समाचार

दश स्थानीय तहका दुई हजार ३८८ घरमा जस्तापाताको छाना

मङ्सिर १०, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(खोटाङ)खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रमअनुसार यस वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत खर (फुस) वा कच्ची छाना भएका जनतालाई जस्तापाता वितरण गरिने भएको हो ।


गाउँपालिका प्रहरीका लागि ५४ जनाको दरखास्त

कार्तिक २३, दिप्रुङ चुइचुम्मा गाउँपालिका(खोटाङ) दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियुक्त गर्न लागेको गाउँपालिका प्रहरी भर्नाका लागि ५४ जनाको दरखास्त परेको छ । गाउँपालिका प्रहरी भर्नाका लागि गाउँपालिकाले हप्ता दिनको म्याद दिएर दरखास्त आह्वान गरेपछि ५४ उम्मेदवारको आवेदन परेको हो ।


प्रदेश सकारले उलब्ध गरायो खोटेहाङलाई दमकल र प्रहरी भ्यान

असोज ३० ,खोटेहाङ गाउँपालिका(खोटाङ)प्रदेश नं १ सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई बारुणयन्त्र (दमकल) र प्रहरी भ्यान उपलब्ध गराएको छ । गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहिबार गाउँपालिकालाई एउटा दमकल र एउटा प्रहरी भ्यान उपलब्ध गराएको हो ।


कपास खेती गर्ने किसानलाई रु दश लाख

असोज २८,तुवाचुङ नगरपालिका(खोटाङ)खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष रु दश लाख बजेट विनियोजन गरेको छ । कच्चा पदार्थ (कपास) अभावमा सङ्कटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनः सञ्चालन गर्न नगरपालिकाले कपास खेतीमा लगानी गर्न लागेको हो ।


बोखिमका घरघरमा पुग्यो बिजुली

असोज २२, खोटाङबोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ । सदरमुकाम नजिकै भए पनि बत्तीमुनि अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय वर्षौदेखि टुकीबत्तीको सहारामा बस्दै आएका थिए ।


नगरपालिकाद्वारा १०३ वर्षीय छविलाललाई सम्मान

असोज १६, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (खोटाङ)दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ । नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष दिनेश राईलगायतले दोसल्ला ओढाएर नगद रु २० हजारका साथमा सम्मानपत्र प्रदान गर्नुभयो ।


भीडभाड कम गर्न विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली

असोज १३, दिप्रुङ चुइचुम्मा गाउँपालिका (खोटाङ)दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो ।


जडान गरेको वर्ष दिन नपुग्दै बल्न छाड्यो नगरको सडक सौर्यबत्ती

असोज ११ , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(खोटाङ) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जडान गरेको सडक सौर्यबत्ती वर्ष दिन नुपग्दै बल्न छाडेको पाइएको छ । उज्यालो नगर बनाउने नगरपालिकाको अभियानअन्तर्गत १५० ठाउँमा जडान गरिएको सडक सौर्यबत्तीमध्ये अधिकांश ठाउँमा वर्ष दिन नपुग्दै बल्न छाडेको पाइएको हो ।


अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित

असोज ९, खोटाङ – खोटाङ जिल्लाको जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गा¥हो हुनेजस्ता लक्षण देखिएको केही दिनमै बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका हुन् ।


बिनासावधानीपूर्वक कार्यकर्ता तानातानमा नेकपा र कांग्रेसबीच होडबाजी

भदौ ३०, खोटाङ - नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा_का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो ।


केन्द्रीय विद्युत् जडानपछि चौबीसै घण्टा टेलिफोन

भदौ २५, केपिलासगढी गाउँपालिका (खोटाङ)केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरिएको छ । नियमित विद्युत् अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको छ ।


यसरी गरिँदै छ विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास

भदौ ९, खोटाङ - पछिल्लो समय विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीको चौतर्फी विकासमा ‘हलेसी विकास समिति’ जुटेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास गर्न नेपाल सरकारद्वारा गठित सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी आमन्त्रित सदस्य एवं पूर्वसांसद टङ्क राई नेतृत्वको समिति सक्रियताका साथ जुटेको हो ।


विपन्नले निःशुल्क पाउने मिटरबक्सको नाममा रकम असुल्नेलाई कारवाहीको माग

साउन २७, खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा विपन्न घरपरिवारले निःशुल्क पाउने मिटरबक्सको नाममा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा समितिले उक्त उपभोक्ता समितिमाथि कारवाहीको माग गरेको छ । सरकारले विपन्न घरपरिवारलाई निःशुल्क उपलब्ध गराउँदै आएको मिटरबक्सको नाममा समितिका अध्यक्ष केमल राई, सचिव शुक्रबहादुर श्रेष्ठ, सदस्य डाकमनी तामाङ, महेन्द्र राईलगायतले प्रति घरपरिवार रु दुई हजारसम्म रकम असुलेको प्रमाणसहित सोमबार जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै कारवाहीको माग गरेको हो ।


