समाचार

७२ किमीको द्रुत मार्गमा रहनेछन् ८७ वटा पुल, यसरी हुँदैछ निर्माणको काम

मंसिर २९, भक्तपुर (भौतिक निर्माण) -सेनाले जिम्मा लिएको काठमाडौँ–तराई द्रुत मार्गको ५५ किमि सडकमध्ये ३० किमि सडक ग्राभेलका लागि योग्य भएको छ । सकडकको कुल लम्बाई ७२/२ किमिमध्ये १७/२ किमिमा पुल टनेल पर्छन् ।


धनुषा बम विस्फोटका गम्भीर घाइते प्रहरी निरीक्षकको मृत्यु

मंसिर २८,धनुषा (अपराध) धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोटमा घाइते प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको छ । गम्भीर घाइत दाहालको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक शेखर खनालले रातोपाटीलाई बताए ।


प्रदेश दुईका बालबालिका मानवतस्करको निशानामा

मंसिर २७, जनकपुर ( प्रदेश २)– प्रदेश दुईका बालबालिका मानवतस्करको निशानामा पर्न थालेका छन् । तस्करहरूले सस्तो श्रमिकका रूपमा बालबालिकालाई ललाइफकाइ भारतको पञ्जाब र हरियाणासम्म पुर्‍याउने गरेको तथ्य पुष्टि भएको हो ।


अस्पतालमा बन्धक सुत्केरीलाई नगरप्रमुख साहद्धारा सहयोग

मंसिर २७, राजविराज (कंकालिनी न.पा)– उपचार खर्च तिर्न नसकेर अस्पतालबाट डिस्चार्ज हुन नपाएकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की ललितादेवी खंगलाई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।   ।


रौतहटका स्थानीय तह : पहिलो चौमासिक बजेट खर्च निराशाजनक

मंसिर, २७ भक्तपुर - बजेट खर्च (रौतहट, स्थानीय तह)रौतहटका स्थानीय तहमा जनप्रतिनिधिबीचको विवादका कारण विकास बजेट खर्च हुन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा स्थानीय सरकारको पूँजीगत बजेट खर्च प्रायः शून्य छ ।


उपचार खर्च तिर्न नसक्दा सुत्केरी अस्पतालमै ‘बन्धक’

मंसिर २६, (तिलाठी कोइलाडी गा.पा)— उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् । एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।


वीरगञ्जमा योग विद्यालय सञ्चालन

मंसिर, २६ वीरगञ्ज– वीरगञ्जमा योग विद्यालय सञ्चालनमा आएको छ । वीरगञ्जको विर्तामा पतञ्जली योग समितिको महानगरस्तरीय योग विद्यालयको उद्घाटन गरिएको हो ।


बलात्कार प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

मंसिर २५, (शम्भुनाथ न.पा)— बलात्कारको प्रयास गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय ३५ वर्षीया महिलाले आफूलाई गाउँकै कुखुरा फर्ममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागि मंगलबार साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।


प्रदेश सरकारका योजनामा अख्तियारको छानविन

मंसिर, २४ (छानविन) प्रदेश २ सरकारका योजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । आठवटा जिल्लामा वितरण भएका योजनाहरु कार्यान्वयन भएनभएको बारे अख्तियारले अनुसन्धान थालेको थालेको हो ।


काठमाडौं-तराई ‘फास्ट ट्र्याक’ निर्माण असारमा थालिने, यस्तो छ तयारी

भक्तपुर, २४ मंसिर- ‘फास्ट ट्र्याक’ (काठमाडौं)नेपाली सेनाले कार्तिक ०७७ असारमा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग निर्माण सुरु गर्ने भएको छ । त्यस अवधिसम्म कूल ७२ दशमलव ५ मिटर लम्बाइको यस आयोजनाको पूर्वतयारीका काम सम्पन्न हुने सेनाको विश्वास छ ।


लक्ष्मीपुर पतारीमा विवाद चर्कियोःकार्यलय तोडफोड,प्रहरीद्धारा अश्रुग्यास

मंसिर,२३ सिरहा (लक्ष्मीपुर पतारी गा.पा)– सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा व्यापक अनियमिता भएको भन्दै विरोधमा उत्रेका भीडले गाउँपालिकाको भवनमा तोडफोड गरेको छ । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको छ ।


सिरहाका भूमिहीन र विपन्नलाई जग्गाधनी पुर्जा

मङ्सिर २१, (लहान नगरपालिका) सिरहा लहान नगरपालिका अन्तर्गत ढोढना र सिसवनीका विभिन्न टोलबस्तीका विपन्न र भूमिहीन ५० परिवारलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा बाँडिएको छ  । नापी कार्यालय लहानको आयोजनामा बुधबार लहानस्थित पशुपति आदर्श मावि प्रांगणमा आयोजित समारोहबीच प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रकुमार साहले पुर्जा वितरण गरे  ।


प्रयोगमा आएन कम्प्युटर शिक्षा

मङ्सिर २१,शिक्षा: (भङ्गाहा नगरपालिका–५) महोत्तरीभङ्गाहा स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका लाखौँ मूल्यका कम्प्युटर प्रयोग हुन सकेको छैन । विद्यालयलाई प्राप्त २२ थान कम्प्युटर सिक्न विद्यार्थी लालायित भए पनि शिक्षकको अभावमा यो विषय पठनपाठन हुन सकेको छैन ।


गाउँ गाउँमा सिंहदरवारः बालबालिका अझै चिसो भुइँमा पढ्न बाध्य

मंसिर २०,पर्सा (प्रदेश २) – पर्साका विभिन्न विद्यालयमा बालबालिकाहरु चिसो भूईमा वसेर पढ्न बाध्य छन् । तीन तहको सरकार भएपछि पनि एकातीर गाउँ गाउँमा सिंहदरवार भन्ने नारा घन्किरहदा यहाँका केहि विद्यालयमा भने विद्यार्थीले घरबाट बोरा लिएर वछ्याइ पढ्नु पर्ने बाध्यता छ ।


सप्तरीको बनौनिया–चपेना सडकखण्ड निर्माण मापदण्ड विपरित

भक्तपुर, २० मङ्सिर मापदण्ड विपरित राजगढ गाउँपालिका, सप्तरीसप्तरीको राजगढ गाउँपालिका अन्तर्गत नौं करोड रुपैयाँ भन्दाबढी लागतमा निर्माण सुरु भएको बनौनिया–चपेना सडकखण्डको मापदण्ड विपरित भइरहेको पाइएको छ । जनप्रतिनिधि र स्थानीयवासीले ठेकेदार कम्पनीको विरोध गर्न थालेपछि सडक स्तरोन्नति कार्य मापदण्ड विपरित भइहेको खुल्न आएको हो ।


प्रदेश २ द्धारा मधेश भवनमा प्लाष्टिकजन्य वस्तु निषेध

भक्तपुर, १९ मंसिर -निषेध (प्रदेश २) प्रदेश २ सरकारको सचिवालय रहेको क्षेत्र ९मधेश भवन० मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबारदेखि प्लाष्टिकजन्य वस्तु प्रवेशमा रोक लगाएको छ । जनकपुर चुरोट कारखानाको आवास क्षेत्रलाई प्रदेश सरकारको मन्त्रिपरिषद्ले डेढ वर्ष अघि नामाकरण गरेको हो, मधेश भवन ।


मुख्यमन्त्रीको गृह जिल्लामा चीसो भूईंमा पढ्न वाध्य छन् बालबालिका

वीरगन्ज, १९ मंसिर (समस्या)‘बेटी बचाऊ बेटी पढाउ’ को नारा सुन्नासाथ अन्य प्रदेशकालाई प्रदेश २ का मुख्य मन्त्रीको महत्वपूर्ण नारा भन्ने बुझ्न गाह्रो पर्दैन । प्रदेश २ मा अन्य पार्टीका नेता कार्यकर्ताले पनि यो नारालाई सान्दर्भिक नै ठानेका छन् ।


अतिथिले भरिँदै महागढीमाई न.पा.

बारा, मंसिर १८ महागढीमाई न.पा. - पाँच वर्षको अन्तरालमा लाग्ने बाराको प्रसिद्ध गढीमाई मेलाले गर्दा बाराका अधिकांश बस्तीहरु पाहुनाले भरिएका छन् । महागढीमाई नगरपालिकाका अधिकांश घरमा साविकको भन्दा पाँच गुणासम्म बढी पाहुना रहेको स्थानीयहरुको भनाइ छ ।


संसदीय क्षेत्र विकास कोषको अधिकांश बजेट मठ–मन्दिरमा

भक्तपुर, १७ मंसिर-भौतिक निर्माण(राजविराज,शम्भुनाथ नगरपालिका)संसदीय क्षेत्र विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा सप्तरीको क्षेत्र नं ३ र ४ को अधिकांश बजेट मठ–मन्दिर र धर्मशाला निर्माणका लागि छुट्ट्याइएको छ । सांसदहरूको अध्यक्षतामा सम्पन्न बैठकबाट छनोट गरिएका योजना अनुसार क्षेत्र नं ३ र ४ को अधिकांश बजेट विकास निर्माणभन्दा धार्मिक संरचनामा खर्च हुने देखिएको हो ।


स्‍नान गर्ने श्रद्धालुहरुको घुइँचो

जनकपुरधाम, १५ मंसिर -साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । विवाह पञ्चमी अन्तर्गत जनकपुरमा आज मनाइने रामजानकी विवाह महोत्सवमा पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।


बसबरिया गाउँपालिकाका बालबालिका चिसो भुइँमा बसेर पढ्न बाध्य

सर्लाही, १३ मंसिर बसबरिया गा.पा (समस्या) - सर्लाही जिल्लाको बसबरिया गाउँपालिका–३, भवानीपुर स्थित श्रीजनता आधारभूत विद्यालयका विद्यार्थी डेस्क बेन्चको अभावमा स–साना भुइँमा बोरा, गुन्द्री ओछ्याएर पढ्न बाध्य छन् । विद्यालयमा भएका डेस्क बेन्च माथिल्लो कक्षाका विद्यार्थीले प्रयोग गर्ने भएकाले साना बालबालिकाले चिसो भुइँमा बसेर पढ्नुपर्ने बाध्यता भएको हो ।


धनगढीमाई नगरपालिका कार्यालयमा शंकास्पद वस्तु फेला

भक्तपुर, १३ मंसिर (शंकास्पद वस्तु)जनकपुरधाम सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ । नगर प्रमुख हरिनारायण चौधरीको कार्यकक्षको ढोका नजिकै शुक्रबार बिहान उक्त वस्तु फेला परेको हो ।


गाउँसभा नगरी स्थानीय तहमा करोडौं खर्च

भक्तपुर, १३ मंसिर छिन्नमस्ता गाउँपालिकाल(खर्च)सप्तरीका तीनवटा स्थानीय तहले गाउँसभा नै नगरी आफूखुसी रकम खर्चिन थालेका छन्  । छिन्नमस्ता, राजगढ र महदेवा गाउँपालिकाले प्रशासनिक र तलबभत्तामा करोडौं रुपैयाँ खर्चिसके  ।


वीरगञ्जमा कर ठेक्काको बेथिति : जनप्रतिनिधिको अदूरदर्शिताले महानगरको ३ करोड आम्दानी गुम्यो

भक्तपुर, ११ मंसिर (बेथिति)-आर्थिक स्रोतको अभाव झेलिरहेको वीरगञ्ज महानगरले जनप्रतिधिको स्वार्थी हठका कारण ३ करोड रुपैयाँ आम्दानी गुमाएको छ । जनप्रतिनिधिको अदूरदर्शी निर्णयले महानगरले चालू आर्थिक वर्ष २०७६र७७ का लागि करको ठेक्का लगाउन नसकेको हो ।


स्थानीय तहको लापरबाही योजना आउँछ, बेवास्ताले फिर्ता जान्छ

भक्तपुर, १० मंसिर (लापरबाही) -गतवर्ष संघीय सरकारले १ अर्ब १६ करोड रकमको लागतमा चिटिक्क जनकपुर बनाउने योजना थाल्यो । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेको ऐतिहासिक पोखरी सौन्दर्यीकरण तथा नगर सरसफाइका लागि योजना अघि बढाउने भन्दै पालिकासहित विभिन्न निकायसँग सम्झौता पनि भयो ।


काठमाडौँ–तराई द्रुतमार्गः पुल निर्माणको काम फागुनदेखि शुरु

भक्तपुर, ९ मंसिर (भौतिक पुर्वधार) -काठमाडौँ–तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० स्वीकृत भएको ३ महिनापछि नेपाली सेनाले सो द्रुतमार्गमा पर्ने ७१ ओला पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै छ । आगामी फागुनदेखि उक्त दु्रतमार्गमा ७१ वटा पुल निर्माणको काम शुरु गर्न सेनाले मंसिर १५ सम्ममा टेन्डर आह्वान गर्ने तयारी गरेको हो ।


दैलामै वडाको सेवा

भक्तपुर, ८ मंसिर सेवा -उमेरले ५० कटे पनि कर्जन्हा नगरपालिका–६ का मुनेश्वर सदाय मुसहरको नागरिकता छैन  । भूमिहीन सुकुम्बासी दलित समुदायका उनलाई नागरिकता लिनुपर्छ भन्ने थाहा त थियो तर त्यो उमेरसम्म सिफारिस लिन वडा कार्यालय जानुपर्छ भन्ने थाहा थिएन  ।


सर्लाहीका सरकारी कार्यलय नै शौचालय बिहिन

सर्लाही, ६ मंसिर सर्लाही (समस्या) -नेपाललाई खुल्ला दिसामुक्त देश घोषणा गरिएतापनि ती घोषणाहरु राजनीतिक चलखेल र सरकारी स्तरबाटै भएको चरम लापरबाहीका कारण कागजमै सिमित हुन पुगेका छन् । सर्लाहीका स्थानियका अनुसार जिल्लाका धेरै जसो सरकारी कार्यालयहरु नै शौचालय बिहिन रहेका छन् ।


मेयर–उपमेयरबीच जहिल्यै झगडा

भक्तपुर, ६ मंसिर (झगडा) -केही समयअघि यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया र उपाध्यक्ष गीतादेवी साहबीच झगडा बढेपछि नेकपाले मिलापत्र गराउनुपर्‍यो  । पार्टीकै बदनामी ठानेर नेकपाका जिल्ला इन्चार्ज युवराज भट्टराईको पहलमा झगडा साम्य पारियो तर लगत्तै उपाध्यक्ष गीताले भनिन्, ‘दुई–चार दिन अध्यक्षको हर्कत हेर्छु  ।


वडा सदस्यलाई साइकल वितरण

भक्तपुर,४ मङसिर (साइकल वितरण) -विष्णुपुर गाउँपालिकाले गाउँपालिकाका २९ वटै वडा सदस्यलाई एक एक थान साइकल वितरण गरेको छ । जनताको काम गर्न सहज होस् भनेर वडा सदस्यलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लिलाम्वर यादवले बताउनुभयो ।


प्रदेश २ सरकारको निःसर्त अनुदानमा डिप ट्युबवेल निर्माण

मंसिर,२पर्सा(निर्माण) – प्रदेश २ सरकारको निःसर्त अनुदान कार्यक्रमअन्तर्गत बारा र पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा डिप ट्युबवेल निर्माण गरिएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले तीन करोड ५० लाख रुपैयाँको लागतमा यस वर्ष १७ वटा डिप ट्युबवेल जडान गरी विभिन्न स्थानमा सिँचाइ सुविधा पुर्याएको हो ।


उपभोक्ता समितिको योजनामा ब्रह्मलुट : ८ करोड घटाएर भुक्तानी दिन संसदीय समितिको निर्देशन

भक्तपुर, २ मंसिर (ब्रह्मलुट) -प्रदेश २ मा उपभोक्ता समितिमार्फत भएको काममा व्यापक लापरबाही भएको पाइएको छ । निहित स्वार्थबाट प्रेरित भई प्राविधिकले घरमै बसेर समितिबाट सञ्चालित योजनाहरूको मनलाग्दी मूल्याङकन गरेको पाइएको हो ।


नेतृत्वले नसकेपछि जिम्मा वडातर्फ सार्दै महानगर

भक्तपुर, १ मङसिर (जिम्मा) -उद्योग तथा व्यापारिक प्रतिष्ठानले वातावरण प्रदूषण गरेको बताउँदै आएको वीरगन्ज महानगरले कारबाही गर्ने जिम्मेवारी भने वडालाई दिएको छ । प्रदेश २ को एक मात्र वीरगन्ज महानगरपालिकाले वातावरण प्रदूषित पार्ने उद्योग तथा प्रतिष्ठानलाई कारबाही गर्ने जिम्मेवारी भने वडा कार्यालयतर्फ सारेको हो ।


वीरगन्ज महानगरपालिकाद्धारा तीनपांग्रे सवारीको सवारीधनी पुर्जा वितरण

भक्तपुर (पुर्जा वितरण) - वीरगन्ज महानगरपालिकाले तीनपांग्रे सवारी–साधनहरुको रुट परमिटसहितको सवारीधनी पुर्जा वितरण सुरु गरेको छ । शुक्रबार महानगपालिकामा आयोजित एक कार्यक्रमकाबीच नगरप्रमुख विजयकुमार सरावगीले सवारीधनीलाई पुर्जा हस्तान्त्रण गर्दै चालक अनुमतिपत्र नभएका टेम्पु तथा इरिक्सा अबउप्रान्त सन्चालन गरेको पाइए जफत गर्ने चेतावनी दिनुभयो ।


