समाचार

सहकारी : ७ अर्ब ६९ करोड विनियोजन

जेठ २१, काठमाडौँ — सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्त्वपूर्ण स्तम्भको रूपमा विकास गरी सबै सामाजिक तथा आर्थिक क्षेत्रमा सहकारीताको भाव विकास गरिनेछ । सहकारी संस्थाको नेतृत्वमा कृषिको आधुनिकीकरण, यान्त्रीकरण, बजारीकरण र लक्षित गरिबी निवारण कार्यक्रम समेत सञ्चालन गरिनेछ ।


चार स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई हजार नाघ्यो

जेठ २०, काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले मंगलबार जनाएको हो ।


वन तथा वातावरण : १५ अर्ब ४९ करोड विनियोजन

जेठ २०, काठमाडौं - नेपालीहरूको जीवनपद्धति र समृद्धिको आधारको रूपमा रहेको वन सम्पदाको सन्तुलित रूपमा संरक्षण र उपयोग हुने गरी कार्यक्रम तय गरेको छु । वन क्षेत्रको संवद्र्धनमार्फत वातावरणीय सन्तुलन कायम गर्दै वनजन्य क्षेत्रको बहुउपयोग गरी आय र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छु ।


पर्यटन क्षेत्र पूर्वाधार विकासको लागि : २ अर्ब ६८ करोड विनियोजन

जेठ २०, काठमाडौं - उच्च आर्थिक वृद्धि, उत्पादक रोजगारी र आयको वितरणलाई तत्काल टेवा पु¥याउने प्रतिस्पर्धी क्षेत्रको रूपमा अथाह सम्भावना वोकेको पर्यटन क्षेत्रको विकासलाई मैले जोड दिएको छ’ । नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रूपमा विश्व वजारमा स्थापित गर्ने गरी नेपाल भ्रमण वर्ष २०२० सञ्चालन गरिनेछ ।


सिँचाइ तथा नदी नियन्त्रण : तराई मधेस सिँचाइ विशेष कार्यक्रम , ९६ करोड विनियोजन

जेठ २०, काठमाडौं - कृषि योग्य जमिनमा दिगो एवम् भरपर्दो सिँचाइ सुविधा पु¥याउन सिँचाइ आयोजनाहरूको विकास निर्माणलाई तीव्रता दिएकोछु । कृषिका सुपर जोन, जोन, पकेट र ब्लकहरूमा १२ महिना सिँचाइ सुविधा पु¥याइनेछ ।


कृषि : ३४ अर्ब ८० करोड विनियोजन

जेठ २०, काठमाडौं - नागरिकको खाद्य अधिकार सुरक्षित गर्दै गरिवीको अन्त्य गर्न, ठुलो संख्यामा रहेका कृषक परिवारको आयस्तर वृद्धि गर्न तथा सबल अर्थतन्त्र निर्माण गर्न कृषिको आधुनिकीकरण, विशिष्टीकरण र व्यावसायीकरण जरुरी छ । यसका लागि कृषियोग्य जमिनको उपयोग, सिँचाइ, ग्रामीण सडक, ग्रामीण विद्युतीकरण, उत्पादनको बजार तथा भण्डारण लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छु ।


युवा,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक : ७८ करोड बजेट विनियोजन

युवाजेठ २०, काठमाडौं - युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन आगामी आर्थिक वर्ष युवा परिचालन वर्षको रूपमा मनाइनेछ । यो अभियान मार्फत लैङ्गिक, जातीय र छुवाछुत लगायत सामाजिक विभेदको अन्त्य गर्न जनचेतना जगाउने जस्ता कार्य गरिनेछ ।


सामाजिक सुरक्षा र नागरिक संरक्षण : ६४ अर्ब ५० करोड रुपैयाँ विनियोजन

जेठ १९, काठमाडौं - लोककल्याणकारी राज्यव्यवस्था निर्माण गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न सबै नागरिकलाई गर्भावस्थादेखि वृद्धावस्थासम्मको जीवनचक्रलाई समाजिक सुरक्षामा आबद्ध गरिनेछ । गर्भावस्थामा स्वास्थ्य जाँच र पोषण, वाल्यावस्थामा खोप, पोषणयुक्त आहार र वाल संरक्षण अनुदान, विद्यार्थी अवस्थामा निःशुल्क शिक्षा र छात्रवृत्ति, वयस्क अवस्थामा रोजगारी सुरक्षा र वृद्धावस्थामा सामाजिक सुरक्षा भत्ता एवं निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने गरी सामाजिक सुरक्षाका कार्यक्रम अगाडि बढाईने छ ।


श्रम र रोजगारी : ७ अर्ब १४ करोड विनियोजन

जेठ १९, काठमाडौं - उत्पादक श्रम र रोजगारीबाट मात्र उत्पादन वृद्धि, दिगो सामाजिक सुरक्षा र आत्मसम्मानको विकास हुने भएकोले मैले रोजगारीलाई बजेटको प्राथमिकतामा राखेको छु । चालू आर्थिक वर्षमा सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न रोजगार सेवा केन्द्रहरूमा सूचित बेरोजगारहरूलाई सार्वजनिक विकास निर्माणमा परिचालन गर्ने व्यवस्था मिलाएको छु ।


खानेपानी तथा सरसफाई : ४३ अर्ब ४६ करोड विनियोजन

जेठ १९, काठमाडौं - आधारभूत खानेपानी तथा सरसफाई सुविधा प्राप्त गर्ने नागरिकको मौलिक हक कार्यान्वयन गर्न केही वर्ष्भित्रै अधिकांश नेपालीलाई आधारभूत खानेपानी सेवाको पहुँच पु¥याउने गरी खानेपानी तथा सरसफाइका कार्यक्रम अघि बढाएको छु । यसअन्तर्गत नयाँ खानेपानी आयोजना सुरु गर्ने, अधुरा आयोजना सम्पन्न गर्ने तथा निर्माणाधीन सहलगानीमा आधारित आयोजनाहरू, खानेपानी गुणस्तर सुधारका आयोजनाहरू र साना सहरी खानेपानी आयोजनाहरू सम्पन्न गर्ने कार्यबाट आगामी वर्ष ९२ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सेवाको पहुँच पु¥याउने व्यवस्था मिलाएको छु ।


सामाजिक क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्ताव : विज्ञान तथा प्रविधि र स्वास्थ्य

विज्ञान तथा प्रविधि : विज्ञान तथा प्रविधिको विकास विना उन्नत अर्थतन्त्र र आधुनिक राष्ट्र निर्माण सम्भव छैन । त्यसैले यस क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान विशिष्टीकृत विश्वविद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव गरेको छु ।


आइतबार १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो

जेठ १८ ,काठमाडौं - आइतबार एकै दिन १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो ।


सञ्चालनमा आएको दुई दिन नबित्दै दक्षिण कोरियाका विद्यालयहरु बन्द

जेठ १८ ,काठमाडौँ — दक्षिण कोरियामा सञ्चालनमा आएको केही दिन नबित्दै दुई सय विद्यालय पुनः बन्द गरिएको छ । कोरोनाभाइरस सङ्क्रमणको रफ्तार बढेपछि विद्यालय बन्द गरिएको हो ।


प्रदेश २ मा ६४ जना नयाँ सङ्क्रमित थपिए, कुल ६१३ सङ्क्रमित

जेठ १८ ,काठमाडौँ — प्रदेश २ मा ६४ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश २ का सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका ६४ जना सङ्क्रमितसँगै प्रदेश २ मा सङ्क्रमित हुनेको सङ्ख्या ६१३ पुगेको छ ।


सामाजिक क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्ताव : शिक्षा (यो प्रस्ताव सर्वाधिक आलेचीत छ)

जेठ १८ ,काठमाडौँ — आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मैले सामाजिक रूपान्तरण र आर्थिक विकासको आधारशिला रहेको शिक्षाको विकासमा सर्वोपरी जोड दिएको छु । यस क्रममा सबै बालबालिकालाई आधारभूत तहसम्म अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिनेछ ।


संघीय सरकारको बजेट : सम्भावित आर्थिक संकटप्रति लक्षित

जेठ १८ ,काठमाडौँ — संघीय सरकारले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि बार्षिक बजेट सार्वजनिक गरेको छ । दुई तिहाई बहुमतमा रहेको कम्युनिष्ट सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवका लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरेका हुन् ।


संघीय वित्त व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहमा भएका विनियोजनसम्बन्धी विवरण

जेठ १८ ,काठमाडौँ — साबिकमा संघमा रहेका प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीमा पर्ने आयोजना तथा कार्यक्रमहरू निश्चित मापदण्डका आधारमा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छु । ससर्त अनुदानमा हस्तान्तरित आयोजना तथा कार्यक्रमको लागि संघबाट क्षेत्रगत रूपमा अनुदान उपलब्ध गराई त्यसको निरन्तरता, प्राथमिकता र थप स्रोतसमेतको विषयमा प्रदेश र स्थानीय तहले नै निर्णय गरी कार्यान्वयन अघि बढाउन सक्ने व्यवस्था गरेको छु ।


सामुदायिक विद्यालयको जिम्मा निजीलाई

प्याब्सन, एनप्याब्सनले सरकारको कार्यक्रम नमान्ने, निजीलाई पोस्ने शिक्षाविद्को भनाइ जेठ १८ ,काठमाडौँ — सरकारले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजी विद्यालयलाई दिने कार्यक्रम ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा ‘माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधारका सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको,’ उल्लेख छ ।


नेपाल–भारत सीमाबारे परराष्ट्रमन्त्रीले देखेका मुख्य ३ समस्या

जेठ १७ , काठमाडौं - शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत सीमा समस्या र भारतले सीमा क्षेत्रमा निर्माण गरेका भौत्तिक संरचनाहरुका कारण नेपाललाई परेको समस्याबारेको छलफलमा सहभागी भए । लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई लिएर नेपाल–भारतबीच विवाद चलिरहेका बेला संसदको राज्य व्यवस्था समितिलाई परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग तीबाहेक अन्य भूभागमा रहेका गम्भीर समस्या पनि सुनाए ।


आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटका उद्देश्य तथा प्राथामिकता

जेठ १७,काठमाडौँ - नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकताहरू शीघ्र परिपूर्ति गर्दै जीवनस्तरमा गुणात्मक सुधार गर्ने, उपलब्ध स्रोतसाधन, अवसर र क्षमताको उच्चतम उपयोग तथा न्यायिक वितरण गर्दै सामाजिक न्याय सहितको द्रुत आर्थिक विकास गर्ने, र आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा रूपान्तरण हुँदै समुन्नत र समृद्ध समाजवाद उन्मुख अर्थतन्त्रको आधारशिला निर्माण गर्ने । बजेटका उद्देश्यहरू हासिल गर्न मैले देहाय नुसार नीतिगत, कार्यक्रमगत र प्रक्रियागत प्राथमिकताता निर्धारण गरेको छु ।


चालू आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिका बारेमा संक्षिप्त जानकारी

जेठ १७,काठमाडौँ - चालू आर्थिक वर्षमा अधिकांश समष्टिगत आर्थिक परिचसूचकहरू उत्साहप्रद रहेका छन् । उत्पादनका सबै क्षेत्रका आर्थिक गतिविधिहरू उच्च रहेकाले यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रारम्भिक अनुमान रहेको छ ।


ट्रेड युनियनका कार्यवाहक अध्यक्षमा पोखरेल

जेठ १५ ,काठमाडौँ- निजामती कर्मचारीको आधिकारिक ट्रेड युनिययनका कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष भोला पोखरेलले सम्हाल्नुभएको छ । युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल उपसचिवमा बढुवा भएपछि बैठकले उहाँलाई जिम्मेवारी दइएको युनियनका सदस्य कुमार तिमिल्सेनाले जानकारी दिनुभयो ।


मिक्लाजुङ्गको माईन्युट : बढवा कृषकलाई एक लाखको स्यालुट

पाँचथर, १५ जेठ - विश्व महामारिको रुपमा रहेको कोभिड १९ (कोरोना भाइरस) को चपेटामा परि राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भएपछि त्यस्तो असर कम गर्न राष्ट्रिय स्तरमा नै समग्र कृषि क्षेत्रको विकासमा जोड दिईरहेको समयमा पाँचथरको एउटा गाउँपालिकाले भने कृषक केन्द्रित आकर्षक कार्यक्रम थालनी गरेको छ । गाउँपालिकामा बर्षेनी कृषि पेशाप्रति आकर्षण हराँदै गएको तथा उत्पादन र उत्पादकत्व समेत कम हुँदै गएपछि गाउँपालिकाले कार्यविधि नै निमार्ण गरेर यस्तो रणनीतिक कार्यक्रम अघि सारेको हो ।


मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिद्धरा २३३ कैदीलाई माफी मिनाहा

जेठ १५ ,काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिनुभएको हो ।


आज सङ्घीय संसद्मा बजेट प्रस्तुत हुँदै

जेठ १५, काठमाडौँ - नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ  । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ  ।


लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि : प्रधानमन्त्री

जेठ १५, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताउनुभएको छ  । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइएको उहाँले बताउनुभयो  ।


रौतहटमा थप २२ जनामा कोरोना संक्रमण

जेष्ठ १३,रौतहट - रौतहटको चार नगरपालिकामा मंगलबार थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रधानमन्त्री ओलीद्धरा सर्वदलीय बैठक आह्वान

जेष्ठ १३,काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएकोछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजेका लागि बैठक वस्ने निधो गरीएको हो ।


हेर्नुहोस : प्रदेश नं. २ सँग सम्वन्धीत केही सामान्य तथ्याङ्कीय जानकारी (जो सामान्य ज्ञानका लागी अत्यन्त उपयोगी छन् ।)

जेष्ठ १३,काठमाडौँ - प्रदेश नं. २ नेपालको संविधान २०७२ लागू भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य पुनर्संरचना गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई संघीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको दक्षिणी भागमा रहेको प्रदेश हो ।


पिसिआर रिपोर्ट नेगेटिभ भएका लाई मात्र जिल्ला प्रवेश दिईने

जेष्ठ १३,काठमाडौँ - प्रदेश नं. १ को हिमालली जिल्ला शोलुखुम्वु ऐले सम्म विश्व कोरोना भाइरसको महामारीबाट मुक्त जिल्ला हो । ढिलोगरी प्राप्त समाचार अनुसार जिल्ला समन्वय समितिको कार्यालय,सोलुुखुम्वुले विश्व कोरोना भाइरसको महामारीबाट जिल्ला लाई वचाउँन पिसिआर रिपोर्ट नेगेटिभ भएका लाई मात्र जिल्ला प्रवेश दिईने वताएकोछ ।