यसरी मुहार फेरिँदै छ दिक्तेल बजारको

साउन २६, खोटाङ - पुरानो संरचनाका घर, कच्ची सडक तथा जथाभावी फालिएका फोहरमैलाले दुर्गन्धित तथा कुरुप देखिने दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ । सडक ढलान, खानेपानीको पाइप र विद्युत्को तार तथा फोहरमैला व्यवस्थापन गर्न थालिएसँगै बजारको मुहार फेरिँदै गएको हो ।


खानेपानीको अभावमा बसाइँ सर्नुपर्ने अवस्थाको अन्त्य

साउन २५,खोटाङ - रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीय बासिन्दाका लागि गाउँपालिकाको रु ४४ लाखको लागतमा खहरे–जरुवापानी–लामपाते लिफ्टिङ खानेपानी योजना सञ्चालनमा ल्याइएको हो ।


एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्धार

साउन १४, खोटाङ - एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ । घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगरउपप्रमुख विमला राईको पहलमा मङ्गलबार उद्धार गरेर उपचारका लागि गाडीमार्फत काठमाडौँ पठाइएको हो ।


बाँदर धपाउन कृषकलाई उपकरण

साउन ८, खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषकलाई बाँदर धपाउने उपकरण उपलब्ध गराइएको छ । सोल्मास्थित कृषि सहकारी संस्थाले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट दश वटा उपकरण खरिद गरेर कृषक समूहलाई निःशुल्क उपलब्ध गराएको हो ।


नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचन

साउन ४, खोटाङ - विद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक शनिबार साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विमोचन गरिएको हो ।


दुई हजार ३८८ घरमा जस्तापाता लगाइने

श्रावण ३, खोटाङ - नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत यस वर्ष खोटाङका दुई हजार ३८८ घरधुरीमा जस्तापाता लगाइने भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका दुई हजार ३८८ वटा घरमा लगाइएको खर वा फुसको छाना विस्थापित गरेर जस्तापाताको छाना लगाइने भएको हो ।


बराहपोखरीबाट रातो माछा निकाल्ने पक्राउ

असार २०, खोटाङ - खोटाङस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीबाट दुर्लभ रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । बराहपोखरी गाउँपालिका–१ वराहपोखरीकोे रातो माछा डोकोले छोपेर निकालिरहेको अवस्थामा सोही ठाउँका ५७ वर्षीय प्रेमबहादुर राई र २७ वर्षीय जितबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


रेडक्रसको दश श्ययाको होल्डिङ सेन्टर

असार २०, खोटाङ - नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले दिक्तेलमा दश श्ययाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । विदेशबाट जिल्ला भित्रिने व्यक्तिलाई पिसिआर रिपोर्ट नआएसम्म राख्न रेडक्रसले दिक्तेलको पञ्च माविमा दश श्ययाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।


नगरपालिकालाई खरको छानामुक्त बनाइने

असार १९,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(खोटाङ)- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । करिब ९०० घर गरिब परिवार रहेको सो नगरपालिकालाई आगामी दुई वर्षभित्र खरको छानामुक्त बनाउने अभियानअन्तर्गत बिहीबार ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि पहिलो किस्ताबापतको रकम प्रदान गरिएको छ ।


‘एक वडा, एक महिला कृषि सहकारी’

असार ६,हलेसी तुवाचुङ नगरपालिका (खोटाङ)- हलेसी तुवाचुङ नगरपालिकामा ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था स्थापनाको काम शुरु गरिएको छ । आफूखुशी एक्लाएक्लै व्यवसाय गर्दै आएका महिलालाई एकताबद्ध गराएर उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाकै नीति तथा कार्यक्रमअन्तर्गत हरेक वडामा महिला कृषि सहकारी संस्था स्थापनाको काम शुरु गरिएको हो ।


च्यानडाँडाका किसानद्वारा कागतीको नर्सरी उत्पादन

असार ५ साकेला गाउँपालिका (खोटाङ) - साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका किसान सामूहिकरुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । यसअघिसम्म छुट्टाछुट्टै उत्पादन गर्दै आएका तल्लो टोल बङ्गुर पालन कृषक समूहमा आबद्ध किसान गाउँपालिकाको रु दुई लाख आर्थिक सहयोग पाएपछि सामूहिकरुपमा बेर्ना उत्पादन शुरु गरेका हुन् ।


हलेसीको ककनीडाँडामा ‘रक गार्डेन’

जेठ २८, हलेसी तुवाचुङ नगरपालिका (खोटाङ)- धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा (रक गार्डेन) निर्माण कार्य शुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर नजिकै पर्ने ककनीडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले ढुङ्गे बगैँचा निर्माण गर्न थालिएको हो ।


शहरबाट आएर होम क्वारेन्टाइनमा नबस्ने ३ जना पक्राउ

वैशाख १६,खोटाङ - ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो ।