समाचार

प्रधानमन्त्री ओलीद्धरा सर्वदलीय बैठक आह्वान

जेष्ठ १३,काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएकोछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजेका लागि बैठक वस्ने निधो गरीएको हो ।


प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने

जेठ १२,काठमाडौँ - प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) साँझ ५३० वजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्रीको सम्वोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।


अद्यावधिक नक्सा पाठ्यपुस्तकमा समावेश गरीने

जेठ १२, काठमाडौँ - लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले हालै सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन्  । नयाँ कक्षा सुरु भएको दिन सबै विद्यार्थीलाई नेपालको नयाँ नक्सा पु¥याउने गरी गृहकार्य थालिएको छ  ।


सहायक रथी र महासेनानी सैनिक हिरासतमा

जेठ ११,काठमाडौं - जंगी अड्डाले भ्रष्ट सैनिक अधिकारीहरूमाथि कारबाही सुरु गरेको छ । जंगी अड्डाले सैनिक उच्चअधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो ।


सुरक्षा निकायमा सङ्क्रमण देखिन थालेपछि उच्च सतर्कता

जेठ ११, काठमाडौँ - कोरोना भाइरस रोग (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मीमा सङ्क्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप सतर्कता अपनाएका छन्  । नेपाली सेनाका तीन, नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका चार र राष्ट्रिय अनुसन्धान विभागका एक गरी १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ  ।


पाकिस्तानमा विमान दुर्घटना विमानमा ९७ जना थिए

जेठ ९ , काठमाडौं - पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको छ । पाकिस्तानी टेलिभिजन जियो टीभीका अनुसार जिन्नाह इन्टरनेशनल एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेटपहिला दुर्घटनामा परेको हो ।


मन्त्रिपरिषदले संविधान संशोधन प्रस्ताव संसदमा लैजाने

जेष्ठ ९,काठमाडौँ - शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेका अनुसार सरकारले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।


कालिमाटी वृत्तका सई र जवानमा संक्रमण

जेठ ७,काठमाडौँ — महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमीत भेटीएपछी कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय,बल्खु,स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ ।


आर्थिक वर्ष २०७७/७८ नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ ६, काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट जेठ २ गते नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ ।


नीति तथा कार्यक्रमका प्राथमिकता बजेटमा समेट्न सुझाव

जेठ ४,काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा आर्थिक रुपान्तरण तथा स्वास्थ्य सेवाका विषयमा विशेष जोड दिएको पाइएको उल्लेख गर्दै ती कुरालाई बजेटमा राम्रोसँग समावेश गर्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमबारे गोरखापत्रलाई प्रतिक्रिया दिँदै नेता पाण्डेले भन्नुभयो, “कोभिड–१९ महामारीका कारण अर्थतन्त्रमा ठूलो असर पर्ने सम्भावना छ ।


औषधि प्रयोगबारे राष्ट्रपतिसँगको विवादपछि ब्राजिलका स्वास्थ्यमन्त्रीद्वारा राजिनामा

जेठ ३,ब्राजिल - ब्राजिलियाली स्वास्थ्य मन्त्री नेल्सन तेइचले जिम्मेवारी सम्हालेको एक महिनाभन्दा पनि कम समयमा पदबाट राजीनामा गर्नुभएको छ । कोरोनाभाइरसका घटनाहरू देशव्यापीरूपमा व्यापक वृद्धि भएका समय स्वास्थ्यमन्त्रीको राजिनामा आउनुलाई राष्ट्रपति जैयर बोल्सनोरो र स्वास्थ्यमन्त्री तेइचबीच कोरोनाको महामारीलाई व्यवस्थापन गर्ने बिषयमा देखिएको विवादका रूपमा व्याख्या गरिएको छ ।