आजको सम्बोधनमा प्रधानमन्त्रीको महत्व निरोगी नेपाल,(सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्रीद्धारा आज सोमवार ५:३० को सम्वोधन र निरोगी नेपाल । सम्बोधनका क्रममा प्रधानमन्त्री केपी अ‍ोलीले अगाडि सारेका निरोगी नेपाल सम्वन्धी पाँच सूत्र निम्नानुसार छन् ।


कोरोना संक्रमित ६ सय ८२ पुगे, संक्रमणबाट हालसम्म चारजनाको निधन

देशभर कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । जेठ १२,काठमाडौँ - पछिल्लोपटक थप भएका सातजनासँगै कुल संक्रमितको संख्या बढेको हो ।


सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

जेठ १२,काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६/७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।


प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने

जेठ १२,काठमाडौँ - प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) साँझ ५३० वजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्रीको सम्वोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।


हेर्नुहोस : मोरङ जिल्ला सँग सम्वन्धीत केही सामान्य तथ्याङ्कीय जानकारी

जेठ १२, मोरङ - मोरङ जिल्लाको विराटनगर १ न. प्रदेशको राजधानी पनी हो । मोरङ जिल्ला मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये एक हो ।


अद्यावधिक नक्सा पाठ्यपुस्तकमा समावेश गरीने

जेठ १२, काठमाडौँ - लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले हालै सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन्  । नयाँ कक्षा सुरु भएको दिन सबै विद्यार्थीलाई नेपालको नयाँ नक्सा पु¥याउने गरी गृहकार्य थालिएको छ  ।


प्रदेश नं. १ सँग सम्वन्धीत केही तथ्याङ्कीय जानकारी

प्रदेश नं. १ : केही तथ्याङ्कीय जानकारी क्षेत्रफल - २५९०५ वर्ग कि.मि परिवार सङ्ख्या - ९९२४४५ जनसङ्ख्या - ४५३४९४३ महिला - २३६८४०७ पुरुष - २१६६५३६ जम्मा जिल्लासङ्ख्या - १४ महानगरपालिका/ वडा /जनसङ्ख्या : १/१९/ २१४६६३ उपमहानगरपालिका/वडा/जनसङ्ख्या : २/४०/२७८२२२ नगरपालिका/वडा/जनसङ्ख्या : ४६/४९६/२१४८९२५ गाउँपालिका/वडा/जनसङ्ख्या : ८८/६०२/१८५९६५६ जम्मा स्थानीय तह सख्या : १३७ जम्मा वडा सख्या : ११५७ अपाङ्गता भएका : महिला - ४२६८१ पुरुष - ५१९५९ जम्मा - ९४६४० अनुुपस्थित (विदेश गएका): महिला - ३९९९० पुरुष - ३१७६५० जम्मा - ३५७६४७ जनघनत्व - १७५.०६ साक्षरता प्रतिशत - ७१.२ शिक्षण संस्था : विश्व विधालय - १ क्याम्पस - १९६ विधालय - ६५८२ वित्तीय संस्था : वैक - ४७३६ सहकारी - ४९०२ जलविधुत केन्द्र : चालु/ क्षमता - ९/१०७.१६ दर्ता /क्षमता - ५६/ २३५२.४० विमान स्थल - १० उत्पादन क्षमता(मेट्रिक टन) : धान - ४९५६६९ गहुँ - १९०६०८ मकै - ५०७५८६ कोदो - २४७८४३ परिवारमा महिलाको नाममा घरजग्गा : घर जग्गा दुबै भएका - १३७०४८ जग्गा मात्रै भएका - १२५४१० घर जग्गा दुबै नभएका - ७२३४२३ उल्लेख नभएका - ५८६९ सुरक्षा युनिट : नेपाल प्रहरी कार्यलय - १७८ ससस्त्र प्रहरी कार्यलय - ३३ वाटोको अवस्था (कि.मि.) :पीच - ६९७९.३३ ग्राभेल - २२७६.८७ कच्ची - ४१९१.४२ श्रोत : केन्द्रीय तथ्याङ्क विभाग,शिक्षा विभाग,विश्वविद्यालय अनुदान आयोग स्वास्थ्य विभाग,विद्युत विकास विभाग,सहकारी विभाग,सडक विभाग (हाम्रो वारेमा : समाचारका साथमा यसप्रकारका देश,प्रदेश,जिल्ला,स्थानीय तह र वडा सम्मका थुप्रै तथ्याङ्क जस्तै क्षेत्रफल,जनसंख्या,जनघनत्व,परिवार संख्या,साक्षरता प्रतिशत,स्थानीयतह संख्या,वडा संख्या,अपाङ्ग,वैदेशीक रोजगार,वाली उत्पादन क्षमता,वित्तीय संस्था,सुरक्षा युनिट/पोष्ट,परिवारमा महिलाको नाममा घर जग्गा,जलविद्युत केन्द्र,वाटोको अवस्था,निर्वाचन,धर्म अनुसार जनसंख्या लगायतका तथ्याङ्क थाहा पाउन चाहेमा यो पोर्टल पुरै भिजिट गर्न सक्नुहुनेछ । ) ।


सहायक रथी र महासेनानी सैनिक हिरासतमा

जेठ ११,काठमाडौं - जंगी अड्डाले भ्रष्ट सैनिक अधिकारीहरूमाथि कारबाही सुरु गरेको छ । जंगी अड्डाले सैनिक उच्चअधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो ।


सुरक्षा निकायमा सङ्क्रमण देखिन थालेपछि उच्च सतर्कता

जेठ ११, काठमाडौँ - कोरोना भाइरस रोग (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मीमा सङ्क्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप सतर्कता अपनाएका छन्  । नेपाली सेनाका तीन, नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका चार र राष्ट्रिय अनुसन्धान विभागका एक गरी १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ  ।


जनप्रतिनिधि महिला कोरोना संक्रमित

जेठ १० ,भक्तपुर - स्वास्थ्य मन्त्रालयले शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी महिला नगरपालिकाकी जनप्रतिनिधि रहेको खुलेको छ । उनी भक्तपुर नगरपालिका-९ की जननिर्वाचित महिला सदस्य रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


पाकिस्तानमा विमान दुर्घटना विमानमा ९७ जना थिए

जेठ ९ , काठमाडौं - पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको छ । पाकिस्तानी टेलिभिजन जियो टीभीका अनुसार जिन्नाह इन्टरनेशनल एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेटपहिला दुर्घटनामा परेको हो ।


डडेलधुरा र बैतडीमा पनी कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

जेष्ठ ९,काठमाडौँ - नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दिउँसो सम्ममा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


मन्त्रिपरिषदले संविधान संशोधन प्रस्ताव संसदमा लैजाने

जेष्ठ ९,काठमाडौँ - शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेका अनुसार सरकारले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।


संक्रमितको संख्या ४८७ पुग्यो : सर्लाहीमा मात्र १५

जेष्ठ ९, काठमाडौँ - शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएकोछ । यस सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको हो ।


उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै

बस्ने उपत्यकामा, ठेगाना अन्यत्रको दिने जेष्ठ ९,काठमाडौं - कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि लुकिछिपी संक्रमितहरू उपत्यका भित्रिएका छन् । यसरी आएका संक्रमितमध्ये २४ जनाभन्दा बढी आइसोलेसनमा उपचाररत छन् ।


थपीदै संक्रमितको संख्या मुलुक भर ४ सय ४४ पुग्यो

जेठ ८, काठमाडौं - थप १७ जनामा कोरोना भाइरस पुष्टि भएपछी प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ पुगेको छ । बुधबार राति १७ जनामा कोरोना भाइरसको संक्रमण थप भएको पुष्टि प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ ।


कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ३ पुग्यो

जेठ ७ , बुटवल - कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।


‘भूमि फिर्ताको पाइला अब निरन्तर’

जेठ ७, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ताको अभियानबाट सरकारले पाइला नरोक्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको सङ्घीय संसद्मा मङ्गलबार जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकलाई कोरोना भाइरस रोग (कोभिड–१९)को सङ्क्रमणबाट मुक्त पार्नुसँगै भूमि फिर्ताको अभियान पनि सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।


कालिमाटी वृत्तका सई र जवानमा संक्रमण

जेठ ७,काठमाडौँ — महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमीत भेटीएपछी कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय,बल्खु,स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ ।


झापा कचनकवलमा १० र धनकुटामा ५ जना कोरोना संक्रमित : प्रदेश १ मा जोखीम वढ्दै

जेठ ७, भद्रपुर- झापाको कचनकवल गाउँपालिकाका–१० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भन्नुभयो पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको छ ।


आर्थिक वर्ष २०७७/७८ नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ ६, काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट जेठ २ गते नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ ।


कोरोना नियन्त्रणमा खटिएकाप्रति मानवीय व्यवहार गर्न आग्रह

जेठ ६, काठमाडौँ - कोभिड–१९ को महामारी नियन्त्रण तथा रोकथाम र सङ्क्रमितहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयं सेवकमाथि अमानवीय व्यवहार गर्नेहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ । स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको अभियोगमा काठमाडौँ उपत्यकाबाट दुई र अन्य जिल्लाबाट तीन जना गरी पाँच जनालाई पक्राउ गरिएको छ ।


स्वास्थ्यकर्मी र सफाई कर्मचारीलाई कोरोना संक्रमण

जेठ ०५, विराटनगर - प्रदेश १ मा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन मध्ये एक पुरुष विराटनगर महानगरका सफाई कर्मचारी भएको खुलेको छ । उनी विराटनगर–१५ का स्थानीय हुन् ।


विश्वभर ४६ लाख ३२ हजार संक्रमित फेला, तीन लाख ११ हजार बढीको मृत्यु

जेठ ४, एजेन्सी / जारी कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेको संख्या ४६ लाख ३२ हजार ९०३ पुगेको छ । हालसम्म तीन लाख ११ हजार ७३९ जना संक्रमितको मृत्यु भएको छ ।


अस्थायी सुरक्षा पोस्टमा भारतीय समूहको आक्रमण

प्रहरी खाना खान गएको मौका छोपेर आएका सयभन्दा बढी भारतीयले पोस्ट भत्काइदिएका छन् जेठ ४, काँकडभिट्टा — झापाको कचनकवल–१ घेराबारीको झन्डुगाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भारतीय समूहले भत्काइदिएको छ । शनिबार बेलुकी ८ बजेतिर आएका सय जनाजतिले पोस्ट भत्काएका हुन् ।


नीति तथा कार्यक्रमका प्राथमिकता बजेटमा समेट्न सुझाव

जेठ ४,काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा आर्थिक रुपान्तरण तथा स्वास्थ्य सेवाका विषयमा विशेष जोड दिएको पाइएको उल्लेख गर्दै ती कुरालाई बजेटमा राम्रोसँग समावेश गर्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमबारे गोरखापत्रलाई प्रतिक्रिया दिँदै नेता पाण्डेले भन्नुभयो, “कोभिड–१९ महामारीका कारण अर्थतन्त्रमा ठूलो असर पर्ने सम्भावना छ ।


थप १० जनामा संक्रमण पुष्टि, कुल २९१ पुग्यो

जेठ ४, काठमाडौं- पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ ।


नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु सिन्धुपाल्चोककी २९ वर्षीया महीला : संक्रमित दुईसय एकासी

जेठ ३,काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो मृत्यु भएको छ । माघदेखि संक्रमण फैलिएको नेपालमा संक्रमितको संख्या २८१ पुगेपछि एकजनाले ज्यान गुमाएकी छन् ।


औषधि प्रयोगबारे राष्ट्रपतिसँगको विवादपछि ब्राजिलका स्वास्थ्यमन्त्रीद्वारा राजिनामा

जेठ ३,ब्राजिल - ब्राजिलियाली स्वास्थ्य मन्त्री नेल्सन तेइचले जिम्मेवारी सम्हालेको एक महिनाभन्दा पनि कम समयमा पदबाट राजीनामा गर्नुभएको छ । कोरोनाभाइरसका घटनाहरू देशव्यापीरूपमा व्यापक वृद्धि भएका समय स्वास्थ्यमन्त्रीको राजिनामा आउनुलाई राष्ट्रपति जैयर बोल्सनोरो र स्वास्थ्यमन्त्री तेइचबीच कोरोनाको महामारीलाई व्यवस्थापन गर्ने बिषयमा देखिएको विवादका रूपमा व्याख्या गरिएको छ ।


शङ्कास्पद मृतक सुत्केरीको गाउँमा प्रहरीले सुरक्षा कडा पार्यो

जेठ ३,सिन्धुपाल्चोक - बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको उपचारको क्रममा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेर धुलिखेल अस्पतालमा मृत्यु भएपछि बाह्रबिसे नगरपालिकामा लक डाउन थप कडाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव काफ्लेले दिनुभएको जानकारीअनुसार बाह्रबिसे नगरपालिका छिर्ने सिमानामा प्रहरी थप परिचालन गरिएको छ ।


धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको अस्पतालको भनाई जेठ ३,काठमाडौँ — कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।


कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २७६ पुग्यो

जेठ ३,काठमाडौँ - पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल २७३ पुग्यो

जेठ ३,काठमाडौँ - पछिल्लो कोरोना परीक्षण रिपार्टअनुसार थप ६ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


कालापानी क्षेत्रबारे भारतीय सेनापतिको टिप्पणी : नेपालमा ‘अरू कसैका लागि’ लिपुलेकको विरोध

जेठ ३,काठमाडौँ - भारतका स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपालमा ‘अरू कसैका लागि’ लिपुलेक क्षेत्रमा निर्माण गरिएको भारतीय सडकको विरोध भएको टिप्पणी गरेका छन्  । गत शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुलाबाट लिपुलेक जोड्ने ८० किलोमिटर सडक उद्घाटन गरेसँगै नेपालले विरोध जनाएपछि उनले यस्तो टिप्पणी गरेका हुन्  ।


सरकारको नीति तथा कार्यक्रम : अर्थतन्त्रलाई पुनर्जीवन

जेठ ३,काठमाडौं - कोरोना महाव्याधिले प्रभावित सामाजिक, आर्थिक क्षेत्रलाई पुनर्जीवन दिन सरकारले स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानका कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरोनाबाट आर्थिक र सामाजिक क्षेत्र नराम्ररी प्रभावित भइरहेका बेला सरकारले शुक्रबार वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरी चार क्षेत्रलाई जोड दिने जनाएको हो ।


२७औँ मदन–आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने प्रतिबद्धता

जेठ ३,काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताउनुभएको छ  । मदन–आश्रितको २७औँ स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले संयुक्त वक्तव्य जारी गर्नुहुँदै भन्नुभएको छ, “दुई कम्युनिस्ट पार्टीबीचको एकीकरण नेपाली राजनीतिको सामान्य परिघटना थिएन ।


२५ जिल्लामा फैलियो कोरोनाभाइरस, पर्सामा सर्वाधिक ८९ जना संक्रमित (तथ्यांकसहित)

