समाचार

सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

भदौ ३०, सिन्धुपाल्चोक - निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् ।


पाँच हजार सुरक्षाकर्मी कोरोना सङ्क्रमित

भदौ २८, काठमाडौँ - सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा आज बिहान आएको विनाशकारी भेल–पहिरामा परेकाको उद्धारमा सुरक्षाकर्मी तत्काल खटिए । उक्त घटनामा ठूलो जनधनको क्षति भएको छ ।


सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, सभामुख सिन्धुपाल्चोक आउँदै

भदौ २८, बाह्रबिसे नगरपालिका (सिन्धुपाल्चोक)लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो ।


घुम्थाङको नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो

भदौ २८, बाह्रबिसे नगरपालिका (सिन्धुपाल्चोक)सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् ।


छन्द–साधना पुरस्कार न्यौपानेलाई

भदौ २२, वलेफी गाउँपालिका (सिन्धुपाल्चोक)छन्द–तरङ्ग’ले २०७६ देखि हरेक वर्ष छन्द कविताका एक विशिष्ट साधकलाई प्रदान गरिँदै आएको ‘छन्दसाधना पुरस्कार–२०७७’ नेपाली छन्दकविताका अथक साधक महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली काव्यको इतिहासमा नै शास्त्रीय छन्दका ५५ हजार श्लोकको बृहत्तर महाकाव्य ‘चन्द्रयुग’को लेखन र प्रकाशनका साथै १० महाकाव्य, १० खण्डकाव्य, सयौँ फुटकर कविताको प्रकाशन र प्राथमिककालदेखि हालसम्मका समग्र छन्दोबद्ध कृतिको अध्ययन र विश्लेषणका साथै नेपाली भाषामा शास्त्रीय छन्दका सयौँ प्रकारको प्रयोग गरी कविता सिर्जना गरेर नेपाली छन्दकविताको इतिहासमा अतुलनीय योगदान दिएबापत न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।


भैरवकुण्डको बृहत् सुधार थालनी

भदौ १९, सिन्धुपाल्चोक - धार्मिक एवं पर्यटकीय दृष्टिकोणले उत्कृष्टमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ लिस्तीकोटस्थित भैरवकुण्डको सुधारको थालनी गरिने भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्न पालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ ।


बाढीपहिराको जोखिमले रातभर जाग्राम

भदौ १३, सिन्धुपाल्चोक - बाढीपहिराको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कयौँ मानिस घरबारविहीन बनेका छन् ।


जोखिमयुक्त बस्तीको अस्थायी स्थानान्तरणः स्थायी व्यवस्थापनका लागि भौगर्भिक अध्ययन गरिँदै

भदौ १२, काठमाडौँ - सरकारले मुलुकका विभिन्न क्षेत्रमा जोखिममा परेको समुदायको सुरक्षित आवासका लागि अस्थायी स्थानान्तरण प्रक्रिया थालेको छ । मनसुनजन्य विपद्का कारण जोखिममा परेका समुदायको सुरक्षित बसोबासका लागि अस्थायी बासस्थानको व्यवस्थापन थालिएको छ ।


महामारीमाथि थपिएको प्राकृतिक विपत्ति

भदौ २, संघीय संस्करण - भनिन्छ कुनै पनि समस्या बाजा बजाएर आउँदैन । मुलुकले यतिखेर त्यस्तै नसोचेको र पूर्वानुमान नगरिएको दोहोरोे विपत्तिको सामना गरिरहेको छ ।


सिन्धुपाल्चोकमा आजदेखि लकडाउनः बजार सुनसान

भदौ १, सिन्धुपाल्चोक - कोभिड– १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकमा आजदेखि लकडाउन गरिएको छ । बन्दाबन्दीका कारण आज जिल्लाका मुख्य बजार बिहानैदेखि सुनसान देखिएको छ ।


सिन्धुपाल्चोक वासीमा वर्षेनी थपिएको प्राकृतिक विपत्ति : हेर्नुहोस क्रमश....

