रत्यारोपण सुरु गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा विषेश पूजापाठ गरिएको छ । पशुपति विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित पहिलो प्रहरको पूजापाठ गराएका थिए ।


अर्थमन्त्री खतिवडासहित १९ जना राष्ट्रियसभाका सांसदको पदावधि आज सकिँदै

भक्तपुर, २० फागुन -दुई वर्षे कार्यकाल भएका राष्ट्रियसभाका सांसदहरुलाई मंगलबार संसदबाट बिदा गरिँदैछ । उनीहरुले दिउसो दुई बजे राष्ट्रियसभामा मन्तव्य राखेर बिदा लिने भएका हुन् ।


स्वीकृत भयो पन्ध्रौँ पञ्चवर्षीय योजना

भक्तपुर, १९ फागुन - सरकारले १८ वटा रुपान्तरणकारी (गेम चेन्जर) योजनासहित पन्ध्रौँ आयोजना स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले योजना स्वीकृत गरेको हो ।


प्रधानमन्त्री ओली भोलि नै अस्पताल भर्ना हुने, बुधवार मिर्गौला प्रत्यारोपण

भक्तपुर, १८ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बुधवार मिर्गौला प्रत्यारोपण गराउने भएका छन् । त्यसका लागि ओली भोलि नै त्रिवि शिक्षण अस्पतालस्थित ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।


यातायातमन्त्री नेम्बाङका १०० दिन, ९ हजार ५ सय खाल्डाखुल्डी पुर्नु विशेष उपलब्धि

भक्तपुर, १७ फागुन -भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कामलाई मन्त्रालयले विशेष उपलब्धिका रुपमा लिएको बताएका छन् । उनले सडक विभागअन्तर्गत रहेका २४ हजार ३ सय वर्ग मिटर अर्थात् ९ हजार ५ सयवटा खाल्डा पुर्ने काम सम्पन्न भएको जानकारी गराए ।


४१ अर्बको लेखाजोखा छैन : सरकारी अधिकारी नै बेखबर

भक्तपुर १६ फागुन -सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करवापद संकलित १ अर्ब रुपैंयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैंयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।


चीनमा भन्दा चीनबाहिर नयाँ कोरोनाभाइरस संक्रमित बढी, प्रभावित हुने देशको सङख्या ४४

भक्तपुर, १५ फागुन -चीनबाहिर नोबेल कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको छ । पछिल्लो पटक ल्याटिन अमेरिकी देश ब्राजिलमा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको हो ।


कर्मचारी धमाधम राजीनामा ठोक्दै टाप, यस्तो रहेछ राजीनामाको ‘रहस्य’

भक्तपुर, १४ फागुन -टाल्दै गयो, भ्वाङ पनि बढ्दै ! सरकारले कर्मचारी समायोजन त टुग्यायो तर स–साना कानुनी छिद्रको फाइदा उठाएर कर्मचारी धमाधम राजीनामा ठोकेर हिंड्न थाले । संघबाट एक तह बढुवा भएर प्रदेश तथा स्थानीय तहमा खटिएका कर्मचारी धमाधम राजीनामा दिएर हिंड्न थालेका छन् ।


समायोजन प्रक्रियामा गम्भीर त्रृटि

भक्तपुर, १३ फागुन -संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन प्रक्रियामा गम्भीर त्रृटि देखिएको छ । समायोजन प्रक्रिया पारदर्शी र व्यवस्थित हुन नसक्दा समग्र कर्मचारी व्यवस्थापन नै भद्रगोल देखिन पुगेको हो ।


सवारीसाधनको सडक लेन छुट्याइने

काठमाडौँ, फागुन १३ - भक्तपुरको सूर्यविनायकदेखि जडीबुटीसम्मको सडकखण्डमा यात्रुवाहक, मालवाहक रकम गतिमा गुड्ने सवारीसाधनका लागि सडक लेन छुट्याइने भएको छ । काठमाडौँ उपत्यकाको सडक तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको हो ।


अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना

भक्तपुर, १२ फागुन- छदिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए ।


बाँस्कोटा मुछिएको अडियो छानबिन गर्दै अख्तियार

भक्तपुर, १२ फागुन -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटा मुछिएको अडियो रेकर्डमाथि अनुसन्धान शुरू गरेको छ । विभिन्न माध्यमबाट परेका उजुरी संकलन गरेर छानबिन थालेको हो ।