सरकारको नीति तथा कार्यक्रम : अर्थतन्त्रलाई पुनर्जीवन

जेठ ३,काठमाडौं - कोरोना महाव्याधिले प्रभावित सामाजिक, आर्थिक क्षेत्रलाई पुनर्जीवन दिन सरकारले स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानका कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरोनाबाट आर्थिक र सामाजिक क्षेत्र नराम्ररी प्रभावित भइरहेका बेला सरकारले शुक्रबार वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरी चार क्षेत्रलाई जोड दिने जनाएको हो ।


उपत्यकामा अपरिचितलाई रोक

जेठ २,काठमाडौँ - उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् ।


काठमाडौं उपत्यका उच्च जोखिममा

वैशाख ३०,काठमाडौं - महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना भाइरस पोजेटिभ भेटियो । ६ वर्षीया ती बालिकामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै अस्पतालका चिकित्सकलगायत ३६ जनाभन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् ।


संक्रमितको संख्या २४५ पुग्यो : काठमाडौं र कपिलवस्तुमा थप एक-एक जना पुष्टि

जेठ १,काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४५ पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २४५ पुगेको हो ।


नेकपा स्थायी कमिटी बैठक स्थगित

वैशाख ३१,काठमाडौँ — आज (बुधबार) बिहान ११ बजे बोलाइएको नेकपाको स्थायी कमिटी बैठक स्थगति भएको छ । उपत्यकामा फेरि कोरोना स‌ंक्रमण देखिएको र कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका महासचिव विष्णु पौडेलले कान्तिपुरलाई बताए ।


‘अर्थतन्त्र बचाउने बजेट ल्याउने’

वैशाख २९, काठमाडौँ - अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण विकासको गतिमा केही शिथिलता देखिए पनि ‘भूकम्पपछि छिटै उठेझैँ हामी फेरि उठ्ने छौँ’ भन्नुभएको छ । राष्ट्रिय सभा बैठकमा पूर्वबजेट छलफल आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा आइतबार उहाँले यस्तो धारणा राख्नुभएको हो ।


आइतबारदेखि समय तालिकाका आधारमा काठमाडौंमा गाडी गुड्ने

वैशाख २८ ,काठमाडौं - आज आइतबारदेखि काठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन हुने भएको छ । सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति ल्याएसँगै आजदेखि विभिन्न प्रयोजनका तोकिएको समयभित्र सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए ।


संसद्को छैटौँ अधिवेशन सुरु : विपक्षी आक्रामक, सत्तापक्ष रक्षात्मक

बैशाख २७, काठमाडौं - छैटौँ अधिवेशनको पहिलो दिन नै विपक्षीले सरकारको नियत र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्  । कोरोनाविरुद्धको लडाइँभन्दा सरकार सत्ता संरक्षणमा लागेको उनीहरूको आरोप छ  ।


आजवाट संघीय संसदको बजेट अधिवेशन शुरु

वैशाख २६,काठमाडौं- संघीय संसदको बजेट अधिवेशन आज शुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आज शुक्रबार दिउँसो ४ बजे अधिवेशन शुरु भएको हो ।


खुलेन श्रीसदन

वैशाख २६,काठमाडौँ - कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले श्रीसदन नागरिकको अवलोकनका लागि खुला गर्ने तयारी गरेको थियो ।


स्वदेश फिर्न चाहानेको सख्या चार लाखभन्दा बढी

वैशाख २५,काठमाडौँ - श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा उहाँले सो जानकारी दिनुभएको हो ।


अमेरिका वित्तीय संकटमा, तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने

बैशाख २३, एजेन्सी/ कोरोना महामारीबाट सबैभन्दा बढी प्रताडित बनिरहेको अमेरिकाले तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने भएको छ । यसअघि राहतमा २२ खर्ब डलर खर्च गरेकाले अमेरिकी बजेटको आकार बढेको हो ।