रौतहट र सर्लाही जिल्लामा एक दर्जन सडक तथा पुल निर्माण सम्पन्न

भक्तपुर, २९ कार्तिक (भौतिक निर्माण) -रौतहट र सर्लाही जिल्लामा पक्की पुल तथा सडक निर्माणसम्बन्धी एक दर्जन योजना सम्पन्न भएको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ । कार्यालयका प्रमुख दारोगा प्रसादले ८५ करोडको लागतमा रौतहट र सर्लाहीमा आर्थिक वर्ष २०७५र७६ मा पुल तथा पक्की सडक निर्माण भएको बताइएको छ ।


बेटी पढाऊ, बेटी बचाऊ,’ अभियान अन्तर्गत छोरी बिमामा कर्मचारी अभाव

भक्तपुर, २९ कार्तिक (कर्मचारी अभाव) — प्रदेश २ सरकारले लागु गरेको छोरीबिमा कार्यक्रम कर्मचारी अभावमा प्रभावित बनेको छ  । मुख्यमन्त्री कार्यालयमा छोरी बिमाका लागि शिशु लिएर दिनहुँ पुग्ने अभिभावकले कर्मचारी अभावमा सेवा पाउन सकेका छैनन्  ।


नर्सरी सामाग्री हस्तानान्तरण

भक्तपुर, २८ कार्तिकसामाग्री (हस्तानान्तरण)-जैविक खेतीलाई प्रबद्र्धन गर्दै आएको धनुषाको मिथिला नगरपालिका वडा नं. १० लालगढ स्थित सेवा निवृत्त कर्मचारी कृषि सहकारी संस्थालाई नर्सरी सामाग्री हस्तानान्तरण गरिएको छ । हरित गृह (टनेल) मार्फत जैविक खेती गर्दै आएका कृषकहरुलाई प्रोत्साहित गर्ने उदेश्यले यूएनडीपीको सहयोगमा बुधवार संस्थालाई नर्सरी सामाग्री हस्तानान्तरण गरिएको हो ।


बिरामी पर्दा सिटामोल छैन ,चुरेमा अभावै अभाव

कार्तिक, २७ सर्लाही (समस्या) — सर्लाहीको चुरे क्षेत्रका सबै बस्ती नगरपालिकामा भित्र पर्ने भएपनि भौगोलिक विकासमा शुन्य छन् । तराईको सुगम जिल्ला भए पनि चुरे बस्तीका स्थानीय वर्षौंदेखि अभाव र कष्टपूर्ण जीवन जिउन बाध्य भइरहेका हुन् ।


मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दियो १५ दिनको म्याद

भक्तपुर, २६ कार्तिक (म्याद) -सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई शुल्क फिर्ता वा समायोजन गर्न शिक्षा मन्त्रालयले १५ दिनको म्याद दिएको छ । सोमबार शिक्षा, विज्ञानतथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गिरिराजमणि पोखरेलले अबको १५ दिनभित्र मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्दा चलाउने बताउनुभयो ।


विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला

भक्तपुर, २४ कार्तिक (प्रयोगशाला) -नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने तयारी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको हो ।


प्रदेश नं २ मा आइतबार सार्वजनिक विदा

कार्तिक २३,धनुषा - प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले २४ कात्तिकमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


महोत्तरीमा मुख्य निर्वाचन अधिकृत र अधिकृतको कार्यालय स्थापना

भक्तपुर, २२ कार्तिक (कार्यालय स्थापना) - महोत्तरीको हुने एक गाउँपालिका अध्यक्ष र तीन वडाअध्यक्ष पदको उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत न्यायाधीश विष्णु सुवेदीको कार्यालय पिपरा गाउँपालिकाको भवनमा स्थापना गरिएको छ ।


अब प्रदेश २ मा आफ्नै ‘गुप्तचर’

कात्तिक २१, भक्तपुर (नीति) –संघले भन्दा अघि प्रहरी विधेयक ल्याएकोप्रदेश २ सरकारले गुप्तचरसमेत नियुक्त गर्ने गरी छुट्टै अनुसन्धान ब्युरो गठन गर्न लागेको छ । यसका लागि आवश्यक विधेयकसमेत तयार पारेको छ ।


तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै

भक्तपुर, २१ कार्तिक (विवाद) :सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विचको आन्तरिक विवाद बल्झिदै गएपछि अहिले सो विवाद झनै सतहमा पुगेको छ । केही दिन अगाडी मात्र उपाध्यक्ष सुचिता कुमारी यादवले अध्यक्ष सतिश सिंहमाथी बजेट दुरुपयोगदेखी मनमानी तरिकाले काम गर्दै आएको आरोप लगाएको भोली पल्टै अध्यक्ष सिंहले समेत ती आरोपहरुको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिनुभएको हो ।


प्रदेश २ को विद्युतीकरणमा नर्वेको साढे चार अर्ब अनुदान

भक्तपुर २० कार्तिक (अनुदान)- नर्वेले प्रदेश २ को विद्युत आपूर्ति सुदृढीकरण र विस्तारमा चार करोड अमेरिकी डलर करिब साढे चार अर्ब रुपैयाँ अनुदान दिने भएको छ । नर्वेले प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रमअन्तर्गत उपलब्ध गराउने १० करोड डलरमध्ये प्रदेश दुईमा विद्युत् आपूर्ति सुधारका लागि चार करोड डलर खर्च हुने छ ।


छठसँग जोडिँदै पर्यटन वर्ष

सरकार पर्यटन वर्ष २०२० को तयारीमा जुटेको छ । तराई मधेसमा विशेष उत्साहका साथ मनाइने छठ पर्वको अवसर पारेर प्रदेश २ मा पर्यटन वर्षको शुभारम्भ तीनै तहका सरकारको सक्रियतामा प्रारम्भ भएको छ ।


आज छठको मुख्य दिन, श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदै

भक्तपुर, १६ कार्तिक (पर्व)-शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वअन्तर्गत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई पूजापाठ गर्ने छन् ।


प्रदेश २ मा छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा

भक्तपुर, १५ कार्तिक (बिदा)-प्रदेश नम्बर २ ले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । यस वर्ष छठ कात्तिक १६ (शनिबार) र १७ गते (आइतबार) परेको छ ।


हुलाकी सडकमा पुल नहुँदा सदरमुकाम पुग्न जोखिम

लहान, १५ कार्तिक औरही गा.पा.(जोखिमपुर्ण यात्रा) – तराई मधेशको हुलाकी राजमार्गअन्तर्गत सिरहाको औरही गाउँपालिकास्थित गागनखोलामा पुल नहुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उक्त खोलामा पुल निर्माण नगर्दा सिरहाको एक दर्जनभन्दा बढी गाउँकाका बासिन्दा बिगत १० वर्षदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।


भाडाकै घरमा बाराका अधिकांश स्थानीय तहका कार्यालय

निजगढ,१३ कार्तिक– बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् ।


नगरपालिकामा अनियमितता बढेको जनप्रतिनिधिकै गुनासो

भक्तपुर, १० कार्तिक (अनियमितता) -रौतहटको फतुआ विजयपुर नगरपालिकामा अनियमितता बढेको गुनासो जनप्रतिनिधिले नै गर्न थालेका छन् । उपमेयर कान्तीदेवी महतोले अनियमिततामा मेयर गोपाल राय यादव नै संलग्न रहेको आरोप लगाएकी छन् ।


बाराका १६ स्थानीय निकायमध्ये १३ भाडामा

भक्तपुर, ९ असोज (समस्या) -स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । बाराका १६ स्थानीयतहमध्ये सुगम र सुविधासम्पन्न उपमहानगरपालिकाको रुपमा चिनिने कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाबाहेकका सबै स्थानीय तहका कार्यालय भाडाका तथा अरु सरकारी कार्यलयका भवनमा सञ्चालनमा रहेका छन् ।


महानगरकै सडकमा कुकुर आतंकः स्थानीयवासी त्रसित

कार्तिक, ८ पर्सा वीरगन्ज म.नपा (समस्या) — वीरगन्ज महानगरको मुख्य सडकमै रातको ९ बजेपछि हिडडुल गर्न समस्या भएको छ । भुस्याहा कुकुरको आतंक बढेपछि स्थानीयवासीमा हिडडुलमा समेत समस्या आउन थालेको हो ।


वीरगञ्ज महानगरपालिकाका ३० प्रतिशत बासिन्दा अझै खुला शौच गर्दै

वीरगञ्ज,६ कात्तिक – प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जका क्षेत्रभित्र रहेको सबै घरमा शौचालय छ । घर–घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझै पनि खुल्ला चौरमा दिसापिसाब गर्दै आइरहेका छन् ।


गाउँपालिकामा कर्मचारी अभाव

सर्लाही कार्तिक ३, धनकौल गाउँपालिका–९ स्थित जयश्रीराम निर्माण सेवाका सञ्चालक शिवकिशोर सिंह संस्थाको नविकरणका भौंतारिएका छन्  । संस्थाको नविकरणका असोज मसान्तभित्र गर्नुपर्ने कानुनी प्रावधान छ  ।


उखुको अनुदान नपाउदा कृषक समस्यामा

सिरहा कार्तिक १ ,, सिरहाकोनरहा गाउँपालिका ३ मा रहेको हिमाल्य सुगर मिल्समा गत आवमा उखु बेचेका ६ हजार ८ सय ६२ किसानले सरकारी अनुदान अझै पाएका छैनन् । उनीहरूले पाउनुपर्ने ८ करोड ४१ लाख ६७ हजार रुपैयाँ मन्त्रालयबाट निकासा नै नभएको हो ।


सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्न सरकारको तयारी

काठमाडौं, ३० असोज – सरकारले सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।


बुद्ध एयरको काउन्टरमा तोडफोड : कारबाही गर्छु-डिआइजी कार्की

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदलाई कानुनी दायरामा ल्याइने प्रहरीले बताएको छ । दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई कानुनअनुसार कारबाही गरिने बताएका हुन् ।


बुद्ध एयरको काउन्टरमा तोडफोड : कारबाही गर्छु-डिआइजी कार्की

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदलाई कानुनी दायरामा ल्याइने प्रहरीले बताएको छ । दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई कानुनअनुसार कारबाही गरिने बताएका हुन् ।


वडाध्यक्षको सिफारिसमा भारतीयलाई नागरिकता

असोज २६, लहान - एकजना भारतीय नागरिकले सिरहाको औरही गाउँपालिका–५ मा घर–ठेगाना कायम गरी नेपाली नागरिकता लिएको खुलेको छ । भारतको मधुवनी घर भएका महेन्द्र मुखियाले नेपाली नागरिकता लिएका हुन् ।


वडाध्यक्षको सिफारिसमा भारतीयलाई नागरिकता , यसरी खुल्यो किर्ते काम

सिराह असोज २५, सिराहको औरही गाउँपालिका –५ का वडाध्यक्षको सिफारीसमा एक भारतिय नागरिकले नागरिकता लिएको खुलेको छ । औरही –५ को ठेगाना कायम गरी नेपाली नागरिकता लिएको खुलेको हो ।


प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश २ सरकार प्रतिबद्ध

भक्तपुर असोज २४ ,प्रहरीलाई प्रविधीयुक्त र साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको जनाइएको छ । नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयलल आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले आफनो स्रोत साधनले भ्याएसम्म प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।


दुई टोलवासीबीच झडप हुँदा १६ जना घाइते

असोज २२,सिरहा - सिरहा नगरपालिका १२ सारस्वरमा दुई टोलवासीबीच झडप हुँदा १६ जना घाइते भएका छन् । दुई टोलवासी बीच धार्मिक विषयमा झडप हुँदा धारिलो हतियार प्रहार हुँदा चार महिलासहित १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।


छुवाछूत मुक्त हुदैं गाउँपालिका

सिरहा, सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका छुवाछूत मुक्त घोषणाको तयारी गरेको छ  । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० ऐनको व्यावहारिक कार्यान्वयनका लागि छुवाछूत मुक्त गाउँपालिका घोषणाको तयारी गरेको हो  ।


सप्तरीका सबै तहमा हेलिप्याड

राजविराज- नेपाली सेनाले बाढी, डुबान तथा त्यसपछि हुने राहत कार्यलाई प्रभावकारी बनाउन सप्तरीका सबै स्थानीय तहमा हेलिप्याड बनाउनुपर्ने सुझाएको छ  । सेनाको राजविराजस्थित भीमदल गणले सबै स्थानीय तहलाई पत्राचार गरि बाढी, डुबान र उद्धार तथा राहतका कामलाई सहज बनाउन हेलिप्याड लागि जग्गा उपलब्ध गराउन आग्रह गरेको हो  ।


दसैंमा झकिझकाउ जनकपुर

धनुषा, १७ असोज -जनकपुरमा दसैंमा शक्तिपीठलाई झकिझकाउ पारिएको छ  । युवा क्लवले लाखौ रुपैयाँ खर्च गरेर मठ–मन्दिर सिंगारेका छन्  ।


अझैं आएन दलित बस्तीमा दसैँ

देशैभर दसैंको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, 'उडायो सपना सबै हुरीले‍...' । एक सय साठी घरधुरी रहेको मुसहर बस्तीको अधिकांश घरका बालबालिका उही थोत्रो लुगामा फोहरमैलामा खेलिरहेका छन् ।


जनप्रतिनिधिमा सुविधा मोह

भक्तपुर, १६ असोज -सर्लाही जिल्लाको दक्षिणी क्षेत्रको एक स्थानीय तहमा सेवासुविधा कै लागि जनप्रतिनिधिबीच विवाद चुलिएको छ  । जनप्रतिनिधिले सेवा सुविधा नपाएकोमा एक अर्कामाथि दोषारोपण गरिरहेका छन्  ।


सुरक्षित यात्रा गराउन अनुरोध गर्दै उपमेयरद्धारा चालकलाई सम्मान

भक्तपुर, १५ असोज-चाडपर्वको बेला सवारी दुर्घटना न्युनिकरणम चालकको महत्वपुर्ण भुमीका हुने भन्दै कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले सवारी साधन चालकहरुलाई सम्मान गर्नुभएको छ । उपमेयर खातुनले चालकहरुलाई टिका लगाउँदै गाम्छा ओढाइ राम्ररी गाडी चलाएर सुरक्षित यात्रा गराउन अनुरोध सहित सम्मान गर्नुभएको हो ।


गण्डकीको पर्यटन टोली वीरगन्जमा

भक्तपुर, १४ असोज -आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ लाई सफल पार्न गण्डकी पर्यटन प्रवर्द्धन अभियान टोली आइतबार वीरगन्ज आइपुगेको छ  । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल नेतृत्वको ७० सदस्यीय टोली वीरगन्ज आएको हो  ।


शिक्षक सरुवाको विषयलाई लिएर नगरपालिका कार्यालय तोडफोड

रौतहट,असोज ११शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीले शुक्रबार कटहरिया नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन्  । विद्यार्थीले त्यहाँ रहेको प्रहरी कार्यालयको सवारी साधनमा समेत क्षति पुर्‍याएका छन्  ।


मेयर र प्रमुख प्रशासकीय अधिकृतकाे विवादले रोकियाे परिषद् बैठक

भक्तपुर, ९ असोज -रौतहटकोफतुवा विजयपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच कुरा नमिल्दा नगरपालिकाको परिषद बैठक हुन सकेको छैन  । यसले कर्मचारीको तलब समेत निकासा गर्ने रोकिएको छ  ।


सिलाउन दिएर जनप्रतिनिधिले लिएनन् सुट, टेलर्सले राख्यो लिलामीमा

जनकपुर, असोज ६सिरहाको कर्जन्हा नगरपालिकाले जनप्रतिनिधिको लागि सिलाउन दिएको सुट नलगेपछि टेलर्स सञ्चालकले लिलामीमा राखेका छन् । जनप्रतिनिधिले लामो समयसम्म सिलाएका सुट नलगेपछि टेलर्स सञ्चालकले ती सुट लिलामीमा राखेका हुन् ।


नगरसभामा कर्जन्हाका मेयरको किर्ते कामः बहुमत पुर्‍याउन गराए झुुक्याएर सही, रजिस्टर गायब

लहान, असोज ५सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले बिहीबार आयोजित चौथो नगरसभामा बहुमत पुयाउन नगरसभा सदस्यहरूलाई झुक्याएर सही गराएको खुलेपछि सभा स्थगित भएको छ  । झुक्याएर सही गराएको थाहा पाएलगत्तै नगरसभा सदस्यद्वय रामचन्द्र साह र टेकबहादुर लामाले प्रतिवाद गरेका थिए  ।


खुला दिसामुक्त जिल्लामा ३५५ मात्र शौचालय

बारा, असोज २भदौ महिनाभित्र खुला दिसामुक्त घोषणा गर्ने प्रदेश २ सरकारको पूर्वघोषणा भए पनि बारा जिल्लालाई हतारमा अपुरो खुला दिसामुक्त घोषणा गरिएको छ । जिल्लाका १६ वटा स्थानीय तहले बिनातयारी खुला दिसामुक्त घोषणा गरेपछि जिल्लास्तरीय खानेपानी तथा स्वच्छता समन्वय समिति बाराले कागजमै भए पनि बारा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको हो ।


भारतीयलाई वंशजको नागरिकता दिलाउने वडाध्यक्षलाई ६ महिना कैद फैसला

काठमाडौं, असोज ३भारतीयलाई किर्ते सिफारिस दिई वंशजको नागरिकता दिलाएकाले अदालतबाट ६ महिना कैद सजाय पाएको दुई महिना बित्दा पनि महोत्तरीका एक वडाध्यक्षलाई फैसलाको प्रतिलिपि दिइएको छैन  । जलेश्वर नगरपालिका–१० का वडाध्यक्ष विकाउदास कथबनियालाई महोत्तरी जिल्ला अदालतका न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले २५ असारमा ६ महिना कैदको फैसला गरेको थियो  ।


आवश्यक प्रक्रिया नै नपुगि धनुषा जिल्ला खुल्ला दिशामुक्त घोषणा

भक्तपुर, २ असोज -प्रदेश २ को अस्थाइ राजधानी धनुषा जिल्लालाई आवश्यक प्रक्रिया नै नपुगी खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमका बिच जिल्लाका करिव ४० प्रतिशत मानिस शौचालयको पहुँचबाट टाढा हुदा हुदै सोहि जिल्लालाइ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।


संविधान दिवस कर्मचारीद्धारा औपचारिकता पूरा, मन्त्रीले गरे विरोध

भक्तपुर, २ असोज -सप्तरी सदरमुकाम राजविराजको गजेन्द्र चोकमा प्रायः कुनै न कुनै कार्यक्रम भइरहन्छ । कुनै विषयको समर्थन, विरोध मात्र होइन, सामाजिक संघ संस्थाका अभियानात्मक कार्यक्रमहरु पनि यहीँ हुने गर्छन् ।


मेयर-उपमेयरको जुहारीले एक नगरबासीको ज्यानै लियो

भक्तपुर, २ असोज -( देशैभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वा्चित प्रमुख र उपप्रमुखबीचको विवादले एकजना नगरबासीको ज्यानै लिइसक्यो । नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एकजनाको ज्यान गएको हो ।


जनताको घरमा चर्पी र पानी छैन जनप्रतिनिधिलाई सुटका लागि पैसा बाँड्ने ?