भदौ १, काठमाडौँ - विसं २०७२ को भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकमा वर्षेनी प्राकिृतक विपत्ति र दुर्घटनाले झन ठूलो पीडा थपिदिएको छ । प्रकृतिले दिएको विपत्तिले यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ ।


सरकारी निकायको वेवास्ताका कारण जुगल गाउँपालिका वडा नं. २ लिदीमा १३ घर पुरिएका हुन्

साउन ३१, सिन्धुपाल्चोक - गाउँलेहरु भन्छन्, भूकम्प आएपछि बस्तिहरुको अध्ययन हुँदा हाम्रो ठाउँ पहिरोको जोखिममा भएकाले सार्नुपर्ने बस्ती भनेर विज्ञले भनेका थिए । हामीले त्यसैबेलापनि सरकारी निकायलाई भनेका थियौं ।


लिदी पहिरो, चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो : बेपत्ता हुने ३८ जनाको नामावलीसहित

साउन ३०,सिन्धुपाल्चोक - लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।


लिदीमा पहिरोले २७ घर बगायो, ५० को हाराहारीमा मृत्यु हुन सक्ने अनुमान

साउन ३०, सिन्धुपाल्चोक - जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ अन्तरगत लिदीमा पहिरो जाँदा २७ घर पहिरोले बगाएको छ । अहिले बिहान ६ वजे र ४५ मिनेट जाँदा लिदीको गाउँ सिङ्गै बगाउने गरि पहिरो आएको स्थानीय पेशल दोङले बताउनुभयो ।


सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग

साउन २९, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनले सहयोग गर्ने भएको छ । चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुईदुई सय थान तथा कम्बल पाँच सय थान दिने भएको हो ।


चीनद्वारा सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

साउन २८, सिन्धुपाल्चोक –कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।


पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहोरा

साउन २७, काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताउनुभएको छ । नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उहाँले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गर्नुभयो ।


मेलम्ची शिखरपुरका १५ घर जोखिममा

साउन २३,सिन्धुपाल्चोक - अविरल वर्षाले मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित १५ घरधुरी अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो ।


पूर्वमन्त्री बस्नेतलाई पितृशोक

साउन २३,सिन्धुपाल्चोक - नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । उहाँका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गए राति त्रिविवि शिक्षण अस्पताल,मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो ।


अतिरिक्त कर्जामा कडाइ

साउन २०,काठमाडौं - नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट अतिप्रभावित व्यवसायलाई २० प्रतिशतसम्म कर्जा थप गर्दा त्यस्तो पैसाबाट ब्याज लिन नपाइने व्यवस्था गरेको छ । गत वैशाख १६ मा राष्ट्र बैंकले १० प्रतिशत कर्जा यसरी नै थप गर्न सक्ने सुविधा दिएपछि पर्याप्त धितो भएका ऋणीको नाममा बैंकले आफूखुसी कर्जा थपेर ब्याज असुल्न थालेका थिए ।


सिन्धुपाल्चोक पहिरोवाट बेपत्ता आठको पहिचान खुल्यो

साउन १९, सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्ची–११ मा पहिरो खस्दा ८ जना बेपत्ता भएकाहरुको पहिचान खुलेको छ । एकजनाको १ जनाको जिवितै उद्धार भएको छ ।


चिनियाँ ताल फुट्ने जोखिम, नेपालीलाई सचेत रहन आग्रह

साउन १८, सिन्धुपाल्चोक - छिमेकी मुलुक चीनस्थित न्याल क्षेत्रमा केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ ।


सभामुख सापकोटाको सुरक्षाकर्मीको सम्पर्कमा आएका सबैको कोरोना रिपोर्ट ‘नेगेटिभ’

साउन १८, काठमनण्डौ - सभामुख अग्निप्रसाद सापकोटाको स्वकीय सचिवालयका कर्मचारी र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।