बन्दाबन्दीका बीच जोरपाटी–सुन्दरीजल सडक विस्तार सुरू

बैशाख २१,काठमाडौं - कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तार सुरु गरिएको छ । काठमाडौँ उपत्यकाकै साँघुरो सडकमध्ये एक उक्त सडकको विस्तारका लागि ठेक्कापट्टाको काम सम्पन्न गरी ढलको पाइप बिछ्याउने र सडक क्षेत्रमा परेका रूख कटानको काम सुरु भइसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।


बन्दाबन्दी उल्लङ्घन गर्ने दुई हजार जना कारबाहीमा

वैशाख १९,काठमाडौँ - ‘कहाँ जाँदै हुनुहुन्छ ? पास देखाउनुस् ?’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न गर्‍यो । ‘बिरामीलाई औषधि पुर्‍याउन हिँडेका पास छैन’ गाडीमा यात्रारत दुई युवतीले जवाफ फर्काए ।


२० गते फेरि बस्ने गरी,नेकपा सचिवालय बैठक सकियो

वैशाख १८, काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक यही वैशाख २० गते फेरि बस्ने गरी सकिएको छ । बुधबार साँझ ६ बजेदेखि बालुवाटारमा सुरू सचिवालय बैठकमा पार्टीको आन्तरिक समस्या, एकता सुदृढीकरण, सरकारको काम-कारबाही र केही नेताहरूले माग गरेको स्थायी समिति बैठकबारे छलफल भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


नेकपा सचिवालय बैठक आज

बैशाख १६,काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुग्नुभएको हो ।


साना व्यवसायीलाई कर छुट दिऔं, खर्च क्षमता बढाऔं

वैशाख १४,काठमाडौं - कोरोनाले पारेको प्रभावबारे धेरै चर्चा भइसकेको छ र भइरहेको छ । हाम्रा साना–मझौला उद्योगहरू यसबाट धेरै प्रभावित छन् ।


अध्यादेशबाट आलोचना र दबाबपछि पछि हट्दै प्रधानमन्त्री

बैशाख १२,काठमाडौं - चौतर्फी विरोध, आलोचना र दबाबपछि सरकार राजनीतिक दल र संवैधानिक परिषद् ऐन संशोधनसम्बन्धी दुवै अध्यादेशबाट पछि हट्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले वैशाख ८ को मन्त्रिपरिषद् बैठकबाट यी दुई अध्यादेश ल्याएपछि पार्टीभित्र र बाहिर विरोध भएको थियो ।


लकडाउनमा धावनमार्ग विस्तार धमाधम

वैशाख १०,काठमाडौँ - लकडाउनका कारण ठूला आयोजनाको निर्माण प्रभावित बने पनि निर्माणकै क्रममा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल र एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम भने जारी छ । उडान बन्द भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार र पार्किङ निर्माण तीव्र गतिमा भइरहेको छ ।


६० आयोजनाका लागि अनुमति माग गौशाला–चुच्चेपाटी सडक निर्माण सुरु

बैशाख ९, काठमाडौं - घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ । काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत यस सडक खण्डको निर्माण कार्य सुरु भएको हो ।


नेकपाको सचिवालय बैठक बस्दै

बैशाख ८, काठमाडौँ — सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ । बैठक अहिले साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।


सनसिटी अपार्टमेन्टमा २९६ को र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ

वैशाख ३ , काठमाडौं - पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट र्‍यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो ।


राजधानीमा थप कडाइ, दुई घण्टामा दुई हजार समातिए

बैशाख ३ ,काठमाडौं - काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ । जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ ।


सनसिटी अपार्टमेन्टका तीनमध्ये दुईजनामा कोरोना पोजेटिभ

बैशाख २, काठमाडौं - काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट परीक्षण गर्दा कोरोना देखिएका तीनमध्ये दुईमा जनस्वास्थ्य प्रयोशाला टेकुमा गरिएको पीसीआर टेस्टबाट कोरोना पुष्टि भएको हो ।


अमेरिकामा साढे २३ हजार भन्दा धेरैले ज्यान गुमाए, इटालीमा २० हजार बढीको मृत्यु

बैशाख २, काठमाडौं - कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । अमेरिकामा विगत २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।


कोरोना महामारीबाट छिट्टै मुक्त हुन सकौं : प्रधानमन्त्री

२०७७ बैशाख १, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कमना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको बताउँदे सन्देशमा भन्नुभयो, “हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएका छौं ।


संसदीय समिति कि सर्वदलीय संयन्त्र ?

