समाचार

महानगरपालिकाले प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउदैं

भक्तपु्र, १४ फागुन -विराटनगर महानगरपालिकाले प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश नं.१ को सभामुख प्रदीपकुमार भण्डारीलाई प्रदेशको संरचना निर्माण गर्न आवश्यक पर्ने जग्गा उपलब्ध गराउने सम्बन्धमा आज ज्ञापनपत्र बुझाएका छन् ।


कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव

प्रधानमन्त्रीलाई भेट्न विद्यार्थीहरू घन्टौँ हिँडेर आए फाल्गुण १२,(आठराई गाउँपालिका) - जन्मोत्सव मनाउन चार हेलिकोप्टरसहित आठराई पुगेका प्रधानमन्त्री ओलीले ट्र्याक्टरमा ओसारिएका विद्यार्थीलाई कापी–कलम वितरण गरे, यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा आफ्नै स्वामित्वको एयर अल्टिच्युडको हेलिकोप्टरमा केक बोकेर ओलीको जन्मगाउँ पुगेका थिए कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन्  । सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए  ।


इटहरीका मेयर चौधरी पूनः एक्सनमा, सडक क्षेत्राधिकार भित्रका संरचना हटाए

भक्तपुर, ११ फागुन (इटहरी उपमहानगर) इटहरी उपमहानगर वडा नम्वर १४ स्थित सडकक्षेत्राधिकार भित्रको एउटा संरचना भत्काइएको छ । इटहरी उपमहानगरले सडक क्षेत्राधिकार भित्रको संरचना डोजर लगाएर भत्काएको हो ।


प्रधानमन्त्री जन्मदिन मनाउन जन्मघर आठराई जाँदै, गाउँपालिकामा सार्वजनिक बिदा

भक्तपुर, ११ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ । गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ ।


प्रधानमन्त्रीद्वारा खोरुङ्गाखोला आयोजना उद्घाटन

फागुन १०,मेन्छयायेम गाउँपालिका(तेह्रथुम) प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको आज उद्घाटन गर्नुभएको छ । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७.५ मेगावाट क्षमताको सो आयोजना आज उहाँले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’बाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्नुभएको हो ।


नमुना लिफ्ट खानेपानी आयोजना : उद्घाटन तयारी

फागुन १०,कुम्मायक गाउँपालिका (पाँचथर)देशकै नमुना र ठूलो लिफ्ट खानेपानी आयोजना । निर्माण कार्य ९८ प्रतिशत मात्र पूरा भएको छ ।


अपडेट : भारत बस दुर्घटनामा मृत्यु हुने इटहरीवासीको संख्या १० पुग्यो (नामावली सहित)

फाल्गुण १०, इटहरी उपमहानगरपालिका (सुनसरी)भारतमा भएको बस दुर्घटनामा मृत्यु हुने इटहरीवासीको संख्या १० पुगेको छ । गत माघ २३ गते तीर्थयात्रामा गएका उनीहरू सवार बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटनामा परेको थियो ।


गाउँपालिका द्दारा बसाइँ आउँनेलाई दुहुनो गाई

फागुन, १० छथरजोरपाटी गाउँपालिका (धनकुटा) सुविधा र कामको खोजीमा बसाइँ जाने क्रम बढेपछि छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट आउने परिवारलाई दुहुनो गाई उपहार दिन थालेको छ । गाउँपालिकाभरिका जुनसुकै स्थानमा स्थायी बसाइँ आउने घरपरिवारको जीवन निर्वाहमा सहयोग पुर्‍याउने उद्देश्यले दुहुनो गाई उपहार दिन थालिएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।


झापा गाउँपालिकाका सबै विपन्न समुदायलाई अब पक्की घर

भक्तपुर, ९ फागुन - पक्की घर (झापा गाउँपालिका) झापाको झापा गाउँपालिकाले ‘फुस हटाऊँ, टिनको छाना लगाऔँ’ भन्ने अभियान नै चलाएर विपन्न समुदायलाई धमाधम घर बनाउँदै हस्तान्तरण गरिरहेको छ । सात वडा रहेको गाउँपालिकाले सबै वडाका विपन्न समुदायलाई हालसम्म ९० घर बनाएर हस्तान्तरण गरिसकेको पालिकाका अध्यक्ष जयनारायण यादवले बताए ।


