समाचार

खजुरामा ८० किलोमिटर सडक कालोपत्र

२०७८ चैत १९ शनिबार, खजुरा गाउँपालिका(बाँके)बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधीमा सडकको पूर्वाधार विकासमा फड्को मारेको छ । वर्षाद्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक कालोपत्र, पीसीसी र ग्राभेल भएको गाउँपालिकाले जनाएको छ ।


पूर्वाधार विकासमा फड्को मार्दै कोहलपुर

२०७८ चैत १८ शुक्रबार, कोहलपुर नगरपालिका(बाँके)जनप्रतिनिधि निर्वाचित भएर आएको पाँच वर्षमा बाँकेको कोहलपुर नगरपालिकाले पूर्वाधार विकासमा ठूलो फड्को मारेको छ । नगरपालिकाका प्रत्येक वडामा कालोपत्र सडक, अत्याधुनिक नमूना बसपार्क, नगरस्तरीय अस्पताल, भ्यू टावरलगायत पूर्वाधार विकासका संरचनाले पूर्णता पाउन थालेको हो ।


विपन्न परिवारको सारथी बन्दै स्थानीय सरकार

२०७८ फाल्गुण १२ बिहीबार,खजुरा गाउँपालिका(बाँके)बाँकेको खजुरा गाउँपालिकाले सुरक्षित आवास बनाइदिएपछि विपन्न तथा मजदुरी गरी जीविकोपार्जन गर्दै आएका सर्वसाधारणको मुहारमा खुसी छाएको छ । “घर पाइएला भन्ने सोचेका पनि थिएनौँ, पक्की घरमा बस्न पाइयो, दिनभर मजदुरी गरे पनि साँझ आफ्नै घरमा सुत्न पाइने भयो”, गाउँपालिकाले बनाइदिएको घरमा बस्दै आएका प्रेम चौधरीले भन्नुभयो, “अब आफ्नै घरमा बसेर दुःख सुखको जीवन बिताउन पाइने भयो ।


गाउँपालिकाले सुरु ग¥यो एम्बुलेन्स सेवा

२०७८ फाल्गुण ११ बुधबार,जानकी गाउँपालिका(बाँके) बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो ।


नेपालगञ्ज उपमहानगरद्वारा असिक्जनसहितको ५० बेडको आइसोलेसन केन्द्र सञ्चालन

२०७८ बैशाख १९ आइतबार, नेपालगञ्ज उपमहानगरपालिका (बाँके)कोरोनाको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या अत्याधिक बढेपछि सहरका अस्पतालमा बेड अभाव भएपछि सो अभाव टार्न नेपालगञ्ज उपमहानगरपालिकाले असिक्जनसहितको ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलीला मैदानस्थित तालिम केन्द्रमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताउनुभयो ।


महामारीमा जनताको मन जितेका वडाध्यक्ष

२०७८ बैशाख १४ मंगलबार, खजुरा गाउँपालिका (बाँके)खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लले व्यक्तिगत लगानीमा गाउँमै १० श्ययाको आइसोलेशन सेन्टर तयार गर्नुभएको छ । बाँकेमा कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा बढिसक्दा पनि स्थानीय तह अलमलमा परिरहेका बेला मल्ल राधापुर स्वास्थ्यचौकीमा व्यक्तिगत रुपमा करीब रु पाँच लाख लगानी गरी अक्सिजन सुविधाको आइसोलेशन निर्माण गरेर जनतालाई सङ्क्रमणबाट बचाउन लागिपर्नुभएको छ ।


नेपालगन्ज उपमहानगरमा बिहीबारदेखि एक साता लकडाउन

२०७८ बैशाख ८ बुधबार, नेपालगन्ज उपमहानगरपालिका (बाँके)नेपालगन्ज । बाँकेमा आगामी बिहीबारदेखि एक साताका लागि लकडाउनको सिफारिस गरिएको छ ।


नेपालगञ्ज उपमहानगरका ६ जना कर्मचारीमा कोरोना पुष्टि, वडा कार्यालय बन्द

२०७८ बैशाख ७ मंगलबार, नेपालगञ्ज उपमहानगरपालिका (बाँके)बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर –१ का ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनु भएको छ ।


राष्ट्रिय गौरवको सिक्टा सिँचाइको मूल नहर निर्माण सम्पन्न

पौष १, लुम्बिनी प्रदेश(बाँके)राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण सम्पन्न भएको छ । मूल नहर निर्माण सम्पन्न भएसँगै आयोजनाको पहिलो चरणको काम करिब पूरा भएको आयोजनाका निर्देशक लोकबहादुर थापाले बताउनुभयो ।


बाँकेमा कोरोनाबाट एकको मृत्यु

भदौ २२, नेपालगञ्ज उपमहानगरपालिका,बाँकेबाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।


कोरोनाको जोखिमका कारण कृष्णमन्दिर खोलिएन

साउन २७, बाँके – यस वर्ष कोरोनाको जोखिमका कारण बाँके र बर्दियाका कृष्णमन्दिरमा रथयात्रा एवं शोभायात्रा नहुने भएको छ । बाँके र बर्दिया कोरोनाको रेडजोन एरियामा भएकाले दुवै जिल्लामा निषेधाज्ञा जारी गरिएका कारण सबैले आआफ्ना घरघरमा पूजाआजा गरिरहेका छन् ।


नेपालगञ्ज सेनाको निगरानीमा सिल

साउन २५, कोहलपुर – जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन ।


नरैनापुरका गाउँ डुबानमा

साउन २३, बाँके – एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् ।


बाँकेमा निषेधाज्ञा जारी

साउन १८, बाँके – कोरोनाको जोखिम बढेसँगै बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।