चैत ३०,काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणबाट जोगिन भन्दै सूचनाद्धारा संसद अधिवेशन अन्त्य गरियो । सरकारका कामकारवाहीको निगरानी, अनुगमन, मूल्यांकन र निर्देशन दिने वैधानिक संयन्त्र संसद अधिवेशन नै अन्त्य भएपछि महाविपदमा लड्न सर्वदलीय संयन्त्र कि संसदको भूमिका हुने भन्नेमा विवाद देखिएको छ ।


स्वयंसेवक परिचालन मार्गदर्शन जारी

चैत ३०, काठमाडौँ - गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा खटिने स्वयंसेवक परिचालनसम्बन्धी मार्गदर्शन–२०७६ जारी गरेको छ । सरकारले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्षहरूको संयोजकत्वमा वडास्तरीय कोरोना रोकथाम समूह (सीपीजी) गठन गर्ने निर्णय यसअघि नै गरेको हो ।


दरबन्दी घटेपछि १० एसएसपीको डीआईजीमा बढुवा

चैत २९ , काठमाडौं - गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । बढुवा गरिएका मध्ये चार जना ०४९ वैशाखमा भर्ना भएका टोलीका छन् भने ६ जना ०४९ चैतमा भर्ना भएका अधिकृत छन् ।


दैनिक तीन हजार जनाको परीक्षण सम्भव

चैत २७, काठमाडौँ - सरकारले दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ । क्षमता विस्तारसँगै स्वाब नमुना सङ्कलनलाई तीव्रता दिने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छ ।


प्रधानमन्त्रीको सम्बोधन : विकसित देश भन्दा राम्रो तयारी राम्रो (पूर्णपाठ)

चैत २५, काठमाडौं - आज सिंगो मानवजाति कोभिड–१९ को महामारीविरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरूलाई सम्बोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरि ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।


प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने

चैत २५,काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।


महाकालीपारि दुर्दशामा हजार नेपाली

क्वारेन्टाइनका नाममा भारतीय प्रशासनले नेपालीलाई अमानवीय शिविरमा राखेको छ, कुनै एकलाई संक्रमण भए हजारजना जोखिममा भारतको नारकीय शिविरबाट नेपाली भन्छन्, ‘देश फर्केर नियमअनुसार क्वारेन्टाइनमा बस्न तयार थियौँ, तर आफ्नै देशले अवहेलना गर्‍यो, विदेशीबाट के आशा गर्ने ?’ भारतको नारकीय शिविरबाट नेपाली भन्छन्, ‘देश फर्केर नियमअनुसार क्वारेन्टाइनमा बस्न तयार थियौँ, तर आफ्नै देशले अवहेलना गर्‍यो, विदेशीबाट के आशा गर्ने ?’ चैत्र २३,कञ्चनपुर/कैलाली/दार्चुला — भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त गरेका छन्  । ‘हामीलाई भेडाबाख्राभन्दा पनि नराम्रो अवस्थामा राखिएको छ, एकैठाउँ ठेलमठेल गरेर सयौँजना सुत्दा कोरोनाको जोखिम झन् बढेको छ,’ शिविरमा रहेका दिलेन्द्र महतराले भने, ‘आफ्नो देश फर्केर नियमअनुसार क्वारेन्टाइनमा बस्न हामी तयार थियौँ, तर नेपाल सरकारले नै हामीलाई मर्नका लागि नै यहाँ छाडिदियो, आफ्नै देशले अवहेलना गरेपछि विदेशीबाट के आशा गर्ने ?’ सिमानामा आएर तीन दिन नारा लगाउँदा पनि स्वदेश फर्कन नपाएका एक हजार ६ मजदुरलाई भारतीय प्रशासनले धार्चुलाका क्वारेन्टाइनमा राखेको छ  ।


