समाचार

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गदै बर्दियाको मधुवन नगरपालिकामा नयाँ होटल

साउन २५,धम्बोझी - ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै बर्दियामा नयाँ रिसोर्ट होटल सञ्चालनमा आउने भएको छ । बर्दियामा पाटे बाघ, गैँडा र हात्तीहरु हेर्न देशी–विदेशी पर्यटक आउने क्रम बढेसँगै होटल र रिसोर्ट पनि धमाधम निर्माण भइरहेका छन् ।


गेरुवा गाउँपालिकाको ६ नम्वर वडा कार्यालयमा आगजनी

बर्दिया, २४ असार - बर्दियाको गेरुवा गाउँपालिकाको वडा नम्वर ६ को कार्यालयमा आगजनी भएको छ । मनाउको प्रसेनीपुरमा रहेको वडा कार्यालयमा आगजनीका कारण कार्यालयका महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् ।


गेरुवा गाउँपालिका : सामाजिक तथा रोजगारमुलक कार्यक्रम सञ्चालन गर्दै

बर्दिया, ३० जेठ - बर्दियाको गेरुवा गाउँपालिकामा जननिर्वाचित प्रतिनिधि आएसँगै यतिवेला गाउँपालिकाले विभिन्न खाले सामाजिक तथा युवा लक्षित रोजगारमुलक कार्यक्रम सञ्चालनमा तिव्रता दिएको छ । गाउँपालिकाले अन्य सामाजिक संस्थाहरुसँगको सहकार्यमा पनि यस्ता गतिविधीलाई तिव्र रुपमा अघि वढाएको हो ।


बढैयातालमा वनबाटिका निर्माण हुने

बर्दिया,८ जेठ – बर्दियाको बढैयातालमा वनवाटिका निर्माण हुने भएको छ । बढैयाताल गाउँपालिकाअन्तर्गत मानझुन्डी सामुदायिक वनको गुलरिया–नेपालगञ्ज हुलाकी सडकको दक्षिणतर्फ रहेका सो तालमा वनबाटिका निर्माण हुने भएको हो ।


नगरपालिकाद्धारा कृषि क्षेत्रको विकास गर्न सर्वेक्षण

बर्दिया, १ जेठ -मधुवन नगरपालिकाले कृषि क्षेत्रको विकास गर्न आजदेखि सर्वेक्षण शुरु गरेको छ । आगामी वर्ष कृषि क्षेत्रको समयसापेक्ष विकास गर्न सूचना सङ्कलन गर्ने उद्देश्यले सर्वेक्षण शुरु गरिएको नगरपालिका कृषि शाखाका प्रमुख एकराज वलीले बताउनुभयो ।


बालबालिका विद्यालय नपठाउने अभिभावकले सुविधा नपाउने

विद्यालय जाने उमेर समूहका आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई बर्दियाको एक नगरपालिकाले नगरबाट दिने सेवासुविधाबाट बञ्चित गर्ने भएको छ । बारबर्दिया नगरपालिकाले आफ्ना बालबालिका विद्यालय नपठाउने अभिभावकलाई सेवासुविधाबाट बञ्चित गर्ने नगर प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो ।


बारबर्दिया नगरपालिकाको विशेष नगरसभा १८ योजना,पाँच प्रस्ताव पारित

धम्बोझी, १८ चैत - बर्दियाको बारबर्दिया नगरपालिकाको विशेष नगरसभाले पाँच प्रस्ताव पारित गरेको छ । नगरको विशेषसभाले आर्थिक वर्ष २०७५/०७६ को बजेट संशोधन, समपूरक अनुदान विनियोजन विवरण, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद् विकास कोष) नगरभवन निर्माणको योजना र नगरका लागि गाडी खरीद गर्ने प्रस्ताव पारित गरेको छ ।


बर्दिया प्रदेश नं ५ स्तरीय एथ्लेटिक्स छनोट प्रतियोगिताको प्रदेश च्याम्पियन

घोराही - बर्दिया प्रदेश नं ५ स्तरीय एथ्लेटिक्स छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । दाङ, घोराहीको भरतपुर खेल मैदानमा फागुन २० देखि २३ गतेसम्म सञ्चालित सो प्रतियोगितामा बर्दियाले १५ स्वर्ण, आठ रजत र नौ कास्य पदक जित्दै च्याम्पियन भएको हो ।


नगरपालिकाको पहलमा बर्थिङ सेन्टर स्थापना

बर्दिया, ९ फागुन : गुलरिया नगरपालिका–१२ मानगरपालिकाको पहलमा बर्थिङ सेन्टर स्थापनाभएको छ । सो बर्थिङ सेन्टर र मोहम्मदपुर स्वास्थ्यचौकीको बुधबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य तिलकराम शर्मा र गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।


बढैयाताल गाउँपालिकामा आत्महत्या रोक्न योजना तर्जुमा

नेपालगञ्ज, २५ पुस - बर्दियाका आठ स्थानीय तहमध्ये बढैयाताल गाउँपालिकामा अहिले आत्महत्याका घटना बढ्दै गएपछि स्थानीय जनप्रतिनिधिलगायत सबैको चिन्ता र चासो बढेको छ । ‘‘आत्महत्याका घटना बढिरहेको अवस्थालाई दृष्टिगत गरी गाउँपालिकाले त्यसको रोकथामका लागि योजना नै तर्जुमा गरेको छ’’ अध्यक्ष लालबहादुर श्रेष्ठको भनाइ छ ।


नगरप्रमुखद्वारा तलब भत्ता विद्यालयलाई

राजापुर, ६ मङ्सिर - बर्दियाको मधुवन नगरपालिका प्रमुख गणेशबहादुर क्षेत्रीले शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै आफ्नो तलब भत्ताबाट विद्यालयलाई सहयोग गरेका छन् । नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका क्षेत्रीले तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थाल्नुभएको हो ।