समाचार

उपनिर्वाचन २०७६ः मकालुका सबै मतदान केन्द्र संवेदनशील

कार्तिक २५,मकालु गाउँपालिका -मकालुका सबै मतदान केन्द्रलाई संवेदनशील मानिएको छ । सङ्खुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पदका लागि लागि आगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।


चाडपर्व लक्षित बजार अनुगमन अझै सुरु भएन: स्थानीय वासी मर्कामा

संखुवासभामा,असोज १६यस वर्षदेखि सम्बन्धित स्थानीय तहको संयोजकत्वमा बजार अनुगमन गरिने ब्यवस्था भएपनि संखुवासभामा भने अझै अनुगमन सुरु भएको छैन । दशैँ सुरु भइसक्दा समेत जिल्लाका कुनै पनि स्थानिय तहका बजारहरुमा अनुगमन नभएको हो ।


तुम्लिङटार स्वास्थ्य चौकी भवनः सम्झौताभन्दा चार महिनाअघि नै निर्माण सम्पन्न

संखुवासभा, असोज १०जिल्लाका आधा दर्जन निर्माण कम्पनी सम्झौताअनुसार समयमा काम सम्पन्न नगरेको भन्दै कारबाहीमा परेको अवस्थामा एक निर्माण कम्पनीले भने निर्माण सम्पन्न गर्नुपर्ने समयभन्दा चार महिनाअघि नै काम सकाएको छ  । समयमै निर्माण सम्पन्न नगरेर धरौटी जफत तथा जरिवाना भइरहेको अवस्थामा कुन्सालिङ-अरुण–वरुण जेभीले सम्झौता समयभन्दा चार महिनाअघि नै काम सम्पन्न गरेको हो  ।


पुननिमार्णमा मादी नगरपालिकाका ८७ आवासको निमार्ण सम्पन्न

भक्तपुर, २७ भदौ – संखुवासभाको मादी नगरपालिकामा २०७२ को भुकम्बाट क्षति ग्रस्त घरहरु मध्ये ८७ वटा निजि आवास निर्माण कार्य सम्पन्न भएको छ । भुकम्प लगत्तै अनुगमन वाट सिफारिस भई २३२ वटा पुननिर्माण मा छनौट भएपनि अहिले सम्म तस्रो किस्ता लिने लाभग्राहि भने ८७ जना मात्र रहेका हुन ।


संखुवसभाका १० वटै स्थानीय तहमा पुग्यो बैंकिङ्ग सेवा

काठमाडौं- संखुवसभा जिल्लाका १० वटै स्थानीय तहमा बैंक सेवा पुगेको छ । जिललाका सबै तहमा बैंकिङ्गसेवा पुगेपछि सेवाग्राही सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छ ।


गाउँपालिकामा एक सय ३८ वटा स्ट्रेचर वितरण

प्रदेश नंं १ संखुवास - संखुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा एक सय ३८ वटा स्ट्रेचर वितरण गरिएको छ  । बुधबारे बजारमा स्ट्रेचर वितरण गर्दै पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले दुर्गम अरुणपारिको गाउँपालिका सिलिचोङमा स्वास्थ्यसेवा पुर्‍याउन आफ्नोतर्फबाट सक्दो पहल गर्ने बताए  ।


टीमएमजे क्षेत्रलाई देशकै एक उत्कृष्ठ गन्तब्य वनाउन पहल सुरु

सुनसरी, गुराँसको राजधानीका रुपमा प्रख्यात तीन जुरेमिल्केजलजले क्षेत्रलाई देशकै एउटा उत्कृष्ठ गन्तब्य वनाउनका लागि पहल थालिएको छ । तीन जुरेमिल्के जलजलेको क्षेत्र विस्तार गर्दै उचित ब्यवस्थापनका साथ उत्कृष्ठ गन्तब्य वनाउन पहल थालिएको हो ।


प्रदेश नं १ स्तरीय दोस्रो मेयर गोल्डकपमा खाँदबारी, पाँचखपन र मादी नगरपालिका विजयी

सङ्खुवासभा : चैनपुरमा जारी प्रदेश नं १ स्तरीय दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको आ–आफ्नो खेलमा खाँदबारी, पाँचखपन र मादी नगरपालिका विजयी भएका छन् । चैनपुरस्थित रङ्गशालामा भएको खेलमा खाँदबारी नगरपालिकाले धनकुटा नगरपालिकालाई १–० गोलले पराजित ग¥यो ।


खाँदबारी नगरपालिकाद्वारा जनप्रतिनिधिलाई कम्प्युटर तालिम

संखुवासभा - संखुवासभाको खाँदबारी नगरपालिकाले जनप्रतिनिधिलाई कम्प्युटर दक्षताका लागि १ महिने आइटी तालिम सुरु गरेको छ । नगरपालिकाले वडाध्यक्ष र कार्यपालिका सदस्यलाई तालिम सञ्चालन गरेको जनाएको हो ।


स्थानीय तहको बर्गिकरण : संखुवासभाका ६ स्थानीय तह अति दुर्गम

संखुवासभा - सरकारले हालै गरेको स्थानीय तहको बर्गिकरण अनुसार संखुवासभा जिल्लाका १० वटा स्थानीय तह मध्ये ६ वटा तह अति दुर्गममा परेका छन् । भौतिक पूर्वाधार, आवश्यक जनशक्ति, मानव सुचाङ्क, सदरमुकामसँगको दुरी लगायत आधारमा ६ स्थानीय तह अति दुर्गममा परेका हुन् ।


धर्मदेवी नगरपालिकामा स्वास्थ्य क्षेत्रमा नमूना काम

सङ्खुवासभा, २० पुस - धर्मदेवी नगरपालिकाको तेस्रो नगरसभाले दीर्घ प्रकृतिका रोगीलाई लक्षित गरी देशमै नमूनाको रूपमा स्वास्थ्य क्षेत्रमा उदाहरणीय कामको थालनी गरेको छ । नगरक्षेत्रका मिर्गौला, क्यान्सरपीडित, दम, मुटुका रोगीलगायतका कडा र दीर्घकालीन प्रकृतिका रोगको उपचारको अभावमा छटपटिरहेका नगरभित्रका विपन्न, गरीब, असहाय, अशक्त रोगीको लागि प्राथमिक उपचारसँगसँगै सुविधा सम्पन्न अस्पतालमा लैजान प्रेरित गरिनेछ ।


प्रदेश १ : दोस्रो सातामा बस्ने प्रदेशको हिउँदे अधिवेशनले नाम र राजधानीको टुंगो लगाउने

संखुवासभा - प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आगामी दोस्रो सातामा बस्ने प्रदेशको हिउँदे अधिवेशनले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने बताउनुभएको छ । प्रदेशको नाम र राजधानी घोषणा अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री कार्कीले हिउँदो अधिवेशनले दुई टुंगाउने बताउनुभएको हो ।


जेष्ठ नागरिकलाई घर–घरमै भत्ता

संखुवासभा, ११ कार्तिक । खाँदबारी नगरपालिकाका जनप्रतिनिधिले जेष्ठ नागरिकको भत्ता घर–घर पुगेर वितरण गरेका छन् ।