जेष्ठ २, काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोनाभाइरस (कोभिड–१९) नेपालमा पनि तीव्र रुपमा फैलिँदै गएको छ । हालसम्म नेपालका २५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।


विश्वभर संक्रमित संख्या ४५ लाख ३४ हजार नाघ्यो, तीन लाखले ज्यान गुमाए

जेष्ठ २, एजेन्सी/ कोरोना (कोभिड–१९) भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ४५ लाख ३४ हजार ६७३ पुगेको छ । पहिचान भएका संक्रमितमध्ये हालसम्म तीन लाख सात हजार १०८ जनाको ज्यान गएको छ ।


उपत्यकामा अपरिचितलाई रोक

जेठ २,काठमाडौँ - उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् ।


कोरोना फैलिँनुको कारण : हेलचेक्र्याइँ

जेठ २,बुटवल - कोरोना भाइरस संक्रमण रोक्न पर्याप्त तयारी नहुँदा अवस्था जटिल बन्दै गएको छ । कपिलवस्तुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीदेखि स्थानीयसम्म ३० जना संक्रमित फेला परेपछि भयावह अवस्था देखिएको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह बताउँछन् ।


वढ्दै कोरोना संक्रमीत कुल २५८ : बाँके प्रभावीत

जेठ २ काठमाडौं - पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ ।


काठमाडौं उपत्यका उच्च जोखिममा

वैशाख ३०,काठमाडौं - महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना भाइरस पोजेटिभ भेटियो । ६ वर्षीया ती बालिकामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै अस्पतालका चिकित्सकलगायत ३६ जनाभन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् ।


नीति तथा कार्यक्रम आज : प्राथमिकतामा कृषि, रोजगारी र पूर्वाधार

जेठ २,काठमाडौं - यतिबेला आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट निर्माणको तयारी हुँदैछ । संसदमा बजेटपूर्वको छलफल सकिएको छ ।


कोरोना संक्रमित २५० पुगे, सर्लाही, धनुषा र महोत्तरीमा नयाँ संक्रमित

जेठ १,काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले धनुषा र महोत्तरीमा नयाँ संक्रमित भेटिएको पुष्टि गरेका छन् ।


संक्रमितको संख्या २४५ पुग्यो : काठमाडौं र कपिलवस्तुमा थप एक-एक जना पुष्टि

जेठ १,काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४५ पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २४५ पुगेको हो ।


कालापानी क्षेत्र फिर्ता लिन एकमत

जेठ १,काठमाडौँ - भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र नेपालको भूभाग भएको र त्यसलाई वार्ता र कूटनीतिक पहलबाट फिर्ता ल्याउनुपर्नेमा राजनीतिक दलहरूले दृढ अभिमत प्रकट गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजना गर्नुभएको पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।


गाउँपालिका अध्यक्ष कुट्ने नेकपा अध्यक्ष र जिल्ला सदस्य निलम्बन

वैशाख ३१ ,कालिकोट - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटले पलाँता गाउँपालिकामा भएको कुटपिटको घटनाको छानबिन गर्न समिति बनाएको छ । सडक निर्माणको बिषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष र पार्टीका नेताहरुबीच भएको कुटपिटको घटनाको छानबिन गर्नका लागि नेकपाले छानबिन समिति बनाएको हो ।


प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

वैशाख ३१ ,काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार साँझ ४ बजेलाई बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलक अध्यक्षलाई बोलाइएको छ ।


कालापानी क्षेत्रमा जाने सशस्त्रको टोली प्रस्थान

वैशाख ३१ ,दार्चुला - भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न आज बिहान सशस्त्र प्रहरीको टोली काठमान्डौँबाट दार्चुला प्रस्थान गरेको छ । बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी दार्चुला प्रस्थान गरेका हुन् ।


नेकपा स्थायी कमिटी बैठक स्थगित

वैशाख ३१,काठमाडौँ — आज (बुधबार) बिहान ११ बजे बोलाइएको नेकपाको स्थायी कमिटी बैठक स्थगति भएको छ । उपत्यकामा फेरि कोरोना स‌ंक्रमण देखिएको र कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका महासचिव विष्णु पौडेलले कान्तिपुरलाई बताए ।


भक्तपुरमा कोरोना संक्रमण : पुरुष सशस्त्र प्रहरी र महिला नर्स

वैशाख ३१,भक्तपुर - भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी र महिला स्टार्फ नर्स रहेको खुलेको छ । २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बुझिएको छ ।


एकैदिन ५७ कोरोना संक्रमीत भेटीए ,नेपालमा संक्रमित संख्या एक सय ९१ पुग्यो

वैशाख २८ ,काठमाडौं - देशमा अहिलेसम्म एकैदिनमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको हो ।


चीनवाट नेपाल आउनसकेन स्वास्थ्य सामग्री

वैशाख ३०,काठमाडौं - परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी र प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार चिनियाँ पक्षलाई छुट्टाछुट्टै पत्राचार गरी यथाशक्य चाँडो भन्सार क्लियरेन्स गरिदिन आग्रह गरे । तर, चिनियाँ पक्षले सो प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनको ग्वान्झाउ विमानस्थलमा थन्किएको छ ।


पहिलो प्राथमिकतामा जीवनरक्षा : अर्थमन्त्री

वैशाख ३०,काठमाडौँ - अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता जीवनरक्षा भएको बताउनुभएको छ  । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम गर्ने प्रयासमा अर्थतन्त्रमा देखिएका समस्याहरूको निराकरणसँगै नागरिकको जीवनरक्षा गर्न सरकार प्रतिबद्ध भएकोले त्यसलाई बजेटमा प्राथमिकता दिइने उहाँले स्पष्ट पार्नुभयो  ।


‘अर्थतन्त्र बचाउने बजेट ल्याउने’

वैशाख २९, काठमाडौँ - अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण विकासको गतिमा केही शिथिलता देखिए पनि ‘भूकम्पपछि छिटै उठेझैँ हामी फेरि उठ्ने छौँ’ भन्नुभएको छ । राष्ट्रिय सभा बैठकमा पूर्वबजेट छलफल आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा आइतबार उहाँले यस्तो धारणा राख्नुभएको हो ।


थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

बैशाख २९, काठमाडौ‌ं - नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आइतबारदेखि समय तालिकाका आधारमा काठमाडौंमा गाडी गुड्ने

वैशाख २८ ,काठमाडौं - आज आइतबारदेखि काठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन हुने भएको छ । सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति ल्याएसँगै आजदेखि विभिन्न प्रयोजनका तोकिएको समयभित्र सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए ।


कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, ५५८१ जनामा संक्रमण

वैशाख २८ , लण्डन - कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ ।


कोरोनाको असर जटिल

वैशाख २८, काठमाडौँ - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक यति बेला यस युगकै कठिन लडाइँमा रहेको बताउनुभएको छ । ब्रेनगेन सेन्टरले शनिबार ‘स्वास्थ्य अनुसन्धान, अवसर र चुनौती : कोभिड–१९ र यसको भूमिका’ विषयमा आयोजना गरेको अनलाइन छलफल कार्यक्रममा उहाँले कोरोना भाइरसविरुद्ध यो लडाइँको असर दीर्घकालीन रूपमा पर्ने प्रस्ट्याउनुभयो ।


नेपालमा थपिए कोरोनाका सातजना बिरामी

देशभर जम्मा संक्रमित १०९ पुगे बैशाख २७, काठमाडौं - उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना कोरोना संक्रमित भेटिएका छन् ।


संसद्को छैटौँ अधिवेशन सुरु : विपक्षी आक्रामक, सत्तापक्ष रक्षात्मक

बैशाख २७, काठमाडौं - छैटौँ अधिवेशनको पहिलो दिन नै विपक्षीले सरकारको नियत र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्  । कोरोनाविरुद्धको लडाइँभन्दा सरकार सत्ता संरक्षणमा लागेको उनीहरूको आरोप छ  ।


लिपुलेकमा भारतको सडक : स्थानीय प्रशासन र बासिन्दा चकित

बैशाख २७,दार्चुला — भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीयस्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रबार भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि यहाँका सरकारी निकायलगायत स्थानीय चकित भएका हुन् ।


कोरोना अपडेट : २ लाख ६९ हजार बढीको मृत्यु, कुन देशमा कस्तो असर ?

बैशाख २७,काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण ३८ लाख २३ हजार ५ सय ३८ जना संक्रमित भइसकेका छन् । यस्तै २ लाख ६९ हजार ४ सय ४९ जनाको मृत्यु भएको छ ।


देशभरका उद्योगधन्दा क्रमश खुल्न थाले

बैशाख २७,काठमाडौँ - बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ । अभाव झेल्दै उद्योग विराटनगर, कच्चा पदार्थको अभावबीच सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएका छन् ।


आजवाट संघीय संसदको बजेट अधिवेशन शुरु

वैशाख २६,काठमाडौं- संघीय संसदको बजेट अधिवेशन आज शुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आज शुक्रबार दिउँसो ४ बजे अधिवेशन शुरु भएको हो ।


राष्ट्रपति र सभामुख बीच भेट

वैशाख २६,काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आज सम्पन्न सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराउनुुभएको थियो ।


नेपालगन्जमा किट अभाव

शुक्रबार थप नआए परीक्षण रोकिने, संक्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ अझै भएन वैशाख २६,नेपालगन्‍ज — समुदायमा कोभिड–१९ संक्रमण फैलिएको नेपालगन्जमा पीसीआर परीक्षणका लागि किट अभाव भएको छ । स्वास्थ्यकर्मीले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ, स्वाब संकलन र परीक्षण एकैसाथ गरिरहेका छन् ।


लकडाउनभित्र ४० अर्बको आयात

वैशाख २६,काठमाडौँ - नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत ११ गतेदेखि वैशाख २१ गतेसम्म ४० अर्ब २४ करोड ३२ लाख ९२ हजार रुपियाँ बराबरको अति आवश्यकीय वस्तु नेपाल भित्रिएको हो ।


राहतको विकल्पमा मजदुरलाई काम

वैशाख २६काठमाडौँ - स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन्  । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा बढ्दै जाने भएकाले राहतको विकल्पमा काम दिने तयारी गरिएको हो  ।


कपिलवस्तुका संक्रमित दाजुभाइ मुम्बइबाट आएका

वैशाख २६,कपिलवस्तु - मायादेवी गाउँपालिका वडा नं. २ अभिरावका २ जनामा कोरोना संक्रमण भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिकाको वडा नं. २ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।


खुलेन श्रीसदन

वैशाख २६,काठमाडौँ - कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले श्रीसदन नागरिकको अवलोकनका लागि खुला गर्ने तयारी गरेको थियो ।


आज साँझ ७ बजे दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको अपिल

बैशाख २५,काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका छन् । गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्रहका साथ प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमणबाट दिवंगत भएकाहरु प्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयम्सेवीहरु र यस कार्यमा सहयोगी हात बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन घर तथा संस्थाहरुमा द्वीप प्रज्वलनका लागि अपिल गरेका हुन् ।


बद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश : प्रधानमन्त्री ओली

बैशाख २५, काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीनै बुद्धको जन्मस्थल रहेको बताएका छन् । २५६४ ओं बद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शनले विश्व शान्तिमा पुर्‍याएको योगदानको पनि प्रशंसा गरेका छन् ।


बुद्धका उपदेश परिपालना गर्न सके राष्ट्रिय एकता थप सुदृढ : राष्ट्रपति

वैशाख २५,काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके राष्ट्रिय एकतालाई थप सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन् । बिहीबार २५६४ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छन् ।


स्वदेश फिर्न चाहानेको सख्या चार लाखभन्दा बढी

वैशाख २५,काठमाडौँ - श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा उहाँले सो जानकारी दिनुभएको हो ।


लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

बैशाख २४, काठमाडौं - सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले फेरि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।


विराटनगरमा उपचार रत ६ संक्रमित आज डिस्चार्ज हुँने

बैशाख २४,विराटनगर - विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिक कोरोना मुक्त भएका छन् । उनीहरुलाई बुधबार डिस्चार्ज गर्ने तयारी भएको छ ।


बंगलादेशमा रहेका आठ सय नेपाली विद्यार्थी द्धारा उद्धारको आग्रह

भन्छन्‌, प्लेन भाडा आफैं तिर्छौं, उद्धार गरियोस्‌ बैशाख २४, काठमाडौं- बंगलादेशमा रहेका करिब ८ सय जना विद्यार्थीले आफूहरु उद्धारको पर्खाइमा रहेको बताएका छन् । चिकित्साशास्त्र अध्ययन गर्न आएका आफूहरु करिब डेढ महिनादेखि होस्टलको सेल्फ क्वारेन्टाइनमा रहेको र चाँडै नेपाल सरकारले उद्धार गरिदियोस् भन्ने पर्खाइमा रहेको विद्यार्थीहरूले बताएका छन्‌ ।


राहत बाँड्दा बाँड्दै स्थानीय तहको ढुकुटी रित्तियो

साढे १० लाख परिवारलाई राहत, २ खर्ब खर्च भएको अनुमान वैशाख २४, काठमाडौं - स्थानीय तहहरुले अझै लकडाउन लम्बिएमा आफ्नै स्रोतबाट मात्रै विपन्न वर्गलाई राहत वितरण गर्न नसकिने बताएका छन् । उनीहरुले लकडाउनपछि विभिन्न चरणमा राहत बाँड्दा आफ्नै स्रोतबाट ठूलो खर्च भएको भन्दै अब थप राहत बाँड्नुपरे संघ सरकारले सघाउनुपर्ने बताएका छन् ।


नेपालगञ्जका संक्रमितको स्वास्थ्य सामान्य, सम्पर्कमा रहेकाको रातीसम्म स्वाब संकलन

वैशाख २४, कोहलपुर - बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।


लकडाउनबारे निर्णय गर्न प्रधानमन्त्रीले बोलाए क्याबिनेट

बैशाख २४,काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


प्रधानमन्त्रीका अनुसार लकडाउन खुकुलो बनाउने समय आएको छैन

बैशाख २४,काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने बेला नआइसकेको बताएका छन् । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिएमसी) ले तयार पारेको लकडाउन खुकुलो गर्ने मोडालिटीु लाई प्रधानमन्त्री ओलीले अहिले जरूरी नरहेको बताएका थिए ।


अमेरिका वित्तीय संकटमा, तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने

बैशाख २३, एजेन्सी/ कोरोना महामारीबाट सबैभन्दा बढी प्रताडित बनिरहेको अमेरिकाले तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने भएको छ । यसअघि राहतमा २२ खर्ब डलर खर्च गरेकाले अमेरिकी बजेटको आकार बढेको हो ।


