२०७८ जेठ २५ मंगलवार, कैलाली (सुदूरपश्चिम प्रदेश)सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार विश्वासको मत प्राप्त गरेको छ । सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेयशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा मन्त्री भट्टको पक्षमा बहुमत पुगेसँगै सुदूरपश्चिम प्रदेश सरकार कायम रहेको छ ।प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्री भट्टको पक्षमा ३० मत प्राप्त भएको छ भने उहाँको विपक्षमा ९ मत परेको संसद सचिवालयले जनाएको छ । यो मत विभाजनमा काँग्रेसमा १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् ।मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो । मुख्यमन्त्रीको पक्षमा विश्वासको मत पुग्ने भएपछि काँग्रेस मतविभाजन प्रक्रियामा सहभागी नभएको हो ।५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए ।प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद र एमालेका २५ सांसद हुनुहुन्छ । यस्तै प्रदेशसभामा काँग्रेसका १२ र जसपाका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।