पोर्चुगलमा एउटै फ्ल्याटमा बस्दै आएका आठ नेपालीमा कोरोना संक्रमण

चैत १९,लिस्बन - पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।


प्रकाशमानले फोन नम्बर दिँदै भने, ‘समस्या परे मलाई फोन गर्नु’

चैत १६, काठमाडौं - नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । नेता सिंहले आज एक विज्ञप्तिमार्फत लकडाउनको समयमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीले कुनै गम्भीर समस्या आइपरेमा सचिवालयका श्रीराम लामिछाने (९८५१००८८५७) र युपी लामिछाने (९८५१०८३४४०) लाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।


कोरोना कहर : अर्थतन्त्रमा संकुचन आउन नदिन विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

भक्तपुर, ९ चैत -सरकारले अर्थतन्त्रमा संकुचन आउन नदिन उपयुक्त कार्यक्रम ल्याउने भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीको जोखिमले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ ।


अदालत बन्द गर्ने कि नगर्ने निर्णय लिन सर्वोच्चमा फूलकोर्ट

भक्तपुर, ७ चैत्र- विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण फैलिएका बेला अदालतहरूले कसरी काम गर्ने भन्नेबारे निर्णय लिन भन्दै सर्वोच्च अदालतमा फूलकोर्ट बसेको छ । सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठकलाई फूलकोर्ट भनिन्छ ।


कृषि विकास बैंक र काठमाडौ र महानगरपालिकाबीच सम्झौता

कृषि विकास बैंक र काठमाडौं महानगरपालिकाबीच माइतीघर मण्डला सुधारका लागि सम्झौता भयो । बैंकका कामु उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम र काठमाडौं महानगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।


जोखिमको अवस्था विश्लेषणपछि सबै परीक्षा स्थगित, त्रिविको परीक्षा पनि सर्ने

भक्तपुर, ६ चैत-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड– १९ को सङ्क्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर माध्यमिक शिक्षा परीक्षा (एसइई) र विभिन्न विश्वविद्यालयका पूर्व्निर्धा्रित परीक्षा स्थगनको निर्णय भएको जनाउनुभएको छ । विश्वस्वास्थ्य सङ्गठनको विश्वव्यापी मूल्याङ्कन र नेपालको स्थितिलाई हेरेर स्थगन परीक्षाको नयाँ कार्यतालिका चाँडै सार्वजनिक हुने उल्लेख गर्दै उहाँले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सो निर्णय गरेको उल्लेख गर्नुभयो ।


महानगरका सबै पालिकामा - यापिड रेस्पोन्स टिम

भक्तपुर, ५ चैत्र -काठमाडौं महानगरपालिका र सबै १० वटै पालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित हुने बिरामीका लागि तत्काल उद्धार गर्न आरआरटी ((यापिड रेस्पोन्स टिम) र इमरजेन्सी मेडिकल टिम गठन गर्ने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले महानगर र अन्य १० वटा नगरपालिकामा सम्भावित जोखिमबाट बच्न सबै उपाय अपनाउने निर्णय गरेको छ ।


विश्वभरि करिब एक लाख ४० हजारमा कोरोना भाइरस संक्रमण

भक्तपुर, १ चैत्र -विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण शुक्रबारसम्म एक लाख ३९ हजार ६६८ जनामा भएको छ । यसबाट पाँच हजार १२२ जनाको मृत्यु भएको छ ।