स्थानीय तहको बेथितिअसोज २ सिरहा - पाँच महिनादेखि सिलाइ सेन्टरको ह्यांगरमा झुन्ड्याइएका छन् कोट–पाइन्ट, पैसा अन्तै खर्च गरेका जनप्रतिनिधि बोलाउँदा पनि लिन जाँदैनन्सिरहाको कर्जन्हा नगरपालिकाले ५९ जनप्रतिनिधि र मेयरका चालकलाई सुट हाल्न १०–१० हजार बाँडेको छ  । बैंक खातामा निकासा गरिएको रकम जनप्रतिनिधिले अन्तै मासेपछि सुट पाँच महिनादेखि मिर्चैया बजारस्थित सनलाइट टेलरको ह्यांगरमै थन्किएका छन्  ।


मेयर–उपमेयर ज्यान मुद्दा लागेपछि बेपत्ता

जनकपुर, भदौं ३१ज्यानसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेयता हँसपुर नगरपालिकाका मेयर, उपमेयर तथा तीन वडाध्यक्ष तथा एक मनोनित सदस्यसहित ६ कार्यपालिका सदस्य सम्पर्कविहीन भएका छन्  । नगरका बहुसंख्यक पदाधिकारी अनुपस्थित रहेका कारण नगरपालिकाको कामकाज ठप्प प्रायः भएको छ  ।


स्थानीय तहमा मनलाग्दीः काजै–काजमा कार्यकाल गुजार्छन् प्रमुख प्रशासकीय अधिकृत

जनकपुरधाम,भदौ ३० । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सीता परियार २०७५ चैत्र ४ गते हाजिर भइन् ।


बालबालिकाले राजविराज नगरपालिकाका प्रमुख-उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग

राजविराज । राष्ट्रिय बाल दिवस मनाउन सप्तरीको राजविराजमा भेला भएका बालबालिकाले राजविराज नगरपालिकाका प्रमुख र उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग गरेका छन् ।


महोत्तरीका १४ स्थानीय तह खुला दिसामुक्त घोषित

महोत्तरी, २३ भदौ - महोत्तरी जिल्लाका १४ स्थानीयतह खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएका छन् । पछिल्लोपटक जिल्लाको लोहारपट्टी नगरपालिका आइतबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएपछि यो सङ्ख्या १४ पुगेको हो ।


जनकपुरधाम उपमहानगरपालिका सिँचाइ समस्या सामाधान गर्दै

जनकपुरधाम, २० भदौ – जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सिँचाइको समस्यालाई सामाधानका लागि सक्रियता देखाएको छ । सिँचाइको अभावमा उपमहानगरपालिका किसानलाई खेती गर्न समस्या भइरहेको भन्दै उपमहानगरले यस्तो सक्रियता देखाएको हो ।


होटल व्यवसायी सङ्घमा पुनः अर्याल

रौतहट, २० भदौ - होटल व्यवसायी सङ्घ रौतहटको अध्यक्षमा पुनः देवेन्द्र अर्याल चयन हुनुभएको छ । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनले अर्यालको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।


बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई घर हस्तान्तरण

बारा, १९ भदौ – बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट पूर्ण रूपमा प्रभावित घरहरूको पुनर्निर्माण सकिएको छ  । हुरी प्रभावितका लागि घर निर्माण गर्न बनाइएको जनता आवास कार्यदलले आयोजना गरेको कार्यक्रममा बुधबार कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई नमुना घर हस्तान्तरण गर्नुभएको हो ।


सिराहाको बरियारपट्टि गाउँपालिका कार्यालयमा आगजनी

सिराहा, १८ भदौ – सिराहाको बरियारपट्टि गाउँपालिका कार्यालयमा बुधबार बिहान आगजनी भएको छ । आगोले गाउँपालिका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजपत्र पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


प्रदेश नं २ को नामकरण र स्थायी राजधानी तोक्न अझै अन्योल

जनकपुरधाम, १८ भदौ - प्रदेश नं २ को नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ्दै गएको छ । सो विषयमा प्रदेशसभा सचिवालयमा भदौ ५ गते दर्ता गरिएको राजनैतिक दल र दलको प्रस्तावमा असहमति राख्ने सदस्यले फरकफरक प्रस्ताव दर्ता गराए पछि यसबारे अन्योलता बढ्दै गएको हो ।


वीरगञ्ज महानगरपालिकाद्वारा लामखुट्टेको शरीरमा नगर प्रमुखको फोटो जोडिएकोमा आपत्ती

वीरगञ्ज, १३ भदौ, -लामखुट्टेको शरीरमा नगर प्रमुखको फोटो जोडेर गरिएको प्रदर्शनलाई वीरगञ्ज महानगरपालिकाले गैरकानुनी भएको भन्दै आपत्ती जनाएको छ । महानगरपालिकाले विज्ञप्ती जारी गर्दै उक्त कार्य मुलुकी अपराध संहिता विपरित भएको दावी गरेको हो ।


प्रदेश सरकार मातहतको कार्यालयले भुक्तानी नदिँदा सेवाग्राही त्रिपालमा

जनकपुर, २ भदौ -प्रदेश सरकार अन्र्तगतको सहरी विकास तथा डिभिजन कार्यालय जनकपुरले समयमा भुक्तानी नदिँदा सेवाग्राही त्रिपालको ओतमा दैनिक गुजारा गर्न बाध्य छन्  । जनता आवास कार्यक्रमको भुक्तानी समयमा नपाउँदा महोत्तरीका सेवाग्राही बिचल्लीमा परेका हुन् ।


प्रदेश २ : तीन वर्षभित्र ४२ हजार युवालाई रोजगारी

जनकपुर, १ भदौ - प्रदेश २ सरकारले अगामी तीन वर्षभित्र प्रदेश २ का ४२ हजार युवाले रोजगारी पाउने दाबी गरेको छ । प्रदेश सरकार, डिफिड र सेवा प्रदायक ६ वटा संस्थाले आयोजना गरेको एक कार्यक्रममा यस्तो दाबी गरेको हो ।


सरकारको सहुलियत ऋण : एक हजार चार सय उद्योग दर्ता

लहान, ३२ साउन -सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ । जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ ।


क्षीरेश्वरनाथ नगरपालिकाको नीति : राजस्व परिचालन र श्रोत अभिवृद्धि

भक्तपुर, ३० साउन – प्रदेश नम्वर २ को धनुषास्थित क्षीरेश्वरनाथ नगरपालिकाले चालु आर्थिक बर्षमा राजस्व परिचालन एवं श्रोत अभिवृद्धिलाई प्रमुख प्राथमिकता दिदै करदाताको संख्यामा बृद्धि गरी बढी भन्दाबढी व्यवसायीलाई कर तिर्न प्रोत्साहन गर्न सबै वडामा करदाता शिक्षा कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । राजश्व अभिवृद्धि गर्न करदाताको व्यवहारमा परिबर्तन ल्याउन वडास्तरका कार्यालयबाटै कर, शुल्क तथा दस्तुर बुझाउन सकिने व्यवस्था मिलाउने नीति पनि नगरपालिकाले चालु आवमा लिएको छ ।


नगरपालिकालाई जग्गा दान गर्ने सम्मानित

सिरहा, २९ साउन - गोलबजार नगरपालिकाले नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि जग्गा दानगर्नुहुने तीनजना दाताहरुलाई सम्मान गरेको छ । गोलबजारको मध्यभागमा पर्ने वार्डन्वर ६ मा प्रशासनिक भवन निर्माणको लागि करोडौं मूल्यको १२ कठ्ठा जग्गा जग्गादाताहरु धर्मसिंह लामा, पदमलाल लामा र नवल कुमार लामालाई नगर प्रमुख देवनाथ साहले दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो ।


प्रदेश २ को प्रदेश सभावाट कार्य संचालन नियमावलीलाई संशोधन

जनकपुरधाम, २८ साउन -प्रदेश २ को प्रदेश सभा कार्य संचालन नियमावलीलाई संशोधन गरिएपछि प्रदेश २ सभामा महाभियोग लगाउन सक्ने कानुन बनेको छ । नियमावली संशोधन भएसँगै संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव भएका तथा खराब आचरण भएका सार्वजनिक पद धारण गरेका व्यक्तिबिरुद्व महाभियोगको प्रस्ताव दर्ता हुनेछ ।


ताराखोला गाउँपालिका : दूध नबिक्दा पाडापाडी प्रोत्साहनको कार्यक्रम प्रभावित

बलेवा, २४ साउन -किसानले उत्पादन गरेको दूध बजार पु¥याउन नसक्दा जिल्लाको ताराखोला गाउँपालिकाले ल्याएको पाडापाडी प्रोत्साहन कार्यक्रम प्रभावित भएको छ । दूध बिक्रीका आधारमा पाडापाडी संरक्षणका लागि गाउँपालिकाले किसानलाई प्रोत्साहन रकम दिन बनाएको कार्यविधि कार्यान्वयनमा ल्याउन नसक्दा कार्यक्रम प्रभावित भएको हो ।


प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो

जनकपुर, २३ साउन - प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो ।


निजगढ नगरपालिकाले जडान गरेका सडक बत्ती विग्रिए

बारा, २२ साउन -निजगढ नगरपालिकाले जडान गरेका सडक बत्ती विग्रिएपछि सर्वसाधारण समस्यामा परेका छन् । नगरले टेन्डर मार्फत जडान गरेका सोलार बत्ती जडान गरेको पाँच महिनापछि नै विग्रिएपनि मर्मत हुन नसकेको हो ।


बर्दिवास नगरपालिकामा मेयर कृषि कार्यक्रम

बर्दिबास, २१ साउन - महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले मेयर कृषि कार्यक्रमको महत्वाकाङ्क्षी योजना अघि सारेको छ । बर्दिवास–६ को रातु नदी उकासको ७५ बिघा जग्गामा मेयर कृषि कार्यक्रमको योजनामा काम थालिएको नगर कार्यपालिका कार्यालयले जनाएको छ ।


प्रदेश २ : तीन अर्ब ५९ करोडको क्षति

भक्तपुर, १९ साउन - अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं. २ मा करीब तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले सो विवरण प्रस्तुत गर्नुभएको हो ।


गाउँपालिकामा राहत वितरण गदैं प्रदेश सरकार

भक्तपुर, १९ साउन - सिरहाको अर्नमा र औरही गाउँपालिकामा प्रदेश २ सरकारले बाढी पीडितलाई राहत वितरण गरेको छ । प्रदेश २ का आर्थिकमामिला तथा योजना मन्त्री विजय कुमार यादवले अर्नमा र औरही गाउँपालिकाका बाढी पीडितलाई प्रदेश सरकार र रेडक्रस विश्व खाद्य कार्यक्रमको तर्फबाट शनिबार राहत वितरण गरेका छन् ।


बर्दिवास नगरपालिकामा मेयर कृषि कार्यक्रम सुरु

बर्दिवास, १८ साउन -महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले मेयर कृषि कार्यक्रमको महत्वाकाङ्क्षी योजना अघि सारेको छ । बर्दिवास–६ को रातु नदी उकासको ७५ बिघा जग्गामा मेयर कृषि कार्यक्रमको योजनामा काम थालिएको नगर कार्यपालिका कार्यालयले जनाएको छ ।


मेयर कृषि कार्यक्रमको काम प्रारम्भ

साउन १८, महोत्तरी - महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले मेयर कृषि कार्यक्रमको महत्वाकाङ्क्षी योजना अघि सारेको छ । बर्दिवास–६ को रातु नदी उकासको ७५ बिघा जग्गामा मेयर कृषि कार्यक्रमको योजनामा काम थालिएको नगर कार्यपालिका कार्यालयले जनाएको छ ।


प्रदेश नम्बर २ : मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मको एक महिनाको तलब बाढी पीडितलाई दिने निर्णय

जनकपुरधाम, २ साउन - प्रदेश नम्बर २ का मन्त्रीहरुको एक महिना वरावरको तलव बाढी पीडितलाई दिने भएका छन् । प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले सबै प्रदेश मन्त्रीहरुको एक महिना वरावरको तलव बाढी पीडितलाई उपलब्ध गराउने निर्णय गरेको हो ।


प्रदेश २ सरकारले प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट सर्वसम्मत रुपमा पारित

जनकपुरधाम, १ साउन - प्रदेश २ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रदेशसभा बैठकबाट सर्वसम्मत रुपमा पारित भएको छ । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।


जनकपुरधाम उपमहानगरपालिकाद्वारा बाढी र डुबानमा परेकालाई निशुल्क खाना र आवासको व्यवस्था

भक्तपुर, २९ असार - केही दिनयताको निरन्तरको बर्षाका कारण आएको बाढीले जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानमाडुबान भएको छ । बाढीले उपमहानगर क्षेत्र डुबानमा परेपछि प्रभावित भएका नगरबासीका लागि उपमहानगरले उद्दार, राहातका साथै पीडितका लागि निशुल्क उपमहानगर कार्यालय हाताभित्र आवास र खानाको समेत व्यवस्था गर्दै आइरहेको छ ।


बाँध भत्किएर बाढी गाउँ पस्दा सिरहा लगायतका - एक हजार घरपरिवार विस्थापित

असार २८, लहान - अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा डुबानमा परेका छन् । डुबानमा परेका ती स्थानका करीब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।


गरुडा नगरपालिकाको बजेट ५५ करोड ४२ लाख, शिक्षालाई प्राथमिकता

रौतहट, २८ असार -रौतहटको गरुडा नगरपालिकाले तेस्रो नगरसभा सम्पन्न भएको छ । “मालिक होईन, सेवक हौ’’ भने मान्यतामा आधारित जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रबाट नै समृद्धि हासिल गर्न सकिन्छ भने मान्यतालाई आफ्नो मार्गदर्शनका रुपमा ग्रहण गर्दै नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।


संघीयता कार्यान्वयनमा बारको भूमिका महत्वपूर्ण - मुख्यमन्त्री

जनकपुरधाम , २८ असार -प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनको लागि नेपाल बार एशोसिएशनको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । नेपाल बार एशोसिएशन केन्द्रिय कार्यालयले जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय परामर्श बैठकको उद्घाटन सत्रमा मुख्यमन्त्री राउतले संविधान स्पष्ट रहेका व्यवस्थाहरुमा पनि तीनै तहका सरकार बीच मतभिन्नता भै रहेको हुँदा त्यस स्पष्ट व्याख्या गर्न वारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो ।


वर्षाका कारण बजारक्षेत्र र सरकारी कार्यालय जलमग्न

असार २७,जनकपुर - लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।


प्रदेश २ सरकारको बजेट पारित गराउन अलमल

जनकपुर - प्रदेश २ को बजेट आएको३साता बित्दा पनि पारित गराउन सरकारले कुनै अग्रसरता लिएको छैन । असार १ गते प्रदेश सरकारले ल्याएको बजेट अझैपनि पारित भएको छैन ।


कमला नगरपालिकाका जनप्रतिनिधिलाई कानूनी तालिम प्रदान

धनुषा, २३ असार ( कानुन) -धनुषाको कमला नगरपालिकाका न्यायीक समितिका पदाधिकारीहरुले कानून तथा मेलमिलाप सम्बन्धी तालिम लिनुभएको छ । नगरपालिकाकै आर्थिक सहयोग र जनसहभागिता केन्द्र नेपालको आयोगनामा उनीहरु तालिम लिएको हो ।


प्रदेश नम्बर २ मा छात्राहरुका लागि लोकसेवा आयोगको तयारी कक्षा सुरु

जनकपुर–प्रदेश नम्बर २ मा बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत छात्राहरुका लागि लोकसेवा आयोगको तयारी कक्षा सुरु भएको छ । प्रदेश २ का का मुख्यमन्त्री लालबाबु राउतले सो तयारी कक्षाको उद्घाटन गर्नुभएको हो ।


सवारी दुर्घटनामा ७९ को मृत्यु

असार २३,सिरहा - सिरहा जिल्लामा आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठसम्मको ११ महीनाको अवधिमा पुरुष ६४, महिला १० र बालबालिका पाँच गरी जम्मा ७९ ले विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय लहान सिरहा जनाएको छ ।


प्रदेश २ सरकारको बजेट अझै पारित भएन

जनकपुरधाम - प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट पारित अझै हुन सकेका छैन । बजेटमाथि छलफल सकेपछि असार ५ गते सभामुख सरोज यादबले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्‍यो ।


तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

असार २१,वीरगञ्ज - वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो ।


धनुषामा उपमेयरहरुसँग आयोगको अभिमुखिकरण

भक्तपुर, १९ असार -धनुषामा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ ले बुधवार उपमेयरहरुसँग विवाद समाधानमा स्थानीय तह र मानव अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । कार्यक्रममा स्थानीय तहका न्यायिक समितिका संयोजक उपमेयरहरु र समितिका सदस्यहरुले मानव अधिकारको रक्षा गर्नेगरी न्याय दिनुपर्ने विषयमा बहस भएको हो ।


कञ्चनरुप नगरपालिकाद्वारा बारुणयन्त्र खरीद

सप्तरी, १७ असार – सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाले आगलागीबाट हुने विपद् न्यूनीकरण गर्नका लागि बारुणयन्त्र खरीद गरेको छ । नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले आगलागीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाले बारुणयन्त्र खरीद गरेको बताउनुभयो ।


महोत्तरीका दुई स्थानीय तहले गरे छात्रालाई साइकल वितरण

भक्तपुर, १७ असार -छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न महोत्तरी जिल्लाका दुई स्थानीय तहले ५०० बढी छात्रालाई साइकल वितरण गरेका छन् । जिल्लाका लोहारपट्टी नगरपालिका र सम्सी गाउँपालिकाले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको प्रवद्र्धन गर्न आफ्नो भूगोल क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत सो सङ्ख्याका छात्रालाई सोमबार जनही एक÷एक साइकल वितरण गरेका हुन् ।


शहीद परिवारप्रति विभेद

असार १५,सप्तरी - प्रदेश नं २ सरकारले शहीद र बेपत्ता परिवारलाई भेदभाव गरेको शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीले आरोप लगाएको छ । देश र जनताका लागि शहीद हुनेहरु कुनै अमुक पार्टीको नहुने तर्क गर्दै शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीका अध्यक्ष रीता चौधरीले प्रदेश नं २ सरकारले शहीद, बेपत्ता र घाइते परिवारलाई दिने सेवासुविधामा विभेद गरेकामा दुःख व्यक्त गर्नुभयो ।


प्रदेशको पहिलो पानी प्रशोधन केन्द्र शुरु

असार १४, वीरगञ्ज (सञ्चालन) - वीरगञ्जको छपकैयामा निर्माण भएको प्रदेश नं– २ कै पहिलो फोहर पानी प्रशोधन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । साढे नौ बिघा क्षेत्रफलमा रु १२ करोड भन्दा बढीको लगानीमा निर्माण भएको प्रशोधन केन्द्रको सफल परीक्षण वीरगञ्ज महानगरपालिकाले सम्पन्न गरेको हो ।


गरुडा नगरपालिकाको बजेट ५५ करोड ४२ लाख

रौतहट, १४ असार - रौतहको गरुडा नगरपालिकाले तेस्रो नगरसभाबाट ५५ करोड ४२ लाख ६७ हजार बजेट विनियोजन गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०७६/७७ को बजेट नीति तथा कार्यक्रम सभा समक्ष नगरपालिकाको मेयर इनु राय यादवले प्रस्तुत गर्दै “ समृद्ध नगर स् खुशी नगरबासी’’ नारा प्रस्तुत गर्नु भएको हो ।


गौर नगरपालिकाको बजेट ४५ करोड ५७ लाख, सामाजिक विकासमा मात्र २७ करोड ३६ लाख विनियोजित

गौर , १४ असार ( बजेट) - गौर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ४५ करोड ५७ लाख १ हजार रुपैयाँको बजेट ल्याएको छ । हालै सम्पन्न चौथो नगरसभावाट बजेट सार्वजनिक भएको हो ।


स्थानीय तहमा बैंक नहुँदा समस्या

असार १४, सप्तरी - सबै स्थानीय तहमा बैंङ्किङ सुबिधा पुर्याउने सरकारी कार्यान्वन नहुँदा सप्तरीबासीलाई समस्या भएको छ । सप्तरीको तिरुहुत गाउँपालिका, हनुमाननगर कङ्कालनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका लगायतका स्थानीय तहमा बैंक नहुँदा स्थानीयबासी सदरमुकाम राजविराजमा धाउनुपर्ने बाध्यता छ ।


स्थानीय तहमा बैंक नहुँदा समस्या

असार १४, सप्तरी - सबै स्थानीय तहमा बैंङ्किङ सुबिधा पुर्याउने सरकारी कार्यान्वन नहुँदा सप्तरीबासीलाई समस्या भएको छ । सप्तरीको तिरुहुत गाउँपालिका, हनुमाननगर कङ्कालनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका लगायतका स्थानीय तहमा बैंक नहुँदा स्थानीयबासी सदरमुकाम राजविराजमा धाउनुपर्ने बाध्यता छ ।


प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाइने

काठमाडौं, १३ असार - प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाउने गरी नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको बताउनुभएको छ । आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिने सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर कुशहामा शुरु भएको राष्ट्रिय आँप महोत्सव २०७६ को उद्घाटन कार्यक्रममा मन्त्री साहले प्रदेश नं २ लाई कृषिमार्फत नै समृद्ध बनाउन सकिने भएकाले प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको बताउनुभयो ।


मुख्यमन्त्रीद्वारा छात्रालाई साइकल वितरण

जनकपुर, १२ असार – मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत मुख्यमन्त्री लालबाबु राउतले ११४ छात्रालाई साइकल प्रदान गर्नुभएको छ । श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत ती छात्रालाई मुख्यमन्त्री राउतले आज सोही विद्यालयमा आयोजित कार्यक्रममा साइकल प्रदान गर्नुभएको हो ।


पोखरीया नगरपालिकाको बजेट ४४ करोड ८३ लाख

भक्तपुर १० असार -पर्साको पोखरीया नगरपालिकाले आर्थिक बर्ष २०७६/७७ का लागि ४४ करोड ८३ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । तेस्रो नगरसभाको बैठकमा नगरपालिकाकी उप प्रमुख सलमा खातुनले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो ।


अधिकांश स्थानीय तहले गर्न सकेनन् परिषद्

असार ११ सप्तरी - सप्तरी जिल्लामा आवश्यक तयारी नगरेका कारण राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय तहको परिषद् हुन सकेको छैन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आन्तरिक तयारी गर्न नसक्दा परिषद् हुननसकेको हो ।


उपप्रमुखद्वारा नगरपालिकामा ताला

महोत्तरी, १० असार– नगरपरिषद्को पूर्वसन्ध्यामा रामगोपालपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आज नगरउपप्रमुख सीता देवीले गाडीको विषयमा असन्तुष्टि जनाउँदै कार्यालयमा तालाबन्दी गर्नुभएको हो ।


वीरगञ्ज महानगरको बजेट चार अर्ब ४८ करोड

काठमाडौं, १० असार (नीति तथाकार्यक्रम)-वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु चार अर्ब ४८ करोड १३ लाख ४८ हजार ८७९ रुपैयाँको अनुमानित बजेट आज सार्वजनिक गरेको छ । यही असार १० गते भित्र स्थानीय तहले नगरसभा गरी सक्नु्पर्ने प्रावधानअनुसार नगरप्रमुख विजयकुमार सरावगीले आज आयोजित पाँचौँ नगरसभामा आव २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो ।


नगरपालिकाको लापरवाहीले ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित

काठमाडौं, ९ असार -सप्तरीको बोदे बर्साइन नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक तथा एकल महिलाले सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिका कार्यालयले समयमै बैंक खाता खोल्न ध्यान नदिँदा नगरपालिकाको १० वटै वडाका करीब एक हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत आठ महीनादेखि सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका हुन् ।


जिल्ला अस्पताल सुचारु

असार ९,महोत्तरी (सुचारु)- बालिकाको मृत्युपछि आइतबार दिनभरि बन्द रहेको महोत्तरीको जिल्ला अस्पताल आज बिहानैदेखि सञ्चालन भएको छ । जलेश्वर नगरपालिका–३ खैरा गाउँ बस्ने प्रमोद यादवकी छोरी चार वर्षीया शिवानी यादवको डाक्टरले उपचार नगरिदिँदा मृत्यु भएको भन्दै उनको परिवारजन र स्थानीयको एक समूहले बालिकाको शव जिल्ला अस्पतालको मूलढोका अगाडि राखेर अस्पतालमा तालाबन्दी गरेपछि आइतबार दिनभरि सो अस्पताल बन्द रहेको थियो ।


जिल्ला अस्पताल सुचारु

असार ९,महोत्तरी (सुचारु)- बालिकाको मृत्युपछि आइतबार दिनभरि बन्द रहेको महोत्तरीको जिल्ला अस्पताल आज बिहानैदेखि सञ्चालन भएको छ । जलेश्वर नगरपालिका–३ खैरा गाउँ बस्ने प्रमोद यादवकी छोरी चार वर्षीया शिवानी यादवको डाक्टरले उपचार नगरिदिँदा मृत्यु भएको भन्दै उनको परिवारजन र स्थानीयको एक समूहले बालिकाको शव जिल्ला अस्पतालको मूलढोका अगाडि राखेर अस्पतालमा तालाबन्दी गरेपछि आइतबार दिनभरि सो अस्पताल बन्द रहेको थियो ।


जीतपुरसिमरा उपमहानगरपालिका : कार्यपालिका बैठकमै कुर्सी हानाहान

काठमाडौं, ८ असार (विवाद)-बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कुर्सी हानाहान भएको छ । आर्थिक बर्ष २०७५/०७६ को आम्दानी र खर्च पार्दशी नगरेको ,आर्थिक बर्ष २०७६/०७७ को लागि आएको कुल बजेट १ खर्ब २८ करोड ८५ लाख ६६ हजारको बाड्फाड गोप्य राखेको ,नगरस्तरीय बजेट थुपारेर कार्यकर्ता पाल्ने खेलमा लागेको लगायतको आरोप लगाउँदै नेपाली काग्रेस र राष्ट्रिय जनता पाटी नेपालका साँत जना वडा अध्यक्षहरुले कुर्सी हानाहान तथा फालाफाल गरेका थिए ।


कैदी र बाघको आक्रमणमा अन्य एकको मृत्यु

असार ८, बारा (मृत्यु)- कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर भएका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।


नगरपालिकाको कार्यालयमा तोडफोड

असार ८, महोत्तरी (बेथिती)- महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ । गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो ।


वन्यजन्तुको हर्कतले सर्वसाधारण हैरान

असार६,महोत्तरी (पीडा)- महोत्तरी जिल्लाका बस्ती–बस्तीमा वन्यजन्तुको हर्कत (ओ¥याँइ) ले सर्वसाधारण आजित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हात्ती र दक्षिणी क्षेत्रमा बँदेल र नीलगाईको हर्कतले सर्वसाधारण आजित भएका हुन् ।


बल्ल उठ्ने भयो फोहर

असार ६ राजविराज (सहमती)- राजविराज नगरपालिकाका सरसफाइ कर्मचारी आजदेखि काममा फर्कने भएका छन् । नगरपालिकाकाका तर्फबाट नगरप्रमुख शम्भुप्रसाद यादव र प्रशासकीय अधिकृत श्यामप्रसाद सिंह तथा मजदुरको तर्फबाट अखिल नेपाल ट्रेड युनियन महासङ्घ सप्तरीका अध्यक्ष केदार देव र अखिल नेपाल सरसफाइ मजदुर सङ्घका एकाइ अध्यक्ष अजयकुमार मेहतरसहितका सरसफाइकर्मीबीच बिहीबार भएको छलफलपछि कर्मचारी काममा फर्कन तयार भएका हुन् ।


वडा कार्यालयमा चोरी, बेचन राम सामानसहित पक्राउ

राजविराज, ४ असार - राजविराज नगरपालिकाको वडा नं ५ वडा कार्यालयबाट चोरी भएको समानसहित एक पक्राउ परेका छन् । सप्तरीको विष्णपुर गाउँपालिका–६ बस्ने २७ वर्षीय बेचन रामलाई चोरीको सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


प्रदेश नम्वर २ : अवैध घरेलु मदिरा नियन्त्रण अभियान शुरु

वीरगञ्ज, ३ असार - प्रहरीले अवैधरुपमा मदिरा उत्पादन र बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न अभियान शुरु गरेको छ । पर्साको ग्रामीण क्षेत्रमा मदिराका कारण घरेलु हिंसा बढ्दै गएपछि प्रहरीले सो अभियान शुरु गरेको हो ।


प्रदेश नं २ सरकारद्वारा जिल्ला प्रशासन प्रमुख राखिने गृहकार्य

जनकपुरधाम, ३१ जेठ – प्रदेश नं २ मा प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय प्रमुख राख्न गृहकार्य प्रारम्भ गरिसकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज रासससँग कुराकानीका क्रममा सो कुरा बताउनुभएको हो ।


स्थानीय तहमा मौलाउँदै घुसतन्त्र : रुपनी गाउँपालिकाका इन्जिनीयर यसरी परे अख्तियारको फेला

काठमाडौं, ३० जेठ - देशका ७५३ स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएको दुईवर्ष पुगेको छ । जनप्रतिनिधि निर्वाचित भएरआएसँगै कतिपयले आफन्तलाई करार तथा ज्यालादारीमा कर्मचारी नियुक्ति समेत गरेका छन् ।


धनुषाधाम नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट

धनुषा, ३० जेठ - धनुषाको धनुषाधाम नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट भएको छ । नगरपालिकाको वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको जनाइएको छ ।


बागमती नगरपालिकाद्वारा ११७ जनालाई रोजगारी प्रदान

सर्लाही, ३० जेठ - सर्लाहीको बागमती नगरपालिकामा प्रधानमन्‍त्री रोजगार कार्यक्रम सुरु भएको छ । रोजगार कार्यक्रमअन्तर्गत बुधबारदेखि लागू हुनेगरी ११७ जनालाई रोजगार प्रदान गरेको नगरपालिकाले जनाएको छ ।


पर्सा जिल्लामा ७० प्रतिशत विकास खर्च

काठमाडौं, २९ जेठ -चालू आर्थिक वर्ष सकिन करीब एक महीना मात्र बाँकी रहँदा पर्सा जिल्लाको स्थानीय तहहरूले असारे विकासलाई तीव्रता दिएका छन् । कर्मचारीको अभाव, राजनीतिक द्वन्द्व र आपसी खिचातानीले काममा ढिलाइ भएकाले हालसम्म करीब ७० प्रतिशत मात्र विकास बजेट खर्च हुनसकेको छ ।


जलेश्वर नगरपालिकाद्वारा वडागत योजनाको स्थलगत अनुगमन

महोत्तरी, २८ जेठ - प्रदेश नम्वर २ को महोत्तरीस्थित जलेश्वर नगरपालिकाले वडागत रुपमा सञ्चालन गरेका योजनाको स्थलगत अवलोकन तथा निरिक्षण गरेको छ । नगरपालिकाका मेयर रामशंकर मिश्रासहितको टोलीले यतिवेला योजनाको स्थलगत रुपमा आवलोकन कार्य थालेको हो ।


प्रदेश नम्वर २ : सांसदले संशोधन प्रस्ताव फिर्ता लिएपछि नीति तथा कार्यक्रम वहुमतले पारित

जनकपुरधाम, २८ जेठ - प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ । प्रदेश सभाको सोमबार बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।


विदेह नगरपालिकाका मेयर दासविरुद्ध विद्यार्थी आन्दोलित, झडपमा दर्जनौ घाइते

धनुषा, २६ जेठ - धनुषाको विदेह नगरपालिकामा भएको विवादमा दुई पक्षविचको झडपमा परि जनप्रतिनिधी सहित दर्जनौ विद्यार्थी घाइते भएका छन् । नगरपालिाका मेयर मेचन दासको निर्देशनमा शिक्षकको तलब, छात्रबृत्ति रकम र विद्यालय नमूना घोषणा भएपछि आएको बजेट राकेको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका थिए ।


धनगढीमाई नगरपालिकाद्वारा योजनाको स्थलगत अनुगमन

सिराहा, २६ जेठ - जिल्लाको धनगढीमाई नगरपालिकाले आफुले सञ्चालन गरेका योजना तथा विकासका कामको अनुगमन गरेको छ । नगरपालिकाद्वारा गठित अनुगमन समितिले योजना तथा विभिन्न विद्यालयहरुको पनि अनुगमन गरेको हो ।


प्रदेश २ सरकारको नीति तथा कार्यक्रमप्रति सांसदहरुको विरोध, संसोधनको माग

जनकपुरधाम, २६ जेठ - प्रदेश २ सरकारले ०७६/७७ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्ता पक्षकै साँसदले विरोध जनाएका छन् । गत जेठ १९ मा संसदमा प्रस्तुत नीति तथा कार्यक्रमले प्रदेश २ को विकासमा सघाउ पुर्याउन नसक्ने भन्दै विरोध भएको हो ।


राजविराज नगरपालिकाको वडास्तरमा सरसफाई कार्यक्रम सञ्चालन

राजविराज, २४ जेठ - प्रदेश नं. २ को सप्तरी जिल्लाको राजविराज नगरपालिकाले वडा वडामा सरसफाई कार्यक्रम सञ्चालनमा तिव्रता दिएको छ । नगरपालिकाले वडास्तरमा अभियानका रुपमा यो कार्यक्रम सञ्चालन गरेको हो ।


चन्दा नदिएको भन्दै राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिलमाथि हातपात

काठमाडौं, २२ जेठ - रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिलमाथि युवाहरुको एक समूहले हातपात गरेको छ । मुस्लिमको पवित्र पर्व इद मनाउन चन्दा माग गरेको तर नगरप्रमुखले नदिएको भन्दै उहाँमाथि हातपात भएको हो ।


