समाचार

जीप दुर्घटनामा मृत्यु भएकाको शोकमा आज पाणिनी गाउँपालिकामा बिदा

२०८० जेठ २३ मंगलबार पाणिनी गाउँपालिका(अर्घाखाँची) पाल्पामा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाले शोक बिदा दिने भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची पाणिनीतर्फ आउँदै गरेको जीप लु १ च ९०२४ नम्बरको जिप पाल्पामा दुर्घटनामा परी पाणिनीका ५ जनाको मृत्यु भएको थियो ।


पहिरो प्रभावित दलित परिवारलाई बाख्रा वितरण

२०७७ चैत्र ३० मंगलबार, सन्धिखर्क नगरपालिका(अर्घाखाँची)अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।


बोयर बाख्राको केन्द्र बन्दै अर्घाखाँचीको डिभर्ना

पौष २६, सन्धिखर्क नगरपालिका(अर्घाखाँची)सन्धिखर्क नगरपालिका– ११ डिभर्ना बोयर जातका बाख्रा उत्पादनको केन्द्र बनेको छ । मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशङ्कर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बोयर बिडर हट पशुपालन तथा कृषि सहकारी संस्थाका बाख्रापालन सहकारीका किसानले शुद्ध बोयर जातको बोकाको प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन् ।


वडा कार्यालयको सेवा अर्को जिल्लाबाट

पौष २२,शीतगङ्गा नगरपालिका(‘अर्घाखाँची)सिंहदरबारको अधिकार गाउँगाउँमा’ भनिए पनि शीतगङ्गा नगरपालिका–११ को वडा कार्यालयको सेवा भने कपिलवस्तु जिल्लाको इमिलियाबाट प्रदान गरिन्छ । वडा कार्यालय खयरभट्टीमा रहेको छ भने धेरैजसो सेवा कपिलवस्तुको इमिलियाबाट दिनुपर्ने अवस्था रहेको वडा कार्यालयले जनाएको छ ।


अपाङ्गता भएका महिलालाई घरमै नागरिकता

साउन ३०, अर्घाखाँची – बर्खामासको समय, झमझम परिरहेको झरी । पहिरोको जोखिम, ठाउँठाउँमा अवरुद्ध बाटो छिचोल्दै पाल्पाको सिमाना नजिक पुग्न निकै कष्टकर र जोखिम छ ।


कार्यालय प्रमुख जानकारीविना राजधानी हिँडिदिँदा

साउन २९, काठमाडौँ – शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ । प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित भएको छ ।


सन्धिखर्क नगरपालिका कार्यालय बन्द

जेठ २७,काठमाडौँ - सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय आजदेखि बन्द हुने भएको छ । नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाब संकलन गरी परिक्षणका लागि पठाइने र पिसिआर रिपोर्ट नआउँदासम्म सेवा सञ्चालन बन्द गरिने भएको छ ।