अनिश्चितकालका लागि श्रम स्वीकृति स्थगित

भक्तपुर, ३० फागुन-उच्च स्तरीय समन्वय समितिको बैठक । नेपाल सरकारले वैदेशिक रोजगारका लागि दिइएने श्रम स्वीकृति अनिश्चित कालका लागि स्थगित गरेको छ ।


कोरोना प्रकोपबारे छलफल गर्न ३ बजे सर्वदलीय बैठक बस्दै

भक्तपुर, २८ फागुन – कोरोना भाइरस प्रकोपबारे छलफल गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (बुधबार) दिउँसो ३ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेतालाई बोलाइएको छ ।


कोरोनाभाइरस आशंकामा विद्यालय स्तरका परीक्षा चैत्र ५ भित्र सक्काउन सरकारको निर्देशन,एसईई भने नसर्ने

भक्तपुर, २२ फागुन- कोरोनाभाइरस’को संक्रमण फैलिने आशंकाले सरकारले विद्यालयहरुलाई चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । शिक्षा मन्त्रालयको निर्देशनपछि विद्यालयहरु आफ्नो शैक्षिक क्यालेन्डर हेरफेरमा जुटेका छन् ।


प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर, खानेकुरा खुवाउने तयारी

भक्तपुर, २२ फागुन -प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएपछिको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । बुधबार मिर्गौला प्रत्यारोपणपछि आईसीयूमा सारिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सूचक राम्रो रहेको हो ।


राष्ट्रिय सभामा नवनियुक्त सदस्यले लिए शपथ

भक्तपुर, २१ फागुन -राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यले आजदेखि औपचारिक जिम्मेवारी पाएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ सदस्यलाई शपथ खुवाएसँगै राष्ट्रियसभाका नवनियुक्त सदस्यले औपचारिक जिम्मेवारी भएका हुन् ।


खतिवडा अर्थ र सञ्चार मन्त्री पुन: नियुक्त, चार बजे सपथ

भक्तपुर, २१ फागुन -युवराज खतिवडा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका छन् । मंगलबारमात्र अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मन्त्रालय हेर्ने गरी फेरि मन्त्री नियुक्त गरेका हुन् ।


प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा पूजा

भक्तपुर, २१ फागुन – शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला प्रत्यारोपण सुरु गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा विषेश पूजापाठ गरिएको छ । पशुपति विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित पहिलो प्रहरको पूजापाठ गराएका थिए ।


प्रधानमन्त्री ओली भोलि नै अस्पताल भर्ना हुने, बुधवार मिर्गौला प्रत्यारोपण

भक्तपुर, १८ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बुधवार मिर्गौला प्रत्यारोपण गराउने भएका छन् । त्यसका लागि ओली भोलि नै त्रिवि शिक्षण अस्पतालस्थित ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।


यातायातमन्त्री नेम्बाङका १०० दिन, ९ हजार ५ सय खाल्डाखुल्डी पुर्नु विशेष उपलब्धि

भक्तपुर, १७ फागुन -भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कामलाई मन्त्रालयले विशेष उपलब्धिका रुपमा लिएको बताएका छन् । उनले सडक विभागअन्तर्गत रहेका २४ हजार ३ सय वर्ग मिटर अर्थात् ९ हजार ५ सयवटा खाल्डा पुर्ने काम सम्पन्न भएको जानकारी गराए ।


४१ अर्बको लेखाजोखा छैन : सरकारी अधिकारी नै बेखबर

भक्तपुर १६ फागुन -सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करवापद संकलित १ अर्ब रुपैंयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैंयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।


आज महाशिवरात्रि ः पशुपतिका चारै ढोका खुला

फागुन ९, काठमाडौं प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । आज साँझ ५ः४० बजेसम्म त्रयोदशी तिथि छ ।


पशुपतिनाथ मन्दिर जाँदै हुनुहुन्छ ? ः यी स्थानमा छन् सवारी निषेध

फाल्गुन ९, काठमाडौँ – आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गर्छ ।