वीरगञ्ज महानगरद्वारा ३९ प्रधानाध्यापकको सरुवा

पर्सा, २२ जेठ – वीरगञ्ज महानगरपालिकाले राजनीतिक पूर्वाग्रहका आडमा आफ्नो क्षेत्र भित्रका ३९ प्रधानाध्यापकको सरुवा गरेको खुलासा भएको छ । आफू निकटका प्रधानाध्यापकलाई महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी संयोजक रहेको शिक्षा समितिले भनेको सहज ठाउँमा पार्दै मंगलबार ३९ प्रधानाध्यापकको सरुवा गरेको खुलासा भएको छ ।


महागढीमाई नगरपालिकाका वडाध्यक्ष २ लाख ७५ हजार घुससहित पक्राउ

काठमाडौं, २२ जेठ - बाराको महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरै २ लाख ७५ हजार घुससहित पक्राउ परेका छन् । सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्ने बेला बरैले घुस मागेका थिए ।


२ नम्वर प्रदेशको लहानमा प्रेसर हर्नको प्रयोगमा कडा निगरानी

सिरहा, २१ जेठ - यातायातका सवारी साधनमा प्रेसर हर्नको प्रयोग बढ्दै गएपछि केही दिनदेखि जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले त्यसको नियन्त्रण गरेको छ । ट्राफिक कार्यालयले पछिल्लो पटक जाँचका क्रममा ट्रक, बस तथा टिपरमा प्रेसर हर्न भेटाएपछि जफत गरेको कार्यालयका ट्राफिक प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।


प्रधानमन्त्री, अर्थमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीका स्थानीय तहमा कति गयो बजेट ? हेर्नुहोस, यस्तो छ बाँडफाँड

काठमाडौं, २१ जेठ - संघीय सरकारले केही दिन अघि मात्रै आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरेको छ । संघीय सरकारले विनियोजन गरेको बजेटमा देशभरका ७५३ स्थानीय तहले कूल ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ वित्तीय हस्तान्तरण अन्तरगत पाएका छन् ।


महानगरपालिकाद्धारा सेनेट्री प्याड वितरण कार्यक्रम सञ्चालन

वीरगन्ज, २० जेठ – वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयामा छात्राहरुलाई टिकाई राख्न अभियान स्वरुप सेनेट्री प्याड वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयमा अध्ययनरत रज्जस्वला हुँने उमेर समुहका छात्राको पठनपाठनमा बाधा व्यवधार हुन नदिने उदेश्यले निःशूल्क प्याड वितरण कार्यक्रम सुरु गरेको हो ।


प्रदेश २ सरकारले आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं, १९ जेठ - प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम आइतबार प्रदेशसभामा प्रस्तुत गर्दै छ । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेश सभाहलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


हात्तीको आतङ्कप्रति रुपनी गाउँपालिकाको चासो

धनुषा, १८ जेठ - सप्तरीको रुपनी गाउँपालिकामा हात्तीले आतङ्क मच्चाएको छ । मध्यरातमा गाउँमाहात्तीपसेपछि गाउँले आतंकित भएका छन् ।


प्रदेश–२ सरकारद्वारा आठवटै जिल्लाका सदरमुकाममा दलित छात्रावास निर्माण शुरु

लहान, १८ जेठ - दलित समुदायका छोरीलाई उच्च शिक्षातर्फ आकर्षित गर्न प्रदेश–२ सरकारले प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा दलित छात्रावास निर्माण गर्न शुरु गरेको छ । ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ तथा छोरी जीवन बीमा कार्यक्रमजस्ता लोकप्रिय अभियान शुरु गरेको प्रदेश–२ सरकारले प्रदेशमा पर्ने सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दलित छात्रावास निर्माण गर्न शुरु गरेको हो ।


महोत्तरीको नदीमा भएका उत्खननको अवस्था बारे वातावरण समितिद्धारा अनुगमन

काठमाडौं १६ जेठ -प्रदेश नं. २ प्राकृतिक स्रोत तथा वातावरण समितिले महोत्तरी जिल्लाका नदी उत्खननको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको छ । समितिका सभापति रामचन्द्र मण्डलको नेतृत्वका टोलीले जिल्लाका रातु, भब्सी, जङ्घा, मरहा नदी र त्यस क्षेत्रमा भइरहेको उत्खननको स्थलगत अनुगमन गरेको हो ।


प्रधानमन्त्री कप – प्रदेश नं २ लाई ९४ रनको लक्ष्य

१५ जेठ – प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नं २ लाई जितका लागि ९४ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा कर्णाली प्रदेश ३० दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो ।


बन्दकाे प्रभावले चल्न सकेन प्रदेश २ को प्रदेशसभा बैठक

काठमाडौं, १३ जेठ - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वान गरेको बन्दका कारण प्रदेश २ को प्रदेशसभा बैठक स्थगित गरिएको छ । सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो ।


अबको दुई वर्षभित्रै स्थानीय तहमा प्रशासनीक भवन

काठमाडौँ, १२ जेठ – सरकारले अबको दुई बर्षभित्र सबै स्थानीय तहका प्रशासनिक भवन निर्माण गरिसक्ने भएको छ । सरकारले जिल्ला समन्वय समितिको नाममा रहेको कोषको रकमबाट गाउँपालिका,नगरपालिका र तिनका वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।


बजेट नदिए आन्दोलन गर्ने

१० जेठ – प्रदेश नं २ का समानुपातिकतर्फका प्रदेशसभा सदस्यहरुले आफूहरुले खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्ने बताएका छन् । सरकारले प्रत्यक्षतर्फका सांसदलाई मात्रै बजेट उपलब्ध गराउन लागेको भन्दै उहाँहरुले विरोध गर्नुभएको हो ।


निजामति सेवा गठन,संचालनको शर्त सम्बन्धी विधेयक छिटो पारित गरीदिन मुख्यमन्त्री राउतले गरे आग्रह

काठमाडौं , प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको निजामति सेवा गठन, संचालनको शर्त सम्बन्धी विधेयक छिटोभन्दा छिटो पारित गरिदिन सांसदहरुसँग आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेश सभाको बुधवारको बैठकमा निजामति सेवा गठन, संचालनको शर्त सम्बन्धी विधेयक पेश गरे ।


बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ – मुख्यमन्त्री राउत

८ जेठ – हिमालयन बैंक लिमिटेडले शाखा सञ्चालन विस्तारका क्रममा आफ्नो ५८ औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शाखाको उद्घाटन गर्दै बैंकले उत्पादनमूलक क्षेत्र र उद्योगमा लगानी गर्ने वातावरण निर्माण गर्नेतर्फ ध्यान दिनु जरूरी छ भन्नुभयो ।


नगरपालिकाको काम ठप्प

सिरहा,८ जेठ – सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्यकक्षमै काम गरिरहेका बेला मङ्गलबार नगरपालिकाका ओभरसियर छेदिकुमार साफीलाई वडा नं ७ रमपुरा भेडियाका दीपेन्द्र यादवसहित आएको समूहले हातपात गरेको भन्दै कर्मचारीले कामकाज ठप्प पारेका हुन् ।


गरीबको घरमा जस्ताको छानो

नारायणपुर,८ जेठ – होमबहादुर चौधरीले जेनतेन घर बनाउनुभयो तर, जस्तापाता किनेर छाउने हैसियत थिएन । वडा कार्यालयका कर्मचारी आए, घरको नापनक्शा निकाले र आँगनमै आएर जस्तापाता सहयोग गरे ।


शौचालय बनाउन सोच परिवर्तन आवश्यक – मुख्यमन्त्री राउत

जनकपुर,८ जेठ – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोचमा परिवर्तन भए घर घरमा शौचालय बन्ने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित खुला दिसामुक्त अभियानसम्बन्धी कार्यशालामा उहाँले भन्नुभयो, “सर्वसाधारणको सोचमा परिवर्तन आएमा घर घरमा शौचालय बन्ने र यसले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सहयोग पुग्ने छ ।


शौचालय बनाउन सोच परिवर्तन आवश्यक – मुख्यमन्त्री राउत

धनुषा,७ जेठ – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोचमा परिवर्तन भए घर घरमा शौचालय बन्ने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित खुला दिसामुक्त अभियानसम्बन्धी कार्यशालामा उहाँले भन्नुभयो,“सर्वसाधारणको सोचमा परिवर्तन आएमा घर घरमा शौचालय बन्ने र यसले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सहयोग पुग्ने छ ।


नदी निर्माणको काम नगर्न,नगराउन आदेश

६ जेठ,सप्तरी- सप्तरीको राजगढ गाउँपालिकाअन्तर्गत मुतनी नदी सिँचाइ योजना बेल्ही चपेनाको निर्माण मर्मत सुधार कार्य नगर्न, नगराउन आइतबार उच्च अदालत राजविराजले अन्तरिम आदेश जारी गरेको छ । राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पुष्पमाला देवी मण्डल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीका डिभिजन प्रमुख रामकुमार खंग, उपभोक्ता समितिका अध्यक्ष राजकुमार साहविरुद्ध परेको रिटमा आइतबार न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलाशले उपभोक्ता समितिमार्फत् तत्काल कुनै काम नगर्न, नगराउन अन्तरिम आदेश जारी गरेको हो ।


सिङ्गो गाउँपालिका प्रसूतिगृहविहीन हुँदा समस्या

गौशाला,५ जेठ – महोत्तरी जिल्लाको एउटा सिङ्गो गाउँपालिकामा प्रसूतिगृह (बर्थिङ सेन्टर)नहुँदा बिरामीलाई अन्यत्र लैजान कठिन भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका प्रसूतिगृहविहीन भएकाले त्यहाँका गर्भवती महिलालाई सुरक्षितरुपमा बच्चा पाउन समस्या भएको हो ।


मेस्तर समुदायको पेशागत समस्या समाधान हुन्छ : मुख्यमन्त्री रावत

जनकपुर, मुख्यमन्त्री लालबाबु राउतले मेस्तर समुदायको पेशागत समस्या कानून बनाएरै समाधान गरिने बताउनुभएको छ । राउत मेस्तर उत्थान समाजको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले मेस्तर समुदायको पेशागत, स्वास्थ्य तथा शिक्षासम्बन्धी समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको र कानून बनाएर ती सबै समस्याको समाधान गरिने बताउनुभयो ।


प्रदेश सांसदलाई एक करोडले पुगेन, २ करोड दिन माग

काठमाडौं, सरकार र प्रतिपक्ष दलबीच भएको भद्र सहमतीबारे विरोध भइरहेका बेला नेकपा साँसद सुन्दरबहादुर विश्वकर्माले साँसदलाई २ करोड रुपैया दिनुपर्ने माग गर्नुभएको छ । बुधवार बसेको प्रदेशसभा बैठकमा बोल्दै साँसद विश्वकर्माले फ्रिज हुने बजेट कम गर्न सबै साँसदलाई २/२ करोड रुपैया दिन सरकारलाई सुझाव दिनुभयो ।


प्रदेश २ मा प्रभावकारी बन्न् सकेन स्वास्थ्य बिमा कार्यक्रम

जनकपुरधाम , प्रदेश २ मा करिब साढे २२ हजारले स्वास्थ्य बिमा गराएका छन । स्वास्थ्य बिमा कार्यक्रम लागु भएको जिल्लाका करिब साढे २२ हजार मानिसले बिमा गराएका हुन ।


नियम कानुन मिचेर गरिएको कर्मचारी समायोजनले कर्मचारीहरुमा आतंक सृजना गर्‍यो : मुख्यमन्त्री राउत

जनकपुरधाम, मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुदै गएको टिप्पणी गर्नु भएको छ । उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा सम्पन्न प्रशासकीय न्याय, साकारात्मक सोच र सेवा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो टिप्पणी गर्नु भएको हो ।


प्रदेश २ मा सांसदलाई एक करोडको योजना

जनकपुरधाम,३० वैशाख – सांसदलाई एक करोडको योजना दिने सहमतिपछि प्रदेशसभा बैठट सुचारु भएको छ । बैठकमा प्रदेश सरकारले प्रदेश प्रशासनिक अधिकारी राख्न सक्ने गरी बनेको प्रदेश प्रशासनसम्बन्धी विधेयक टेबल भएको छ ।


सरकारले दियो ७५३ वटै स्थानीय तहलाई खाली जमिनमा फलफूलका बिरूवा रोप्न निर्देशन

काठमाडौँ, सरकारले देशभरका स्थानीय तहलाई मातहतका खाली जमिनमा फलफूलका बिरूवा रोप्न निर्देशन दिएको छ । देशलाई फलफूलमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणालाई कार्यान्वयनमा ल्याउन अहिले ‘एक नेपाली एक फलफूलका बिरूवा रोपण’ अभियान नै चलाइएको छ ।


औरही गाउँमा विद्युत् पुगेपछि स्थानीयवासी खुशी

राजविराज, २६ वैशाख – सप्तरीको अतिविकट मानिएको डाक्नेश्वरी नगरपालिकाको औरही गाउँमा करीब ३०० घरमा बिजुली पुगेको छ । डाक्नेश्वरी नगरपालिका–६ औरहीका ३०० घरमा अहिले विद्युत् जडान भएर बिजुली बलेपछि स्थानीयवासी खुशी भएको सोही ठाउँका मिरदुल यादवले बताउनुभयो ।


बर्दिवासका सुकुम्बासी र मुसहरका लागि घर बनाउँदै नगरपालिका

काठमाडौं, बर्दिवास नगरभित्रपालिकाले सुकुम्बासी र मुसहरका लागि घर निर्माण गरिदिने भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले ३६ घर निर्माण गर्न लागेको हो ।


हावाहुरीका कारण कृषि क्षेत्रमा ५० करोडको क्षति

वैशाख २४ – गत चैत १७ गते आएको हावाहुरीबाट पर्सा र बारामा गरी रु. ५० करोड तीन लाख ४९ हजार बराबरको तरकारी र अन्नबाली नष्ट भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । सो हावाहुरीबाट पर्सामा ३३९ हेक्टरमा लगाएको गहुँ, तरकारी, मसुरो र आँप पूर्णरुपमा नष्ट भएको छ ।


पाँच लाख बढीको लुटपाट

गौशाला, २२ वैशाख - महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आज बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर रु पाँच लाख बढीको लुटपाट गरेको छ । जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आज बिहान करीब साढे १ बजेतिर जलेश्वर नपा–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चार÷पाँच जनाको समूहमा आएका चोरले रु पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटेर लगेका छन् ।


हाटबजारका लागि नयाँ भवन निर्माण हँुदै

राजविराज, २० वैशाख – गुणस्तरीय र व्यवस्थित हाटबजारका लागि जिल्ला सदरमुकाममा नयाँ भवन निर्माण भइरहेको छ । करीब रू. ३५ करोड, ४५ लाख ३० हजार ६२० को लागतमा निर्माण भइरहेको सो भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो ।


आयोगले प्रदेश २ को नाम र राजधानी सम्बन्धि प्रतिवेदन बुझायो

१९ बैशाख, धनुषा - प्रदेश २ को नाम र स्थायी राजधानीबारे सुझाव संकलन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन बिहीबार प्रदेश सरकारलाई बुझाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी आयोगका अध्यक्ष डा ।


प्रदेश नं.२ मा गठित आयोगद्वारा प्रदेश सरकारलाई आफ्नो प्रतिवेदन बुझाउने तयारी

जनकपुर,वैशाख १९ – प्रदेश नं.२ को प्रदेशको नाम, राजधानी र भाषा टुंग्याउन गठित आयोगले काम सकेको छ । आयोगले आज प्रदेश सरकारलाई आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।


१७ दिनदेखि बस्न सकेन प्रदेश सभा बैठक

जनकपुरधाम ,बैशाख १७– प्रदेश २ को प्रदेशसभा बैठक लगातार १७ दिनदेखि बस्न सकेको छैन् । पछिल्लो दुई पटक राजनीतिक दलको कार्यक्रमको कारण बैठक स्थगन भएको छ ।


बारापर्सामा वैशाख २१ देखि घर निर्माण थालनी हुने

वीरगञ्ज, १६ वैशाख – उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गरिने बताउनुभएको छ । बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारले गरेको निर्णयलाई आधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट गर्नुभयो ।


पाइपलाइन ओछ्याउने काम पाँच किमि बाँकी

वीरगञ्ज, १६ वैशाख – दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन अन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ ।


प्रदेश २ मा कर्मचारी अझै पदस्थापन भएनन्

धनुषा- प्रदेश नं २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं २ मा समायोजन भएर आएका कर्मचारीको एक महीना बित्न लाग्दासमेत पदस्थापन हुन सकेको छैन । प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा विगत एक महीनादेखि सयौं कर्मचारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै हाजिर गरी तलब पकाइरहेका छन् ।


प्रदेशमा कर्मचारी अझै पदस्थापन भएनन्

धनुषा, १५ वैशाख – प्रदेश नं. २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं. २ मा समायोजन भएर आएका कर्मचारीको एक महीना बित्न लाग्दासमेत पदस्थापन हुन सकेको छैन । प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा विगत एक महीनादेखि सयौँ कर्मचारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै हाजिर गरी तलब पकाइरहेका छन् ।


प्रदेश २ को विकासविना मुलुकको विकास सम्भव छैन : उपप्रधानमन्त्री यादव

लहान, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ समृद्ध नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको बताउनुभएको छ । लहानको एक उद्घाटन समारोहमा उपप्रधानमन्त्री यादवले मुलुकको विकास र समृद्धिको प्रमुख आधार क्षेत्र नै प्रदेश नं २ भएकाले यहाँको विकास नभएसम्म मुलुकको विकास र समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो ।