जनप्रतिनिधिको यस्तो उदाहरणीय काम, आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद

भक्तपुर, १२ फागुन (उदाहरणीय काम) जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पु¥याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौला बन्नुभएको छ । उहाँले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याउनस भएको छ ।


चार ठूला भ्रष्टाचारमा निष्कर्ष दिन अख्तियारको ढिलाइ

भक्तपुर, ११ फागुन (भ्रष्टाचार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारवटा ठूला भ्रष्टाचार प्रकरणमा छानबिन गरी निष्कर्षमा पुग्न ढिलासुस्ती गरेको पाइएको छ । भ्रष्टाचारका यस्ता ठूला प्रकरणमा ढिलासुस्ती हुँदा भ्रष्टाचारविरुद्धका केही निकायले असन्तुष्टि जनाएका छन् ।


अख्तियारले भन्यो– उजुरी नपरे पनि बाँस्कोटामाथि अनुसन्धान गर्न सकिन्छ

फाल्गुण १०,काठमाडौं - सेक्युरिटी प्रेस खरिद प्रक्रियामा एजेन्टसँग कमिसनको मोलमोलाइ गरेका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि अनुसन्धान गर्न कुनै उजुरी कुर्नु नपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ  । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले सार्वजनिक भएको अडियो नै अनुसन्धानका लागि पर्याप्त प्रमाण भएको नयाँ पत्रिकासँग बताए  ।


आज महाशिवरात्रि ः पशुपतिका चारै ढोका खुला

फागुन ९, काठमाडौं प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । आज साँझ ५ः४० बजेसम्म त्रयोदशी तिथि छ ।


पशुपतिनाथ मन्दिर जाँदै हुनुहुन्छ ? ः यी स्थानमा छन् सवारी निषेध

फाल्गुन ९, काठमाडौँ – आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गर्छ ।


यसरी आयो बाँस्कोटाको राजीनामा

फाल्गुण ९, काठमाडौं - सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाए । दाहालले प्रधानमन्त्री केपी ओलीसँग भेटघाटका लागि समय तय भएको भन्दै श्रेष्ठ र थापासँग ‘घुस प्रकरण’ का विषयमा सामान्य छलफल गरे ।


नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा दिएँ : गोकुल बाँस्कोटा

फाल्गुण ०८,काठमाडौँ - सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । उनी आफैँले राजीनामाबारे जानकारी दिएका हुन् ।


आहा ! सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाः घुम्नै पर्ने यी स्थानहरु

सिन्धुपाल्चोक । भ्रमण वर्ष अभियान अन्तर्गत गाउँपालिकाले बुधबार गाउँपालिकाको वडा नम्बर १२ भिमटारको पर्यटकीय धार्मिक स्थल भिमसेन मन्दीर हुँदै वडा नम्बर १० को रमणिय बुढिचौर, वडा नम्बर ६ को धार्मिक पर्यटकीय स्थल बौद्ध बिहार, वडा नम्बर ५ को धार्मिक तथा ऐतिहासिक स्थल रणनैनेश्वर महादेवको मन्दीर, वडा नम्बर ४ नवलपुरको भिमसेन मन्दीर, गाउँपालिकाकै शिरमा रहेको वडा नम्बर १ को नौलिङगेश्वर महादेव मन्दीर, मेलम्ची र ईन्द्रावती गाउँपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल गुफाडाँडाको भ्रमण गरेर गाउँपालिकाले भ्रमण वर्षको सुभारम्भ गरेको हो ।


डिजिटल नेपाल बनाउने महाभियानमा छौँ : प्रधानमन्त्री

फाल्गुण ०६, काभ्रेपलाञ्चोक - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताउनुभएको छ । उहाँले धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै उहाँले डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिनुभयो ।


बागमती प्रदेशका ज्येष्ठ पत्रकारले पेन्सन (निवृत्तीभरण) पाउने

काठमाडौं - बागमती प्रदेशका ज्येष्ठ पत्रकारले पेन्सन (निवृत्तीभरण) पाउने भएका छन् । यसको लागि बागमती प्रदेशको सञ्चार रजिस्ट्रार कार्यालय हेटौंडाले पत्रकार कल्याण कोष स्थापना गरिसकेको छ ।