अलमलमै न्यायिक समिति

भक्तपुर, ९ फागुन - न्यायिक समिति (भोजपुर) भोजपुरको अरुण गाउँपालिका उपाध्यक्ष विनिता ढकाल न्यायिक समितिको काममा अझै अलमलमा छिन्  । निर्वा्चित भएको तेस्रो वर्षमा उनलाई न त पर्याप्त कानुनसम्बन्धी तालिम दिइयो, न त अध्ययनका अवसर  ।


सन्दकपुरमा ड्रोन उडाएको आरोपमा एसएसबीद्वारा १० नेपाली पक्राउ

फाल्गुण ०८,झापा — भारतसँग सीमा जोडिएको इलामको पर्यटकीय गन्तव्य सन्दकपुर क्षेत्रमा ड्रोन उठाउने १० नेपाली युवालाई बुधबार भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ । सन्दकपुर क्षेत्रमा ड्रोनमार्फत दृश्य र भिडियो कैद गरिरहेका विज्ञान गौतम, विश्वास घिमिरे, निश्चल कार्की, देवेन्द्र सिटौला, कमल सुवेदी, दिपेन गौतम, शाहत रिजाल, निमेश भट्टराई, कृष्ण सापकोटालगायतलाई एसएसबीले पक्राउ गरेको हो ।


नौलो किसिमको आयोजना : तमोरको पानी डाँडामा

फाल्गुण ०६,कुम्मायक गाउँपालिका यासोक - तमोरको पानी गाउँमा ल्याएर परीक्षण भइरहेको छ । सातवटा स्टेसन भएको नेपालकै ठुलो यो पम्पिङ आयोजना सफल हुनु निकै महत्वपूर्ण मानिएको छ ।


उपमहानगरपालिका द्धारा तीन महिने ढाका वुनाई तालिम सुरु

फाल्गुण ०६ इटहरी उपमहानगरपालिका - तालिमको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले उदघाटन गर्नुभयो । सामाजिक विकास मन्त्रालय र नेपाली ढाकावुनाई उद्यमी समूहको सहकार्यमा उपमेयरआत्मनिर्भर कार्यक्रम अन्र्तगत तालिम आयोजना गरिएको हो ।


१० बिघा जग्गादान गरेर मेयर सुबेदीले पाउनुभएको सन्तुष्टि

फाल्गुन ५ , बेलबारी नगरपालिका - समाजको लागि के गर्ने कति गर्ने ? सेवा र सहयोग गर्नका लागि न कुनै दायरा छ न गर्नुपर्छ भन्ने बाध्यता नै । जब तपाइको मन अरुको खुशी देख्दा प्रसन्न हुन थाल्छ तब तपाइको हृदयमा सेवाभाव निरन्तर पलाइरहन्छ ।


शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री

काठमाडौं - प्रतिनिधिसभाकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले तुङ्बाहाम्फेलाई प्रधानमन्त्रीको सिफारिसमा कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् ।


क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन आग्रह

फाल्गुन ४, इटहरी - इटहरी उपमहानगरले तरहरा देखि एकम्वा जोडने वहुबर्षिय योजना अन्र्तगत सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन आग्रह गरेको छ । इटहरीको वडा नम्वर १,१५,१६,१७ र २० नम्वर वडा हुँदै तरहरा,लविपूर, पकली,एकम्वा जोडने सडकको क्षेत्राधिकार भित्र पर्ने घर,टहरा,गोठ लगायतका संरचना सात दिन भित्र हटाउन सूचना गरेको हो ।


प्रधानमन्त्रीद्वारा मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलकोे उद्घाटन

फाल्गुण ४, दमक - प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलकोे उद्घाटन गर्नुभएको छ । आज बिहान झापा आइपुग्नु भएका प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गर्नुभएको हो ।


जनप्रतिनिधि र कर्मचारी भ्रमणमा हिँडेपछि नगरपालिकाको सेवा प्रवाहमा समस्या

भक्तपुर, ३ फागुन - सेवा प्रवाहमा समस्या (भोजपुर नगरपालिका)भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा हिँडेपछि सेवा प्रवाहमा समस्या भएको छ । नगर प्रमुख कैलाशकुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, ४ जना वडाध्यक्ष, प्राविधिक, कम्प्युटर अपरेटर गरी १७ जनाको टोली भ्रमण हिँडेपछि दैनिक कामकाजमा समस्या भएको हो ।


अन्तरस्थानीय सरकार समन्वयमा “सन्दकपुर” मोडल

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको भनाई । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल देशभरका चार सय ६० गाउँपालिकाको साझा संगठन हो ।