समाचार

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘मुन्दुम ट्रेल’

भोजपुर, १५ भदौ - ‘पर्यटन वर्ष २०२०’लाई सफल बनाउन भोजपुरको ‘मुन्दुम ट्रेल’ महत्वपूर्ण गन्तव्य बन्न सक्छ । नेपाल सरकारले छानेका १०० पर्यटकीय क्षेत्रमध्ये यो ट्रेल पनि समेटिएको छ ।


आम्दानीको मुख्य स्रोत बन्दै ‘रुद्राक्ष’

भोजपुर, १२ भदौ - भोजपुरमा आम्दानीको राम्रो स्रोतका रूपमा रुद्राक्ष खेतीलाई लिने गरिन्छ । रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरमा हरेक वर्ष यसको कारोबारबाट करीब एक अर्बभन्दा बढी रकम भित्रिने गरेको छ ।


पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषित

साउन २६, भोजपुर - जिल्लाको पूर्वी क्षेत्रमा रहेको अरुण गाउँपालिका–५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ । वडा क्षेत्रभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसूति गराएकाले एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको हो ।


पौवादुङ्मा गाउँपालिकाद्वारा दृश्यावलोकन स्तम्भ र पर्यटकीयस्थलको डिपिआर तयार

भोजपुर, १३ असार – भोजपुरको पौवादुङ्मागाउँपालिकाले पर्यटन प्रवद्र्धनको क्षेत्रमा कार्य अगाडि बढाउन थालेको छ । गाउँपालिकालाई पर्यटनको क्षेत्रमा विकास गर्ने लक्ष्यले उक्त काम थालिएको हो ।


आलेख – सडकले फेर्यो दैनिकी

वैशाख २३ – भोजपुर नगरपालिका–१२ टक्सारका बलराम राईसँग सात वर्ष अघिसम्म दश दिन लगाएर ढाकरमा नून बोकी हिँडेका स्मृति ताजै छ । सडक विस्तार भएसँगै अहिले राईको घरमै नूनदेखि चाहिने सबै उपभोग्य सामान आउन थालेको छ ।


सदरमुकाममै खानेपानी समस्या

९ बैशाख भोजपुर - ०७२ को विनाशकारी भूकम्पपछि भोजपुर सदरमुकाममा खानेपानीको संकट सिर्जना हुन थालेको छ  । भूकम्पपछि सदरमुकाम क्षेत्रका पानीका पुराना मुहान सुक्दा हिउँदमा खानेपानीको संकट हुन थालेको स्थानीयले बताए  ।


वन्ने भए तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र १५ श्ययाका अस्पताल

भोजपुर, १६ फागुन - स्थानीय तहमा पुनःनिर्माणसम्बन्धी काम गरिरहेका इञ्जिनीयर तथा प्राविधिकले कामकाज ठप्प पारेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्राविधिक हकहित संरक्षण तदर्थ समितिले आठ महीनादेखि भत्ता नपाएको भन्दै बुधबारदेखि कामकाज ठप्प पारेको हो ।


भोजपुरका स्थानीय तहमा अलैँची ‘जोन’ कार्यक्रम प्रभावकारी बन्दै

भोजपुर, ११ फागुन -जिल्लामा प्रधानमन्त्री अलैँची ‘जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अलैँची खेतीमा कृषकको आकर्षण बढी रहेका बेला सो कार्यक्रमले अनुदानसँगै प्रविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बनेको हो ।


गाउँपालिकाको पहलले सवारीसाधनमा ज्येष्ठ र असक्त नागरिकलाई ५० प्रतिशत छुट

भोजपुर, १८ पुस । जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ ।


मध्यपहाडी लोकमार्गमा कालोपत्रे सुरू

भोजपुर, ६ पुष । भोजपुरको पश्चिमी विकासको रुपमा लिईएको भोजपुर–खोटाङ जोड्ने ४२ किलोमिटरको पुष्पलाल मध्यपहाडी लोकमार्गको कालोपत्रे काम सुरु भएको छ ।


मेयर कप महिला फुटबल प्रतियोगिता शुरु

भोजपुर, १२ कात्तिक - प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता भोजपुरमा शुरु भएको छ । प्रतियोगितामा छ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।


प्रदेशस्तरका दुई कार्यालय स्थापना

भोजपुर, २९ असोज । प्रदेश नं १ का प्रदेशस्तरीय दुई कार्यालय स्थापना गरिएको छ ।


आमचोक गाउँपालिका अब चिया व्यवसायिक खेतीतर्फ

काठमाडौं, ३१ भदौ । भोजपुर जिल्लाको आमचोक गाउँपालिकाले अबको ५ वर्ष भित्र आम्दानीको मुख्य श्रोत चिया तथा कफी उत्पादनबाट गर्ने लक्ष्य लिएको छ ।


बिजुली विस्तार अलपत्र

भाद्र २३, २०७५भोजपुुर — ठेकेदार बीचैमा सम्पर्क्विहीन भएपछि झन्डै ६ वर्षअघि सुरु गरिएको केन्द्रीय योजनाअन्तर्गत विद्युत् विस्तारको काम अलपत्र परेको छ  । षडानन्द नगरपालिका वडा १ र २ मा केन्द्रीय प्रसारणको लाइन विस्तार गर्ने काम पाएका ठेकेदार सम्पर्क्विहीन बनेपछि अलपत्र परेको हो  ।