बाँकेमा ११४ गाउँ बाढीको उच्च जोखिममा

साउन १५, बाँके – राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा परेका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति गौरीलाल बुढाथोकीले आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरिएको जानकारी दिनुभयो ।


पानी उद्योग कारवाहीमा

साउन १०, बाँके - बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो ।


कोहोला अब बाख्रा स्मार्ट गाउँ

साउन ८, बर्दिया - बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाँके र बर्दियाका बाख्रापालक किसान उत्साहित भएका छन् । दुई÷चारवटा बाख्रा पाल्दै आएका किसानले बाख्रा स्मार्ट गाउँ कार्यक्रममा आबद्ध भएपछि बाख्राको सङ्ख्या थप्दै गएका छन् ।


कोरोना संक्रमित ६ सय ८२ पुगे, संक्रमणबाट हालसम्म चारजनाको निधन

देशभर कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । जेठ १२,काठमाडौँ - पछिल्लोपटक थप भएका सातजनासँगै कुल संक्रमितको संख्या बढेको हो ।


वढ्दै कोरोना संक्रमीत कुल २५८ : बाँके प्रभावीत

जेठ २ काठमाडौं - पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ ।


नेपालगन्जमा किट अभाव

शुक्रबार थप नआए परीक्षण रोकिने, संक्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ अझै भएन वैशाख २६,नेपालगन्‍ज — समुदायमा कोभिड–१९ संक्रमण फैलिएको नेपालगन्जमा पीसीआर परीक्षणका लागि किट अभाव भएको छ । स्वास्थ्यकर्मीले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ, स्वाब संकलन र परीक्षण एकैसाथ गरिरहेका छन् ।


लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

बैशाख २४, काठमाडौं - सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले फेरि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।


नेपालगञ्जका संक्रमितको स्वास्थ्य सामान्य, सम्पर्कमा रहेकाको रातीसम्म स्वाब संकलन

वैशाख २४, कोहलपुर - बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।


नेपालगञ्‍जका ७ नयाँ थपिए पछी कोरोना संक्रमितको संख्या ८२ पुग्यो

बैशाख २३,काठमाडौं - कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।


भारतमा नेपाली मजदुरको पीडा : कोरोनाले होइन, खान नपाएर मर्ने भयौँ

चैत ३०,बाँके - कोरोना भाइरस भित्रिन सक्ने आशंकामा नेपाल-भारत सीमा नाका सिल गरिएको छ । दुवै देशबाट मानिस ओहोर दोहोर गर्न नदिन दुवै देशको सहमतिमा नाका सिल गरिएपछि भारतमा रहेका नेपाली भारतमै अड्किएका छन् भने कामका शिलशिलामा नेपालमा रहेका भारतीय यतै रोकिएका छन् ।


गाउँपालिकाको लगानीमाा विद्युत् विस्तार शुरू

बाँकेको राप्ती सोनारी गाउँपालिकाको लगानीमा विद्युत् विस्तारको काम शुरू भएको छ । विद्युत् सेवा पुग्न नसकेको वडा नम्बर ३ र ४ बैजापुर क्षेत्रमा विद्युतीकरण गर्न खम्बा गाड्ने काम शुरू भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।


कति जनसङ्ख्या छ ? उपमहानगरपालिकासँग छैन जानकारी

भक्तपुर, २७ फागुन -बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासँग नगर क्षेत्रमा कति घर छन् ? कस्ता छन् ? जनसङ्ख्या कति छ ? ठ्याक्कै तथ्याङ्क छैन । वडा कार्यालयसँग रहेका वर्षौँ पुराना ‘रफ रेकर्ड’लाई आधार बनाएर उपमहानगरपालिकाले मागेको अवस्थामा काम चलाउ तथ्याङ्क दिने गरेको छ ।


नेपालगञ्‍ज उपमहानगरलाई : प्रदेश ५ सरकारबाट न्यून बजेट

भक्तपुर, १६ फागुन - प्रदेश सरकारले नेपालगञ्‍ज उपमहानगरपालिकालाई गाउँपालिकालाई भन्दा पनि कम बजेट दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका अनुसार, यो वर्ष एक करोड ६० लाख रुपैया पठाएको छ ।


५ नम्बर प्रदेशद्धारा कृषकलाई लक्षित गरेर बाँकेबाट थालियो ब्याजमा अनुदान

भक्तपुर, १४ फागुन-५ नम्बर प्रदेश सरकारले सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम शुरु गरेको छ । कृषकलाई लक्षित गरेर यो कार्यक्रमको शुरुवात गरिएको हो ।


स्थनीय तहमा विप्लवको चन्दा आतंक, जनप्रतिनिधि थर्कमान

भक्तपुर, १२ फागुन – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपालगञ्जमा चन्दा आतंक तीव्र पारेको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयसहित २३ वटै वडामा विप्लव नेकपाले पत्र पठाएर चन्दा माग गरेपछि जनप्रतिनिधि थर्कमान भएका छन् ।


बाँस्कोटा प्रकरणमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कोइराला

फाल्गुन १०,नेपालगन्जकांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताएका छन् । प्रेस युनियनले शनिबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा कोइरालाले सुशासनका कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले आफैले बनाएका मन्त्रीको कमिसन बार्गेनिङको अडियो सार्वजनिक भएपछि नैतिकता देखाउनु पर्ने बताए ।


बिचौलिया लगाए मात्रै काम चाँडो

फागुन ९, नरैनापुर गाउँपालिका (नेपालगन्ज)बाँकेको नरैनापुर गाउँपालिकाका खलिल बेहना जग्गा बिक्री गर्न नेपालगन्ज मालपोत कार्यालय धाउन थालेको बिहीबार चार दिन भयो । तर उहाँको जग्गा अझै पनि किन्ने मानिसको नाममा रजिस्ट्रेसन पास हुन सकेको छैन ।