सिरहाका ७६ हजार बालबालिका पुस्तकविहीन -स्थानीय तहले दिएनन् विद्यालयलाई बजेट

१० बैशाख सिरहा - स्थानीय तहले पाठ्यपुस्तक किन्ने पैसा नदिँदा सिरहाका अधिकांश विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन्  । जिल्लाका १७ मध्ये ११ वटा स्थानीय तहले पाठ्यपुस्तक र छात्रवृत्तिको पैसा विद्यालयलाई अझै दिएका छैनन्  ।


गाउँपालिका अध्यक्ष चौधरीको निधन

गौशाला महोत्तरी - महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आज बिहान निधन भएको छ । पाँच छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौं लगिएकामा ४५ वर्षीय चौधरीको आज उपचारका क्रममा काठमाडौंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए ।


कर्मचारी भर्ना गर्ने प्रदेश २ को तयारी, खरदारदेखि सहसचिवको विज्ञापन गर्ने

धनुषा : प्रदेश २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ । प्रदेश २ सरकार गठन भएदेखि नै कर्मचारी अभावले कामकाज प्रभावित भइरहेको भन्दै कर्मचारी भर्नाका लागि प्रदेश सरकारले प्रक्रिया थालनी गरेको हो ।


प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी

धनुषा, ७ वैशाख - प्रदेश नं २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ । प्रदेश नं २ सरकार गठन भएदेखि नै कर्मचारी अभावले कामकाज प्रभावित भइरहेको भन्दै कर्मचारी भर्नाको लागि प्रदेश सरकारले प्रक्रिया थालनी गरेको हो ।


प्रदेश २ मा सीडीओको अधिकार खोस्ने विधेयक

जनकपुर : संघीय सरकारमातहत रहेका प्रमुख जिल्ला अधिकारी९सीडीओ० को अधिकार खोस्नेगरी प्रदेश २ सरकारले प्रदेश प्रशासन विधेयक ल्याएको छ । कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार दफावार छलफलका लागि प्रदेशसभामा दर्ता गरिएको विधेयक पारित भए प्रदेशले नियुक्त गर्ने प्रशासन अधिकारीले सीडीओजत्तिकै अधिकार प्रयोग गर्न पाउनेछन् ।


हावाहुरी प्रभावीतलाई प्रदेश ३ का मुख्यमन्त्री पौडेलले गरे १ करोडको चेक

बारा : बारा र पर्साका हावाहुरी प्रभावीतलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको चेक हस्तान्तरण गर्नुभएको छ । पौडेलले मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण चेक हस्तान्तरण गर्नुभएको हो ।


प्रदेश २ मा संसद बैठक अवरुद्ध

जनकपुरधाम: प्रदेशसभा २ को संसद बैठक अबरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा कम्युनिष्ठ पार्टी र नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।


प्रदेश २ मा संसद बैठक अवरुद्ध

जनकपुरधाम: प्रदेशसभा २ को संसद बैठक अबरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा कम्युनिष्ठ पार्टी र नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।


मेयर छोरालाई मन्त्रीको २४ करोड

काठमाडौं : शिक्षा स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड बटेट फुटकर योजनमा विनियोजन गर्नुभएको छ । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रीले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गएिको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो ।


उपभोक्ताको स्वास्थ्यलाई खेलवाड गर्ने हत्यारासरह हुन्–मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ वैशाख - प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले फर्मालिन ९शवलाई गन्हाउन नदिने० औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव हत्यारा हुन् भन्नुभयो ।


प्रदेश सभाको बैठक आज , प्रदेश प्रशासन, लोकसेवा विधेयक दर्ता

जनकपुरधाम , प्रदेश सभा प्रदेश २ को बैठक मंगलवार दिउँसो ३ बजे बस्ने भएको छ । गत २०गते स्थगन भएको प्रदेश सभा बैठकमा प्रदेश सरकारले प्रमुख जिल्ला प्रशासक राख्ने प्रदेश प्रशासन सम्बन्धी विधेयक दर्ता गरेको छ ।


अव विद्यालयमा मोबाइल बोक्न नपाइने

धनुषाको -धनुषाको क्षिरेश्वरनाथनगरपालिकाले विद्यालयमा मोबाइल फोन प्रयोगमाथि नियन्त्रण गर्ने निर्णय गरेको छ  । विद्यालय जाँदा विद्यार्थीले र कक्षाकोठामा शिक्षकले मोबाइल फोन बोके कारबाही हुने भएको छ  ।


हावाहुरीले निजगढमा छाना उडायो, विद्युत सेवा अवरुद्ध

बारा,१ बैशाख – निजगढमा शनिबार राति असिना पानीसहित आएको हुरीले घरका छाना उडाएको छ । केही ठाउँमा बिजुलीका पोल ढलेका छन् ।


स्वास्थ्य संस्थामा प्रसुती सेवा लिने महिलालाई १५ सय दिने हँसपुर नगरप्रमुखको घोषणा

जनकपुरधाम, धनुषाको हँसपुर नगरपालिका ३ स्थित कठपुल्ला स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रसुती गृह) विहिवारबाट संचालनमा आएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सेन्टरको उद्घाटन गर्नुभएको हो ।


हुरी पीडितलाई जीतपुरसिमरा उपमहानगरपालिकाद्धारा पाँच लाख नगद उपलब्ध गराउने निर्णय

जीतपुर, हुरी प्रभावित बस्तीका पीडितलाई पुर्नस्थापनाका लागि जीतपुरसिमरा उपमहानगरपालिकाकाले पाँच लाख नगद उपलब्ध गराउने निर्णय गरेको छ । ्उपमहानगरको नगर कार्यपालिकाको बैठकले हुरीका कारण घरविहिन बन्न पुगेका नागरिकको घर पुर्न्निर्माणका आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।


धार्मिक पर्यटनलाई प्रदेश सरकारको प्राथमिकतामा राखेर अघि बढेका छौं : मुख्यमन्त्री राउत

जनकपुरधाम, मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासका लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनु भएको छ । सिरहाको लहान १८ स्थित पकडीया गढको संरक्षण सम्बद्र्धनको उद्देश्यले आयोजित पाँचौ पकडीया गढ महोत्सवको उद्घाटन गदै मुख्यमन्त्री राउतले पकडीया गढको विकासको लागि प्रदेश सरकारले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।


बारामा पुनः हावाहुरीसहित असिना पानी, बिजुलीका पोल ढले

बारा,२६ चैत – बारामा पुनः आएको हावाहुरीले पीडितलाई थप पिडा दिएको छ । एक साता अघि आएको हावाहुरीले घरबार विहिन भएका बारा बासीको पिडा हराउन नपाउदै आज विहान फेरी हावाहुरी र असिना पानी आएको हो ।


वडाध्यक्षको अवरोधका कारण वीरगन्ज महानगरको नगरसभा स्थगित

पर्सा : वीरगन्ज महानगरपालिकाको चौथो नगरसभा फेरि स्थगित भएको छ । केही वडाध्यक्ष र नगरप्रमुखको कार्यशैलीको विरोधका कारण स्थगीत भएको जनाइएको छ ।


मुख्यमन्त्री राहत कोषमा ४ करोड ११ लाख

वीरगन्ज: प्रदेश २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा शनिवार बिहानसम्म चार करोड बढी रुपैयाँ संकलन भएको छ । गत आइतबार साँझ आएको बिनाशकारी हावा हुण्डरीमा क्षतिग्रस्त बनेका गाउँहरुका प्रभावित बासिन्दाहरुको सयोगका लागि उक्त सहयोग बिभिन्न दाताबाट प्राप्त भएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादवले बताए ।


बलवा नगरपालिका ८ का वडाध्यक्षको निधन

महोतरी : महोत्तरीको बलवा नगरपालिका ८ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले बताउनुभयो ।


जनकपुर उप–महानगरद्वारा बारा र पर्सा राहत वितरण

जनकपुरधाम, जनकपुरधाम उप–महानगरपालिकाले वुधवार बारा र पर्सा जिल्लामा हावाहुरीवाट प्रभावितहरुलाई राहत वितरण गरेका छन् । वुधवार उप–महानगरका पदाधिकारी तथा कर्मचारीहरुले पचरैता नगरपालिकाका १ सय ५० घर परिवारलाई लक्षित गर्दै चामल ३० क्विन्टल, दाल ३ क्विन्टल, त्रिपाल, म्याट, झुल, बाल्टिन, मग, नुन, भाडा , टर्च लाइट १५०÷१५० पिस, आलु १५ क्विन्टल वितरण गरेका छन् ।


प्रदेश २ सरकारले गठन गरेको समितिले थाल्यो काम

जनकपुर– बारा–पर्सामा आइतबार आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रदेश नम्बर २ सरकारले गठन गरेको राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समितिले काम थालनी गरेको छ । समितिले ४ महिना भित्रमा प्रभावितको घर निर्माण सम्पन्न गर्नका लागि तत्कालै काम थाल्ने निर्णय गरेको छ ।


हावाहुरी प्रभावित गाँउपालिकामा निःशुल्क खाना शिवीर

बारा, २० चैत – हावाहुरीले प्रभावित बनेको बाराको फेटा गाउँपालिका–६ पुरैनियामा पीडितलाई लक्ष्य गरी विभिन्न निकाय र संस्थाहरूले सामूहिक मेस सञ्चालनमा ल्याएका छन् । हुरीले घरबार बिहीन बनेका पीडितलाई भोकभोकै बस्नु नपरोस भनेर मंगलबार बिहानबाट सामूहिक मेस सञ्चालन गरेको कलैया उपमहानगरपालिका–२० बसतपुरका स्थानीय ईद महमद् अन्सारीले बताउनुभयो ।


धुर्मुसद्वारा गाउँपालिका अध्यक्षको रोहवरमा राहत हस्तान्तरण

काठमाडौं– कलाकार सिताराम कट्टेल धुर्मुसले गाउँपालिका अध्यक्षको रोहवरमा राहत हस्तान्तरण गरेका छन् । बारा जिल्लाका आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनले चामल, त्रिपाल र चाउचाउ अति प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद साहलगायत प्रतिनिधिको रोहवरमा हस्तान्तरण गरेको हो ।


घाइतेको उपचारमा सरकारद्धारा उच्च प्राथमिता

काठमाडौँ, १८ चैत - आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ । विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहन पुगिसक्नुभएको छ ।


प्रम हुरीबतास प्रभावित क्षेत्रमा - राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

काठमाडौँ, १८ चैत - प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।


प्रम हुरीबतास प्रभावित क्षेत्रमा - राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

काठमाडौँ, १८ चैत - प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।


प्रधानमन्त्री पर्सा र बारा जानुहुँदै

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ ।


हावाहुरीका कारण मृत्यु भएका मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

धनुषा - गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।


प्रदेश २ को नामकरण नभएकोमा निधि असन्तुष्ट

धनुषा- नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले हालसम्म प्रदेश २ को नामकरण हुन नसकेकाप्रति असन्तुष्टि जनाउनुभएको छ । निधिले प्रदेश सरकार कार्यान्वयनमा आएको एक वर्षभन्दा बढी भइसक्दा पनि नामकरण, भाषा र राजधानीसम्बन्धी प्रस्ताव नआउनु दुर्भाग्य भएको बताउनुभयो ।


प्रदेश २ को नामकरण नभएकोमा निधि असन्तुष्ट

धनुषा- नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले हालसम्म प्रदेश २ को नामकरण हुन नसकेकाप्रति असन्तुष्टि जनाउनुभएको छ । निधिले प्रदेश सरकार कार्यान्वयनमा आएको एक वर्षभन्दा बढी भइसक्दा पनि नामकरण, भाषा र राजधानीसम्बन्धी प्रस्ताव नआउनु दुर्भाग्य भएको बताउनुभयो ।


मेडिकल कलेज स्थापना हुने भएपछि बर्दिवासमा उत्साह

बर्दिवास, १५ चैत – महोत्तरीको बर्दिबास नगरपालिकामा मेडिकल कलेज सञ्चालनको काम अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ । बर्दिवासमा कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिने तयारीसँगै स्थानीयवासीमा खुशी छाएको हो ।


प्रदेश पर्यटन विधेयकमा दफाबार छलफल जारी

विराटनगर -प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि आज पनि सैद्धान्तिक छलफल जारी छ । सो विधेयकमा प्रदेशसभा सदस्य जयराम यादव, झलकसिंह दर्लामी, बलबहादुर साम्सुहाङ, शान्ता पौडेल, शिवनारायण गनगाईं र शेखरचन्द्र थापाले आर्थिक स्रोतको प्रमुख आधार बनाउन सकिने पर्यटन क्षेत्रलाई व्यवस्थित एवं वैज्ञानिक बनाउने विधेयकलाई सङ्कुचित बनाउन नहुनेमा जोड दिनुभयो ।


जिससको बेरुजु रकम फछ्र्योट गर्न निर्देशन (हेर्नुहोस कहाँ कति वेरुजु)

काठमाडौँ, १३ चैत - सरकारले सबै जिल्ला समन्वय समिति (जिसस)लाई बेरुजु रकम शून्यमा झार्न निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसै आर्थिक वर्षमा सबै बेरुजु रकम फछ्र्योट गर्न निर्देशन दिइएको मन्त्रालयका उपसचिव (लेखा) लक्ष्मीप्रसाद निरौलाले जानकारी दिनुभयो ।


प्रदेश नं २ को स्थानीय तह : जिम्मेवारी बाँडफाँड नहुँदा सेवा प्रवाहमा अन्योल

जनकपुरधाम- प्रदेश नं २ को स्थानीय तहमा न्यायिक कार्यसम्पादन, सार्वजिनक खरीद प्रक्रिया, पदाधिकारीको जिम्मेवारी बाँडफाँड, सूचना प्रवाह र विकास कार्यमा नागरिक संलग्नताका विषयमा अन्योल देखिएको छ । सेन्टर फर मिडिया फ्रिडमद्वारा सोमबार यहाँ आयोजित छलफल कार्यक्रममा स्थानीय तहका पदाधिकारीले सेवा प्रवाहमा अन्योल विद्यमान रहेको खुलासा गरेका हुन् ।


क्षयरोग नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री राउत

धनुषा, ११ चैत्र -मुख्यमन्त्री लालबाबु राउतले क्षयरोग नियन्त्रणको लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । १३६ औँ विश्व क्षयरोग दिवस तथा सार्क क्षयरोग दिवसका अवसरमा आयोजित अन्तरक्रियामा उहाँले विगतमा क्षयरोग नियन्त्रणको लागि सरकारले गरेको लगानीअनुरुप प्रतिफल प्राप्त हुन नसकेपनि अगामी दिनमा त्यो समस्या आउन नदिने बताउनुभयो ।


'प्रदेशमा लोकसेवा गठनपछि प्रहरीमा ५० प्रतिशत महिलाको सिट सुनिश्चित गछौ'

सप्तरी - सप्तरीको कञ्चनरूपमा विराट नवाह ज्ञान महायज्ञ आज समापन भएको छ । कञ्चनरुप १२ श्रावणपुरमा गत चैत १ देखि शुरु भएको श्री पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महामहोत्सव श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समापन गर्नुभयो ।


‘समृद्धि सबैको साझा चाहना’

बर्दिवास - प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले समृद्धि सबैको साझा चाहना भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा उद्योग वाणिज्य सङ्घको आयोजनामा दोस्रो बर्दिवास महोत्सव–२०७५ को आज उद्घाटन गर्दै उहाँले प्रदेश सरकारको सम्पूर्ण ध्यान नै समृद्धिमा केन्द्रित भएको बताउनुभयो ।


मानव सेवा आश्रम वीरगञ्जलाई प्रदेश सरकारको पाँच लाख आर्थिक सहयोग

पर्सा- सडकमा अलपत्र रहका बालबालिका तथा वृद्धवृद्धालाई गास, बास कपाससँगै उपचार सेवासमेत प्रदान गर्दै आएको मानव सेवा आश्रम वीरगञ्जलाई प्रदेश सरकारले रु पाँच लाख आर्थिक सहयोग गरेको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत ‘गद्दी’ले आश्रममा रहेका असहाय तथा दीनदुःखीका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।


२ नं. प्रदेशमा माटो परीक्षण गरी कृषि उपज उत्पादन गर्न प्रदान गरिएको घुम्ती प्रयोगशाला बस प्रयोगविहीन

सप्तरी, ५ चैत -सप्तरीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्रदेश २ मा उन्नत जातका कृषि उपज उत्पादन गर्न प्रदान गरिएको माटो परीक्षण घुम्ती प्रयोगशाला बस प्रयोगविहीन भएको हो । माटो परीक्षण गरी जग्गा अनुकूल खेती गर्न प्रदेश सरकारले सञ्चालनमा ल्याएको माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय राजविराजलाई बस प्रदान गरिएको हो ।


प्रदेश नं २ : सत्र विधेयक पारित

वीरगञ्ज - प्रदेश नं २ सरकारले एक वर्षमा ३४ विधेयक तयार गरी प्रदेशसभामा पठाउन सफल भएको छ । प्रदेश सरकारले नेपालको संविधान प्रदत्त अधिकार प्रयोग गर्दै सङ्घीयतालाई प्रभावकारी बनाउन ती विधेयकमध्ये १७ वटा प्रमाणीकरण भई कानूनको रुप ग्रहण गरिसकेको छ ।


विद्यालय पूर्ण भर्नायुक्त स्थानीय तह घोषणा

बर्दिवास, ३ चैत -शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नखोज्न स्थानीय तहका प्रतिनिधि र शिक्षकसँग आग्रह गर्नुभएको छ । आज महोत्तरीको बर्दिवास नगरपालिकाले आयोजना गरेको विद्यालय पूर्ण भर्नायुक्त नगर घोषणा कार्यक्रममा मन्त्री पोखरेलले अब प्रमाणपत्र बोक्ने शिक्षा मात्र नभई जीवन निर्वाह गर्न सकिने व्यावसायिक शिक्षाको आवश्यकता बढेको बताउनुभएको हो ।