औषधिजन्य सामग्री ओसारपसार गर्ने नाममा लागूऔषधको धन्दा

बैशाख २३,काठमाडौं - बन्दाबन्दीको मौका छोपी औषधिजन्य सामग्री ओसारपसार गर्ने नाममा केही व्यक्ति लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको पाइएको छ । सो घटनामा संलग्न रहेको अभियोगमा करिब एक सय जना पक्राउ परेका छन् ।


नेपालगञ्‍जका ७ नयाँ थपिए पछी कोरोना संक्रमितको संख्या ८२ पुग्यो

बैशाख २३,काठमाडौं - कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।


कस्तो होला अबको ‘लकडाउन’?, मोडालिटीको बनाउने जिम्मा तीन मन्त्रालयलाई

बैशाख २३,काठमाडौं - सरकारले गत चैत ११ यता जारी लकडाउन ठाँउ विशेषलाई आधार बनाएर केही लचिलो बनाउने संकेत गरेको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउनले पारेको आर्थिक प्रभाव र कोरोनाको सम्भावित अवस्थालाई मध्यनजर गर्दै नयाँ मोडालिटीका विषयमा छलफल गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले दिए ।


विश्व एक भए कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ : प्रधानमन्त्री ओली

बैशाख २३, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व विभाजित भए कोरोना भाइरसले पराजित गर्ने र एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन् । सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भाइरसलाई पराजित गर्नुबाहेक हामीसँग अरू कुनै विकल्प नभएको स्पष्ट पारे ।


विदेशमा रहेका नेपाली ल्याउने तयारी

वैशाख २३,काठमाडौँ - वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ । नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना’ विषयमा आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा अप्ठेरोमा परेका नेपालीको पहिचान गरेर प्राथमिकताका आधारमा स्वदेश ल्याइने बताउनुभयो ।


विश्वमा कोरोनाका ३४ लाख ८० हजार विरामी, ११ लाख निको भए

अमेरिकामा मात्र साढे ११ लाख स‌ंक्रमितबैशाख २१, काठमाडौं - अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६७ हजार ४ सय पुगेको छ । गत २४ घण्टामा अमेरिकामा १६ सय ४७ जनाको ज्यान गएको छ ।


बन्दाबन्दीका बीच जोरपाटी–सुन्दरीजल सडक विस्तार सुरू

बैशाख २१,काठमाडौं - कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तार सुरु गरिएको छ । काठमाडौँ उपत्यकाकै साँघुरो सडकमध्ये एक उक्त सडकको विस्तारका लागि ठेक्कापट्टाको काम सम्पन्न गरी ढलको पाइप बिछ्याउने र सडक क्षेत्रमा परेका रूख कटानको काम सुरु भइसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।


‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार’

बैशाख २१,काठमाडौं - अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको बताउनुभएको छ । प्रवक्ता डा ।


फुट र सरकार फेरवदल खेलमा यसरी जोगीयो नेकपा

बैशाख २१,काठमाडौं - पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ । नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ ।


तातोपानी नाका खुल्दा विवाद सुरु भयो

बैशाख २०,सिन्धुपाल्चोक, (तातोपानी) - तातोपानी नाकाबाट सामान आयात हुन थालेपछि विवाद बढेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रास फैलिरहेकाले सामान आयात गर्न नहुने भन्दै विवाद बढेको हो ।


देशभर दस लाख परिवारलाई राहत

बैशाख २०,काठमाडौँ - बन्दाबन्दीबाट प्रभावित देशभर असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहाय गरी १० लाख छ हजार २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । शुक्रबारसम्म सातवटै प्रदेशमा १० लाख छ हजार २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।


फुङ्लिङमा फेरी आगलागी,पाँचौ पटक भयो

बैशाख २०, ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी भएको छ । फुङ्लिङबजारको माथिल्लो रोडस्थित पूरानो बैंक लाइन ट्याक्सी काउन्टर क्षेत्रमा भएको आगलागीबाट आठ घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।


परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद् : प्रधानमन्त्री

 वैशाख १९,काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना गर्न सक्ने श्रमजीवी वर्ग नै भएको उल्लेख गर्नुभएको छ ।


अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको सहुलियत पर्याप्त छ ?

वैशाख १९,काठमाडौं - उद्योग-व्यवसायहरु यतिबेला समस्यामा छन् । स्वास्थ्य क्षेत्र बाहेकका अधिकांश व्यवसायहरु पूर्णरुपमा बन्द भएका बेला नेपाल राष्ट्र बैंकले दोस्रो प्याकेज मंगलबार घोषणा गरेको छ ।


दीर्घरोगीका लागि घरघरमै औषधि पुर्‍याईने

वैशाख १९, लमजुङ - लमजुङका आठवटै स्थानीय तहले दीर्घरोगीका लागि घरघरमै औषधि पुर्‍याउने व्यवस्था गरेको छ  । जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाले लकडाउनका वेला घरघरमै औषधि पुर्‍याउने व्यवस्था गरेको हो  ।


बन्दाबन्दी उल्लङ्घन गर्ने दुई हजार जना कारबाहीमा

वैशाख १९,काठमाडौँ - ‘कहाँ जाँदै हुनुहुन्छ ? पास देखाउनुस् ?’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न गर्‍यो । ‘बिरामीलाई औषधि पुर्‍याउन हिँडेका पास छैन’ गाडीमा यात्रारत दुई युवतीले जवाफ फर्काए ।


लकडाउनकै वेला पनि बालबालिकालाई खोप लगाईने

बैशाख १८, इटहरी - लकडाउनकै वेला पनि इटहरी उपमहानगरपालिका भित्रका बालबालिकालाई खोप लगाईने भएको छ । इटहरी अस्पतालका इमेरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरी अस्पतालले लगाउने खोप तालिका अनुसार वडा नम्बर २ को महेन्द्र माविमा बैशाख २१ गते वडा नम्वर २ कै आयुर्वेद औषाधालय हवाई चौंकमा बैशाख २२ गते खोप लगाइने छ ।


इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण गरिदै

बैशाख १८, इटहरी - इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण सुरु गरिएको छ । वडा वडामा राहत पाउने ब्यक्तिहरुको नामावली संकलन गरेर त्यसैको आधारमा राहत वितरण सुरु गरिएको हो ।


बर्दियामा वडा अध्यक्षको निधन

बैशाख १८, गुलरिया - बर्दियाको गेरुवा गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्षको निधन भएको छ । गेरुवा गाउँपालिका नौरा निवासी ४४ वर्षीय टेकबहादुर चौधरीको उच्च रक्तचापका कारण निधन भएको हो ।


आगलागीबाट घाइते भएका वडा अध्यक्षको निधन

बैशाख १८,बागलुङ - आगलागीमा परी गम्भीर घाइते बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरका अध्यक्ष पूर्ण खनालको निधन भएको छ । खनालको किर्तिपुरको फायर अस्पतालमा उपचारकै क्रममा रहेका बेला हृदयघात भइ निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।


सीमामा रहेका नेपालीलाई आज स्वदेश ल्याइँदै

बैशाख १८, काठमाडौं - एक महिनाभन्दा लामो समयदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका १८ सय जना भन्दा धेरै नेपालीहरुलाई आज स्वदेश ल्याइँदै छ । भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइमा बसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।


प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’

निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर उपनिर्वाचनमा वामदेवको पक्षमा जनमत जुटाउन सहज छैन, राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न नेकपासँग दुईतिहाइ छैन, तर पनि प्रस्तावले वामदेव सधैँझैँ उत्साही भएका छन् बैशाख १८, काठमाडौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपा विवाद समधान गर्न नयाँ ‘एंगल’ प्रस्तुत गरेका छन्  । कोरानाको नियन्त्रणपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उनले अघि सारेका छन्  ।


२० गते फेरि बस्ने गरी,नेकपा सचिवालय बैठक सकियो

वैशाख १८, काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक यही वैशाख २० गते फेरि बस्ने गरी सकिएको छ । बुधबार साँझ ६ बजेदेखि बालुवाटारमा सुरू सचिवालय बैठकमा पार्टीको आन्तरिक समस्या, एकता सुदृढीकरण, सरकारको काम-कारबाही र केही नेताहरूले माग गरेको स्थायी समिति बैठकबारे छलफल भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


बन्दाबन्दीमा पनि रोकीएन झोलुङ्गे पुल निर्माण

वैशाख १८, बागलुुङ - बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ  । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ  ।


प्रधानमन्त्रीलाई बहुमत सांसदले समर्थन गरेको ओली पक्षको दाबी

वैशाख १७,काठमाडौँ - प्रधानमन्त्री केपी ओली समूहले कुनै पनि वेला बहुमत सांसदको हस्ताक्षर देखाउने गरी बुधबार पनि बालुवाटारमा सांसद र निकट केन्द्रीय सदस्यहरूको भेला गरेको छ । अहिलेसम्म ७० भन्दा बढी सांसदले भेलामै उपस्थिति जनाएको, बाँकी सांसदहरू पनि काठमाडौं आउने क्रम जारी रहेको तथा पूर्वमाओवादी समूहबाट एक दर्जनभन्दा बढी सांसदले समर्थन गर्ने निश्चित देखिएको भन्दै सुविधाजनक बहुमत पुगिसकेको ओली समूहले दाबी गरेको हो ।


थप चार जनामा सङ्क्रमण, ५८ पुगे सङ्क्रमित

वैशाख १७,काठमाडौँ - सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।


भाइरोलोजिष्ट भन्छन्, ‘नेपालमा स्थानीयभन्दा सीमापारबाट आउने संक्रमणको खतरा बढी’

सीमामा थप कडाई गरौँ, रेड र ग्रीन जोन बनाएर लकडाउन खोलौँ ! बैशाख १७,काठमाडौं - चैत ११ गतेबाट सुरु भएको लकडाउन अब वैशाख २५ गतेसम्म लम्बिसकेको छ । अन्य कुरा यथावत रहेमा वा नयाँ संक्रमणको अवस्था नदेखिएमा वैशाख २५ गतेपछि देशका केही भूभागहरुमा लकडाउन खुकुलो हुन पनि सक्नेछ ।


उपमहानगरपालिकाले तोक्यो पसल खुल्लागर्ने समय सिमा

वैशाख १७, इटहरी - इटहरीमा विहान सात वजे देखि दश वजे सम्म खाद्यान्न,तरकारी र फलफुका पसल खुल्ला गरिने भएको छ । विहान इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले जिल्ला सुरक्षा समिति सँग वैशाख १७ देखि विहान सात वजे देखि दश वजे सम्म खादयान्न,तरकारी र फलफुका पसल खुल्ला गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।


रौतहटमा दुई जनामा कोरोना पुष्टि भए सगै : संक्रमितको संख्या ५४ पुग्यो

बैशाख १६, काठमाडौं - मंगलबार रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


शहरबाट आएर होम क्वारेन्टाइनमा नबस्ने ३ जना पक्राउ

वैशाख १६,खोटाङ - ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो ।


नेकपा सचिवालय बैठक आज

बैशाख १६,काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुग्नुभएको हो ।


विदेशमा बस्ने नेपाली स्वदेश फर्कन चाहन्छन्

बैशाख १६,काठमाडौँ - रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको मृत्यु भइसकेको छ ।


राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

बैशाख १६, बेइजिङ - राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार टेलिफोन गर्दैै पछिल्लो अवस्थाबारेमा छलफल गरेका छन् । वार्ता कोरोना भाइरस महामारीमा केन्द्रित रहेको जानकारी दिइएको छ ।


ओली र नेपालको भेटवार्तापछि दुवै समूहका नेता छलफलमा

वैशाख १५,काठमाडौँ — सत्तारुढ नेकपाको अन्तरविरोध यतिबेला उत्कर्षमा देखिएको छ । अन्तरविरोध बढिरहेका बेला सोमबार दिउँसो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो संवाद भएको छ ।


गृहको निर्देशन : पासबिनाका गाडी कडाइका साथ रोक

वैशाख १५,काठमाडौं - लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।


कोटेश्‍वर भेलाको निष्कर्ष : ओलीको विकल्प खोज्‍न सबै उपाय अपनाउने

वैशाख १५, काठमाडौं - नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो । नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए ।


कोरोनापछि बेरोजगारीको डरलाग्दो चित्र : बाँझिएको कृषियोग्य जमिन फेरि हराभरा बनाउने अवसर

अर्थमन्त्री भन्छन्ः कोरोनाले कृषिसँग टुटेको सम्बन्ध जोड्दैछवैशाख १५, काठमाडौं - कोरोनाभाइरस (कोभिड–१९) कारण यतिखेर विश्व आक्रान्त छ भने यसैका कारण नेपालसहित विश्वकै अर्थतन्त्रमा गम्भीर धक्का लागेको छ । कोरोनाका कारण चलायमान विश्व अर्थबजार ठप्प हुने अवस्था आएको छ ।


लकडाउन अवधिमा तिर्नुपर्ने कर्जाको भुक्तानी अवधि बढाइने

वैशाख १५,काठमाडौँ - कोभिड–१९ का कारण गम्भीर अवस्थामा पुगेको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकले थप नीतिगत व्यवस्था गर्ने भएको छ  । राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले विश्वमा एकैपटक स्वास्थ्य संकट र आर्थिक संकट आएको उल्लेख गर्दै समाधान गर्न राष्ट्र बैंकले जस्तोसुकै अवस्थाको सामना गर्ने बताए  ।


बजेट निर्माणमा फेरिएको दृश्य

वैशाख १५,काठमाडौँ - बजेट निर्माण पूर्वसरोकारवाला सबै निकायसँगको नियमितजस्तो छलफलले यतिबेला अर्थ मन्त्रालय निकै व्यस्त रहन्थ्यो । निजी क्षेत्रका विभिन्न विषयगत सङ्गठनका प्रतिनिधिबीच हरेक दिनजसो ‘बजेट कस्तो ल्याउने’ भन्ने आशयका औपचारिक कार्यक्रम हुन्थे ।


कोरोना भाइरसबाट विदेशमा ४९ नेपालीको निधन

वैशाख १५ काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा ४९ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार बेलायतमा ३३ जना, अमेरिकामा १० जना, सयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीको ज्यान गएको छ ।


लकडाउनको अवधि बैशाख २५ सम्म लम्व्याइयो

वैशाख १५,काठमाडौं - नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । १४ गते आईतवार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो ।


प्रदेश २ मा पीसीर परीक्षणमा तीव्रता : सप्तरीबाट १६१ स्वाब धरान पठाइयो

वैशाख १४,राजविराज - प्रदेश २ का पाँचजनामा तथा सीमानाको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा २८ जनामा कोरोना संक्रमित पुष्टि भएपछि सप्तरी, सिरहासहित प्रदेश २ मा ठूलो सङ्ख्यामा पीसीआर परीक्षणमा तीव्रता दिइएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका प्रमुख आतेश सिंह यादवका अनुसार प्राविधिकको टोलीले शनिबार बोदे बर्साइन-५ को चन्द्रा नमूना माविमा १५ महिलासहित १ सय ६१ जनाको स्वाब संकलन गरेको छ ।