बाह्रबिसे नगरपालिकालाई पिसीआर मेसिन किनिदिदै खेन्पो भण्डारी

साउन १६, सिन्धुपाल्चोक – बौद्व धार्मिक गुरु खेन्पो कमल भण्डारीले बाह्रबिसे नगरपालिकालाई पिसिआर मेसिन खरिद गरिदिने बताउनुभएको छ । खेन्पो भण्डारीले आज बाह्रबिसे नगरपालिका पुगेर यस्तो प्रतिवद्वता जनाउनुभएको हो ।


धारिलो हतियार खुकुरी प्रहार गर्ने पक्राउ

साउन १४, सिन्धुपाल्चोक - धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।


सात वर्षपछि रोपाइँ हुँदै माझीबेतीमा

श्रावण १२, सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका–११ को बोडेगाउँस्थित माझीबेतीमा पछिल्ला वर्ष धानको बीउ छुपुछुपु पार्दै ‘असारे भाका’ हालेको दृश्य निकै दुर्लभ भएको थियो । इन्द्रावतीले उर्वर खेत बाढीले बढारेर बगर बनाइदिएको थियो ।


हिमताल फुट्ने खतरा, सुरक्षित स्थानमा जान प्रशासनको सूचना

श्रावण ६,सिन्धुपाल्चोक - जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल फुट्ने खतरा रहेको भन्दै भोटेकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जारी गरेको सूचनामा ‘मित्रराष्ट चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई फुट्न सक्ने सम्भावना रहेको र न्यालम क्षेत्रमा अत्यधिक वर्षा भइरहेको भनी मित्रराष्ट्र चीनको समकक्षीहरुबाट दोभाषेमार्फत जानकारी प्राप्त भएको’ जनाएको छ ।


तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन

श्रावण २,भोटेकोशी गाउँपालिका(सिन्धुपाल्चोक) - नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ । सो आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा सङ्कलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।


विकास योजनामा बचेको रकमले नर्सरी निमार्ण

श्रावण २,बलेफी गाउँपालिका (सिन्धुपाल्चोक)- निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बलेफी गाउँपालिकामा नर्सरी स्थापना गरिएको छ । बुधबार एक बिशेष समारोहकाबीच बाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश सरकारको लगानीमा निर्माण भएको नर्सरीमा बिरुवा रोप्दै उद्घाटन गर्नुभयो ।


फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

श्रावण,१ सिन्धुपाल्चोक - गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो ।


बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर

असार २५, सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो ।


बाढीले बाह्रबिसेमा दुईको मृत्यु, १८ बेपत्ता

असार २५, बाह्रबिसे नगरपालिका(सिन्धुपाल्चोक) - अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।


स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छ : सांसद तामाङ

असार २४ , मेलम्ची - स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले बताउनुभएको छ । मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फीरूपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि, सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् ।


ऐतिहासिक दुगुनागढी बजेट अभावमा अधुरो

असार २४,भोटेकोशी गाउँपालिका (सिन्धुपाल्चोक) - सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मतकार्य बजेट अभाव र बन्दाबन्दीले काम हुन नसकेपछि अधुरो रहन गएको छ । गत वर्ष माथिल्लो गढीको भित्री भागको मर्मतकार्य पूरा भएको र यस वर्ष बाहिरी भागको पर्खाल लगाउने काम तीन खण्डको एक खण्ड मात्र पूरा भएको उपभोक्ता समितिका अध्यक्ष पासाङवटी शेर्पाले बताउनुभयो ।


नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु सिन्धुपाल्चोककी २९ वर्षीया महीला : संक्रमित दुईसय एकासी

जेठ ३,काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो मृत्यु भएको छ । माघदेखि संक्रमण फैलिएको नेपालमा संक्रमितको संख्या २८१ पुगेपछि एकजनाले ज्यान गुमाएकी छन् ।


शङ्कास्पद मृतक सुत्केरीको गाउँमा प्रहरीले सुरक्षा कडा पार्यो

जेठ ३,सिन्धुपाल्चोक - बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको उपचारको क्रममा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेर धुलिखेल अस्पतालमा मृत्यु भएपछि बाह्रबिसे नगरपालिकामा लक डाउन थप कडाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव काफ्लेले दिनुभएको जानकारीअनुसार बाह्रबिसे नगरपालिका छिर्ने सिमानामा प्रहरी थप परिचालन गरिएको छ ।


चीनवाट नेपाल आउनसकेन स्वास्थ्य सामग्री

वैशाख ३०,काठमाडौं - परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी र प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार चिनियाँ पक्षलाई छुट्टाछुट्टै पत्राचार गरी यथाशक्य चाँडो भन्सार क्लियरेन्स गरिदिन आग्रह गरे । तर, चिनियाँ पक्षले सो प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनको ग्वान्झाउ विमानस्थलमा थन्किएको छ ।


राष्ट्रपति र सभामुख बीच भेट

वैशाख २६,काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आज सम्पन्न सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराउनुुभएको थियो ।


लकडाउनभित्र ४० अर्बको आयात

वैशाख २६,काठमाडौँ - नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत ११ गतेदेखि वैशाख २१ गतेसम्म ४० अर्ब २४ करोड ३२ लाख ९२ हजार रुपियाँ बराबरको अति आवश्यकीय वस्तु नेपाल भित्रिएको हो ।


राहत बाँड्दा बाँड्दै स्थानीय तहको ढुकुटी रित्तियो

साढे १० लाख परिवारलाई राहत, २ खर्ब खर्च भएको अनुमान वैशाख २४, काठमाडौं - स्थानीय तहहरुले अझै लकडाउन लम्बिएमा आफ्नै स्रोतबाट मात्रै विपन्न वर्गलाई राहत वितरण गर्न नसकिने बताएका छन् । उनीहरुले लकडाउनपछि विभिन्न चरणमा राहत बाँड्दा आफ्नै स्रोतबाट ठूलो खर्च भएको भन्दै अब थप राहत बाँड्नुपरे संघ सरकारले सघाउनुपर्ने बताएका छन् ।


तातोपानी नाका खुल्दा विवाद सुरु भयो

बैशाख २०,सिन्धुपाल्चोक, (तातोपानी) - तातोपानी नाकाबाट सामान आयात हुन थालेपछि विवाद बढेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रास फैलिरहेकाले सामान आयात गर्न नहुने भन्दै विवाद बढेको हो ।


बजेट निर्माणमा फेरिएको दृश्य

वैशाख १५,काठमाडौँ - बजेट निर्माण पूर्वसरोकारवाला सबै निकायसँगको नियमितजस्तो छलफलले यतिबेला अर्थ मन्त्रालय निकै व्यस्त रहन्थ्यो । निजी क्षेत्रका विभिन्न विषयगत सङ्गठनका प्रतिनिधिबीच हरेक दिनजसो ‘बजेट कस्तो ल्याउने’ भन्ने आशयका औपचारिक कार्यक्रम हुन्थे ।


कोरोना सङ्क्रमित क्षेत्र वर्गीकरण गरी लकडाउन गर्न सुझाव

वैशाख १३,काठमाडौं - सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन्  । राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी तीनवटा समितिको शुक्रबार बैठक बस्यो  ।


सम्पत्ती शुद्धिकरणसम्बन्धी व्यवस्था खुकुलो पार्न बैंकरको माग

परिसंघले नेपालमा कसैले पनि ५० लाख अमेरिकी डलरसम्म बैंकिङ प्रणालीमार्फत रकम ल्याएर लगानी गर्न चाहेमा नेपाल राष्ट्र बैंक र उद्योग विभागको स्वीकृति चाहिने अहिलेको व्यवस्था हटाउने लगायतका माग गरेको छ । वैशाख ११,काठमाडौं - बैंकका साहुहरूको संस्था ‘बैंक तथा वित्तीय संस्था परिसंघ’ले संकटग्रस्त अर्थतन्त्रलाई राहत दिन सम्पत्ती शुद्धिकरणसम्बन्धी व्यवस्था खुकुलो पार्नुपर्ने माग गरेका छन् ।


तातोपानी नाकाबाट आयो थप स्वास्थ्य सामग्री

बैशाख ८, चौतारा - तातोपानी नाकावाट एकै दिन चार कन्टेनर स्वास्थ्य सामाग्री नेपाल भित्रिएको छ । आइतबार चीनवाट चार कन्टेनर स्वास्थ्य सामग्री तातोपानी भन्सार कार्यालयको सुख्खा वन्दरगाह आइपुगेको हो ।


तीनै तहका सरकार कोरोनाविरुद्ध क्रियाशील

चैत २८, काठमाडौँ - अहिले कोरोना भाइरसको सङ्क्रमण (कोभिड–१९) फैलिन नदिन सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो स्थानबाट नियमित रूपमा काम गरिरहेका छन्  । तीनै तहले आ–आफ्नो संयन्त्र सफल रूपमा कार्यान्वयन गराएका छन्  ।


पूर्वमन्त्रीद्वारा लकडाउनको गम्भीर उल्लंघन

चैत्र १८,चौतारा- पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने तथ्य पुष्टि भएको छ । देश लकडाउनका कारण ठप्प छ ।


राहत वितरण रोकमा आफूलाई जोडिएपछि नेता सापकोटाको आपत्ति ।

चैत्र १८,चौतारा - नेकपाका केन्द्रीय सदस्य एवम् युवा नेता माधव सापकोटा सुवोधले आज विहान बाह्रविसेमा राहत सामाग्री प्रहरीले रोकेको समाचारमा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट पारेका छन् । दैनिक नेपाल डट कम र रिपव्लिका डेलीमा प्रकाशित सिन्धुपाल्चोकमा पूर्वमन्त्रीको सहयोग वितरणमा अवरोध भन्ने समाचारमा आफ्नो चरित्र हत्या हुने तरिकाबाट प्रेषित भएको भन्दै यसले पीतपत्रकारितालाई बढावा दिएको ठहर गरेका छन् ।


मेलम्ची खानेपानी आयोजना पीडितद्धारा पुनः आन्दोलनको चेतावनी

चैत्र ०४,मेलम्ची - बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने रकम नपाएका कामदार, आपूर्ति र ढुवानीकर्ताहरुले सरकारले १० दिनभित्र भुक्तानी नदिएमा काम ठप्प पार्ने चेतावनी दिएका छन् । मेलम्ची खानेपानी आयोजना पीडित संर्घर्ष समितिका संयोजक बिष्णुमणि आचार्यले छिटोभन्दा छिटो भुक्तानी नगरिए आन्दोलन जान बाध्य हुने र यसबाट मेलम्चीको बाँकी काम ठप्प पार्ने बताउँनुभयो ।


आहा ! सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाः घुम्नै पर्ने यी स्थानहरु

सिन्धुपाल्चोक । भ्रमण वर्ष अभियान अन्तर्गत गाउँपालिकाले बुधबार गाउँपालिकाको वडा नम्बर १२ भिमटारको पर्यटकीय धार्मिक स्थल भिमसेन मन्दीर हुँदै वडा नम्बर १० को रमणिय बुढिचौर, वडा नम्बर ६ को धार्मिक पर्यटकीय स्थल बौद्ध बिहार, वडा नम्बर ५ को धार्मिक तथा ऐतिहासिक स्थल रणनैनेश्वर महादेवको मन्दीर, वडा नम्बर ४ नवलपुरको भिमसेन मन्दीर, गाउँपालिकाकै शिरमा रहेको वडा नम्बर १ को नौलिङगेश्वर महादेव मन्दीर, मेलम्ची र ईन्द्रावती गाउँपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल गुफाडाँडाको भ्रमण गरेर गाउँपालिकाले भ्रमण वर्षको सुभारम्भ गरेको हो ।