महोत्तरीमा सयभन्दा बढी कुष्ठरोगी

गौशाला, १ चैत -महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको बताउनुभएको छ ।


जनकपुर–जयनगर रेल चलाउने तयारी

धनुषा, वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ ।


जनकपुर–जयनगर रेल चलाउने तयारी

धनुषा, ३० फागुन -वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ ।


'जनप्रतिनिधिले बजेट कार्यान्वयन र गुणस्तरीय कार्य सम्पन्नलाई गन्तव्य बनाउनु जरूरी'

जनकपुरधाम - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहका पदाधिकारीलाई पारदर्शी, विधि प्रक्रियाअनुरूप कार्य गर्न आग्रह गर्नुभएको छ । मन्त्रालयको तराई–मधेश समृद्धि कार्यक्रम केन्द्रीय समन्वय एकाइद्वारा यहाँ आज आयोजित स्थानीय तहका पदाधिकारीको अभिमुखीकरण कार्यक्रममा उहाँले जनप्रतिनिधिले पारदर्शी र उत्साहित भई कार्य गर्नु पर्नेमा जोड दिनुभयो ।


मधेसमा प्रधानमन्त्रीको सम्बोधन, गरुडा नगरपालिकाको चक्रपथ निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

रौतहट, २५ फागुन - प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि मधेसको आमसभामा उपस्थित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ कमिटीले आयोजना गरेको रौतहटको गरुडास्थित इनर्वाहीमा भएको आमसभालाई ओलीले सम्बोधन गरे ।


मधेसमा प्रधानमन्त्रीको सम्बोधन, गरुडा नगरपालिकाको चक्रपथ निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

रौतहट, २५ फागुन - प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि मधेसको आमसभामा उपस्थित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ कमिटीले आयोजना गरेको रौतहटको गरुडास्थित इनर्वाहीमा भएको आमसभालाई ओलीले सम्बोधन गरे ।


सिटीस्क्यान र आइसीयु सेवा थपिएकामा स्थानीयवासी खुशी

राजविराज, २४ - फागुन सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले पहिलोपल्ट ती सेवा शुरु गरेको हो ।


गाउँपालिकाको सहयोगमा भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण

राजविराज, २३ फागन -सप्तरीको विष्णुपुर गाउँपालिका–३ स्थित मुसहर्नियाँमा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण गरिएको छ । सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा विष्णुपुर गाउँपालिका तथा विद्यालयको संयोजनमा आयोजित समुन्नति कार्यक्रमअन्तर्गत बालविकास केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो ।


प्रदेश २ मा आर्थिक सम्मृद्धिको बहश

जनकपुरधाम - प्रदेश नं २ लाई समृद्धि पार्न औद्योगिकीकरण र कृषिको वैज्ञानिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । नेपाल उद्योग परिसङ्घद्वारा आज यहाँ आयोजित ‘प्रदेश नं २ को समृद्धिको मार्गचित्र’ विषयक अन्तरक्रियाका वक्ताले प्रदेशमा सामाजिक सूचकाङ्कमा लगानीको वातावरण निर्माण गर्नु जरूरी छ भन्नुभयो ।


गाउँपालिकाको सहयोगमा पशुको स्वास्थ्य जाँच

लहान, २० फागुन - सिरहाको औरही गाउँपालिकामा सम्पन्न पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमा दुई हजार पशु चौपायाको निःशुल्क जाँच गरिएको छ । गाउँपालिकाको सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको आयोजनामा सम्पन्न शिविरमा गाई, भँैसीलगायत एक हजार २०० र बाख्रा ७०० लाई जाँच गरी भ्याक्सिनेसन गरेको जनाइएको छ ।


वडाध्यक्ष मियाँसहित ६ जेल चलान

लहान - लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन् । एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको छ ।


प्रदेश २ मा बृहत् सरसफाइ जागरण अभियान शुरु

कलैया - प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बाराको सदरमुकाम कलैयामा बृहत् सरसफाइ जागरण अभियानको शनिबार उद्घाटन गर्नुभयो । जिल्लास्तरीय सरसफाइ स्वच्छता अभियान बाराको आयोजनामा शुरु भएको अभियान कार्यक्रममा मन्त्री सोनलले प्रदेश नं २ लाई नै सरसफाइ गर्नका लागि प्रदेश सरकारले अभियानका रुपमा लैजान घोषणा गरेको हुँदा अभियानलाई सार्थक बनाउन जिल्लावासीलाई आग्रह गर्नुभयो ।


सार्थक परिवर्तनतर्फ उन्नमुख प्रदेश २

जनकपुरधाम, १७ फागुन :प्रदेश नं २ सरकारले एक वर्षमा ३६ वटा विधेयक तयार गरी प्रदेशसभामा पठाउन सफल भएको छ । संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै सङ्घीयतालााई प्रभावकारी बनाउन सरकारले पठाएको ती विधेयकमध्ये १६ वटा प्रमाणीकरण भई कानूनको स्वरूप ग्रहण गरिसकेको छ ।


प्रदेश २ : प्रदेशसभाको दोस्रो अधिवेशन सकियो

जनकपुरधाम - प्रदेश २ प्रदेशसभाको दोस्रो अधिवेशन सकिएको छ । दोस्रो अधिवेशन १२ गते मध्यरातबाट सकिएको हो ।


विद्यमान छोरा र छोरीबीचको विभेद हटाउन ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान महत्वपूर्ण छ : राष्ट्रपति भण्डारी

विरगन्ज, १० फागुन -राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले चलाएको ‘बेटी पढाउ,बेटी बचाउ’ अभियान राष्ट्रिय कार्यक्रम बनोस् भने चाहना व्यक्त गर्नू भएको थियो । वीरगंजस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा विहिवार आयोजित ‘बेटी पढाउ,बेटी बचाउ’ शिक्षा वीमा÷मुद्दती बचत खाता कार्यक्रमको शुभारम्भगर्दै उनले यस्तो धारणा व्यक्त गर्नूभएको हो ।


प्रदेश २ द्धारा आधुनिक वधशाला र कृषि हाटबजार बनाइने

लहान, १० फागुन-प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने बताउनुभएको छ । ‘समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार’ मूल नाराका साथ मिर्चैया नगरपालिका–६ स्थित बजारमा माघ २८ गतेदेखि शुरु भएको ‘प्रथम मिर्चैया महोत्सव २०७५’ समापन कार्यक्रममा मन्त्री साहले मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजारको निर्माण गरिने भएकाले स्थानीय तहलाई यस विषयमा चासो देखाउन आग्रह गर्नुभयो ।


प्रदेश २ मा छोरी बीमा कार्यक्रम शुभारम्भ हुदैं

वीरगञ्ज, ९ फागुन -यहाँस्थित त्रि–जुद्ध माध्यमिक विद्यालयमा छोरी बीमा कार्यक्रमको शुभारम्भ गरिँदैछ । प्रदेश नं २ को सरकारले ल्याएको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानअन्तर्गत सो कार्यक्रमको शुभारम्भ हुन लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।


प्रदेश २ मा सार्वजनिक भयो मानव अधिकार वर्ष पुस्तक

जनकपुर, ८ फागुन -अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गरेको छ । प्रदेश २ को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गरेर इन्सेकले वर्ष पुस्तक सार्वजनिक गरेको हो ।


प्रदेश २ सरकारको एक वर्ष : मुख्यमन्त्री राउतका १४ बुँदे घोषणापत्र कार्यान्वयनमा चुनौती

जनकपुरधाम - प्रदेश सरकारको मन्त्रिपरिषद् गठन भएको एक वर्ष पूरा भएको छ । गत वर्ष फागुन ३ गते जनकपुरधामस्थित जनकपुर चुरोट कारखानाको भवनमा आयोजित मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ समारोहमा शपथ ग्रहणसँगै प्रदेश सरकारले सुरु गरेको कामको एक वर्षको गरेका प्रतिबद्धताहरु अधिकांश अलपत्र अवस्थामा छन् ।


प्रदेश २ सरकारको बजेट खर्च निराशाजनक : सात महिनामा तीन प्रतिशत खर्च

जनकपुरधाम - प्रदेश २ सरकारले चालु आर्थिक वर्षको सात महिनामा कुल बजेटको सवा तीन प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्म छ वटा मन्त्रालयको चालु र पूँजीगत गरी कुल १८ अर्ब आठ करोड ६७ लाख ८० हजार ९८३ रुपैयाँमा ५६ करोड ९७ लाख ७७ हजार ५३४ मात्रै खर्च भएको छ ।


‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण

सप्तरी, २ फागुन - प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढन जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गर्नुभयो ।


धनुषामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

जनकपुरधाम १ फागुन -धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा सदस्यता वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।


सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’

लहान, २८ माघ - सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले आइतबारदेखि प्रदेश नं २ मा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए/नभएको जानकारी दिने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएको हो ।


पर्साको स्थानीय तहमा एक अर्ब ५५ लाख बेरुजु

वीरगञ्ज, २७ माघ -दुई दशकपछि स्थानीय तहमा आफँैले चुनेका जनप्रतिनिधिले गाउँको विकास गर्ने अपेक्षा मतदाताले लिएका थिए । तर जनप्रतिनिधिमा देखिएको अन्योल, समस्या र बजेटमाथिको गिद्धेदृष्टिका कारण प्रदेश नं २ को पर्सा जिल्लामा रहेको स्थानीय तहमा भने जनअपेक्षाअनुसार बजेट खर्च हुनसकेको छैन ।


‘प्रत्येक पालिकामा प्राविधिक शिक्षालय’ :मुख्यमन्त्री राउत

धनुषा, २३ माघ : मुख्यमन्त्री लालबाबु राउतले अगामी आवभित्र प्रत्येक पालिकामा एक–एक प्राविधिक शिक्षालयको स्थापना गरिने बताउनुभएको छ । प्याब्सन प्रदेश अधिवेशनको बुधबार बर्दिबासमा उद्घाटन गर्दै उहाँले प्रदेशलाई नै प्राविधिक शिक्षाको केन्द्र बनाउने योजनाअनुरुप प्रत्येक गाउँ तथा नगरपालिकामा एक–एक प्राविधिक शिक्षालय स्थापना गरिने उल्लेख गर्नुभयो ।


संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

लहान, २३ माघ ;प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सबै जातजाति, वेशभूषा र संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तामाङ जातिको नयाँ वर्ष २८५५ सोनाम ल्होछारका अवसरमा सिरहाको गोलबजारमा आज आयोजित सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशभित्रका सबै जातजाति, वेशभूषा र संस्कृतिको संरक्षण प्रवद्र्धनका लागि योजना बनाइ रहेको बताउनुभयो ।


जनपुर उपमहानगरका वडाध्यक्ष १६ बुँदे माग राख्दै धर्नामा

जनकपुरधाम -जनकपुरधाम उप–महानगरपालिकाका वडा अध्यक्षहरूले आन्दोलन थालेका छन् । उनीहरुले अधिकार प्रत्यायोजनासहित १६ बुँदे माग राख्दै आन्दोलन शूरु गरेका हुन ।


समृद्धि र विकासको सपना यही सरकारले पूरा गर्छ ः प्रधानमन्त्री

लिलाराज भट्टराईसुनसरी ,२० माघ - प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसका वारेमा चलाइएका हल्लाको जवाफ त्यहाँको विकास गरेर दिने वताउनुभएको छ । शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसो भन्नुभएको हो ।


गाउँपलिकाको आयोजनामा झण्डा महोत्सव हुने

लहान, १८ माघ - राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकामा आयोजना हुने झण्डा मेला महोत्सवको तयारी पूरा भएको छ । ‘कला संस्कृति हामो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हामो पहिचान’ भन्ने मूल नाराका साथ यही माघ २० गतेदेखि २९ गतेसम्म चल्ने महोत्सवमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता राखिने आयोजकले जनाएको छ ।


विकासको गतिलाई तीव्रता दिर्दै प्रदेश २ सरकार : चारवटा प्रादेशिक महत्वाकांक्षी योजनाको काम सुरु

जनकपुरधाम - प्रदेश २ ले विकासको गतिलाई तीब्र रुपमा गति दिन थालेको छ । आर्थिक, शैक्षिक र समाजिक मानव सूचांकमा सबैभन्दा पिछिडिएको प्रदेश २ को विकासको गतिलाई तीव्रता दिन लागेको हो ।


प्रदेश नं २ मा प्रादेशिक महत्वका योजना सार्वजनिक

धनुषा, १५ माघ :प्रदेश नं २ सरकारले ‘प्रादेशिक महत्वका योजना’ सार्वजनिक गरेको छ । प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जनकपुरमा पत्रकार सम्मेलनमार्फत योजना सार्वजनिक गर्नुभएको हो ।


प्रदेश २ मा ‘स्वच्छ मधेस, समृद्ध प्रदेश’ स्वच्छता अभियान

वीरगञ्ज, १५ माघ :वीरगञ्ज महानगरपालिकामा मुख्यमन्त्री लालबाबु राउतले सोमबार बिहान झाडु लगाएर सरसफाइ गर्नु भएको हो् । प्रदेश सरकारद्धारा सुरु गरेको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ आफनै गृहनगर वीरगञ्जमा उदघाटन गर्दै सडकमा उहाँले झाडु लगउनु भएको थियो ।


प्रदेश २ द्धारा क्यान्सर अस्पताल स्थापनाको सम्भाव्यता अध्ययन सुरु

लहान, १४ माघ :सिरहामा क्यान्सर अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययन शुरु भएको छ । सिरहामा क्यान्सर अस्पताल स्थापना सम्भाव्यता अध्ययन गर्न प्रदेश नं २ का सरकारद्वारा डा लक्ष्मीनारायण सिंहको संयोजकत्वमा गठित कार्यदलले जिल्लाका सरोकारबाला निकायका प्रमुखसँग छलफल तथा सुझाव सङ्कलन गरेको छ ।


७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र सञ्चालन हुने

काठमाडौं - मुलुकको नयाँ संरचना अन्र्तगतका ७५३ वटै स्थानीय तहमा अव रोजगार सुचना केन्द्र स्थापना हुने भएको छ । सरकारले यसका लागि आवश्यक प्रक्रिया तिव्र रुपमा अघी बढाएको छ ।


प्रहरी र आन्तरिक सुरक्षासम्बन्धी विधेयकप्रति मुख्यमन्त्री राउतको आपत्ति

काठमाडौँ - प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रले ल्याएको प्रहरी र आन्तरिक सुरक्षासम्बन्धी विधेयक सङ्घीयताको भावनाविपरीत आएको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले संविधानको भावना तथा सङ्घीयताको मर्मविपरीत उक्त विधेयक आएकाले तत्काल फिर्ता गर्नुपर्ने बताउनुभयो ।


पूर्वमन्त्री यादव मुसहर तथा दलितको बस्तीमा ट्युसन पढाउँदै

काठमाडौँ– बिहान ४ बजे उठेर फ्रेस हुने, केही अध्ययन गर्ने अनि एक कप कालो चिया खाएर राजविराजबाट ५ः४५ मा घरबाट एक घण्टा हिँडेर मुसहर तथा दलितको बस्तीमा पुग्छन् । त्यहाँ पुगेर ७ बजेदेखि ८ः३० बजेसम्म विद्यार्थीलाई टुयुसन पढाएर १० बजे पुनः उनी आफ्नो घर फर्कन्छन् ।


प्रदेश नम्वर २ : मुख्यमन्त्री स्वच्छता अभियानको सुभारम्भ वीरगन्जबाट

वीरगन्ज - प्रदेश नम्वर २ मा मुख्यमन्त्री स्वच्छता अभियानको सुभारम्भ वीरगन्जबाट गरिने भएको छ । जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीको अध्यक्षता सम्पन्न हालैको बैठकले उक्त निर्णय गरेको हो ।


प्रदेश २ को बेटी बचाऊ, बेटी पढाऊ अभियान : छोरी जन्मे एक लाख रुपैयाँको बीमा

जनकपुरधाम - प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ । बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो ।


बरियापट्टी गाउँपालिकाको बिकास योजना : भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र प्राथमिकतामा

सिराहा - सिराहाको बरियापट्टी गाउँपालिकाले आफ्नो ५ बर्षे विकास योजनामा भौतिक पूर्वाधार निमार्ण, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा जोड दिएको छ । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि आएसँगै बनेका हरेक योजनामा समग्र गाउँपालिकाको विकासलाई तिव्रता दिने र त्यसमा पनि सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई उच्च प्राथमिकता राखिएको हो ।


जनकपुर उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग बीच बैठक सम्पन्न

जनकपुरधाम, ८ माघ -जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच सोमवार जनकपुरधाममा वैठक सम्पन्न भएको छ । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहको अध्यक्षता तथा विभागका महानिर्देशक सुनिलकुमार दासको विशेष आतिथ्यमा वैठक सम्पन्न भएको हो ।


बरियारपट्टी गाउँपालिकाको बजेट ३४ करोड

काठमाडौं, ६ माघ -आर्थिक वर्ष २०७५/७६ का लागिसिरहाकोवरियारपट्टी गाउँपालिकाले करिब ३४ करोड ६१ लाखको बजेट पारित गरेको छ । आव २०७/७६ का लागि ३४ करोड ६१ लाख ९० हजारको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले जानकारी दिनुभयो ।