वीरगञ्‍जमा भेटिए कोरोनाका दुई बिरामी, संक्रमित ५१ पुगे

१६ जना निको भएर घर फर्किए वैशाख १४,काठमाडौं - पर्साको वीरगञ्‍जमा थप दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्‍जका दुईजनामा आइतवार कोरोना पुष्टि भएको हो ।


वामदेवको स्पष्टीकरण : प्रधानमन्त्रीसँग पार्टीलाई बाइपास नगर्नु भनेको हुँ

अध्यादेशले पार्टीमा अनेक समस्या उत्पन्‍न भए वैशाख १४,काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिवार भएको भनिएको विवादबारे मुख खोलेका छन् । उनले आइतवार एक प्रेस नोट जारी गर्दै प्रधानमन्त्री ओली र आफूबीच बालुवाटारमा भएको भनिएको विवादबारे स्पष्टीकरण दिएका हुन् ।


तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना

वैशाख १४,काठमाडौं - केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडीरअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले देशभर बदलीसँगै वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले बताए ।


साना व्यवसायीलाई कर छुट दिऔं, खर्च क्षमता बढाऔं

वैशाख १४,काठमाडौं - कोरोनाले पारेको प्रभावबारे धेरै चर्चा भइसकेको छ र भइरहेको छ । हाम्रा साना–मझौला उद्योगहरू यसबाट धेरै प्रभावित छन् ।


प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्, बालकोट गएर आराम गर्नुस् : वामदेव

कसले कसरी हटाउँछ ? अन्तिमसम्म सामना गर्छु : ओली वैशाख १४, काठमाडौँ - दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ  । उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन सुझाब दिएका छन्  ।


शैक्षिक सत्र परिवर्तन नहुने

वैशाख १४, काठमाडौँ - कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ  । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ महिना नै लागे पनि शैक्षिक सत्र भने वैशाख नै कायम गरिनेछ  ।


अध्यादेश प्रकरणका पाँच सवाल: टिप्पणीे

‘यति बलियो सरकार प्रमुखले अर्काको पार्टी फुटाउन गरेको व्यवहार नैतिकताविपरीत मात्रै होइन, घृणित पनि छ’ वैशाख १३,काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले एकदमै आवश्यक र समय–सान्दर्भिक दाबी गर्दै दुई अध्यादेश जारी गरेको सय घण्टा पनि बित्न नपाउँदै फिर्ता लिनुपरेपछि यो अध्याय तत्कालका लागि स्थगित भएको छ । तर अध्यादेश प्रकरणले राजनीतिक दाउपेचका थुप्रै विगत सम्झाउँदै भविष्यका लागि पनि केही सवाल छाडेको छ ।


ओली सरकारबारे बाबुरामका ४ बुँदे टिप्पणी

वैशाख १३,काठमाडौं–यो भष्मासुर प्रवृत्ति हो : हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू (कुनै शास्त्रमा महादेव स्वयम्को) टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन्ओ!ली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता,सांसद,विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ!यो हिटलर प्रवृत्ति हो: जर्मन चान्सलर हिट्लरले कथित आर्य नस्लका शुद्ध जर्मन बाहेक यहूदी लगायत अन्य प्रति चरम घृणा र त्यसको जगमा जर्मन अन्धराष्ट्रवादको क्षणिक उन्माद जगाएर सत्ता प्राप्त गर्ने र अन्तत : दोश्रो विश्वयुद्ध जन्माएर करोडौं मान्छेको ज्यान लिएको इतिहास ताजै छ । नेपालमा पनि ओली प्रवृत्तिले मधेसी लगायतका उत्पीडित जातिरसमुदायप्रति चरम घृणा र त्यसको जगमा एकल जातीय अहंकारवाद तथा अन्धराष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पार्दै र राज्यको अपराधीकरण गर्दै चरम संकटको स्थिति सिर्जना गरिरहेछ ।


यस्तो थियो मनमोहन अधिकारीको मन्त्रिपरिषद्

वैशाख १३,काठमाडौं– नेपालको इतिहासमा सधैं स्मरणीय सरकार चलाएका तत्कालिन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको आज स्मृति दिवस हो । २०५६ साल वैशाख १३ गते चुनाव प्रचारका क्रममा अस्वस्थ्य भएका अधिकारी त्यसपछि उठ्न सकेनन् ।


रोजगारी सिर्जना : १० अर्बको कार्यक्रम ल्याइने

वैशाख १३,काठमाडौं - कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ । आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


‘स्वास्थ्य सुरक्षा अपनाएर लकडाउन खुकुलो पार्ने तयारी सुरु’

संक्रमणको अवस्था हेरी ठाउँ विशेष लकडाउनको फरकफरक नीति लिइनेस्थिति पहिलेको अवस्थामा फर्कन सक्दैन : विश्व स्वास्थ्‍य संगठन वैशाख १३,काठमाडौँ — कोभिड–१९ को महामारी विश्वमा कायम रहेसम्म नेपालले लकडाउन सहज बनाए पनि पहिलेजस्तै ‘पूर्ण स्वतन्त्र’ रूपमा काम गर्ने स्थिति नरहने विज्ञहरूले बताएका छन् । लामो समयसम्म लकडाउन जान नसक्ने अवस्थामा कोभिड–१९ संक्रमण रोकेर कसरी सुरक्षित रूपमा दैनिक काम गर्ने विषयमा छलफल सुरु भएको छ ।


कोरोना सङ्क्रमित क्षेत्र वर्गीकरण गरी लकडाउन गर्न सुझाव

वैशाख १३,काठमाडौं - सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन्  । राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी तीनवटा समितिको शुक्रबार बैठक बस्यो  ।


दोलखामा १८ लाखको साझा कोष

बैशाख १२,दोलखा - दोलखा जिल्लामा अस्पताल व्यवस्थापनका लागि १८ लाखको साझा कोष स्थापना गरिएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लाका ९ स्थानीय तहले साझाकोषको स्थापना गरेका हुन् ।


उपमहानगरले लकडाउनलाई प्रभावकारी वनाउने

वैशाख १२,इटहरी - इटहरी उपमहानगरमा लकडाउनलाई प्रभावकारी ढंगले कार्यावन्यनका लागि छलफल सम्पन्न भएको छ । नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षता र प्रदेश सांसद लिलम वस्नेतको आतिथ्यतामा भएको छलफलमा वडाध्यक्षहरु,उद्योगवाणिज्य संघ इटहरी अध्यक्ष भीम पौडेल,इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख धर्म भण्डारी,नागरिक समाजका अध्यक्ष दिनेश रसाइली लगायतको सहभागिता थियो ।


दुवै अध्यादेश सरकारले फिर्ता लियो

वैशाख १२,काठमाडौं– सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।


मार्किङको तयारी फेल खायो, लकडाउन मोडलबारे सरकार नै अलमलमा

वैशाख १२ , काठमाडौं - वैशाख ४ गते स्वास्थ्य मन्त्रालय र कोभिड-१९ सँग सम्बन्धित विज्ञहरूले निष्कर्ष निकालेका थिए, अब लकडाउनको मोडल फेर्नुपर्छ, आशंकित समुदाय सिल हुन सक्छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै अगुवाइमा भएको त्यो छलफलले तत्काल गर्नुपर्ने दुई कामको सूची पनि बनाएको थियो ।


सुरक्षित भौतिक पूर्वाधारमा जोड:राष्ट्रपति

वैशाख १२,काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार विकासमा जोड दिनुभएको छ । पाँचौँ भूकम्प दिवसको सन्दर्भ पारेर शुक्रबार दिनुभएको सन्देशमा राष्ट्रपतिले नेपाल भूकम्प, बाढी, डुबान, पहिरोजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले प्रकोप प्रतिरोधी बस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्न ध्यान पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।


अध्यादेशबाट आलोचना र दबाबपछि पछि हट्दै प्रधानमन्त्री

बैशाख १२,काठमाडौं - चौतर्फी विरोध, आलोचना र दबाबपछि सरकार राजनीतिक दल र संवैधानिक परिषद् ऐन संशोधनसम्बन्धी दुवै अध्यादेशबाट पछि हट्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले वैशाख ८ को मन्त्रिपरिषद् बैठकबाट यी दुई अध्यादेश ल्याएपछि पार्टीभित्र र बाहिर विरोध भएको थियो ।


उदयपुरको कोरोना संक्रमित क्षेत्रमा मन्त्रीको अनुगमन

वैशाख ११,उदयपुर - कोरोना भाइरस (कोभिड-१९) संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा पहिलोपटक प्रदेश सरकारको तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति जनाएका छन् । बिहीबार बिहान नेपाली सेनाको पूर्वीपृतनापतिसहित संक्रमित क्षेत्र आइपुगेका मन्त्री घिमिरेले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयास, स्थानीयका समस्यालगायतका समग्र जिल्लाको अवश्थाका बारेमा सरोकारवालासँग छलफल गरेका थिए ।


सम्पत्ती शुद्धिकरणसम्बन्धी व्यवस्था खुकुलो पार्न बैंकरको माग

परिसंघले नेपालमा कसैले पनि ५० लाख अमेरिकी डलरसम्म बैंकिङ प्रणालीमार्फत रकम ल्याएर लगानी गर्न चाहेमा नेपाल राष्ट्र बैंक र उद्योग विभागको स्वीकृति चाहिने अहिलेको व्यवस्था हटाउने लगायतका माग गरेको छ । वैशाख ११,काठमाडौं - बैंकका साहुहरूको संस्था ‘बैंक तथा वित्तीय संस्था परिसंघ’ले संकटग्रस्त अर्थतन्त्रलाई राहत दिन सम्पत्ती शुद्धिकरणसम्बन्धी व्यवस्था खुकुलो पार्नुपर्ने माग गरेका छन् ।


‘ओली डिजाइन’ असफल पार्न समाजवादी-राजपा रातारात एकीकरण

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनका लागि रचेको ‘ग्रान्ड डिजाइन’ असफल पार्न भन्दै समाजवादी र राजपाले बुधबार राति दुई दल एकीकरणको सहमति गरेका छन् । वैशाख ११, काठमाडौँ —राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरू पार्टी छोड्ने तयारीमा थिए ।


एसईईका लागि जेठपछि मात्रै विकल्प खोजिने

वैशाख ११,काठमाडौँ - कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ ।


तेलको मूल्य घटेको दुखद समाचार !

सैद्धान्तिक रूपमा यसको अर्थ बिक्रीकर्ताले खरिदकर्तालाई ‘तिमीले मसँग तेल किन्यौ भने म तिमीलाई प्रति ब्यारेल ३७.६३ डलर दिन्छुु भन्ने हुन्छ । वैशाख १०, काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको समाचार पढ्नेबित्तिकै सस्तोमा पेट्रोल, डिजेल पाइने भयो भनेर हामी उत्साही हुन्छौं ।


तुलसीपुरमा श्रम बैंक,राहत लिनेलाई काम अनिवार्य

वैशाख १०, तुलसीपुर - दाङको तुलसीपुर उपमहानगरपालिकाले राहत लिनेलाई श्रममा लगाउने गरी श्रम बैंक स्थापना गर्ने निर्णय गरेको छ । सामाजिक दुरी कायम गर्दै बसेको नगर कार्यपालिकाको ८४ औं बैठकले यस्तो निर्णय गरेको हो ।


३९ संवैधानिक पदमा नियुक्ति तयारी

वैशाख १०,काठमाडौँ — संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगमा दुई/दुई आयुक्तसहित १० संवैधानिक निकायमा रिक्त ३९ पदमा नियुक्तिका लागि सिफारिसको तयारी गरेको छ । विपक्षी दलको नेताबिनै परिषद्बाट नियुक्तिका लागि सिफारिस गर्न सकिने कानुनी व्यवस्था गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस प्रक्रिया थाल्न लागेका हुन् ।


लकडाउनमा धावनमार्ग विस्तार धमाधम

वैशाख १०,काठमाडौँ - लकडाउनका कारण ठूला आयोजनाको निर्माण प्रभावित बने पनि निर्माणकै क्रममा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल र एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम भने जारी छ । उडान बन्द भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार र पार्किङ निर्माण तीव्र गतिमा भइरहेको छ ।


संविधानविद् भन्छन् - अध्यादेश खारेज गर्नुपर्छ

बैशाख १०,काठमाडौं - संविधान र कानुनका जानकारले अध्यादेश खारेज गर्न सरकारसँग सामूहिक रूपमा माग गरेका छन् । संवैधानिक र कानुनी विवादमा लामो अनुभव सँगालेका कानुन व्यवसायीले मंगलबार अध्यादेशको विपक्षमा धारणा सार्वजनिक गरेका हुन् ।


नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुग्यो

बैशाख ९,काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार थप एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बैशाख ९,काठमाडौं - उदयपुरमा थप एक जनामा कोरानो संक्रमण पुष्टि भएको छ । टेकु स्थित राष्ट्रिय जन वास्थ्य प्रयोगशालामा भएको उदयपुरबाट ल्याइएको नमुना स्वाब परीक्षणका क्रममा ३३ वर्षीया युवकमा सो संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले बताउनुभयो ।


कुहिएको दाल राहत बाँडेको आरोपमा नगरप्रमुख यादव पक्राउ

कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ९,बारा - राहतका लागि कुहिएको दाल बिक्री, वितरण गरेको अभियोगमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।


उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण पाइयो

बैशाख ९,काठमाडौं - उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने थप आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ । आठ जनामा पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएकाले पुन पुष्टिका लागि स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सूचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।


विरामी बोक्न सरकारी गाडी प्रयोग गरौँ : डा. गोविन्द केसी

वैशाख ९,काठमाडौं - डा. गोविन्द केसीले विरामी बोक्न सरकारी गाडी प्रयोग गर्नुपर्ने बताएका छन् । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणजस्तै ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवा महत्वपूर्ण भएको भन्दै केसीले यस्तो माग गरेका हुन् ।


धादिङमा करेन्ट लागेर २ को मृत्यु ७ घाइते

वैशाख ९, धादिङ - धादिङको थाक्रे गाउँपालिका ३ मल्दुङमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । गएराती ट्रान्समिटर पड्किइ हाइ भोल्टेज विद्युत प्रशारण हुँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।


