समाचार

रसुवाका तीन स्थानीय तहलाई औषधी सहयोग

२०७८ जेठ २० बिहीबार, आमाछोदिङम्मो गाउँपालिका (रसुवा)लाजिम्पाटमा रहेको एशोसियशन नेपाल आकी अन्तर्गत सञ्चालित ‘कोथिना मीठो छ हस्पिटालिटी स्कूल’ले रसुवाको तीन स्थानीय तहलाई औषधी सहयोग गरेको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि उक्त स्कूलले सो जिल्लाको उत्तरगया, नौकुण्ड र आमाछोदिङम्मो गाउँपालिकामा होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई आवश्यक सामग्री सहयोग गरेको हो ।


माथिल्लो त्रिशूली-३ बी जलविद्युत आयोजना निर्माणको काम पुनः सुरु

२०७८ बैशाख १६ विहीबार, रसुवा (बागमती प्रदेश)३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ बी जलविद्युत आयोजना निर्माणको काम पुनः सुरु भएको छ । कोभिड -१९ र निमार्ण सामाग्रीको अभावका कारण करिब १४ महिना रोकिएको निमार्णको काम पुन सुरु हुन थालेको हो ।


गोसाइँकुण्ड एकीकृत विकास आयोजना शुरु गरिने

पौष २४, गोसाइँकुण्ड गाउँपालिका(रसुवा)वाग्मती प्रदेश सरकारले रसुवाको गोसाइँकुण्ड एकीकृत विकास आयोजना निर्माणपूर्वका सम्पूर्ण तयारी सकेको जनाइएको छ । आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम सकिएकाले केही दिनमै बोलपत्र आह्वान गरिने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।


पर्यटक आगमन नहुँदा घरबास सुनसान

पौष १९,गोसाइँकुण्ड गाउँपालिका(रसुवा)कोभिड–१९ को असरले तामाङ सम्पदा मार्गमा सञ्चालित नेपालको दोस्रो बृद्विम घरबास सुनसान भएको छ । पर्यटन पेशाबाट आयवृद्वि गराई ग्रामीण गरिबी निवारण गर्ने उद्देश्यका साथ विसं २०५८ देखि बृद्विम क्षेत्रका २७ घरमा सञ्चालन गरिएको घरबास पछिल्लो समय पाउनाकोे आगमन कमी आएपछि सुनसान बन्दै गएको हो ।


ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

पौष ११,गोसाइँकुण्ड गाउँपालिका(रसुवा)गोसाइँकुण्ड गाउँपालिकाले चिसोबाट सुरक्षित गराउन आफ्ना वडाका सबै ज्येष्ठ नागरिकलाई बाक्लो कम्बल वितरण गरेको छ । रसुवाको उत्तरीभेगमा चिसोपन बढ्न गई जनजीवन कठ्याङ्ग्रिन थालेकाले उनीहरूलाई चिसोबाट सुरक्षित पार्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत कम्बल वितरण गरिएको हो ।


रसुवामा गरीब घर पहिचान विवरण सङ्कलन सम्पन्न

पौष ४,उत्तरगया गाउँपालिका(रसुवा)चिसोका कारण कठ्याङ्ग्रिने क्षेत्रका बासिन्दालाई न्यानो कपडा वितरण गर्न गरीब घर परिवारको पहिचान र विवरण लिने कार्य सम्पन्न गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरिब जनतालाई चिसोबाट जोगाउने सरकारको नीति कार्यान्वयन गर्दै रातको समयमा ओढ्ने न्यानो कपडा कम्बल वितरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट विवरण सङ्कलन गराउने काम सम्पन्न गरेको हो ।