वडाअध्यक्ष को हातबाट ह्वीलचेयर पाउँदा खुशी

बर्दिवास, ६ माघ - “कुञ्जिएको २५ वर्षपछि बल्ल मेरो घुमफिर गर्ने रहर पूरा भयो” महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङडाँडाका ४५ वर्षीय श्रीराम सिंहले ह्वीलचेयर चलाउँदै भन्नुभयो । पक्षघातले २० वर्षको उमेरमै खुट्टा सुकेर घरमै कुञ्जिएर बस्दै आउनु भएका सिंहलाई शनिबार वडाअध्यक्ष अभिराम प्याकुरेलले घरमै पुगेर ह्वीलचेयर दिएपछि घुमफिर गर्ने रहर पूरा भएको हो ।


प्रदेश २ का मन्त्री र सचिवको विवाद : बन मन्त्रीको ध्यानाकर्षण

जनकपुरधाम - प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले आर्थिक मामिला तथा योजना मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण सचिव बीच भएको घटना उपर गंभीर ध्यानाकर्षण भएको जनाउँदै शुक्रवार विज्ञप्ति जारी गर्दै उहाँले घटनाप्रति दुख व्यक्त गर्नुभएको छ । घटनाको छानविन सम्बन्धी समिति गठन भईसकेकोले सो समितिको प्रतिवेदन अनुसार घटनाको दोषी उपर नियमानुसार कार्वाही तथा पीडितले न्याय पाउनु पर्ने मागप्रति सहमति जनाउँदै मन्त्री रायले राजनीति र सौहाद्रतालाई बचाइ राख्न प्रतिबद्धता जनाउनु भएको छ ।


सङ्घीय सरकारले मूल्य तोकेपछि चिनी मिल सञ्चालनमा

वीरगञ्ज, ४ - माघ सङ्घीय सरकारले उखुको समर्थन मूल्य तोकेपछि प्रदेश नं २ मा रहेका चिनी मिल सञ्चालनमा आएका छन् । मूल्य विवादको कारण करीब दुई महीना ढिलो गरी चिनी मिल सञ्चालनमा आएको हो ।


विकास निर्माणको पथमा स्थानीय तह

महोत्तरी, ४ माघ - बजेट तर्जुमा भएको छ महिना बितेपछि मात्र महोत्तरीका स्थानीय तहमा योजनाअनुसारको विकास निर्माणको गति क्रमिकरुपमा अगाडि बढेको छ । गत साउन महिनामै बजेट तर्जुमा गरिसकेको जिल्लाका अधिकांश स्थानीय तहले माघको पहिलो हप्तादेखि विकास निर्माणका लागि क्रमिकरुपमा कदम उठाएको अवस्था छ ।


नगरपालिकाले स्वास्थ्य चौकी स्तरोन्नति गरि अस्पताल बनाउने

लहान, ४ माघ - सिरहाको धनगढीमाई नगरपालिका नैनपुरस्थित स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिने भएको छ । धनगढीमाई नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ सेवा ऐन २०७५ स्वीकृत गर्दै नैनपुरस्थित स्वास्थ्यचौकी स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।


तीन तहका जनप्रतिनिधिको छलफल : एडिवीको काम गुणस्तरहिन भइरहेको गुनासो

जनकपुरधाम - राज्यका तीन तहका सरकारका प्रतिनिधिको छलफलले एसियाली विकास बैंक (एडिबी) द्धारा संचालित विकास निर्माणका कामह पछिल्लो समय गुणस्तरहीन गुनासो गरेका छन् । प्रदेश नम्वर २ को अस्थायी राजधानी जनकपुरधाममा एडिबीले संघीय, प्रादेशिक, स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरुसँग गरेको छलफल तथा परामर्श कार्यक्रममा यस्तो गुनासो भएको हो ।


'थारू संस्कृतिको सम्मान र पहिचानका लागि थारू सङ्ग्रहालय स्थापना'

लहान- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले थारू संस्कृतिको सम्मान र पहिचानका लागि थारू सङ्ग्रहालय स्थापना गरिने बताउनुभएको छ । माघी सङ्क्रान्तिको अवसरमा आज सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशाहामा आयोजित महोत्सवको उद्घाटन गर्दै उहाँले थारू समुदायको कला, संस्कृति र पहिचान संरक्षणका लागि सङ्ग्रहालय स्थापना गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।


प्रदेश नम्वर २ सरकारद्वारा माघे संक्रान्तिमा सार्वजनिक बिदा घोषणा

जनकपुरधाम - प्रदेश नम्बर २ सरकारले माघ १ गते सार्वजनिक बिदाको घोषणा गरेको छ । माघे संक्रान्ति पर्वमा २ नम्वर प्रदेशमा विदा दिने सरकारी निर्णय भएको हो ।


वीरगंज महानगरलाई सूचना प्रविधिको हव बनाइन्छ - मेयर सरावगी

वीरगंज - प्रदेश २ को वीरगंज महानगरपालिकालाई सूचना प्रविधिको हव बनाउने बताउँनुभएको छ । सरावगीले महानगरपालिकालाई आईटिको हव बनाउने योजनालाई महानगरपालिका कार्यालयबाट पूर्ण सहयोग हुने पनि बताउँनुभयो ।


प्रदेश २ का मन्त्री र सचिवको विवाद : सचिव झा अस्पताल भर्ना

जनकपुरधाम - प्रदेश नम्बर २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कुटपीट गरेको आरोप लगाएका सचिव विद्यानाथ झा उपचारका लागि भन्दै अस्पताल भर्ना हुनुभएको छ । मन्त्री यादवको कुटाइवाट मुख, दाँत र शरीरका विभिन्न भागमा असर देखिएको भन्दै सचिव झा आइतबारवाट जनकपुरको केयर नर्सिङ होममा भर्ना भएको जनाइएको छ ।


प्रदेश २ : सचिव कुटिएको घटना छानविन गर्न समिति गठन

जनकपुर–प्रदेश नम्बर २ को सरकारले आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपीट गरेको घटना छानविन गर्न प्रदेश सरकारले ३ सदस्य टोली गठन गरेको छ । घटनाको सत्यतथ्य छानविन गर्न प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा तीन सदस्य टोली गठन भएको हो ।


प्रदेश २ का मन्त्रीले कुटे सचिव

जनकपुर — प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् । आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका कान्तिपुर दैनिकले जनाएको छ ।


प्रदेश नम्वर २ : निजगढ विमानस्थलले गति लियो

बारा - प्रदेश नम्वर २ अन्र्तगतको बाराको निजगड विमानस्थलको काम तिव्र रुपमा अघि बढेको छ । विगत लामो समयदेखि सर्वत्र चर्चाको विषय बनेको बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लिएको छ ।


कलैया उपमहानगरपालिका : वडा नं ९ मा मापासे र जुवा तास निषेध

वीरगञ्ज - प्रदेश नम्वर २ को बारा जिल्लाको कलैया उपमहानगरपालिकाको एउटा वडामा मादक पदार्थ सेवन तथा उत्पादन र विक्रि वितरणमा रोक लगाउँदै जुवा तास खेल्न पनि निषेध गरिएको छ । उपमहानगरको हालै सम्पन्न एउटा वैठकले यस्तो महत्वपूर्ण निर्णय गरेपछि सम्वन्धित वडाका वडाध्यक्षको चर्चा निक्कै चुलिएको छ ।


नगरपालिकाले गर्याे विद्यार्थी टिकाउनको लागि दिवा खाजाको व्यवस्था

महोत्तरी, २६ पुस -महोत्तरीका सामुदायिक विद्यालयमा ससाना विद्यार्थी टिकाउनको लागि गौशाला नगरपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । नगरपालिकाको ३२ वटै सामुदायिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिउँसोको समयमा दिवा खाजाको प्रबन्ध गरेको हो ।


प्रदेश सरकारले वीरगञ्ज रंगशाला निर्माणका लागि छुटायो १ करोड बजेट

वीरगञ्ज, २६ पुस -प्रदेश २ का भौतिक, पूर्वाधार तथा यातायातमन्त्री जितेन्द्र सोनलले वीरगञ्ज रङ्गशालालाई अन्तराष्ट्रिय स्तरको बनाउन प्रदेश सरकारले एक करोड रकम विनियोजन गरेको जनाउनुभएको छ । जनकपुरधाममा संघिय सरकारको सहयोगमा निर्माण हुने रामजानकी अन्तराष्ट्रिय रंगशालाको विरोधगर्दै वीरगञ्जमा विरोध प्रदर्शन हुन थालेपछि प्रदेश सरकारले स्तरोन्नतीगरि अन्तराष्ट्रिय स्तरको बनाउन बजेट विनियोजन गरेको छ ।


प्रदेश २ मा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने

वीरगञ्ज - प्रदेश २ का भौतिक, पूर्वाधार तथा यातायातमन्त्री जितेन्द्र सोनलले यहाँ रहेको रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाएर खेदकूदको विकास गरिने बताउनुभएको छ । वीरगञ्जमा आयोजित प्रथम इण्डो नेपाल तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता–२०७५ को उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले सो रङ्गशालाको स्तरोन्नति गर्न रु एक करोड विनियोजन गरेको जानकारी गराउनुभयो ।


खुला दिशामुक्त नगरमा वडा कार्यालयमै सौचालय नभएपछि..............

बर्दिबास - महोत्तरीको बर्दिवास नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरेपनि सरसफाई कार्ड वितरण गर्ने वडा नं ७ को वडा कार्यलयमा नै शौचालय छैन । वडा कार्यालयमा सौचालय नहुँदा कर्माचारी, सेवाग्राही र जनप्रतिनिधि समेत खुल्ला ठाँउमा दिसा पिसाब गर्न बाध्य रहेको गुनासो गरेका छन् ।


प्रदेश २ : भोजभतेरदेखि अतिथि सत्कारसम्म मात्र ४ करोडभन्दा बढी खर्च

जकपुरधाम -प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत गद्दीको नेतृत्वमा गठित सरकारले भोजभतेरदेखि अतिथि सत्कारसम्म ४ करोडभन्दा बढी खर्चेको छ । मंसिर २६ गते भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको स्वागत सत्कारमा सरकारले ७३ लाखभन्दा बढी खर्चेको छ ।


पर्साको बिन्दबासिनी गाउँपालिका : सडक, स्वास्थ्य र शिक्षामा दिँदै छ प्राथमिकता

काठमाडौं - प्रदेश नम्वर २ को पर्सा जिल्लाको स्थानीय तह बिन्दाबासिनी गाउँपालिकाले बार्षिक बजेटमा सडक, स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । गाउँपालिकाले गत आर्थिक बर्षको बजेटवाट १० करोड रुपैयाँ सडक निमार्णमा खर्च गरेको छ भने चालु आवमा समेत १० करोड रुपैयाँ बजेट सडक निमार्णमै खर्च गर्न लागेको गाउँपालिका अध्यक्ष श्रीलाल साह (कानु) ले जानकारी दिनुभयो ।


प्रदेश नम्बर २ मा प्रदेश प्रहरी ऐन प्रमाणीकरण

जनकपुर– प्रदेश नम्बर २ मा प्रदेश प्रहरी ऐन, २०७५ प्रमाणीकरण भएको छ । प्रमाणित ऐनमा जम्मा १४ परिच्छेद, १०२ वटा दफा र २ वटा अनुसूची रहेका छन् ।


प्रदेश २ : लोकसेवा विधेयक स्वीकृत, कर्मचारीको स्थायी पदपूर्तिका लागि प्रक्रिया शूरु

धनुषा -प्रदेश नं २ सरकारले कर्मचारीको स्थायी पदपूर्तिका लागि प्रक्रिया थालेको छ । सङ्घीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयक स्वीकृत गरेको छ ।


बाराको बिश्रामपुर गाउँपालिका : सडक निमार्णलाई दिदैँछ प्राथमिकता

बारा – बाराको बिश्रामपुर गाउँपालिकाले सडक निमार्ण तथा मर्मतको कामलाई मुख्य प्राथमिकतामा राखेर काम अघि बढाएको छ । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि बनाइएको सबैजसो योजनामा सडक विस्तार प्राथमिकतामा परेको हो ।


साम्सी गाउँपालिकाको विकास योजना : शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार प्राथमिकतामा

महोत्तरी – प्रदेश नम्वर २ को महोत्तरी जिल्लाको स्थानीय तह साम्सी गाउँपालिकाले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको क्षेत्रलाई विकासको पहिलो प्राथमिकतामा राखेर योजना निमार्ण गरेको छ । गाउँपालिकाले सडक निमार्ण, मर्मत तथा प्राथमिक स्वास्थ्य चौकी, विद्यालय भवनको निमार्णसँगै धार्मिक तथा साँस्कृतीक क्षेत्रमा समेत बजेट विनियोजन गरेर काम अघी बढाइरहेको छ ।


लक्ष्मीपुर पतारीको प्राथमिकता : भौतिक पूर्वाधार र कृषि विद्युतीकरण

सिराहा – प्रदेश नम्वर २ को सिराहास्थित लक्ष्मीपुर पतारी गाउँपालिकाले भौतिक पूर्वाधारको निमार्ण र कृषि विद्युतीकरणलाई उच्च प्राथमिकतामाराखेर काम गरिहरेको छ । गाउँपालिकामा निार्वाचित जनप्रतिनिधि आएपछि समग्र गाउँपालिकाको विकासका लागि पञ्चबर्षे रणनीतिक योजना निमार्ण गरि विकासका काम भइरहेको अध्यक्ष रामबल्लभ साहले बताउँनुभयो ।


वीरगन्ज महानगरद्धारा नो हर्न र नो प्लास्टि क्षेत्र घोषित

वीरगंज, १९ पुस -महानगरपालिकाले मंगलबार देखि हर्न र प्लास्टिक प्रयोगमा निषेध लगाएको छ । अग्रेजी नयासालको स्वागत गर्दै महानगरलाई सफा राख्न र सभ्य बनाउन हर्न र प्लास्टिकमा निषेध गरिएको हो ।


बहशमा प्रदेश २ को राजधानी

राजु विश्वकर्मा /लहानप्रदेश २ कोे स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने विषयमा बहस शुरु भएको छ । प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तरसम्म पनि प्रदेशको नाम र राजधानीको विषयलाई लिएर तर्क वितर्क गर्न थालिएको छ ।


प्रदेश २ को राजधानी बर्दिबास बनाउन प्रदेश सांसदको माग

बर्दिबास - प्रदेश नम्बर २ को राजधानी बर्दिबास बनाउन प्रदेश सांसदहरुले जोडदार माग गरेका छन् । प्रदेश २ का सबै जिल्लाका लागि बर्दिबास पहुँचका हिसाबले उपयुक्त रहेको भन्दै बर्दिबासमा कुनै पनि हालतमा राजधानी हुनुपर्ने सांसदले माग गरेका हुन ।


प्रदेश २ मा जनकपुरधामबाटै श्रम स्वीकृति सेवा

जनकपुरधाम -प्रदेश २ को अस्थायी मुकाम जनकपुरधामबाट वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति सेवा पाउन थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग मातहतको श्रम तथा रोजगार कार्यालयको आइतबार स्थापना भई सेवा प्रदान गरेपछि यहाँबाटै श्रम स्वीकृति पाउन थालेको हो ।


प्रदेश २ सरकारको घोषणा : छोरी जन्मने वित्तिकै एक लाखको बीमा

रौतहट – प्रदेश नम्वर २ मा छोरी जनमने वित्तिकै प्रदेश सरकारले एक लाख रुपैयाँको जीवन बीमा गरिदिने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सार्थक बनाउन माघ १ देखि जन्मिने छोरीको एक लाख रुपैयाँको जीवन बीमा सरकारले गरिदिने घोषणा गर्नुभएको हो ।


वीरगन्ज महानगरपालिका : मासु प्रशोधन केन्द्रको दुर्गन्धले ५ वडा प्रभावित

वीरगञ्ज– पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा मासु उत्पादन तथा हाड प्रशोधन केनद्रवाट निस्किएको दुर्गन्धका कारण प्रभावित भएका छन् । महानगरको वडा नम्वर –१८ को सौराहा र वडा नं २० को भवानीपुर अपौनीमा रहेको मासु उत्पादन कारखाना र हाड प्रशोधन केन्द्रबाट पैmलिएको दुर्गन्धले पाँचवटा वडाका बासिन्दा प्रभावित भएका हुन् ।


गाउँमा सरकार नभेटिएको सांसदको गुनासो

काठमाडौँ, १३ पुस - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्थानीय तहमा केन्द्रीय सरकारको उपस्थिति नभएको भन्दै विकास निर्माणको काम प्रभावित भएको गुनासो गर्नुभएको छ । विगतमा केन्द्रीय सरकारको बजेटबाट अगाडि बढाइएका विकास निर्माण, खानेपानी तथा स्वास्थ्य तथा शिक्षाका योजना अलपत्र परेको भन्दै उहाँहरुले ती परियोजना स्थानीय तह र प्रदेश सरकारले समेत ध्यान नदिएकोमा आपत्ति जनाउनुभयो ।


ठोरी गाउँपालिकाका बासिन्दाले भन्छन् : गाउँमै सिंहदरबार आयो

वीरगञ्ज, १२ पुस -पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ की कृति श्रेष्ठले घरदैलोमै वंशजको नाताले नेपाली नागरिकता पाउँदा गाउँमै सिंहदरबार आएको अनुभूति गरेकी छिन् । ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, जिराचनानी गाउँपालिका तथा पटेर्वा सुगौली गाउँपालिकालाई लक्षित गरी सुपौलीमा इलाका प्रसाशन कार्यालय स्थापना भएपछि कृति श्रेष्ठलाई मात्र होइन सो क्षेत्रका एक लाखभन्दा बढीलाई आफ्नै गाउँठाउँबाट नागरिकता लिन सजिलो भएको छ ।