उत्तर कोरियाली नेता किमलाई मुटुमा गम्भिर समस्या

एक दक्षिण कोरियाली रिपोर्टले यसै महिनाको सुरुमा मुटुको शल्यक्रिया गरेका उत्तर कोरियाली नेता किम जोङको उपचार जारी रहेको जनाएको छ । रोयटर्समा प्रकाशित समाचारका अनुसार अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङ को जन्मदिनको वार्षिकोत्सव समारोहमा किम उपस्थित नभएपछि उनको स्वास्थ्यलाई लिएर यस्तो अनुमान गरिएको हो ।


६० आयोजनाका लागि अनुमति माग गौशाला–चुच्चेपाटी सडक निर्माण सुरु

बैशाख ९, काठमाडौं - घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ । काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत यस सडक खण्डको निर्माण कार्य सुरु भएको हो ।


झन्डै छ सय विद्यालयमा क्वारेन्टाइन

वैशाख ९,काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढेर समुदायमा पुग्ने स्थिति भएपछि मुलुकभरका ५९१ वटा विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ । विद्यालयका क्वारेन्टाइनमा हाल कोरोना सङ्क्रमणको आशङ्का गरिएका दुई हजार ६७६ जनालाई राखिएको छ ।


कोरोना भाइरसका कारण एक लाख ७० हजारको मृत्यु, झण्डै २५ लाख संक्रमित

वैशाख ९ , काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको छ ।


अध्यादेशले नेकपामा खैलाबैला, राजपा र समाजवादी भयभीत

बैशाख ९, काठमाडौं - सरकारले कुनै पनि राजनीतिक दल विभाजन गर्न संसदीय दल वा पार्टी केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत सदस्य भए पुग्ने व्यवस्थासहितको अध्यादेश ल्याएको छ । त्यस्तै, संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै निर्णय गर्न सकिने व्यवस्थासहितको अर्को अध्यादेश जारी गरेको छ ।


राष्ट्रपतिद्वारा २ अध्यादेश जारी

बैशाख ८,काठमाडौँ — मन्त्रिपरिषद्ले पास गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । संवैधानिक परिषद् सम्बन्धी कानुन र राजनीतिक दलसम्बन्धि कानुनलाई संशोधन गर्ने अध्यादेश जारी भएका हुन् ।


प्रधानमन्त्रीको निर्णयमा प्रदीप ज्ञवाली पनि असहमत

बैशाख ८, काठमाडौं - नेकपाको आन्तरिक शक्ति–सन्तुलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सुरुदेखि नै प्रधानमन्त्री केपी ओलीका निकट नेता मानिन्छन् । तर, सोमबार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले ल्याएको अध्यादेशमा मन्त्री ज्ञवालीले समर्थन जनाएनन् ।


दल विभाजन खुकुलो पार्ने अध्यादेश : प्रधानमन्त्रीको एक तीर, दुई शिकार

‘ यो हामीभित्रको समस्याका कारण भन्दा पनि अरुका लागि ल्याइएको हो ’महामारीविरुद्ध लड्नुपर्ने बेलामा राजनीतिक दाउपेच रहर हो कि बाध्यता ?बैशाख ८, काठमाडौं - मन्त्रिपरिषदको सोमवारको बैठकको बीचतिर अचानक प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउने प्रस्ताव सुनाएपछि मन्त्रीहरु मुखामुख भए । केहीबेर भूमिका बाँध्दै प्रधानमन्त्रीले राजनीतिक दल विभाजन गर्न केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या नचाहिने बताए ।


नेकपाको सचिवालय बैठक बस्दै

बैशाख ८, काठमाडौँ — सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ । बैठक अहिले साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।


आवश्यक परे नेकपा फुटाउन प्रधानमन्त्रीले ल्याए नयाँ अध्यादेश

बैशाख ८, काठमाडौं - आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरेका छन् । उनले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी सोमबार मन्त्रिपरिषदबाट अध्यादेश पास गराएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका छन् ।


तातोपानी नाकाबाट आयो थप स्वास्थ्य सामग्री

बैशाख ८, चौतारा - तातोपानी नाकावाट एकै दिन चार कन्टेनर स्वास्थ्य सामाग्री नेपाल भित्रिएको छ । आइतबार चीनवाट चार कन्टेनर स्वास्थ्य सामग्री तातोपानी भन्सार कार्यालयको सुख्खा वन्दरगाह आइपुगेको हो ।


अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार, विश्वमा २४ लाख भन्दा बढी संक्रमित

बैशाख ८, एजेन्सी - अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगको छ । ।


ग्यास सप्लायर्समा कालोबजारी गर्नेलाई ३ लाख जरिवाना

बैशाख ०७ धनगढी - लकडाउनको मौका छोपेर महंगोमा खाना पकाउने एलपी ग्यास बिक्री गर्दै आएका धनगढीका एक ग्यास सप्लायर्सलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । धनगढी उपमहानगरपालिका–६, मटियारीस्थित कुमारी हेमन्ती पालद्वारा सञ्चालित शुभ समैजी ग्यास सप्लायर्सलाई कालोबजारी गरेको अभियोगमा तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।


जलविद्युत आयोजनाका सामाग्री सीमासम्म ल्याउन दिन भारत सहमत

वैशाख ७,काठमाडौँ - लकडाउनका कारण भारतीय भन्सार तथा राजमार्गमा अड्किएका सवारी साधनलाई भारतले नेपाली सीमासम्म सहज रुपमा आवत जावत गर्न दिने भएको छ । नेपालमा निर्माणाधीन अवस्थामा रहेका बिभिन्न जलविद्युत् आयोजनाका सामान, उपकरण तथा मेसिनहरु बोकेका सवारी साधन लकडाउनका कारण भारतमै अड्किएका थिए ।


युएईमा कोरोना संक्रमित नेपाली भन्छन्– अब त बाँचियो

वैशाख ७,युएई- झापा मेचीनगर नगरपालिका १३ घर भई १५ वर्षदेखि युएईमा कार्यरत एक युवक आबुधाबीमा कोरोना भाइरससँग जुधिरहेका छन् । यस्तै काठमाडौं थानकोट घर भई ४ वर्षदेखि आबुधाबीमा कार्यरत युवती सेल्फ क्वारेन्टाइमा रहेर कोरोनाविरुद्ध लडाइँमा छिन् ।


पिपिई सेट लगाएको वेला फोन उठाउन नसक्दा डा. शेरबहादुर पुन कारबाहीमा

भाइरोलोजीमा पिएचडी गरेका डाक्टर १८ वर्षदेखि करारमावैशाख ७,काठमाडौँ - डा. शेरबहादुर पुन जसले भाइरोलोजीमा जापानबाट पिएचडी गरे, जसले टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका छन्, सुन्दा धेरैलाई आश्चर्य लाग्ला– उनी त्यहाँका स्थायी कर्मचारी होइनन्  । हो, उनी १८ वर्षदेखि करारमा छन्  ।


‘जीवनरक्षा पहिलो प्राथमिकता’ : प्रधानमन्त्री

वैशाख ७,काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा गोरखापत्रसहित राज्यको स्वामित्वमा रहेका सञ्चारमाध्यमहरूसँँगको विशेष अन्तर्वार्तामा सो कुरा स्पष्ट गर्नुभएको हो ।


आपूर्ति सहज बनाउन मन्त्री आफै सक्रिय

वैशाख ७,काठमाडौं - झन्डै एक महिना लकडाउन हुँदा पनि अत्यावश्यक वस्तुको सहजता खलबलिएको छैन । आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वयं खटिएका छन् ।


दोस्रो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भइन्

बैशाख ६,काठमाडौँ — नेपालको दोस्रो कोभिड—१९ संक्रमित निको भएर आज डिस्चार्ज भएकी छिन् । चैत १० गते कोरोना पुष्टि भएकी काठमाडौंकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत थिइन् ।


सेनाको बाहिनी नजिकै छ, स्थानीय तरकारी व्यापार गर्छन्

बैशाख ६,गाईघाट - उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा लुकिछिपि बस्दै आएका चार नेपालीसहित १६ जना मध्ये १२जनामा कोरोना भाइरस (कोभिड–१९) भएको पुस्टी भएसंगै प्रशासनले कडा सुरक्षा घेरामा भुल्के गाउँलाई शील गरेको छ । सो मस्जिदको करीब पाँच सय मिटिरको दुरमा नेपाली सेनाको १८ वाहिनी रहेको छ ।


काठमाडौंबाट आठ हजार श्रमिक हिँडेरै सिन्धुली कटे

बैशाख ६,सिन्धुली - देश लकडाउन गरिएपछि रोजगार गुमाएका लगभग आठ हजार श्रमिक काठमाडौंबाट बनेपा–सिन्धुली–बर्दिवास (विपि) राजमार्ग हुँदै पैदल घर फर्किएका छन् । शनिबार मध्यान्नसम्म विपि राजमार्गबाट सिन्धुली हुँदै पूर्वी नेपाल तथा तराईका जिल्ला फर्कनेको संख्या ८ हजार बढी भएको सिन्धुली प्रहरीले जनाएको हो ।


स्वास्थ्य सामग्री खरिद सम्झौता गर्न पत्राचार

बैशाख ६,काठमाडौं - कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न नेपालले भारत र चीनलाई सम्झौतापत्र पठाएको छ  । अर्थ मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारत र चीनको दूतावासमार्फत सम्झौतापत्र पठाएको नेपाली सेनाले जनाएको छ  ।


नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुग्ने जोखिम

भुसको आगो सरह फैलिएको विज्ञको आशंका बैशाख ६,काठमाडौं/उदयपुर- सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ । शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका छन् ।


नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

थपिएका १४ मध्ये १२ उदयपुर र चितवनका २ जना बैशाख ५, काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिएका छन् ।


चाँगुनारायणको कोरोना राहत कोषमा सहकारीहरुको २ लाख ५६ हजार सहयोग

बैशाख ५,भक्तपुर– चाँगुनारायण नगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) बिरुद्ध लड्नका लागि स्थापना भएको कोरोना व्यवस्थापन तथा नियन्त्रण कोषमा चाँगुनारायण नगरपालिकाभित्रका सहकारीहरुले २ लाख ५६ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । कोरोना कोषमा चाँगुनारायण—६ नगरकोटस्थित श्री युवा बचत तथा ऋण सहकारी संस्था लि ।


अमेरिकामा मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो, १५ देशको यस्तो छ अवस्था

बैशाख ५, काठमाडौं एजेन्सी/ - कोरोना भाइरस संक्रमणबाट अमेरिकामा ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या १६ हजार नाघेको छ ।


ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर काठमाडौँ आइपुगे दुवै जहाज

वैशाख ५,काठमाडौँ - चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए ।


विदेशमा कोरोनाबाट सयौं नेपाली संक्रमित, १४ जनाको मृत्यु

विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै विभिन्न मुलुकमा १४ जना नेपालीको मृत्यु भएको छ ।


सीमामा दिनरात निगरानी

बैशाख ४,भैरहवा - भारतमा कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश ५ का नाकाहरुबाट नागरिक भित्रिन नदिन कडा निगरानी गरिएको छ । दुई सुरक्षाकर्मीको दिनरात परिचालनपछि मानवीय आवतजावत ठप्प भएको छ ।


टेलिकमको कोरोना सर्वेक्षणमा एकैदिन सात लाख सहभागी

बैशाख ४, काठमाडौं - कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् । नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच सर्वेक्षण सुरु गरेको थियो ।


अमेरिकामा एकै दिन झण्डै २५ सयले ज्यान गुमाए, युकेमा मृतकको संख्या १३ हजार

बैशाख ४, काठमाडौं - अमेरिकामा विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ । कोरानाको इपिसेन्टर बनेको अमेरिकामा अहिले सम्म ज्यान गुमाउनेको संख्या २८ हजार पाँच सय २६ पुगेको छ ।


स्वास्थ्य सामग्री चीनबाट ल्याउने टुंगो

बैशाख ०४,काठमाडौं - कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न सरकारले चीनको सप्लायर्ससँग सम्झौता गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयबाट सूचीकृत कम्पनीमार्फत औषधि तथा औषधिजन्य उपकरण ल्याउने तयारी भएको हो ।


“सन् २०२२ सम्म सामाजिक दुरी कायम राख्नु पर्छ”

बैशाख ०३, काठमाडौं - कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो ।


कोरोना महामारी : २० देशमा नेपाली संक्रमित

बैशाख ०३, विदेश - महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट कम्तीमा २० देशमा रहेका नेपालीमा देखा परेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयको विवरणमा भारतसहित ती देशहरूमा पुष्टि भएका सङ्क्रमितको नेपालीको सङ्ख्या करिब २ सय रहेको उल्लेख छ ।


सनसिटी अपार्टमेन्टमा २९६ को र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ

वैशाख ३ , काठमाडौं - पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट र्‍यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो ।


एसइईदेखि १२ कक्षासम्मका परीक्षा ‘होम सेन्टर’मा गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष पौडेल भन्छन्– होम सेन्टर होइन, घरबाट आउन–जान सक्ने गरी फरक विद्यालयमा केन्द्र बनाउनुपर्छ बैशाख ३,काठमाडौं - स्थगित भएका माध्यमिक शिक्षा परीक्षा (एसइई)देखि १२ कक्षासम्मको परीक्षामा होम सेन्टर दिने तयारी भएको छ । असहज परिस्थिति र विद्यार्थीलाई टाढा गएर परीक्षा दिने मनस्थिति नहुने भन्दै शिक्षा मन्त्रालयले लकडाउन सकिएपछि होम सेन्टरमा परीक्षा लिने तयारी गरेको हो ।


कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम

वैशाख ३, काठमाडौँ - नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ ।


राजधानीमा थप कडाइ, दुई घण्टामा दुई हजार समातिए

बैशाख ३ ,काठमाडौं - काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ । जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ ।


अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्यो

बैशाख ३ , काठमाडौं - अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो ।


अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो, ६ लाख भन्दा धेरै संक्रमित

बैशाख ३, अमेरिका - कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २४ सय भन्दा बढीको ज्यान गएको छ । पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघेको छ ।


भारतमा लकडाउन बैशाख २१ सम्मका लागि थपियो

बैशाख २, काठमाडौं - भारतमा लकडाउनको अवधि बैशाख २१ गतेसम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई मंगलबार सम्बोधनको क्रममा लकडाउनको म्याद मई ३ अर्थात वैशाख २१ गतेसम्म १९ दिनको लागि थपिएको बताउनुभएको छ ।


सरकारले हेलिकोप्टर कम्पनीलाई भन्यो– तयारी अवस्थामा बस्नू

बैशाख २, काठमाडौं - सरकारले दश निजी वायुसेवा कम्पनीका ३३ वटा हेलिकोप्टर तयारी अवस्थामा राख्न परिपत्र गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन सक्ने भएकाले जुनसुकै वेला उद्धारमा खटिनुपर्ने हुन सक्ने भन्दै हेलिकोप्टर तयारी अवस्थामा राख्न परिपत्र गरेको हो ।


सनसिटी अपार्टमेन्टका तीनमध्ये दुईजनामा कोरोना पोजेटिभ

बैशाख २, काठमाडौं - काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट परीक्षण गर्दा कोरोना देखिएका तीनमध्ये दुईमा जनस्वास्थ्य प्रयोशाला टेकुमा गरिएको पीसीआर टेस्टबाट कोरोना पुष्टि भएको हो ।


औषधि, उपकरण खरिदमा सघाउन चीनसँग आग्रह

वैशाख २, काठमाडौँ - सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


कोरोना उपचार निर्देशिका : कोभिड–१९ पोजेटिभ पुष्टि नभएसम्म अन्य अस्पतालमा पठाउन नपाउने

बैशाख २, काठमाडौं - कोभिड–१९ सँगै अन्य स्वास्थ्य सेवा कहाँबाट लिने भनेर सर्वसाधारण अन्योलमा परिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अन्तरिम निर्देशिका जारी गरेको छ । जनस्वास्थ्य सेवा ऐन ०७५ को दफा ६४ को अधिकारलाई प्रयोग गर्दै स्वास्थ्य मन्त्रालयले कोभिड–१९ तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका बनाएको हो ।


अमेरिकामा साढे २३ हजार भन्दा धेरैले ज्यान गुमाए, इटालीमा २० हजार बढीको मृत्यु

बैशाख २, काठमाडौं - कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । अमेरिकामा विगत २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।


अनौपचारिक मार्गले सीमा बन्द चुनौतीपूर्ण

वैशाख २,काठमाडौँ - खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ  । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एक अर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका स्थानीय प्रशासन हैरान छ   ।


डब्लुएचओले भन्यो– भ्याक्सिनविना कोरोना रोक्न सकिँदैन

बैशाख २ , काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ ।


नयाँ वर्ष २०७७ घर घरमै मनाइने

२०७७ बैशाख १, काठमाडौं - आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।


कोरोना महामारीबाट छिट्टै मुक्त हुन सकौं : प्रधानमन्त्री

२०७७ बैशाख १, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कमना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको बताउँदे सन्देशमा भन्नुभयो, “हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएका छौं ।


भारतमा नेपाली मजदुरको पीडा : कोरोनाले होइन, खान नपाएर मर्ने भयौँ

चैत ३०,बाँके - कोरोना भाइरस भित्रिन सक्ने आशंकामा नेपाल-भारत सीमा नाका सिल गरिएको छ । दुवै देशबाट मानिस ओहोर दोहोर गर्न नदिन दुवै देशको सहमतिमा नाका सिल गरिएपछि भारतमा रहेका नेपाली भारतमै अड्किएका छन् भने कामका शिलशिलामा नेपालमा रहेका भारतीय यतै रोकिएका छन् ।


संसदीय समिति कि सर्वदलीय संयन्त्र ?

चैत ३०,काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणबाट जोगिन भन्दै सूचनाद्धारा संसद अधिवेशन अन्त्य गरियो । सरकारका कामकारवाहीको निगरानी, अनुगमन, मूल्यांकन र निर्देशन दिने वैधानिक संयन्त्र संसद अधिवेशन नै अन्त्य भएपछि महाविपदमा लड्न सर्वदलीय संयन्त्र कि संसदको भूमिका हुने भन्नेमा विवाद देखिएको छ ।


वीरगन्जका मस्जिदमा लुकेर बसेका भारतीयसहित २६ जना नियन्त्रणमा

चैत ३०,वीरगन्ज - वीरगन्जका मस्जिदमा लुकेर बसेका भारतका १९ मुस्लिम जमाती(धर्म प्रचारक) सहित थप २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएका २६ मध्ये भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती , वीरगन्जका ३ जना मौलाना (मुस्लिम धर्म गुरु) र भारतबाट पाहुना आइ बसेका ४ जनालाई नियन्त्रणमा लिएको हो ।


म्याग्दीमा र्‍यापिड टेष्ट सुरु, ३३ को कोरोना रिपोर्ट नेगेटिभ

चैत ३०,बेनी- म्याग्दीमा विदेशबाट आएकालाई कोरोना भाइरसको द्रूत परीक्षण (र्‍यापीड टेष्ट) गर्न थालिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार बेनी नगरपालिकाका ३३ जनाको कोरोना परीक्षण गरेको थियो ।


नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

चैत ३०, काठमाडौं - नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ ।


स्वयंसेवक परिचालन मार्गदर्शन जारी

चैत ३०, काठमाडौँ - गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा खटिने स्वयंसेवक परिचालनसम्बन्धी मार्गदर्शन–२०७६ जारी गरेको छ । सरकारले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्षहरूको संयोजकत्वमा वडास्तरीय कोरोना रोकथाम समूह (सीपीजी) गठन गर्ने निर्णय यसअघि नै गरेको हो ।


चिया उद्योग खोल्न अस्वीकार

चैत ३०,इलाम - लकडाउनका कारण बन्द भएका सूर्योदय नगरपालिकाका चिया उद्योग नखुल्ने भएका छन् । कारखाना सञ्चालनमा नयूनतम सुरक्षाका व्यवस्था गर्न कठिन भएको भन्दै उद्यमीहरूले कारखाना सञ्चालन गर्न अस्वीकार गरेका हुन् ।


वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

चैत ३० ,काठमाडौं - पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।


दरबन्दी घटेपछि १० एसएसपीको डीआईजीमा बढुवा

चैत २९ , काठमाडौं - गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । बढुवा गरिएका मध्ये चार जना ०४९ वैशाखमा भर्ना भएका टोलीका छन् भने ६ जना ०४९ चैतमा भर्ना भएका अधिकृत छन् ।


कानुन मन्त्रीद्वारा राजनीतिक दलहरुबाट सुझाव संकलन

छुट्टै राजनीतिक संयन्त्र आवश्यक नभएको नेताहरुको सुझाव चैत २९,काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र उपचारबारे संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट सुझाव लिनुभएको छ । राजनीतिक दलबाट प्राप्त सुझावलाई मन्त्री तुम्बाहाङ्फेले नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गर्नुभएको छ ।


गरिबलाई गन्हाउने चामल : नगरको गेटमै पोखे

चैत २८,परासी - राहतका नाममा गरिबलाई गन्हाउनेको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न समुदायले नगरपालिका अगाडी शुक्रबार खाद्यान्न फ्याँकेका छन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्यांक संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको थियो ।


तीनै तहका सरकार कोरोनाविरुद्ध क्रियाशील

चैत २८, काठमाडौँ - अहिले कोरोना भाइरसको सङ्क्रमण (कोभिड–१९) फैलिन नदिन सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो स्थानबाट नियमित रूपमा काम गरिरहेका छन्  । तीनै तहले आ–आफ्नो संयन्त्र सफल रूपमा कार्यान्वयन गराएका छन्  ।


कोरोना महामारी : मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित (कुन देशमा कति)

चैत २८, एजेन्सी - नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ५०६ पुगेको छ । त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ ।


नेपाल–भारत सीमामा थप कडाइ

चैत २८, काठमाडौँ - नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ  । त्यस्तै लकडाउन पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले सङ्केत गरेको छ  ।


अमेरिकामा हरेक दिन १९ सयले ज्यान गुमाउँदै, विश्वमा मृत्यु हुनेको स‌ंख्या ९५ हजार नाघ्यो

चैत २८,काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ ।


बैंकको ब्याजदर घट्दै

चैत्र २७,काठमाडौं - बैंकहरूले सबै किसिमका निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल राष्ट्र बैंकले नीतिगत ब्याजदर १ प्रतिशत विन्दुले घटाएको केही दिनपछि वाणिज्य बैंकहरूले पनि व्यक्तिगत निक्षेपको ब्याजदर १ प्रतिशत विन्दुले नै घटाउने निर्णय गरेका हुन् ।


खाडीमा हजारौं नेपालीको रोजगारी गुम्दै

निजी क्षेत्र धराशायी, कर्मचारीहरूलाई बेतलबी बिदामा बस्न निर्देशन, खाडीमा मात्रै ५० लाख व्यक्तिले रोजगारी गुमाउने आईएलओको अनुमान चैत्र २७,काठमाडौँ — कोभिड–१९ का कारण खाडी क्षेत्रमा ५० हजार श्रमिकले रोजगारी गुमाउने अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ । यसको असर त्यहाँ काम गर्ने हजारौं नेपालीलाई पर्ने देखिएको छ ।


कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

चैत २७,काठमाडौं - विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरेका हुन् ।


बेलायतमा कोरोनाका कारण थप तीन नेपालीको मृत्यु

चैत २७, लण्डन - कोरोना भाइरसको संक्रमणबाट बेलायतमा तीन जना नेपालीको मृत्यु भएको छ । मृतकमध्ये २ जना भूतपूर्व गोर्खा सैनिक छन् भने एकजना पारिवारिक भेटघाटमा बेलायत आएका वृद्ध हुन् ।


दैनिक तीन हजार जनाको परीक्षण सम्भव

चैत २७, काठमाडौँ - सरकारले दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ । क्षमता विस्तारसँगै स्वाब नमुना सङ्कलनलाई तीव्रता दिने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छ ।


विश्वमा १५ लाख बढी संक्रमित,अमेरिकामा मात्र एकै दिन १९ सयले ज्यान गुमाए

चैत २७,काठमाडौं - अमेरिकामा तीव्र रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय मानिसले ज्यान गुमाएका छन । अमेरिककाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ९७ को मृत्यु भएको हो ।


बिरामी जाँच्न मान्दैनन् निजी अस्पताल

चैत २६, काठमाडौँ - कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् ।


प्रधानमन्त्रीको सम्बोधन : विकसित देश भन्दा राम्रो तयारी राम्रो (पूर्णपाठ)

चैत २५, काठमाडौं - आज सिंगो मानवजाति कोभिड–१९ को महामारीविरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरूलाई सम्बोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरि ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।


बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आसियूमा

चैत २५,काठमाडौं - कोरोना भाइरस सङ्क्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष आइसियूमा राखेर उपचार शुरु गरिएको छ । ११ दिन अघि भाइरस पोजेटिभ देखिनुभएका ५५ बर्षिय प्रधानमन्त्री जोनसनको स्वास्थ्य बिग्रदै गएपछि आइतवार राती लण्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।


लकडाउनले दुग्ध क्षेत्रमा ठूलो असर

चैत २५,काठमाडौं - कोभिड–१९ (कोरोना भाइरस)का कारण गरिएको लकडाउनले गर्दा दुग्ध क्षेत्रलाई निकै प्रभावित पारेको छ । लकडाउनका कारण ३० प्रतिशत दूध मात्र बजारमा जान्छ ।


प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने

चैत २५,काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।


विपन्‍नमाथि नै बढी मार

कोरोना भाइरसले भारतलाई गाँज्दा धेरै नेपालीको आम्दानी गुम्ने र नेपालमा थप खाद्यान्न चाहिने डर बढ्दैछ । चैत २५,जुम्ला, वीरेन्द्रनगर, दाङ, अर्घाखाँची — दाङको बंगलाचुली गाउँपालिका, बचनीका ऋषिराम विश्वकर्मा उत्तरप्रदेशको सराबस्तीस्थित होटलमा सेफको काम गर्थे ।


डाक्टरले हेर्न नमानेपछी, एम्बुलेन्समै बिरामीको मृत्यु

चैत २५,बुटवल - सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो ।


विश्वमा मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो : अमेरिकामा मात्र मृतकको संख्या ११ हजार नजिक

चैत २५,एजेन्सी - अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको मंगलबार बिहानको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ ।


थप एक हप्ता लकडाउनु

चैत २४,काठमाडौं - सरकारले लकडाउनुको समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो ।


उपचार नगर्ने अस्पताललाई कारबाही गर्न गण्डकी सरकारको निर्देशन

चैत २४,काठमाडौं - गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको बहानामा उपचार नगरी बिरामी फर्काउने र तत्काल उपचार नगर्ने अस्पताल, संस्थाका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । सरकारी, निजी, सामुदायिक र विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाले आफूकहाँ आउने सबै बिरामीलाई उपचार नगरे संक्रमण रोग ऐन, २०२० लगायत प्रचलित कानुनअन्तर्गत कारबाही गर्ने निर्णय सरकारले गरेको हो ।


१४ दिन पुग्यो, परीक्षण भएन

क्वारेन्टाइनमा थप एक साता राख्ने प्रदेश सरकारको निर्णय चैत्र २४,धनगढी — कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन् तर १४ दिन बित्दा पनि उनीहरूको परीक्षण भएको छैन । मुलुकभर हालसम्म भेटिएका ९ संक्रमितमध्ये चार जना सुदूरपश्चिमकै छन् र दोस्रो चरणको संक्रमण पनि यहीँ सुरु भएको छ ।


लक्षण देखिएको १० दिनपछि अस्पताल भर्ना

चैत २४,एजेन्सी/लन्डन - कोरोना भाइरसको लक्षण देखिएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । बिबिसीमा प्रकाशित समाचारका अनुसार उस्तै लक्षण र ज्वरो देखिएपछि उनलाई आइतबार अस्पताल साँझ लन्डन अस्पतालमा भर्ना गरिएको हो ।


कैलाली र कञ्चनपुरमा परीक्षण तत्काल

चैत २४, काठमाडौँ - सरकारले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको क्रममा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको कोरोना परीक्षण तत्काल गर्र्ने भएको छ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरस्थित क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्ने जानकारी दिनुभयो  ।


कैलाली, कञ्चनपुर र बाग्लुङमा क–कसको हुनेभयो कोरोना परीक्षण ?

चैत्र २३,काठमाडौं - सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा हुने र्‍यापिड डाइग्नोस्टिक टेष्टमा क–कसलाई सहभागी गराउने भन्ने टुंगो लगाएको छ । कैलालीमा स्थानीय संक्रमण देखिएपछि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले तीन जिल्लामा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको थियो ।


धार्चुलामा राखिएका नेपाली भन्छन्- कोच्चिएर सुत्छौं, कसैलाई कोरोना छ भने सबैलाई सर्छ होला

चैत्र २३,काठमाडौं - भारतबाट महाकाली नदीमा हाम फालेर आएका कञ्चनपुरका एक युवालाई शनिबार कोरोना भाइरसको पुष्टि भयो । ती युवा उत्तराखण्डबाट आएका थिए ।


कांग्रेसले भन्यो : ‘न सहमतिको सरकार, न चुनाव ’

चैत्र २३,काठमाडौं - नेपाली कांग्रेसले पार्टीका नेताहरुको व्यक्तिगत धारणालाई संस्थागत रुपमा नबुझ्न आग्रह गरेको छ । मुलुक कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका बेला पार्टीका कतिपय नेताहरुले दिएका अभिव्यक्तिहरु विवादित बनेपछि कांग्रेसले नेताहरुको व्यक्तिगत विचारलाई पार्टीसँग जोडेर व्याख्या नगर्न अपील गरेको हो ।


महाकालीपारि दुर्दशामा हजार नेपाली

क्वारेन्टाइनका नाममा भारतीय प्रशासनले नेपालीलाई अमानवीय शिविरमा राखेको छ, कुनै एकलाई संक्रमण भए हजारजना जोखिममा भारतको नारकीय शिविरबाट नेपाली भन्छन्, ‘देश फर्केर नियमअनुसार क्वारेन्टाइनमा बस्न तयार थियौँ, तर आफ्नै देशले अवहेलना गर्‍यो, विदेशीबाट के आशा गर्ने ?’ भारतको नारकीय शिविरबाट नेपाली भन्छन्, ‘देश फर्केर नियमअनुसार क्वारेन्टाइनमा बस्न तयार थियौँ, तर आफ्नै देशले अवहेलना गर्‍यो, विदेशीबाट के आशा गर्ने ?’ चैत्र २३,कञ्चनपुर/कैलाली/दार्चुला — भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त गरेका छन्  । ‘हामीलाई भेडाबाख्राभन्दा पनि नराम्रो अवस्थामा राखिएको छ, एकैठाउँ ठेलमठेल गरेर सयौँजना सुत्दा कोरोनाको जोखिम झन् बढेको छ,’ शिविरमा रहेका दिलेन्द्र महतराले भने, ‘आफ्नो देश फर्केर नियमअनुसार क्वारेन्टाइनमा बस्न हामी तयार थियौँ, तर नेपाल सरकारले नै हामीलाई मर्नका लागि नै यहाँ छाडिदियो, आफ्नै देशले अवहेलना गरेपछि विदेशीबाट के आशा गर्ने ?’ सिमानामा आएर तीन दिन नारा लगाउँदा पनि स्वदेश फर्कन नपाएका एक हजार ६ मजदुरलाई भारतीय प्रशासनले धार्चुलाका क्वारेन्टाइनमा राखेको छ  ।


किन थन्‍कियो गोदाममा ७५ हजार थान परीक्षण किट ?

चैत्र २३,काठमाडौँ — सरकारले कोभिड–१९ परीक्षण गर्न भनी प्रतिथान ८ अमेरिकी डलरमा किनेको ७५ हजार थान किट गोदाममा थन्‍किएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म मान्यता नदिएको द्रुत परीक्षण किट थन्‍किएको हो ।


नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा

चैत २३,काठमाडौं - मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । ट्राभल हिस्ट्री (यात्राको इतिहास) भएका व्यक्तिमार्पmत परिवारमा संक्रमण फैलिएकोले मुलुक दोस्रो चरणमा प्रवेश भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रदेश, जिल्ला र पालिकाबीचको आवागमनमा रोक लगाउने सरकारको निर्णय

चैत २२, काठमाडौं - सरकारले एउटा गाउँपालिकाबाट अर्को गाउँपालिकाको आवागमन नियन्त्रित रुपमा मात्र गर्न पाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


कोरोना शंकास्पद नागरीकले एप बाट क्वारेन्टाईन र उपचारको लागी अनुरोध गर्न सक्ने

चैत २२,बिराटनगर - जनता संग सरकार नामक सुचना संप्रेषण मोबाईल एप सार्वजनिक गरिएको छ । जसमा १ न प्रदेश सरकार, १४ वटा जिल्ला प्रशासन कार्यलय, १३७ स्थानीय सरकार गाँउ/नगर पालिकाहरु र ११५७ वडा कार्यलय मार्फत सुचना आदान प्रदान हुनेछ एप निर्माण कम्पनि, नेशनल ईन्क्युवेसन एण्ड रिसर्च प्रा.ली. का प्रणाली बिश्लेषक रमेश ढकालले बताउनुभयो ।


एकैपटक तीन जना संक्रमित फेला

चैत २२,काठमाडौं– नेपालमा एकैपटक तीन जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीका ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।


उपमहा नगरको प्रकोप ब्यवस्थापन कोष : विभिन्न दाता हरुको सहयोग

चैत २२ इटहरी - इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा आज विभिन्न दाताहरुले सहयोगको घोषणा गर्नुभएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीका अनुसार भाटभटेनी सुपरमार्केट इटहरीका तर्फवाट संचालक मिन वहादुर गुरुडले पाँच लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।


स्वास्थ्य सामग्रीका लागि शनिबार टेन्डर आह्वान गर्ने तयारी, जी-टु-जीको विकल्प पनि खुल्ला

चैत २२,काठमाडौँ - सरकारले शनिबार स्वास्थ्य सामग्री तथा उपकरणका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको छ । चीनबाट जी-टु-जी (दुई सरकारबीचको सम्झौता) मार्फत समान ल्याउने विकल्प खुल्लै रहेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) मा समेत रहेका एक मन्त्रीले सेतोपाटीलाई बताए ।


फ्रान्समा २४ घण्टाभित्र ११२० ले ज्यान गुमाए

चैत २२, एजेन्सी - फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ ।


चियाकमानका आफ्नै समस्या

चैत २२,इलाम - गत वर्ष सुरु भएको सूर्योदय नगरपालिका ११ ओएसीस चिया कारखाना अहिले बन्द छ । चियाको मुना लहलह भए पनि विश्वभरि नै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९)का कारण इलाम, झापा लगायत १४ जिल्लामा फैलिएका चियाका साना ठूला कारखाना पूरै बन्द छन् ।


लकडाउन अवधिभर छुटमा खाद्यान्न बिक्री गरिने

चैत २२, काठमाडौँ - सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो ।


वडाकार्यायवाट राहात वितरण

चैत २२ , मोरङ - मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ मा रहेका ४५६ परिवार मध्धे, २१ गते गरिब,विपन्न र मजदुरि गरेर छाकटार्ने ९९ परिवार लाई वडा कार्यलयबाट लकडाउन को समयमा समस्या मा परेकामा राहत वितरण कार्यक्रम सम्मन्न गरियो । पालिका अध्यक्ष देवि प्रसा आचार्य र उपाध्यक्ष सरला राईको समेत उपस्थितीमा यस विपत्ति को घडीमा वडाबासी हरुमा पर्न सक्ने आपतकालिन अवस्थालाई मध्यनजर गरि यस वडाका जनप्रतिनिधिहरु को सेवासुबिधा बापत आउने रकम रु ५०००० (पचास हजार) को कोष समेत तयार गरिएको छ ।


पाँचथरमा वडाअध्यक्षको मृत्यु

चैत २१ ,पाँचथर– जिल्लाको फिदिम–५, का वडा अध्यक्ष लीलाराज तुम्बापोको शुक्रबार मृत्यु भएको छ । उनको झापाको बिर्तामोडस्थित बीएण्डसीअस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।


कास्कीमा भेटिए सातौं कोरोना संक्रमित (दुखद)

चैत २१ , काठमाडौं - नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।


पत्रकार महासंघको विज्ञप्ती विवादमा, केन्द्रीय सदस्य सिन्हाले आपत्ति जनाइन्

चैत्र २१,काठमाडौं– नेपाल पत्रकार महासंघको विज्ञप्ती विवादमा परेको छ । महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तीप्रति केन्द्रीय सदस्य स्वेता सिन्हाले असन्तुष्टि जनाएकी छन् ।


६ महिना लकडाउन भएपनि गरिबलाई भोको हुन दिन्नँ : द्वारिकलाल चौधरी (तथ्याङ्कसाथ खवर)

चैत्र २१,सुनसरी– इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले छ महिना लकडाउन भए पनि कुनै पनि गरिब इटहरीबासीलाई भोकभोकै हुन नदिने प्रतिबद्धता जनाएका छन् । “म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भएपनि हामी खाद्यान्न आपूर्ति गर्न सक्षम छौं कोही भोकै मर्नेवाला छैन,” उनले भने ।


कोरोना भाइरस रोकथाम : समानान्तर संयन्त्रले गन्‍जागोल

चैत्र २१,काठमाडौँ — कोरोना भाइरस९कोभिड–१९० को संक्रमण रोक्न यतिबेला सरकारी निकायहरु दिनरात सक्रिय छन् । सरकारले फागुन १८ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेर कोरोनाविरुद्ध क्रियाशील बनाएको थियो ।


राहत वितरणको मापदण्ड तयार

चैत २्१,काठमाडौँ - सरकारले लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने राहत सम्बन्धी नमुना मापदण्ड बनाई सबै स्थानीय तहलाई पठाएको छ । सरकारले मजदुर र असहायलाई राहत दिने घोषणा गरेसँगै राहत वितरण कार्यलाई एकद्वार प्रणालीबाट दुरुपयोगरहित बनाउन पीडित पक्षसमक्ष राहत पु¥याउन मापदण्ड निर्माण गरेको हो ।


आइसोलेसनमा ३९ जना

चैत २१, काठमाडौं - जंगीअड्डाले कोरोना भाइरस संक्रमणबाट जोगिन २ हजार १ सयभन्दा बढी सैनिक अधिकारीलाई क्‍वारेन्टाइनमा राखेको छ । अन्य ३९ जना आइसोलेसनमा छन् ।


कोरोना कोषमा एक अर्ब ९ करोड रुपैयाँ जम्मा, एकै दिन ८४ करोड जुट्यो

चैत २१, काठमाडौं - सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार बिहीबार साँझ सम्ममा कोषमा एक अर्ब ९ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैया जम्मा भएको छ ।


Breaking News : नेपालमा छैटौं कोरोना संक्रमित भेटिए

चैत २०,काठमाडौं– नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले दोहाबाट काठमाडौं आएको जहाजमा रहेका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।


सीमानामा नेपाली अलपत्र पारिएकोमा नारायणकाजीको असन्तुष्टि

चैत २०,काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा नेपाली अलपत्र पारिएकोमा असन्तुष्टि जनाएका छन् । नेपालभित्र प्रवेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय, गैरजिम्मेवार र दुखःद भएको श्रेष्ठको भनाइ छ ।


नाकामा पहरा दिन्छन् लिमीवासी

चैत २०,सिमकोट- हिमाल पारिको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन्  । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन  ।


राहत बाड्न मापदण्ड तयार : एक परिवारले कति पाउँछन् ?

चैत २०,काठमाडौं - दुई साता लामो लकडाउनबाट प्रभावित श्रमिक र असहायलाई उपलब्ध गराउने राहतको मापदण्ड तयार भएको छ । कोरोना संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थामा सरकारले घोषणा गरेको राहत वितरणलाई व्यवस्थित गर्न मापदण्ड तयार गरिएको हो ।


क्वारेन्टाइन बस्नेको कथा : आफन्तले भेट्न मान्दैनन्, फोनमा हालखबर सोध्छन्

चैत २०, विराटनगर - सँगै वैदेशिक रोजगारीबाट फर्किएका साथीमा कोरोना पोजेटिभ देखिएपछि विराटनगर– १५ का युवक परिवारसहित क्वारेन्टाइनमा छन् । शनिबारयता विराटनगर– १९ मा महानगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका उनी कोरोना त्राससँग जुधिरहेका छन् ।


ज्येष्ठ नागरिकलाई विशेष सुरक्षा

चैत १९,काठमाडौँ - एक सय एक वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे लकडाउनका बेला पनि निकै सक्रिय हुनुुहुन्छ । महाकाव्य ‘ऋतम्भरा’लाई पूर्णता दिन उहाँ कस्सिनुभएको छ ।


विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

चैत्र १९,काठमाडौं - विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।


प्रदेश १ मा ४५ कैदी र २० बालबालिका मुक्त

चैत्र १९,विराटनगर - कोरोना सङ्क्रमणले महामारीको रुप लिएपछि यसको रोकथाम र नियन्त्रणका लागि सर्वोच्च अदालतले गरेको निर्देशन अनुसार प्रदेश १ का विभिन्न जिल्लाबाट ४५ जना कैदी र २० जना बालबालिका छुटेका छन् । अरु कैदी नियमित रुपमा कैद भुक्तानीपछि छुट्ने भएपनि अहिले उनीहरु अदालतको विषेश आदेश अनुसार छुटेको उच्च अदालत विराटनगरले जनाएको छ ।


विराटनगरमा अस्पताल डुलाउँदा डुलाउँदै बिरामीको मृत्यु

चैत्र १९, विराटनगर - विराटनगरमा अस्पतालले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ । आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन् ।


सातै प्रदेशमा कोरोनाको नमुना परीक्षण सुरु, अब नमुना काठमाडौं ल्याउनु नपर्ने

सातै प्रदेशबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ । चैत १९,काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सातवटै प्रदेशमध्ये अधिकांशबाट परीक्षण सुरु भइसकेको र बाँकीको बुधबार बेलुकाबाट सुरु हुने जनाएको हो ।


इटहरीमा वाइफाई र सीसी क्यामेरा सहितको क्वारेण्टाइन

चैत १९,इटहरी- इटहरी उपमहानगरले जनता क्यामपस इटहरीमा निर्माण गरेको क्वारेण्टाइन वाइफाई र सिसीक्यामेरा सहित सवै मापदण्ड पूरा भएको हुने भएको छ । क्वारेण्टाइनको हिजो सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,जनस्वास्थ्य प्रमुख र नेपाली सेना सहितको टोलीले अनुगमन गर्नुभयो ।


नेपाल–भारत सहमति जो जहाँ छन् त्यहीँ व्यवस्थापन

चैत १९,काठमाडौँ - नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ ।


अलपत्र नेपालीबारे वार्तामा जोड

चैत १९,काठमाडौं - सीमा क्षेत्रमा रोकिएका नेपालीबारे सरकारले भारत सरकारसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने पूर्व उप प्रधानमन्त्रीद्धयले बताएका छन् । यस्तो बेलामा भारतले नेपालीलाई आफ्ना नागरिक सरह व्यवहार गर्नुपर्ने उनीहरुको सुझाव छ ।


पोर्चुगलमा एउटै फ्ल्याटमा बस्दै आएका आठ नेपालीमा कोरोना संक्रमण

चैत १९,लिस्बन - पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।


कोरोना दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती : राष्ट्रसंघ

चैत,१९ काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड(१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका हुन् ।


राष्ट्र बैङ्कले ल्यायो राहत प्याकेज

चैत १८,काठमाडौँ - पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिमका कारण उत्पन्न विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्कले उद्योगी, व्यवसायी तथा व्यक्तिगतलगायतका कर्जालाई राहतस्वरूप विशेष प्याकेज ल्याएको छ । राष्ट्र बैङ्कले उद्योगी, व्यवसायीलगायत सबै प्रकारका व्यक्तिगत कर्जालाई राहतस्वरूप सावाँ र ब्याज तिर्ने अवधि बढाएको छ ।